Saturday, July 28, 2012

झाडापखाला रोक्न छ स्थानमा विशेष टोली

खेमराज वलीसुर्खेत, १३ साउन ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले बर्षाको समयमा हुन सक्ने विभिन्न रोगहरुको निराकण तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाएको छ । बर्षायामको समय भएकोले यो समयमा हुनसक्ने सम्भावित झाडापखला लगायतका महामारीजन्य रोगहरुलाई समयमै नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न छ स्थानमा कमिटी रिपिटरेस्पोन्स टिम (सिआरआरटी) निर्माण गरेको छ ।
ईलाका स्वास्थ्य चौकिको नेतृत्वमा स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी लगायतलाई समेटेर टिम बनाएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत गंगाप्रसाद घिमिरेले जानकारी दिएका छन् । जिल्लाका बजेडीचौर, मेहलकुना, दशरथपूर, सालकोट, अवलचिङ्ग, बाँसपानीमा यस्तो टिम बनाइएको हो । यो टिमले आफ्नो इलाकामा देखिएको झाडापखाला लगायतका विभिन्न रोगहरुको तत्काल औषधी उपचार गर्ने, र समस्या बढ्नासाथ जिल्लामा रहेको रिपिटरेस्पोन्स टिम (आरआरटी) लाई खबर गर्ने लगायतका काम गर्ने जिल्ला स्वास्थ्यले  बताएको छ ।
बर्षादको समयमा भेरी नदिको धमिलो पानी गर्ने उक्त क्षेत्रका गाउँहरु भ्mाडापाखालाका लागि बढी जोखिम्पूर्ण भएकाले भेरी नदिको आसपासका क्षेत्रलाई बढी जोमपूर्ण क्षेत्रका रुपमा राखिएको छ । बर्षादमा धमिलो पानी खाँदा झाडापखाला जस्ता सरुवा रोगहरु महामारीको रुपमा फैलिन सक्ने भएकाले सजग रहन स्थानीयबासीमा अनुरोध गरिएको छ ।
आरआरटि जिल्ला जनस्वास्थ्य प्रमुखको अध्यक्षतामा अस्पतालका विभिन्न डाक्टर, खोपसुपरबाईजर, सूचना शाखा, तथ्याङ्क शाखा लगायतका पदाधिकारीहरुको टोली रहेको छ । यी ईलाकाहरुमा जिल्ला स्वास्थ्यले पूर्व तयारीका साथै आवश्यक औषधीहरुको पनि उपलब्ध गराईसकेको छ । ईलाकाहरुमा औषधी प्रयाप्त मात्रामा रहेको जनस्वास्थ्य अधिकृत गंगाप्रसाद घिमिरेले बताए ।
अझै पनि बर्षादको समय भएकोले झाडापखला लगायतका रोगको प्रकोपबाट बच्न फोहोर पानीको प्रयोग नगरी आवश्यक सतर्कता अपनाउन जिल्ला स्वास्थ्यले निर्देशन दिएको छ । पानी परिरहेका असोज—कात्तिकसम्ममा झाडापखाला देखिन सक्ने जिल्ला स्वास्थ्यले बताएको छ ।
केही समय अघि जिल्लाको सालकोट गाविसमा प्रदूषित पानीका कारण झडापखालाका विरामीहरु देखापरेका थिए । साथै यो समयमा विभिन्न किटजन्य रोगहरुको पनि बढि सम्भावना हुने भएकोले यसबाट बच्न का लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्ने जिल्ला स्वास्थ्यले अनुरोध गरेको छ । सुर्खेतमा कालाजार, हात्तिपाइले, जापानीज इन्सिफलाईटिस, मलेरिया रोगहरुको सम्भावना कम भए पनि पूर्व सतर्कता अपनाउनुपर्ने बताइएको छ ।
जिल्लामा ंडेंगुको भने केही बढी सम्भावना भएको बताइएको छ । डेंगु रोगको भाइरस भएको लामखुट्टेले दिउँसोमै टोक्ने भएकोले यस रोगको सम्भावना भएको बताइएको छ । सुर्खेतका वीरेन्द्रनगर नगरपालिका सहित लाटिकोईली, उत्तरगंगा, छिन्चु, मेहलकुना, मैनतडाको जहरे, साहारेको बोटेचौर, पश्चिमको कुनाथरी,  गाविसहरुमा डेंगुको सम्भावना भएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्दराज गौतमले जानकारी दिए । कुनै पनि रोग सानो नभएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत हुन अनुरोध गरेको छ ।

Tuesday, July 24, 2012

न्याय माग्दै श्रीमानद्वारा श्रीमती बिरुद्ध उजुरी

दिपक बुढा

सुर्खेत ।
सुर्खेतका ८ जना पुरुषले श्रीमतिबाट पीडित भएको भन्दै मेलमिलाप केन्द्र र आवाज संस्थामा श्रीमतीबिरुद्ध उजुरी दर्ता गरेका छन् । श्रीमतीबाट पीडित भएको भन्दै उनीहरुले न्यायको लागि बीरेन्द्रनगर नगरपालिकामा रहेको मेलमिला केन्द्र र आवाज संस्थामा उजुरी दर्ता गरेको बताएका छन् ।
८ जना मध्ये ५ जनाले मेलमिलाप केन्द्र र ३ जनाले आवाज संस्थामा उजुरी दिएका हुन । उनीहरुले न्यायको लागि उजुरी दिएपनि अहिलेसम्म सम्बन्धित निकायहरुले कुनै सुनुवाई नगरेको गुनासो समेत गरेका छन् । उजुरी दर्ता गरेको एक वर्षबितिसक्दा पनि समस्या समाधान र उचित न्यायका लागि कानुनी प्रक्रिया समेत अघि नबढेको एक पीडितले बताए ।
उजुरी गर्नेहरुका श्रीमतीलाई बोलाएर परामर्श गरेको भए पनि समस्या समाधान हुन नसकेको आवाजकी परामर्शदाता निशा पौडेलले बताईन । यस्तै नगरपालिकामा रहेको मेलमिलाप केन्द्रका संयोजक पुष्पा नेपालीले पनि उजुरी दर्ता गरे पनि दुबै पक्ष समयमै उपस्थिति हुन नसकका कारण उजुरीमाथि छलफल हुन नसकेको बताए ।
सामाजिक प्रतिष्ठामा असर पर्न भन्दै श्रीमतीबाट पीडित पुरुषहरुको नाम भने सार्वजनिक गरिएको छैन । मेलमिलाप केन्द्रमा गत आर्थिक वर्षमा महिला हिंसाका ६५, जग्गा विवादका ३१ विवाह र जन्मदर्ता सम्बन्धी ४, जातीय विभेद, छोराछोरी पालन, लगायतका २ सय भन्दा बढी उजुरी परेका छन् ।
केन्द्रमा दर्ता भएकामध्ये १ सय ५१ वटा उजुरीहरु मिलाइएको छ भने ३४ वटाको कानुनी प्रक्रिया अघि बढन सकेको छैन । सुर्खेत उपत्यकामा आर्थिक रुपमा सम्पन्न र शिक्षित परिवारहरुबाट पनि थुप्रै हिंसाका उजुरीहरु पर्ने गरेका छन् ।

घडी नचल्ने सुर्खेतको घण्टाघर

खेमराज वली

सुर्खेत, ९ साउन ।
वीरेन्द्रनगरको बीचमा अर्थात खुला मञ्चको  आगनमै अझ भन्ने हो भने जिल्ला विकास समिति र नगरपालिकाको नाक नजिकै रहेको सर्खेतको घण्टाघरमा रहेका घडीहरुले पछिल्लो समयमा कहिल्यै सहि समय दिएका छैनन् ।
आज भोलीका दिनहरुमा घण्टा घरका चार वटै घडीहरुमा फरक–फरक बजिरहेको छ । हाल यहाँका  उत्तरमा रहेको घडीमा १२ बजेर ५६ मिनेट, दक्षिणको घडीमा ९ बजेर ३१ मिनेट, पूर्वको घडीमा ११ बजेर चार मिनेट र पश्चिमको घडीमा २ बजेर २५ मिनेट गएको अवस्थामा सधै स्थिर रहेका छन् । साथै घण्टा घरमा घडी विग्रिए पछि आलाराम पनि बज्न छाडेको छ ।  बाटोमा हिंड्ने सर्बसाधारणलाई सजिलो होस भनेर बिक्रम सम्बत २०४५ सालमा चीन सरकारद्धारा निर्माण गरिएको  घण्टाघरका चार दिशातर्फ राखिएका चारवटा घडीहरुले कहिल्यै सहि समय नदिदा सर्वसाधारणहरुले थप अन्यौलता खेप्नु परेको छ । कतिपय बाहिरबाट आउने मानिसहरुलाई यी घडीहरुले झुक्याएर समयको बर्बाद बनाएको समेत गुनासो सर्वसाधारणहरुको छ । सर्वसाधारणहरुलाई झुक्याउने भएकोले यी घडीलाई ठिक नबनाएसम्ममा घरमा नराख्न समेत उनिहरुले सुझाव दिएका छन् । 

मुख्य प्राकृतिक तथा सांस्कृतिक आकर्षणका लागि स्थापना भएको पश्चिम नेपालको एकमात्र घण्टाघर वीरेन्द्रनगरको गौरवपूर्ण सम्पदाको रहेपनि पछिल्लो समयमा त्यस क्षेत्रबाट आवातजावत गर्नेहरु समय हेर्नेवित्तिकै अनुहार खुम्च्याउदै अगाडि बढ्छन् । 
सौर्य शक्तिबाट सञ्चालन हुनेगरी घरमा राखिएका घडीले नत सहि समय दिन्छन् न त यो घरले उचित मर्मत सम्भार पाईरहन्छ । यसले केवल चर्काे घाम र नजिकैबाट हिड्ने मानिसहरुको तिरस्कार मात्र पाईरहेको छ । 
विभिन्न समयमा जिल्लामा सञ्चालन हुने मेला, महोत्वसवमा आएका हास्यव्यङ्य कलाकारहरुका समेत घण्टा घर व्यङग्य गर्ने आधार भएका छन् । कलाकारहरुले लोडसेडिङ्को प्रभाव त होइन यो भन्ने प्रश्न समेत गर्छन । लोडसेडिङ नहुने भए यो समस्या आउने थिएन होला । 
हाल घरको बाहिर आवरणमा समेत भेरेका गोला रहेका छन् भने घरको दक्षिणको भागको दोस्रो तलाको सिसा समेत फुटेको छ । घर  बाहिरबाट राम्रो देखिएपनि भित्र सोचेजस्तो नभएको घुम्न आउनेहरुले बताएका छन् । पार्कमा हाल कजेट सञ्चालन भई पार्कको वरिपरि भने सुधार गरिएको छ । यस्तै अवस्थामा घर विग्रीदै गएमा केही समयमै भग्नावस्यसमा परिणत हुने स्थानीयहरुको अनुमान छ । 
सिमेन्ट र फलामे छडहरुको सहायताबाट निर्मीत पश्चिम नेपालकै सबै भन्दा अग्लो टावरको रुपमा निनिने उक्त घण्टाघर मेला पर्वका समयमा भने मर्र्मत गर्ने गरिएको छ । घरको पार्कलाई केही हदसम्ममा सुधारिएपनि घण्टा घरको अवस्था भने उस्तै रहेको छ । २०६८ सालमा जिल्लामा सञ्चान भएको क्षेत्रीय महोत्सवमा घरको मर्मत गरिएको थियो । घण्टा घर वरिपरिका विभिन्न फुटपाथे ढेला घुम्टी व्यापारीहरुलाई नगरपालिकाले हटाए पनि हाल सम्ममा पनि यस्ता फुतपाथहरु पनि सञ्चालन भईरहेका छन् । 
यता नगरपालिकाले घण्टा घर पार्क चिन्तामणि शर्मालाई जिम्मा दिएको बताएको छ । सबै जिम्मा शर्मालाई नै दिइएको नगरपालिकाले काम नगरेको नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश पौडेलले बताए । पौडेलले घण्टा घरका लागि नगरपालिकाको त्यस्तो केही कार्यक्रम नभएको समेत बताए ।  
पार्कमा कटेज सञ्चालक गरेका शर्माले सोलरबाट घडीहरु सञ्चालनमा ल्याइएको भन्दै हाल सोलरले काम नगरेकोले समस्या आएको बताएका छन् । उनले सोलारले काम नगरेपछि आफुहरुले बत्तिबाट पनि घडी चलाउने प्रयास गरेको भएपनि बत्तिको चार्ज पनि बढी आउने भएकोले अझ समस्या आएको बताए । बत्तिको चार्ज बढि आए पनि लोडसेडिङ्ले गर्दा त्यो पनि असम्भव भएको शर्माले बताए । उनले जेनेरेटरको प्रयोगबाट भएपनि घडीलाई सञ्चालनमा ल्याउने भन्दै नगरपालिकासंग छलफल गरेर अगाडि बढ्ने बताए । शर्माले २०६७ साल असोज बाट पार्कको जिम्मा लगेका हुन् । उनले नगरपालिकालाई बार्षिक रुपमा ५० हजार भाडा तिर्दै आएका छन् । 

