Tuesday, June 5, 2012

महिलालाई भारत लैजान मोवाइलबाट प्रेमको नाटक 
सुर्खेत, २३ जेष्ठ ।
दलालहरुले चेलीबेटी बेचबिखनका लागि मोवाइल फोनको समेत सहयोग लिने गरेको पाइएको छ । नचिनेका महिलासंग मोबाइल मार्फत सम्पर्क बढाएर प्रेमजालमा पार्ने र विहेका लागि बेलाएर भारत लैजाने गरेको पाइएको माइती नेपालले जनाएको छ । तीनदिन अघि मोवाइलमै मायाजालमा परेकी दैलेखकी एक महिला (नाम गोप्य) सुर्खेतसम्म आइन भने बुटवलका केटा उनलाई लिन सुर्खेतसम्म पुगे ।
नेपालगन्ज हु“दै रुपैडियासम्म जानेक्रममा माइती नेपाल र नेपाल प्रहरीले सीमामा महिलालाई रोकेर सोधपुछ गरेपछि मोवाइलबाट भएको प्रेमको वास्तविकता खुल्यो ।नेपालगन्जबाट भारततर्फ जानेक्रममा केटा अगाडी नै सीमा पार गरिसकेका कारण्ँ उनी पक्राउ परेनन् । महिलास“ग ती युवकको मोबाइल नम्बर मात्र छ ।

घटनापछि पनि सम्पर्कमा नआएका कारण्ँ ती यूवक मानव वेचविखनमा सकृय दलाल हुन सक्ने अनुमान माइती नेपालले गरेको छ । दैलेखकी ती महिलालाई घर फर्काउने तयारी भइरहेको माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिए ।
घरमा श्रीमान र सन्तान भएकी दैलेखकी ती महिलाले बुटवल घर बताउने युवकस“ग मोबाईल मार्फत चिनजान भएको र उसैस“ग जानका लागि घर परिवार छाडेर आएको बताएकी छिन् । उनले भनिन् ‘केटाले म तिमिविना बा“च्न सक्दिन, आउ विहे गरौंला भन्यो अनि मत उसैस“ग जान घर र श्रीमान छोडेर हिंडे ।’ यसअघि पनि सल्यानकी एक युवती मोवाइलमा प्रेममा परेर विवाहका लागि भन्दै नेपालगन्जसम्म पुगेको घटनाले चर्चा पाएको थियो ।
उनलाई पनि दलालले बेचबिखनका लागि सीमापार गराउने क्रममा उद्धार गरिएको थियो । माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले पछिल्लो समय मानव बेचविखनको स्वरुपमा परिवर्तन भएको बताए । मोवाइललाई दलालहरुले बेचखिनका लागि साधन बनाएको पाइएको बताउँदै कोइरालाले विवाहिता महिला यस्तोमा बढि नै फस्ने गरेको पाइएको जानकारी दिए ।

