Saturday, September 21, 2013

तीन ठुला सहकारीको साधारणसभा
गंगामालाको कारोबार ८ करोड 
गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था छिन्चु सुर्खेतले गत आर्थिक बर्षमा ८ करोड ७० लाख ५१ हजार ९ सय ३२ रुपैयाँको कारोबार गरेको छ । संस्थाको गत आर्थिक बर्षको अन्तसम्म ४ करोड १७ लाख ६७ हजार ९ सय १९ कुल पुँजीमा ८ लाख शुद्ध नाफा गरेको जनाइएको छ ।
संस्थाको १६ औँ साधारणसभामा शनिबार उक्त जानकारी दिईएको हो । संस्थाको आफ्नै भवनमा आयोजित साधारणसभालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेड (नेफेस्कुन) का सञ्चालक दामोदर अधिकारीले उद्घाटन गरे । 
उद्घाटन पछि बोल्दै सञ्चालक अधिकारीले सहकारी संस्था सदस्यहरुलाई ऋण खुवाउने भन्दा पनि उनीहरुको फजुल खर्च कटौतीगरी बचत गर्ने बानीको विकास गर्ने माध्यम हुनुपर्ने बताए । उनले गंगामाला सहकारीले मध्यपश्चिममै नमूना र उत्कृष्ठ काम गरेको चर्चा गर्दै आगामी दिनहरुमा राष्ट्रकै नमूना सहकारीका रुपमा विकास गर्न सुझाव दिए ।
संस्थाले लघु वित्त र आयआर्जन मार्फत आर्थिक, समाजिक र नैतिक विकास गर्न अतुलनिय योगदान गरेको बताउँदै उनले कृषिलाई प्राथमिकता दिएर उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने अधिकारीले बताए । 
जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर वलीले सहकारीले गरेको कामको चर्चा गर्दै आगामी दिनहरुमा प्रगतिको कामना गरे । उनले आफ्ना कामलाई गुणस्तरियता हाँसिल गर्न उन्मुख गराउनतर्फ संस्था केन्द्रीत हुनुपर्ने बताए । संस्थाले साधारणसभामा ३१ जना जेहन्दार तथा उत्कृष्ठ विद्यार्थीहरुलाई पाँच सय रुपैँयाका दरले छात्रबृत्ति वितरण गरेको थियो । 

Friday, September 20, 2013

दिपक बुढा
आचार संहिता उलंघन रोक्न प्रहरीलाई निर्देशन
सुर्खेत, ४ असोज ।
निर्वाचन आचार संहिताको उलंघन गर्दै नेटामा संचालन शिविर रोक्न प्रहरीलाई निर्देशन दिईएको छ । शुक्रबार र शनिबार संचालनको योजना बनाईएको थियो । आचार संहिता उलंघनका विषयमा युगआव्हान दैनिक पत्रिकाले समाचार प्रकाशित गरेपछि अटेरी गर्दै आयोजकले पहिलो दिनको शिविर संचालन गरेका थिए ।
निर्वाचन आयोगबाट समेत कुनै प्रतिक्रिया नआएपछि तत्काल निःशुल्क स्वास्थ्य शिविर रोक्न प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जानकारी दिए । उनले भने ‘निर्वाचन आयोगमा जानकारी दिएको वा नदिएको हामी बुझदै थियौं तर निर्वाचन आयोगबाट समेत कुनै जानकारी नआएपछि शिविर रोक्न प्रहरी पठाई सकेका छौं ।’
निर्वाचन आचार संहिता २०७० को उलंघन गर्दै पहिलो दिन निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । दोस्रो दिनको शिविर रोकिएको छ । पहिलो दिनको समयमा सूचना नहुँदा समेत अटेर गरेर स्वास्थ्य शिविर संचालन गरिएको भएपनि दोस्रो दिनका लागि रोक्न आग्रह गरेको सुर्खेत निर्वाचन क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिए । 
दिपक बुढा
कोरियामा सुर्खेती संगठित
सुर्खेत, ४ असोज ।
रोजगारीका लागि कोरिया पुगेका सुर्खेती युवाहरु संगठित भएका छन् । सुर्खेतबाट कोरिया पुगेका युवाहरुको भेलाबसी लक्ष्मीप्रसाद ढकालको अध्यक्षतामा सुर्खेत कोरिया सम्पर्क समिति गठन गरिएको छ ।
सम्पर्क समितिको उपाध्याक्षमा नेत्रबहादुर चौधरी, सचिवमा ललित भुषाल, सहसचिव बिकाश मल्ल र कोषाध्यक्षमा लोकबहादुर कालुंग चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा बुद्धिराम चौधरी, हरी सिंह ठकुरी, जिवन पाण्डे,गोबिन्द ढकाल,प्रकश जोल्मी मगर, देनेश गौतम चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा गणेश अधिकारी, केशब शर्मा, नवराज योगी चयन भएका छन् ।

