Saturday, August 23, 2014

बाढीपहिरोका केही दृश्यहरु

दिपक बुढा

२०७१ साउन २९ गते विहिबारदेखि परेको अविरल बर्षापछि सुर्खेतमा ५१ बर्षपछि भिषण बाढीपहिरो गएको छ । बाढीपहिरोमा परी भदौं ७ गते सम्म ३५ जनाको मृत्यु भएको छ । ९४ जना बेपत्ता छन् । आठ सय घर परिवार विस्थापित भएका छन् । ७ सय परिवार प्रभावित भएका छन् । ११ सय पशुचौपाय मरेका छन् । ९ वटा विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको छ । ६ वटा झोलुड्गे पुल भेरी नदिले बगाएको छ ।
बाढीपहिरोका केही दृश्यहरु यहाँ राखिएको छ ।













Tuesday, June 24, 2014


फोर्स गाडी दुर्घटनामा एकै घरका तीन जना
सुर्खेत, १० असार ।
फोर्स (हाइस) गाडी दुर्घटनामा एकै घरका तीन जना परेका छन् । दशरथपुर–२ का धनराज वस्नेत उनकी श्रीमति तिलसरा वस्नेत र ५ बर्षे छोरी अनिता वस्नेत दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी छोरी अनिताको उपचार माया नर्सिङ होममा र दुवै श्रीमान–श्रीमतिको उपचार क्षेत्रीय अस्पताल कालागाउँमा भैरहेको थियो ।
छोरी अनिताको उपचार गर्न वीरेन्द्रनगर आउँदै गरेका तीनै जना दुर्घटनामा परेका थिए । “छोरीलाई उपचार गर्न हामी वीरेन्द्रनगर आउँदै थियौं” मृतक अनिताका बुवा धनराजले भने “धेरै दिनको तयारी पछि आज (मंगलबार) छोरीलाई पाइल्सको उपचार गर्न आएका थियौं । छिन्चुबाट हामी गाडीमा चढ्यौं, गाडीभरी यात्रु थिए, म अगाडीको सिटमा बसेको थिए । ड्राइभर त्यसपछि एक जना महिला अनि म झ्यालतर्फ बसेको थिए ।” धनराजले थपे “गाडी बेसरीनै कुदेको थियो । अगाडीबाट (वीरेन्द्रनगरबाट छिन्चुतर्फ) ट्रक आएको थियो । हामी चढेको गाडीले हर्न बजायो तर ट्रकले साइट छोडेन । ट्रकको नजिक नपुग्दै गाडी त उत्तानोमुखि खोलामा खस्यो ।” 
दुर्घटनामा परी धनराजको हात भाँचिएको छ । उनीले असजिलो मान्दै भने “गाडीको आवाजसंगै यात्रुहरुको चिच्याहट सुरु भयो । पछि–पछि आएको अर्को गाडीका यात्रु र प्रहरीले घाइते हामी सबैको उद्धार गरे । उद्धार गर्न करिव आधा घण्टा लाग्यो” उनीसंग घटनाका बारेमा कुरा गरिरहँदा उजिकै उनको श्रीमतिको उपचार चलिरहेको थियो । पेटमा काटिएको हुँदा दुखाईको छटपटाहटमै स्वास्थ्यकर्मीहरु टाँका लगाएर बगिरहेको रगत रोक्ने प्रयास गरिरहेका थिए । 

उनी र उनको श्रीमतिको उपचार क्षेत्रीय अस्पताल कालागाउँको बाहिरी टहरोमा उपचार भैरहँदा यता माया नर्सिङ होममा उपचारथ छोरीको मृत्यु भैसकेको थियो । नजिकै रहेका ट्राफिक प्रहरी निरिक्षक जीवन बुढाथोकीले मृतकहरुको नाम टिपिरहेका थिए । मृतक अनिताका बारेमा बुवा र आमालाई थाहै दिएको थिएन ।
उनीहरु दुवै जनालाई आफ्नो भन्दा पनि छोरीको चिन्ता थियो । उपचारमा खटिएका स्वास्थ्यकर्मी, प्रहरी र आफ्न्तहरुले छोरीको उपचार भैरहेको छ । केही चोट लागेको छैन् । सामान्य छ । चिन्ता नगर्नुहोस । तपाईहरुलाई ठिक भैहाल्छ भन्दै सान्त्वना दिइरहेका थिए । प्रारम्भिक उपचार पछि बुवा र आमालाई थप उपचारका लागि नेपालगंज लगियो । जाँदै गर्दा उनीहरुले भने “छोरी खोइ, के भयो ? कहाँ छिन ?” त्यसैक्रममा मध्यपश्चिम यातायात समितिका एक कर्मचारीले “तपाईको छोरीलाई अरु घाइतेसंगै अर्को एम्बुलेन्समा नेपालगंज पठाइएको छौं” भन्दै सान्त्वना दिए । दुवै जनालाई नेपालगंज लगियो तर छोरीको अवस्थाका बारेमा यो समाचार तयार गर्दासम्म कुनै जानकारी गराइएको थिएन भने दुवैको अवस्था खतरा मुक्त भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

