Tuesday, November 26, 2013


सुर्खेत एमालेमा एचआईभी संक्रमण

छट्टुप्रसाद विसी÷लाटीकोइली–९, सुर्खेत
दोस्रो संविधान सभा निर्वाचन सकिएको पाँच दिन पछि जाजरकोटमा विरोध प्रदर्शन भयो । नेकपा एमालेका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरे । अरु कसैको विरोध गर्न कार्यकर्ता सडकमा उत्रिएका होइनन् । आफ्नै अञ्चल कमिटी सचिवको विरुद्धमा उत्रिएका हुन् । संविधानसभाको चुनावमा जाजरकोट क्षेत्र नं. २ मा एमालेका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर बुढालाई हराउन अञ्चल सचिवले आर्थिक प्रलोभनमा परी नेपाली काँगे्रसका राजीवविक्रम शाहलाई सहयोग गरेर पार्टीलाई घात गरेको आरोप छ ।
पार्टी सङ्गठनमा बलियो मानिएको एमालेले चुनाव हारेपछि आन्तरिक समिक्षा गर्दै शर्माले पैसा खाएर काँग्रेस उम्मेदवारको पक्षमा लागेको एमालेका पराजित उम्मेदवार बुढा पक्षिय कार्यकर्ताहरुले लगाए । नेपाली काँग्रेसका उम्मेदवार शाहले बुढालाई २८६ मतको अन्तरले पराजित गरेका थिए ।
यो एउटा पछिल्लो उदाहरण हो । नेकपा एमाले सुर्खेतले पनि आत्म समिक्षा गर्न आवश्यक छ । पहिलो संविधान सभा निर्वाचनमा सुर्खेतका दुई–दुई सिटमा विजयी हाँसिल गरेको नेकपा एमाले सुर्खेत दोस्रो संविधान सभा निर्वाचनमा आईपुग्दा पराजयको सिकार बन्यो । सांगठनिक रुपमा बलियो, देशव्यापी रुपमा एमालेको जनलहर बढ्ेको बेला दोस्रो संविधान सभा निर्वाचनसम्म आई पुग्दा सुर्खेतका तीन वटै निर्वाचन क्षेत्र एमालेले गुमाएको छ । नेकपा एमाले आफै विग्रिएको होइन । यसका केही नेताहरुका कारण आज एमाले र एमालेमा आवद्ध सुर्खेतका तमाम नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुमा पराजयको चोट परेको छ ।

Friday, November 15, 2013

निर्वाचन क्षेत्र नं. १ मा शर्माको विजय सुनिश्चित
ऋषिप्रसाद शर्मा हत्याका आरोपि खड्काको कर्तुत

सुर्खेत, २७ कार्तिक ।
मंसिर ४ गते हुने निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट  १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचनबाट पहिलो हुने प्रतिस्पर्धामा भाग लिने धेरै उम्मेदवार भएपनि प्रमुख रुपमा नेकपा एमालेका निवर्तमान सभासद एवंम सहिद ऋषिप्रसाद शर्माका पत्नी कमला शर्मा र नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्कावीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Thursday, November 14, 2013


को हुन रावत
संविधान सभा निर्वाचन २०७०
निर्वाचन क्षेत्र नं. ३, सुर्खेतका उम्मेदवार
नाम ः– नवराज रावत (अध्यक्ष) नेकपा एमाले सुर्खेत
जन्म मिति ः– २०२०÷९÷३० (अछाम मष्टबण्डाली गाविस) 
शैक्षिक योग्यता ः– कक्षा १० पास
राजनीतिक यात्रा सुभारम्भ ः– 
२०३७ सालमा अनेरास्ववियु एकता पाँचौंको प्रारम्भिक कमिटी सदस्य भएर राजनीतिको औपचारिक सुरु गरेका थिए । 

