Saturday, December 17, 2011



निजी बैंकहरु सुखर्ेतमा भित्रिँदै, बैंकको संख्या बढ्‍यो

दीपक बुढा
मध्यपश्चिमको केन्द्र सुखर्ेत जिल्लामा दुर्इ बर्ष्ाको अवधिमा दर्जनबढी निजी बैंकहरु सञ्चालनमा आएका छन्‍ । सरकारी र निजी ब्याङ्‍क गरी सुखर्ेतमा ब्याङ्‍कको संख्या बढ्‍दो त्रmममा रहेको छ । ब्याङ्‍कको संख्या मात्र होइन्‍ बैंकिङ कारोबार पनि उल्लेख्य मात्रामा बढेको पाइन्छ ।निजी ब्याङ्‍कहरुले व्यापार कर्जा, घर कर्जा, गाडी कर्जामा लगानी गरिरहेका छन्‍ । जिल्लामा  "क" र "ख" वर्गका गरी २० भन्दाबढी ब्याङ्‍कहरु पुगेका छन्‍ । भने निजी बैंकहरु खुल्ने लहर चलिरहेको छ  । ग्लोबल बैंकले हालै आफ्‍नो शाखा खोलेको केहि दिन पछि सिटिजन बैंकले समेत सुखर्ेतमा शाखा खोल्ने तयारी गरिरहेको छ । सुखर्ेत क्ष्ोत्रीय सदरमुकाम र अन्य पहाडी जिल्लाको व्यापारीक केन्द्रविन्दू भएकाले र भविष्यको राम्रो बजार देखेर निजी ब्याङ्‍कहरुको शाखा खोल्नेत्रmम बढेको छ । केही समयमै अरु थप ब्याङ्‍कहरुको शाखा जिल्लामा सञ्चालन हुँदैछन्‍ । ब्याङ्‍कको संख्या बढेको भएपनि बैंकिङ कारोबार गनर्े चेतनाको विकास कम भएको बताउँछन एनआर्इसी ब्याङ्‍कका शाखा प्रवन्धक युवराज दाहाल । "स्थानीयबासीन्दाले ब्याङ्‍कमा रुपियाँ जम्मा गर्न भmण्भmट मान्छन्‍ धेरै रुपैयाँ भएपनि घरमै राख्छन ।"–उनको भनार्इ छ ।राष्टि्रय बाण्ािज्य ब्याङ्‍क, नेपाल इन्भेष्टमेन्ट ब्याङ्‍क, एभरेष्ट ब्याङ्‍क, एनआर्इसी ब्याङ्‍क, नेपाल ब्याङ्‍क लिमिटेड, क ृष्ाि विकास ब्याङ्‍क, ब्याङ्‍क अफ काठमाण्डू, नेपाल एसविआर्इ ब्याङ्‍क, कुमारी ब्याङ्‍कले जिल्लामा शाखा कार्यालय स्थापना गरेका छन्‍ । यसैगरी ग्रामिण्ा विकास ब्याङ्‍क उपशाखा, सहकारी विकास ब्याङ्‍क उपशाखा पनि जिल्लामा सञ्चालन भइरहेका छन्‍ । क्ष्ोत्रीय स्तरको बागेश्वरी ब्याङ्‍क र निर्धन विकास ब्याङ्‍क छन्‍ । सुखर्ेतमै केन्द्रीय कार्यालय रहेका दुर्इवटा ब्याङ्‍कहरु छन्‍ । काँत्रmेविहार ब्याङ्‍क र रारा विकास ब्याङ्‍क सुखर्ेतबाटै सञ्चालनमा रहेका