Thursday, September 19, 2013

आचार संहिताको उलंघन गर्दै स्वास्थ्य शिविर
सुर्खेत, ३ असोज ।
नेपाली काँग्रेसको सुवेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघले निर्वाचन आचारसंहितको उलंघन गर्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दैछ । निर्वाचनको मुखमा कुनै लक्षित कार्यक्रम संचालन गर्न नपाईने प्राव्धान रहेपनि स्वास्थ्यकर्मी संघले स्वास्थ्य शिविर संचालनको अन्तिम तयारीमा जुटेको छ ।
असोज ४ र ५ गते नेटा गाउँ विकास समितिको चारकुने उच्च माविमा निःशुल्क स्वास्थ्य शिरिव संचालनको अन्तिम तयारीमा जुटेको छ । स्वास्थ्य शिविरका लागि स्थानीय सम्पूर्ण व्यवस्थापन पुरा गरी शिविरका लागि विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली दशरमुकामदेखि कार्यक्रम स्थल तर्फ प्रस्थान गरेका छन् ।
संविधानसभा निर्वाचनको आचार संहिताले साउन ७ गते देखि सबै राजनीतिक दल, नागरिक समाज, संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, संचार माध्यमलाई समेत धेरै कुरामा नियन्त्रण गरेको छ । 

संविधान सभा सदस्य निर्वाचन आचार संहित २०७० को परिच्छेद ४ अनुसार राजनीतिक दलका पदाधिकारी र सदस्य वा कुनै पनि उम्मेदवारबाट कुनै नयाँ योजनाको शिलान्यास वा उद्घाटन गराउने र अन्य यस्तैकाम गराउनु हुँदैन ।
आफ्नो नामबाट कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार–प्रसार गर्नु वा गराउनु  हुँदैन, आफ्नो संस्थाको कुनै पनि श्रोत, साधन कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि उपलव्ध गराउनु हुँदैन । 

Friday, September 6, 2013

दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेतमा तीन दलको अवस्था यस्तो छ
क्षेत्र नम्बर १
१७ वटा गाविस रहेको यस क्षेत्रमा करिब ५१ हजार मतदाता छन्। अघिल्लो पटक एमाले उम्मेदवार ऋषिप्रसाद शर्मालाई नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा चुनावी अभियानको क्रममा हत्या गरिएपछि त्यसमा ‘प्रत्यक्ष संलग्न’ कांग्रेस उम्मेदवार लालबहादुर घलेलाई ६ हजार ४ सय ६९ मत अन्तरले ऋषि पत्नी कमला शर्माले विजय हासिल गरेकी थिइन्। यसपालि पनि कांग्रेसबाट हुने सम्भावित धाँधली, गुन्डागर्दीलाई रोक्न सक्दा एमालेले जित्न अप्ठ्यारो छैन। जेठ मसान्तसम्मको मतदाता नामावलीअनुसार सबैभन्दा बढी छिन्चुमा ६ हजार १ सय २९ मतदाता छन्। त्यसपछिको ठूलो मैनतडामा कांग्रेसको प्रभाव अलि बढी देखिन्छ। ३ हजार ५ सय ६६ मतदाता रहेको रामघाट, सोही संख्यामा रहेको गुमीमा एमाले अगाडि छ। ३ हजारभन्दा माथि मतदाता रहेका मेहलकुना, दहचौर, घुम्खरेमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ। ४ हजार ७ सय ५४ मतदाता रहेको बारे र २ हजारभन्दा बढी मतदाता रहेको मालारानीमा एमाले निकै अगाडि देखिन्छ। एक हजारभन्दा धेरै मतदाता रहेका धारापानी र राकममा कांग्रेसको स्थिति निकै सुदृढ छ भने सोही अनुपातमा मतदाता रहेका खानीखोला, काप्रीचौर, डाँडाखाली, बोजेडीचौर, आग्री गाउँ र भोरेटामा एमालेलाई अरूले भेटाउने स्थिति छैन। एमाले र कांग्रेस नै यस क्षेत्रका मुख्य प्रतिस्पर्धी हुन्। यस क्षेत्रमा वैद्य माओवादी मैनतडा गाविसका केही वडामा भए पनि अन्य क्षेत्रमा प्रभाव छैन। एमाओवादी त झन् कमजोर छ। आन्तरिक व्यवस्थापन मजबुत बनाउँदै जनमतको सुरक्षा गर्नु यस क्षेत्रमा एमाले पंक्तिका लागि चुनौती मानिन्छ। एमालेबाट कमला शर्मा, डण्डी शर्मा, बालकृष्ण विसी र ध्रुव शाही चर्चामा रहेका उम्मेदवार हुन् भने कांग्रेसबाट ऋषिको हत्याको आरोप लागेकाले पूर्णबहादुर खड्काले त्यस क्षेत्रमा जाने हिम्मत नगर्ने भएकाले फेरि तिनै लालबहादुर घले उठ्ने सम्भावना छ।

Monday, September 2, 2013

एमालेले उम्मेदवारको टुङ्गो लगायो
प्रत्यक्ष ९ जना, समानुपातिकमा १९ जनाको नाम सिफारिस
सुर्खेत, १७ भदौं ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले दोस्रो संविधान सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । आइतबार र सोमबार बसेको जिल्ला कमिटी बैठकले क्षेत्रीय कमिटीबाट आएका उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएको छ ।

दोस्रो संविधान सभा निर्वाचनको समानुपातिक वा प्रत्यक्ष तर्फका सम्भाविता उम्मेदवारहरु आगामी स्थानीय निर्वाचनमा सहभागि हुन नपाउने एमाले केन्द्रीय कमिटीले नीति बनाएको छ । एमाले केन्द्रीय कमिटीले तोके अनुसार प्रत्यक्ष तर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला सहित तीन÷तीन जनाको टुङ्गो लगाएको छ । समानुपातिक तर्फ समावेशी सहित पाँच÷पाँच जना गरी सुर्खेतका तीन वटा निर्वाचन क्षेत्रबाट १५ जनाको सिफारिस गर्नुपर्नेमा कार्यकर्ताको भावना बुझ्दै समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।