Friday, September 20, 2013

दिपक बुढा
कोरियामा सुर्खेती संगठित
सुर्खेत, ४ असोज ।
रोजगारीका लागि कोरिया पुगेका सुर्खेती युवाहरु संगठित भएका छन् । सुर्खेतबाट कोरिया पुगेका युवाहरुको भेलाबसी लक्ष्मीप्रसाद ढकालको अध्यक्षतामा सुर्खेत कोरिया सम्पर्क समिति गठन गरिएको छ ।
सम्पर्क समितिको उपाध्याक्षमा नेत्रबहादुर चौधरी, सचिवमा ललित भुषाल, सहसचिव बिकाश मल्ल र कोषाध्यक्षमा लोकबहादुर कालुंग चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा बुद्धिराम चौधरी, हरी सिंह ठकुरी, जिवन पाण्डे,गोबिन्द ढकाल,प्रकश जोल्मी मगर, देनेश गौतम चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा गणेश अधिकारी, केशब शर्मा, नवराज योगी चयन भएका छन् ।

Thursday, September 19, 2013

आचार संहिताको उलंघन गर्दै स्वास्थ्य शिविर
सुर्खेत, ३ असोज ।
नेपाली काँग्रेसको सुवेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघले निर्वाचन आचारसंहितको उलंघन गर्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दैछ । निर्वाचनको मुखमा कुनै लक्षित कार्यक्रम संचालन गर्न नपाईने प्राव्धान रहेपनि स्वास्थ्यकर्मी संघले स्वास्थ्य शिविर संचालनको अन्तिम तयारीमा जुटेको छ ।
असोज ४ र ५ गते नेटा गाउँ विकास समितिको चारकुने उच्च माविमा निःशुल्क स्वास्थ्य शिरिव संचालनको अन्तिम तयारीमा जुटेको छ । स्वास्थ्य शिविरका लागि स्थानीय सम्पूर्ण व्यवस्थापन पुरा गरी शिविरका लागि विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली दशरमुकामदेखि कार्यक्रम स्थल तर्फ प्रस्थान गरेका छन् ।
संविधानसभा निर्वाचनको आचार संहिताले साउन ७ गते देखि सबै राजनीतिक दल, नागरिक समाज, संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, संचार माध्यमलाई समेत धेरै कुरामा नियन्त्रण गरेको छ । 

संविधान सभा सदस्य निर्वाचन आचार संहित २०७० को परिच्छेद ४ अनुसार राजनीतिक दलका पदाधिकारी र सदस्य वा कुनै पनि उम्मेदवारबाट कुनै नयाँ योजनाको शिलान्यास वा उद्घाटन गराउने र अन्य यस्तैकाम गराउनु हुँदैन ।
आफ्नो नामबाट कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार–प्रसार गर्नु वा गराउनु  हुँदैन, आफ्नो संस्थाको कुनै पनि श्रोत, साधन कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि उपलव्ध गराउनु हुँदैन । 

