Monday, September 30, 2013


सुर्खेतमा पुरानै उम्मेदवार प्राथमिकतामा  

दीपक बुढा
सुर्खेत, १४ असोज । 
सुर्खेतमा रहेका प्रायः राजनीतिक दलहरुले आसन्न संविधानसभा निर्वाचनका लागि पुरानै उम्मेदवारलाई प्राथमिकता दिएका छन् । भदौ अन्तिमसम्म क्षेत्रीय र जिल्ला संगठनबाट संभावित उम्मेदवारको नाम सिफारीस गरेका नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाली कांग्रेस उम्मेदवार छनौटको अन्तिम चरणमा पुग्दा गत संविधानसभा निर्वाचनका उम्मेदवारलाई नै प्राथमिकता दिएका हुन् । 

अधिकांस दलहरुमा गत निर्वाचनमा उठाइएका उम्मेदवारलाई नै यसपटक पनि प्रत्यक्ष वा समानुपातिक कोटामा उठाउने भएका छन् । मंसिर ४ मा हुन लागेको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार हुने भएका छन् ।  एमाले स्थायी समितिको सोमबार बसेको बैठले पुरानै उम्मेदवारलाई टिकट दिने निर्णय गरेको सुर्खेत जिल्ला अध्यक्ष नवराज रावतले जानकारी दिए । 
अघिल्लो निर्वाचनमा विजयी भएकाहरुलाई नै यस पटकको निर्वाचनमा उम्मेदवार उठाउने एमाले पार्टीको निर्णय अनुसार क्षेत्र नं. १ बाट निर्वतमान संविधानसभा सदस्य कमला शर्मा र क्षेत्र.नं. २ बाट यामलाल कंडेललाई उम्मेदवार उठाएको छ । 
क्षेत्रीय र जिल्ला कमिटिले पहिलो नंम्बरमा राखेर सिफारीस गरेकालाई प्राथमिकता दिने निर्णय अनुसार  अघिल्लो निर्वाचनमा समेत उम्मेदवार बनेका पार्टी अध्यक्ष नवराज रावतलाई क्षेत्र नं.३ बाट उठाउने स्थायी समितिले निर्णय गरेको हो । 
एकिकृत नेकपा माओवादीले क्षेत्र नं. १ बाट ठम्मर बिष्ट, २ बाट जिल्ला सेक्रेटरी भिमबहादुर मल्ल “सुभास” नयाँ अनुहार हुने भने क्षेत्र नं. तीनबाट नरबहादुर बिष्टलाई उम्मेदवार बनाउने आईतबार नै घोषणा गरिसकेको छ । विष्ट निवर्तमान सभासद हुन । 
एमाओवादी स्रोतका अनुसार गत संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार उठेकी सीता नेपालीलाई समानुपातीकबाट उठाउने पक्का भएको बुझिएको छ । समानुपातिकबाट संविधानसभा सदस्य बनेका मंगल बिक भने मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीमा छन् । नेपाली कांग्रेसले पनि गत संविधानसभा निर्वाचनमा उम्मेदवार उठेकालाई नै यस पटक पनि उम्मेदवार बनाउने बुझिएको छ । 
कांग्रेस निकट एक पत्रकारका अनुसार सुर्खेत क्षेत्र नं. १ मा गत निर्वाचनमा उम्मेदवार उठेका लालबहादुर घले र २ बाट हृदयराम थानीलाई उम्ेदवार बनाउने लगभग निश्चित जस्तै भएको छ ।  उनका अनुसार क्षेत्र नं. ३ मा भने पार्टी अध्यक्ष तप्तबहादुर बिष्ट र यज्ञ विसी मध्ये कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा कुरा नमिल्दा घोषणा हुन सकेको छैन् । 

समानुपातिकबाट संविधानसभा सदस्य बेनेका पूर्णबहादुर खड्का र क्षेत्र नं. तीनमा प्रत्यक्ष तर्फका उम्मेदवार शिराज जोशी भने यस पटक समानुपातिकमा उठ्ने जनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि सुर्खेतमा प्रत्यक्ष तर्फका उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । राप्रपा नेपालले क्षेत्र नं. १ बाट ओमबहादुर जिसी, २ बाट मुकुन्दश्याम गिरी र ३ बाट बसन्त श्रेष्ठलाई उम्मेदवार उठाउने बताइएको छ । 