Saturday, July 21, 2012

निःशुल्क शिक्षा घोषणापछि वेवास्ता

दिपक बुढा
सुर्खेत, ६ साउन ।
जिल्लाका निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक घोषणा गर्न सरकारी निकायबाट प्रोत्साहन गरेपनि कार्यान्वयनमा भने वेवास्ता हुने गरेको बताईएको छ । घोषणा भएका गाउँ शिक्षा समितिहरुले कार्यान्वयन चुनौतिपूर्ण भएको बताएका छन् । जिल्ला शिक्षा कार्यालयले घोषित गाउँ शिक्षा समितिमा विशेष कार्यक्रम लागु गर्नुको साटो नयाँ गाविसमा घोषणा गर्न तर्फ मात्रै केन्द्रीत भएको बताईएको छ ।
शनिबार वीरेन्द्रनगरमा सम्पन्न निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक घोषणा गरेका गाविसको अवस्था विश्लेषण विषय अन्तरक्रिया कार्यक्रममा सहभागि घोषित गाउँ शिक्षा समितिले उक्त गुनासो गरेका हुन् ।
नेपालकै पहिलो घोषित गर्पन गाउँ शिक्षा समितिका प्रतिनीधि दण्ड वि.क.ले घोषणा कार्यान्वयन गर्न विद्यालयहरुलाई आर्थिक चुनौति परेको बताए । उनले भने ‘गाविस भित्रका सबै बालबालिका विद्यालयमा आएका छन् तर उनीहरुलाई टिकाई राख्न र विद्यालयको आर्थिक स्रोत जुटाउन समस्या भएको छ ।’ उनले भने ‘सरकारी नियकाले पनि हामीलाई कुनै प्रोत्साहन गरेन सबैलाई एउटै व्यवहार ग¥यो ।’
२०६५ साउन ३१ गते उक्त गाविसलाई निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक गाविसको रुपमा घोषणा गरिएको थियो । घोषणा कार्यान्वयन गर्न बनाईएको जोड कोषमा हाल पाँच लाख रकम जम्मा भएको जनाईएको छ ।
२०६७ सालमा निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक घोषणा भएको कुनाथरी गाउँ शिक्षा समितिले भने आफ्नो गाविसका विद्यालयहरुको आर्थिक स्रोतको बैकल्पिक उपाय खोजिएको जनाईएको छ । गाउँ शिक्षा समितिका सदस्य–सचिव एवंम् जनज्योति उच्च मावि बड्डीचौरका प्राचार्य नारायण सिग्देलले गाउँ शिक्षा समितिको कोषमा रहेको रकमबाट प्रत्येक विद्यालयलाई व्याजमा ऋण प्रदान गरी विद्यालयलाई आत्मनिर्भर बनाउने कार्य थालिएको बताए ।
कुनाथरी गाविसमा रहेका सबैजसो विद्यालयहरुले आर्थिक स्रोत जुटाउन व्यवसायीक रुपमा तरकारी खेती, बाख्रापालन, खरायोपालन, कम्प्यूटर शिक्षा, कुरिलो खेती, माछापालन सहितको व्यवसायीक कार्यको थालनि गरिएको छ । जनज्योति उच्च माविले माछापालन, तरकारीखेती, विद्यार्थीको पिसाव संकलन, कपुरखेती, कम्प्यूटर तालिम संचालन गरेको प्राचार्य सिग्देलले जानकारी दिए ।
कुनाथरी निबासी दुई सय ९६ जना व्यक्तिहरु विदेशका विभिन्न ठाउँमा पेशाव्यवसाय संचालन गरि बसेको हुँदा उनीहरुको रेमिटान्स भित्र्याउँदै विद्यालयको आम्दानीको स्रोत बनाउन आईएमई संचालन गर्ने तयारीमा रहेको उनले बताए ।
यस अघि जिल्लाका गर्पन, दशरथपूर, मालारानी, कुनाथरी, नेटा, रामघाट, लाटिकोईली, वावियाचौर र कल्याण सहितका ९ वटा गाउँ शिक्षा समितिले गाविसमा निःशुल्क तथा अनिवार्य शिक्षा लागु भइसकेको छ । चालु आर्थिक बर्षमा जिल्ला शिक्षा कार्यालय सुर्खेतले थप १४ वटा गाविसहरुलाई निःशुल्क शिक्षा प्रदायक गाविस बनाउने तयारी गरिएको बताएको छ ।
हाल सम्ममा जिल्लाका नौ गाविसमात्रै निःशुल्क शिक्षा प्रदायक गाविस भएका छन् । यस वर्ष १४ गाविस थपिए पछि निःशुल्क शिक्षा प्रदायक गाविसको संख्या जिल्लामा २३ पुग्ने छ । चालु आर्थिक वर्षमा गर्नुपर्ने कार्यक्रम भएपनि चालु आर्थिक बर्षको अन्त्यमा मात्रै परिपत्र आएको शिक्षा कार्यालयले बताएको छ ।
शिक्षा कार्यालयले यस वर्षमा घाटगाउँ, पोखरीकाँडा, तातापानी, उत्तरङ्गा, रतु, मैनतडा, मेहलकुना, धारापनी, लेखफर्सा, काप्रीचौर र डाँडाखाली लगायतका गाविसहरुलाई निःशुल्क शिक्षा प्रदायक गाविस बनाउने तयारी गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याले बताए ।

साक्षरता अभियानमा सचिवको अनियमितता

दिपक बुढा
सुर्खेत, ६ असार ।
गत आर्थिक बर्ष ०६८÷०६९ को राष्ट्रिय साक्षरता अभियानको रकममा बेतानका गाविस सचिव नरबहादुर शाहीले अनियमितता गरेको वेतान गाविसका स्थानीयले आरोप लगायका छन् । वेतान गाविसमा सञ्चालन भएको साक्षरता अभियान कार्यक्रममा सचिव नरबहादुर शाहीले विभिन्न शीर्षकका लागि आएको रकम समेत खर्च नगरि अनियमितता गरेको आरोप लगाईएको हो ।
पहिलो चरणमा संचालित कक्षामा गाविस सचिवले ६ वटा कक्षाका लागि पुस्तक लगेपनि दोस्रो र तेस्रो चरणको साक्षरता कक्षाको कक्षानै संचालन नगरेको स्थानीयले बताएका छन् । उनले दोस्रो र तेस्रो चरणको सबै कक्षा संचालन नगरेको बताईएको छ । ‘पाठ्यपुस्तक समेत लिएनन भने सहजकर्ता र निरिक्षकले समेत आफ्नो जिम्मेवारी अनुसार काम गरेनन’–एक स्थानीयबासीन्दाले बताए ।
प्रत्येक चरणमा न्यूनमत ६ वटा कक्षा संचालन गर्नुपर्ने थियो । एउटा कक्षामा तीस जना विद्यार्थी उपस्थित हुने र उनीहरुका लागि पाठ्यपुस्तक, कापि, कलम खरिद गर्न गाउँ विकास समितिलाई जिल्ला शिक्षा कार्यालय सुर्खेतले भूक्तानी दिएको थियो । तीन पटकमा गरी मसलन्द ४० हजार पाँच सय, पाठ्यपुस्तकमा २९ हजार एक सय ६०, अनुगमनमा ७ हजार चार सय, सहजकर्ता प्रोत्साहन सहित लाखौं रकम गाविस खातामा पठाईएको भएपनि धेरै क्रियाकलाप संचालन नगरेरै रकम खर्च गरिएको जनाईएको छ ।
गाविस सचिव नरबहादुर शाहीले भने पहिलो पटक मात्रै पाठ्यपुस्तक खरिद गरेको तर अन्य दुई चरणमा भने पाठ्यपुस्तकनै खरिद नगरेको स्वीकारेका छन् । साक्षरता कक्षाका लागि गाविसमा आएको रकमका बारेमा थाहा नभएको बताउँदै आफुले अनियमतिता नगरेको दावि गरेका छन् । साक्षरता अभियानमा केही खर्च नभएको रकम भने जिल्ला शिक्षा कार्यालयलाई नै फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने साक्षरता अभियान सञ्चालन भएका सबै गाविसहरुमा आआफ्नै खातामा रकम जम्मा गरिदिएको बताएको छ । वेतानमा पनि कार्यालयले गाविसकै खाता नम्बर २.१÷८८ मा रकम जम्मा गरेको बताएको छ । शिक्षा कार्यालयले गाविसमा सञ्चालित साक्षरता अभियानका लागि तेस्रो किस्ता असार ११ गते खातामा राखिएको बताएको छ । तेस्रो किस्तामा प्रोत्साहन भत्ता पहिलो चरणको ३६ हजार जम्मा गरिएको शिक्षा कार्यालयले जानकारी गराएको छ ।
वेतानमा साक्षरता अभियान का लागि ६ कोटा परेको थियो । शिक्षा कार्यालयमा उक्त गाविसमा सञ्चालित साक्षरतामा अभियानमा १८० जना सहभागिता रहेको तथ्याङ्कमा छ । स्थानीयहरुले भने गाविसमा पाठ्य पुस्तक समेत नबाँडिएको बताएका छन् ।
जिल्लाका साक्षरता प्रतिशत कम भएका विभिन्न २४ गाविसमा साक्षरता अभियान सञ्चालन भएको छ । जिल्लाका वेतान घाटगाउँ, कुनाथरी, रतु, रानिबास, गुठु, साटाखनी, सालकोट, दहचौच, मटेला, वावियाचौर, काफलकोट, गर्पन, लेखपराजुल, सहारे, अवलचिङ्ग, मेहलकुना, मैनतडा, वीरेन्द्रनगर, छिन्चु, विद्यापूर, काप्रीचौर, गढी र मालारानीमा कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लामा जम्मा एक सय १३ कोटा आएकोमा सबै भन्दा वढी मालारानीमा सात वटा कोटा परेको थियो भने सबै भन्दा कम घाटगाउँ र कुनाथरीमा एक एक कोटा परेको थियो । जिल्ला भरी सञ्चालन भएको कार्यक्रममा जम्मा तीन हजार तीन सय ९० जनाको सहभागिता रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । कार्यक्रमका लागि जम्मा छ लाख ७८ हजार रकम उपलब्ध गराईएको जिल्ला शिक्षाले जनाएको छ ।

