Saturday, March 31, 2012


मध्यपश्चिम मिडिया सम्मेलन
संचारकर्मीको १० बुँदे घोषणापत्र 
खेमराज वली
सुर्खेत, १८ चैत
मध्यपश्चिमाञ्चल क्षेत्रीय मिडिया सम्मेलन शनिबार सुर्खेतमा सम्पन्न भएको छ । प्रेस काउन्सील नेपाल, सुचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघको आयोजनामा भएको सम्मेलनमा मध्यपश्चिमका जुम्ला, मुगु, हुम्ला र डोल्पा बाहेकका जिल्लाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहेको थियो । 
सम्मेलनले १० ब“ुदे सुर्खेत घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सुर्खेत घोषणा पत्रमा लोकतन्त्र र प्रेस स्वतन्त्रतका लागि ज्यान गुमाएका पत्रकारप्रति श्रद्धान्जली तथा पीडित पत्रकारका परिवारजनलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने, आगामी जेठ १४ गतेभित्रै पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतान्त्रिक संबिधान जारी गर्न माग गरिएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेअनुसारको पारिश्रमिक उपलब्ध नगराउने सञ्चारगृहलाई कारबाहिको दायरामा ल्याउनुपर्ने, सरकारी विज्ञापनको समानुपाति वितरणको माग गर्दै विद्युतिय माध्यमलाई समेत वर्गिकरणको आधारमा उचित सेवा उपलब्ध गराउनुपर्ने, सञ्चारमाध्यम नियमित सञ्चालन भए नभएको नियमन गर्न स्थानीय स्तरमा संयन्त्र बनाउनुपर्ने लगायतका माग गरिएको छ ।
त्यस्तै दुर्गम तथा पीछडिएका पत्रकारका लागि विशेष सुविधा उपलब्ध गराई सञ्चारमाध्यममा विकेन्द्रीकरणको निति लागु गर्नुपर्ने, महिला दलित, जनजाती मधेसी मुस्लीम तथा सिमान्तकृत समुदायका पत्रकारहरुको पेशागत निरन्तरताका लागि विशेष सुविधा उपलब्ध गराउनुपर्ने, सुर्खेत लगायत मध्यपश्चिम क्षेत्रका पर्यटकिय स्थलहरुको विकासका लागि प्रचारप्रसार गर्न गराउन सञ्चार क्षेत्रलाई विशेष अवसर उपलब्ध गराउनुपर्ने लगायत रहेका छन् । 
दुई सत्रमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रेसकाउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारिता क्षेत्रमा समस्या धेरै भएको भन्दै प्रेस राजधानीमा केन्द्रित भएको र सरकारले केन्द्रिय सूचनाहरु पनि केन्द्रका मिडियालाई मात्र दिने गरेको भन्दै यसतर्फ आफुहरु लागिपर्ने बताए । उनले स्थानीय स्तरका विज्ञापनहरु समेत स्थानीय सञ्चार माध्याममा नदिई केन्द्रमा जाने गरेको भन्दै यसलाई रोक्न स्थानीय सञ्चार माध्यामहरु आफै लाग्नुपर्ने बताए । 
शर्माले सञ्चारको केन्द्रिकृत प्रणाली नै सञ्चार विकासको बाधक भएको दावि गरेका छन् । उनले राजधानीका दुई÷चार वटा सञ्चार माध्याम मोटाएर मात्र प्रेसको विकास नहुने बताए । जबसम्म स्थानीय पत्रपत्रिकाको विकास गर्न सकिदैन तवसम्म समग्र सञ्चार माध्यामको विकास हुन नसक्ने बताए । 
त्यस्तै सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव ओम शर्माले पत्रकारले कुनै पनि सञ्चार माध्यममा विना नियुक्ति काम नगर्ने सबैलाई अनुरोध गरेका छन् । उनले यस्तो नियुक्तिको समस्या सबै भन्दा बढी चल्ने मिडियामै भएको बताए । उनले भने तलव खुवाउन नसक्ने सञ्चारगृह तत्काल बन्द हु“दा नै ठिक हुने बताए । धेरै मिडिया हुनु भन्दा गुणस्तरयुक्त थोरै मिडिया भएकै राम्रो हुने दावि उनको छ । महासचिवले ठुला सञ्चारगृह मात्र मोटाएको भन्दै साना मिडियाको समस्यालाई पनि महासंघले ध्यान दिने बताए । उनले सञ्चार माध्यमले अधिकार मात्र खोजेर मात्रै नहु“ने भन्दै आचार संहिताको पालना गर्नुपर्ने बताए । 
साथै सम्मेलनमा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले न्युनतम पारिश्रमिक पाए नपाएको बारे अनुगमन गरिने बताउ“दै यसकै लागि सुर्खेतमा क्षेत्रीय स्तरको मिडिया सम्मेलनको आयोजना गरिएको बताए । उनले भने यस क्षेत्रका पत्रकारका समस्याका बारेमा बुझ्न यो कार्यक्रमले सहयोग गर्ने बताए । 
त्यस्तै सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले लोक कल्याणकारी विज्ञापनले सञ्चारमाध्यामलाई प्रोत्साहित गर्ने भन्दै अहिलेको अवस्थामै मिडियामा यसरीनै बृद्धिहुने हो भने सरकारले दिने बर्गिकरणको रकम थेग्न नसक्ने बताए । 
कार्यक्रममा न्यूनतमा पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्य, सुचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासंघका क्षेत्रीय सह–संयोजक प्रभात चलाउनेले प्रस्तुत गरेको कार्यपत्रमा सहभागि पत्रकारहरुवीच छलफल गरिएको थियो । कार्यपत्रमा मध्यपश्चिम क्षेत्रमा रहेको संचार माध्यम र तिनीहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । सम्मेलनमा सहभागि ११ जिल्लाका करिब सय जना श्रमजिवि पत्रकारहरुले सहभागिता जनाएका थिए ।
सम्मेलनमा प्रत्येक जिल्लाबाट जिल्लाका शाखा अध्यक्ष सहित तीन जना पत्रकारहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष कृष्ण अधिकारी, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य हिरामणि दुःखी, युनियनका कलेन्द्र सेजुवाल, पत्रकार महासंघका पूर्व उपाध्यक्ष चिरञ्जिवि अर्याल, एमाओवादी सुर्खेतका सह–इन्चार्ज कृष्ण जिसि लगायतले बोलेका थिए ।

युवा परिचालन कार्यक्रम ल्याउँछौं ः वस्नेत
½सुर्खेत, १८ चैत½
युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश वस्नेतले देशभरका युवाहरुलाई सृजनशील कार्यमा परिचालन गर्न विशेष कार्यक्रम ल्याउने घोषणा गरेका छन् । युवा संघ नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

युवाहरुलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी छिट्टै युवा संघले देशव्यापी युवा परिचालनको कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको उनले बताए । युवा संघ नेपाललाई युवाहरुको साझा संगठन बनाउने बताउ“दै अध्यक्ष वस्नेतले भने ‘संघलाई रहर लाग्दो, भरलाग्दो र डरलाग्दो बनाउछौं ।’
‘वर्तमान सरकारले देशको ढुकुटी सक्ने काम गरेको छ । अनियमितता गरेको छ । आफ्नो पार्टीका कार्यकर्ता पोष्ने काम गरेको छ’ उनले भने ‘सरकारको विकल्प आवश्यक छ ।’ एकीकृत नेकपा माओवादीको सरकारले राज्य कोषको दुरुपयोग गर्दै प्रचण्डका पुत्रलाई आर्थिक सहायता घोषणा गरेको युवा संघकै विरोधमा त्यो निर्णय सच्च्याउन सफल भएको बताए । साथै अध्यक्ष वस्नेतले युवा स्वरोजगार कोषबाट भएको करोडौं रकम दुरुपयोग भएको भन्दै त्यसलाई छानविनको घेरामा ल्याउन माग गरेका छन् । आफ्नो संगठनको विरोधकै कारण कोष संचालक समितिमा पनि युवाको प्रतिनीधित्व गराउने व्यवस्था गरिएको बताए ।
युवा संघ कालिकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न शनिबार कालिकोट जानेक्रममा वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता प्रशिक्षणमा उनले उक्त कुरा बताएका थिए । 
यसैगरी युवा संघ नेपालका केन्द्रीय सचिव राजिव पहाडीले युवा संघको जिम्मेवारी, भुमिका, आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । प्रशिक्षणमा संघका केन्द्रीय सदस्य टीकाराम शर्मा, हस्तबहादुर शाही लगायतले बोलेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष प्रकाश सारुको सभापतित्वमा सम्पन्न भएको थियो ।

बन्यजन्तुको बासस्थान बबई उपत्यका
दीपक बुढा÷सुर्खेत
मध्यपश्चिममा रहेको बर्दिया राष्ट्रिय निकुन्ज नेपालकै प्रख्यात निकुन्ज मध्यको एक हो । यो निकुञ्ज जैविक बिविधताको संरक्षणमा निकै प्रख्यात पनि छ । मध्य तथा सुदुर पश्चिम क्षेत्रको बीचमा रहेको बर्दिया निकुन्जको बबई उपत्यका वन्यजन्तुको मुख्य वासस्थान भएको नेपालकै एक मात्र उपत्यका पनि हो । तर विकासका थुप्रै संभावना बोकेको बबई उपत्यकामा वन्यजन्तुको अवलोकन गर्न सकिने र जैविक बिबिधताको संरक्षणसंगै पर्यकीय क्षेत्रका रुपमा बिकास गर्नभने सकिएको छैन् । सुर्खेत लेखपराजुल गाविसका वडा नं. २ को भ¥याङ र मनिरामका“डाको दक्षिणपट्टी गर्ने बबई उपत्यका सम्म पुग्न सिधै ठाकुरद्वाराबाट पनि जान सकिन्छ । सुर्खेतको हर्रेहु“दै वा सत्तरी हु“दै लेखपराजुल–१ र २ बाट सिधैं बबई उपत्यकामा झर्न सकिन्छ ।

पहिले कस्तो थियो बबई उपत्यका ?
बबई उपत्यका बर्दिया राष्ट्रिय निकुन्जको जैविक बिविधता संरक्षणको हिसावले निक्कै महत्वपुर्ण क्षेत्र हो । झण्डै साढे तीन सय वर्गकिलोमिटरमा फैलिएको बबई उपत्यकामा २५३० वर्षपहिले ठुलो मानव वस्ती रहेको थियो । जैविक विविधताको संरक्षण कै लागि बबई उपत्यकामा रहेका वस्तिका १ हजार ५ सय ८२ घरधुरीका झण्डै साढे आठ हजार जनाको त्यो वस्तिलाई २०३८ सालदेखि २०४२ सालको बिचमा बर्दियाकै सानोश्रीमा स्थानानातरण गरिएको थियो । र ती गाउ“का मानव वस्तिलाई सानोश्रीमा सारेर निकुञ्जमै गाभियो बबई उपत्यकालाई पनि  त्यहा“बाट सारिएको वस्तिलाई गुलरिया नगरपालिका देखि १० किलोमिटर पश्चिममा रहेको सानोश्री गाविसका नामले चिनिन्छ ।
अहिले कस्तो छ ? .
जैविक बिविधता संरक्षणका लागि मात्रै महत्वपूर्ण छैन बबई उपत्यका, पर्यटकिय हिसावले पनि उत्तिकै महत्वपूर्ण छ । बस्ती सारेको केही वर्षपछि घांसे मैदान हु“दै घना जंगलमा फेरिएपछि बबई उपत्यका अहिले जंगली जनावरको मुख्य बासस्थान बन्न पुगेको छ । हात्ती, बाघ, भालु, चित्तल, जरायो जस्ता जंगली जनावरको संख्या बढेको बबई नेपालकै उत्कृष्ट क्षेत्र बनेको छ । त्यहा“ रहेको वस्तिलाई सफतापुर्व स्थानान्तरण गरेको केही वर्षपछि घांसे मैदान र केही घना जंगल बन्न पुग्यो बबई उपत्यका । र अहिले विस्तारै बाघ, भालु, हात्ती लगायतका वन्यजन्तुको संख्यामा बृद्धी हु“दै गयो । पहिलो पटक चितवनबाट एउटा गैडा ल्याएर छाडिएको थियो बबई उपत्यकामा । तर सुरक्षा ब्यवस्था कमजोर भएपछि द्वन्द्वकालमा गैँडा लगायतका केही वन्यजन्तु मारिए यहा“ । अहिले फेरी हात्ती, बाघ, भालु, चित्तल, जरायो लगायका वन्यजन्तुको संख्यामा वृद्धी हुन थालेको छ । ‘जंगली जनावरको मुख्य बासस्थान र नेपालकै उत्कृष्ट क्षेत्र बन्न पुगेको छ बबई उपत्यका ।’ बर्दिया राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत रमेश थापाले भने ।
सम्भावना के छन त ?
बबई वन्यजन्तुको वासस्थान रहेको नेपाल कै एकमात्र उपत्यका हो । त्यसैले जैविक विविधताले भरीपूर्णसंसार कै राम्रो यो उपत्यकालाई जोगाई राख्ने हो भने विश्व मै नाम कहलिने संरक्षणपे्रमीहरुको भनाई छ । वन्य जन्तुको वासस्थान रहेको नेपालकै एकमात्र उपत्यका र जैविक विविधताले भरिएको क्षेत्र भएकाले विकास गर्नसके यसलाई संसारकै आकर्षणको क्षेत्र बनाउन सकिने होटल व्यवसायी खडकबहादुर खड्का बताउ“छन । प्राकृतिक रुपमा रहेको बबई उपत्यकाले वास्तवमा पर्यकीय संभावना बोकेको छ, यसलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा पु¥याउन सके यस क्षेत्र कै विकासमा ठुलो टेवा पुग्न सक्ने चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईको भनाई छ । 