एमालेले छान्यो ३३ जिल्लाका उमेद्वार नावालीसहित

काठमाडौं, 

असोज १४ 


नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका केही उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । दुर्गम, हिमाली र पहाडी र सुदूरपश्चिममा पर्ने ३३ जिल्लाका उम्मेदवार तय गरी
बैठकले आइतबार निर्णय सार्वजनिक भएको हो । छानिएका निर्वाचन क्षेत्रका उम्मेदवारको नामावली यसप्रकार छ ।
१.कालिकोट– कुमारराज शाही
२. मुगु– मोहन बानियाँ
३. जुम्ला– पदबहादुर रोकाया
४. हुम्ला– दलबहादुर रावल
५. डोल्पा– धनबहादुर बूढा
६. बाजुरा– कर्ण थापा
७. अछाम, १-भीमबहादुर रावल,
८. अछाम,  २- भरत साउद
९. बझाङ,१- मानबहादुर रावल
१०. बझाङ, २-लालबहादुर रावल
११. डोटी, १- नारद मलासी,
१२ डोटी, २-प्रेमबहादुर आले
१३ दार्चुला– गणेशसिंह ठगुन्ना
१४.डडेल्धुरा– डा.तारा जोशी
१५ बैतडी, १- दामोदर भण्डारी
१६. बैतडी,२- महादेव भट्ट
१७. बर्दिया, १- वामदेव गौतम,
१८. बर्दिया, २- पूर्ण शर्मा
१९. बर्दिया, ३- विष्णु चौधरी
२०. बर्दिया, ४- लोटनकुमार चौधरी
२१. जाजरकोट, १- डम्बरबहादुर सिंह
२२. जाजरकोट, २- कृष्णबहादुर थापा
२३. दैलेख, १-अमरबहादुर थापा
२४. दैलेख, २-लक्ष्मीप्रसाद पोखरेल
२५. कञ्चनपुर, १-लालबहादुर विश्वकर्मा
२६. कञ्चनपुर, २- कृपाराम राना थारु
२७. कञ्चनपुर, ३-नरबहादुर धामी
२८. कञ्चनपुर, ४- उर्वादत्त पन्त
२९. म्याग्दी- नवराज शर्मा
३०. रोल्पा, १- हिमबहादुर रोका मगर
३१. रोल्पा, २- कुमार दशौंदी
३२. दाङ, १- रेवतीरमण शर्मा
३३. दाङ, २-शान्ता चौधरी
३४. दाङ, ३-लक्ष्मण आचार्य
३५. दाङ, ४- शंकर पोखरेल
३६. दाङ, ५- उत्तरकुमार वली
३७. बाँके, १- देवराज भार
३८. बाँके, २- दिनेशचन्द्र यादव
३९. बाँके, ३- पदम धिताल
४०. बाँके, ४- दलबहादुर सुनार
४१. रसुवा- जनार्दन ढकाल
४२. मनाङ– छिरिङ लोप्साङ
४३. मुस्ताङ– चन्द्रमोहन गौचन
४४. रुकुम, १- खेममान खड्का
४५. रुकुम, २- खगेन्द्रप्रसाद पुरी
४६. प्युठान, १- वामदेव गौतम
४७. प्युठान, २- हीराबहादुर केसी
४८. सल्यान, १- गुलावजंग शाह
४९. सल्यान, २- प्रकाश ज्वाला
५०. खोटाङ, १- पाँचकर्ण (पिके) राई
५१. खोटाङ, २- विशाल भट्टराई
५२. ताप्लेजुङ, १- भुपेन्द्र थेवे
५३. ताप्लेजुङ, २- डम्बरध्वज तुम्बाहाम्फे
५४. पाँचथर, १- गणेश काङमाङ
५५. पाँचथर, २- डम्बरसिंह सम्बाहाम्फे
५६. संखुवासभा, १- हेमराज घिमिरे
५७. संखुवासभा, २- राजेन्द्र गौतम
५८. तेह्रथुम– भवानी खापुङ
५९. भोजपुर, १- कृपासुर शेर्पा
६०. भोजपुर, २-शेरधन राई
६१. सोलुखुम्बु– आङनिमा शेर्पा