माओवादी पार्टी कार्यालयमा बोर्ड फालाफाल

दिपक बुढा
सुर्खेत, ६ साउन ।
सुर्खेतका दुई माओवादीले पार्टी कार्यालयमा झुन्ड्याईएको बोर्ड फालाफाल गरेका छन् । एकीकृत नेकपा माओवादी रहेको भवनमा शनिबार नेकपा–माओवादीले आफ्नो जिल्ला कार्यसमितिको बोर्ड भुन्ड्याएको थियो ।
नेकपा–माओवादी जिल्ला संगठन समिति सुर्खेतको पार्र्टी कार्यालय बोर्ड एनेकपा माओवादीका कार्यकर्ताहरुले फालिदिएका छन् । जिल्ला कार्यालय उद्घाटन गरेको दुई घण्टा नवित्दै एनेकपा माओवादीका कार्यकर्ताहरुले बोर्ड तोडफोड गरी फालेका हुन् ।

पार्टी विभाजन हुनुपूर्व बनाईएको पाँच कोठे पार्टी कार्यालय भवनमा एनेकपा माओवादी जिल्ला कार्यसमितिको कार्यालय संचालनमा रहेको थियो । पार्टी भवन निर्माणमा सबैको बराबर लगानी भएको भन्दै नेकपा–माओवादीले शनिबार सोही भवनमा आफ्नो बोर्ड झुण्ड्याएका थिए ।
बोर्ड फालेपछि आक्रोशित बनेका नेकपा–माओवादीका कार्यकर्ताहरुले पुन एनेकपा माओवादी र अखिल नेपाल शिक्षक संगठनको बोर्ड फालिदिएका छन् । नेकपा–माओवादी नेता इश्वरभक्त सुनारको नेतृत्वमा गएका कार्यकर्ताहरुले अर्को पक्षको बोर्ड फालेका हुन् ।
नेकपा–माओवादी भेरी–कर्णाली राज्य समिति सह–सेक्रेटरी कृष्ण धमला ‘गम्भीर’, जिल्ला इन्चार्ज मंगल विश्वकर्मा नेतृत्वमा कार्यकर्ता सहित पार्टी कार्यालय उद्दघाटन गर्दै बोर्ड राखिएको थियो ।
पार्टी कार्यालय बोर्ड राख्नेक्रममा एनेकपा माओवादीका कार्यकर्ता र नेकपा–माओवादीका कार्यकर्ताहरुवीच सामान्य झड्प भएको थियो । त्यसक्रममा केही बेर पार्टी कार्यालय तनावपूर्ण स्थिति रहेको थियो । नेकपा–माओवादीले पार्टी कार्यालयको बोर्ड, भण्डा राखि पत्रकार सम्मेलन गरेका थिए । कार्यालयमा रहेका पाँच वटा कोठा मध्य दुई वटा आफ्नो र अन्य तीन वटा एनेकपा माओवादी पक्षको हुने भन्दै च्यानल गेटमा दुवैपक्षको ताला लगाईएको थियो ।
पार्टी कार्यालय स्थापना भएको घोषणापछि बैद्य पक्षिय नेता तथा कार्यकर्ताहरु फर्किएका थिए । दुई घण्टा नवित्दै एनेकपा माओवादी नेता प्रताप पौडेलको नेतृत्वमा आएका युवाहरुले बैद्य पक्षिय पार्टी बोर्ड निकालि तोडफोड गरी फालिएको हो ।
पार्टी कार्यालय स्थापनाका क्रममा बोल्दै जिल्ला इन्चार्ज मंगल विश्वकर्माले सहमतिका लागि पटक पटक आग्रह गर्दा पनि एनेकपा माओवादी पक्षिय जिल्ला नेतृत्वबाट वेवास्ता भएको बताए ।
उनले भने ‘हामी शान्तिपूर्ण तरिकाले सहमतिको पहल गरेका छौं तर पनि अर्को पक्ष छलफलमा बस्न तयार भएन’ उनले भने–‘पार्टी कार्यालय भएको भवन निर्माणमा संसद विकास कोषबाट मैले पनि ६ लाख सहयोग गरेको छु सबैको बराबर लगानी छ । हामीले पनि केही भाग पाउनुपर्छ ।’
पार्र्टी कार्यालयनै कव्जा गर्न सकिने भएपनि हार्दिकताका साथ संयमित भवनको आधा हिस्सामा मात्रै दावि गरेको उनले बताए । सोही अवसरमा बोल्दै भेरी–कर्णाली राज्य समितिका सह–सेक्रेटरी कृष्ण धमला ‘गम्भीर’ ले राष्ट्रियता खतरामा रहेकाले राष्ट्रिय स्वाधिन्ताका लागि लड्नुपर्ने आवश्यकता रहको बताए ।
विपा सम्झौता, माथिल्लो कर्णाली आयोजना राष्ट्रिय हित विपरित भएकाले त्यसलाई रोक्न पार्टी पंक्ति सक्रिय रहेको जानकारी दिए । उनले भने ‘साउन १५ गते पछि देशव्यापी रुपमा संगठन सुदृढिकरण, पार्टी गठन, पुर्नगठनको प्रक्रिया सुरु हुन्छ’ उनले भने ‘सरकारलाई ४० बुँद्धे माग पत्र पेश गर्ने तयारीमा छौं । राष्ट्रियताको विषयमा सरकार गम्भीर नभए पुनः जनसत्ता विउतनेछ ।’ राष्ट्रियता खतरामा रहेकाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आवश्यकता रहेको उनले बताए ।

Friday, July 20, 2012

द्घन्द्घ प्रभावितलाई ४ करोड २६ लाख राहत वितरण

सुर्खेत, ४ साउन ।
सशस्त्र द्धन्द्धका प्रभावित व्यक्ति तथा परिवारलाई गत आर्थिक बर्षमा चार करोड २६ लाख १७ हजार राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्याल, जिल्ला विकास समिति मार्फत उक्त रकम वितरण गरिएको हो ।
स्थानीय शान्ति समिति सुर्खेतले विहिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०६८÷०६९ मा वितरण गरिएको राहतका बारेमा जानकारी गराएको थियो । द्धन्द्धका क्रममा ज्यान गुमाएका दुई सय एक जनाको परिवारलाई ३ करोड ६७ लाख ५० हजार, बेपत्ता ११ जनाको परिवारलाई प्रति परिवार दुई लाखका दरले २२ लाख, घाईते ४७ जनाको परिवारलाई २४ लाख ७० हजार रकम राहत स्वरुप वितरण गरिएको जनाईएको छ ।
त्यसैगरी अपहरण पीडित ३१ जनालाई २५ हजारका दरले ७ लाख ७५ हजार, बेपत्ता पत्नि दुई जनालाई ५० हजार, द्धन्द्धका क्रममा अपांगता भएका १५ जना व्यक्तिलाई जिवन निर्वाह भत्ता वापत ३ लाख ७२ हजार रकम वितरण गरिएको स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए ।
स्थानीय शान्ति समितिको सिफारिसमा द्धन्द्धप्रभावित लगत संकलन कार्यदलको छनोटमा परेका द्धन्द्धप्रभावित व्यक्ति र उनको परिवारलाई राहत प्रदान गरिएको हो । सुर्खेत स्थायी घर भएका द्धन्द्धका क्रममा सुरक्षाकर्मी, सर्वसाधारण सहित तीन सय एक जनाले ज्यान गुमाएका थिए ।
२६ जना प्रहरी, १४ जना सशस्त्र प्रहरी, ३९ जना नेपाली सेना र अन्य २०४ जना सर्वसाधारण सहित तीन सय एक जनाले ज्यान गुमाएको शान्ति समिति सुर्खेतले तथ्याङ्क दिएको छ । लाटीकोइली गाविसका सबैभन्दाबढी १७ जनाले ज्यान गुमाएको जनाईएको छ ।
त्यसैगरी दशरथुपरमा १६ जना, छिन्चुमा १६ जना, रामघाटमा १५ जना, वीरेन्द्रनगरमा १५ जनाले ज्यान गुमाएका थिए भने आग्रीगाउँ, गर्पन, घोरेटा, धारापानी, बजेडिचौर, रतु र राकम गाविसबाट द्धन्द्धका क्रममा कसैले ज्यान नगुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
द्धन्द्धका क्रममा ज्यान गुमाएका दुई सय ७८ जनाको परिवारलाई विभिन्न चरणमा राहत वितरण गरिएको छ भने पटक पटक जानकारी गराउँदा पनि १८ जनाको परिवार राहत लिन सम्पर्कमा नआएको जनाईएको छ ।
सुर्खेतमा बेपत्ता भएका १३ जना मध्य ११ जनाको परिवारलाई समेत राहत प्रदान गरिएको जनाईएको छ । घाईते ६६जना मध्य ४७ जनाले राहत पाएका छन् । अपहरणमा परेका ४२ मध्य ३१ जनाले राहत पाएका छन् । द्धन्द्धका क्रममा क्षतिग्रत भएका भौतिक संरचनाहरुको पुनर्निमाण कार्य जारी रहेको छ । शान्ति तथा पुनर्निमाण मन्त्रालयको सहयोगमा जिल्ला प्राविधिक कार्यालय, सडक डिभिजन कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भौतिक संरचना निर्माणको काम गरिरहेका छन् ।
समुदाय तथा ठेकेदारसंगको साझेदारीमा २०६५ सालदेखि २०६८ सम्म निर्माण प्रारम्भ भएका आयोजनाले अँझै सम्म पूर्णता पाउन सकेका छैनन् । स्थानीय शान्ति समिति सुर्खेतले निर्माणाधिन आयोजनाहरुको अनुगमन गरेको छ । १६ वटा आयोजना मध्य अधिकांश आयोजना निर्माणमा प्रभावकारीता नदिएको समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । निर्माणको जिम्मेवारी पाएका सम्बन्धित सरकारी कार्यालय र ठेकेदारको लापर्वाहिका कारण भौतिक संरचनाहरु निर्माण कार्यले पूर्णता पाउन सकेको छैन् ।