Monday, June 4, 2012

दलका कार्यालयमा सुकुम्बासीहरुको बास
हिमा उपाध्याय
सुर्खेत २२ जेष्ठ ।

गत सातादेखि दलका कार्यालय घेराउ गर्दै आएका सुर्खेतका तीन प्रमुख दलहरुका कार्यालयमा सुकुम्बासहरु बसेका छन् । सोमबारदेखि उनीहरु आफ्ना सरसामान सहित दलहरुका कार्यालयमा आई बसेका छन् ।
सुकुम्बासिहरु मुख्यदलहरु एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा बसेका हुन् । अन्य दलहरु भने सुकुम्बासिको मागहरुप्रति सकरात्मक भएको बताइएको छ ।
सुकुम्वासिहरुले नगरपालिकाले वीरेन्द्रनगरपालीका–९ नौलापूर र मिलडा“डामा रहेका सुकुम्बासीको बस्तिलाई विकल्पविना उठाउन नहुने भन्दै विभिन्न संघर्ष गर्दै आएका छन् ।
नगरपालिकाले गरेको यो निर्णय फिर्ता लिन माग गर्दै उनीहरुले दलका नेताहरुले आफुहरुको समस्यामा ध्यान नदिएको भन्दै उनीहरुले केही दिन देखि दलका कार्यालयमा धर्ना दिँदै आएका थिए । निरन्तर धर्ना दिंदा समेत दलका नेताहरुले समस्या समाधानको लागि कुनै पनि निष्कर्ष ननिकालेकोले र आफुहरुसंग कुनै छलफल समेत नगरेको बताएका छन् ।
सोमबारदेखि आफुहरु दलका कार्यालयमा नै बसेको राष्ट्रिय भूमिअधिकार मञ्च सुर्खेतका सचिव राजेन्द्र शर्माले वताए । सोमबार वेलुका देखि नै सुकुम्बासीहरु दलका कार्यालयमा खाना पकाउन सुरु गरेका थिए । ‘आफुहरुलाई अन्य कुनै स्थानमा बस्ने व्यवस्थापनि नगर्ने बसेको स्थानबाट पनि उठाउने कहा गएर बस्ने त्यही भएर दलका कार्यालयमा बस्न आएका हो’ उनीहरुका भनाई छ । उनीहरुले आफुहरु बर्षौ देखि सोही स्थानमा बसोबास गरेको दावि समेत गरेका छन् ।
मिलडा“डाको सुकुम्बासीबस्ति रहेको स्थानमा सिटि बसपार्क निर्माण गर्ने वेलासम्म हाललाई अस्थायी रुपमा बसपार्कको रुपमा प्रयोग गरिने नगरपालिकाले बताएको छ ।
यो जमिन विश्वविद्यालयका नाममा दर्ता समेत भइसकेकोले त्यस स्थानबाट सुकुम्बासीहरुलाई उठाउनुपर्ने बाध्यता रहेको नगरपालिकाले बताएको छ ।
सुकुम्वासीहरुलाई स्थानीय केही व्यक्तिहरुले सहयोग गरेका छन् । टोपबहादुर शाही, छत्र वडुवाल लगायतका व्यक्तिहरुले उनीहरुलाई तरकारी पानी लगायतको सामाग्री तथा दैनिक उपभोग्यको सहयोग गरेका हुन् ।

वादी समुदाय सरकारी सुविधाबाट बंचित
सुर्खेत, २१ जेष्ठ ।
सुर्खेतमा विभिन्न स्थानमा बसोबास गरेकावादी समुदायहरु प्राकृतिक रुपमा जोखिपूर्ण स्थानमा बसोबास गर्ने गरेको र उनीहरुको नाममाकहींपनि खेतीयोग्यजग्गा नभएको पाईएको एक कार्यक्रममा जानकारी दिईएको छ ।
जिल्ला विकास समितिको सहयोगमा जिल्ला वादी अधिकार संघर्ष समितिले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको वादी समुदायका सवालहरु विषयक परामर्श बैठकमा यस्तो जानकारी दिईएको हो ।
जिल्ला विकास समितिको सहयोगमा संघर्ष समितिले जिल्लाका सबै गाविसमा अनुगमनपछि तयार गरी प्रस्तुत गरिएको कार्यपत्रमा वादी वस्तीहरु प्राकृतिक रुपमा जोखिमपूर्ण स्थानमा बसोबास गरेको भेटिएको हो । वादीहरुको वस्ती वन, खोला, नदीको किनारा तथा अन्य समूदाय भन्दा टाढाको स्थानमा रहेको छ ।
लाटीकोइली, साटाखानी, मैनतडा, घुमखहरे, मालारानी, राकम, छिन्चु लगायतका गाविसका नदिकिनारा, खोलाकिनारामा बसोबास गर्दै आएकावादी समुदायको नाममा जग्गा नभएको कार्यपत्रमा उल्लेख छ । यहाँ बसोबास गरेकावादी समूदायले सरकारी वेवास्ताका कारण मानवले पाउने विभिन्न सुविधावाट बञ्चितभएको, सरकारले दिने सुविधापनि स्थानीय क्षेत्रमा कार्यान्वयन नभएको, वेरोजगारीको कारणले युवाहरु विदेशिनु परेको लगायतका सवालहरु पहिचान भएको कार्यपत्रमा जनाइएको छ ।
कार्यपत्रका अनुसार अन्य पहिचान भएका सवालहरुमा अन्तरजातीय विवाहगर्दा यस समूदायका यूवतीहरु अपहेलित भएको, सरकारले सो समूदायलाई आरक्षणको व्यवस्था गरेपनि कार्यान्वयनमा नआएकोले युवायुवतीहरु रोजगारबाट बञ्चित भएको, जातीय भेदभावमा कमी नआएको, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रबाट पछाडि परेको, स्थानीय स्तरमा यस समूदायलाई बजेट नछुट्याइने गरेको परम्परागत पेशा, सीपलाई व्यवस्थापन गर्न नसकिएको, यस समूदायका महिलामा पाठेघर खस्ने समस्या भएको, वालवालिकाहरु प्रावितहमानै पढाई छाड्ने लगायतका समस्याहरु पहिचान भएका छन् ।