कस्तो योजना छ त निकुञ्जस“ग ?
बबईलाई व्यवस्थापन गरि विकास गर्नका लागि अघि सर्ने बर्दिया राष्ट्रिय निकुञ्जले नै हो । ‘निकुन्जको उद्देश्य जैविक विविधताको संरक्षण गर्न हो तर त्यसका साथसाथै पर्यकीय क्षेत्रका रुपमा पनि बिकास गर्न सकिने भएकाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि नया“ सोच लिएर अगाडी बढीरहेका छौं, पन्चवर्षिय योजना बनाउ“दैछौ“’ सहायक संरक्षण अधिकृत रमेश थापाले भने ‘त्यसपछी बबई उपत्यकालाई व्यवस्थित गर्न नेपाल सरकारसंग सहयोग माग गरीने छ ।’ बाघ लगायतका वन्यजन्तुको संख्या पत्ता लगाउन बाघको प्रारम्भिक अवस्थाबारे जानकारी पाउन बाघ भेटिने मुख्य स्थानमा क्यामेरा राख्न सुरु पनि गरिएको छ । निकुन्ज भित्र कुन कुन ठाउ“मा बाघ रहन्छन बाघको गतिविधी र अवस्थाबारे जानकारी पाउन क्यामराले प्रत्यक्ष रुपमा बाघको फोटो खिच्न थालिएको छ यो अनुगमनबाट फोटोमा कति वटा बाघ पर्छ प्रारम्भिक संख्या पत्ता लाग्न सकिन्छ ।
के गर्न जरुरी छ ?
बबई उपत्यकामा पर्यटक भित्र्याउन मात्र होईन संरक्षण गर्ना लागि पनि पूर्वाधार बनाउनु पर्छ । बबई उपत्यकामा पर्यटन संभावना रहेकाले पर्यटक लैजानका लागि ¥याम्पिङको व्यवस्था गर्ने हो भने नेपालमा आएका विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटक पनि बबई उपत्यकामा आउने थिए र बबई उपत्यका अझैं प्रयाप्त बन्न पुग्ने थियो । त्यसका लागि बबई उपत्यकामा ¥याम्पीङको व्यवस्था गर्न सकिन्छ, र बबई उपत्यकाको व्यवस्थापन संगसंगै बर्दियामा एउटा विमानस्थलको पनि खा“चो छ । यहा“ एउटा विमानस्थल बनाउन सक्ने हो भने बर्दिया मात्र नभई सुदुर तथा मध्यपश्चिम क्षेत्र कै प्रयाप्त क्षेत्र बन्न पुग्ने थियो, त्यसैले उपत्यकासंगै विमान स्थलको आवस्यकता औल्याछन होटल व्यससायी एंव संरक्षणप्रेमी खडकबहादुर खडका । तर बबईको विकासका लागि प्रवद्र्धनको खा“चो छ । बिदेशमा बबईका बारेमा राम्रोसंग प्रचार गर्ने हो भनें यसले पर्यटन बिकासमा ठूलो टेवा दिने भएकाले भेरी ड्राइर्भन भएर बबई नदिमा मिसिएपछी ¥याफटिङ गर्दै उपत्यकामा वन्यजन्तुको अवलोकन गर्नसकिने र संरक्षणका साथै पर्यटन प्रवद्र्धनमा समेत विकास पुग्ने छ । राजनीतिक दलको पनि सकारात्मक सोच रहेकाले यथासक्य यस उपत्यकालाई विस्तार गर्न जरुरी छ, चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
भेरी ड्राईभर्सन बनेपछि ¥याफ्टीङ गर्दै उपत्यकामा वन्यजन्तुको अवलोकन गर्नसकिने भएकाले बबईमा जैविक बिबिधताको संरक्षणसंगै पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न नया“ अवशरको ढोका खुल्नेछ । बबई उपत्यकालाई अझै राम्रो बनाउन वेलैमा सरकारको ध्यान जान जरुरी छ, पर्यटक ओईराउन सक्ने प्रचुर संम्भावना बोकेको बबई उपत्यकाको सुन्दरतालाई अझ सुन्दर र ब्यवस्थित बनाउन सरकारले बेलैमा सोच्ने हो भने नेपालकै रमणीय क्षेत्र बन्न पुग्ने थियो । त्यसका लागि अहिलेदेखि नै भौतिक पूर्वाधार तयार पार्न ध्यान दिनु आवश्यक देखिन्छ । 

Thursday, March 29, 2012


संविधान निर्माणमा दवाव दिनुपर्ने
हिमा उपाध्याय
२०६९ जेठ १४ गतेभित्र नया“ संविधान निर्माण गर्न राजनीतिक दलहरुलाई दवाव दिनुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघको ५७ औं बार्षिकोत्सवका अवसरमा बिहिबार वीरेन्द्रनगरमा आयोजित प्रभातफेरी पछिको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवंम नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक सूर्यमणि गौतमले नया“ संविधान निर्माणको म्याद सकिनै लाग्दा पनि राजनीतिक दलहरु गम्भिर नभएकाले दवाव दिनुपर्ने बताए । ‘पत्रकारहरुले नै दवावको अगुवाई गर्नुपर्छ’ उनले भने ‘प्रमुख राजनीतिक दलहरुले चाहेमा जेठ १४ भित्र नया“ संविधान जारी हुन सक्छ तर दलहरुको इमान्दारीता र इच्छाशक्ति कम छ ।’

अन्तरक्रियामा बोल्दै पुनरावेदन बार एकाई सचिव दुर्गा सापकोटाले संसद संविधान निर्माण भन्दापनि सरकार बनाउन केन्द्रीत भएको बताए । सर्वोच्चले गरेको दरपिटले राजनीतिक दलहरुलाई केही रुपमा भएपनि सजक गराएको बताए ।
वीरेन्द्रनगर जेसिजका अध्यक्ष भद्र भण्डारीले राजनीतिक दलहरुप्रति जनविश्वास घट्दै गएको बताए । जनताको चाहना बमोजिमको नया“ संविधान जेठ १४ भित्रै जारी गराउन दवाव मूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता रहेको बताए । 
अन्तरक्रिया हुनुपूर्व जेठ १४ भित्रै नया“ संविधान जारी गराउन दवाव मूलक ¥याली निकालिएको थियो । स्थानीय मंगलगडी चोकबाट सुरु भएको ¥याली वीरेन्द्रनगर बजारपरिक्रमा पछि महासंघ हलमा पुगि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापाको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शाखा पूर्व सभापति कम्लेश डि.सी., श्रीधर पौड्याल, प्रेस चौतारी नेपालका अध्यक्ष युवराज शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।


स्थानीय विकास अधिकारी रेग्मी
विकास अवार्डबाट सम्मानित
दीपक बुढा÷सुर्खेत
सुर्खेत जिल्लाका स्थानीय विकास अधिकारी राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । सुर्खेत वीरेन्द्रनगर इत्राम निवासी हिरालाल रेग्मी सुशासन, वेरुजु फछ्र्यौट, न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (एम.सि.पि.एम) का सूचकहरुमा उल्लेख्य प्रगति गरेको भन्दै उनलाई सम्मानित गरिएको हो ।
स्टार मिडिया नेटवर्क प्रा.लि. काठमाण्डौले रेग्मीलाई तेस्रो राष्ट्रिय स्थानीय विकास अवार्ड २०६८ बाट सम्मानित गरेको हो । देशभरबाट १३ जना स्थानीय विकास अधिकारी ५ नगरपालिकाका कार्यकारी अधिकृत, २ जना योजना अधिकृत, २ जना गाविस सचिव र २ जना प्राविधिक कार्यालयका कर्मचारी सम्मानित भएका छन् ।
सुर्खेतका स्थानीय विकास  अधिकारी रेग्मी सम्मानित हुनेमा मध्यपश्चिमबाटै एक्लो हुन् । डडेलधुरा, सुर्खेत, अर्घाखा“ची, नवलपरासी, चितवन, झापा, धनकुटा सहितका १३ जिल्लाका स्थानीय विकास अधिकारीहरुलाई सम्मानित गरिएको थियो ।

सुर्खेतका स्थानीय विकास अधिकारी रेग्मीले बेरुजु फछ्र्यौट, समयमा बजेट नीति तथा कार्यक्रम ल्याईएको, विकास निर्माणको काम कार्यान्वयनमा एमसिपिएमका सूचक अनुसार काम गरिएको, आर्थिक सहायता दिने काम बन्द, उपभोक्ता समितिमा दलिय भागभण्डाका गुनासोको अन्त्य, सार्वजनिक सुनुवाई, सार्वजनिकिकरण, परदर्शीता र सुशासनमा उल्लेख्य काम गरेको भन्दै सम्मान गरिएको हो ।
विगत ३ बर्ष देखि स्टार मिडिया नेटवर्कले स्थानीय निकायमा कार्यरत देशभरका जिल्ला विकास समिति, नगरपालिका, जिल्ला प्राविधिक कार्यालय, गाविस सचिवहरुबाट समग्र स्थानीय विकास निर्माण र पारदर्शीतामा पु¥याएको योग्दानको मूल्याङन सहित केहीलाई सम्मान गर्ने गरेको छ ।
२०६७ साल जेठ देखि सुर्खेतको स्थानीय विकास अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका रेग्मीले विगत लामो सयदेखि जिविसमा रहेको बेरुजु फस्र्यौट ५६ प्रतिशत प्रगतिमा पु¥याएको, विकास निर्माणको काम कार्यान्वयनमा एमसिपिएमका सूचक अनुसार काम गरिएको, आर्थिक सहायता दिने काम रोकेको, उपभोक्ता समितिमा दलिय भागभण्डाका गुनासोको अन्त्य गरेको, सार्वजनिक सुनुवाई, सार्वजनिक परदर्शीता र सुशासनमा काम गरेको भन्दै सम्मान गरेको स्टार मिडियाले जानकारी दिएको छ । सम्मानित भएपछि उनले खुशी व्यक्त गर्दै काम गर्ने थप जिम्मेवारी प्राप्त भएको स्थानीय विकास अधिकारी रेग्मीले बताए ।
२०२६ सालमा जन्मिएका रेग्मीले  २०४६ सालमा मुखिया पदको निजामति सेवामा प्रवेश गरेका थिए । २०५७ सालमा अधिकृत भएका रेग्मीले लोकसेवा आयोगको खुल्ला प्रतियोगिता मार्फत एकै पटक उपसचिव पदमा उत्तिर्ण भएका थिए । २०६० सालदेखि हाल सम्म स्थानीय निकायका विभिन्न जिल्ला विकास समिति र नगरपालिकाहरुमा कार्यरत रह“दै आएका छन् । कालिकोट, अछाम, गुल्मी, सुर्खेत जिल्लाको स्थानीय विकास अधिकारीको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् भने टिकापुर र धनगडी नगरपालिकामा समेत कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी पुरा गरिसकेका छन् ।
जनप्रशासन र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गरेका रेग्मीले  विभिन्न सामाजिक कार्य तथा निजामति सेवामा रह“दा पुरस्कृत, सम्मान प्राप्त गरेका छन्  । बागिना सुर्खेतले यस अघि २०६७ मा बर्ष पुरुषका रुपमा समेत सम्मान गरेको थियो ।

Wednesday, March 28, 2012


रेविजले दुईको मृत्यु, गाउँभरी त्रास
खेमराज वली 
सुर्खेत, १५ चैत
सुर्खेतको लाटिकोइली वडा नं. ७ अलायचौरमा रेविजको महामारी फैलिएको छ । रेविजकै कारण दुई हप्ता नवित्दै स्थानीय दुई जनाको मृत्यु भइसकेको छ । स्थानीय नौलो सामूदायिक वनका अध्यक्ष गगन वि.सि. का अनुसार सोही स्थानका ६५ वर्षिय मनहर बुढा र वडा नं ७ कै चादनि चोक टोलकी दत्ति मल्लको मृत्यु भएको हो ।

मल्लको फागुन ३० गते नै मृत्यु भएको हो भने बुढाको  यहि  चैत्र १२ गते मृत्यु भएको हो । बुढा घरमूली हुन् । पूष १७ गते कुकुरले टोकेको र फागुन सात गते आएर मात्र बुढामा लक्षण देखापरेको बताइएको छ । एक्कासि बुढालाई बिरामीले च्यापे पछि चैत्र ११ गते  बा“केमा उपचारको लागि लिईएको र १२ गते विहानै त्यहाबाट घर फर्काएपछि सोही दिननै मृत्यु भएको परिवारले बताएका छन् ।
कुकुरले स्थानीय करिब आठ जना बढीलाई टोकेको गगन बुढाले बताए । हाल कुकुरहरु सबै मरिसकेको उनले बताए । उनका अनुसार गाउ“मा रेविज हो भन्ने थाहा भएपछि गाउ“लेहरुमा निकै त्रास फैलिएको छ । पहिले के हो भन्ने थाहा नपाएपनि मान्छेलाई टोक्ने कुकुरहरु मरेपछि रेविज भएको थाहा पाएको बताए ।
अस्पतालले रेविज हो भन्ने जानकारी गराएपछि अझै गाउ“मा त्रास फैलिएको हो । ‘गाउ“मा अझै पनि रेविज भएका कुकुरहरु भएकोले गाउ“मा निकै डर भएको छ’ स्थानीयले बताए । स्थानीयबासिहरुले आफुहरुले घटना भए लगत्तै जिल्ला स्वास्थ्य कार्यालयमा खबर गरेको बताए पनि यता जिल्ला स्वास्थ्यका निमित्त प्रमुख गंगाप्रसाद घिमिरीले कुकुरले टोकेको यति लामो समय हु“दा पनि स्थानीयहरुले खबर नगरेको र घटना भए पछि मात्र खबर गरेको बताए । बिरामीलाई पनि जिल्लामा खबर नदिई बा“के लगेकोले थाहा नभएको उनले बताए ।
गाउ“मा रेविजको महामारी फैलिएको भन्दै गाउ“लेहरु त्रास भएपछि त्यहा बुधबार स्वास्थ्य कार्यालयको टोलि पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख घिमिरेको नेतृत्वमा टोली त्यहा पुगेको हो । टोलीले स्थानीबासिहरुलाई रेविजको बारेमा जानकारी दि“दै यसका लक्षण, सर्ने तरिका, बच्ने उपाय आदिका बारेमा जानकारी गराएका थिए । साथै त्यहाका अन्य कुकुरले टोकेका र शंका लागेका व्यक्तिहरुलाई रेविज बिरुद्धको सुई लगाइएको थियो । मृतकका छोरा लगायत स्थानीय आठ जनालाई सुई लगाइएको हो ।
सझै पनि गाउ“मा शंका भएका व्यक्ति धेरै भएकोले र स्थानीयहरुले गाउ“मा रेविजका बारेमा गाविसमै अभियान चलाउनु पर्ने माग गरेका छन् । स्थानीय नौलो सामूदायिक वनका अध्यक्ष गगनले स्वास्थ्य कार्यालयले एउटै गाउ“मा दुई–दुई जनाको ज्यान जा“दा सम्म चासो नदेखाएको भन्दै गुनासो पोखे ।
उनले आफुहरु अस्पताल, स्वास्थ्य कार्यालयमा नजाने भन्दै यहा“का नागरिकलाई सचेत गराउन गाउ“मै अभियान चलाउनुपर्ने बताए । साथै उक्त गाउ“मा केही दिन यता रेविजको हल्ला चले पछि त्यहाका विद्यालयका शिक्षकहरुले समेत विद्यार्थीहरुलाई रेविज बिरुद्धको सुई नलगाएसम्म विद्यालय जान नदिएको उनले बताए ।
स्वास्थ्यकर्मीको टोली बिहीबार (आज) पनि त्यहा जाने स्वास्थ्य कार्यालयले बताएको छ । रेविज बिरुद्धको सुई एकै पटक लागायर नहुने
र एउटै व्यक्तिलाई पा“च पटक सम्म सुई लगाउनुपर्ने हुन्छ । त्यस्तै सुर्खेतकै काफलकोटमा पनि बौलाहा कुकुरले टोकेपछि स्थानीयहरु निकै त्रसित भएको र उनीहरुलाई स्थानीय स्वास्थ चौकीमा सुई दिइएको छ ।
स्वास्थ्य चौकीका अनुसार ५ जनालाई कुकुरले टोकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