राहत वितरण
मृतक २०१ जनाको परिवारलाई ३ करोड ६७ लाख ५० हजार
बेपत्ता ११ जनाको परिवारलाई २२ लाख
घाईते ४७ जनालाई २४ लाख ७१ हजार
अपहरण ३१ जनालाई ७ लाख ७५ हजार
जिवन निर्वाह भत्ता १६ जनालाई ३ लाख ७२ हजार
बेपत्ता पत्नि राहत २ जनालाई ५० हजार

यी १८ जना मृतकको राहत बुझन कोही सम्पर्कमा आएनन्


अमर वि.क. कुनाथरी–४, जीवन सुनार रजेना–३, डमरबहादुर सिंह रानीवास–४, विक्रम सार्की साहारे–४, लल्लु वि.क. मेहलकुना–४, लालविर वादी मेहलकुना–६, प्रेमबहादुर घिमिरे साटाखानी–५, देवबहादुर थापा विद्यापुर–३, बमबहादुर कार्की लाटीकोइली–९, खगेन्द्र नेपाली वीरेन्द्रनगर–३, तिलक बुढा मैनतडा–७, अमर वि.क. मैनतडा–४, खगेन्द्र विटालु बावियाचौर–४, प्रेमकुमारी खत्री गढी–५ ।

विद्यालय संचालन गर्न बाख्रापालन , जिल्लाकै नमूना बाख्रा फार्म

दिपक बुढा
सुर्खेत
सुर्खेतको पश्चिम कुनाथरी–९ कुमिकोटमा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कहिले वन त कहिले बाख्रापालनबाट सञ्चालन हु“दै आएको छ । विक्रम संम्बत २०३३ सालमा स्थापना भएको विद्यालय स्थापनाकालदेखि नै सञ्चालनमा कठिन भएपनि विद्यालयलाई २०६८ सालमा अभिभावक र विद्यार्थीको चाहनालाई मध्यनजरमा राखि निमावी बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम कार्कीले बताए ।

विगतमा विद्यालयलाई विभिन्न सामुदायिक वनको सहयोगमा सञ्चालन गरिएको र हाल वनलाई पनि काठ वेच्न नपाईने भनेपछि विद्यालय सञ्चालनगर्न गाह्रो भएकोले विद्यालयमानै बाख्रा फार्म सञ्चालन गरिएको विद्यालयका प्रध्यानाध्यापक धर्मराज कार्कीले बताए । उनले विद्यालय सञ्चालनका लागि विद्यालयले विभिन्न पहल गरे पनि सफल हुन नसके पछि बाख्रापालन गर्न लागिएको बताए । कार्कीले विद्यालय क्षेत्रमा प्रशस्त वन भएकोले पशुपालनबाट आय–आर्जन गर्न सकिने विश्वासले बाख्रापालनमा लागेको बताए ।
स्थानीय अमरबहादुर वलीले विद्यालयमा सबैजसो शिक्षकहरुलाई निजी स्रोतबाट तलव दिई राखिएकोले तलव दिन समेत समस्या परेकोले विद्यालयमा बाख्रा फार्म सञ्चालन गरिएको बताए । करिब दुई सय विद्यार्थी भएको विद्यालयमा हाल परिचर सहित सात जना शिक्षकहरु रहेकोमा एक जना मात्रै स्थायी शिक्षक रहेको प्रअ कार्कीले जानकारी दिएका छन् । विद्यालयमा सरकारी स्रोतबाट तलव खाने एक जना अस्थायी, एक जना राहात र अरु बा“की सबै निजि स्रोतबाट तलव खाने शिक्षक छन् ।
विद्यालयले व्यबसायिक बाख्रापालनका लागि जिल्लाकै नमूना बाख्रा फर्मको घर निमार्ण समेत गरेको छ । दुईबर्ष पछि विद्यालयले फार्मका लागि करिब एक सय ५० भन्दा बढी बाख्रा सजिलै राख्न सकिने आधुनिक खोरको निर्माण गरेको छ । गाविस लगायतका अन्य कार्यालयको अनुदान रकम र विद्यालयका अभिभावकहरुको सहयोगमा खोरको निर्माण गरिएको खोर निर्माण समितिका अध्यक्ष विमलकुमार शाहीले जानकारी दिएका छन् ।
उनले कुनाथरी गाविसले खोर निर्माणका लागि एक लाख ७३ हजार, जिल्ला पशु सेवा कार्यालय सुर्खेतले १७ हजार, स्थानियहरुबाट अभिभावकहरुबाट चार हजार, स्रोत विकास केन्द्रबाट १२ हजार ५ सय अनुदान उपलब्ध भएको थियो ।
विद्यालयमा सञ्चालनमा गरिएको फार्ममा अभिभावकहरुले एक–एक वटा बाख्रा दिने सहमति भएको छ । हाल सम्ममा अभिभावकहरुले करिब ३७ वटा बाख्रा अभिभावकहरुले उपलब्ध गराएका छन् । अभिभावकले एक सय १० बाख्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । साथै १७ हजारमा एउटा उच्च जातको बोकाको समेत खरिद गरिएको छ । खोर निमांणका लागि करिब जम्मा १५ हजार जती रकम खर्च भएको बताइएको छ ।
खोर बनाउदा ५२ हजारको पाता, आवश्यक काठ चिरानमा ५३ हजार, २५ हजार ढुवानीमा खर्च, सिमेन्ट लगायतका सामानमा १८ हजार, घडेरी निमार्ण गर्न २० हजार खर्च भएको निर्माण समितिका अध्यक्ष शाहिले बताए । साथै उनले खोर निर्माणमा काम गर्ने श्रमिकलाई १४ हजार दुई सय ज्याला दिन बाँकि रहेको बताए । खोर निर्माणका लागि आवश्यक पर्ने काठ विभिन्न सामुदायिक वनले सहयोग गरेका हुन् ।
देउराली सामुदायिक वनले २०० क्यू फिट, भैरव सामुदायिक वनले २ सय क्यू फिट, कोईरालपानी सामूदायिक वनले २ सय क्यू फिट काठ सहयोग गरेका छन् । विद्यालयले अभिभावकको सहयोगमा बाख्रा फार्मको सञ्चालन गरे पनि भविष्यमा फाईदा हुने वा नहुनेमा भने स्थानीयहरु विश्वस्त हुन सकेका छैनन् । अझै पनि बाख्राको संख्या बढेमा बाख्रा हेर्ने एउटा मान्छेले नपुग्ने भन्दै वनमा विस्तारै घा“सको अभाव भएकोले पनि समस्या आउने बताए ।
हाल विद्यालयकै परिचरले बाख्रा चराउने गरेको बताइएको छ । स्थानीयले बाख्रालाई संख्या बढेमा खोरमै राखेर पनि पाल्न नसकिने भएकोले ठुलो चुनौती भएको बताएका छन् । यस बारेमा कार्ययोजना बनाएर अगाडि बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
विद्यालयमा सञ्चालन भएको आयमूलक कार्यक्रमका लागि जिल्ला पशु सेवा कार्यालयले विद्यालय क्षेत्रमा मेहेन्दोला, किमु, दवदवे लगायतका विभिन्न किसिमका महंगा रुखहरुको वोट उपलब्ध गराएको छ । खोरको विहीबार एक कार्यक्रमकाबीच क्षेत्रीय पशु सेवा निर्देशक डा.अमर शाहले उद्घाटन गरेका छन् । शाहले उद्घाटन भन्ेयो कुने सानो कार्यक्रम होईन यो त फार्म तथा परियोजना हो ।
त्यस्तै कार्यक्रममा जिल्ला पशु सेवाका पशु चिकित्सक नारायण न्यौपानेले पशु फार्म चलाएर विद्यालयले शिक्षकको तलव खर्च निकाल्ने उद्देश्य राखेकोमा आफुहरुले सधै सहयोग गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा पशु सेवा उप–केन्द्र कुनाथरीका मोहन गिरी, स्वास्थ्यका लागि पानी (नेवा) का निमबहादुर बुढा लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Wednesday, July 18, 2012

पक्की पुल नबन्दा यातायातमा अवरोध

दिपक बुढा
सुर्खेत, ३ साउन ।
कर्णाली राजमार्गको सात्तला र लयैँटी विन्द्रासैनी जोड्ने रामघाट खोलामा पक्की पुल नहुँदा यातायात आवतजावतमा समस्या देखिएको छ । बर्षात महिनासंगै खोलामा पानीको सतह बढेपछि यातायातका साधन आवतजावत तथा पैदल यात्रुलाई समस्या भएको छ ।
पानीको सतह घटेपछि मात्रै बस, ट्रक, टे«क्टर सहितका सवारी साधन आवत जावत गर्ने गरेको स्थानीयबासी जीवनबहादुर थापाले जानकारी दिए । मोटरसाईकल तानुपर्दा एउटा मोटरसाईकलको पाँच सयदेखि एक हजार सम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।
२०६५ सालदेखि बेलिव्रिज मार्फत यातायात आवतजावत गरिएको भएपनि पक्की पुल निर्माणको क्रम चलिरहेको अवस्थामा २०६८ मंसिरमा पानी घटेपछि बेलिव्रिज निकालिएको थियो । पक्की पुल निर्माण कार्य जारी रहेपनि समयमा निर्माण सम्पन्न नहुँदा समस्या बढेको हो ।
निर्माणाधिन अवस्थाको पक्की पुलको केही भाग गत जेठ महिनामा परेको अविर बर्षातले पुलको केही भागमा क्षति पु¥याएको थियो । बर्षातले क्षतिपुगेपनि पुनः निर्माणको काम सुरु गर्नुपर्ने भएकाले पक्की पुल निर्माण कार्य अँझै लम्बिने संकेत देखिएको छ । पैदल यात्रुलाई आवतजावतमा सहजताका लागि निर्माणाधिन अवस्थाको पुलमाथी काठको फल्याक राखिएको छ ।
बर्षातको समयमा रामघाट खोला र कर्णाली नदिको पानी सतह बढ्ने भएकाले रामघाट बजार समेत डुवानमा पर्ने गरेको स्थानीयको भनाई रहेको छ । असार, साउन र भदौ महिनामा यातायात आवतजावतमा खोलाले समस्या निम्त्याउँने भएकाले तत्काल बेलिव्रिज राख्न आवश्यक रहेको स्थानीयले बताए ।
स्थानीयबासी जीवनबहादुर थापाले तत्काल बेलिव्रिज राखेर सवारी आवागमनमा सहज नबनाए जुम्ला, हुम्ला जिल्ला सदरमुकाममा दैनिक उपभोग्य वस्तुको हाहाकार हुनुका साथै अस्वभाविक रुपमा बजार मूल्य बृद्धि हुनुका साथै ठुलो दुर्घटना समेत निम्तिन सक्ने चेतावानी दिएका छन् ।