अछाममा चुनाव पुर्व नै जितको शुनिश्चितता

चन्द्रा बुढा, अछाम असोज १४,
अछाम जिल्लामा पूर्व गृहमन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता नेकपा एमाले केन्द्रिय सदस्य भिमरावललाई जिल्लाकै शक्तिशाली उम्मेद्धारकोरुपमा निर्वाचन पूर्व नै बिजेता उम्मेद्धारको रुपमा आँकलन गर्न थालिएको छ । रावल यस अघिका सफल गृह मन्त्री, एमाले प्रभावशाली नेता, बुद्धिजीवी अडिग र शक्तिशाली नेताका रुपमा अछाम तथा सुदुरपश्चिममा कहलियका नेता हुन् भने राष्ट्रकै बरिष्ट नेता मध्यका एक हुन् । रावल क्षेत्र नं. १ बाट एमालेका प्रत्यक्ष तर्फका उम्मेद्धार बन्ने पक्का पक्कि भैसकेको एमाले श्रोतले जनाएको छ ।
त्यस्तै एमाले क्षेत्र नं. २ बाट उम्मेद्धार बन्ने सुनिश्चितता प्राप्त भरत साउँद समेत नेकपा एमाले अछामका प्रभावशाली नेता तथा अछमाका बुद्धिजीवी नेताकारुपमा परीचित छन् । यी थुप्रै अधारहरु प्रस्तुत गर्दै अछाममा नेकपा एमालेका भिमरावल र भरत साउँद जित्ने पक्क पक्कि भैसकेको टोल टोलमा चर्चा हुन थालेको छ । यि दुवै नेताका लागी अरुदलबाट उम्मेद्धारी प्राप्त नेताहरु कमजोर भएकाले समेत उहाँहरु  जित्ने शुनिश्चितता भैसकेको अछाम बासी बताउन्छन् । त्यस्तै क्षेत्र नं. २ मा नेकपा एमालबाट भरत साउँदले उम्मेद्धारी पाएकाले यस पटक उहाँले पनि जित्नुहुनछ । उहाँ नेकपा एमाले अछामाका प्रभावशाली तथा अछामका बुद्धिजीवी नेता समेत भएकाले उहाँको जित अबको संबिधानसभा चुनावका  लागी शुनिश्चित बनेको छ ।’आगामी संविधान सभा निर्वाचनका लागि प्रमुख तीन दलले अछामका दुबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी चयन गरेका छन् । एकीकृत नेकपा माओवादीले उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ भने अन्य दुई दल नेपाली काँग्रेस र नेकपा एमालले सार्वजनिक भने गरिसकेका छैनन् । यद्दपि दुबै दलले उम्मेदवारको नाम चयन गरिसकेको जनाएका छन् । एमाओवादीको शनिबार सम्पन्न पार्टी पदाधिकारी बैठकले आगामी संविधान सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट दिपक साउँद र क्षेत्र नम्बर २ बाट झंकर रावलको नाम चयन गरेके छ । नेपाली काँगे्रसमा संसदिय बोर्डले क्षेत्र नम्बमर १ बाट मेघराज खड्का र क्षेत्र नम्बर २ बाट बलबहादुर कुँवरको नामचयन गरेको पार्टी स्रोतले जनाएको छ । नेकपा एमालेले क्षेत्र नम्बर १ बाट भीम रावल र क्षेत्र नम्बर २ बाट भरत साउँदको नाम चयन गरेको एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो । काँग्रेस र एमालेले औपचारिक रुपमा सोमबार उम्मेदवारको नाम घोषणा गर्ने जनाएको छ । यस पटक टिकट पाएका मध्ये दिपक साउदँ, मघे राज खड्का र बलबहादरु कवँु र नयाँ अनुहार हुन भने बाँकी तीन पुरानै अनुहार हुन् । भीम रावल यस अघि तीन पटक सांसदको लागि चुनाव लडिसक्नु भएको छ । ०५१ को निवार्चनमा काँगसे्र का गोबिन्दबहादरु शाहलाई पराजित गरेर सांसद बन्नु भएका रावलले ०४८ सालको निर्वाचनमा पराजित हुनुपरेतापनि ०५१ मा भने चुनाव जित्नुभएको थियो । यसरी उहाँ पटक–पटक गरी नेपाली राजनितीमा उच्च ओहोदामा पुगिसक्नुभएको छ । एमाले क्षेत्र नम्बर २ बाट टिकट पाएका भरत साउँद यस अघि ०५६ को निवार्चमा पार्टी फुटेका कारणले पराजित हुनु भएको थियो । अहिले एमाओवादी क्षेत्र नम्बर २ बाट टिकट पाएका रावल ०५६ को निर्वाचनमा नेकपा एमालेबाट पार्टी फुटेर अलग भएको पार्टी नेकपा मालेबाट चुनाव लड्नुभएको थियो । यस पटकको संविधान सभा निर्वाचनमा तीनै पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवारको टिकट पाउने सबै अघिल्लो संविधान सभा ०६४ मा टिकट पाएका उम्मेद्धार कोही पनि छैनन् । तीनै पार्टीले यस पटकको निर्वाचनमा दुबै क्षेत्रबाट नयाँ उम्मेदवारलाई टिकट दिएका छन् ।