सिटी हल निर्माण प्रतिनीधि टोली राजधानीमा
एक दशकको प्रयास सफल हुने आशा

दीपक बुढा
सुर्खेत, २१ जेष्ठ ।
सुर्खेतमा सिटी हल (सभा गृह) निर्माण टोली राजधानी गएको छ । सभागृह निर्माण समितिका संयोजकको नेतृत्वका प्रतिनीधिमूलक टोली शुक्रबार राजधानी गएको हो । सभागृह निर्माण राष्ट्रिय योजनामा पारी बजेट विनियोजन गराउन दवाफ दिने उद्देश्यले प्रतिनीधिमूलक टोली राजधानी पुगेको हो । समन्वयका लागि पहिलो पटक प्रतिनीधि मण्डलको टोली राजधानी पुगेपछि एक दशक देखिको प्रयासले सार्थकता पाउनेमा आशा जगाएको छ ।
टोलीले आइतबारदेखि भेटघाट सहित लागत स्टिमेटको कार्ययोजना पेश गर्ने काम सुरु गरेको छ । पहिलो चरणमा आईतबार सुर्खेतका पूर्व सभासदहरुसंग भेटघाट गरिएको निर्माण समितिका संयोजक टिकराम चपाईले जानकारी दिए । भेटघाट तथा छलफलमा सुर्खेतमा क्षेत्रीय स्तरको सभागृह निर्माणका लागि पलह गर्ने पूर्वसभासदहरुले प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, शहरी विकास विभाग, स्थानीय विकास मन्त्रालय सहित महत्वपूर्ण मन्त्रालयमा पुगि मन्त्री तथा सचिवज्यूहरुसंग छलफल सहित अवधारणा पत्र पेश गर्ने योजना रहेको संयोजक चपाईले टेलिफोन सम्पर्कमा जानकारी दिए ।