Add caption

बोटेचौरबाट वीरेन्द्रनगर तर्फ आउँदै गरेको फोर्स (माइक्रो बस) गाडी बुधबार मध्यान्न १२ बजे दुर्घटनामा परेको छ । वा २ ख ६१९२ नम्बरको फोर्स (माइक्रो वस) गाडी छिन्चुदेखि अगाडी पाँडुले हटारु पुलमा दुर्घटना ग्रस्त भएको हो । दुर्घटना परी एक जनाको घटना स्थलमै र अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मेहलकुना–७ का ३० बर्षे दिपक केसीको घटनास्थलमै र अन्य खानीखोला–१ का ४० बर्षिय दुर्गाबहादुर विक, दशरथपुर–७ का ३५ बर्षे कमला खड्का र दशरथपुर–२ का ५ बर्षिय अनिता वस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्गाबहादुर विक र कमला खड्काको क्षेत्रीय अस्पताल कालागाउँमा र अनिता वस्नेतको माया नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक प्रकाश अधिकारीले जानकारी दिए । घटना भए लगत्तै पछि–पछि आएको अर्को गाडीका यात्रु, स्थानीयबासीन्दा र प्रहरीले उद्धार गरेको थियो । दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् ।  घाइतेहरु १८ जना मध्ये केहीको माया नर्सिङ होम र केहीको माया नर्सिङ होममा उपचार भैरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक जिवन बुढाथोकीले जानकारी दिए ।

रामघाट–६ का अमन चुनारा, दशरथपुर–२ का तिलसरा वस्नेत र उनका श्रीमान धनराज वस्नेत, मैनतडा–५ का मोतिकुमारी विसी, घुमखहरे–७ का ललित खत्री, घुमखहरे– कै मिना विसी, काप्रिचौर–१ का देविसरा केसी, मैनतडा– का दिपक चुनाराको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ । दुर्घटनामा एकै घरमा तीन जना परेका छन् । छोरी अनिता वस्नेत, आमा तिलसरा वस्नेत र बुवा धनराज वस्नेत दुर्घटनामा परेका हुन् । दुर्घटनापनि उपचारका क्रममा छोरी अनिता वस्नेतलको माया नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको छ भने बुवा धनराज र आमा तिलसरालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
तिव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने उनले जानकारी दिए । घटनामा गाडी चालक अजय बटला समेत घाइते भएकाले उनको उपचार पछि थप अनुसन्धान थालिने जानकारी दिए ।
घाइतेहरुको अवस्थाका बारेमा पूर्वमन्त्री तथा एमाले नेता यामलाल कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी जगत वस्नेत, प्रहरी उपरिक्षक प्रकाश अधिकारीले घाइतेको अवस्था र उपचार प्रक्रियाका बारेमा स्थलगत अवलोकन गरेका थिए । अवलोकनका क्रममा स्वास्थ्यकर्मीहरुलाई समयमै भरपर्दो औषधी उपचार गर्न निर्देशन दिँदै घाइते तथा मृतकका आफ्न्तहरुलाई सान्त्वना दिएका थिए ।