छन्‍ । जिल्लामा २०६४ सालमा पहिलो पटक स्थापना भएको निजी स्तरको रारा विकास ब्याङ्‍कले गत आर्थिक बर्ष्ामा कुल निक्ष्ोप २७ करोड ८७ लाख २२ हजार संकलन गरेको थियो भने मुनाफा ५१ लाख ६३ हजार भएको जनाइएको छ । ब्याङ्‍कका प्रमुख कार्यकारी अधिक ृत शुरेसबहादुर बमका अनुसार ब्याङ्‍कले घर जग्गा, क ृष्ाि, यातायात, होटल, व्यापार, शैक्ष्ािक क्ष्ोत्रमा गरी कुल १८ करोड १८ लाख ८२ हजार रुपैयाँ लगानी गरेको थियो । ब्याङ्‍कले सुखर्ेतका छिन्चु, जहरे, विद्यापुर र वीरेन्द्रनगरबाट सेवा पुर्‍यार्इ रहेको छ । ब्याङ्‍कको कुल सञ्चीत मूनाफा ७३ लाख रहेको ब्याङ्‍कका कार्यकारी अधिक ृत बलमे जानकारी दिए । यसैगरी स्थानीय स्तरबाट आदावासी जनजातिहरुको लगानीमा २०६५ सालमा स्थापना गरिएको काँत्रmेविहार विकास ब्याङ्‍कले स्थापनापछि ६० करोड निक्ष्ोप संकलन गरेकोमा १ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको जनाइएको छ । काँत्रmेविहार ब्याङ्‍कका प्रमुख जगत थापा नागरिकमा चेतनाको विकास, ब्याङ्‍क स्थापना गनर्े खुल्ल्ाा नीति, आर्थिक कारोबारमा समेत व ृद्धि भएकाले ब्याङ्‍कको संख्याबढेको बताउँछन्‍ । २ वटा सरकारी ब्याङ्‍क रहेका छन्‍ भने अन्य ११ वटा निजी ब्याङ्‍क मध्य दुर्इ वटा ब्याङ्‍क स्थानीय हुन्‍ । अन्य ब्याङ्‍कले सुखर्ेतमा आफ्‍नो शाखा स्थापना गरेका छन्‍ । क ृष्ाि विकास ब्याङ्‍क र राष्टि्रय बाण्ािज्य बैंङ सरकारी हुन्‍ । राष्टि्रय बाण्ािज्य ब्याङ्‍क शाखा सुखर्ेतले गतआर्थिक बर्ष्ामा १९ करोड लगानी, ८२ करोड निक्ष्ोप संकलन गरी २ करोड १७ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको ब्याङ्‍कका प्रमुख राधेश्याम योगीले जानकारी दिए । जिल्लामा ढार्इ सय बढी सहरकारी संस्था स्थापना भएका छन्‍ भने सुखर्ेत व्यापारीक केन्द्रवीन्दु विकास उन्मूख भएकाले ब्याङ्‍कहरुले शाखा विस्तार गनर्ेत्रmममा सुखर्ेतलार्इपनि छनोट गनर्े गरेका छन्‍ । १५ वटा ब्याङ्‍क स्थापना पछि सुखर्ेतका एकसयबढी युवा युवतिहरुले रोजगारी समेत पाएका छन्‍ ।


सहकारी संख्या धेरै, अनुगमन गनर्े कर्मचारीको अभाव

दीपक बुढा/सुखर्ेत
जिल्लामा संचालित सहकारी संथाहरुले आयआर्जनमूलक कामहरु गर्न सकिरहेका छैनन्‍ । सहकारीलार्इ अनुगमन गर्न जनशतिm तथा सा्रेत साधनको कमीले गर्दा प्रयाप्त सेवा सुविधा पुर्‍याउन नसकिएको हो ।सहकारी संस्थाहरुको संख्या अनुसार अनुगमन गनर्े कर्मचारीको कमि भएको डिभिजन सहकारी प्रमुख आनन्द सारुले जानकारी दिए ।१४ जना कर्मचारी दरवन्दी रहेको डिभिजन सहकारी कार्यालय सुखर्ेतमा एक जना नायव सुव्वाको पद रित्तm रहेको छ । फिल्डमा नियमित ७, ८ जना कर्मचारी खटिने गरेको जनाइएको छ तीन ओटा सहकारी संथा हेर्न जिम्मा पाएको डिभिजन सहकारी संथामा सहकारी संथा अनुसार अनुगमन गर्न कर्मचारीको अभावमा प्रयाप्त सेवा सुविधा दिन नसकिएकको हो । संख्यात्मक रुपमा व ृद्धि भए पनि गुण्ाात्मक रुपमा विकाश भएको छैन । २०६६ साल असार मसान्त सम्म सुर्खेत दैलेख जाजरकोटमा ५ सय ७४ वटा सहकारी संथाले दर्ता गरेका छन्‍ । सुर्खेतमा वचत तथा ऋण्ा सहकारी संथा १ सय ६ ओटा ,त्यस्तै क ृष्ाि तफ ५६ ओटा, दुग्ध उत्पादन २२ ओटा, र साना किसान र अन्य ३० ओटा गरि ३ सय २७ ओटा सहकारी संथाहरु संञ्चालित छन्‍ । जील्लामा संचालित सहकारी संथाहरुले एफ एम रेडियो,केवुल ,क ृष्ाि क्ष्ोत्रमा र दुध उत्पादन गर्न तफ काम संचालनगरेको छ । अधिकासं सहकारी संथाहरुले प्रयाप्त मात्रामा आफ्‍ना सदस्यहरुको श्र ृण्ा आयआर्जन मूलक काममा प्रयोग गर्न नसकेको डिभिजन सहकारी कार्यलयका प्रमुख आनन्द सारुले बताय । उनी भन्छन्‍ देशको वितिय नितीसँग सहकारी संथाको लगाानी मिल्नुपर्नमा मिल्न नसकेको बताए । त्यस्तै दैलेख जिल्लामा बचत तथा श्र ृण्ा सहकारी संथा ६७ ओटा, बहुउदेश्यीय ४० ओटा , क ृष्ाि १६ ओटा ,दुग्ध उत्पादन १ ओटा ,साना किसान र अन्य १४ गरि १ सय ३८ ओटा सहकारी संथाले दर्ता गरेका छन्‍ ।जाजरकोटमा ७५ ओटा सहकारी संथाले दर्ता गरेका छन्‍ । जसमा बचत तथा श्र ृण्ा सहकारी संथा२१ ओटा बहुउदेश्यीय सहकारी संथा ४५ क ृष्ाि ८, साना किसान र अन्य गरी १ रहेका छन्‍ भने दुग्ध उत्पादन सहकारी संथा एउटा पनि दर्ता भएका छैनन्‍ । जिल्लामा सहकारी संथाहरुले वैदिक कारोवारमा अगाडि बढेको छ । त्यसैगरि बचत गर्न बानीमा व ृद्धि भएको छ । सारुका अनुसार श्र ृण्ा लगानी गर्दा व्यावसायिक योजना गर्नु, सदस्यहरुको व्यावसायिक क्ष्ामतामा  व ृद्धि गर्न लागत क्ष्ामता पहिचान गरेर उत्पादनमूलक क्ष्ोत्रमा विकाश गर्न गरेमा सहककारी संथाको गुण्ाात्मक विकाश गर्न सकिने बताए ।  

Monday, December 12, 2011


राजनैतिक खिचातानीले वि.व्य.स. नेत ृत्व विहिन
त्यै मौकामा विद्यालयमा मनपरी

दीपक बुढा/सुखर्ेतसुखर्ेत
को एक बिद्यालयमा शिक्ष्ाक र अविभावकहरु मा नै गतीरोध उत्पन्न भएपछि विद्यालयमा पढ्‍ने विद्यार्थि मर्कामा परेका छन्‍ । शैक्ष्ािक संस्था जस्तो पवित्र ठाउँमा विभिन्न खालको विक ृती भएपछि त्यो ठाउँमा कस्तो शिक्ष्ाा अपेक्ष्ाा गनर्े विद्यार्थीहरुले ?पश्चिम सुखर्ेतको एक उच्च माविमा यसरी विभिन्न खालको विवाद भएपछि अहिले करीव ८ सय विद्यार्थिहरुको भविष्य नै के हुने हो भन्ने चिन्ता बढेको छ । उत्तm माविमा  राजनीतिक खिचातानीले गर्दा नै एक बर्ष्ादेखि विद्यालय व्यवस्थापन समिति नेत ृत्व विहीन बन्न पुगेको छ । वि.व्य.स. गठन नहुँदा विद्यालयको वातावरण्ासमेत धुमिल भएको अभिभावकहरु आरोप लगाउँछन्‍ । यसरी शैक्ष्ािक सस्था जस्तो पवित्र स्थलमा धेरै खालको विवाद हुदा अन्तत उत्तm स्कुलमा अध्ययनरत करीव ८ सय विद्यार्थि को भबिष्य बारेमा सोचिदीने कोहि छैन्‍न ।  सालकोट गाविसको सूर्यप्रकाश उच्च मावि पलैंटेमा विगत एक बर्ष्ादेखि वि.व्य.स. को नेत ृत्व चयन हुन सकेको छैन । तत्कालीन अध्यक्ष्ा यामबहादुर वि.सी.को कार्यकाल गतबर्ष्ाको मंसिर महिनामा समाप्त भएपछि हालसम्म अर्काे समिति गठन हुन नसकेको हो । समिति गठनका लागि निकै प्रयास भएपनि राजनीतिक खिचातानीले गर्दा गठन हुन नसकेको अभिभावकहरु बताउँछन्‍ । विसीको कार्यकाल सकिएपछि अर्को समिति गठन गनर्े तयारी भइरहेका बेला मतदाता नामावलीको बिवाद निकालिएपछि स्थगित भएको थियो । विद्यालय समितिविहीन भएपछि कांग्रेसले वि.सी.कै अध्यक्ष्ातामा एकपक्ष्ाीय समिति गठन गरेको थियो तर एमाले र एमाओवादी पक्ष्ाले भने सो समितिका विरुद्ध जिल्ला शिक्ष्ाा कार्यालयमा उजुरी दिएपछि कार्यालयले खारेज गरेको थियो । त्यसपछि विद्यालय समितिविहीन बनेको गाविस सचिव तिलकराम अधिकारी बताउनुहुन्छ । मतदाता नामावलीकै मुद्दा बनाएर हालसम्म समिति गठन हुन नसकेको उहाँको भनाइ छ । विगत एक बर्ष्ादेखि विद्यालय समिति नेत ृत्व विहीन बनेपछि विद्यालयमा व्येथिति निम्तिएको अभिभावकहरु बताउँछन्‍ । अभिभावक डिल्लीराम न्युरेले राजनीतिक दलहरुमा को अध्यक्ष्ा हुने खिचातानीले विद्यालयको वातावरण्ा बिगि्रएको बताउनुहुन्छ । उहाँले यसै कारण्ाले विद्यार्थी र अभिभावकहरु निरास समेत भएको उल्लेख गनर्ुभयो । यता विद्यालयका प्रधानाध्यापक प्रेमराज पाठकले भने राजनीतिक सहमति नजुट्‍दा समिति गठन हुन नसकेको स्वीकानर्ुहुन्छ । समिति गठन गनर्े पटक पटक प्रयासहरु थालिएपनि सफल हुन नसकेको जानकारी दिदैं उहाँले आगामी पुस २ गते चुनाव गनर्े तयारी भएको बताउनुभयो । अहिले विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन्‍ । त्यस्तै चुनावका लागि भmण्डै ८ सय अभिभावकहरुको मतदाता नामावली गरिएको छ । विद्यालयमा मनपरी कोचिङ अविभावकहरु विरोधमा विद्यालयका शिक्ष्ाकहरुले आफ्‍ना बालबालिकाहरुलार्इ कोचिङ पढ्‍न बाध्य पारेको बताउँदै अभिभावकहरु कोचिङका विरुद्ध उत्रिएका छन्‍ । एउटा विद्यार्थीबाट चार वटा विष्ायको एक हजार शुल्क लिएर कोचिङ पढ्‍न बाध्य पारेको आरोप उनीहरुले लगाए । अभिभावक धनबहादुर विकले शिक्ष्ाकहरुले बालबालिकाहरुलार्इ मनोबैज्ञानिक दवाव दिएर कोचिङ पढाउन बाध्य पारेको बताउनुहुन्छ । १० जना गरीव र असहायक बालबालिकाको कोचिङ शुल्क सुरक्ष्ाित समाज नामक संस्थाले व्यहोनर्े गरेपनि त्यसमै शिक्ष्ाकहरुले विद्यालयकै साधन र स्रोत गरेर आफूहरुले कोचिङको नाममा व्यापार गरेको आरोप अन्य अभिभावकहरुको छ । विद्यालयका अनुसार कक्ष्ाा ८ मा ९८ जना, कक्ष्ाा ९ मा १६९ जना र कक्ष्ाा १० मा १२७ जना विद्यार्थीहरुबाट प्रतिविष्ायक २५० का दरले शिक्ष्ाकहरुले मनोमानी रकम उठाएको उनीहरुले बताए । विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा शिक्ष्ाकहरुले कोचिङको नाममा शैक्ष्ािक व्यापार गरेको गाविस सचिव तिलकराम अधिकारी बताउनुहुन्छ । यता शिक्ष्ाक दानबहादुर चन्दले आफूहरुले विद्यार्थीहरुलार्इ कोचिङ पढ्‍न बाध्य नपारेको दावी गनर्ुहुन्छ । विगतमा २ सय रुपैया शुल्क लिइएकोमा यसपटक बढाएर साढे २ सय बनाइएको तर कोचिङ पढ्‍न कसैलार्इ बाध्य नपारेको उहाँको जिकिर छ । महँगो शुल्कका लागि अभिभावकहरुले कहिल्यै गुनासो नगरेको उहाँले बताउनुभयो । त्यस्तै प्रधानाध्यापक पाठकले पनि अभिभावकहरुको गुनासोको आधारमा कोचिङ पढाउने कि नपढाउने भन्ने निर्ण्ाय गरिने जनाउनुभयो । विद्यार्थिवाटै लिन्छन कापी जाँचेको शुल्क शिक्ष्ाकसोही विद्यालयले विद्यार्थीहरुको कापी जाँचेको शुल्क विद्यार्थीबाटै असुल्ने गरेको छ । बाष्ािक परीक्ष्ााको कापी जाँचेको प्रति विद्यार्थी ५ रुपैयाँका दरले शुल्क लिइएको विद्यालयले जनाएको छ । कक्ष्ाा ६ देखि मााथिका कक्ष्ााका विद्यार्थीबाट शुल्क लिने गरिएको हो । विद्यालयका प्रधानाध्यापक प्रेमराज पाठकले स्थानीय दलहरुको सहमतिकै आधारमा शिक्ष्ाकहरुको दु:ख भन्दै शुल्क उठाइएको स्वीकानर्ुहुन्छ । तर यता जिल्ला शिक्ष्ाा कार्यालय सुखर्ेतले भने विद्यार्थीहरुबाट कापी जाँच्न भन्दै शुल्क लिन नपाइने जनाएको छ । कार्यालयका शाखा अधिक ृत दिपा हमालले कक्ष्ाा ८ सम्म कुनैपनि शुल्क लिनै नपाइने बताउनुभयो । कक्ष्ाा ९ देखि माथि प्रश्न निर्माण्ाका लागि भनी लिन मिल्ने भएपनि कापी जाँच्न भन्दै शुल्क लिन नपाइने उहाँको भनाइ छ । 

फोटो क्याप्सन: एक बर्ष्ादेखि विद्यालय व्यवस्थापन समितिविहीन बनेको पश्चिम सुखर्ेतको सूर्यप्रकाश उच्च मावि पलैंटे  विद्यालयफोटो : दीपक बुढा/सुखर्ेत

वडैपिच्छे खानेपानी आयोजना

सुर्खेत
    पश्चिम सुर्खेतको सालकोट गाविसका प्रत्येक वडावडामा खानेपानी आयोजनाहरु संचालन गरिएका छन् । खानेपानीको संकट टार्ने उद्देश्यले संचालनमा ल्याइएका ती आयोजनाहरु धेरैजसो सम्पन्न भइसकेका छन् । आयोजना सम्पन्न भएपछि अहिले त्यस क्षेत्रमा खानेपानीको अभाव नभएको स्थानीयहरु बताउँछन् ।  गाउँ विकास समिति, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र जनश्रमदानबाट ती योजनाहरु संचालन भइरहेका छन् । उक्त गाविसमा ८ वटा खानेपानी आयोजना संचालन भएका छन् । जसमा ७ वटाको निर्माण सम्पन्न भइसकेको छभने एउटा निर्माणाधीन अवस्था छ । त्यस्तै तीन वटा आयोजना फेरि संचालन हुने तर्खरमा रहेको छ । ती आयोजनाबाट १ सय ७० वटा धारा बनेका छन्भने ६ सय ५२ वटा चर्पीको स्तर सुधार गरिएको छ । त्यस्तै हजारौं बासिन्दा लाभान्वित भएका छन् ।

    ती सवै वडाहरुको खानेपानी आयोजनाको लागि ३ करोड बढी हुन आउ“छ । उक्त गाविसको वडा नं. १ मा मानसैनी खानेपानी आयोजना निर्माण भइसकेको छ । २२ लाख बढीको लागतमा बनेको सो आयोजनामा ११ वटा धारा जडान छन्भने ५९ वटा सुधारिएको चर्पी बनेको छ । सोही वडामै ३० लाख बढीको लागतमा ठाडागडा खानेपानी आयोजना पनि संचालन गरिएको छ । यसमा १५ वटा धारा जडान छन्भने ८४ वटा चर्पीलाई सुधार गरिएको छ । 
    यस्तै वडा नंं ३ मा कोइरालाचुला र चुकेताल खानेपानी आयोजना बनेको छ । जसअनुसार कोइरालाचुलाको लागत २९ लाख बढी छभने त्यहा“ १४ वटा धारा र ४६ वटा सुधारिएको चर्पी बनाइको छ । चुकेतालको लागत २१ लाखको छभने ८ वटा धारा र ६१ चर्पीको सुधार गरिएको छ । वडा नं. ४ मा जंगला खानेपानी आयोजनबाट २१ वटा धारा जोडिएको छ । २९ लाख बढीको लागतमा बनेको सो आयोजनाबाट ८२ वटा धाराहरुको स्तर सुधार गरिएको छ । 
    यसैगरी वडा नं. ८ मा लामीदमार खानेपानी आयोजना सम्पन्न भइसकेको छ । ४७ लाखको लागतमा बनेको उक्त आयोजनाबाट २५ वटा धारा जडान भएको छभने १ सय २ वटा चर्पीको सुधार गरिएको छ । वडा नं. ९ मा तोकमा खानेपानी आयोजनाको लागत ४८ लाख बढी छ । यसबाट २८ वटा धारा बनाइएको छभने ८२ वटा चर्पीको सुधार गरिएको छ । यस्तै वडा नं. ४ र ५ मा च्युरीखेत खानेपानी आयोजना निर्माणाधीन अवस्था छ । ४३ लाख बढीको सो आयोजनाबाट ४२ वटा धारा जोड्ने र ६५ वटा चर्पी सुधार गरिने छ । 
    च्युरीखेत बाहेक अन्य आयोजनाहरुका सम्पन्न भएर हस्तान्तरण भएको र एउटा बन्दै गरेको गाविस सचिव तिलकराम अधिकारीले बताए । उनका अनुसार सोही गाविसमै अन्य तीन वटा खानेपानी आयोजना बनाउने पत्र आइसकेको छ । केही समयपछि ती आयोजनाहरु बन्ने उनको भनाइ छ । आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि पानी, गाउ“ विकास समिति र जनश्रमदानको सहयोग जुटाइएको छ । 
    नेवाले गाविसमा हुने खानेपानी संकटको समाधान गर्न निकै सघाउ पु¥याएको सचिव अधिकारीले बताए । सालकोट खुल्ला दिसामुक्त गाविस घोषण भइसकेकोले सवै आयोजनाहरु निर्माण भइसकेपछि गाविसलाई पूर्ण सरसफाईयुक्त बनाउने लक्ष्य लिएको जानकारीसमेत उनले दिए । उक्त गाविसको कूल बजेट २१ लाख ५० हजार रहेको छ । 
मोटरसाईकल दुर्घटनामा किशोरीको मृत्यु
सुर्खेत, २६ मंसिर ।
मोटरसाईकल दुर्घटना हुँदा सुर्खेतमा एक जनाको ज्यान गएको छ । लाटीकोइलीस्थित देउती बज्यै मन्दिर नजिक भे २ प ८५९२ नम्वरको मोटरसाईकल सोमबार विहान दुर्घटना हुँदा अन्दाजी १५ वर्षीया सीता चौधरीको घटना स्थलमा नै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चौधरी आफैले मोटरसाईकल चलाएकी थिईन । बाक्लो हुस्सुका कारण चौधरीले नियन्त्रण गुमाएपछि विहान ५ वजेतीर मोटरसाईकल मन्दिर नजिक रहेको खोलामा खसेको प्रहरीले जनाएको छ । आफन्तलाई बजारमा छोडेर घर फर्कने क्रममा चौधरी मोटरसाईकल दुर्घटनामा परेको सुर्खेतका प्रहरी प्रवत्ता डिएसपी आनन्द मराठाले जानकारी दिए ।

Saturday, December 10, 2011

चोरीको आरोपमा प्रहरीद्वारा सुनारलाई यातना
सुर्खेत । मंसिर २४ गते
मैनतडा गाविस जहरेबजारस्थित न्यु भेरी सुनचाँदी पसलबाट ०६८ मंसिर गते गरगहना चोरी गरेको आरोपमा मैनतडा गाविस लोदेका १७ वर्षीय सेवक सुनारलाई प्रहरीले पटकपटक यातना दिएको
चोरीको आरोपमा ०६८ मंसिर गते मेहेलकुना प्रहरी चौकीमा मंसिर २२ गते इलाका प्रहरी कार्यालय छिन्चुमा बोलाई प्रहरीले यातना दिएको पीडितको भनाइ उनको अनुसार गते बिहान मेहेलकुना प्रहरी चौकीका इन्चार्ज असई केशर भारतीले २२ गते राति इप्रका छिन्चुका प्रहरीले लाठीले पैतलामा कुटपिट गरी यातना दिएका थिए
 पटकपटक प्रहरीले यसरी यातना दिनुको साथै आगामी मंसिर २७ गते पुन इप्रका छिन्चुमा बोलाइएका सुनार त्रसित हुँदै इन्सेक सुर्खेतसमक्ष आएपछि इन्सेक सुर्खेतले तत्कालै यसबारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी गोविन्दराम परियारसँग कुराकानी गरी सुनारलाई यसरी यातना नदिन आग्रह गरेको
इन्सेक सुर्खेतको आग्रहपछि एसपी परियारले मेहेलकुना प्रहरी चौकी इप्रका छिन्चुका प्रहरीले सुनारलाई यातना दिएको ठहर भएमा उनीहरूलाई कानुन वमोजिम सँजाय गरिने, आगामी दिनमा उनलाई यसरी यातना नदिइने चोरी गरेको भन्ने आरोपको सन्दर्भमा भने सुनारमाथि छानबिन गरिने बताए