Sunday, March 25, 2012


मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत
दश विषयको पाठ्यक्रम निर्माण हुँदै
दीपक बुढा 
सुर्खेत १२ चैत
मध्यपश्चिमाञ्चल विश्वविद्यालको पाठ्यक्रम निर्माणमा तिव्रता दिईएको छ । स्नातक तह को चार बर्षे अध्यापनका लागि पाठ्यक्रम निर्माण गर्न थालिएको हो । इन्जिनेरिङ तर्फका ४ वटा विषयको र सामाजिक विज्ञान तर्फका ७ वटा विषयको पाठ्यक्रम निर्माण कार्य थालिएको छ । दशैं लगत्तै अध्यापन कार्य सुरु गर्ने गरी पाठ्यक्रम निर्माणमा तिव्रता दिईएको हो ।
काठमाडौं उपत्यकामा मात्रै सिमित रहेका प्राविधिक विषयको पठन पाठन पहिलो पटक सुर्खेतमा गर्ने तयारी भएको छ । त्रिभुवन विश्वविद्यालयले लागु गरेका पाठ्यक्रमलाई परिमार्जित गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लागु गर्ने तयारी भैरहेको छ ।
विभिन्न १० वटा विषयको पाठ्यक्रम निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विभागलाई जिम्मेवारी दिईएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले जानकारी दिए । उनले भने–‘हामी पाठ्यक्रम निर्माणमा जुटेका छौं । दशैं लगत्तै नया“ भर्ना लिएर पठन पाठन कार्य सुरु गर्नेछौं ।’ 
कन्टेम्पोररी स्टडिजका डिन पीताम्बर ढकाल र साईस एण्ड टेक्नोलोजिका डिन डा. केशरसिंह राना पाठ्यक्रम निर्माणका लागि हाल राजधानीमै रहेका छन् । दुवै जना डिन आ–आफ्नो जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माणमा जुटेको जनाईएको छ ।
मध्यपश्चिमाञ्चल विश्व विद्यालयले इन्जिनेरिङ तर्फका चार बर्षे विई सिविल, विएससी आईटी, विआईन विषयको पाठ्यक्रम निर्माण कार्य भैरहेको छ । त्यसैगरी सामाजिक विज्ञान तर्फका चार बर्षे ७ वटा विषयहरुको पाठ्यक्रम निर्माण भैरहेको उपकुलपति डा. देवकोटाले जानकारी दिए ।
सामाजिक विज्ञान अन्तरगत सामाजिक कार्य, द्वन्द्व, शान्ति र विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनिती, अन्तर्राष्ट्रिय सहयोग र विकास विषयको पाठ्यक्रम निर्माण कार्य भैरहेको छ । पाठ्यक्रम निर्माण कार्य २०६९ बैशाख महिनाभित्र पुरा गर्नेगरी लागिएको डा. देवकोटाले जानकारी दिए ।  साथै मानवशास्त्रका विभिन्न विषयहरुको पठन पाठन सुरु गर्ने वा नगर्ने विषयमा छलफल भैरहेको जनाईएको छ । स्नातक तहको पत्रकारीता विषयका लागि वि खरेललाई पाठ्यक्रम निर्माणको जिम्मा दिईएको छ । 
इन्जिनेरिङ विषयको १४० देखि १६० घण्टाको र सामाजिक विज्ञान तर्फका विषयहरुको १२० घण्टा सम्मको पाठ्यक्रम निर्माण गरिने जनाईएको छ । विभिन्न १० वटा विषयका भर्ना लागि जिल्ला जिल्लाबाट आवेदन फारम भर्ने व्यवस्था गरिने भएको छ ।
‘दुर्गम जिल्लाका विद्यार्थीहरु मह“गो रकम खर्च गरेर सुर्खेतमा आउनुपर्ने, आर्थिक अवस्थाकै कारण विद्यार्थी अध्ययनबाट बञ्चित हुननपरोस’ उपकुलपति डा. देवकोटाले भने ‘हामीले जिल्ला जिल्लामा आवेदन संकलन र प्रवेश परीक्षा लिने व्यवस्था गर्नेछौं ।’ मध्यपश्चिमका दुर्गम जिल्लाहरुमा जिल्लाबाटै आवेदन फारम भर्ने र प्रवेश गरी दिने व्यवस्था गरिने छ । परीक्षाबाट उत्तिर्ण हुने विद्यार्थीहरुले मात्रै अध्ययन गर्न पाउने छन् ।
पाठ्यक्रम निर्माणका साथ साथै भौतिक संरचना निर्माणको कार्य समेत थालिएको छ । भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका इन्जिनियरहरुको टोलीले नक्सा डिजाईन, लागत स्टीमेटको काम गरिरहेका छन् ।  चैत्र २० गतेभित्र सम्पूर्ण अध्ययन कार्य पुरा गर्ने गरी टोली खटिएको छ ।
इन्जिनियरहरुको टोलीले बुझाएको लागत स्टीमेटका आधारमा बैशाखको पहिलो हप्ताभित्र टेण्डर आव्हान गरी भौतिक संरचना निर्माण कार्य थालनी गरिने तयारी भैरहेको जनाईएको छ ।  ४२ कित्तामा करिव साढे १६ विगाह क्षेत्रफल जमिन विश्वविद्यालयको नाममा दर्ता भैसकेको छ । विश्वविद्यालयको प्रस्तावना निर्माण कार्य भैरहेको छ । प्रस्तावना सहित आगामी आर्थिक बर्षको बजेट निर्माणको कार्य समेत केन्द्रमा भैरहेको छ । केहि दिनभित्र विश्वविद्यालयको वईभ साईट समेत सञ्चालन गरिनेछ । 
सुर्खेतका वीरेन्द्रनगर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस र पब्लिक साईन्स क्याम्पसलाई समायोजन गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालय बनाउनुपर्ने सुझाव सहितको अध्ययन प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा बुझाई सकिएको छ । तर विवाद उत्पन्न भएको छ । शिक्षा क्याम्पस समायोजन गर्न नहुने भन्दै आवाज ठन थालेका छन् ।

नक्कली परीक्षार्थी बनाउने प्रतिस्पर्धा
रामकुमार शाही 
चैत्र १२ जाजरकोट ।
यस वर्षको एसएलसी परीक्षामा जाजरकोटका विद्यालयहरुमा नक्कली परीक्षार्थी बनाउने प्रतिस्पर्धा नै देखिएको छ । विगतका एसएलसी परीक्षामा नककली परीक्षार्थी राखेर परीक्षा दिने चलन जाजरकोटमा यस वर्ष भने फरक भएको छ ।   
पहिले प्रवेश पत्र देखाउने वा फोटो नक्कली टा“सेर अरुलाई परीक्षामा बसाउने गरिन्थ्यो तर यस पटक भने परीक्षा फाराम भन्दा खेरी नै विवरण एउटाको फोटो अर्काको टाँसेर नक्कली परीक्षार्थीहरु तयार गरिएका भेटिए । 
शुक्रबारसम्म जाजरकोटको जनप्रिय उच्च मावि दसेराको परीक्षा केन्द्रमा २७ जना नक्कली परीक्षार्थी भेटिएका छन् । दसेरा केन्द्रमा मात्र भेटिएका २७ जना नकक्ली परीक्षार्थीहरुको एक दिनको परीक्षा रद्द गरेर अन्य परीक्षामा बस्न दिइएको छ ।  यस्तो गलत कामको अगाडि त चिट चोर्न काम सामान्य भएको दसेरा केन्द्रका केन्द्राध्यक्ष इलम शाहीले बताए ।
अब सुरुमै सबै प्रक्रिया पु¥याएर नक्कली पनि सक्कली भएर आएपछि हामीले के गर्ने, यस्तो गल्ती गर्नेलाई कार्यालयले पनि कारबाही गर्न सकेन भने त झन यस्तो गल्ती अपराधमा परिणत हुन बेर छैन, उनले भने । दसेरा केन्द्रमा सक्कली बाहिर बसेर चिट बनाउने र ओसार्न नककलीले भित्र परीक्षा दिने भेटिएको थियो । 
परीक्षामा भेटिएका मध्य सबैभन्दा बढी जनप्रिय उच्च मावि दसेराका १३ जना नक्कली परीक्षार्थीहरु रहेका छन् । त्यसैगरी रामोदय मावि जेवाका १० र इन्द्रज्यति मावि सान्माका ४ नक्कली परीक्षार्थी भेटिएका छन् । परीक्षाका बेला नक्कली बनाउन गाह्रो हुने भन्दै विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा अरुको फोटो टा“सेर फाराम भराउने र त्यस फारामलाई जिल्ला शिक्षा कार्यालयले पनि सजिलै सदर गरिदिने गरेकाले यति धैरै परीक्षार्थीहरु नक्कली देखिएका हुन् ।
परीक्षाको बेला प्रवेश–पत्र लिइसकेपछि परीक्षा दिने भनेर फोटो टँ“सिएको व्यक्ति उपस्थित नभएपनि अर्काको फोटो टा“सेर जिल्ला शिक्षा कार्यालयको नक्कली छाप बनाएर प्रवेश पत्र बनाउने गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक बालकृष्ण सिमखडाले बताए ।
उनले विद्यालयका शिक्षकहरु विषेशगरी प्रधानाध्याकले नै यस्तो बेइमानी गर्ने गरेको बताए । नककली परीक्षार्थी वनाउने जनप्रिय उच्च मावि दसेरकाका प्रधानाध्यापक शेरवहादुर अधिकारी, रामोदय मावि जेवाका कर्णबहादुर थापा र इन्द्रज्याति मावि सान्माका लोकवहादुर खत्रीलाई कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् । 
विद्यालयमा नक्कली परीक्षार्थी बनाउने प्रधानाध्यापकलाई कडा कारबाही हुने जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताए । परीक्षा सकिएपछि कामकारबाहीको काम सुरु हुन्छ, उनले भने । उक्त विद्यालयहरुबाट परीक्षा फाराम भरेकाहरु मध्ये नक्कली भेटिएकाहरु कोही विदेशमा, कोही गाउ“मा र कोही काठमाडौंतिर रहेको बताइएको छ ।

Saturday, March 24, 2012


महासंघको २० औं स्थापना दिवस आज प्रभातफेरी 
फुटबलमा जिविस  विजयी
हिमा उपाध्याय
सुर्खेत, ११ चै
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार बिहान भएको पहिलो मैत्रीपूर्ण फुटवल प्रतियोगितामा जिल्ला विकास समितिले कर्मचारी विजयी भएका छन् । नेपाल पत्रकार महँसंघ शाखा सुर्खेतको २० औं स्थापना दिवस तथा ५७ औं बार्षिकोत्सवका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापाको कप्तानीमा गणेश कार्की, भूमि सापकोटा, ललित बस्याल, चिरञ्जीवी गिरी, असोक राजी, बेदन थापा, विष्णु पौड्याल लगायतको टोली जिल्ला विकास समितिका मीनबहादुर थापा, इन्द्र तिवारी, गणेश पाण्डे, शरण बडुवाल, खगेन्द्र खत्री, लगायत समावेश भएको टोलीसंग भिडेको हो ।
पा“च नम्वरको जर्सी लगाएका खगेन्द्रलाई जिल्ला विकास समितिले एविसी स्पोर्टस् क्लवबाट ल्याएको हो । खगेन्द्रसहित अन्य तीन जना पनि बाहिरी क्लवहरुका खेलाडी खेलमा सहभागी थिए । 
बाहिरी खेलाडीहरुकै कारण जिल्ला विकास समितिले दुईका विरुद्ध ६ अंकले जीत हात पारेको छ । यस्तै दोस्रो खेलमा पत्रकार र जिल्ला खेलकुद विकास समिति सुर्खेतका कर्मचारी एवंम् पदाधिकारीबीच प्रतिस्पर्धा भएको थियो । 
नेपाल पत्रकार महासंघ सुर्खेतको २० औं स्थापना दिवस एवं महासंघको ५७ औं वार्षिक उत्सवको संयुक्त अवसरमा आज (आइतबार) विहान मंगलगडी चोकबाट प्रभातफेरी सहित महासंघ पुगि रक्तदानको आयोजना गरेको छ ।
महासंघको प्रभातफेरी कार्यक्रममा सम्पूर्ण संचारकर्मी, पत्रकार महासंघका साधारण सदस्य, कार्यसमिति सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।
महासंघ र जिल्ला विकास समितिवीचको मैत्रीपूर्ण भलिबलमा आयोजक महासंघ नै विजयी भएको छ । 
संघले खेलको पहिलो सेटमा जिविससंग १४–२५ को फरकमा हारेको थियो भने खेलको दोस्रो सेटमा खेलाडी परिवर्तन गरी खेललमा निकै राम्रो. प्रदर्शन गरेर जिविसलाई २०–२५ को अन्तरले हराएर खेललाई फाइनलमा पु¥याएको थियो । फाइनलमा महासंघले निकै प्रतिसप्रधा भएपनि जिविसलाई २३–२५ को अन्तरले हराउ“र्दै विजयी भएको हो ।


