पत्रकार थापाका हत्यारामाथि कारबाही माग गर्दै रिट दर्ता
दीपक बुढा÷सुर्खेत
सुर्खेत, २७ मंसिर ।
सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन बिद्रोही नेकपा माओवादीद्धारा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै पुनरावेदन अदालत सुर्खेतमा रिट दायर भएको छ । नेपाल पत्रकार महासंघको सक्रियता तथा एड्भोकेसी फोरमको कानूनि सहयोगमा पत्रकार थापाकी श्रीमती लक्ष्मीले बुधबार रिट दायर गरेकि हुन ।
रिटमा जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला सरकारी वकिलको कार्यालय दैलेखलाई विपक्षी बनाइएको छ । थापा परिवारले हत्याराहरुमाथि कानुनी कार्वाही गरीपाउँ भनी २०६५ साल भदौ ६ गते प्रहरी कार्यालय दैलेखमा जाहेरी दर्ता भएको थियो । तर ४ बर्षसम्म प्रहरीले अनुसन्धान प्रहरी अगाडि नबढाएपछि अदालतको ढोका ढक्ढकाउन बाध्य भएको डेकेन्द्रकी श्रीमती लक्ष्मीले बताइन ।
०६१ मा माओवादीद्धारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिए । सुरक्षित साथ राखेका छौं । छिट्टै फर्काइदिन्छौं भन्थे,् लक्ष्मीले भनिन, ‘अपहरण भएको डेढ महिनापछि मृत्य भएको खबर पाएँ ।्’ पतिको मृत्यु भएपछि लक्ष्मीले शव पाउन निकै संघर्ष गर्नुप¥यो । धेरै खोज तलास गर्दा शव नपाएपछि उनले धार्मिक विधिअनुसार नमुना मानेर दाहसंस्कार गरिन, तर उनको मनले अझै शान्ति पाएन । पार्थिव शरीरको खोजीमा उनले माओवादी, सरकार विभिन्न न्यायिक निकायको ढोका ढकढक्याइन ।