Monday, September 23, 2013

एमालेयमय भेरी

नेपालगंज । 
दोश्रो संविधानसभाको निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेले भेरी अंचलमा यस पटक रेकर्ड ब्रेक गर्ने गरी तयारी गरेको छ । अघिल्लो पटक भेरी अंचलका १५ वटा सिट मध्ये सुर्खेतमा दुई र दैलेखमा एक गरी तीन सिटमा मात्र जितेको एमालेले भेरी अंचलमा यस पटक कम्तीमा दश सिट जित्ने गरी तयारी गरेको छ ।
Bamdev Gautam

अघिल्लो संविधानसभामा जिल्लाका तीन मध्ये दुई सिट जितेर मध्यपश्चिममै बचस्र्व देखाएको एमालेले यस पटक सुर्खेतका तीन वटै क्षेत्रमा जित्ने गरी उम्मेदवार उठाउदै छ । क्षेत्र नं १ मा सिफारिस गरिएका पूर्वसभासद कमला शर्मा, युवा नेता ध्रुवकुमार शाही र पूर्व जिविस सभापति वालकृष्ण विसी मध्ये अघिल्लो पटक कांग्रेसका उम्मेदवार लालबहादुर घलेलाई करिब ७ हजारको मतले हराएकी शर्मालाई नै अघि सार्ने प्रवल संभावना छ । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खडकालाई सो क्षेत्रवाट उम्मेदवार वनाउन सिफारिस गरेपछि एमालेले शर्मालाई अघि सारेपछि विजयी सुनिश्चित रहेको बताएको छ ।