‘शिक्षा नियमावली’ महिला नेतृत्वको बाधक
दीपक बुढा 
सुर्खेत (छिन्चु) ११ चैत
छिन्चु–२ कालिदमार कि चम्फाकला वली दुई पटक सम्म विद्यालय व्यवस्थापन समितिको सदस्यमा मानोनित भईन् । पहिलो पटकले उनलाई आफ्नो भूमिका सम्म थाहा भएन् । ‘बैठक हु“दा पनि केही का“हि जान्थें, बैठकको दस्तखत गराउन घरमै रजिष्टर ल्याएर आउथे’ उनले भनिन –‘छलफल कक्षामा सहभागि भएपछि बल्ल थाहा भयो कि मेरो भूमिका के हो भनेर, अहिले म बैठकमा नियमित उपस्थित हुने आफ्ना कुरा राख्ने गरेको छु ।’
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर विद्यालयमा सुधार गर्न उनले नआंटेकि त होइनन् तर उनको नेतृत्व गर्ने इच्छा शिक्षा ऐनले अवरोध गरिदिएको छ । कारण हो शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि शैक्षिक योग्यता तोकिएको छ । न्यूनतम एसएलसी पास हुनुपर्ने प्राव्धान छ ।  चम्फाकला वलीको शैक्षिक योग्यता भने सामान्य लेखपढ रहेको छ । ‘अलिअलि पढ्न र लेख्न जान्छु, अनि कसरी हामी अध्यक्ष बन्न सक्छौं । महिलाले नेतृत्व गरेमा योग्यता पनि त्यही अनुसार हुनुपर्छ ।’–उनले बताईन ।
छिन्चु–६ कि कृष्णा नेपाली नमूना महिला समूहकी सहजकर्ता हुन् । छलफल कक्षामा सहभागि भएपछि महिलाहरु नेतृत्व गर्न सक्ने भएको बताईन् । ‘गाउ“मा पुरुषहरुले नेता भन्छन्,विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने हाम्रो शैक्षिक योग्यताले पुग्दैन’ उनले भनिन–‘महिला अध्यक्ष हुने भएपछि त्यही अनुसारको आरक्षण दिनुपर्छ ।’
उनी नवदुर्गा सामुदायिक वनको कोषाध्यक्ष पदमा रहेर काम गर्छिन् । उनी उक्त पदमा पुगेपछि वन समितिमा पुरुषको भन्दा महिलाको संख्या बढेको थियो । उनले भनिन ‘छलफल कक्षा मार्फत हामीले हाम्रो भूमिकाका बारेमा जानकारी पाएर नेतृत्व लिंदै वन संरक्षण गर्दै आएका छौं ।’ छिन्चुका अधिकांश सामुदायिक वनमा महिलाको उल्लेख सहभागिता रहेको छ भने केही सामुदायिक वन महिलाहरुलेनै नेतृत्व लिएर वन संरक्षणमा सहभागि भएका छन् । उज्वल सामुदायिक वन, एैतिहा“सिक सामुदायिक वन, नवदुर्गा सामुदायिक वन, छिन्चु खानेपानी उपभोक्ता समिति, सृहजना महिला सामुदायिक वन, गौरी सामुदायिक वनमा महिलाको उल्लेख सहभागिता रहेको छ ।
स्थानीय संरचनाहरु सामुदायिक वन, विद्यालय, खानेपानी उपभोक्ता समिति, स्वास्थ्य चौकी व्यवस्थापन समिति मध्य सबै भन्दा कम सहभागिता विद्यालयमा रहेको महिला आवाज परियोजना छिन्चुका सामुदायिक परिचालक लक्ष्मी गुरुङले बताईन् ।
विद्यालय व्यवस्थापन समितिमा महिलाहरुको सहभागिता कम मात्रै हुने गरेको छ । शिक्षा ऐन मार्फत महिलाका लागि निश्चित कोटा छुट्टयाईएको भएपनि महिलाहरुलाई कोरम पुरा गर्न मात्रै राखिने गरेको स्थानीय महिलाहरुको भनाई रहेको छ । ‘महिलाहरुलाई विद्यालय व्यवस्थापनको नेतृत्व दिनुपर्छ । त्यसका लागि पुरुष समान महिलाको शैक्षिक योग्यता खोजिनु हु“दैन्, गाउ“मा धेरै पढेका महिलालनै छैनन् । शिक्षा ऐननै हाम्रो नेतृत्व विकासको बाधक होे ।’–सृजना महिला सामुदायिक वनकी सचिव हिरा घर्तीले बताए ।
शिक्षा नियमावलीले तोके अनुसार महिलाहरु गाउ“मा साक्षर नभएकाले त्यसलाई परिमार्जन गरी महिला नेतृत्वमा आउन चाहेमा त्यसका लागि शैक्षिक योग्यता राख्न नहुने महिलाहरुको बताएका छन् । विद्यालयको तह अनुसार सम्बन्धित तहको शैक्षिक स्तर पुरा गरेको अभिभावकनै विद्यालय व्यवस्थापनस समिति अध्यक्ष हुने व्यवस्था शिक्षा नियमावली २०५९ ले गरेको छ । 
नियमावलीले व्यवस्था गरेअनुसार महिलाहरुको शैक्षिक स्तर नहुने भएकाले शैक्षिक योग्यताकै कारण महिला नेतृत्वबाट बञ्चित हुनुपर्ने स्थानीय महिलाहरुको आवाज रहेको छ । सामुदायिक विद्यालय राष्ट्रिय नेटवर्क पूर्व 
महासचिव तथा प्रावि नेवारेका व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले महिलाहरुको उक्त आवाज गम्भिर रहेको बताए । 
उनले भने–‘महिलाहरुले आफ्नो स्थान खाज्नु स्वभाविकै हो तर राज्यले महिलालाई शिक्षातर्फ आक्रर्षित गर्न गृहिणि शिक्षा, खुल्ला विद्यालयको पनि अबधारणा ल्याएको छ ।’ महिलाहरुले शैक्षिक योग्यता हा“सिल गर्नतर्फ लाग्नुपर्ने उनले बताए । 
अक्सफाम–जिवी नेपालको सहयोगमा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतका तीन वटा गाविसम महिला आवाज परियोजना सञ्चालन गरेको छ  । उक्त परियोजना अन्र्तगत छिन्चु, गुमी र मैनतडा गाविसमा सामुदायिक छलफल सामूदायिक छलफल कक्ष्ाँ सञ्चालन गरिरहेको छ । 
छलफल कक्षामा सहभागी भएपछि महिलाहरु विद्यालय, सामुदायिक वन, खानेपानी र स्वास्थ्य लगायतका  संरचनाका विभिन्न पदको नेतृत्व गर्दै पदिय जिम्मेवारी निर्वाह गरिरहेका छन् । छलफल कक्षामा महिला अधिकार, घरेलु हिंसा, नीति नियम तथा महिला सहभागिता, घरेलु हिंसा तथा स्थानीय संरचनामा सहभागिता लगायतका विषयमा छलफल गर्ने गरिन्छ । 
कार्यक्रम संयोजक अमृता अधिकारीले स्थानीयस्तरमा रहेका बन, खानेपानी, स्वास्थ्य र विद्यालयमा महिलाहरुलाई अर्थपूर्ण सहभागिता गराउने, नेतृत्व लिन सक्षम बनाउने लगायतका मुख्य विषयहरु सिकाइने गरिएको उनले बताईन । सामुदायिक छलफल कक्षाबाटै सिकेका कुराहरुलाई आत्मसात गर्दै महिलाहरु नेतृत्व लिन सफल भएकोले महिलाहरु सचेत भएको बताईन् ।
संस्थाले गरेको अध्ययनले महिलाको सहभागिता सबैभन्दाबढी सामुदायिक वनमा रहेको छ । सामुदायिक वनको नीतिमानै ५१ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेकाले महिला संख्या बढेको हो भने सबैभन्दा कम महिलाको सहभागिता विद्यालय व्यवस्थापन समितिमा रहेको छ ।
कार्यक्रम संयोजक अधिकारीले भनिन–‘विद्यालय व्यवस्थापन समितिको निर्णाय तहमा पुग्न महिलाको शैक्षिक योग्यता छैन् । नियमावलीनै महिला नेतृत्वको बाधक हो ।’ ३० वटा सामुदायिक वनमा २२ जना, १८ वटा विद्यालयमा ४ जना महिलाले अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरेका छन् । शैक्षिक योग्यताका कारण महिलाहरु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा पुग्न नसकेका हुन् । शैक्षिक योग्यता भन्दापनि अभिभावकको मतले उनीहरु अध्यक्ष पदमा पुगेको बताइएको छ ।
तीन वटा गाविसका ३० वटा सामुदायिक वन उपभोक्ता समितिमा ९८ जना महिलाको सहभागिता रहेको छ । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा गरी ३० जना महिलाको सहभागिता रहेको छ भने २२  वटा समुदायिक वनमा महिलालेनै नेतृत्व गरेका छन् । १७ वटा खानेपानी उपभोक्ता समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा गरी १७ जना महिलाको सहभागिता रहेको छ । १७ वटा समितिमा ४१ जना महिलाको सहभागिता रहेको जनाईएको छ । 
त्यसैगरी १८ वटा विद्यालयको व्यवस्थापन समितिमा २८ जना, ४ जना अध्यक्ष रहेका छन् । स्वास्थ्य चौकी व्यवस्थापन समिति ३ वटामा ३ जना महिलाको सहभागिता रहेको जनाईएको छ । ३० वटा कक्षाका सात सय जना महिलाहरु सामुदायका विभिन्न संरचनामा सहभागि रहेको जनाईएको छ । 

Friday, March 23, 2012


हिनामिना रकम असुलि विकास 
 दीपक बुढा 
मैनतडा (सुर्खेत) १० चैत
दुई वर्षअघि मैनतडा स्थित खल्टुगैरा सामुदायिक वनको सचिव भएपछि भूमिसरा रानाले अघिल्लो वन समितिबाट हिनामिना भएको रुपैया“ खोजिन् । उनकै अग्रसरतामा हिनामिना भएको करिब एक लाख रुपैयँ“ सामुदायिक वनको खातामा फिर्ता आयो । वनको सम्पत्ति व्यक्तिले हिनामिना गर्न पाइ“दैन भनेर हामीले आवाज उठायौ“,’ भूमिसराले भनिन्, ‘त्यसमा पुरुषहरुले पनि साथ दिएपछि डुबेको पैसा फिर्ता आयो ।’ उनले असुल गरेको पैसाबाट गाउ“कै विकास निर्माणमा खर्च गरिएको बताइन् ।

मैनतडा गाविसका महिलाहरुले वनको नेतृत्व गरेपछि संरक्षणको लागि कडा नियम बनाएर रुख कटान गर्ने बन्देज गरेका छन् । ‘वनमा भइरहेको तिव्र फडानीलाई हेर्दा दुःख लाग्यो,’ वन उपभोक्ता समूहकी सचिव निलम विकले भनिन्, ‘वन संरक्षण गर्ने उद्दश्यले महिलाहरुले नेतृत्व लिएर वन फडानीलाई नियन्त्रण गर्ने लागेका हौं ।’
वन संरक्षणको लागि उपभोक्ता समूहले गाउ“–गाउ“मा जनचेतना फैलाउ“दै हि“डेका छन् । यसका साथै उनीहरुले अघिल्लो समितिले हिनामिना गरेको रकमको खोजीसमेत गरेका छन् । अहिले कटान अनुमतिलाई कडाई गर्नुका साथै कटान गर्नेलाई जरिवानाको व्यवस्था समेत गरिएको अध्यक्ष वि.क.ले बताइन् । 
‘वर्षमा एकपटक शुल्क लगेर दाउरा काट्ने र कुनै शुभकार्यहरु गर्दा पनि शुल्क लगेर मात्र रुख काट्ने नियम बनाएका छौं,’ उनले भनिन्, ‘कसैले नियमविपरित काम गरेमा त्यसलाई कारवाहीको साथै जरिवानाको व्यवस्था पनि गरेका छौं ।’
महिलाहरुले वनमा कडाईका साथ काम गर्न थालेपछि वनको आम्दानीमा समेत वृद्धि भएको छ । दुई महिनाको अवधिमा १५ हजार रकम संकलन भएको सचिव विकले बताइन् । जम्मा भएको रुपैया“ गाउ“को विकास निर्माणमा खर्च गरिने उनीहरुको योजना छ । पुरानो समितिबाट अनियमित भएको रकम अशुल्दै गाउ“मा बाटो निर्माण, विद्यालय सहयोग प्रदान गर्नुका साथै अन्य सामाजिक कार्यमा समेत खर्च गर्ने गरिएको छ ।
मैनतडाका ७ वटा सामुदायिक वनमा राना र विकजस्ता थुप्रै महिलाहरु जिम्मेवार पदमा पुगेपछि त्यसले समाजमा सकारात्मक प्रभाव पारेको छ । उपभोक्ता समितिहरुमा आर्थिक पारदर्शिता, संकलित रकमको सदुपयोग, वनको संरक्षण तथा वृक्षारोपण उल्लेखनीय परिवर्तनहरु हुन् । सामुदायिक वनका उपभोक्ता समितिहरुमा महिलाहरुको सहभागिता बढेपछि त्यसबाट थुप्रै राम्रा काम भएका स्थानीयबासीन्दाको भनाई रहेको छ ।
दुई वर्षअघि वरपिपल सामुदायिक वनको कोषाध्यक्ष भएपछि स्थानीय लालमाया रानाले अघिल्लो उपभोक्ता समितिले हिनामिना गरेको रकम खोजी गरिन् । हिनामिना भएको ५० हजार असुलेर त्यसबाट विद्युतको पोल विस्तार गर्नुका साथै केही रकम खातामा जम्मा गरेको बताइन् । आफ्नो प्रयासबाट डुबेको रकम फिर्ता भएपछि खुशि हु“दै उनले भनिन्, ‘आर्थिक पारदर्शिताबिना विकास सम्भव छैन भनेरै हामीले यसमा जोड दिएका हौं ।’
महिलाहरु जिम्मेवार पदमा पुगेपछि विनास ह“ुदै गएको वन हरियाली हुन थालेको छ । हरियाली सामुदायिक वनकी सचिव पार्वती कार्की भन्छिन्, ‘हामीले पहिले दुई सय रुपैया“मा दिएको कटान अनुमति पूर्जी बढाएर छ सय रुपैया“मा पु¥याएका छांै, यसबाट वनको आम्दानी बढ्नुका साथै कटानमा पनि कमी आएको छ ।’ अवसर पाएपछि महिलाले पनि पुरुषसरह काम गर्दा रहेछन् भन्ने कुराको पुष्टि गरेको उनको भनाई छ ।
उनीहरुले वन जोगाउने अभियानमात्र थालेका छैनन्, वनको आम्दानीबाट थुप्रै विकास निर्माणका कामहरु पनि गरेका छन् । दुई महिनाअघि सिर्जनशील सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष भएपछि झुमा सुनारले वनमा भइरहेको तिव्र फडानीलाई नियन्त्रण गर्न सफल भएको बताइन् । ‘खुला वन भएकाले रुख कटानी भएको थियो’ उनले भनिन्, ‘महिलाले नेतृत्व गरेपछि वन फडानी रोक्न सफल भएका छौं ।’ जंगल तिव्र नासिएकाले पहिलेको डमकटी वनको नाम परिवर्तन गरेर समूहको नाम अनुसार महिलाको नेतृत्वमा सिर्जनशील सामुदायिक वन नामाकरण गरेको उनले बताइन् ।
यी त मैनतडा गाविसका सचेत भएका महिलाको उदाहरण मात्रै हो, अहिले महिलाहरु नेतृत्व लिन अघिअघि सर्ने बनाएको छ, सामुदायिक छलफल कक्षाले । अक्सफाम जीविको सहयोगमा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले महिला आवाज परियोजना अन्तर्गत गाउ“गाउ“मा सामुदायिक छलफल कक्षा संचालन गरेपछि महिलाहरुमा सशक्तिकरण बढेको हो । दुई बर्ष अघिदेखि संचालनमा आएका ती छलफल कक्षाहरुले महिलाहरुलाई विकास संरचनामा नेतृत्व लिन, सचेतना बनाउनलगायत विभिन्न कुराहरुको वारेमा छलफल गराउने गरिन्छ । 
छलफल कक्षाका सहजकर्ता सन्तोषी विकले संरचना, अपूर्ण सहभागिता र महिला हिंसाका विरुद्धमा विशेषगरी छलफल गरिने बताईन । 
सुरुमा बोल्नसमेत लाज र डर मान्ने महिलाहरु यही कक्षामा आएर अहिले गाउ“को विकास र अधिकारका वारेमा औंला ठड्याएर पुरुषहरुसंग छलफलमा सहभागी हुने गरेको उनको भनाई छ । छलफल कक्षा सातामा ६ दिन संचालन हुन्छ । यही कक्षाबाटै उनीहरुले गाउ“समाजमा के गर्ने भन्ने योजनासमेत बनाउने गरेका छन् । 
महिलाहरु अगाडि सरेको देखेर मैनतडा गाविसका सचिव फर्सकुमार तिवारीसमेत आश्चर्यमा परेका छन् । पहिलेको भन्दा अहिले उक्त गाविसका महिलाहरुमा आएको चेतना देखेर आफू निकै आश्चर्यचकित भएको बताउ“दै उनले हरेक कुरामा महिला सहभागिता बढेको पनि जनाए । महिलाहरु अगाडि सरेपछि अहिले महिलाका लागि भनी गाविसले १० प्रतिशत बजेटपनि छुट्याएको जानकारी उनले 
जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा सहभागि हु“दा शैक्षिक योग्यता आवश्यक पर्ने भएकाले महिलाहरु स्थानीय संरचना सामुदायिक वन उपभोक्ता समिति, सहकारी र स्वास्थ्य चौकी व्यवस्थापनमा महिलाको संख्या उल्लेख्य रुपमा बढेको छ ।  
महिला आवाज परियोजना मैनतडाका सहजकर्ता भिमप्रसाद पौडेलले महिलाहरुको सहभागिता विद्यलाय भन्दापनि सामुदायिक वन, सहकारी, समूह, र स्वास्थ्य चौकी तर्फ धेरै रहेको बताए । कार्यक्रम संचालन पछि महिलाहरुको चेतनास्तर बृद्धि हुनुका साथै आफ्नो अधिकारको लागि आफ्ै आवाज उठाउन सक्ने भएको उनले बताए । वामले उक्त परियोजना मार्फत मैनतडाका साथै छिन्चु र गुमी गाविसमा पनि कार्यक्रम लागू गरेको छ । 
अक्सफाम–जिवी नेपालको सहयोगमा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)ले सञ्चालन गरेको महिला आवाज परियोजनाअन्र्तगत सामुदायिक छलफल कक्षामा सहभागि भएपछि महिलाहरुमा यस्तो परिवर्तन आएको हो । 
छलफल कक्षामा सहभागी भएपछि महिलाहरु विद्यालय, सामुदायिक वन, खानेपानी र स्वास्थ्य लगायतका  संरचनाका विभिन्न पदको नेतृत्व गर्दै समाजको विकास निर्माणमा महत्वपूर्ण योगदान दिएका छन् । छलफल कक्षामा विभिन्न नीतिनियम तथा महिला सहभागिता, घरेलु हिंसा तथा स्थानीय संरचनामा सहभागिता लगायतका विषयमा छलफल गरिने भएकाले महिलाहरु आफ्नो अधिकार तथा गाउ“को विकासका लागि सक्रिय भएर लागेका छलफल कक्षाका सहजकर्ता सन्तोषी बिकले बताइन् । यसले गर्दा महिलाहरुको आत्मबलसमेत बढेको उनको भनाइ छ ।
वाम सुर्खेतका कार्यक्रम संयोजक अमृता अधिकारीका अनुसार तीन गाविसका वडा–वडाहरुमा सामुदायिक साक्षरता कक्षा संचालन छन् । स्थानीयस्तरमा रहेका बन, खानेपानी, स्वास्थ्य र विद्यालयमा महिलाहरुलाई अर्थपूर्ण सहभागिता गराउने, नेतृत्व लिन सक्षम बनाउने लगायतका मुख्य विषयहरु सिकाइने गरिएको उनले बताईने । सामुदायिक छलफल कक्षाबाटै सिकेका कुराहरुलाई आत्मसात गर्दै महिलाहरु नेतृत्व लिन सफल भएकोले महिलाहरु सशक्तिकरण हुदैंछन् भन्ने प्रमाणहरु पाइएको संस्थाले जनाएको छ  ।