पक्की पुल नबन्दा यातायातमा अवरोध

दिपक बुढा
सुर्खेत, ३ साउन ।
कर्णाली राजमार्गको सात्तला र लयैँटी विन्द्रासैनी जोड्ने रामघाट खोलामा पक्की पुल नहुँदा यातायात आवतजावतमा समस्या देखिएको छ । बर्षात महिनासंगै खोलामा पानीको सतह बढेपछि यातायातका साधन आवतजावत तथा पैदल यात्रुलाई समस्या भएको छ ।
पानीको सतह घटेपछि मात्रै बस, ट्रक, टे«क्टर सहितका सवारी साधन आवत जावत गर्ने गरेको स्थानीयबासी जीवनबहादुर थापाले जानकारी दिए । मोटरसाईकल तानुपर्दा एउटा मोटरसाईकलको पाँच सयदेखि एक हजार सम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।
२०६५ सालदेखि बेलिव्रिज मार्फत यातायात आवतजावत गरिएको भएपनि पक्की पुल निर्माणको क्रम चलिरहेको अवस्थामा २०६८ मंसिरमा पानी घटेपछि बेलिव्रिज निकालिएको थियो । पक्की पुल निर्माण कार्य जारी रहेपनि समयमा निर्माण सम्पन्न नहुँदा समस्या बढेको हो ।
निर्माणाधिन अवस्थाको पक्की पुलको केही भाग गत जेठ महिनामा परेको अविर बर्षातले पुलको केही भागमा क्षति पु¥याएको थियो । बर्षातले क्षतिपुगेपनि पुनः निर्माणको काम सुरु गर्नुपर्ने भएकाले पक्की पुल निर्माण कार्य अँझै लम्बिने संकेत देखिएको छ । पैदल यात्रुलाई आवतजावतमा सहजताका लागि निर्माणाधिन अवस्थाको पुलमाथी काठको फल्याक राखिएको छ ।
बर्षातको समयमा रामघाट खोला र कर्णाली नदिको पानी सतह बढ्ने भएकाले रामघाट बजार समेत डुवानमा पर्ने गरेको स्थानीयको भनाई रहेको छ । असार, साउन र भदौ महिनामा यातायात आवतजावतमा खोलाले समस्या निम्त्याउँने भएकाले तत्काल बेलिव्रिज राख्न आवश्यक रहेको स्थानीयले बताए ।
स्थानीयबासी जीवनबहादुर थापाले तत्काल बेलिव्रिज राखेर सवारी आवागमनमा सहज नबनाए जुम्ला, हुम्ला जिल्ला सदरमुकाममा दैनिक उपभोग्य वस्तुको हाहाकार हुनुका साथै अस्वभाविक रुपमा बजार मूल्य बृद्धि हुनुका साथै ठुलो दुर्घटना समेत निम्तिन सक्ने चेतावानी दिएका छन् ।

Tuesday, July 17, 2012

आ“प उत्पादन ९० प्रतिशतले घट्य

खेमराज ओली 
सुर्खेत, २ साउन ।
सुर्खेतमा यो बर्ष आ“पको उत्पादनमा ९० प्रतिशत कमी आएको छ । आ“पको सिजनका समयमा जिल्लामा आ“पको अभाव देखिएको छ । विशेष गरी आ“प एक वर्ष फल्ने र अर्काे वर्ष नफल्ने भएकोले आ“पको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयका दुर्गादत्त बसौलाले जानकारी दिए ।
यो समयमा जिल्लामा अघिल्लो वर्ष आ“पले बजार नपाएको भन्दै बसौलाले यो वर्ष भने जिल्लाका उपभोक्ताको माग पूर्ति गर्नका लागि जिल्ला बाहिरबाट आ“पको आयात गर्नुपरेको बताए । सुर्खेतमा नेपालगञ्ज, वीरगञ्जका साथै भारत लगायतका ठाउ“बाट आप“को आयात गरिएको छ । जिल्लाका पूर्वी गाविसहरु रामघाट, छिन्चु लगायतका ठाउ“का साथै वीरेन्द्रनगरमा पनि आ“पको उत्पादन हुने गर्छ । रामघाट, छिन्चु लगायतका कृषकहरुले व्यवसायिक रुपमा आ“पको बगैँचा निर्माण गरी आ“प उत्पादनमा लागे पनि यो बर्ष आँप फल्ने पालो नभएका कारण यसैमा चित्त बुझाएका छन् ।
स्थानीय कृषकहरुले अघिल्लो वर्ष आफुहरुको बगैँचामा आँप राम्रो फलेको कारण यो बर्ष आँप नफली मुना पलाएको बताएका छन् । साथै यो बर्षमा केही मात्रामा फलेको आँप पनि खराब मौसमका कारण बोटमा रहन नसकेको रामघाटका कृषकले बताएका छन् ।
आँप फल्न लागेको समयमा हुरी बतासका साथै असिना समेत परेकोले पनि आँपको उत्पादन घटेको हो । बजारमा आँपहरु देखिएपनि जिल्लामा उत्पादन भएको आँप भने छैन् । जिल्लामा दैनिक रुपमा यति रुपैँयाको आँप आयात हुन्छ भन्ने तथ्याङ्क नभएपनि हजारौं मुल्यको आँप आयात हुने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ ।
गत वर्षमा भने जिल्लामा उत्पादन भएको आँप जिल्लामा खपत भएर पनि बाहिरी जिल्ला बा“केमा निकासी गरिएको थियो । जिल्ला बाहिर पनि निर्यात हुने गरेको जिल्ला कृषिले जनाएको छ । गत बर्ष आँपको मूल्यमा कमी आउनुका साथै बजारमा समेत खपत हुन सकेको थिएन् । यो वर्ष भने जिल्लामा आँपको उत्पादनमा गिरावट आएपछि आँपको मूल्यमा ठुलो मात्रामा बृद्धि भएको छ ।
साथै जिल्लामा यो वर्ष धान उत्पादनमा समेत गिरावट आउने जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले जानकारी दिएका छन् । यो बर्ष पानी पछि परेपछि हाल सम्ममा पनि ८० प्रशित भन्दा बढी धान उत्पादन क्षेत्रमा रोपाई गरिएको छैन् । उपत्यकाको २० प्रतिशत जमिनमा मात्रै धान रोपिएको छ भने उपत्यका बाहिरका केही स्थानमा भने ६० देखि ७५ प्रतिशत धान रोपिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
समयमा पानी नपरेका कारण कृषकले धानको वीऊ नराखेकोले धान रोपिने क्षेत्रको समेत कम हुने बताइएको छ । जिल्लामा धान रोपाई सुरु भएको समयमा प्रयाप्त मात्रामा रासायनिक मल समेत उपलब्ध हुन सकेको छैन् । हाल जिल्लामा डियपी मलको अभाव रहेको कृषि सामाग्री संकलन कम्पनीका प्रमुख लैनसिंह वोगटी जानकारी दिएका छन् ।
यूरिया मल भने केही मात्रामा रहेको उनले बताए । डियपी १२ गते सम्ममा आउन सक्ने भनिए पनि अनिश्चित भएको बताईएको छ । धान फल्ने समयमा मौसमले साथ दिएमा अझै पनि सन्तोष जनक उत्पादन हुने जिल्ला कृषिले बताएको छ ।

Sunday, July 8, 2012

असफल राष्ट बनाउँन खोजिँदैछ ः गौतम


  • दीपक बुढा
सुर्खेत, २४ असार ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजनीतिक तथा संवैधानिक संकट निम्त्याएर एकिकृत नेकपा माओवादीले असफलत राष्ट बनाउन खोजेको आरोप लगाएका छन् । ‘राष्ट्रिय सहमितको सकार निर्माण गर्नुपर्नेमा एमाओवादी गैरजिम्मेवारीपूर्वक अगाडी बढिरहेको छ’ उनले भने ‘जातिय द्धन्द्ध सृजना गरेर माओवादी नेपाललाई असफल राष्ट बनाउन लागि रहेको छ ।’

Saturday, July 7, 2012

भिसाको रकम फिर्ता गरी पशुपालनमा

दीपक बुढा÷सुर्खेत
नेपाल पत्रकार महासंघ शाखा सुर्खेत (सदस्य)
युगआव्हान दैनिक (कार्यकारी सम्पादक)

वीरेन्द्रनगर–८ कालिन्चोकका देवप्रसाद ढकाल गत मंसिरमा जागिरबाट पेन्सन रिटायर भएपछि विदेश जाने योजनामा थिए । नेपाल आर्मीका जागिरे ढकालले चिनको मकाउँ शरहमा मासिक ८० हजार तलबमा काम गर्ने गरी मेनपावर कम्पनीलाई ५० हजार रकम समेत बुझाएका थिए ।
कम्पनीले पहिले भने अनुसार सेवा, सुविधा, तलव दिने निश्चित नभएपछि ढकालले विदेश जाने योजना परिवर्तन गरेका हुन् । मेनपावर कम्पनीबाट रकम फिर्ता गरी उनी पशुपालन व्यवसाय गर्ने योजनामा पुगे ।
‘विदेश नजाने भएपछि काठमाण्डौंबाट चितवन, गोर्खाका विभिन्न गाई फर्मको स्थलगत भ्रमण गरेँ अनि घर फर्किए लगत्तै जिल्लामा गाई फर्म संचालन गर्ने योजना बन्यो’– ढकालले भने ‘धेरै चुनौतिहरु थिए । मान्छे पाल्न त गाह्रो छ भने गाई भैँसी पाल्न त झन चुनौति नै हो ।’