२०४२ सालमा पार्टी सम्पर्क कमिटीमा, 
२०४४ सालमा व्यवस्था विरोधीको आरोपमा दुई पटक पक्राउ १६ दिन हिरासतमा पहिला ७ दिन र पछि १६ दिन विताएका थिए ।
ऋषिप्रसाद शर्माको अध्यक्षतामा गठन भएको युवा संघ नेपाल सुर्खेतको संस्थापक सदस्य,  हस्तबहादुर पुन संचिव रहेको माले माक्सवादी एकीकरण २०४७ सालमा भएपछि जिल्ला संगठन कमिटी सदस्य । 
२०४३ सालको स्थानीय निकाय निर्वाचनमा बावियचौरको  जनपक्षिय उपप्रधान उम्मेदवार ।
नेकपा एमालेको २०४८ सालको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको सदस्य, २०५१ सालको मध्यावधी निर्वाचनको उम्मेदवार झिनो मतले पराजित, 
२०५५ सालको स्थानीय निर्वाचनबाट जिल्ला विकास समितिको उपसभापति निर्वाचित । 
२०६२÷०६३ को जनआन्दोलनमा नेकपा एमाले सुर्खेतको तर्फबाट आन्दोलनको अगुवाई,
२०६३ मंसिर २६ मा सम्पन्न एमाले सुर्खेतको पाँचौं जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित, 
२०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा झिनो मतले पराजित,
२०६६ मंसिरमा भएको छैठौ जिल्ला अधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित,
२०७० असारदेखि जिल्ला संगठन कमिटीको अध्यक्ष जिम्मेवारी निर्वाह गर्दै,
२०७० सालको निर्वाचन संविधान सभा सदस्य उम्मेदवार

निर्वाचन क्षेत्र नं. ३ मा
दुवै विष्ट भन्दा, एमालेका रावत बलिया
सुर्खेत, २८ कार्तिक ।
सुर्खेत निर्वाचन क्षेत्र नं. ३ मा मुख्य तीन प्रमुख राजनीतिक दलहरुवीचमा चुनावी प्रतिस्पर्धा हुने भएको छ । एमाओवादी, नेपाली काँग्रेस र एमालेका उम्मेदवारका विच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीन वटै दल पहिलो संविधान सभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी थिए । एमाओवादी र एमाले निकटतम प्रतिस्पर्धी थिए भने नेपाली काँग्रेस तेस्रो स्थानमा थियो ।
मंसिर ४ गते आउन ३ दिन बाँकी छ । मतदान हुने मिति नजिँदै जाँदा प्रमुख प्रतिस्पर्धीहरु को अडकल हुन थालेको छ । पहिलो संविधान सभा निर्वाचनमा विजयी भएको एमाओवादी यस पटक विभाजित भएकाले उसका आधा भन्दाबढी कार्यकर्ताहरु विभाजन भएका छन् ।
२०६४ सालको निर्वाचनमा एमाओवादीका उम्मेदवार नरबहादुर विष्ट १७ हजार मतले विजयी भएका थिए भने निकटतम प्रतिद्धन्द्धीमा ११ हजार मत ल्याएर नवराज रावत पराजित भएका थिए । त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार शिवराज जोसीले ५ हजार मत पाएका थिए ।

Friday, November 8, 2013

तपार्इंको पुरा परिचय पाउँ न ? 
दिपक बुढा 
युगआव्हान दैनिक (कार्यकारी सम्पादक)
राजधानी दैनिक (जिल्ला सम्वददाता)
नेपाल पत्रकार महासंघ शाखा सुर्खेत  (कार्यसमिति सदस्य)
प्रेस चौतारी नेपाल (भेरी अञ्चल सदस्य)
स्थायी घर ः लाटीकोइली–९, सुर्खेत, हाल वीरेन्द्रनगर–६, सुर्खेत

तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
विगत पाँच बर्षदेखि पत्रकारीता गर्दै आएको छु । सुर्खेत जिल्लाबाट पहिलो एक स्थानीय पत्रिकाबाट सुरु गरेको पत्रकारीता अहिले राष्ट्रिय स्तरको राजधानी दैनिक र स्थानीय युगआव्हान दैनिकको संचालन गरिरहेको छु । समाजमा रहेका गलत प्रवृति, गलत कार्यको आवाज उठाउँने स्थानीय स्तरमा नागरिकहरुलाई सचेत तुल्याउँदै आवाज विहिनहरुको आवाज बन्ने र समाजमा आफ्नो पहिचान स्थापित गर्नका लागि मैले पत्रकारीता पेशाको छनौट गरेको हुँ । पत्रकारीमा रहँदा पनि कहिले काँही यो पेशाबाट स्थायीत्व हुन सकिन्छ वा सकिँदैन भन्ने अन्यौल थियो तर अहिले आफ्नै छापाखाना, पत्रिका भएकाले अव भने पत्रकारीतामा स्थायीत्व हुन्छ जस्तो लाग्छ ।

 कति समय भयो यस पेशामा लागेको ?
यो पेशामा मैले काम गर्न थालेको ५ बर्ष जति भयो । स्थानीय लोकमञ्च दैनिक पत्रिकाबाट पत्रकारीताको सुभारम्भ गरेको थिँए । विभिन्न अवरोह, आरोह पार गर्दै अहिले स्थानीय युगआव्हान दैनिक पत्रिका आफैले संचालन गररहेको छु । म त्यसको कार्यकारी सम्पादक र राजधानी दैनिकका लागि सुर्खेतबाट सम्वाददाताको रुपमा काम गरिरहेको छु ।

कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? (जस्तै मानवअधिकार, बाल, राजनीतिक बिट, आर्थिक, सामाजिक, युद्ध)
मलाई जहिले पनि समाजमा भएको अनियमितता, भ्रष्ट्राचार, सामाजिक विकृति, विसंगतिका बारेमा खोज अनुसन्धान गरी गल्ती गर्ने व्यक्तिको गल्ती औल्याउँदै उसलाई सचेत बनाउने र अन्य व्यक्तिहरुलाई समेत आफ्नो पदिय दायित्वबाट सचेत बनाउने खाल्को खोज अनुसन्धान गर्न रुचि लाग्छ । कसैले पनि पद, प्रतिष्ठा र सम्मानको दुरुपयोग नगरोस भन्ने मेरो चाहना हुन्छ । त्यसैगरी आर्थ सबैका लागि नभै नहुने प्रमुख वस्तु भएकाले सफल उद्यमी, व्यवसायीहरुका बारेमा खोज, अनुसन्धान सहित उनीहरुको व्यक्तित्वका बारेमा सकारात्मक सन्देश मार्फत अन्य व्यक्तिको प्रेरणादायीक रिपोर्ट तयार गर्न मन लाग्छ । उनीहरुबाट व्यवसायको ज्ञान लिँदै अरुले पनि त्यसको सिको गरुन भन्ने मेरो इच्छा हुन्छ । त्यसै अनुसार रिपोर्टीङ गर्ने गर्दछु ।

 मध्यपश्चिमको क्षेत्रीय सदरमुकाममा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, सजिलै होला नि ! होईन ?
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर सुर्खेत हो । यहाँ क्षेत्रीय कार्यालयहरु रहेका छन् । कर्णाली अञ्चलको मुख्य प्रवेशद्धारा यही हो । साथै पहाडी जिल्ला दैलेख, जाजरकोट समेत नजिकै रहेका छन् । क्षेत्रीय सदरमुकाम भएकाले यहाँ समाचारका विषय वस्तुहरु धेरै छन् । संधै जसो क्षेत्रीय अस्पताल, कर्णाली राजमार्ग, कर्णालीमा खाद्यान्न संकट हाम्रा समाचारका विषयवस्तु बनिरहेका छन् । क्षेत्रीय कार्यालयहरु सबै यहिँ भएकाले क्षेत्रीय स्तरका विभिन्न सूचना, सामाग्री जानकारी लिनका लागि हामीलाई सहज छ । साथै मध्यपश्चिमका धेरै जिल्लाका स्थानीय व्यक्तिहरु समेत सुर्खेतमा उपलब्ध हुने भएकाले उहाँ उनीहरुबाट थप जानकारी लिन, ग्रामिण समूदायमा भए गरेका घटनाका बारेमा जानकारी पाउन त्यति गाह्रो छैन ।

एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ? 
पत्रकारीता पेशा आफैमा पवित्र पेशा हो । राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने पेशा हो । कहिले काँही हामी समाचार लेखेकै कारण विवादमा आउँछौं । समाचार लेखेकै कारण ज्यान मार्ने धम्की आउँछ । एकातर्फ भौतिक सुरक्षा छैन भने अर्को तर्फ आर्थिक रुपमा समेत पत्रकारीता पेशा संकट ग्रस्त रहेको छ । भौतिक आक्रमण देखि आर्थिक रुपमा समेत समस्या भैरहने गर्छन ।

 मोफसलै भएपनि सुर्खेत पत्रकारिताका लागि उर्वर मानिन्छ, कत्तिको पाउनु भयो ? 
सुर्खेत पत्रकारीताको हिसावले अन्य जिल्लाको तुलनामा व्यवस्थित छ । यहाँबाट दैनिक १० वटा पत्रिका प्रकाशित भैरहेका छन् । चार वटा एफएम रेडियो रहेका छन् । एउटा स्थानीय टेलिभिजन रहेको छ । रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र समेत सुर्खेतमा रहेको छ । सुर्खेतको पत्रकारीताको ट्रेनमा हामी जहिले पनि प्रत्येक दिन नयाँ नयाँ विषयवस्तुको उठान गछौं । जिल्लाका सबै पत्रिकामा एउटै समाचार प्रमुख हुँदैनन् । बाहिरि जिल्लाका समाचार पनि प्रमुख समाचार बन्दैनन । जिल्लाकै विभिन्न विषयवस्तुलाई प्रत्येक मिडियाले फरक फरक तरिकाले समाचार प्रकाशित, प्रशारित गरिरहेका छौं ।


 तपाईले सञ्चालन गरिरहेको “युगआव्हान दैनिक” कस्तो चलिरहेको छ ?
मैले संचालन गरेको युगआव्हान दैनिक स्थापना कालमा धेरै चुनौतिहरु थिए । आर्थिक रुपमा सफल नहुँदा पत्रिका केही समय समेत रोकिएको थियो तर पछि मैले आफ्नै सक्रियतामा पत्रिकालाई पुर्नजिवित गरेको हुँ । दैनिक पत्रिकाको सुर्खेतका लागि धेरै भैसके । यहाँको बजारले धान्ने अवस्था छैन् । त्यसैले हामी पनि आर्थिक रुपमा संकट ग्रस्त नै छौं । अहिले वत्रिका वर्गिकरणमा परेकाले केही राहतको महशुस गरेका छौं । पत्रिका ग बर्गमा परेको छ । अहिले आफ्नै छापाखाना संचालनमा रहेको छ । छापाखाना संगै संचालित भएकाले पनि केही सहज भएको छ । छपाईको खर्च तिर्नु परेको छैन् । पत्रिका संचालन गर्न केही गाह्रो छैन् ।