परीक्षा केन्द्रमा गोली चल्यो
हिमा उपाध्याय
सुर्खेत, १० चैत
भानु उच्च मावि बजेडीचौर परीक्षा केन्द्रमा शुक्रबार गोली चलेको छ । एसएलसी परीक्षामा कडा गरेको भन्दै विद्यार्थीहरुले होहल्ला, नारा लगाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
गणित विषयको परीक्षा चलिरहेको अवस्थामा चिर्ट चोराउन विद्यालय सेवा क्षेत्रभित्र भेला भएका एक हजार स्थानीयबासीन्दा, युवाहरु र विद्यार्थीहरुले परीक्षा टाईट भएको भन्दै नारावाजी गरेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थी, अभिभावककाविचमा झडप भएको थियो ।
चिर्ट चोराउने समूह र विद्यार्थीहरुले परीक्षा चलिरहेको अवस्थामा ढुङ्गा, मुडा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय राकम बा“देपिपलका प्रहरी निरीक्षक योगेन्द्र थापा सहित गम्भीर घाईते भएका छन् ।  घाईते थापाको उपचार भैरहेको जनाईएको छ ।
झडपमा परी दुवै तर्फका ६ जनाबढी सामान्य घाईते भएका छन्  । परीक्षा टाईट भयो भन्दै ढुंगामुडा भएपनि परीक्षा भने सम्पन्न भएको जनार्ईएको छ । सोही क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ पछि छोडेको छ । झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । घटना स्थल वीरेन्द्रनगरदेखि करिव ७० किलोमिटर टाढा रहेको र ग्या“स गन प्रहरी संग नभएकाले भिडलाई नियन्त्रणगर्न हवाई फायर गर्नुपरेको प्रहरीको भनाई रहेको छ ।
भानु उच्च मावि परीक्षा केन्द्रमा काफलकोट, सुन्तोला, राकम, ला“खु गरी ४ वटा विद्यालयका ३ सय ६८ जना विद्यार्थीको सहभागिता रहेको परीक्षा केन्द्राध्यक्ष हिक्मत रोकाले बताएका छन् । परीक्षा केन्द्र तनापूर्ण बनेको छ । 
झडप भएपछि अवस्था जटिल बन्दै गएको भानु उच्च मावि बजेडिचौरका प्राचार्य रुद्र के.सी.ले जानकारी दिए । घाईते प्रहरी निरीक्षक थापा को चिउडोमा ४ वटा टा“का लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक गोविन्दराम परियारले जानकारी दिएका छन् । उनका अनुसार  उक्त केन्द्रमा प्र.नि.को कमाण्डमा १७ जना प्रहरी खटाई पठाईएको थियो ।

अनुगमन टोलीलाई खसी
रामकुमार शाही 
जाजरकोट, १० चैत
शक्रबार संचालित अनिवार्य गणित विषयको परीक्षामा जाजरकोटको दल्ली केन्द्रबाट परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको छ । परीक्षा शुरु हुनु भन्दा ५ मिनेट अघि नै प्रश्नपत्र आउट गरिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । 
केन्दाध्यक्ष शेरबहादुर अधिकारीको मिलेमतोमा प्रश्नपत्र बाहिरीएको हो । सुर्योदय मावि कैना, भानुभक्त मावि लहँ, त्रिभुवन उच्च मावि दल्ली, पन्चभयार मावि जिकुवा, जनविकास मावि मैदे, बालसंरक्षण मावि सिर्केका गरि ३ सय ४१ परीक्षार्थी रहेको उक्त केन्द्रमा १४ जना निरीक्षकको कोटा निर्धारण गरिएपनि २५ जना बढी निरीक्षक र ८ जना परिचर राखिएको छ । 
त्यसैगरी परीक्षा केन्द्रमा नियम विपरीत विषगत शिक्षकलाई समेत निरीक्षक राखिएको छ । यसैवीच उक्त परीक्षा केन्द्रको अनुगमनका लागी जिल्ला शिक्षा कार्यालयबाट खटाईएका जिल्ला शिक्षा समितिका सदस्य केदारबहादुर शाह, नेपाल पत्रकार महांसंघका अध्यक्ष राजेन्द्र बहादुर कार्की, जिल्ला शिक्षा कार्यालयका लेखापाल जयप्रसाद पाण्डे लगायतको अनुगमन टोलीलाई केन्दाध्यक्ष अधिकारीले परीक्षा केन्द्र प्रवेशमा रोक लगाएका छन् । 
अनुगमनमा स“गै गएका जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र जिल्ला शिक्षा अधिकारी गीरमान थापाले निजहरुलाई अनुगमनमा रोक नलगाउन आग्रह गर्दा पनि केन्द्राध्यक्ष अधिकारीले मेरो अधिकारको कुरा हो म कसैलाई प्रबेश गर्न दिन्न भन्ने जवाफ दिएको शिक्षा समितिका सदस्य केदारबहादुर शाहले बताए । 
उनले जिल्ला शिक्षा अधिकारीले अनुगमनको लागी दिएको चिठी देखाउ“दा पनि प्रबेश गर्न पाएनन् । परीक्षा मर्यादित बनाउन गएका अनुगमनकर्तालाई नै प्रवेश गर्न नदिनु केन्दाध्यक्षको मुर्खाता भएको शाहको भनाई छ । उता केन्द्राध्यक्ष अधिकारीले भने प्रश्नपत्र आउट नभएको दावी गरेका छन् । दरमुकामबाट एक दिनको पैदल हिडेर अनुगमनमा गएका  प्रमुख जिल्ला अधिकारी लगायतका टोलीलाई स्वागत गर्नको लागि प्रत्येक विद्यालयबाट रकम संकलन गरेको खुलासा भएको छ । अनुगमन टोलीलाई बिहिबार खसी काटेर स्वागत गरिएको थियो ।

विश्व पानी दिवस, पानीका मुहान सुक्दै
हिमा उपाध्याय
सुर्खेत,  चैत
पानीका मुहान सुक्दै गएकाले संरक्षण तर्फ ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । २० औं विश्व पानी दिवसका अवसरमा बिहिबार कल्याण गाविसमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिले उक्त कुरा बताईएका हुन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, एन्फो, जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको संयुक्त आयोजनामा सम्पन्न सचेतना कार्यक्रमका अवसरमा उक्त कुरामा जोड दिएका थिए । 
बढ्दो वन विनास, वन अतिक्रमणले गर्दा पानीका मुहानहरु सुक्दै गएकोमा कार्यक्रमका सहभागिले चिन्ता व्यक्त गरेका थिए । विश्व पानी दिवसकै अवसरमा कल्याण–३ देखि सरस्वती उच्च मावि कल्याणसम्म महिलाहरुले चेतनामूलक ¥याली निकालिएका थिए । फोहोर पानी रोगको खानी, पानीको मुहान संरक्षण गरौं, घरआ“गन सफा राखौं लगायतका नारा सहित ¥याली प्रदर्शन गरिएको हो ।

स्थानीय महिला समूह, स्वास्थ्य स्वयंमसेविकाको सक्रियतामा ¥याली प्रदर्शन गरिएको थियो । ¥याली पछि आयोजित सभामा बोल्दै क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका  सिनियर इन्जिनियर सुरेश महाजुले पानीका स्रोतहरु सुकेकाले समस्या भएकाले बताए । उनले भने–‘खानेपानी आयोजना निर्माण गर्दा भन्दा पछि विस्तारै पानीको मुहान सुक्छ अनि धारामा पानी आउन छोडछ ।’
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ केन्द्रीय सदस्य तथा सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले प्राकृतिक स्रोतको संरक्षण गरे मात्रै मानव अस्थित्व रहने बताए । कल्याण गाविस जिल्लाकै सबैभन्दाबढी वन विनास भएको गाविस पर्ने भएकाले स्थानीयबासीन्दा वन संरक्षण तर्फ केन्द्रीत भए पानीको मुहान संरक्षण गर्न सकिने बताए ।
गाविस सचिव प्रेमबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झुप्रा बृहद खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कार्यसमिति सदस्य निलकण्ठ खनाल, नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व सभापति मोति पौडेल, पत्रकार महासंघ शाखा सुर्खेतका कार्यसमिति सदस्य दिपक बुढा, खानेपानी तथा सरसफाई समन्वय समिति कल्याणका संयोजक मित्रबहादुर नेपाली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कल्याण खुल्लादिसामुक्त घोषणा हु“दै
कल्याण गाविसलाई खुल्लादिसा मुक्त घोषणा गर्ने तयारी गरिएको छ । २०६९ जेष्ठ १५ गतेभित्र प्रत्येक घरमा शौचालय निर्माण गर्न सार्वजनिक सुचना जारी गरेको छ । खानेपानी तथा सरसफाई समन्वय समिति कल्याणले चैत्र १५ गतेबाट चर्पी भएका घरधुरीहरुलाई सरसफाई कार्ड वितरण गर्ने योजना बनाएको छ ।
शौचालय निर्माण गरी सरसफाई कार्ड नलिने परिवारलाई गाविसबाट दिईने सुविधाबाट बञ्चित गराउने जनाईएको छ । विश्व पानी दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी गराईएको हो । विद्यालयले चर्पी नबनाएका शिक्षक, कर्मचारीलाई विद्यालयमा हाजिर नगराउने, तलब रोक्का गर्ने, बैंक, वित्तिय संस्था र सरहारी संस्थाहरुले चर्पी नबनाएका परिवारका व्यक्तिलाई कर्जा प्रवाहमा रोक लगाउने जनाईएको छ ।

उद्योग वाणिज्य संघका महासचिव शाही निलम्बित
हिमा उपाध्याय 
सुर्खेत, ९ चैत
सुर्खेत उद्योग बाणिज्य संघका महासचिव पदमबहादुर शाहीलाई तीन महिनाको लागि निलम्बित गरिएको छ । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन संघका अध्यक्ष विष्णुबहादुर शाहीले निलम्बित गरिएको जानकारी गराएका हुन् । महासचिवले बिहीबारदेखिनै संघको कुनै पनि निर्णयहरु गर्न नपाउने गरी निलम्बित गरिएको बताए ।
महासचिवलाई संघको विधान २०५४ (चौथो संसोधन २०६८) को परिच्छेद पा“च को दफा १६ वमोजिम संघको संरक्षण र संम्बद्र्धन गर्न अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्दै संघको विधानको परिच्छेद तीनको दफा नौ (ज) वमोजिम तीन महिनाको लागि निलम्बित गरिएको अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलन मार्फत अध्यक्षले महासचिवका पछिल्ला गतिविधि संस्थाको हितविपरित रहेको आरोप लगाएका छन् । साथै यसले कालान्तरमा संस्थालाई धरासायी बनाउने सम्भावनालाई मध्य नजर राख्दै महासचिवबाट भए गरेका क्रियाकलाप बारेमा स्पष्ट जानकारी लिन अध्यक्षको हैसियतले स्पष्टिकरण सोधिएकोमा चित्त बुझ्दो लिखित स्पष्टिकरण नदिई थप अराजक बन्दै संघलाई विवादित बनाई संघ विघटनको स्थितीमा ल्याइपु¥याएको आरोप अध्यक्षको छ ।
संघमा केही समय अगाडी देखि संघको आगामी चुनावका लागि मिति तोक्ने विषयमा महासचिव र अध्यक्षका बीचमा मतभेद देखिएको थियो । महासचिव पक्षका पदाधिकारीहरुले बैशाख १२ गते नै चुनावको मिति तोकिनु पर्नेमा जोड दि“दै आएको थियो भने अध्यक्ष पक्षका पदाधिकारीहरुले जेष्ठ १७ गते चुनाव गर्ने बताएको थियो ।
अध्यक्षले संघमा कतिजनाले सदस्यता लिएका छन् भन्ने एकिन नभएका कारण पनि बैशाखमै चुनावको सम्भव नभएको बताए । उनले बहुमतमा निर्णय गरेको भन्दै विभिन्न किसिमका संस्थालाई आ“च आउने निर्णय गरेको आरोप लगाएका छन् । बहुमत भन्दैमा संस्थालाई आ“च आउने कुनै पनि काम गर्न नहुने उनको भनाई छ ।
संघ एउटा आम उद्योग, व्यापारी, व्यवसायिहरुको हकहितको लागि संस्था भएपनि व्यवसायिको संस्था भए पनि गैर व्यवसायिहरको हालिमुहाली हुन थालेको बताए । आजसम्म आफुले निर्णय गरेको माइनूट नदेखेको भन्दै अध्यक्षले महासचिवले कसरी अध्यक्ष जित्ने भन्ने धारणा अगाडि ल्याएको आरोप लगाएका छन् । विज्ञप्तिमा विधान बमोजिम संचालन भएको संस्थामा एकलौटी र मनपरी ढङ्गले बैठकबसी निर्णयनै नगरेको विषयमा निर्वाचनको मिति तोकेर सदस्यता नवीकरण गर्न जारी सूचनाको भ्रममा नपर्न उद्योगि, व्यापारीहरुलाई आग्रह गरिएको छ । संघबाट त्यस्तो कुनै निर्णय नभएको र संघको कार्यसमितिले विधान बमोजिम निर्णय गरी यथासक्य चा“डो निर्वाचन मिति तोकिने उल्लेख गरिएको छ ।
उता महासचिव पदमबहादुर शाहीले भने अध्यक्ष कार्यसमितिको बैठक देखि भाग्ने र कहिले निलम्बित गर्ने लगायतका अनेक प्रकारका नाटक देखाउने गरेको बताए । उनले भने ‘अध्यक्षले गरेका सबै कुरा विधान विपरित छन् यो हामीलाई सैय हु“दैन् ।’ उनले अध्यक्षले सबैलाई भ्रममा पारेको बताए । चुनावको विषयमा चुलिएको विवाद अझै चर्किएको छ । जिल्ला प्रशासन सम्म पुगेको विवाद अझै टुङगिएको छैन् । 
जिल्ला प्रशासनमा दुवै पक्षका विचमा छलफल गर्ने प्रयास भएको थियो । विवाद समाधान हुन नसकेपछि अहिले दुवै पक्ष संचारमाध्यमतर्फ आकर्षित भएका छन् । अध्यक्ष र महासचिव दुवै समूह एकले अर्कोलाई विज्ञप्ति मार्फत आरोप प्रत्यारोप लगाउने गरेका छन् । निर्वाचनको मितिका बारेमा समेत दुवै पक्ष एक मत हुन सकेका छैनन् । सुर्खेत उद्योग वाणिज्य संघको लेटरप्याडमा दुवै पक्षले विज्ञापन प्रकाशित गरिदिनु भन्दै प्रकाशित गर्ने मिति तोकेरै दुवै पक्षले पठाउने गरेका छन् ।