Thursday, July 5, 2012

सडक खन्दा सरकारी निकायको लापर्वाही
खेमराज वली
सुर्खेत, २१ असार ।

जर्वुटाका नागरिकहरुले आफ्नै पहलमा मोटरबाटो निर्माण गर्दा सरकारी निकायले भने लापर्वाही गरेको छ । स्थानीय नागरिकले स्थानीयहरुबाटै रकम उठाएर वीरेन्द्रनगर–१२ नेवारे–गर्गरे हँुदै रातानाङ्ला–धरमपोखरा जोड्ने सडक निर्माण गरेका थिए । मोटर बाटो निर्माणमा रकम विनियोजन नगरी गाविसले लापर्वाही गरेको हो ।
स्थानीयहरुको १८ लाख ५० हजार लगानीमा सो सडक जर्वुटा–८ नलखोलासम्ममा निर्माण भईसकेको छ । दुई वर्ष अगाडि देखि सुरु गरिएको बाटो निर्माणका लागि जर्बुटाका ५, ६, ७, ८ र ९ नम्बर वडाका नागरिकहरुले रकम संकलन गरेका थिए । नेवारे देखि जर्बुटा–८ नलखोलासम्म करिब ११ किलोमिटर मोटरबाटो निर्माण गरिएको छ ।
सडक सुर्खेतको रतु र दैलेखको गोगनपानीको सीमानामा पर्ने जिल्लाने (कान्छिबजार) मा जोडिने लक्ष्य लिईएपनि रकम अभावका कारण पूरा हुन नसकेको बताईएको छ । मोटरबाटो निर्माणपछि अव जर्वुटामा उत्पादित तरकारी तथा फलफूलले बजार पाउने र स्वास्थ्य उपचारका लागी पनि सजिलो हुने नागरिकले अपेक्षा गरेका छन् ।
तर रकम लगानी गरेपछि सरकारी निकायले वेवास्था गरिरहेको उपभोक्ता समितिले गुनासो गरेका छन् । उपभोक्ता समितिका पूर्वअध्यक्ष टेकराज उपाध्यायले जनताहरु नै सक्रिय भएर विकास निर्माणको काम गर्दा पनि सरकारी निकायबाटै आफुहरुको कामप्रति व्यवास्ता भएको बताएका छन् ।
उनले जिल्ला विकास समितिले बाटो सर्भे गर्ने भने पनि नगरेको समेत बताएका छन् । अघिल्लो आर्थिक बर्षमा जनताको दबाब पछि गाविसले एक लाख २५ हजार छुट्याएकोे भन्दै यति रकम उक्त सडकका लागि हात्तीको मुखमा जिरा जस्तै भएको बताए । यो बर्ष पनि गाविसले दुई लाख ९ हजार सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर गाहाले जानकारी दिएका छन् । उनले सडक निर्माणमा प्रयोग भएको मेसिनलाई समेत ऋण तिर्ण बाँकी रहेको बताए ।
गत वर्षको एक लाख ३० हजार र यो बर्षको ८६ हजार चार सय १२ रुपैयाँ तिर्न बाँकि रहेको उनले बताए । हाल बर्षाको समय आएकोले कसैको सहयोग नभएकोले सडक जिर्ण बन्दै गएको र नागरिकसंग पनि आर्थिक अभाव भएकोले समस्या आएको समेत उनले बताए । सडक बिग्रिने भएकोले स्थानीयले नै नाला बनाउन लागेको गाहाले बताए ।
साथै स्थानीयहरुले सडकको उद्घाटन गर्न सम्भव भए स्थानीय विकास अधिकारी, नभए जिल्ला विकास समितिका कर्मचारीलाई बोलाइएपनि वेवास्ता भएको बताए । उद्घाटनका लागि जिल्ला विकास समिति र गाविसको कार्यालयबाट सहभागि नभएपछि वरिष्ठ चन्दादाता कृष्णदेव थापाले सडकको उद्घाटन गरेका थिए । उनले बाटो निर्माणका लागी लिने गरिएको स्वैच्छिक चन्दामा ५० हजार रुपैयाँ दिएका थिए ।
यता, स्थानीय विकास अधिकारी रेग्मीले आफु विशेष कामको शिलसिलामा सहारे पुगेको र यसबारे थाह नभएको बताए । गाविस सचिव खड्गबहादुर दर्लामीले पनि आफ्नो मोटरसाईकल लैजान नसक्ने बताउँदै निर्माण स्थलमा जान नसकेको प्रतिक्रिया दिए ।

Wednesday, July 4, 2012

ट्राफिक प्रहरीको सक्रिता
ट्राफिक व्यवस्थापन बारे छलफल

सुर्खेत, २० असार ।
वीरेन्द्रनगर बजार क्षेत्रको ट्राफिक व्यवस्थापन, सवारी पार्किङका बारेमा बुधबार छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीसंग छलफल गरेको हो ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कृष्णराज सापकोटाको सक्रियतामा भएको छलफलका सहभागिहरुले बढ्दो सवारी चापसंगै बजारको पार्किङ अवस्था चिन्ताजनक भएको बताएका थिए । ‘नीजि तथा सरकारी बैंकहरुको आफ्नो सवारी पार्किङ स्थल नहुँदा पनि बजारमा थप समस्या भएको छ । स्वीकृति दिँदानै पार्किङ स्थल भएको हुनुपर्ने प्राव्धान राख्नुपर्ने हो तर भएन अव सुधार गर्नुपर्छ ।’ छलफलका सहभागिको भनाई थियो ।
सोही अवसरमा आफ्नो कार्यकालमा सुर्खेत ट्राफिकको सक्रियता र अफिस व्यवस्थापनमा सहयोग जुटाएको बारे जानकारी दिएका थिए । ट्राफिक प्रहरी प्रमुख सापकोटाले आफु रातदिन आफ्नो जिम्मेवारी अनुसारको काममा खटिएको बताए ।
‘वीरेन्द्रनगर बजारमा ट्राफिक जनचेतनाका लागि कहिले चक्लेट वितरण गर्छु । पहिलो पटक स्लो मोटर ड्राईभिङ प्रतियोगिता आयोजना गरेँ अव पुरानो र नयाँ एक–एक जना कुशल ड्राईभरलाई सम्मान गर्ने योजना छ’–ट्राफिक प्रहरी प्रमुख सापकोटाले बताए ।
बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा नीजि क्षेत्रको भूमिका र ट्राफिक प्रहरीलाई गर्न सकिने सहयोगका बारेमा छलफल गरिएको थियो । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव मदनबहादुर खड्काको नेतृत्वमा ट्राफिक प्रहरी कार्यालय पुगेको टोलीले आफ्नो कार्यसमितिमा छलफल गरी गर्न सकिने सहयोगको टुङगो लगाउने बताए ।
महासचिव खड्काले भने ‘हामी सहयोग गर्न प्रतिवद्ध छौं । कार्यसमितिमा छलफल गरी ट्राफिक प्रहरीको सक्रियतालाई अँझ सहयोग पुग्नेगरी सामान वा अन्य सहयोग गर्न हामी तयार छौं ।’ मोटरसाईकलमा लामो समय सम्म नम्बर प्लेट नलगाउँदा अपराध बढ्ने भएकाले मोटरसाईकल खरिद गरेदेखि अस्थायी नम्बर प्लेट भएपनि राख्नुपर्ने सुझाव दिईएको थियो ।
ट्राफिक प्रहरी प्रमुख सापकोटाकै सक्रियतामा दुर्घटनाबढी हुने दुई स्थानमा मोटरसाईकलको कंकाल झुण्डयाईएको छ । रत्नराजमार्गको सुब्बाकुना र जुम्ला सडक खण्डको यरीचोकमा मोटरसाईकलको कंकाल झुण्ड्याईएको हो ।
‘यो मोटरसाईकल ट्राफिक बढी दुर्घटना हुने स्थानमा राख्दा सवारी चालक सचेत हुन्छन् अनि दुर्घटनामा न्यूनिकरण हुन्छ’ ट्राफिक प्रहरी प्रमुख सापकोटाले भने ‘यसरी ट्राफिक जनचेतना जगाउने विभिन्न क्रियाकलापहरु संचालन भैरहेका छन् ।’ मोटरसाईकलको क्लिप नलगाउँदा चक्लेट दिने अनि सचेत गराउने अभियानले सफलता पाएको छ ।
उक्त अभियानका क्रममा करिव पाँच सय रुपैयाँको चक्लेट वितरण गरिएको बताए । अभियान पछि बजार क्षेत्रमा हेलमेट नलगाउँने र लक समेत नलगाउने गलत संस्कार हराउँदै गएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको ९मापसे० चेक जाँचमा तिव्रता दिएपछि रातीमा मादक पदार्थ सेवन गरेर मोटर ड्राईभिङ गर्नेहरुपनि निरुत्साहित भएका छन् । ट्राफिक नियम उलंघन गर्नेलाई कार्वाहि गर्नेक्रममा पनि तिव्रता दिईएको छ । आफ्नो कार्यकालमा ट्राफिक प्रहरी प्रमुख सापकोटाले १२ लाखबढी राजश्व संकलन गरेका छन् । जुन विगतका बर्षको तुलनामा चार गुणाबढी हो ।
१४ गाविस निःशुल्क शिक्षा प्रदायक हुँदै
हिमा उपाध्याय
सुर्खेत, २० असार ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतले थप १४ वटा गाविसहरुलाई निःशुल्क शिक्षा प्रदायक गाविस बनाउने तयारी गरिएको बताएको छ । हाल सम्ममा जिल्लाका नौ गाविसमात्रै निःशुल्क शिक्षा प्रदायक गाविस भएका छन् । यस वर्ष १४ गाविस थपिए पछि निःशुल्क शिक्षा प्रदायक गाविसको संख्या जिल्लामा २३ पुग्ने छ । चालु आर्थिक वर्षमा गर्नुपर्ने कार्यक्रम भएपनि चालु आर्थिक बर्षको अन्त्यमा मात्रै परिपत्र आएको शिक्षा कार्यालयले बताएको छ ।
शिक्षा कार्यालयले यस वर्षमा घाटगाउँ, पोखरीकाँडा, तातापानी, उत्तरङ्गा, रतु, मैनतडा, मेहलकुना, धारापनी, लेखफर्सा,काप्रीचौर र डाँडाखाली लगायतका गाविसहरुलाई निःशुल्क शिक्षा प्रदायक गाविस बनाउने तयारी गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याले बताए । यस अघि जिल्लाका गर्पन, दशरथपूर, मालारानी, कुनाथरी, नेटा, रामघाट, लाटिकोईली, वावियाचौर र कल्याणमा निःशुल्क तथा अनिवार्य शिक्षा लागु भइसकेको छ ।
जिल्ला शिक्षा कार्यालयको आयोजनामा बुधबार भएको गुणस्तरीय शिक्षामा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा अधिकारी उपाध्यायले शिक्षा कार्यालयका कार्यक्रमका बारेमा जानकारी दिँदै यस्तो बताएका हुन् । साथै अधिकारी उपाध्याय १४ वटा गाविसमा निरक्षर उन्मूलन भएकोले यी गाविसमा पहिले जस्तो सहयोग नगर्ने र अन्य गाविसमा निरक्षर उन्मुलन तर्फ लाग्ने बताए ।
उनले जिल्लामा विद्यालय जाने उमेर समूहका दुई प्रतिशत बालबालिका मात्रै विद्यालय बाहिर रहेको बताए । २५ वटा प्राविलाई समायोजन गरिने योजनामा रहेको समेत बताइएको छ । यस अघि जिल्लाका सिमली प्रावि धामिसेनमा र प्रावि चाँदनी चौकीमा समायोजन भएको बताइएको छ ।
जिल्ला शिक्षा कार्यालय मार्फत चार सय ४६ वटा बालबिकास केन्द्र सञ्चालन भएको उमेर ढल्केकाहरुलाई वैकल्पिक शिक्षाको प्रयोग गरिएको शिक्षा कार्यालयकी उपसचिव दिपा हमालले बताइन् ।
जिल्लामा १० वटा स्रोत कक्षाको समेत सञ्चालन गरिएको छ । जसमा दृष्टिविहिनका लागि रामघाटमा, सुस्तमनस्थितीका लागि घुस्रामा पढाई भइरहेको बताईएको छ । जिल्लामा वावियाचौर र वीरेन्द्रनगरको हस्वीर विद्यालयमा गृहिनी शिक्षा सञ्चालन भएका छन् ।
जिल्लामा रहेका जम्मा पाँच सय २२ सामुदायीक विद्यालय मध्ये एक सय १३ वटा विद्यालयलाई शिक्षा कार्यालयले न्युनतम असक्षतमा भएका विद्यालयमको रुपमा पहिचान गरेको बताइएको छ । पढाईको लागि कक्षा कोठा नभएको, शिक्षक नभएको, पाठ्यपुस्तक, शौचालय र सिकाई सामाग्रि तथा बुक कर्नर नभएका विद्यालयलाई शिक्षा कार्यालयले न्यूनतम असक्षमता भएका विद्यालय भनेको छ । यस्ता १३ वटा विद्यालयमा शौचालय निर्माण तथा अन्य कार्यका लागि १५ हजार सहयोग गरेको छ ।
साथै चालु आ.ब.मा कक्षा ९ र १० मा अध्ययनरत सात सय ४५ दलित, दुई सय २१ अपाङ्गता भएका, दुई सय आठ लोपोन्मूख जातीका विद्यार्थीहरुका लागि छात्रबृत्ति वितरण गरिएकोे शिक्षा कार्यालयले जानकारी दिएको छ ।
अन्तरक्रियामा वोल्दै नेपाल शिक्षक यूनियनका अध्यक्ष धनसिंह खड्काले शिक्षा जगतका समस्याहरु सञ्चार माध्यामले नआए समाधानमा कठिन हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष दुर्गा थापाले गुणस्तरीय शिक्षामा सञ्चार माध्यमको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा शिक्षा सम्बन्धि विभिन्न प्रतिवेदनमा उल्लेख भएका विषयहरुको कार्यन्वयनका लागि सञ्चार माध्यमले सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
साथै योग्यता नपुगेका शिक्षकहरु नै प्रध्यापक हुने, विद्यालयहरुमा पढाइने प्रक्रियाहरु विद्यार्थी केन्द्रित नहुने भएकोले यस तर्फ सञ्चार माध्यामले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुपर्ने समेत उल्लेख गरिएको छ ।
१०+२ मा प्रत्येक बर्ष नयाँ विषय
दिपक बुढा
सुर्खेत, २० असार ।