Saturday, September 21, 2013


तीन ठुला सहकारीको साधारणसभा
गंगामालाको कारोबार ८ करोड 
गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था छिन्चु सुर्खेतले गत आर्थिक बर्षमा ८ करोड ७० लाख ५१ हजार ९ सय ३२ रुपैयाँको कारोबार गरेको छ । संस्थाको गत आर्थिक बर्षको अन्तसम्म ४ करोड १७ लाख ६७ हजार ९ सय १९ कुल पुँजीमा ८ लाख शुद्ध नाफा गरेको जनाइएको छ ।
संस्थाको १६ औँ साधारणसभामा शनिबार उक्त जानकारी दिईएको हो । संस्थाको आफ्नै भवनमा आयोजित साधारणसभालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेड (नेफेस्कुन) का सञ्चालक दामोदर अधिकारीले उद्घाटन गरे । 
उद्घाटन पछि बोल्दै सञ्चालक अधिकारीले सहकारी संस्था सदस्यहरुलाई ऋण खुवाउने भन्दा पनि उनीहरुको फजुल खर्च कटौतीगरी बचत गर्ने बानीको विकास गर्ने माध्यम हुनुपर्ने बताए । उनले गंगामाला सहकारीले मध्यपश्चिममै नमूना र उत्कृष्ठ काम गरेको चर्चा गर्दै आगामी दिनहरुमा राष्ट्रकै नमूना सहकारीका रुपमा विकास गर्न सुझाव दिए ।
संस्थाले लघु वित्त र आयआर्जन मार्फत आर्थिक, समाजिक र नैतिक विकास गर्न अतुलनिय योगदान गरेको बताउँदै उनले कृषिलाई प्राथमिकता दिएर उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने अधिकारीले बताए । 
जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर वलीले सहकारीले गरेको कामको चर्चा गर्दै आगामी दिनहरुमा प्रगतिको कामना गरे । उनले आफ्ना कामलाई गुणस्तरियता हाँसिल गर्न उन्मुख गराउनतर्फ संस्था केन्द्रीत हुनुपर्ने बताए । संस्थाले साधारणसभामा ३१ जना जेहन्दार तथा उत्कृष्ठ विद्यार्थीहरुलाई पाँच सय रुपैँयाका दरले छात्रबृत्ति वितरण गरेको थियो । 

Friday, September 20, 2013

दिपक बुढा
आचार संहिता उलंघन रोक्न प्रहरीलाई निर्देशन
सुर्खेत, ४ असोज ।
निर्वाचन आचार संहिताको उलंघन गर्दै नेटामा संचालन शिविर रोक्न प्रहरीलाई निर्देशन दिईएको छ । शुक्रबार र शनिबार संचालनको योजना बनाईएको थियो । आचार संहिता उलंघनका विषयमा युगआव्हान दैनिक पत्रिकाले समाचार प्रकाशित गरेपछि अटेरी गर्दै आयोजकले पहिलो दिनको शिविर संचालन गरेका थिए ।
निर्वाचन आयोगबाट समेत कुनै प्रतिक्रिया नआएपछि तत्काल निःशुल्क स्वास्थ्य शिविर रोक्न प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जानकारी दिए । उनले भने ‘निर्वाचन आयोगमा जानकारी दिएको वा नदिएको हामी बुझदै थियौं तर निर्वाचन आयोगबाट समेत कुनै जानकारी नआएपछि शिविर रोक्न प्रहरी पठाई सकेका छौं ।’
निर्वाचन आचार संहिता २०७० को उलंघन गर्दै पहिलो दिन निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । दोस्रो दिनको शिविर रोकिएको छ । पहिलो दिनको समयमा सूचना नहुँदा समेत अटेर गरेर स्वास्थ्य शिविर संचालन गरिएको भएपनि दोस्रो दिनका लागि रोक्न आग्रह गरेको सुर्खेत निर्वाचन क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिए । 
दिपक बुढा
कोरियामा सुर्खेती संगठित
सुर्खेत, ४ असोज ।
रोजगारीका लागि कोरिया पुगेका सुर्खेती युवाहरु संगठित भएका छन् । सुर्खेतबाट कोरिया पुगेका युवाहरुको भेलाबसी लक्ष्मीप्रसाद ढकालको अध्यक्षतामा सुर्खेत कोरिया सम्पर्क समिति गठन गरिएको छ ।
सम्पर्क समितिको उपाध्याक्षमा नेत्रबहादुर चौधरी, सचिवमा ललित भुषाल, सहसचिव बिकाश मल्ल र कोषाध्यक्षमा लोकबहादुर कालुंग चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा बुद्धिराम चौधरी, हरी सिंह ठकुरी, जिवन पाण्डे,गोबिन्द ढकाल,प्रकश जोल्मी मगर, देनेश गौतम चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा गणेश अधिकारी, केशब शर्मा, नवराज योगी चयन भएका छन् ।