घटनाप्रति दुःख व्यक्त
बोटेचौरबाट वीरेन्द्रनगर तर्फ आउँदै गरेको वा २ च ६१९२ नम्बरको फोर्स हाइस दुर्घटना प्रति दुःख व्यक्त गरिएको छ ।  नेकपा एमाले जिल्ला कमिटी सुर्खेत र अनेरास्ववियु सुर्खेतले विज्ञप्ति मार्फत घटनाप्रति दुःख व्यक्त गरिएको हो ।
उपचारका क्रममा मृत्यु भएका अनिता वस्नेत, दुर्गाबहादुर विक, कमला खड्का र दिपक केसीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफ्न्त प्रति समवेदना प्रकट गरिएको विज्ञप्ति मार्फत जनाइएको छ । साथै घटनामा परी घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न सम्बन्धित पक्षसंग माग गर्दछौं विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा एमाले अध्यक्ष नवराज रावत र अनेरास्ववियु अध्यक्ष डम्मर गरंजाले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

Sunday, June 22, 2014


कार्यकर्ताका लोकप्रिय नेताहरु
धुर्वकुमार शाही (४२२ मत)

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट धुर्वकुमार शाही कार्यकर्ताको अत्याधिक मतले प्रतिनिधीमा छनौट भएका छन् । ५ सय ७२ मत खसेकोमा सबै भन्दाबढी ४ सय २२ मत ले अत्याधिक मत सहित प्रतिनिधीमा छनौंट भएका हुन ।
जिल्लाको छैठौं जिल्ला अधिवेशनबाट १४ मतले अध्यक्षमा पराजित भएपनि निरन्तर जनसरोकारका काम लागिरहेको हुँदा कार्यकर्ता माझ लोकप्रिय भएको विश्लेषण गरिएको छ । अध्यक्षमा पराजित भएपनि निरन्तर जिल्लाभरी कार्यकर्ताको सेवामा सक्रिय भएकै कारण यस्तो नजिता आएको एमाले कार्यकर्ताहरुको विश्लेषण छ ।
विकास निर्माण सहित जनसरोकारका विषयमा निरन्तर सक्रिय हुने, हँसिला, कार्यकर्ता माझ खुलेर कुरा गर्ने, समस्या पर्दा कार्यकर्ताहरुलाई सहयोग गर्ने स्वभाव शाहीमा छ । उनले भने “विचार र दृष्टिकोण प्रति प्रष्ट छु । मैले विचार र दृष्टिकोण कार्यकर्तामाझ राख्ने काम संधै गरी रहेको छु ।” “पार्टी र जनताको काममा संधै लागि रहने, सिद्धान्त विचारबाट कहिल्यै विचलन भईन् । पद र प्रतिष्ठानमा मलाई कुनै लोप छैन ।”

बालाराम शर्मा (५५४ मत)

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौंटमा निर्वाचन क्षेत्र नं. २ बाट सबैं भन्दाबढी मत ल्याएर बालाराम शर्मा प्रतिनिधी छनौंट भएका छन् । ८ सय ८१ मत खसेकोमा उनले ५ सय ५४ मत प्राप्त गरेका हुन ।
सुर्खेतमा एमालेको संस्थापक समेत रहेका शर्मा ५ औं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधी हुँदै आएका छन् । राजनीतिक यात्रामा चार दशक विताएका शर्मा सुर्खेतका पुराना र सबैका साझा नेता हुन् ।
सुर्खेती कम्यूनिष्ट आन्दोलनमा लामो इतिहाँस बोकेका, पद प्रतिष्ठामा कुनै लोप नभएका, जेल, नेल सहित लामो संघर्षशिल नेता भएकाले अरुको तुलनामा अग्रज नेताका हिसावले दुवै पक्षका कार्यकर्ताहरुले मत दिएको विश्लेषण गरिएको छ ।
उनले भने “मलाई कुनै लोप छैन् । त्याग, तपस्या, क्रियाशिलता, मेरो त खास गरी निरन्तरता, जेष्ठता र योगदानका हिसावले कार्यकर्ताहरुले माया गरेका हुन जस्तो लाग्छ ।” “विचार, सिद्धान्तबाट म कहिल्यै पनि विचल्लित भईन । त्यसैले कार्यकर्ताको अभिमत मलाई प्रकट भएको हुनुपर्छ ।”


मोहन बडुवाल (३६७ मत)