सुर्खेतका उच्च माध्यमिक विद्यालयहरुमा प्रत्येक बर्ष नयाँ विषय भित्रिने गरेका छन् । आफ्नो विद्यालयमा विद्यार्थी आक्रर्षित गर्न नयाँ नयाँ विषय भित्र्याउने गरिएको छ । सुर्खेतमा यस बर्ष थप दुई वटा नयाँ विषय भित्रिएका छन् ।
यस शैक्षिक सत्रदेखि होटल व्यवस्थापन र ट्राभल एण्ड टुरिजम विषय भित्रिएका हुन् । नेपाल राष्ट्रिय उच्च मावि गाग्रेतालले यस बर्षदेखि दुवै विषयको पठन पाठन सुरु गरेको छ । सरकारीदेखि सामुदायिक उच्च माध्यमिक विद्यालयहरुले प्रत्येक बर्ष नयाँ विषय भित्र्याईरहेका छन् ।
होटल व्यवस्थापन विषय इन्टरनेशनल को–अपरेटिभ एकेडेमी, इगरव्रिज, सेन्टमेरिज को–अपरेटिभ लगायतका विद्यालयहरुले यस बर्षदेखि सुरु गरेका छन् । होटल व्यवस्थापन विषय पढ्न बाहिरी जिल्लामा जानुपर्ने बाध्यता रहेका यस क्षेत्रका विद्यार्थीहरुलाई थप सुविधा प्राप्त भएको छ ।
२०६४ सालदेखि सुर्खेतमा पहिलो पटक आमसञ्चार, पत्रकारीता विषय भित्रिएको थियो । जनसेवा उच्च मावि घुस्रा र अमरज्योति नमूना उच्च मावि नेवारेले एकै पटक त्यो विषयको अध्ययन सुरु गरेका थिए । पहिलो पटक जिल्लामा भित्रिएको उक्त विषयमा धेरै विद्यार्थीको आक्र्रषण भएपनि स्नातक तहमा पत्रकारीता अध्ययन नहुँदा विद्यार्थीहरु अन्यौलमा रहेका छन् ।
आमसञ्चाल तथा पत्रकारीताका शिक्षक युवराज शर्माले वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा एक बर्ष अगाडीदेखि स्नातक तहमा पत्रकारीता विषय ल्याउने तयारी भएपनि त्यो सफल हुन नसकेको बताए । उनले भने ‘उच्च माविमा पत्रकारीता पढ्ने विद्यार्थीको चाप धेरै छ तर स्नातक तहमा अध्ययन नहुँदा धेरै विद्यार्थी रुची हुँदा हुँदै पनि पत्रकारीता पढ्नबाट बञ्चित भएका छन् ।’
२०६५ सालदेखि सुर्खेतमा शिक्षा विज्ञानको विषयमा पठन पाठन समेत हुन थाल्यो । पहिलो पटक उच्च मावि नेवारे र जनउच्च मावि वीरेन्द्रनगरले उक्त विषयको पढाई सुरु गरेका थिए । उच्च मावि कुनाथरीले २०६८ सालदेखि कृषिको एनएक्स प्रोग्राम सुरु गरेको छ त्यसलेपनि यस क्षेत्रका विद्यार्थीहरुलाई थप सुविधा पु¥याई रहेको छ ।
२०६७ सालदेखिनै शिव उच्च मावि लाटीकोइलीले कृषि विज्ञान विषय जिल्लामा पहिलो पटक भित्र्याएको थियो । त्यस लगत्तै श्रीकृष्ण तथा संस्कृत साधारण उच्च मावि इत्रामले उक्त विषयमा पढाई सुरु गरेको थियो । नयाँ नयाँ विषय प्रत्येक बर्ष भित्रिने गरेको तर स्नातक तहमा भने नयाँ विषय थपिएका छैनन् ।
उच्च माध्यमिक विद्यालयहरुमा विद्यार्थीलाई आक्रर्षित गर्न विभिन्न नयाँ नयाँ विषय प्रत्येक बर्ष ल्याउने गरिएको छ । उच्च मावि गाग्रेतालले सहकारी शिक्षा समेत सुरु गरेको छ । विषय अनुसार विद्यार्थीको आक्रर्षण बढाई विद्यार्थी संख्यामा बृद्धि गर्ने उद्देश्यले विद्यालयहरु नयाँ नयाँ विषयको खोजी गर्ने गरेका छन् ।
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन सुर्खेतका अध्यक्ष एवंम इन्टरनेशनल को–अपरेटिभ एकेडेमी कालागाउँका प्रिन्सिपल नैनसिंह खत्रीले सुर्खेतमा यस बर्षदेखि सुरु भएको होटल व्यवस्थापन विषयले होटल व्यवसायमा जान चाहने विद्यार्थीहरुका लागि सुविधा थपिएको बताए ।
पर्यटन विकास संगै होटल व्यवसाय समेत फस्टाईरहेको अवस्थामा जिल्लामा भित्रिएका दुई विषयले जिल्लाको शैक्षिक गुणस्तर, शैक्षिक क्षेत्रमा केही रुपमा भएपनि सहयोग पुगेको बताए । उनले भने ‘जिल्लामा पहिलो पटक संचालित यस विषयमा विद्यार्थी संख्या पनि उल्लेख्य बढ्नेछ’
भर्ना अभियान संचालन भैरहेको अवस्थामा जिल्लाका विभिन्न विद्यालयहरुले आ–आफ्नो विद्यालयमा पढाई हुने विषय, विद्यालयको शैक्षिक वातावरणका बारेमा स्थानीय संचार माध्यमहरुबाट प्रचार प्रसार गरिरहेका छन् ।
सरकारी उच्च मावि भन्दा नीजि क्षेत्रबाट खोलिएका उच्च माविहरु प्रचार–प्रसारमा अगाडी देखिएका छन् । स्थानीय पत्रपत्रिकाहरुमा भ्याली भित्र रहेका उच्च माविहरुको विज्ञापनले महत्वपूर्ण स्थान पाईरहेको छ ।
जनसेवा उच्च मावि घुस्राका प्राचार्य भक्तबहादुर शाहीले भने ‘कुन विद्यालयमा कुन विषय पढाई हुन्छ भन्ने कुरा सबै विद्यार्थीलाई जानकारी हुँदैन । प्रचार प्रसार गरेमा विद्यार्थीलाई विद्यालय छनोट गर्न सहज हुनेछ ।’ जनसेवा उच्च मावि घुस्रामा मानविकि, शिक्षा र व्यवस्थापनमा पढाई भैरहेको उनले जानकारी दिए । जनसेवा उच्च मावि घुस्रा जिल्लामै पहिलो पटक आमसञ्चार तथा पत्रकारीता विषय अध्यापन गर्ने विद्यालय हो । भने उच्च मावि गाग्रेताल सहकारी शिक्षा, होटल व्यवस्थापन र ट्राभल एण्ड टुरिजम विषय पढाई सुरु गर्ने पहिलो विद्यालय हो ।
कहाँ कुन विषय
उच्च मावि गाग्रेतालमा
व्यवस्थापन संकाय तर्फ (सहकारी शिक्षा, ट्राभल एण्ड टुरिजम)
शिक्षा संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, शिक्षण विधि र शिक्षाको परिचय, गणित, जनसंख्या र वातावरण, स्वास्थ्य तथा शारिरीक शिक्षा
मानविकि संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, जनसंख्या अध्ययन, गणित, समाजशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, अर्थशास्त्र, नेपाली
शिव उच्च मावि लाटीकोइलीमा
कृषि विज्ञान
व्यवस्थापन संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, अर्थशास्त्र, कम्यूटर, व्यवसायीक अध्ययन, होटल व्यवस्थापन, लेखाशास्त्र,
शिक्षा संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, शिक्षण विधि र शिक्षाको परिचय, गणित, जनसंख्या र वातावरण, स्वास्थ्य तथा शारिरीक शिक्षा
मानविकि संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, जनसंख्या अध्ययन, गणित, समाजशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, अर्थशास्त्र, नेपाली
भैरव उच्च माविमा
व्यवस्थापन संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, अर्थशास्त्र, कम्यूटर, व्यवसायीक अध्ययन, होटल व्यवस्थापन, लेखाशास्त्र,
शिक्षा संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, शिक्षण विधि र शिक्षाको परिचय, गणित, जनसंख्या र वातावरण, स्वास्थ्य तथा शारिरीक शिक्षा
जनसेवा उच्च मावि घुस्रा
व्यवस्थापन संकाय
शिक्षा संकाय ः अनिवार्य अंग्रेजी, नेपाली, शिक्षण विधि र शिक्षाको परिचय, गणित, जनसंख्या र वातावरण, स्वास्थ्य तथा शारिरीक शिक्षा
मानविकि संकाय ः आमसञ्चार तथा पत्रकारीता, अनिवार्य अंग्रेजी, नेपाली, जनसंख्या अध्ययन, गणित, समाजशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, अर्थशास्त्र, नेपाली

नीजि विद्यालय तर्फ

सेन्टमेरिज को–अप्रेटिभ
व्यवस्थापन संकाय (होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम)
शिक्षा संकाय
मानविकि संकाय
इन्टरनेशनल को–अप्रेटिभ
व्यवस्थापन संकाय ः (होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम)
विज्ञान
कम्यूटर साईन्स
इलाईट बोर्डिङ स्कुल
विज्ञान संकाय
व्यवस्थापन संकाय
कम्यूटर साईन्स
उषा वालवाटिका 
विज्ञान संकाय
व्यवस्थापन संकाय
कम्यूटर साईन्स

Sunday, July 1, 2012

रातानाङ्ला–धरमपोखराबाट करोडौको आलु निकासी
यस पटक एक चौथाई उत्पादनमा कमी
दीपक बुढा
सुर्खेत, १७ असार ।