Thursday, September 19, 2013


आचार संहिताको उलंघन गर्दै स्वास्थ्य शिविर
सुर्खेत, ३ असोज ।
नेपाली काँग्रेसको सुवेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघले निर्वाचन आचारसंहितको उलंघन गर्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दैछ । निर्वाचनको मुखमा कुनै लक्षित कार्यक्रम संचालन गर्न नपाईने प्राव्धान रहेपनि स्वास्थ्यकर्मी संघले स्वास्थ्य शिविर संचालनको अन्तिम तयारीमा जुटेको छ ।
असोज ४ र ५ गते नेटा गाउँ विकास समितिको चारकुने उच्च माविमा निःशुल्क स्वास्थ्य शिरिव संचालनको अन्तिम तयारीमा जुटेको छ । स्वास्थ्य शिविरका लागि स्थानीय सम्पूर्ण व्यवस्थापन पुरा गरी शिविरका लागि विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली दशरमुकामदेखि कार्यक्रम स्थल तर्फ प्रस्थान गरेका छन् ।
संविधानसभा निर्वाचनको आचार संहिताले साउन ७ गते देखि सबै राजनीतिक दल, नागरिक समाज, संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, संचार माध्यमलाई समेत धेरै कुरामा नियन्त्रण गरेको छ । 

संविधान सभा सदस्य निर्वाचन आचार संहित २०७० को परिच्छेद ४ अनुसार राजनीतिक दलका पदाधिकारी र सदस्य वा कुनै पनि उम्मेदवारबाट कुनै नयाँ योजनाको शिलान्यास वा उद्घाटन गराउने र अन्य यस्तैकाम गराउनु हुँदैन ।
आफ्नो नामबाट कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार–प्रसार गर्नु वा गराउनु  हुँदैन, आफ्नो संस्थाको कुनै पनि श्रोत, साधन कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि उपलव्ध गराउनु हुँदैन । 