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौंटमा निर्वाचन क्षेत्र नं. ३ बाट सबैं भन्दाबढी मत ल्याएर मोहन बडुवाल प्रतिनिधी छनौंट भएका छन् । उनले अरुको तुलनामा ३ सय ६७ मतको अग्रता सहित प्रतिनिधी छनौंट भएका हुन् ।
दैनिक कार्यकर्ताहरुको सेवा सक्रिय हुने बडुवाल नागरिकता बनाउन प्रशासन, मुद्धामामिला मिलाउन प्रहरी र स्वास्थ्य उपचार गराउन अस्पतालहरुमा नियमित खट्ने उनको विशेषता हो । हँसिलो, सहयोगी स्वभावका बडुवाल कार्यकर्ता माझ लोकप्रिय बनेका छन् । पश्चिम क्षेत्रमा उनीबाट सवै जसो दलका कार्यकर्ताहरुले सहयोग लिने गरेका छन् ।
उनले भने “लोकप्रिय हुने कुरा त कार्यकर्ताका विचमा कार्यकर्ताको भावना अनुसार परिचालन हुनेनै हो ।” “हाम्रो मा गुठ, उपगुठ भन्दा पनि । सवल र समृद्ध राष्ट निर्माणका लागि युवाको सवल नेतृत्व छनौंट गरौं भन्ने नारा सहित, नेताहरुको भाषण, भूषण भन्दा पनि कार्यकर्ताहरुले व्यवहार खोजेका थिए ।”
बडुवालले भने म बाट कार्यकर्ताहरुको मन छुने व्यवहार पाए । भाषण, सिद्धान्त भन्दा पनि कार्यकर्तामा मैले कहिल्यै पनि गुट, उपगुटको कुरा गरिन । कार्यकर्ताले गुट उपगुट, दैनिक सम्पर्क, आवश्यकता परेको बेलामा खोजेको बेला भेटाउने नेता खोजेको थिए । त्यो पाउने भएकाले मलाई सहयोग गरे ।

जाजरकोटमा ओली बलियो
जाजरकोट जिल्लाबाट सहमति र निर्वाचनबाट १९ जना महाधिवेशन प्रतिनिधी छनौंट भएका छन् । छनौंट भएका मध्य १६ जना केपि ओली पक्षिय र बाँकी ३ जना माधव नेपाल पक्षिय प्रतिनिधी रहेको जाजरकोटबाट पत्रकार वीरबहादुर गिरीले जानकारी दिए ।
निर्वाचन क्षेत्र नं. १ बाट ८ जना प्रतिनिधीहरु सर्वसम्मत टुङ्ग्याइएको थियो । क्षेत्र नं. १ बाट केपि ओली पक्षिय पार्टी अध्यक्ष डम्बर सिंह, भैरवसुन्दर श्रेष्ठ, नवराज सिंह, गोपाल बटला, नगेन्द्र शाही माधव नेपाल पक्षिय निरज आचार्य, सिपि घर्ती र रिता रावल महाधिवेशन प्रतिनिधी चयन भएका छन् । त्यसैगरी दलितबाट केपि ओली पक्षिय जयबहादुर विक, कमारो चँदारा र गोपाल नेपाली प्रतिनिधीमा चयन भएका छन् ।
क्षेत्र नं. २ बाट केपि ओली पक्षिय कृष्ण विसी, करविर शाही, नरबहादुर खत्री, लालबहादुर महतरा, डिल्लीबहादुर सिंह, लालबहादुर थापा, महेन्द्र शाही र कौशिला वली महाधिवेशन प्रतिनीधिमा निर्वाचित भएका छन् ।