Friday, September 6, 2013

दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेतमा तीन दलको अवस्था यस्तो छ
क्षेत्र नम्बर १
१७ वटा गाविस रहेको यस क्षेत्रमा करिब ५१ हजार मतदाता छन्। अघिल्लो पटक एमाले उम्मेदवार ऋषिप्रसाद शर्मालाई नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा चुनावी अभियानको क्रममा हत्या गरिएपछि त्यसमा ‘प्रत्यक्ष संलग्न’ कांग्रेस उम्मेदवार लालबहादुर घलेलाई ६ हजार ४ सय ६९ मत अन्तरले ऋषि पत्नी कमला शर्माले विजय हासिल गरेकी थिइन्। यसपालि पनि कांग्रेसबाट हुने सम्भावित धाँधली, गुन्डागर्दीलाई रोक्न सक्दा एमालेले जित्न अप्ठ्यारो छैन। जेठ मसान्तसम्मको मतदाता नामावलीअनुसार सबैभन्दा बढी छिन्चुमा ६ हजार १ सय २९ मतदाता छन्। त्यसपछिको ठूलो मैनतडामा कांग्रेसको प्रभाव अलि बढी देखिन्छ। ३ हजार ५ सय ६६ मतदाता रहेको रामघाट, सोही संख्यामा रहेको गुमीमा एमाले अगाडि छ। ३ हजारभन्दा माथि मतदाता रहेका मेहलकुना, दहचौर, घुम्खरेमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। ४ हजार ७ सय ५४ मतदाता रहेको बारे र २ हजारभन्दा बढी मतदाता रहेको मालारानीमा एमाले निकै अगाडि देखिन्छ। एक हजारभन्दा धेरै मतदाता रहेका धारापानी र राकममा कांग्रेसको स्थिति निकै सुदृढ छ भने सोही अनुपातमा मतदाता रहेका खानीखोला, काप्रीचौर, डाँडाखाली, बोजेडीचौर, आग्री गाउँ र भोरेटामा एमालेलाई अरूले भेटाउने स्थिति छैन। एमाले र कांग्रेस नै यस क्षेत्रका मुख्य प्रतिस्पर्धी हुन्। यस क्षेत्रमा वैद्य माओवादी मैनतडा गाविसका केही वडामा भए पनि अन्य क्षेत्रमा प्रभाव छैन। एमाओवादी त झन् कमजोर छ। आन्तरिक व्यवस्थापन मजबुत बनाउँदै जनमतको सुरक्षा गर्नु यस क्षेत्रमा एमाले पंक्तिका लागि चुनौती मानिन्छ। एमालेबाट कमला शर्मा, डण्डी शर्मा, बालकृष्ण विसी र ध्रुव शाही चर्चामा रहेका उम्मेदवार हुन् भने कांग्रेसबाट ऋषिको हत्याको आरोप लागेकाले पूर्णबहादुर खड्काले त्यस क्षेत्रमा जाने हिम्मत नगर्ने भएकाले फेरि तिनै लालबहादुर घले उठ्ने सम्भावना छ।

Monday, September 2, 2013

एमालेले उम्मेदवारको टुङ्गो लगायो
प्रत्यक्ष ९ जना, समानुपातिकमा १९ जनाको नाम सिफारिस
सुर्खेत, १७ भदौं ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले दोस्रो संविधान सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । आइतबार र सोमबार बसेको जिल्ला कमिटी बैठकले क्षेत्रीय कमिटीबाट आएका उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएको छ ।

दोस्रो संविधान सभा निर्वाचनको समानुपातिक वा प्रत्यक्ष तर्फका सम्भाविता उम्मेदवारहरु आगामी स्थानीय निर्वाचनमा सहभागि हुन नपाउने एमाले केन्द्रीय कमिटीले नीति बनाएको छ । एमाले केन्द्रीय कमिटीले तोके अनुसार प्रत्यक्ष तर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला सहित तीन÷तीन जनाको टुङ्गो लगाएको छ । समानुपातिक तर्फ समावेशी सहित पाँच÷पाँच जना गरी सुर्खेतका तीन वटा निर्वाचन क्षेत्रबाट १५ जनाको सिफारिस गर्नुपर्नेमा कार्यकर्ताको भावना बुझ्दै समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