सात सदस्यीय प्रतिनीधि मण्डल टोलीमा जिल्ला विकास समिति सुर्खेतका इन्जिनियर ओमदत्त रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका प्रशासन तथा सामाजिक शाखा अधिकृत प्रकाश पौडेल, सुर्खेत उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गणेश खरेल, एनेकपा माओवादी नगर इन्चार्ज गंगाराम तिमिलसेना, नेकपा एमाले नगर कमिटी अध्यक्ष पूर्णप्रसाद पौडेल, नेपाली काँग्रेस नगर कमिटी सभापति देवकुमार सुवेदी सहितको टोली राजधानी पुगेको छ ।
उपत्यका नगर विकास समिति सुर्खेतले २०५८ साल मंसिर २२ गते निर्णय गरी सभागृह निर्माणका लागि वीरेन्द्रनगर–६ बुद्धपथको ३ विगाह ५ कठ्ठा सवा चारधुर जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । एक हजार दुई सय सिट क्षमताको सभागृह निर्माणको लागि करिव साढे २६ करोड रुपैया लाग्ने अनुमान गरिएको छ । त्यसमा एक हजार, दुई सय र ५० सिट क्षमताका थप तीनवटा हल निर्माण हुनेछन् । सभागृह परिसरमा एक सय कार, पाँच सय मोटरसाईकल पार्किङ गर्न मिल्ने योजना बनाईएको संयोजक चपाईले बताए ।
सभागृह निर्माण्ँका लागि दोस्रो सुर्खेत महोत्सवाट १० लाख, वीरेन्द्रनगर नगरपालिकाबाट ६ लाख, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवबाट ५१ हजार र जिल्ला विकास समितिबाट दुई लाख रुपैयाँ रकम संकलन भैसकेको छ ।
सभागृह निर्माणका लागि छुट्टयाईउको क्षेत्र नजिकै बुद्धपथ बाटोदेखि पश्चिम, राममन्दीरदेखि उत्तरपूर्व र पुरानो जिल्ला अस्पतालदेखि दक्षिण पट्टीको एक विघा ९ कठ्ठा जग्गा २०६५ फागुन १६ गते मन्त्रि परिषदबाट निर्णयबाट आँखा अस्पताल निर्माण गर्न छुट्टयाईएको छ ।
सभागृह निर्माणका लागि छुट्टयाईएको जग्गामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो कार्यालय बनाउन पाउनुपर्ने भन्दै उपत्यका नगर विकास समितिमा निवेदन पेश गरेको थियो । हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान सुरक्षाका दृष्ट्रिले अनुपयुक्त भएको भन्दै सभागृह निर्माण स्थल आफुले पाउनुपर्ने तर्क सहित नगर विकास समितिमा निवेदन दिएको हो ।
प्रहरीले जग्गा मागेको भन्दै नगर विकास समितिले नक्सा छुट्टयाउन अटेर गरेपछि निर्माण कार्य अवरुद्ध भएको छ । निर्माण समितिले माघ २६ गते काठमाडौंको मेनिङ कन्सल्टेन्ट प्रा.लि.संग नक्सा डिजाईन र डिटेल स्टिमेटको लागि सम्झौता गरेको छ । प्रहरीले अवरोध सृजना गरेपछि निर्माण समितिले जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुवीचमा छलफल कार्यक्रम सम्पन्न गरेको थियो । जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुले सभागृह निर्माणका लागि छुट्टयाईएको स्थल उपयुक्त भएकाले त्यसको नक्सा छुट्टयाउन उपत्यका नगर विकास समितिसंग आग्रह गर्ने निर्णय गरेको थियो । प्रहरीले गरेको हस्तक्षेपको सम्पूर्ण राजनीतिक दलहरुले विरोध जनाएका छन् ।

