Saturday, October 19, 2013

दोस्रो संविधानसभा निर्वाचन–२०७० मा
सुर्खेतमा एमालेका गतिविधिहरु

२०१ सदस्यीय प्रचार कमिटी
सुर्खेत, २ कार्तिक ।
नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ वडा कमिटीको आयोजनामा संविधान सभा निर्वाचनका लागि दुई सय एक सदस्यीय प्रचार समिति गठन गरिएको छ । वडा कमिटीको शनिबार बसेको बैठकले निर्वाचनमा नेकपा एमालेको प्रचार प्रसार गर्दै एमाले उम्मेदवारलाई विजयी गराउन उक्त प्रचार कमिटी गठन गरिएको हो ।
वडा कमिटीका अध्यक्ष नगेन्द्र सिंहको संयोजकत्वमा प्रचार कमिटी गठन गरिएको छ । कमिटीले यही कार्तिक ४ गते भैरव उच्च माविमा कार्यकर्ता र शुभेच्छुकको भेला गरी घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको नगर कमिटीका उपाध्यक्ष निलकण्ठ खनालले जानकारी दिए । बैठकमा जिल्ला कमिटी सदस्य एवंम वडा नं. ४ का इन्चार्ज केदार कँडेलको समेत उपस्थिति रहेको थियो ।
 
वडा नं. ६ मा विभिन्न समिति गठन
सुर्खेत, २ कार्तिक ।
वीरेन्द्रनग नगरपालिका वडा नं. ६ मा दुई सय ५१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ । नेकपा एमाले वडा कमिटीको शनिबार सम्पन्न बैठकले निर्वाचनमा सुर्य चिन्हमा मतदानका लागि प्रचार प्रसार गर्न उक्त कमिटी गठन गरिएको हो ।
नेकपा एमाले वीरेन्द्रनगर–६ वडा कमिटीका अध्यक्ष प्रेमबहादुर वलीको संयोजकत्वमा प्रचार कमिटी गठन गरिएको छ । त्यसैगरी खडानन्द कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन सल्लाहकार कमिटी समेत गठन गरिएको छ ।
मनिसरा रावतको संयोजकत्वमा महिला परिचालन,  युवा संघका संयोजक मानबहादुर शाहीको संयोजकत्वमा युवा परिचालन समिति, मानबहादुर विकको संयोजकत्वमा मजदुर तथा कामदार परिचालनका समिति, बमबहादुर कामीलाई उत्पीडितजाति परिचालन समिति गठन गरिएको छ ।  बैठकले सुर्य चिन्हमा मतदान गरी नेकपा एमाले र एमालेका उम्मेदवारलाई विजयी गराउन कार्तिक ५ गतेदेखि घरदैलो अभियान संचालन गर्ने निर्णय गरेको छ ।

एमाले पहिलो शक्ति
सुर्खेत, २ कार्तिक ।
सुर्खेत निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार एवंम निवर्तमान सभासद कमला शर्माले दोस्रो संविधान सभा निर्वाचनबाट नेकपा एमाले पहिलो शक्ति हुने दावि गर्नुभयो । नेकपा एमालेका नीति, कार्यक्रम र घोषणा–पत्रले बार्षिक तीन लाख युवाहरुलाई रोजगारी सृजना गर्ने घोषणा गरेको बताउँदै एमालेको नीति र एमालेकै नेतृत्व भन्ने मुल नारा सहित निर्वाचन मुखी अभियानमा केन्द्रीत भएको बताउनुभयो ।
गृहगाविस बजेडीचौरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधान गर्दै आफ्नो उम्मेदवारी भनेको पति ऋषि शर्माको हत्यारालाई कार्वाहिको दायरामा ल्याउँदै क्षेत्र नं. १ का जनताको सेवा गर्ने रहेको बताउनुभयो ।
ऋषि शर्माका हत्याराहरु पुनः शक्तिमा आउन खोजिरहेको बताउँदै उहाँले त्यसको फैसला जनतालेनै गर्ने बताउनुभयो । जनताका नेतालाई सड्यन्त्र पूर्वक हत्या गर्ने व्यक्तिलाई जनतालेनै तह लगाउने उहाँको दावि थियो ।
दोस्रो संविधान सभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नं. १ मा पर्ने सम्पूर्ण गाउँ विकास समितिहरुमा एमाले गाउँ कमिटीको आयोजनामा पहिलो चरणमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सहित घरदैलो अभियान संचालन गरिरहेको जनाईएको छ ।
कार्तिक ७ गते सम्म घरदैलो तथा विजयादशमी र दीपावलीको शुभकामना आदान–प्रदान सहित कार्यकर्ता भेटघाट सहितको कार्यक्रम संचालन भैरहेको नेकपा एमाले प्रचार विभाग प्रमुख टेकेन्द्रकुमार वस्नेतले जानकारी दिए । जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी, सम्बन्धि गाउँ विकास समितिका इन्चार्ज, गाउँ कमिटीका अगुवा नेता कार्यकर्ताहरुको सक्रियतामा चुनावी प्रचारात्मक अभियान सुरु भएको जानकारी दिए ।

