Wednesday, May 28, 2014

माथिल्लो कर्णालीले सरकारबाट ९ अर्व अनुदान पाउने

सुर्खेत, १४ जेठ ।
बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजनाले सरकारबाट थप अनुदान पाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि जलविद्युत् प्रवद्र्धकलाई प्रतिमेगावाट १ करोड रुपैयाँका दरले अनुदान दिने भएको छ ।
प्रवद्र्धकलाई अनुदान उपलब्ध गराउन ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । आगामी आवको बजेटमा अनुदान व्यवस्था हुनेछ । उक्त अनुदान स्वरुप ९ सय मेगावाट विद्युत उत्पादन गर्न सरकारले माथिल्लो कर्णालीलाई ९ अर्व अनुदान दिने भएको छ ।

ऊर्जाका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा गठित कार्यदलले प्रतिमेगावाट १ करोड अनुदान दिन सिफारिस गरेपछि ऊर्जाले मन्त्रीस्तरीय निर्णय गरी बजेटमा समावेश गर्न अर्थमा पठाएको हो । चालू आवमै अनुदानसम्बन्धी व्यवस्था ल्याउने भनिए पनि कार्यान्वयनमा आउन सकेको थिएन । अनुदान कार्यान्वयनमा आएपछि प्रवद्र्धकले सरकारलाई तिर्नुपर्ने भ्याटमा सहुलियत समायोजन हुनेछ । यसले आयोजनाको लागत घटाउनेछ ।