Sunday, June 3, 2012

माईलस्टोन प्रचार टोली सुर्खेतमा
दीपक बुढा
सुर्खेत, २१ जेष्ठ ।

माईलस्टोन इन्टरनेशनल कलेज बालकुमारी ललितपुरको प्रचार टोलीले सुर्खेतका विभिन्न बौद्धिक व्यक्तित्वहरुसंग भेटघाट गरेको छ । कलेजको लक्ष्य, उद्देश्य, सेवा सुविधाका बारेमा जानकारी गराउने उद्देश्यले कलेजको टोली सुर्खेत आएको हो ।
कलेजका कार्यकारी प्राचार्य केदारनाथ पौडेलको नेतृत्वमा कलेजकै दीपक वस्याल, युुगदेव सिग्देल सहितको टोलीले सुर्खेतमा आफ्नो कलेजका बारेमा प्रचार प्रसार गरेको छ । दाङ, पोखरा, पाल्पा र रुपन्देहीमा कलेजको प्रचार प्रसार गरिएको जनाईएको छ ।
शिक्षाविद्ध एवंम राजनीतिज्ञ डा. विजय पौडेलको नेतृत्व र नेपालका बाँदर विशेषज्ञ एवंम बैज्ञानिक डा.मुकेशकुमार चालिसे मानार्थ प्राचार्य रहेको माईलस्टोन कलेजले आफ्नै सुविधा सम्पन्न भवन मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कार्यकारी प्राचार्य केदारनाथ पौडेलले बताए ।
सुर्खेत बसाईको क्रममा जिल्ला विभिन्न निजी तथा आवासीय विद्यालय, सामुदायिक विद्यालय, व्रिज कोर्ष संचालन भएका इन्स्च्यूटहरुमा विद्यार्थी तथा अभिभावकहरुसंग भेटघाट गरी कलेजको बारेमा जानकारी गराईएको थियो ।
काठमाण्डौ भ्यालीका उत्कृष्ठ शिक्षकहरुबाट सञ्चालित कलेजले सरकारी विद्यालयबाट भर्ना हुने विद्यार्थीलाई छुट्टै अंग्रेजी कक्षाको व्यवस्था गरिने जानकारी दिए । उच्च माविमा साईनस, म्यानेजमेन्ट, हयूमानिटिज विषयको कक्षा र स्नातक तहमा वि.वि.ए, वि.वि.एस, वि.एन.एम तहका कक्षाहरु संचालन भैरहेको जनाईएको छ । वि.आई.एम र वि.ई कक्षा संचालनको तयारी रहेको कार्यकारी प्राचार्य केदारनाथ पौडेलले जानकारी दिए ।
कलेजमा ९० प्रतिशत भन्दाबढी अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीलाई होस्टेल सहितको सम्पूर्ण शुल्क मिनाह गरिने तथा विशिष्ट श्रेणिमा उत्तीर्ण हुने विद्यार्थीलाई प्रतिशतका आधारमा छात्रवृत्ति प्रदान गर्दै जाने कलेजका सुर्खेत प्रतिनीधि गणेश सापकोटाले जानकारी दिए । माईलस्टोन ग्रुप अफ कम्पनीद्धारा संचालित माईलस्टोन इन्टरनेशनल कलेज र रिज हस्पिटल म्यानेजमेन्ट कलेजको बारेमा प्रचार प्रसार गरिएको छ ।

