Sunday, July 8, 2012

असफल राष्ट बनाउँन खोजिँदैछ ः गौतम


  • दीपक बुढा
सुर्खेत, २४ असार ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजनीतिक तथा संवैधानिक संकट निम्त्याएर एकिकृत नेकपा माओवादीले असफलत राष्ट बनाउन खोजेको आरोप लगाएका छन् । ‘राष्ट्रिय सहमितको सकार निर्माण गर्नुपर्नेमा एमाओवादी गैरजिम्मेवारीपूर्वक अगाडी बढिरहेको छ’ उनले भने ‘जातिय द्धन्द्ध सृजना गरेर माओवादी नेपाललाई असफल राष्ट बनाउन लागि रहेको छ ।’

नेकपा एमाले भेरी अञ्चल समन्वय कमिटीले आईतबार वीरेन्द्रनगरमा आयोजना गरेको नेकपा एमाले भेरी अञ्चल स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उपाध्यक्ष गौतमले नेपालमा बहुपहिचान सहितको संघीयता आवश्यक रहेको बताए । उनले भने ‘एकल जातिय पहिचना सहितको संघीयताले जातिय द्धन्द्ध उत्पन्न गर्दछ । त्यसैले हामी बहुजातिय, बुहभाषिक र बहुसामाजिक पहिचान सहितको संघीयताको पक्षमा छौं ।’

एमाओवादी शासन सत्ता कव्जा गर्ने रणनीतिमा लागेको बताउँदै उनले एकलौटी निर्वाचनको मिति घोषणा गरेको बताए । ‘संविधान जारी नहुनुमा एनेकपा माओवादी र मधेशवादी दलहरु बढी जिम्मेवार छन्, गैरजिम्मेवार भएकै कारण संविधान सभा विघठन भयो ।’ उपाध्यक्ष गौतमले समसामयीक राजनीतिक अवस्था र पार्टीको भूमिका बारेमा आफ्नो भनाई राखेका थिए ।
भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट, बाँके र बर्दिया जिल्लाका पाँच सयबढी कार्यकर्ता सहभागि भएको प्रशिक्षणमा बोल्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य एवंम प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले एनेकपा माओवादी विस्तारै ओरालो लाग्दै गरेको बताए ।
‘माओवादीको नयाँ नेपाल पनि देखियो, डरत्रास र धम्की पनि सकिए, पार्टी पनि विभाजन भयो’ उनले भने ‘जातियताको विऊ रोपेको छ यसलाई सही व्यवस्थापन गर्न नसकिए देशमा ठुलो संकट निम्तिने छ ।’ पार्टी भित्रको विवाद सामान्य प्रक्रिया भएको उनले प्रतिक्रिया दिए । सामाजिक सदभाव, राष्ट्रिय एकता कायम गर्दै गणतन्त्र र लोकतन्त्रलाई संस्थागत गर्न आवश्यक रहेको उनको भनाई थियो ।
माओबादी भित्रको सर्बसत्ताबाद परास्त नगरेसम्म देशमा स्थायी शान्ति नआउने तथा लोकतन्त्र स्थापीत हुन नसक्ने जिक्किर गरे । बिदेशी भ्रस्ट तत्वको दलदलमा फसेको माओबादीले संञ्चार माध्यममाथी समेत हैकम जमाउने दुसप्रयास गरेको भन्दै जनप्रतीनिधी बिहीन अहिलेको अबस्थामा देशको ढुकुटीले आफ्ना कार्यकर्ता पालिरहेको आरोप लगाए ।
प्रशिक्षणमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले नेपालमा संघीयता र एमालेको नीति, अर्का बैकल्पिक केन्द्रीय सदस्य लालबाबु पण्डितले एमालेले लिएको नीति र जनजाति, अल्पसंख्यकको सहभागिता, उनीहरुको मुद्धाका बारेमा कार्यकर्ताहरुलाई जानकारी गराएका थिए । प्रशिक्षण कार्यक्रम एमाले भेरी अञ्चलबाट केन्द्रीय सदस्य देवराज भारको सभापतित्वमा सम्पन्न भएको थियो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete