Thursday, December 22, 2011


माओवादीको ज्यान मार्ने धम्कीपछि विस्थापित



सशस्त्र द्वन्द्वका बेला श्रीमान्लाई अपहरण गरी बेपत्ता पार्ने माओवादी कार्यकर्ताले उल्टै ज्यान लिने धम्की दिएपछि दैलेख भैंसेखोरकी एक महिला विस्थापित भएर सुर्खेत आएकी छन् । माओवादीका जिल्ला सहसेक्रेटरी कृष्णप्रसाद जैसी ‘विनय’ले तीन दिनभित्र घरम ग्रिनेट हान्ने धम्की दिएपछि विस्थापित भएर सुर्खेत आएको ३५ वर्षीया रामकुमारी जैसीले बताइन् ।
विनयको नेतृत्वमा आएका माओवादी कार्यकर्ताले २०६२ पुस २५ गते बिहान ४ बजे ओछ्यानबाटै श्रीमान् जयप्रसादलाई अपहरण गरी बेपत्ता पारेका पीडित महिलाको भनाइ छ । शान्ति प्रक्रियापछि श्रीमान्को खोजी गर्दा विनयले घटनाबारे मुख नखोल्न भन्दै धम्की दिने गरेको उनले बताइन् । ‘यसअघि पनि द्वन्द्वको बेलाको कुरा झिकेर बढी निहु“ नखोज भन्दै धम्की दिन्थे,’ उनले भनिन्, ‘अहिले आएर घरमै ग्रिनेट हान्छु भनेपछि भागेर सुर्खेत आउनु प¥यो ।’ गाउ“मै व्यापार–व्यवसाय गरी बसेका आप्mना श्रीमान्लाई सुराकीको आरोप लगाई अपहरण गरेको उनले बताइन् ।
‘पहिला पनि अपहरण गरिएको घटना सार्वजनिक नगर्नु भन्दै दवाव दिइरहन्थे,’ वीरेन्द्रनगरमा पत्रकारस“ग कुरा गर्दैउनले भनिन्, ‘पछि त पत्रिकामा समाचार आएपछि ज्यानै लिने धम्की दिए ।’
बारम्बारको धम्कीपछि उनी तीन वर्षदेखि नारायण नगरपालिका–६, भुर्तीस्थित माइतीघरमा बस्दै आएकी थिइन् । अहिले माइतीघरमै आएर मार्नेधम्की दिएपछि वीरेन्द्रनगर आएको उनले बताइन् ।
उनको भैंसेखोरस्थित घरमा पनि त्यस्तै बिजोग छ । तीन वर्षदेखि ७० वर्षीया सासु एक्लै छिन् । ‘ससुरा र देवर पनि बितिसके, घरमा बुढी सासु एक्लै हुनुहुन्छ,’ उनले भनिन्, ‘अहिले माइतीघरमै पनि बस्न नसक्ने स्थिति भएपछि सासुको हेरचाह गर्नघर कसरी जाने ?’ श्रीमान्को वास्तविक अवस्थाबारे जानकारी माग्दा माओवादीका जिम्मेवार नेताहरुले उल्टै झपार्नेगरेको उनले बताइन् । ‘सबै नेताहरुको बीचमा मलाई र विनयलाई राखेर कुरा गराउनुस् भन्दा पनि सुनुवाई भएन,’ उनले भनिन्, .

Sunday, December 18, 2011

माग राख्दा प्रधानाध्यापकले कुटपीट गरेको विद्यार्थीहरुको आरोप

सुखर्ेत । पुस ३ गते 
लगाम गाविस २ स्थित श्री नेपाल राष्टि्रय उच्च माध्यामिक विद्यालय लगामका विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक नरबहादुर वान्तोला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्ा मायाराम जैसी सहितको समूहले ०६८ मंसिर २७ गते आफुहरुमाथि कुटपीट गनर्ुका साथै दुव्र्यवहार गरेको आरोप लगाएका छन्‍ । ०६८ पुष्ा ३ गते वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले यस्तो आरोप लगाएका हुन्‍ ।पत्रकार सम्मेलनमा श्री नेपाल राष्टि्रय उच्च माध्यामिक विद्यालय लगामका विद्यार्थी एवं अखिल नेपाल राष्टि्रय स्वतन्त्र विद्यार्थी युनियन प्रारम्भिक इकाइका अध्यक्ष्ा खड्‍ग थापालेे विद्यालयमा शिक्ष्ाक नियुत्तmिको विष्ायमा राजनीतिकरण्ा गरी विद्यालयको पठन पाठनमा समस्या उत्पन्न भएपछि विद्यालय प्रशासन समक्ष्ा आफूहरुले २७ बँुदे शैक्ष्ािक मागहरु राख्दा विद्यालय प्रशासनबाट उल्टै विद्यार्थीहरुमाथि दुव्र्यवहार भएको बताए ।विद्यालयमा शिक्ष्ाक नियुत्तmिका विष्ायमा शिक्ष्ाक र अभिभावकहरु वीच पहिलेदेखिनै विवाद भएको र उत्तm विवाद चुलिँदै विगत ३/४ महिनादेखिनै विद्यालयमा अभिभावकहरुबाट तालाबन्दी भएको र यसले विद्यार्थीहरुको पठन पाठनमा समस्या आएपछि उत्तm समस्या समाधान गर्न विद्यालय प्रशासनसँग आग्रह गर्दा विद्यालयका प्रधानाध्यापकले थापा सहित १० जना विद्यार्थीहरुलार्इ कुटपीट गरेको उनीहरुको भनार्इ छ ।थापाले यही मंसिर १८ गते विद्यालयको पठन पाठन नियमित हुनुपनर्े, पुस्तकालयलार्इ व्यवस्थित गरीनुपनर्े, अभिभावकहरुले विद्यालयमा लगाएको ताला खुलाएर समस्या समाधान गनर्ुपनर्े लगायतका २७ बँुदे माग विद्यालय प्रशासनसमक्ष्ा राखेको जानकारी दिए । प्रशासनले आफ्‍ना मागहरुप्रति बेवास्ता गरेपछि बाध्य भएर विरोध स्वरुप विद्यार्थीहरुले कक्ष्ाा वहिष्कार गनर्े जस्ता कार्य गरेको समेत उनले जानकारी दिए ।  सोही विद्यालयमा कक्ष्ाा नौ मा अध्यनरत छात्रा अञ्जली विकलार्इ प्रधानाध्यापकले लात्तलिे हानेको समेत उनीहरुले आरोप लगाएका छन्‍ । विकले प्रधानाध्यापकलार्इ विद्यालयको विवादले आफुहरुको पढार्इमा समस्या उत्पन्न भएकोले छिटै समस्या समाधान गर्न आग्रह गर्दा लात्तलिे हानेको बतार्इन्‍ । विद्यालयका प्रधानाध्यापकद्धारा विद्यार्थीैहरुमाथि भएको दुव्यर्वहार र कुटपीट गरेको घटनाप्रति अनेरास्ववियु सुखर्ेत र अनेरास्ववियु त्रmान्तिकारी सुखर्ेतले आपत्त िजनाएका छन्‍ । पत्रकार सम्मेलनमा अनेरास्ववियु सुखर्ेतका संयोजक तेजवित्रmम सिंहले विद्यालयका समस्याका बारेमा विद्यार्थीहरुले प्रशासनको ध्यानाकर्ष्ाण्ा गराउन पाउनु उनीहरुको अधिकार भएपनि विद्यार्थीहरुको समस्या समाधान गनर्ुको सट्टा विद्यालय प्रशासनले विद्यार्थीहरुमाथीनै दुव्र्यवहार गनर्ु आपत्तजिनक कार्य भएको बताए । उनले उत्तm विद्यालयमा भएको विवादको तत्काल छानविन गरी समस्या समाधान गर्न सम्बन्धित निकायसँग आग्रह समेत गरे ।यस्तै अनेरास्ववियु त्रmान्तिकारी सुखर्ेतका संयोजक अजित बौडेलले विद्यालयमा राजनीतिकरण्ा गर्न खोजिएको आरोप लगाए । उनले भने विद्यालयमा देखिएको समस्या समाधान गनर्ुको सट्टा प्रअद्धारा विद्यार्थीहरुमाथी कुटपीट हुनुले पनि विद्यालयमा राजनीतिकरण्ा गर्न खोजिएको पुष्टि भएको हुन्छ । यता ०६८ पुष्ा २ गते नेपाल शिक्ष्ाक संघले प्रेस विज्ञप्ति प्रकाशित गरी उत्तm विद्यालयमा भएको घटनाप्रति ध्यानाकर्ष्ाण्ा भएको जनाएको छ । संघले विज्ञप्तिमा उत्तm विद्यालयमा भएको घटनाको तथ्य छानविन गरी समस्या समाधान गर्न आग्रह समेत गरेको छ ।
मेहलकुनामा सार्वजनिक सुनुवार्इ सम्पन्न्
ासुखर्ेत । पुष्ा ३ गते
वर्तमान सरकारले जनताका गुनासो सुन्न प्रधानमन्त्रीको कार्यालयमा हेलो सरकारको व्यवस्था तथा सरकारी निकायलार्इ जतीसुकै ध्यानाकर्ष्ाण्ा गराएपनि जनतासँग प्रत्यक्ष्ा सरोकार राख्ने गाविसको कार्यालयले आफूहरुको पीडा प्रति सुनुवार्इ नगरेको एक कार्यत्रmममा मेहलकुनाबासीले गुनासो गरेका छन्‍ ।इन्सेक सुखर्ेतåारा ०६८ पुष्ा ३ गते मेहकुना गाविसमा आयोजित 'स्थानिय सेवा प्रदायक निकायहरुले दिने सेवा प्रभावकारिता र जनताको अपेक्ष्ाा' विष्ायक सार्वजनिक सुनुवार्इ कार्यत्रmममा उनीहरुले यस्तो गुनासो गरेका हुन्‍ । उनीहरुले गाविस कार्यालयले सशस्त्र åन्åका पीडितहरुलार्इ कसरी राहत उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा सूचना तथा विभिन्न कार्यत्रmम गरी जानकारी गराउनुपनर्े माग गरेका थिए कार्यत्रmममा सेवाग्राही åन्द पीडित छवि रेग्मी र बलबहादुर बादी लगायतले मेहलकुना गाविसका गाविस सचिवले आफ्‍ना पीडाहरु प्रति ध्यान नदिने गरेको आरोप पनि लगाएका थिए । कार्यत्रmममा उपस्थित जेष्ठ सदस्य गगन रानाको सभापतित्वमा सम्पन्न कार्यत्रmममा सुर्य ज्योती उच्च मावि मेहलकुनाका प्राचार्य चुडामण्ाि शर्मा, मेहेलकुना प्रहरी चौकीका इन्चार्ज केशर भारती, एकीक ृत माओवादीका बुदे राना र नेकपा एमालेका तेजप्रसाद पौडेल लगायतले बोलेका थिए । पटक पटक कार्यत्रmममा आउन अनुरोध गर्दा गाविस सचिव गोविन्द राना भने कार्यत्रmममा अनुपस्थित भएको इन्सेक सुखर्ेतका संयोजक एकराज शर्माले जानकारी दिए । कार्यत्रmमको उद्देश्यमाथी प्रकाश तथा सहजिकरण्ा संयोजक शर्माले गरेका थिए । यसैवीच ०६८ पुष्ा २ गते मैनतडा गाविसमा पनि इन्सेक सुखर्ेतåारा सार्वजनिक सुनुवार्इ कार्यत्रmम सम्पन्न भएको थियो ।

Saturday, December 17, 2011


छोराछोरी विद्यालय नपठाउनेलाई गाविसको सुविधाबाट वञ्चित


दीपक बुढा/सुर्खेत । 
आफ्ना बालबालीका विद्यालय नपठाउने अभिभावकहरुलाई गाविसबाट प्रदान गरिने कुनै पनि सेवा सुविधाबाट वञ्चित गरिने भएको छ । गाउँ शिक्षा समिति लाटीकोइली र गाउँ विकास समिति लाटीकोइलीले यस्तो निर्णय गरेका छन् । आधारभुत तह९कक्षा १ देखि कक्षा ८०सम्म पढ्ने उमेर समूहका बालबालीकाहरुलाई विद्यालय नपठाउने अभिभावकहरुलाई गाविसबाट प्रदान गरिने नागरिकता बनाउनका लागि सिफारिस, वृद्ध भक्ता जस्ता सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरिएको गाउँ शिक्षा समिति लाटीकोइलीका सदस्य सचिव भक्तबहादुर शाहीले जानकारी दिए । उनले मंगलबार लाटीकोइली गाविसलाई मंगलबार आधारभुत तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिएको छ । लाटीकोइलीमा १४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जसमा आधारभुत तहसम्म हाल २८ सय ३ जना बालबालीका अध्ययनरत छन् । अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिएपछि लाटीकोइली गाविसका कुनैपनि विद्यालयमा आधारभुत तह९कक्षा  १देखि कक्षा ८० सम्म अध्ययन गर्नका लागि कुनै पनि बालबालीकाहरुले शुल्क तिर्नुपर्ने छैन । यहाँका सबै सामुदायीक विद्यालयहरुले आधारभुत तहसम्म निशुल्क अध्ययन गराउने छन् । गाविसलाई अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक घोषणा गर्नका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ । गाउँ शिक्षा समितिका सदस्य सचिव भक्तबहादुर शाहीका अनुसार लाटीकोइली गाउँ विकास समितिले अनिवार्य तथा निशुल्क शिक्षा प्रदानका लागि गाउँ शिक्षा समितिलाई प्रत्येक वर्ष गाविसको आन्तरिक स्रोतको १० प्रतिशत बजेट विनियोजन गर्ने भएको छ । यस्तै समाज जागरण केन्द्र स्याक, गाविसमा रहेका विभिन्न संघ संस्थाहरुले पनि सहयोग गर्ने बचन दिएको उनले जानकारी दिए । सदस्य सचिव शाहीले बालबालीकाहरुलाई विद्यालयमा आकर्षित गर्नका लागि सामुदायीक विद्यालहरुका भौतिक र शैक्षिक गुणस्तर सुधार गर्नुका साथै बालबालीकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने जस्ता कार्यक्रमहरु अघि सारीएको जानकारी दिए । यस्तै आफ्ना बालबालीकाहरुलाई विद्यालयमा नपठाएर घरायसी काममा लगाउने अभिभावकहरुलाई सामाजिकि कार्वाही गर्नका लागि बालबालीका विद्यालय नपठाउने अभिभावकहरुलाई विद्यालय, गाविस र गाविसमा रहेका अन्य संघसस्थाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा नदिने नियम बनाइएको जानकारी दिए । अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती निमित्त स्थानिय विकास अधिकारी ओमदत्त रेग्मीले कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जानबाट वञ्चित बालबालीकाहरुलाई विद्यालय सेवा क्षेत्रभित्र ल्याउनका लागि अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा कार्यक्रमले सहयोग पुर्‍याउने बताए । उनले सरकारले माध्यामिक तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य अघि सारेको भएपन उक्त लक्ष्यमा पुग्न केही समय लाग्ने भएकाले गाउँ शिक्षा समितिको सक्रियतामा गाविसलाई आधारभुत तहसम्म भएपनि अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणाले सरकारको उक्त लक्ष्यमा पुग्नलाई समेत मद्यत पुग्ने बताए । जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा भएपछि आधारभुत तहसम्म पढ्नका लागि कुनै पनि बालबालीकाहरुले आर्थिक समस्याले नछेक्ने बताए । नेकपा एमाले सुर्खेतका उपाध्यक्ष शीवप्रसाद उपाध्यायले अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक घोषणा गरेर मात्रै नहुने भन्दै यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले नियमित रुपमा अनुगमन गर्न पन गाउँ शिक्षा समितिलाई सुझाव दिए । घोषणा कार्यक्रम अघि लाटीकोइली गाविसमा रहेका विभिन्न विद्यालयहरुले झाँकीसहित र्‍याली निकालेका थिए । कार्यक्रम गाउँ शिक्षा समिति लाटीकोइलीका अध्यक्ष एवं गाविस सचिव नवराज थापाको सभापतित्वमा सम्पन्न भएको हो । यस अघि जिल्लाका चार वटा गाविसलाई आधारभुत तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिसकिएको छ । 

अबदेखि शुक्रवारपनि ४ बजेसम्म पढाई

सुर्खेतका सामुदायिक विद्यालयहरुमा अबदेखि अन्य बारजस्तै शुक्रबारपनि अपरान्ह ४ बजेसम्म पढाउनुपर्ने भएको छ । यसअघि विद्यालयहरुमा शुक्रवार दिउ“सो १ बजेसम्म पढाइने गरिन्थ्यो । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका प्रधानाध्यापकहरुले अबदेखि शुक्रबारपनि अपरान्ह ४ बजेसम्म पढाउनुपर्ने र वर्षमा कम्तीमा २ सय २० दिन अनिवार्यरुपमा विद्यालय खोल्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । जिल्लाको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि यस्तो व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अबदेखि जिल्लाका सामुदायिक विद्यालयले वर्षमा २ सय २० दिन अनिवार्य रुपमा पढाउनु पर्नेछ भने शुक्रबार पनि चार बजेपछि मात्र विदा हुनेछ ।
जिल्ला शिक्षा कार्यालयको पहलमा तीन वटै निर्वाचन क्षेत्रमा सम्पन्न प्रधानाध्यापकहरुको भेलाले जिल्लामा शिक्षाको गुणस्तर बृद्धिका लागि विभिन्न २६ ब“ुदे प्रस्तावहरु समेत पारित गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले जानकारी दिएका छन् । अबदेखि विद्यालयमा शुक्रबारपनि चार बजेसम्म पढाई हुने भन्दै उपाध्यायले भने, ‘हामीले नया“ व्यवस्था गरेका छौं, यसले विद्यार्थीको ज्ञानलाई थप विस्तार गर्ने छ ।’ उनका अनुसार यो नियम लागू नगर्ने विद्यालयलाई कारवाही समेत गरिने छ । यस्तै स्थानीयरुपमा गरिने विदा र सार्वजनिक विदालाई पनि कटौती गरेर विद्यालयहरु संचालन गर्न प्रअहरु सहमत भएको उनको भनाइ छ । विभिन्न वहानामा विद्यालयहरु वर्षमा केही दिन मात्र खुल्ने गरेको भन्दै उनले भने, ‘अब हरेक विद्यालयले वर्षमा कम्तीमा पनि २ सय २० दिन पढाउनु पर्नेछ ।’
    यस्तै विद्यालयले नक्कली विद्यार्थी देखाएर रकम लिने परिपाटीको अन्त्य गर्नका लागि अब विद्यार्थीको फोटोसहितको विवरण शिक्षा कार्यालयमा पेश गर्नुपर्ने भएको छ । जिल्लाका प्रधानाध्यापक तथा शिक्षकका संघसंगठनहरुले समेत यसमा प्रतिवद्धता जनाएकाले यो पूर्णरुपमा लागू हुने शिक्षा कार्यालयको विश्वास छ । त्यसैगरी यस वर्षदेखि कक्षा १ देखि ९ सम्मको परीक्षा एसएलसी सम्पन्न भएपछि मात्र संचालन गरिने छ । एसएलसीभन्दा पहिले परीक्षा संचालन गर्दा विद्यार्थीहरु दुई महिनासम्म खाली बस्ने भएकाले यस्तो निर्णय गरिएको प्रअहरुले बताए । भेलाले अबदेखि अनिवार्य रुपमा शिक्षकहरुले पाठ योजना बनाएर मात्र कक्षामा जाने, विद्यार्थी र शिक्षकहरुले आचारसंहिताको पालना गर्ने तथा विद्यालयले दिने सेवा सुविधाको बारेमा जानकारी दिन सबै विद्यालयहरुमा नागरिक वडापत्र राख्ने निर्णयसमेत गरेको छ । विद्यालयमा हुने आर्थिक अनियमिततालाई रोक्न सामाजिक लेखापरीक्षण गर्ने, उच्च माविहरुमा तत्काल २ जना पूर्णकालीन शिक्षकहरु नियुक्त गर्नेलगायतका निर्णयहरु गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
    पहिलो चरण सामुदायिक विद्यालयहरुका लागि मात्र यस्तो व्यवस्था गरिएको भन्दै जिल्ला शिक्षा अधिकारी उपाध्यायले भने, ‘केही दिनमा नै हामीले निजी विद्यालयहरुसंग छलफल गर्ने तयारी गरेका छौं, निजी विद्यालयहरुमा समेत यो व्यवस्था लागू हुनेछ ।’ सबैको सामूहिक प्रयासले मात्र जिल्लाको शैक्षिक विकास हुने भन्दै उनले निर्णय कार्यान्वयन गर्नका लागि अनुगमनलाई कडाई गरिने बताए । शिक्षा कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ को प्रअहरुको भेला उच्च मावि मेहेलकुनामा, क्षेत्र नं २ को उच्च मावि नेवारेमा र क्षेत्र नं ३ को उच्च मावि बावियाचौरमा सम्पन्न भएको थियो ।

दुई बालबालीकालाई विद्यालय भर्ना

लाटीकोइली गाउँ विकास समितिलाई अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा कार्यक्रममा कमजोर आर्थिक अवस्थाका कारण पढ्नबाट वञ्चित दुई बालबालीकालाई विद्यालय भर्ना गरिएको छ । लाटीकोइली गाविस ३ मनिकापुरका लक्ष्मण विसी र शोभा विसीलाई मंगलबार पुष्पबाटिका प्राथमिक विद्यालय मनिकापुरमा भर्ना गरिएको हो ।  
घरको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित ९ वर्षिय लक्ष्मणलाई कक्षा दुईमा र उनकी ५ वर्षिया वहिनी शोभालाई कक्षा एक मा भर्ना गरिएको हो । उनीहरुलाई किताव र विद्यालय पोशाक समेत प्रदान गरिएको छ । विद्यालयमा भर्ना भएपछि खुसी हुँदै लक्ष्मणले भने, ‘अब म धेरै पढेर डाक्टर बन्छु ।’ उनले पहिले आफ्ना साथीहरु स्कुल जादा आफूलाई पनि विद्यालय जान मन लागे पनि विद्यालयमा भर्ना हुन, कापी किताब तथा स्कुल ड्रेस किन्नलाई  समेत पैसा नपुगेपछि पढ्ने रहर मनमै सिमित भएको बताए ।  उनले अब नियमित विद्यालय आएर मेहेनत गरेर पढ्ने बताए । लम्मणकी बहीनि शोभाले पनि आफूले धेरै पढेर ठुलो मान्छे बन्ने बताईन । लक्ष्मण र शोभाकी आमा विना विसीले घरमा दुई छाक टार्नकै लागि समस्या हुन थालेपछि छोराछोरीलाई विद्यालयमा भर्ना गर्न नसकिएको बताईन् । उनले आर्थिक अभावका कारण परिवारनै कहिले भारतमा बस्ने र कहिले सुर्खेतमा बस्ने गरेको जनाईन् । उनले अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिएपछि आफ्ना छोराछोरीले पनि पढ्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले अब आफूले एक छाक खाएर भएपनि छोराछोरीहरुलाई पढाउने बताईन् । 

 नेपाल कम्यूनिष्ट पार्टी (एमाले) 
जिल्ला कमिटी, सुखर्ेत
मिति : २०६८/८/२९
विष्ाय : प्रेस विज्ञप्ति ।