Friday, June 1, 2012

उच्च माविमा पहिलो महिला प्राचार्य
हिमा उपाध्याय
सुर्खेत, १९ जेष्ठ ।

जिल्लामा पहिलो पटक उच्च माविको नेतृत्व महिलालाई दिईएको छ । भैरव उच्च मावि वीरेन्द्रनगरको प्राचार्यमा भुमिसरा चपाईलाई नियुक्त गरिएको छ । प्राचार्य छनोट समितिको सिफारिस, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिको सल्लाहमा जिल्ला शिक्षा कार्यालय सुर्खेतले चपाईलाई प्राचार्य नियुक्त गरेको हो ।
जिल्लाका ४२ वटा उच्च माविहरुमा महिला प्राचार्य नियुक्ति पहिलो भएको जनाईएको छ । जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले महिलाको नेतृत्वमा संचालन भएका विद्यालयहरु सफल हुँदै गएको बताए ।
lल्लामा संचालित पाँच सय १७ भन्दाबढी विद्यालयहरुमा थोरै विद्यालयमा मात्रै महिलाहरुले नेतृत्व गरेका छन् । चपाईलाई पाँच बर्षका लागि प्राचार्य पदमा नियुक्ति दिईएको छ । सुर्यप्रकाश उच्च मावि विद्यालयबाट शिक्षण प्रारम्भ गरेका प्राचार्य चपाईले नेराप्रावि तोक्मा, नेराप्रावि सिमलगैरा आग्रीगाउँ, जनज्योति उच्च मावि वड्डीचौर, खाँडदेवी उच्च मावि चौरासे, जनसेवा उच्च मावि घुस्रा र उच्च मावि वीरेन्द्रनगरमा शिक्षण गरेका थिए ।
शिक्षाशास्त्रमा स्नातकोत्तर तह उर्तिण गरेका प्राचार्य चपाईले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । ‘अभिभावक, विद्यार्थी, शिक्षक स्टार्फ साथीहरुसंग समन्वय गरी विद्यालयमा गुणस्तर, सिकाई उपलब्धी बढाउने काम गर्नेछु’–प्राचार्य चपाईले भने ‘आफ्नो कार्यकालमा विद्यालयलाई जिल्लामै नमूना बनाउँछु ।’
सामुदायिक विद्यालयतिर अभिभावकको आक्रर्षण तथा अभिभावकको चाहन पुरा गर्न अंग्रेजी माध्यमबाट शिक्षण गराउने, विद्यालयमा विद्यार्थीलाई टिकाई राख्ने आफ्नो कार्ययोजना रहेको बताईन । पूर्णदेवी भट्टको नेतृत्वमा स्थापना भएको भैरव उच्च मावि विद्यालय कन्या विद्यालयको नामले सुरुवात भएको थियो । २०१४ सालमा विद्यालय स्थापना भएको थियो । उच्च माविमा ८ जना महिला शिक्षक रहेका छन् । छात्रहरु भन्दा छात्राहरुको संख्या बढी रहेको जनाईएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्यायले विशेष गरी महिला शिक्षक प्र.अ. भएको ठाउँमा रचनात्मक काम गर्नुपर्छ भन्ने ढंगले रचनात्मक कार्य गरेको बताए । ‘केही गरेर देखाउनुपर्छ भन्ने प्रयासहरु भएका छन् । महिला शिक्षकको योग्यता र क्षमताको मूल्याङकन गरी प्र.अ.मा नियुक्ति गर्नुपर्छ’–अध्यक्ष उपाध्याले सबैकावीचमा छलफल सम्वादका माध्यमबाट महिला प्र.अ. को संख्या बढाउन आवश्यक रहेको बताए ।
यस अघि जन उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगरमा महिला शिक्षिका लक्ष्मि खड्कालाई समेत प्राचार्य बनाउने प्रयास भएको थियो ।अन्तः आन्तरिक खिचातानीका कारण निमित्त प्राचार्यको जिम्मेवारी सम्हाल्दै आएका खड्का प्राचार्य बनाईएन् ।
झुप्राको मुहानमै पानी सुकेपछि समस्या
हिमा उपाध्याय
सुर्खेत, १९ जेष्ठ ।
झुप्रा वृहत खानेपानीको मुहानमै पानी सुकेपछि उपत्यकामा पानी वितरणमा समस्या आएको छ । झुप्राको मुहानबाट गतवर्षमा प्रतिसेकेण्ड ४७ लिटर पानी आएकोमा हाल यो घटेर ४० लिटर प्रतिसेकेण्डमा झरेको छ । उपत्यकाका सबै वडाहरुका लागि वनाइएको यो खानेपानी योजनाबाट हाल आएर सबै स्थानहरुमा पुग्ने गरी पानीको वितरण हुन सकेको छैन् ।
झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुर्खेतका सव–इन्जिनिएर बालाराम तिवारीको नेतृत्वमा पत्रकारहरुको टोलीले मुहानको अनुगमन समेत गरेको छ । उपभोक्ताहरुले पानी नआएको भन्दै आक्रोसित भएपछि समितिले पत्रकार सहितको टोलीलाई मुहानको अनुगमन गराएको हो ।