Friday, September 6, 2013

दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेतमा तीन दलको अवस्था यस्तो छ
क्षेत्र नम्बर १
१७ वटा गाविस रहेको यस क्षेत्रमा करिब ५१ हजार मतदाता छन्। अघिल्लो पटक एमाले उम्मेदवार ऋषिप्रसाद शर्मालाई नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा चुनावी अभियानको क्रममा हत्या गरिएपछि त्यसमा ‘प्रत्यक्ष संलग्न’ कांग्रेस उम्मेदवार लालबहादुर घलेलाई ६ हजार ४ सय ६९ मत अन्तरले ऋषि पत्नी कमला शर्माले विजय हासिल गरेकी थिइन्। यसपालि पनि कांग्रेसबाट हुने सम्भावित धाँधली, गुन्डागर्दीलाई रोक्न सक्दा एमालेले जित्न अप्ठ्यारो छैन। जेठ मसान्तसम्मको मतदाता नामावलीअनुसार सबैभन्दा बढी छिन्चुमा ६ हजार १ सय २९ मतदाता छन्। त्यसपछिको ठूलो मैनतडामा कांग्रेसको प्रभाव अलि बढी देखिन्छ। ३ हजार ५ सय ६६ मतदाता रहेको रामघाट, सोही संख्यामा रहेको गुमीमा एमाले अगाडि छ। ३ हजारभन्दा माथि मतदाता रहेका मेहलकुना, दहचौर, घुम्खरेमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। ४ हजार ७ सय ५४ मतदाता रहेको बारे र २ हजारभन्दा बढी मतदाता रहेको मालारानीमा एमाले निकै अगाडि देखिन्छ। एक हजारभन्दा धेरै मतदाता रहेका धारापानी र राकममा कांग्रेसको स्थिति निकै सुदृढ छ भने सोही अनुपातमा मतदाता रहेका खानीखोला, काप्रीचौर, डाँडाखाली, बोजेडीचौर, आग्री गाउँ र भोरेटामा एमालेलाई अरूले भेटाउने स्थिति छैन। एमाले र कांग्रेस नै यस क्षेत्रका मुख्य प्रतिस्पर्धी हुन्। यस क्षेत्रमा वैद्य माओवादी मैनतडा गाविसका केही वडामा भए पनि अन्य क्षेत्रमा प्रभाव छैन। एमाओवादी त झन् कमजोर छ। आन्तरिक व्यवस्थापन मजबुत बनाउँदै जनमतको सुरक्षा गर्नु यस क्षेत्रमा एमाले पंक्तिका लागि चुनौती मानिन्छ। एमालेबाट कमला शर्मा, डण्डी शर्मा, बालकृष्ण विसी र ध्रुव शाही चर्चामा रहेका उम्मेदवार हुन् भने कांग्रेसबाट ऋषिको हत्याको आरोप लागेकाले पूर्णबहादुर खड्काले त्यस क्षेत्रमा जाने हिम्मत नगर्ने भएकाले फेरि तिनै लालबहादुर घले उठ्ने सम्भावना छ।
दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेतमा तीन दलको अवस्था यस्तो छ
क्षेत्र नम्बर १
१७ वटा गाविस रहेको यस क्षेत्रमा करिब ५१ हजार मतदाता छन्। अघिल्लो पटक एमाले उम्मेदवार ऋषिप्रसाद शर्मालाई नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा चुनावी अभियानको क्रममा हत्या गरिएपछि त्यसमा ‘प्रत्यक्ष संलग्न’ कांग्रेस उम्मेदवार लालबहादुर घलेलाई ६ हजार ४ सय ६९ मत अन्तरले ऋषि पत्नी कमला शर्माले विजय हासिल गरेकी थिइन्। यसपालि पनि कांग्रेसबाट हुने सम्भावित धाँधली, गुन्डागर्दीलाई रोक्न सक्दा एमालेले जित्न अप्ठ्यारो छैन। जेठ मसान्तसम्मको मतदाता नामावलीअनुसार सबैभन्दा बढी छिन्चुमा ६ हजार १ सय २९ मतदाता छन्। त्यसपछिको ठूलो मैनतडामा कांग्रेसको प्रभाव अलि बढी देखिन्छ। ३ हजार ५ सय ६६ मतदाता रहेको रामघाट, सोही संख्यामा रहेको गुमीमा एमाले अगाडि छ। ३ हजारभन्दा माथि मतदाता रहेका मेहलकुना, दहचौर, घुम्खरेमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। ४ हजार ७ सय ५४ मतदाता रहेको बारे र २ हजारभन्दा बढी मतदाता रहेको मालारानीमा एमाले निकै अगाडि देखिन्छ। एक हजारभन्दा धेरै मतदाता रहेका धारापानी र राकममा कांग्रेसको स्थिति निकै सुदृढ छ भने सोही अनुपातमा मतदाता रहेका खानीखोला, काप्रीचौर, डाँडाखाली, बोजेडीचौर, आग्री गाउँ र भोरेटामा एमालेलाई अरूले भेटाउने स्थिति छैन। एमाले र कांग्रेस नै यस क्षेत्रका मुख्य प्रतिस्पर्धी हुन्। यस क्षेत्रमा वैद्य माओवादी मैनतडा गाविसका केही वडामा भए पनि अन्य क्षेत्रमा प्रभाव छैन। एमाओवादी त झन् कमजोर छ। आन्तरिक व्यवस्थापन मजबुत बनाउँदै जनमतको सुरक्षा गर्नु यस क्षेत्रमा एमाले पंक्तिका लागि चुनौती मानिन्छ। एमालेबाट कमला शर्मा, डण्डी शर्मा, बालकृष्ण विसी र ध्रुव शाही चर्चामा रहेका उम्मेदवार हुन् भने कांग्रेसबाट ऋषिको हत्याको आरोप लागेकाले पूर्णबहादुर खड्काले त्यस क्षेत्रमा जाने हिम्मत नगर्ने भएकाले फेरि तिनै लालबहादुर घले उठ्ने सम्भावना छ।

Monday, September 2, 2013


एमालेले उम्मेदवारको टुङ्गो लगायो
प्रत्यक्ष ९ जना, समानुपातिकमा १९ जनाको नाम सिफारिस
सुर्खेत, १७ भदौं ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले दोस्रो संविधान सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । आइतबार र सोमबार बसेको जिल्ला कमिटी बैठकले क्षेत्रीय कमिटीबाट आएका उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएको छ ।