Thursday, March 22, 2012

बहिर्गमित लडाकुद्वारा माओवादी कार्यालयमा तालाबन्दी
‘अब यी हाम्रो कार्यालय हुन्’
१० चैत, सुर्खेत । बहिर्गमित लडाकुले बिहीबार एकीकृत माओवादीका सुर्खेतस्थित भेरी-कर्णाली राज्य समिति र जिल्ला समितिका कार्यालय कब्जामा लिएका छन् ।
आफ्ना माग पूरा नभएको भन्दै बहिर्गमित ती दुई कार्यालय अपराह्न ३ बजे कब्जामा लिएका हुन् । माग पूरा नभएसम्म कसैलाई पनि कार्यालयमा प्रवेश गर्न नदिने बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य नारदमणि पौडेलले बताए । ‘त्यस्तै परे पार्टी कार्यालयमा आगो पनि लगाउन पनि तयार छौं’, उनले भने ।
बहिर्गमित लडाकुले बिहीबारदेखि नै ती कार्यालयमा नेता तथा कार्यकर्तालाई प्रवेश गर्न दिएका छैनन् । ‘आजदेखि यो कार्यालय हाम्रो हो’, पौडेलले भने ।
दशरथपुरस्थित छैटौं डिभिजन मुख्यालयको बा००१अ ८९ नम्बरको कार तथा भे२प ३३१४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिए । ‘हामीले पार्टीसँग सल्ल्ाह गर्‍यौं, ज्ञानपत्र बुझायौं, ध्यानाकर्षण पनि गरायौं तर पार्टीले हाम्रा माग पूरा गर्न कुनै पहल गरेन’, उनले भने, ‘त्यसैले अन्तिम संघर्षमा उत्रिएका हौं ।’
अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचारअनुसार बहिर्गमित लडाकुका मध्यपश्चिम सचिव खड्गबहाुदर रम्तेलले गलत आश्वासन बाँडेर पार्टीले आफूहरूको भविष्य बिगारेको आरोप लगाएका छन् । उनले भने, ‘अहिलेको हाम्रो लडाइँ १० वर्षे जनयुद्धजस्तै हो । पार्टीले हाम्रो भविष्य अन्योलमा पार्‍यो अब उसले नै हाम्रो भविष्यको ग्यारेन्टी लिनुपर्छ ।’


पार्टी कार्यालय नियन्त्रणमा
दीपक बुढा 
सुर्खेत, ९ चैत
माओवादी सेनाका बहिर्गमित लडाकुले एकीकृत नेकपा माओवादी सुर्खेतको पार्टी कार्यालय, भेरी–कर्णाली सम्पर्क कार्यालय र दुई वटा मोटरसाईकल र एउटा कार नियन्त्रणमा लिएका छन् । सरकारसंग र पार्टीसंग छुट्टा छुट्टै माग राख्दै आन्दोलित बनेका बहिर्गमित लडाकूहरुको समस्यामा पार्टी गम्भीर नबनेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।
तत्कालिन रुपमा पार्टीले बहिर्गमित लडाकूको गास, बास, कपासको प्रबन्ध गर्नुपर्ने भन्दै उनीहरु आक्रोशित बनेका हुन् । माओवादी सेना छैटौं डिभिजनका सहायक कमाण्डरले प्रयोग गर्दै आएका दुई वटा मोटरसाईकल र एउटा कार उनीहरुले बिहिबार मालपोत कार्यालयबाट नियन्त्रणमा लिएका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समिति केन्द्रीय सदस्य नारद पौडेलले भने–‘डिभिजनको साझा सम्पत्ती दुरुपयोग गर्दै व्यक्तिगत काममा प्रयोग गर्ने तर हाम्रो समस्यामा भने पाटी गम्भिर नुहने, त्यसैले बाध्य भएर सवारी सधान र पार्टी कार्यालय नियन्त्रणमा लिएका हौं ।’
छैटौ डिभिजनका सहायक कमाण्डर र स्वास्थ्य कर्मी प्रमुखले प्रयोग गर्दै आएका वा ००१ अ ८९ नम्बरको कार, भे २ प ३३१४ र भे २ प ४०७३ नम्बरका दुई वटा मोटरसाईकल बहिर्गमित लडाकुले नियन्त्रणमा लिएका हुन् । कार स्वस्थ्यकर्मी टोलीका गुरा“सले र दुई वटा मोटरसाईकल युनाईटेड र सुनामले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेका थिए । दुई वटा मोटरसाईकल भने बिहिबार राती मात्रै छोडेका थिए ।
बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रिय उपाध्यक्ष राजु गहतराजले आफूहरुको मागप्रति पार्टी नेतृत्व र सरकार उदासिन रहेको भन्दै कार्यालय र सवारी सधान नियन्त्रणमा लिएको बताए । ‘कार्यालयमा नेताहरुलाई प्रवेश गर्नदि“दैनौं’, गहतराजले भने, ‘यो कार्यालय अब हाम्रो हुन्छ ।’ युद्धका बेला प्रयोग गरेर अहिले पार्टी नेतृत्वले आफूहरुलाईबिचल्लीमा पारेको बहिर्गमित लडाकुले गुनासो गरेका छन्  । माओवादी सुर्खेतका सेक्रेटरी भिमबहादुर मल्लले बहिर्गमित लडाकुका मागजायज भएपनि पार्टी कार्यालय नियन्त्रणमा लिने काम खेदजनक भएको प्रतिक्रिया दिए । ‘पार्टी कार्यालय नियन्त्रणमा लिएको बारे उनीहरुले औपचारिक जानकारी त दिनुभएको छैन’, मल्लले भने, ‘यदि यसो हो भने खेदजनक छ ।’
बहिर्गमित लडाकूहरुलाई पार्टीले पहिले तत्कालका लागि व्यवस्था गर्ने भन्दै आश्वासन दिएको जनाईएको छ । पार्टीको आश्वासन अनुसार नै बहिर्गमित लडाकूहरु साहारेमा घर भाडामा लिएर बस्दै आएका थिए । उनीहरुले लामो समय सम्म पार्टीले भने अनुसार खर्च सहयोग नपाएपछि गास, बास, कपासको समस्या भएको बताए । ‘पार्टीले सहयोग गर्छु भनेकाले ऋण निकालेर तत्कालिन खानाको प्रबन्ध ग¥यौं तर ऋण तिर्न सकिएको छैन् ।’–केन्द्रीय उपाध्यक्ष गहतराजले बताए ।
एमाओवादी पार्टी कार्यालय र भेरी–कर्णाली राज्य समिति,  सवारी साधन नियन्त्रण मुक्त गराउन भन्दै सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्दराम परियारले सा“झे ७ः३० बजेसम्म छलफल गरेका थिए । आक्रोशित बनेका पूर्वलडाकूहरुले आफ्नै नियन्त्रणमा राख्ने प्रशासनलाई नदिने,आफ्नो समस्या समाधान गर्न पहल नथालेसम्म आफ्नै नियन्त्रणमा हुने बताए । पार्टी कार्यालय र राज्य समितिको कार्यालयमा आफै ताला लगाईदिएका छन् ।
कमान्डरसँग चार करोड
माओवादी लडाकुको छैठौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाहीको नाममा बा८च ७५९१ नम्बरको आइटेन गाडी छ । एक वर्षअघि डिभिजन स्टाफको निर्णयअनुसार ‘लडाकु बचत कोष’ बाट उनले करिब १९ लाखमा उक्त गाडी किनेका थिए । बटालियन कमान्डरद्धय विक्रम चौधरी र गंगा महताराको नाममा पनि चारवटा ट्रयाक्टर छन् ।
डिभिजन अन्तर्गतका शिविरमा सामान ओसारपसारका निम्ति करिब ५० लाखमा ट्रयाक्टर किनिएको डिभिजन मुख्यालयको भनाइ छ । पँ“च वर्षसम्म शिविरमा सगै रहेका माओवादी लडाकु अहिले अवकाश लिएर घर फर्के र समायोजनमा जान शिविरमै रहने दुई कित्तामा छुट्टिएपछि लडाकुका साझा सम्पत्तिको स्वामित्व विवादमा आएको छ । घर फर्केका लडाकुले सबै सम्पत्ति बेचेर दामाशाही बाड्नुपर्ने माग गरे पनि कमान्डरहरुले शिविर खाली हुने बेला निर्णय गर्ने भन्दै टार्न खोजेको उनीहरुको आरोप छ ।
स्रोतका अनुसार डिभिजन मुख्यालय र अन्य चारवटा शिविरमा सवारी र ढुवानी साधनबाहेक करिब ३५ वटा मोटरसाइकल, २२ वटा ल्यापटप र ४० वटा डेस्कटप कम्प्युटर छन् । यी सामानको समग्र मूल्य करिब २ करोड रहेको डिभिजनको अनुमान छ । सबै लडाकुको मासिक तलबभत्ता कटौती गरी स्थापना गरिएको कोषबाट किनिएका यी साधन कमान्डर तहका लडाकुका नाममा छन् । शिविरको नाममा पास गर्नसकिने प्रावधान भए पनि सबै सामान व्यक्तिका नाममा दर्ता गरिएपछि अहिले कानुनी जटिलता देखिएको हो ।
पिली स्मृति ब्रिगेडमा तत्कालीन सचिव खड्कराज सेजुवालले चारवटा मोटरसाइकल ब्रिगेडकै नाममा दर्ता गरिएको जानकारी दिए । यी बाहेक अन्य सामान व्यक्तिका नाममा रहेको उनले बताए । अवकाशमा घर फर्क लागेका लडाकुले साझा सम्पत्तिबारे छिनोफानो हुनुपर्न अडान लिएपछि शिविरमा यसबारे धेरै दिनसम्म यसबारे छलफल भएको थियो । डिभिजन सहायक कमान्डर दुर्गाबहादुर चौधरीलेयस्तो सम्पत्तिमा सबै लडाकुको हक लाग्नेबारे छलफल गरिएको बताए । ‘सबै साथीहरुको तलबभत्ता कटौती गरेर किनिएका सामानको अवस्था के हुने, अहिल्यै छिनोफानो हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘बिदा हुने साथीहरुमाथि अन्याय हुन्छ ।’ समायोजनमा जाने लडाकुले शिविरको अस्तित्व कायमै रहेकाले यसबारे पछि छलफल गर्नुपर्ने बताएका थिए ।  अवकाश लिएकाले भने उक्त सम्पत्ति बिक्रि गरेर दामाशाहीका दरले लडाकुलाई वितरण गर्नुपर्ने विकल्प तेर्सायएका थिए ।
यद्यपि, अहिलेलाई सामान जोसँग छ, उसैले प्रयोग गर्नेगरी सहमति भएको डिभिजन मुख्र्यालयले जनाएको छ ।
सहमतिअनुसार अवकाशपछि घर हि“डेका लडाकु कमान्डरले आफूस“ग भएका सवारीसाधन, ल्यापटप, कम्प्युटर, टिभीलगायत सामाग्रि लिन पाउनेछन् । स्रोतका अनुसार ब्रिगेड सहायक कमान्डरभन्दा माथिका प्राय लडाकुस“ग मोटरसाइकल र ल्यापटप छन् ।

कहिले श्रीमती कहिले भाउजू

हुम्लामा बहुपति प्रथा

१० चैत, हुम्ला । पन्ध्र वर्षअघि विद्रोह नगरेको भए बुरौसेका कङ्री लामाको जिन्दगीमा भाउजूसित बिताउनुपर्ने हुन्थ्यो तर अहिले उनको आफ्नै घर र परिवार छ । बहुपति प्रथाका विरुद्धमा विद्रोह गरेका कङ्री भन्छन्, ‘सबै दाइभाइको एउटै श्रीमती हुने चलन राम्रो लागेन । त्यसैले विद्रोह गरेर घरबाट बाहिरिए ।’
विद्रोह गरेर घरबाट निस्किएपछि उनी घर गएका छैनन् भने दाइ र भाउजूसित सम्बन्ध पनि छैन । उनले विद्रोह गरेकै कारण दाइ दोर्जेअन्जू लामाले उनलाई सम्पत्तिबाटै बेदखल गरिदिए । ‘त्यसपछि घर गएको छैन, दाइहरूसित बोलचाल नै छैन’, उनले भने ।
बुरौसेकी डोल्मासित उनको प्रेम टुसाउन थालेपछि उनले बहुपति प्रथाविरुद्ध विद्रोह गरेका थिए । उनी घरबाट निष्कासित हुँदा उनका साथमा नवदुलही डोल्मामात्र थिइन्, सम्पत्ति केही थिएन ।
कङ्रीका अनुसार १० वर्षअघिसम्म पनि हुम्लामा बुहपति प्रथा कायम थियो । हुम्लाको बुरौसे, बरगाउँ, तोर्पा, लिमाटाङलगायतका स्थानका लामा समुदायमा यस्तो प्रथा कालान्तरदेखि चल्दै आएको थियो । समयसँगै यस्तो प्रथा अहिले ठ्याममै उन्मूलन नै भइसकेको हुम्लाबासी बताउँछन् ।
गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार त्यतिखेर चौंरी, घोडा, भेडालगायतका चौपाय चराउन तथा व्यापारका लागि अन्यत्र जानुपर्ने हुन्थ्यो । परिवारका सबै छोरा पालैपालो गाउँबाहिर जानुपर्ने र एक भाइ घर कुरेर बस्नुपथ्र्यो । ‘बाबुआमाले एउटी महिलालाई भाइहरूको सामूहिक पत्नीका रूपमा बिहे गराइदिन्थे’, उनले तिनताका घटना स्मरण गर्दै भने, ‘त्यसरी बिहे गरेर ल्याएकी श्रीमतीलाई घर कुरेर बस्ने भाइको जिम्मामा दिने चलन थियो ।’
लामा समुदायमा कान्छो छोरा बिहे गर्ने उमेर भएपछि अभिभावक कन्याको घरमा गई बुहारी माग्ने चलन थियो । करिब ३५ वर्षअघि कान्छा छोरा कङ्री १५ वर्ष उमेरका थिए । जेठो दाइ दोर्जे अन्जु र माहिलो दाइ सोनामतार्गे उनीभन्दा निकै जेठा थिए तर चलनअनुसार कान्छो छोराको बिहे गर्ने उमेर नहुन्जेलसम्म दुर्व दाइको बिहे गरिएको थिएन ।

Wednesday, March 21, 2012


जनजाति युवा लोकसेवा तयारीमा
हिमा उपाध्याय
सुर्खेत, ८ चैत
वीरेन्द्रनगर–७ इत्रामका मोहन थापा लोकसेवाको तयारीमा जुटेका छन् । निजामति सेवामा जनजातिहरुका लागि छुट्याईएको आरक्षण कोटा मार्फत प्रतिस्पर्धा गरी निजामति सेवामा प्रवेश गर्ने योजना बएका छन् । 
सरकारी सुरक्षा निकायमा अन्य क्षेत्रको तुलनामा बढी प्रतिनीधित्व रहेको जनजाति समूदायका युवाहरु पछिल्लो समय लोकसेवा तर्फ आकर्षित भएका हुन् । 

थापाले भने– ‘सुरक्षा निकायको भर्ना धेरै खुल्दैन्, त्यसैले निजामतिका लागि तयारीमा जुटेको छु ।’ समावेशि निजामति सेवा बनाउने भन्दै सबै समूदायका लागि आरक्षण कोटा छुटयाईएको छ ।
समावेशि कोटामा पहिले प्रतिस्पर्धा गर्न गाह्रो भएपनि अहिले विभिन्न संघ संस्थाले दिने लोकसेवा तयारी कक्षाले केही सहयोग पुग्ने उनले बताए । ‘तयारी कक्षाले अध्ययनशैली, लेखनशैलीका साथै पद अनुसारको पाठ्यक्रमका बारेमा जानकारी गराउछ ।’–थापाको भनाई रहेको छ ।
थापा जस्तै धेरै जनजाति युवाहरु लोकसेवा तर्फ आक्रषित भएका छन् । विभिन्न संघ संस्थाद्धारा निःशुल्क तथा सशुल्क संचालन गरिने लोकसेवा तयारी कक्षाका कारण उनीहरु हौसिएका हुन् । महिला विकास कार्यालय सुर्खेतले महिलाको प्रतिनीधित्व बढाउन भन्दै केहि सयम अघि महिलाहरुका लागि मात्रै लोकसेवा तयारी कक्ष्ाँ चलाएको थियो । उक्त कक्षाबाट ४० भन्दाबढी महिलाहरु लाभान्वित भएका थिए ।
त्यसैगरी निजामित कर्मचारी संगठनले समेत लोकसेवा तयारी कक्षा संचालन गरिरहेको छ भने नीजि क्षेत्रका ट्युसन सेन्टरहरुले समेत लोकसेवा तयारी कक्षा संचालन गर्ने लहर चलेको छ ।
एपेक्स एजुकेशन, मेघा कलेज, म्याजिक ट्युसन सेन्टर लगायतले समेत लोकसेवाको विभिन्न तहको परीक्षा तयारी कक्ष्ाँ संचालन गरिरहेका छन् । लोकसेवा आयोगद्धारा लिईने 
खरिदार परीक्षामा सहभागि हुनका लागि वीरेन्द्रनगरका जनजाति युवा युवतीहरु कस्सिएका छन् । राज्यले छुट्याएको आरक्षंण कोटामा सहभागिता पढाउने उद्देश्यले लोकसेवा खरिदार पदको तयारीमा जुटेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक सहयोग तथा आदिवासी जनजाति महासंघ नगर समन्वय समिति सुर्खेतको आयोजनामा १५ दिने लोकसेवा तयारी कक्षा बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
प्रत्येक वडाबाट तीन–तीन जनाको गरी ४० जना जनजाति युवाहरुको सहभागिता रहेको छ । १५ दिन सम्म संचालन हुने लोकसेवा तयारी कक्षामा लोकसेवा आयोगमा सोधिने प्रश्नहरु, परीक्षामा सहभागि हुदा ध्यान दिनुपर्ने कुराहरु, लोकसेवा दिदा तयारीका विषयमा सिकाईने जनाईएको छ ।
कक्षामा ६० जना युवाहरुको सहभागिता गराउने लक्ष्य रहेको राखिएको छ । २३ जना महिला र १७ जना युवतिहरु गरी ४० जना जनजाति महासंघबाट र  बांकी २० जना नगरपालिकाले छनोट गरी प्रतिनीधित्व गराउने जनाईएको छ । 
तालिममा युवा भन्दापनि युवतिको संख्या बढी रहेको छ । मध्यपश्चिम क्षेत्रीय उपप्रशासक जगत बस्नेत, नगरपालिका सुर्खेतका कार्यकारी अधिकृत ललितकुमार वस्नेत, नगर कमिटी अध्यक्ष्ँ, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको अध्यक्ष दुर्गा थापा, डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रमुख आनन्द सारु, धर्मोदय सभाका अध्यक्ष वसन्त थापाले कथा सफलताकोे शुभकामना व्यक्त गरेका थिए ।
निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन) अनुसार निजामती सेवामा खुला प्रतियोगिताद्धारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत आरक्षित छ । आरक्षित ४५ प्रतिशतलाई १०० प्रतिशत मानेर महिलालाई ३३, आदिवासी÷जनजातिलाई २७, मधेशीलाई २२, दलितलाई नौ, अपाङगता भएकालाई पाच र पछाडि परेको क्षेत्रकालाई चार प्रतिशत छुट्याइएको छ । तर, सरकार र आरक्षणका पक्षधरहरुको ध्यान नपुगेकाले लक्षित समुदायहरु यसबाट लाभान्वित हुन सकेका छैनन् । सरकारले समावेशी विधेयक संसदमा पेश गरेको छ । मधेसी मोर्चाको माग अनुसार विधेयक परिमार्जन गरिएपछि बसेको मन्त्रीपरिषद् वैठकले त्यसलाई अनुमोदन गरेको थियो । 
विधेयक संसदमा पेश गरिएको विधेयकमा यसअघि जनजाती र दलितलाई दि“दै आएको आरक्षण सिट घटाएर मधेशीको कोटा थपिएको छ । जनजाती र दलीतले पाउदै आएको आरक्षण कोटा २÷२ प्रतिशत घटाएर मधेशीहरुको लागि ४ प्रतिशत आरक्षण बढाउने व्यवस्था विधेयकमा गरिएको छ । 
नयां विधेयकमा सरकारी सेवामा हाल कायम रहेको ४५ प्रतिशत आरक्षणलाई बढाएर ४८ प्रतिशत पु¥याइएको छ । अव सबैखाले सरकारी सेवामा खुला प्रतिस्पर्धाबाट ५२ प्रतिशत मात्रै पदपुर्ती गरिनेछ । त्यस्तै आरक्षित कुल सिटको ३३ प्रतिशत महिलालाई छुटयाइएकोमा त्यसभित्र पनि विभिन्न समुदायका महिलाका लागि आरक्षणको व्यवस्था गरिएको छ । माओवादी र मधेशी मोर्चाबीच सरकार निर्माणका बेला सरकारी सबै सेवालाई समावेशी बनाउन सहमति भए अनुसार सरकारले विधेयक तयार गरेको हो ।


राष्ट्रिय चलचित्र महोत्सव हुने
हिमा उपाध्याय
सुर्खेत, ८ चैत
राष्ट्रिय चलचित्र महोत्सव राजधानी बाहिर पहिलो पटक सुर्खेतमा हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा चलचित्र महोत्सव सुर्खेतमा हुन लागेको हो । २०६९ बैशाख ८ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरमा महोत्सवको आयोजना हुने बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा जानकारी गराईएको छ ।
बोर्डले महोत्सवका विषयमा जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनीधिहरुवीचमा बुधबार वीरेन्द्रनगरमा छलफल आयोजना गरि महोत्सवका तयारी, महोत्सवको उद्देश्यका बारेमा जानकारी गराईएको थियो । मध्यपश्चिम विकास क्षेत्रको कला, संस्कृतिका साथै स्थानीय प्रतिभाको खोजी गर्ने र सुर्खेतलाई चलचित्र नगरिको रुपमा विकास गर्ने उद्देश्य अनुरुप महोत्सव गर्न लागिएको हो ।
महोत्सवका बारेमा जानकारी गराउ“दै चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले सांस्कृतिक विविधता भएको सुर्खेत तथा मध्यपश्चिमलाई राष्ट्रिय स्तरमा पहिचान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताए । उनले भने–‘चेतनाको विकास, प्रतिभा स्मृति र कथालाई बहसको केन्द्रमा तान्नेगरी महोत्सव गरिने छ ।’ 
तीन दिन सम्म संचालन हुने चलचित्र महोत्सवमा पहिलो दिन मध्यपश्चिममा रहेका विभिन्न जातजाति, धर्म, समूदाय, संस्कृति झल्कने गरी झा“कीको प्रदर्शन सहित प्रधानमन्त्रीद्वारा महोत्सवको उद्दघाटन गर्ने कार्यक्रम तय गरिएको छ । 

दोस्रो दिन राष्ट्रिय स्तरका महत्वपूर्ण चलचित्रको प्रदर्शनी गरिने जनाईएको छ । प्रसासनिक, राजनीतिक, सांस्कृतिक विविधता रहेको मध्यपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।
चलचित्र महोत्सवका क्रममा रंगमञ्चका विषयमा कार्यपत्र प्रस्तुत, छलफल, अन्तरक्रिया, विभिन्न फिल्मका विषयमा, रंगमञ्च क्षेत्रमा देखिएका विभिन्न समस्याका विषयमा छलफल हुने जनाईएको छ ।  महोत्सवका अवसरमा राष्ट्रिय स्तरका तीन सयबढी रंगकर्मीहरुको उपस्थिति हुने जनाईएको छ । 
महोत्सवका लागि चलचित्र विकास बोर्डले केही रकम प्रबन्ध गरेको र केही रकम सुर्खेत स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, उद्योगी, व्यवसायीहरुबाट समेत आर्थिक सहयोग संकलन गरिने चलचित्र महोत्सव आयोजक मूल समितिका संयोजक तथा बोर्डका अध्यक्ष भण्डारीले जानकारी दिए । महोत्सव आयोजनाका लागि २५ देखि ३० लाख बजेट लाग्ने अनुमान गरिउको छ ।
पूर्वमन्त्री तथा सुर्खेतका सभासद्हरुलाई महोत्सवको सल्लाहकार समितिमा राखिएको छ । महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । महोत्सव तयारीका लागि विभिन्न समिति तथा उपसमितिहरु निर्माण गरिएको छ । 
बोर्डका अध्यक्ष गणेश भण्डारीको संयोजकत्वमा १ सय ५१ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ । गंगाराम तिमल्सेनाको संयोजकत्वमा आर्थिक स्रोत संकलन उपसमिति, कुलमान नेपालीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, गणेशभक्त गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सिमा चन्दको संयोजकत्वमा स्वयंमसेवक परिचालन उपसमिति, टीकाराम चपाईको संयोजकत्वमा झा“की व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजकत्वमा शान्ति सुरक्षा उपसमिति, गणेशकञ्चन भारतीको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति,  वीरेन्द्रनगर नगरपालिका सुर्खेतका कार्यकारी अधिकृत ललित वस्नेतको संयोजकत्वमा सरसफाई उपसमिति गठन गरिएको छ । 

Monday, March 19, 2012


पत्रकारीता पुरस्कार स्थापना 


हिमा उपाध्याय
सुर्खेत, ६ चैत
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको सोमबार वीरेन्द्रनगरमा सम्पन्न कार्यसमिति बैठकले शाखाको २० औं स्थापना दिवस र महासंघको ५७ औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
शाखा स्थापना दिवस तथा महासंघको बार्षिकोत्सवका अवसरमा २०६८ चैत १० गते पत्रकार र जिल्ला विकास समितिबीच मैत्रीपूर्ण भलिवल, ११ गते पत्रकार–११ र जिविस–११ बीच मैत्रीपूर्ण पूmटबल तथा चैत १२ गते विहान ८ बजे मंगलगढी चोकबाट प्रभातफेरी शुरु गरी महासंघको भवन अगाडि औपचारिक समारोहकाबीच रक्तदान कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी पत्रकारीतामा उत्कृष्ट योग्दान पु¥याउने एक जना पत्रकारलाई प्रत्येक बर्ष सम्मानित गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरिने भएको छ । सांसद विकास कोषबाट एक लाख को अक्षय कोष स्थापनाका लागि  पहल थालिएको छ । सुर्खेत क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित सभासद यामलाल कंडेलसंग अक्षय कोषका लागि अनुरोध गरिएको छ ।
सभासद कंडेल कोष स्थापनार्थ सकारात्मक रहको जनाइएको छ । अक्षय कोष सञ्चालन गर्न उपभोक्ता समिति गठन गरिएको छ । पत्रकार महासंघका अध्यक्ष दुर्गा थापाको संयोजकमा उपाध्यक्ष गणेशकञ्चन भारती, सचिव गणेश कार्की, कोषाध्यक्ष हरिमाया शर्मा, सल्लाहकारहरु मोतीलाल पौडेल, श्रीधर पौड्याल र कलेन्द्र सेजुवाल सदस्य रहने गरी ७ (सात) सदस्यीय समिति गठन गरिएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको पत्रानुसार नवीकरण गर्न छुटेका सदस्यहरुको सदस्यता नविकरणका लागि यहि चैत मसान्तसम्ममा सदस्यता नविकरण गरिसक्ने र सदस्यता नविकरण गरिसकेका सदस्यहरुलाई पुनः नयां ढांचाको सदस्यता नविकरण फाराम भर्न अनुरोध गरिएको छ ।
यस शाखाले जिल्ला महिला समन्वय समिति, आदिवासी जनजाति समन्वय समिति र दलित 
जिल्ला समन्वय समितिसंगको सहकार्यमा आयोजना गर्न लागेको पत्रकारिता पुनर्ताजगी तालिम आउं“दो वर्ष बैशाख ८ गतेदेखि सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।