नेकपा एमाले सुखर्ेतको प्रथम जिल्ला प्रतिनीधि परिष्ादको बैठक आज मिति २०६८ मंसिर २९ गते सम्पन्न भएको छ । एक भव्य समारोहबिच मंसिर २८ गते पार्टी पोलिट व्यूरो सदस्य प्रदिप ज्ञावलीले उद्दघाटन गनर्ुभएको कार्यत्रmम पश्चात दोस्रो चरण्ाको कार्यत्रmम बन्द सत्र आज बिहान ७ बजेदेखि शिक्ष्ाा क्याम्पस सुखर्ेतको सभाहलमा शुरु भएको थियो । पार्टी बैकल्पिक केन्द्रीय  सदस्य एवंम सभासद दलबहादुर सुनार को प्रमुख आतिथ्यतामा भएको उत्तm कार्यत्रmममा सभासद यामलाल कँडेल, भेरी अञ्चल कमिटी सचिव रत्नप्रसाद शर्मा, राष्टि्रय प्रतिनीधि परिष्ाद सदस्य बालक ृष्ण्ा वि.सी.ले बन्द सत्रको कार्यत्रmममा सम्बोधन गर्दै पार्टी केन्द्रले पार्टी एकतालार्इ बलियो बनाउने उदघोष्ा सहित सुरु गरेको तीन महिने संगठन सुद ृढिकरण्ा तथा जनपरिचालन अभियान सफल पार्न सम्पूर्ण्ा पार्टी पंत्तmि एकताबद्ध भर्इ जुटन आब्हान गनर्ुभएको थियो । बन्द सत्रको कार्यत्रmम संचालन सचिव गगन सिंह सुनारले, स्वागत उपाध्यक्ष्ा शिवप्रसाद उपाध्यायले र सभापतित्व अध्यक्ष्ा नवराज रावतले गनर्ुभएको थियो । बन्द सत्रले पारीत गरेका महत्वपूर्ण्ा निर्ण्ाय तथा प्रस्ताबहरु निम्नानुसार छन्‍ ।
ü जिल्ला कमिटी अध्यक्ष्ा नवराज रावतåारा प्रस्तुत आगामी कार्ययोजना सहितको राजनीतिक तथा साँगठनिक प्रतिबेदन सुभmाव सहित पारित गरिएको छ ।
ü पार्टी जिल्ला कमिटीको बाष्ािक लेखापरिक्ष्ाण्ा प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन आर्थिक विभाग प्रमुख ऋष्ाि गिरीåारा प्रस्तुत भर्इ पारित गरिएको छ ।
ü प्रस्तुत गरिएका प्रतिबेदन उपर ८ समूहमा विभाजन गरी सुभmाब संकलन गरिएको थियो ।समूहरुका तफबाट गंग बहादुर वली, गण्ोश बहादुर वली, सशि भट्टरार्इ, लालबहादुर शाही, नेत्रलाल महतरा, डि.पी उपाध्याय, यज्ञ ढकाल र खगेन्द्र चलाउने ले प्रतिबेदनहरु उपर सुभmाब प्रस्तुत गनर्ुभएको थियो ।ख पार्टी केन्द्रीय कमिटीले तत्काल सञ्चालन गर्न गर्इ रहेको ३ महिने संगठन सुद ृढिकरण्ा तथा जनपरिचालन अभियान अन्तरगतका कार्यत्रmमहरु आगामी कार्ययोजनासंग जोडेर तत्काल गाउँ स्तर सम्म प्रशिक्ष्ाण्ा तथा जनजागरण्ा अभियानको रुपमा संचालन गनर्े ।संगठन विभाग प्रमुख अम ृत वि.सी. åारा प्रस्तुत निम्नानुसारका प्रस्ताबहरु सर्व सहमतिले पारित गरिएको छ ।
Ø प्रथम जिल्ला प्रतिनीधि परिष्ाद बैठक सफल पार्न विभिन्न क्ष्ोत्रबाट योग्दान गनर्ुहुने सम्पूर्ण्ा दाजुभार्इ तथा दिदीबहिनीहरुमा लगायत प्रमुख अतिथि तथा अतिथिहरुमा धन्याबद व्यत्तm गर्दछौं ।
Ø जारी शान्ति प्रत्रिmयालार्इ तार्किक निस्कर्ष्ामा पुर्‍यार्इ नयाँ संविधान लेखन प्रत्रिmया पुरा गर्न प्रमुख राजनीतिक दलहरुवीच भएका पछिल्ला सहमति कार्यान्वयनमा इमान्दारीता देखाउँदै राष्टि्रय सहमतिको सरकार गठन तफ मुख्य राजनीतिक नेत ृत्वको ध्यानआर्कष्ाण्ा गर्दछौं । 
Ø पार्टी केन्द्रीय  नेताहरुले घोष्ाण्ाा गनर्ुभएको आन्तरिक पार्टी एकताको घोष्ाण्ाालार्इ व्यवहारमा कार्यान्वयन गर्न नेत ृत्व समक्ष्ा आब्हान गर्दछौं ।
Ø भेरी(बबर्इ ड्रार्इभर्सनबाट प्रभावित हुने क्ष्ोत्रका बासिन्दाहरुलार्इ उचित क्ष्ातिपूर्ति दिन र त्यस क्ष्ोत्रमा सिचार्इ सुविधा उपलब्ध गराउँन नेपाल सरकार समक्ष्ा जोडदार माग गर्दछौं ।
Ø सुखर्ेती किसानहरुले खेतीको समयमा रासायनिक मल नपाउँदा किसानहरुले क ृष्ाि उत्पादनमा घाटा व्यहोनर्ु परिरहेको छ । तसर्थ संबन्धित निकाय समक्ष्ा समयमानै आवश्यकता अनुसार रासायनिक मल उपलब्ध गराउन आब्हान गर्दछौं ।
Ø सुखर्ेतको पश्चिम लगाम उच्च माविका प्र.अ. र वि.व्य.स. अध्यक्ष्ाको मिलोमतोमा उत्तm विद्यालयका अनेरास्ववियु प्रा.क. अध्यक्ष्ा खड्‍ग बहादुर थापा, सदस्यहरु अञ्जना वि.क., कलम बहादुर थापा, दिपक थापा माथी गरिएको कुटपिटको घटनाप्रति भत्र्सना गर्दै दोष्ािमाथी कार्वाहि गर्न सम्बन्धीत निकाय समक्ष्ा आब्हान गर्दछौं ।



हार्दिक अभिवादन सहित,...............................................


टेकेन्द्र बस्नेत
(प्रचार विभाग प्रमुख)