दोस्रो संविधान सभा निर्वाचनको समानुपातिक वा प्रत्यक्ष तर्फका सम्भाविता उम्मेदवारहरु आगामी स्थानीय निर्वाचनमा सहभागि हुन नपाउने एमाले केन्द्रीय कमिटीले नीति बनाएको छ । एमाले केन्द्रीय कमिटीले तोके अनुसार प्रत्यक्ष तर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला सहित तीन÷तीन जनाको टुङ्गो लगाएको छ । समानुपातिक तर्फ समावेशी सहित पाँच÷पाँच जना गरी सुर्खेतका तीन वटा निर्वाचन क्षेत्रबाट १५ जनाको सिफारिस गर्नुपर्नेमा कार्यकर्ताको भावना बुझ्दै समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

Sunday, September 1, 2013


एमाले सुर्खेतको बैठक जारीक्षेत्र नं. १ मा कमला शर्मालाई उठाउने तयारी

सुर्खेत, १६ भदौं ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको बैठक जारी रहेको छ । तीन वटै निर्वाचन क्षेत्रबाट आएका सम्भावित उम्मेदवारको नामावलीका विषयमा आइतबारदेखि पार्टी कार्यालय ऋषि स्मृति भवनमा बैठक जारी रहेको छ ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतको अध्यक्षमा बैठक बसेको थियो । निर्वाचन क्षेत्र नं. २ र ३ वटा सिफारिस गरिएका नामावलीका सम्बन्धमा सर्वसम्मत जिल्ला कमिटिले अनुमोदन गरेको छ । क्षेत्र नं. १ को उम्मेदवार सिफारिसका विषयमा विवाद उत्पन्न भएपछि सोमबार विहान १० बजे पुनः बैठक डाकिएको छ ।
प्रतिस्पर्धी दल नेपाली काँग्रेसले पूर्णबहादुर खड्कालाई एक्लो प्रत्यक्ष उम्मेदवार सिफारिस गरेपछि नेकपा एमाले बृत्तमा चलाखी अपनाइएको छ । क्षेत्रीय कमिटी क्षेत्र नं. १ बाट आएको नामावलीका विषयमा जिल्ला कमिटीमा छलफल जारी रहेको जनाईएको छ ।

विपक्षि उम्मेवदारको आँकलन गर्दै प्रत्येक्षबाट सहिद ऋषिप्रसाद शर्मा
CPNUML
पत्नी एवंम निवर्तमान सभासद कमला शर्मालाई नै प्रत्यक्षमा उठाउनुपर्ने जिल्ला कमिटीमा आवाज उठेको छ । आइतबार क्षेत्र नं. १ का विषयमा टुङ्गो नलागेपछि सोमबार पुनः बैठक डाकिएको हो ।
जिल्ला कमिटीको बैठकले नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटीको निर्णय बमोजिम क्षेत्रको निर्णयलाइ जस्ताको तेस्तै निर्वाचन क्षेत्र नं. ३ बाट प्राथमिकता क्रम अनुसार नवराज रावत, डिलाराम गीरी र नन्दा गुरुङको नाम प्रत्यक्षबाट अञ्चलका लागि अनुमोदन गरेको छ भने उता निर्वाचन २ बाट पूर्व मेयर शिवप्रसाद उपाध्याय, पूर्व मन्त्री यामलाल कँडेल र अनिता कोइरालाको नाम अनुमोदन भएको छ ।
सोमबार बस्ने बैठकले  जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फको उम्मेदवारीका लागि केन्द्रीय कमिटीको निर्णय अनुसार ५÷५ जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले समानुपातिक उम्मेदवार पाँच पाँच जना सिफारिस माग्ने निर्णय गरेपछि नेकपा एमालेबाट सुर्खेतमा पनि युवा नेताहरुले समानुपातिकको उम्मेदवारमा आफ्नो नाम समेटन पाउने सम्भावना बढेको छ ।