बैठकले रेडियो नेपाल सञ्चालक समितिले क्षेत्रीय प्रशारण केन्द्र सुर्खेत लगायत देशभरका विभिन्न जिल्लाका क्षेत्रीय प्रशारण केन्द्रमा करारमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई अन्यायपूर्ण एवं भेदभावपूण तरिकाले श्रमजीवी पत्रकार ऐन र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले तोकेभन्दा कम सेवा सुविधा दिने गरी निर्णय गरेको भन्दै यस शाखामा पीडित पत्रकारहरुले दिएको निवेदन उपर आवश्यक पहल र दबावका लागि केन्द्रीय कार्यसमितिमा सिफारिश गरी पठाउने निर्णय गरेको थियो ।

बालविवाह मुक्त घोषणा उलंघन
बालविवाह विरुद्धमा संचालित सचेतनाले बालविवाह घटायो

दीपक बुढा
सुर्खेत, ६ चैत
लेखफर्सा गाविसलाई दुई बर्ष अघि बालविवाह मुक्त घोषणा गरिएको थियो । बालविवाह हुन नदिने र बालविवाह भएपछि कार्वाहि गर्ने भन्दै बालविवाह मुक्त गाविस घोषणा गरिएको थियो । उक्त घोषणापछि पटक÷पटक उलंघन भएका छन् ।
बालविवाह मुक्त घोषणा उलंघन भएपनि बालविवाह विरुद्धमा जिल्लामा विभिन्न चेतनामूलक कार्यक्रम संचालन भएका कारण बालविवाहका घटनामा पहिलेको तुलनामा कमी अँएको जनाईएको छ ।  बालविवाहकै क्षेत्रमा काम गरिरहेको सुरक्षित समाज सुर्खेतले लेखफर्सा गाविसलाई २०६६ सालमा बालविबाह मुक्त घोषणा गरेको थियो । 
संस्थाले दिएको तथ्याङ्क अनुसार २०६६ सालमै लेखफर्सामा ९ वटा, २०६७ सालमा १४ वटा र २०६८ सालमा २ वटा बालविवाहका घटना भएको जनाईएको छ । संस्थाले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी ६ बर्षको अवधिमा बालविवाहको अवस्थाका बारेमा जानकारी गराएको छ ।
विभिन्न संघ संस्थाको सक्रियतामा सुर्खेतका तीन गाविस लेखफर्सा, गर्पन र छाप्रेलाई बालविवाह मुक्त घोषणा गरिएको छ । घोषणा गरिएपनि त्यसको पूर्ण रुपमा कार्यान्वन भने हुन नसकेको स्थानीयबासीन्दाको भनाई रहेको छ । सन २०१० भित्र बालविवाह मुक्त जिल्ला घोषणा गर्ने भन्दै पहिलो चरणमा विभिन्न चेतनामूलक कार्यक्रम सहित अभियानको शुभारम्भ गरिएको थियो ।
दुई बर्षभित्र जिल्लालाई बालविवाहमुक्त घोषणा गर्ने महत्वकांक्षि लक्ष्य सहित अभियान थालिएको थियो तर अभियानले सफलता नपाएपछि पुन दुई बर्ष थपियो । जिल्लाबाट बालविवाहका घटनामा न्यूनिकरण गर्ने अभियान थालिएको छ । जिल्ला वाल कल्याण समितिको अगुवाईमा उक्त अभियान थालिएको हो ।
तीन वटा गाविसलाई बालविवाह मुक्त घोषणा गरिएको छ भने अन्य दुई लेखपराजुल र सालकोट गाविस बालविवाह मुक्त घोषणाको तयारीमा रहेको समेत संस्थाले जानकारी दिएको छ । सुरक्षित समाज सुर्खेतका कार्यक्रम संयोजक विपना खरेलले बालविवाह मुक्त घोषणा गरिएका गाविसमानै घोषणा उलंघन भएको बताईन् । उनले भनिन–‘लेखफर्साबाट २०६८ सालमा दुई वटा बालिकालाई बाह्रय जिल्लामा लिएर विवाह गरिएको छ ।’ बालविवाहका घटनाको रिपोर्टिङ बढेको समेत उनले बताईन ।
सुरक्षित समाज सुर्खेत जिल्लामा ९ वटा गाविसमा विगत ६ बर्षमा गरेको सर्वेक्षणमा पहिलेको तुलनामा बालविवाहका घटनामा विस्तारै कमि अँएको जनाईएको छ । लेखफर्सा, दहचौर, घुमखहरे, सालकोट, छिन्चु, कल्याण, लेखपराजुल, साटाखानी र मैनतडा गाविसमा २०६३ देखि बालविवाहको सर्वेक्षण गरिएको थियो ।
जिल्लामा ६८ बैशाखदेखि मंसीरसम्म एक सय ६३ वटा बालविवाहका घटनाहरु भएको जनाईएको छ । गत बर्षमा जिल्लाका नौ गाविसमा तीन सय पा“च वटा बालविवाहको घटना भएका थिए । सोही समयमा सालकोटमा २५, छिन्चुमा २०, कल्याणमा २३, लेखपराजुलमा २१, साटाखानीमा ३२, मैनतडामा २८, लेखफर्सामा २, दहचौरमा ४ र घुमखहरे गाविसमा ८ वटा गरी कुल एक सय ६३ वटा बालविवाहका घटना भएको जनाईएको छ ।
२०६३ सालमा लेखफर्सामा १३ वटा, दहचौरमा २८, घुमखहरेमा १६, सालकोटमा २८, छिन्चुमा १९, कल्याणमा ३०, लेखपराजुलमा ४९, साटाखानीमा ५६ र मैनतडामा १२७ वटा गरी कुल ३६६ वटा बालविवाहका घटना भएको जनाईएको छ । 
सुरक्षित समाजका कार्यक्रम संयोजक खरेलले गाउ“ बालसंरक्षण समिति र बाल नेटवर्कहरुको सक्रियतासंगै सचेतना बढ्न थालेको बताइन् । २०६३ मा ३ सय ३६ वटा, २०६४ मा ४ सय ६७ वटा, २०६५ मा ५ सय ८३ वटा, २०६६ मा ३ सय ९५ वटा, २०६७ मा ३०५ वटा र  २०६८ मा १ सय ६३ वटा 
बालविवाहका घटना भएको जनाईएको छ । कानून व्यवसायीका अनुसार १० बर्ष उमेर नपुगि बिबाह गरे गराएमा ६ महिनादेखि ३  बर्षसम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवाना, १४ नपुगि बिबाह गरे गराएमा ३ महिनादेखि १ बर्षसम्म कैद र १० हजार रुपैया“ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यबस्था रहेको छ । 
त्यसैगरी १८ बर्षभन्दा कम उमेरमा बिबाह गरे गराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैया“सम्म जरिवाना वा दुवै सजाय हुने र २० बर्ष नपुगि बिबाह गरे गराएमा ६ महिना कैद वा १० हजार जरिवना वा दुवै सजाय हुने कानूनी व्यबस्था रहेको छ । विवाह गर्ने उमेर २५ बर्षभन्दा माथिकोलाई उपयुक्त मानिन्छ ।

Saturday, March 17, 2012


क्यानको प्रथम साधारण सभा
क्यान अध्यक्षमा रावल
हिमा उपाध्याय
सुर्खेत, ४ चैत
शनिबार सम्पन्न कम्प्यूटर एसोशियसन अफ नेपाल(क्यान) को प्रथम साधारण सभाले नौ सदस्यीय नया“ कार्य समितिको चयन गरेको छ । क्यानले रामकिशोर रावलको अध्यक्षतामा नया“ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा टेकबहादुर खड्का, कोषाध्यक्षमा खगेन्द्र केसी, महा–सचिवमा टेकबहादुर थापा, सचिवमा लोकप्रसाद दाहाल चयन भएका छन् भने सदस्यहरुमा प्रेमप्रकाश आचार्य, तिलकप्रसाद आचार्य, रविन गुरुङ र खगेन्द्रबहादुर पुलामीमगर रहेका छन् ।

साधारण सभाको उद्घाटन् प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले गरेका थिए । उपाध्यायले सभामा बोल्दै प्रविधिलाई पछ्याउन नसक्ने जुनसुकै समाज, व्यक्ति वा मूलुक नै पछाडी पर्ने बताए । उनले क्यान सुर्खेतमा मात्र सीमित नभएर सुर्खेतलाई नेपालका सबै क्षेत्र तथा जिल्लामा जोड्नुपर्ने बताए । 
सुर्खेतले पनि प्रविधिलाई पछ्याएको भन्दै उनले जिल्लाको विकासका लागि क्यानको ठूलो भूमिका रहने र विकासको लागि योगदान दिनुपर्ने बताए ।  सभामा रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतका प्रमुख पुष्करराज गौतमले प्रविधिको विकास भएर पनि प्रचार नभएको बताए । नया“ प्रविधि भित्रिय पनि सर्बसाधारण जनतालाई भने प्रचार नहु“दा थाहा नहुने उनले बताए । 
गौतमले प्रविधिको विकासका लागि जिल्लामा हुने मेलाहरु, महोत्सवहरुमा प्रविधि सम्बन्धी विभिन्न स्टलको व्यवस्था गरी प्रचार गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा लाइन्स क्लवका टुकाराम लामिछानेले सफलताका लागि एकताको आवश्यकता हुने भन्दै सुर्खेतमा रहेका कम्प्यूटर तथा आइटी सञ्चालकहरु एकता भएकोमा खुशि व्यक्त गर्दै यो एकतालाई बलियो बनाउनुपर्ने बताए । उनले यो शताब्दि विज्ञान र प्रविधिको भएको भन्दै प्रविधिको सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए  । 

त्यस्तै नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष गोविन्द कोइरालाले सुर्खेतमा क्यानको स्थापनाले जिल्लामा सूचना, सञ्चार तथा विज्ञान प्रविधिका क्षेत्रमा अगाडि छ भन्ने 
कुराको जानकारी भएको बताए ।  विज्ञान तथा प्रविधी क्षेत्र लोकतन्त्रको महत्वपूर्ण तत्व भएको भन्दै उनले सञ्चार क्षेत्रमा बन्देज नलगाएको भए ०६२–६३ को जनआन्दोलन त्यति लामो नहुने बताए । 
त्यस्तै कार्यक्रममा क्यानका संस्थापक अध्यक्ष रामकिशोर रावलले क्यानको विकासमा सुर्खेतका सबै सरकारी तथा गैर सरकारी निकायहरु लगायत सम्पूर्ण सुर्खेतबासिले सहयोग गर्नुपर्ने बताए । उनले सुर्खेत मध्यपश्चिमको सदरमुकाम भएकोले क्यानलाई पनि क्षेत्रीय अवधारणा अनुसार अगाडि बढाउने सोचमा आफुहरु रहेको बताए । त्यसका लागि सबैसंग मिलेर जाने उनको भनाई छ । 
सभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष यज्ञ गुरुङ्, होटल अर्गनाइजेशनका लोमनकुमार बुढा लगाएतले सफलताको शूभकामना दिएका थिए ।  क्यानले यस अघिनै सुर्खेतमा कम्प्यूटर तथा विज्ञान प्रविधिको विकास तथा प्रचार–प्रसारका लागि निकट समयमै क्यान मेलाको आयोजना गर्ने बताइसकेको छ । 
यसै साधारण सभाबाट निमार्ण भएको क्यानको कार्य समितिले नै क्यान मेलाको आयोजना गर्ने क्यानले बताएको छ । साधारण सभा क्यानका अध्यक्ष रामकिशोर रावलको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 


गाउँघर क्लिनिकको आफ्नै भवन
हिमा उपाध्याय
सुर्खेत, ४ चैत
जिल्लाका धेरै उपस्वास्थ्य चौकीको भवननै छैन् । जिल्लाका लगाम, बेतान, छाप्रे सहितका करिव एक १३ वटा उपस्वास्थ्य चौकीको समेत आफ्नै भवन नभएको जिल्ला स्वास्थ्य कार्यालयको रेकर्डले देखाएको छ । तर महिलाहरुकै सक्रियतामा गाउ“घर क्लिनिकको आफ्नै भवन बनेको छ ।
गुमी–६ को शान्ति महिला समूहमा आवद्ध महिलाहरुले आफ्नै श्रमदान, गाविसबाट बचेट छुट्टयाउन दवाफ दिएर क्लिनिकको पक्कि भवन बनाई दिएका हुन् । एक लाखबढी रकम  जुटाएर श्रमदान गरी महिलाहरुले दुई कोठे पक्की भवन बनाएको महिला समूहका अध्यक्ष धनमाया बुढाले बताईन ।
‘दैनिक संचालन हुने छलफल कक्ष्ाँमा सहभागि भएपछि महिलाहरुले गाविसबाट आउने रकम माग गर्ने कुरा उठ्यो । महिलाको नाममा आउने रकम छुट्टयाउन दवाफ दिएर त्यही रकमबाट गाउ“घर क्लिनिकको आफै भवन बनाएका हौं ।’– अध्यक्ष बुढाले बताईन ।

गाविसले पहिलो पटक १५ हजार त्यसपछि ५७ हजार रकम सहयोग गरेको उनले जानकारी दिईन् । गाउ“घर क्लिनिकको आफ्नै भवन बनेपछि अन्य गाउ“मा समेत त्यसको सिको भएको अध्यक्ष बुढाले बताईन । ‘धेरै महिलाहरुलाई स्वास्थ्य समस्या पर्ने तर स्वास्थ्य चौकी जान टाढा हुने भएकाले आफ्नै भवन निर्माण गरेर गाउ“घर क्लिनिक संचालन गर्ने योजना बनेको हो ।’ उनले बताईन ।
स्वास्थ्य स्वयंमसेविका कलावती ठाडाको अध्यक्षतामा गाउ“घर क्लिनिक व्यवस्थापन समिति गठन गरिएको छ । गाउ“का पुरुषहरुलाई सल्लाहकार सदस्यमा राखेर महिलालेनै
 भवन निर्माणका साथै व्यवस्थापनको जिम्मा लिएका छन् । प्रत्येक महिनाको ६ गते खोप, १५ गते बच्चाको तौल नाप्ने र औषधी खुवाउने गरिन्छ । गाउ“घर क्लिनिकको आफ्नै भवन बनेपछि स्वास्थ्य स्वयंमसेविकाको घरमा पुग्नुपर्ने, पानीपर्दा समस्याहुने झनझट टरेको छ । 
महिलाहरुको कामलाई प्रशंसा समेत गर्न थालिएको छ । गाउ“घर क्लिनिकको निर्माण कार्य अंझै केही बांकी रहेको जनाइएको छ । स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी टाढा हुने भएकाले खोप लगाउन, भिटामिन खुवाउन र बालबालिकाको तौल नाप गर्न गाउ“घर क्लिनिक संचालन गर्ने गरिएको हुन्छ । 
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मुकुन्दराज गौतमले उपस्वास्थ्य चौकीको समेत आफ्नै भवन नभएको अवस्थामा गाउ“घर क्लिनिकको भनव बनाएर महिलाहरुले प्रशंसनिय काम गरेको बताए ।