Friday, December 9, 2011


शिक्षा क्याम्पसमा तालाबन्दी, प्रमुखको कुर्ची जलाईयो
सुर्खेत मंसिर । 
क्याम्पस प्रमुखले एकलौटी रुपमा आफ्ना नातेदारलाई क्याम्पसका विभिन्न पदमा नियुक्त गरेको भन्दै विद्यार्थीहरुले शिक्षा क्याम्पस सुर्खेतमा तालाबन्दी गरेका छन् । आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्चीसमेत जलाएका छन् । उनीहरुले कसैलाई पनि जानकारी नगराईकन एकलौटी र गोप्य तरिकाले आफन्तलाई नियुक्त गरेकाले उक्त निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।स्वतन्त्र विद्यार्थी युनियन शिक्षा क्याम्पस शिक्षाका सचिव सुशिल थापाले क्याम्पस प्रमुखले कसैलाई जानकारी विान एकलौटी रुपमा आफ्ना नातेदारलाई नियुक्त गरेकाले आन्दोलनमा उत्रिएको बताए । उनले खुला प्रतिस्पर्धाबाट नियुक्त गरिनुपर्ने पदहरुमा पनि प्रमुख एक्लैले आफन्तहरुलाई गोप्य रुपमा नियुक्त गरेको उनले आरोप लगाए । थापाले बुधबार ४ बजे भन्दा पछि प्रमुखले आफु निकटका व्यक्तिहरुलाई विभिन्न पदमा नियुक्त गरी हाजिर गराएको जानकारी दिए ।सचिव थापाले विद्यार्थीहरुले क्याम्पसमा कुनै पनि पदमा कर्मचारी नियुक्ति गर्दा सबैलाई सुचना गरेर खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नु पर्ने र सोही क्याम्पसमा पढको विद्यार्थीहरुलाई प्राथमिकता दिनुपर्ने माग गरे पनि क्याम्पस प्रमुखले विद्यार्थीहरुको मागलाई अटेर गरी क्याम्पसका अन्य प्रध्यापकहरुलाई समेत जानकारी नगराइकन आफन्तहरुलाई नियुक्त गरेको बताए ।क्याम्पस प्रमुखमा यही मंसिर २६ गतेबाट उनको ४ वर्षे कार्यकाल पुरा हुन लागेकोले आफ्नो अवकाश हुनुपुर्व नै आफ्ना नातेदारलाई विभिन्न पदमा जवरजस्ती नियुक्त गरेको समेत आरोप लगाए । उक्त निर्णय फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रिने उनको चेतावनी छ । यस्तै त्रिभुवन विश्वविद्यालय प्रगतिशिल कर्मचारी संगठन इकाई कमिटी शिक्षा क्याम्पस सुर्खेतले पनि कर्मचारी नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी कमिटीले क्याम्पस प्रमुखले क्याम्पसलाई आफ्ना नातेदार भर्ती केन्द्र बनाएको भन्दै आपत्ति जनाएको छ ।विज्ञप्तिमा क्याम्पस प्रमुख बालाराम खड्का र कर्मचारी संघका सभापति डम्बर ढकालको मिलेमतोमा आफ्ना नातेदारहरुलाई नियुक्त गरेको आरोप लगाइएको छ । कमिटीका अध्यक्ष कृष्णबहादुर खड्काले क्याम्पसको हेडअस्टेनमा क्याम्पस प्रमुखकी बहिनी पुतला खड्का, लेखापालमा कर्मचारी संघका सभापति डम्मर ढकालकी भाञ्जी इश्वरी रेग्मी र बुकटेकरमा ढकालकै श्रीमती चन्द्रा ढकाललाई नियुक्त गरेको जानकारी दिए । उनले कुचिकारहरु पूर्णबहादुर सुनारलाई सिनियर प्लम्बरको तलब दिने गरी र विष्णु सुनारलाई टाइपिस्ट पदमा बढुवा गरेकोप्रति पनि विरोध जनाए ।सभापति खड्काले आयोगबाट बढुवा गरिनुपर्ने पदमा पनि क्याम्पस प्रमुखले आफै बढुवा गर्नुले क्याम्पस प्रशासनमा राजनीति गर्न खोजीएको बताए । क्याम्पस प्रमुख बालाराम खड्काले भने क्याम्पस प्रमुखलाई दिइएको अधिकार अनुसार नै कर्मचारी नियुक्त गरेको दावी गरे । उनले दैनिक ज्यालादारीमा तीन जना कर्मचारी नियुक्त गरेको बताए । खड्काले क्याम्पसलाई आवश्यक पदमा दक्ष व्यक्तिलाई नियुक्त गरेको समेत जनाए । ‘नातेदार होइन दक्षव्यक्ति नियुक्त गरेको हुँ ।’ उनले भने । खड्काले आन्दोलनमा उत्रिएका विद्यार्थीहरुसँग छलफल गरी चाडै समस्या समाधान गर्ने बताए ।