Sunday, September 1, 2013

एमाले सुर्खेतको बैठक जारीक्षेत्र नं. १ मा कमला शर्मालाई उठाउने तयारी

सुर्खेत, १६ भदौं ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको बैठक जारी रहेको छ । तीन वटै निर्वाचन क्षेत्रबाट आएका सम्भावित उम्मेदवारको नामावलीका विषयमा आइतबारदेखि पार्टी कार्यालय ऋषि स्मृति भवनमा बैठक जारी रहेको छ ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतको अध्यक्षमा बैठक बसेको थियो । निर्वाचन क्षेत्र नं. २ र ३ वटा सिफारिस गरिएका नामावलीका सम्बन्धमा सर्वसम्मत जिल्ला कमिटिले अनुमोदन गरेको छ । क्षेत्र नं. १ को उम्मेदवार सिफारिसका विषयमा विवाद उत्पन्न भएपछि सोमबार विहान १० बजे पुनः बैठक डाकिएको छ ।
प्रतिस्पर्धी दल नेपाली काँग्रेसले पूर्णबहादुर खड्कालाई एक्लो प्रत्यक्ष उम्मेदवार सिफारिस गरेपछि नेकपा एमाले बृत्तमा चलाखी अपनाइएको छ । क्षेत्रीय कमिटी क्षेत्र नं. १ बाट आएको नामावलीका विषयमा जिल्ला कमिटीमा छलफल जारी रहेको जनाईएको छ ।

विपक्षि उम्मेवदारको आँकलन गर्दै प्रत्येक्षबाट सहिद ऋषिप्रसाद शर्मा
CPNUML
पत्नी एवंम निवर्तमान सभासद कमला शर्मालाई नै प्रत्यक्षमा उठाउनुपर्ने जिल्ला कमिटीमा आवाज उठेको छ । आइतबार क्षेत्र नं. १ का विषयमा टुङ्गो नलागेपछि सोमबार पुनः बैठक डाकिएको हो ।
जिल्ला कमिटीको बैठकले नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटीको निर्णय बमोजिम क्षेत्रको निर्णयलाइ जस्ताको तेस्तै निर्वाचन क्षेत्र नं. ३ बाट प्राथमिकता क्रम अनुसार नवराज रावत, डिलाराम गीरी र नन्दा गुरुङको नाम प्रत्यक्षबाट अञ्चलका लागि अनुमोदन गरेको छ भने उता निर्वाचन २ बाट पूर्व मेयर शिवप्रसाद उपाध्याय, पूर्व मन्त्री यामलाल कँडेल र अनिता कोइरालाको नाम अनुमोदन भएको छ ।
सोमबार बस्ने बैठकले  जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फको उम्मेदवारीका लागि केन्द्रीय कमिटीको निर्णय अनुसार ५÷५ जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले समानुपातिक उम्मेदवार पाँच पाँच जना सिफारिस माग्ने निर्णय गरेपछि नेकपा एमालेबाट सुर्खेतमा पनि युवा नेताहरुले समानुपातिकको उम्मेदवारमा आफ्नो नाम समेटन पाउने सम्भावना बढेको छ ।

Saturday, August 31, 2013

दैलेखमा एमाले उम्मेदवार
दैलेखमा पनि एमालेले क्षेत्र नं. १ बाट पार्टी अध्यक्ष अमर थापा र रविन्द्र शर्मा र क्षेत्र नं. २ बाट लक्ष्मी पोखरेल, विनोद शाह र राजबहादुर बुढालाई प्रत्येक्षमा सिफारिस गरेको छ भने, नेपाली काँग्रेसले सिफारिस गरिसकेको छैन । एनेकपा माओवादीको केन्द्रीय कमिटीले अध्ययन गरेर नाम लिएपनि अन्तिम टुङ्गो भने लाग्न सकेको छैन् ।

जाजरकोटमा एमाले उम्मेदवार
जाजरकोट क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ एमालेले डम्मर सिंह, निरज आचार्य र गंगादेवि रोकायलाई सिफारिस गरेको छ भने क्षेत्र नं. २ मा पूर्व जिविस सभापति कृष्णबहादुर विसी, लालबहादुर महतरा र कमला शाहीलाई क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । 
नेपाली काँग्रेस क्षेत्र नं. २ मा यज्ञबहादुर खत्री, दिपकजंग शाह, राजिवविक्रम शाहको सिफारिस गरिएको छ भने क्षेत्र नंं. १ को बैठक चलेपनि नाम टुङगो लागेको छैन ।  एनेकपा माओवादीको नामावली सिफारिसको काम अन्तिम तयारीमा रहेको जनाइएको छ ।