 कसरी मुल्याँकन गर्नु भएको छ मोफसल पत्रकारितालाई ?
मोफसलमा संचार माध्यमहरु धेरै भएकाले पनि होला । यहाँ पत्रकारहरुपनि धेरै छन् । काम गरेर आफ्नो पहिचान बनाउने पत्रकार भन्दा पनि एफएम, पत्रपत्रिकामा काम गरेवापत आफूलाई ठूलो पत्रकार ठान्ने र त्यही अनुसारका अस्वभनिय क्रियाकलाप गर्नेहरु पनि नभएका होइनन तर पत्रकारिता पेशालाई मर्यादित बनाउन आवश्यक छ ।  पेशाको दुरुपयोग गर्दै विभिन्न काम भैरहेको भन्ने जनगुनासोहरु पनि आउने गरेका छन् । एउटा संचार माध्यममा काम गर्न वित्तिकै आफुलाई ठूलो पत्रकार ठान्ने प्रवृत्तिलाई रोक्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले त्यही अनुसारको कार्ययोजना ल्याउँनुपर्छ । नेपाल पत्रकार महासंघले समेत आफ्नो भूमिकालाई थप व्यवस्थित र सुधार गरी बढ्नुपर्छ । पत्रकार बन्नका लागि कुनै परिक्षा पास गर्ने व्यवस्था गर्नुपर्छ । निश्चित प्रक्रिया पुरा गरेर मात्रै पत्रकार बन्न सक्ने व्यवस्था ल्याउँनुपर्छ ।

मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
सरकारले पत्रकार बन्नका लागि न्यूनतम शैक्षिक योग्यता र पत्रकारिता गरेको हुनुपर्ने केही प्राव्धान तोकेको छ । त्यसलाई समयानुकुल बनाउँदै लानुपर्छ । पत्रकार बन्नका लागि विभिन्न चरणमा परिक्षा उत्तीर्ण गर्ने व्यवस्था गर्नुपर्छ । प्रेस काउन्सिलले पत्रिका वर्गिकरण गर्ने मात्रै होइन । पत्रकारहरुको परिक्षा लिएर उपयुक्त वा अनुपयुक्त पत्रकारको पनि निश्चित परिक्षा उत्तीर्ण गर्ने व्यवस्था गर्नुपर्छ । अन्यथा यसको व्यवस्थापनमा केही चुनौति थपिन सक्छन् ।

 थुप्रै समस्याहरु छन मोफसल पत्रकारहरुका, नेपाल पत्रकार महासंघले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका निर्वाह गरेको पाउनुहुन्छ ?
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ हो । यो पनि एउटा राजनीतिक गर्ने थलो बनेको छ । पत्रकारको नाममा व्यवसायीक रुपमा पत्रकारीतालाई आफ्नो व्यवसाय बनाएका व्यक्ति भन्दा पनि यसमा गैर पत्रकारहरुको संख्या ठूलो छ । छानविन गरी गैरपत्रकारहरुलाई सदस्यताबाट बञ्चित गरिनुपर्छ । अग्रज व्यक्तित्व जो यो समयमा पत्रकारीत ागर्नहुन्न उहाँहरु अन्य पेशा व्यवसायमा आवद्ध हुनुहुन्छ उहाँहरुलाई ससम्मान विदाई गर्नुपर्छ । सदस्यता विरणमा पनि कडाई गर्न आवश्यक छ ।
पत्रकार महासंघ बास्तविक पत्रकारहरुको हक, हितका बारेमा बोल्ने संस्था बन्न सक्नुपर्छ । न कि यहाँ राजनीति गर्ने थलो पत्रकार महासंघलाई बनाउनु हुँदैन ।


 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरु –जस्तैः प्रेश चौतारी, युनियन) को भुमिका कस्तो पाउनु भएको छ ? 
यो वा त्यो संगठनले राम्रो ग¥यो भनेर म भन्दिन । किन भने यी संगठनहरु प्रत्यक्ष रुपमा राजनीतिक दलका भातृ संगठनका रुपमा काम गर्दै आएका छन् र राजनीतिक दल निकट भनेर चिनिन्छन त्यसैले दलको विल्ला लागेका संगठन भनेका राजनीति गर्नका लागि गठन भएका हुनाले यी पत्रकारहरुको साझा हक अधिकार भन्दा पनि आफ्नो माउ पार्टीलाई रिजाउन आफ्ना गतिविधिहरु संचालन गर्ने गर्दछन् । तर केही पत्रकारहरुको क्षमता विकास गर्ने यही संगठन बनेका छन् ।