मुहानमा पानीको बहाव घटेकोले मुहानमा राखेका दुई वटा ग्रेट च्याम्बर मध्ये एउटामा मात्रै पानी खसालिएको छ । हालसम्ममा पनि मुहानमा रहेका च्याम्बरहरु खुला अवस्थामा रहेका छन् । यी च्याम्बरहरुको यो आर्थिक बर्ष भित्रैमा तारजाली लगाउने प्रक्रियामा रहेको इन्जिनिएर तिवारीले बताए । समितिलेले हालै उपत्यकामा पानी वितरण गर्नका लागि सहज हुने योजना सञ्चालन गर्न नसकिने भएपछि निर्माणाधिन रिजर्ववायरहरु सञ्चालनमा ल्याएर पानी जम्मा गरी केही हदसम्म सममस्या समाधान गर्ने प्रयास थालेको छ ।
चार लाख लिटर (चार सय घनमिटर) का रिजर्ववायरहरु स्किम नं. ९ वीरेन्द्रनगर नगरपालीका ५ चिसापानीमा र स्किम नं. ८ खोर्केखोलामा निमार्ण भइहेका छन् । गत असार पाँच देखि सुरु भएको ९ स्किमको रिजर्ववायर निमार्ण कार्य पूरा भएको र अवको तीन चार दिनमा सञ्चालनमा आउने बताईको छ ।
साथै स्किम ८ को रिजर्ववायर निर्माणको काम भने ७० प्रतिशत सम्पन्न भएको बताइएको छ । यी रिजर्ववायर सञ्चालनमा ल्यापछि भने ३६ घण्टामा एक घण्टाको दरमा पानी उपलब्ध गराउन सकिने बताइएको छ । यी रिजर्ववायरहरुमा झुप्राबाटै आएको पानी जम्मा गरेर र वीनपा–५ पूरै, ६ को बजारको पश्चिमपट्टि, लाटिकोइली र उत्तरगंगाको ८ नं. वडाहरुमा पानी वितरण गरिनेछ ।
यी क्षेत्रमा पानी वितरण गरिसकेपछि अन्य रिजर्वहरको पानी यो क्षेत्रमा खर्च गर्न नपर्ने र केही मात्रामा पानीको अभाव रोक्न सकिने इन्जिनिएर तिवारीको भनाई छ । यी रिजर्ववायर ट्याङ्की बनाएपछि यस्ता ट्याङ्कीको संख्या बीस पुगेको छ ।
हालै सम्पन्न हुनलागेका यी दुईवटा रिजर्ववायरका लागि खानेपानी विभागले छुट्टाछुट्टै ३५÷३५ लाख रकम उपलब्ध गराएको र यस मध्येमा पाँच लाख बराबरको फिटिङ् सामाग्रि पठाएको हो । अन्य रकम भने संस्थालेनै लागानी गरेको छ ।
हाल उपत्यकामा सरकारी कार्यालय सेना, प्रहरी वाहेक एक लाख ५० हजार उपभोक्ताका लागि १२ हजार धाराहरु जडान गरिएको छ । जडान गरेका धारहरुमध्ये करिब तीन सय धाराहरुमा पानी दुई महिना देखि पानी उपलब्ध हुन सकेको छैन् । खानेपानीका मुहानमा रहेको रतु र जर्वुटा गाविसका विभिन्न समुदायमा प्रत्येक घरमा निजि र सार्वजनिक रुपमा पानी ल्याइएको कारणले पनि मुहानको पानीमा संस्थाले जनाएको छ ।
उपत्यकाका केही स्थानहरुमा भने पानी नपुग्नुको कारण पाइपमा हावाको चाप बढेको र हावाले पूर्ण रुपमा पानी बन्द गरेको संस्थाले जनाएको छ । बृहतले आयोजनाको डिजाएन गर्दा उपत्यकाको जनसंख्या कम भएको र हाल यो संख्या बढेको कारण पनि समस्या उत्पन्न भएको छ । संस्थामा हाल १८ जना कर्मचारीहरुले काम गरिरहेका छन् । संस्थामा कर्मचारीको संख्यापनि घटाईएको बताइएको छ ।