Wednesday, October 9, 2013

सुर्खेतका तीन वटै क्षेत्रमा जित्ने एमालेको तयारी

दीपक बुढा÷सुर्खेत
नेकपा एमाले जिल्ला कमिटी सुर्खेत दोस्रो संविधानसभा निर्वाचनमा केन्द्रीत भएको छ । दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेतबाट तीन वटै निर्वाचनमा विजय हाँसिल गर्ने उद्देश्यले पार्टी निर्वाचन केन्द्रीत भएको हो । पहिलो संविधान सभा निर्वाचनमा दुई वटा क्षेत्र एमालेले र एउटा निर्वाचन क्षेत्रमा एमाओवादीले जित हाँसिल गरेको थियो ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले निर्वाचन परिचालनका लागि कार्ययोजना निर्माण गरेको छ । अध्यक्ष नवराज रावतको अध्यक्षतामा पार्टी कार्यालय ऋषि स्मृति भवनमा सम्पन्न भएको बैठकले उक्त कार्ययोजना निर्माण गरेको हो ।


बैठकले लोकतान्त्रिक र अग्रगामी संविधानको सुनिश्चितता शान्ति सम्बृद्धि र सामाजिक रुपान्तरका लागि संविधानसभा निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने पार्टीको केन्द्रीय कार्यभार पुरा गर्न सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा सुर्यध्वाजावाहक उम्मेदवारहरुलाई विजयी गराउन पार्टी अध्यक्ष नवराज रावतको संयोजकत्वमा ३ हजार एक सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गरेको छ ।

Wednesday, October 2, 2013


सुर्खेतका तीन वटै क्षेत्रबाट एमालेको जित निश्चित 
छट्टुप्रसाद विसी
लाटीकोइली–९, सुर्खेत
म नेकपा एमालेको संगठित सदस्य हुँ । मैले एमालेको सदस्यता प्राप्त गरेको दुई बर्ष भयो । जव मैले एमालेको सदस्यता लिएँ अनि मैले पार्टीका हरेक गतिविधिलाई नजिकबाट बुझने मौका पाएको छु । जनताको बहुदलिय जनवादको नारा लिएर अगाडी बढेको एमाले साँच्चिकै गाउँ गाउँ तहमा विशाल छ । गाउँ गाउँमा एमालेको संगठन बलियो छ । एमालेको नेतृत्व छ तर केन्द्र तह हुँदै जिल्ला तह सम्म त्यसको सही व्यवस्थापन हुन सकेको छैन् । अहिले पनि हेर्नुहोस स्थानीय निकाय नभएको अवस्थामा स्थानीय तहका नेतृत्वदायी संरचनाहरुमा एमालेको बर्चश्व छ । 
सामुदायिक वन, सहकारी, विद्यालय व्यवस्थापन समितिमा एमाले पक्षिय नेताहरुले अहिले धेरै ठाउँमा नेतृत्व गरेका छन् । उनीहरुले जनपक्षिय नीति बनाएका छन् । कार्यक्रम बनाएका छन् । लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकै छन् ।
केन्द्रदेखि जिल्ला तह हुँदै गाउँ गाउँ तहमा विशाल नेटवर्क बनाएका एमाले किन चुनावमा पछि पर्छ त ? आफुलाई एमाले भन्न रुचाउने केही खराब तत्वहरुको विकृत मानसिकताकै कारण एमाले जहिले पनि पछि पर्दै आएको छ । निर्वाचनको मुखमा एकताबद्ध भएर निर्वाचनमा परिचालन हुने बेला एमाले भित्रकै अराजकतत्वहरु आफ्नै पार्टीको विरुद्धमा लाग्छन् । अराजक व्यक्तिहरुले कहिल्यै बुझदैनन कि पार्टी प्रमुख कुरा हो व्यक्ति गौण कुरा हो । पार्टी निर्माण गर्ने कुरामा नलागेर व्यक्तिका पछि लागि सिंगो पार्टीलाईनै ध्वस्त बनाउन खोजिन्छ ।