सुर्खेतबाट निर्वाचित एमाले महाधिवेशन प्रतिनिधीको मत कसले कति पायो 
ओली पक्ष १५ र नेपाल पक्ष ७ प्रतिनिधी
सुर्खेत, ८ असार ।
नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनमा सुर्खेतबाट २२ जना प्रतिनिधीहरु निर्वाचित भएका छन् । सहमतिबाट प्रतिनिधी छनौट हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट प्रतिनिधी छनौट भएका हुन् ।
सुर्खेतबाट केपि शर्मा ओली समर्थित बहुमत प्रतिनिधीहरु निर्वाचिन भएका छन् । नवौं महाधिवेशन प्रतिनिधीमा अध्यक्षका प्रत्यासी केपि शर्मा ओली पक्षिय १५ जना र माधवकुमार नेपाल पक्षिय ७ जना प्रतिनिधीहरु निर्वाचित भएका छन् । माधव नेपाल पक्षिय सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट ५ जना, क्षेत्र नं. २ बाट एक जना र क्षेत्र नं. ३ बाट एक जना गरी  सात जना प्रतिनिधीमा निर्वाचित भएका छन् ।
फोटो ः सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधीमा विजयीहरुको सामूहिक तस्विर
त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी केपि शर्मा ओली समर्थित निर्वाचन क्षेत्र नं. २ बाट ७ जना, निर्वाचन क्षेत्र नं. ३ बाट ४ जना, मजदुर र दलितबाट ४ जना गरी १५ जना प्रतिनिधी निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ बाट ५ जना, निर्वाचन क्षेत्र नं. २ बाट ८ जना, निर्वाचन क्षेत्र नं. ३ बाट ५ जना, दलित मार्चाबाट ३ जना र मजदुरबाट एक जना गरी २२ जना प्रतिनिधी निर्वाचित भएका छन् ।

Wednesday, June 18, 2014


भेरी–बबई ड्राइभर्सनमा १३ कम्पनीको प्रस्ताव
सुर्खेत, २ असार ।
प्रस्तावित भेरी बबई डाइभर्सन परियोजनाको सुरुङ निर्माणमा १३ विदेशी कम्पनीले आशयपत्र पेस गरेका छन् । आशयपत्र पेस गर्ने अन्तिम दिन असार २ गते (सोमबार) भारत, चीन, इटाली, स्पेन र मलेसियाका कम्पनीले भाग लिएका छन् । आगामी २ महिनाभित्र कम्पनी छनोट गरी आयोजनाको सुरुङ निर्माणका लागि बोलपत्र आह्वान गर्ने आयोजना प्रमुख शिवकुमार बस्नेतले बताए । बोलपत्रमा भाग लिने कम्पनीले भेरीदेखि बबई नदीसम्म १२ किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ ।
पटक–पटक बोलपत्र रद्ध भएपछि परियोजनाको काम १ वर्ष ढिलाइ हुनुका साथै लागत पनि बढ्ने भएको छ । ठेकेदारले बढी दर प्रस्ताव गर्नुका साथै धेरै कम्पनीको प्रस्ताव नपरेपछि  सुरुङको दुईपटक र परामर्शदताको एकपटक बोलपत्र रद्ध भएपछि यस्तो अवस्था आएको हो । परियोजना समय बढेर २०१८  पुग्नेछ । यो वर्षदेखि काम सुरु गरी आगामी सन् २०१७ सम्म सक्ने भेरी–बबई डाइभर्सन बहुद्देश्यीय परियोजना कार्यालयको लक्ष्य थियो ।

Saturday, June 14, 2014


संस्थागतबाट ५ गुणाबढी विशिष्ट श्रेणीमा उत्तिर्णसुर्खेत, ३१ जेठ ।
सरकारको बर्षेनी करोडौं रकम खर्च हुने सरकारी विद्यालयको शैक्षिक अवस्था भने कमजोर रहेको छ । जिल्लाका नीजि विद्यालयहरुको उत्तीर्ण प्रतिशतले संधै अग्रता कायम गर्दै आएको छ । संस्थागत विद्यालयको उत्तीर्ण प्रतिशत बृद्धि हुँदा समग्र जिल्लाको नतिजा बढेको देखिएको विश्लेषण गरिएको छ ।
२०७० सालको एसएलसी परीक्षामा सुर्खेतका सामुदायिक भन्दा संस्थागत विद्यालयका ५ गुणाबढी विद्यार्थी विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् । सामुदायिक तर्फ २१ जना र संस्थागत तर्फ १२० जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
२०६९ सालको प्रवेशीका परीक्षामा २ जना मात्रै विशिष्ट श्रेणीमा उत्तिर्ण भएकोमा बढेर २१ जना विशिष्ट श्रेणीमा पास हुन सफल भएको जनाइएको छ । सामुदायिक एउटा विद्यालय निल भएको छ भने अधिकांश संस्थागत विद्यालयहरुले सतप्रतिशत नतिजा हाँसिल गर्न सफल भएका छन् । सरस्वति माध्यमिक विद्यालय सिमदमार साटाखानी निल भएको हो ।