सुर्खेत र दैलेख जिल्लाको सिमानामा पर्ने रातानाङ्ला–धरमपोखराबाट बार्षिक करोडौंको आलु निकासी हुने गरेको छ । आलु उत्पादनका लागि चर्चीत रहेको उक्त क्षेत्रमा यस पटकको खडेरीले र असिनाले आलु उत्पादनमा गिरावट हुने भएको छ । कृषि प्राविधिकका अनुसार यस पटक एक चौथाई आलु उत्पादनमा कमि हुने भएको छ ।
यस क्षेत्रबाट बर्षेनी करोडौं मुल्यको आलु उत्पादन तथा निकासी हुने गरेको छ । सुर्खेतका रतु, गर्पन, जर्वुटा र दैलेख जिल्लाका गोगनपानी, पीलाडी, लालीकाँडा आलु बढी उत्पादन हुने क्षेत्र पर्दछन् । त्यस क्षेत्रमा उत्पादन भएको आलु सुर्खेत, दैलेख र बाहिर नेपालगंजसम्म खपत हुने गरेको छ ।
दैलेख पिलाडी गाविस निगालपानीका स्थानीय व्यवसायी एवंम् आलु संकलन केन्द्रका इन्द्रजित वि.सी.ले आफ्नो गाविसबाट मात्रै एक सिजनमा एक करोडबढी आलु विक्रि हुने गरेको बताए । वार्षिक २५ देखि ५० क्वीन्टलसम्म आलु उत्पादन हुने गरेको बताए ।
२०५६ सालदेखि आलुखेतीको व्यवसायीक उत्पादन सुरु भएको उक्त क्षेत्रका दुई सय बढी किसानहरु व्यवसायीक आलु उत्पादनबाट जिविकोपार्जन गरिरहेका छन् । पानीको असुविधा रहेको उक्त क्षेत्रमा एक रोपनी जमिनमा २० देखि २५ के.जि. सम्म आलु उत्पादन हुने गरेको छ । बैशाखको अन्त्यमा आएको असीना र लामो खडेरीका कारण आलु उत्पादनमा कमी हुने भएको छ ।
काडिनल, डिजरे, कोप्रेज्योति, शिव अठासी, खुमल जुम्ली, जुम्ली जातका आलुको उत्पादन हुने गरेको छ । माघ–फाुगन–चैत्र मा लगाउने र जेठ महिनादेखि भदौं महिनासम्म आलुको प्रतिफल लिने गरिन्छ । ‘व्यवसीयक आलु उत्पादन हुन थालेपछि विदेशीने युवाहरु पनि गाउँ घरमै काम गर्न थालेका छन् ।’ स्थानीय व्यवसायी वि.सी.ले भने ‘सिजनमा एउटा परिवारले कम्तीमा ५० हजारदेखि पाँच लाख रकम सम्म बचत गर्ने गरेको छ तर यस पटक भने मौसमले साथ दिएन’
तानानाङ्ला–धरमपोखरा करिडोरमा आलु मात्रै नभएर सिमि, टमाटर, भिन्टी, भाँटा, नलेबोडी, काँक्रा सहितको तरकारी उत्पादन हुने गरेको छ । यस क्षेत्रमा उत्पादन भएको आलु सहितका तरकारीहरु वीरेन्द्रनगर स्थित बाबु एण्ड शाही, देवकोटा, बालकृष्ण मण्डीहरुले खरिद गर्ने गरेका छन् । मण्डीहरुले उक्त क्षेत्रमा तरकारी संकलन एजेन्टहरु राखेका छन् । वावु एण्ड शाही मण्डी संचालक प्रवल शाहीले कृषकले लगाएको आलुबाली असीना र खडेरीले नष्ट भएपछि तरकारीको अभाव सृजना हुने जानकारी दिए ।
लामो समयदेखि आलु खेती गरिने भएकाले माटोको उपचार गर्न आवश्यक रहेको छ । त्यसक्षेत्रमा उत्पादन भएको आलु जेठ महिनादेखि कात्तिक महिना सम्म दैलेख र सुर्खेतको बजारमा आयात हुने गरेको छ । प्रति महिना कम्तिमा तीन हजार क्वीन्टलसम्म आलु सुर्खेतमा निकासी हुने गरेको स्थानीय व्यवसायीको भनाई छ ।
स्थानीय आलु विक्रेता टेकबहादुर शाहीले कृषकहरुले उत्पादन गरेको तरकारी घरबाटै विक्रि हुन थालेपछि स्थानीय कृषकहरु उत्साहित भएको बताए । उनले भने ‘पहिले परम्परागत कृषि उत्पादन गर्दै आएका कृषकहरु अहिले व्यवसायीक भएका छन्’ ‘खाली रहेको जमिनमा आलु खेती गरिहाल्छन् । उत्पादन पनि राम्रै भएको छ ।’
वावु एण्ड शाही सव्जी मण्डीका संचालक प्रवल शाहीले सुर्खेत, दैलेखमा उत्पादन हुने आलु, दैलेखको सुन्तला र कर्णाली अञ्चलको स्याउ भण्डारण गर्न शित भण्डार आवश्यक रहेको बताए । तीन बर्ष अघि विस्तृत अध्ययन गरी लागत स्टिमेट तयार गरेपनि क्षेत्रीय कृषि निर्देशनालयमा थन्किएको छ ।
विद्यालयमा प्रधानाध्यापकको दादागिरी
दीपक बुढा
सुर्खेत, १७ असार ।

पूर्व मैनतडा स्थित एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थी माझमा दादागिरी प्रदर्शन गरेका छन् । विद्यार्थीलाई अनुशासन सिकाउँने नाममा चरम यातना दिँदै घटना बाहिर नल्याउन धम्की समेत दिएका छन् ।
पहिले विद्यालयमा अवैध काठ राखेर चर्चामा आएका प्रधानाध्यापक पुनः विद्यालयमा विद्यार्थीलाई त्रसित तुल्याएर चर्चामा आएका छन् । उनी हुन नेपाल राष्ट्रिय प्रस्तावित निम्न माध्यमिक विद्यालय मैनतडा–१ घारीवनका प्रधानाध्यापक शिवजंग वली । उनले सोही विद्यालय कक्षा–८ मा अध्ययनरत मधुर खड्कालाई चरम यातना दिनुका साथै अन्य विद्यार्थीहरुलाई समेत डरत्रास देखाएका छन् ।
गत १२ गते बृक्षारोपण गर्न मल ल्याएर विद्यालयमा नआउँने विद्यार्थीहरुलाई विहान लाईनमै धेरै समय खडा गरी सबैलाई मुर्गा बनाएका थिए । त्यसैक्रममा विद्यार्थी खड्कामाथी प्र.अ. वली र शिक्षक ललित घर्तीले कुटपिट गरेको बताईएको छ ।
विद्यालयमा बृक्षारोपण गर्न मल ल्याएर विद्यालय आउँनु भनेर सुचना दिएको दिन विद्यालयमा उपस्थित नभएका खड्कालाई सामान्य भनाभन पछि प्र.अ. र शिक्षकले मुक्का, लाठी, हातले टाउको कुटपिट गरेको उनका अभिभावकले बताए । छिन्चु–३ हर्रे घर भएका उनी यसै बर्ष बोर्डिङ विद्यालयबाट सरकारी विद्यालयमा भर्ना भएका थिए ।
सानी आमाको घरमा बसेर यस बर्षदेखि उक्त विद्यालयमा भर्ना भएका खडका प्र.अ. वली र शिक्षकको कुटाईबाट वेहोस भएका थिए । त्यही अवस्थामानै लेख पढ् गर्न समेत नजान्ने सानी आमा सेतीसरा डाँगीलाई घरबाट बोलाई जवरजस्ती बुझिलिएको दस्तखत गराएर निस्कासनको पत्र दिएको जनाईएको छ ।
यातना दिईएका अन्य विद्यार्थीहरुलाई घटना बाहिर ल्याए विद्यालयबाट निस्कासन गर्ने, बार्षिक परीक्षामा फेल गराउँछौं भन्दै धम्की दिएको एक विद्यार्थीले बताए । विद्यार्थी खड्कालाई दिईएको निस्कासन पत्रमा विद्यालयको स्वच्छ वातावरणलाई अनुशासन विहिन हिंसात्मक व्यवहार गरी सुधारात्मक अवसर दिँदा पनि कुनै सुनुवाई नभएकाले आन्टी साईनो लाग्ने सेतीसरा डाँगीको जिम्मा लगाई निस्कासन गरिएको व्यहोराको पत्र थमाएको छ ।
उक्त निस्कासन पत्रमा बोधार्थ जिल्ला शिक्षा कार्यालयलाई दिएको छ । उक्त पत्र र घटनाका बारेमा भने जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले आफुलाई कुनै जानकारी नभएको बताए । लिखित निवेदन सहित जानकारी प्राप्त भएमा छानविन गरी कार्वाहि तत्काल प्रक्रिया बढाउने जिशिअ उपाध्यायले बताए ।
उक्त घटनापछि अभिभावक, बाल क्लवका प्रतिनीधि सहितले प्र.अ. वली र शिक्षक घर्तीलाई कार्वाहिको माग गर्दै प्रहरी कार्यालय मेहलकुनामा जाहेरी दिएका थिए । उक्त घटनाका बारेमा प्रहरी चौकी मेहलकुनाबाट कुनै पहल नभएपछि पुन असार १५ गते इलाका प्रहरी कार्यालय छिन्चुमा आवश्यक कार्वाहिका लागि जाहेरी दिएका छन् ।
शनिबार वीरेन्द्रनगर आईपुगेका विद्यार्थी खड्काले आफ्नो टाउकोमा चोट लागेको र सिटी स्कान गर्नुपर्ने अवस्था भएपनि आर्थिक अभावमा उपचार गर्न नसकेको बताएका छन् । ‘लेखपढ समेत गर्न नजान्ने सानीआमालाई जवरजस्ती निस्कासको पत्र थमाए, अब मेरो भविष्य के हुने, एकातिर निस्कासन गरियो भने अर्को तर्फ टाउँको दुखाई कम भएको छैन्’
घटनाका विषयमा शनिबार इलाका प्रहरी कार्यालय छिन्चुले ताकेता गर्दापनि प्र.अ. सम्पर्कमा नगएको बुझिएको छ ।
विद्यालयका प्रधानाध्यापक शिवजंग वलीले भने विद्यार्थीलाई कुटपिट गर्दै अभद्र व्यवहार गरेको आरोप अस्वीकार गरेका छन् । विद्यार्थीले अनुशासन उलंघन गरेकाले सामान्य रुपमा सम्झाएको तर कुटपिटनै नगरेको दावि गरेका छन् ।
उक्त घटनाले बाल अधिकारको उलंघन भएकाले प्र.अ. र शिक्षकलाई आवश्यक कार्वाहिको माग गर्दै जिल्ला वाल मञ्च सुर्खेतले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा अनुशासन उलंघन गरेको नाममा विद्यार्थीलाई कुटविट गर्नु र धम्की दिनु बाल अधिकारमाथीको हस्तक्षेप भएको भन्दै प्रशासन एवंम अधिकारबादी संघ संस्थाको ध्यानाकर्षण गर्दछौं भनिएको छ ।
जिल्ला वाल अधिकार अधिकृत रमा भण्डारीले प्रधानाध्यापक र शिक्षक जस्तो जिम्मेवार व्यक्तिलाई अनुशासनको नाममा चरम दण्ड, धम्की दिनु गलत भएकाले कार्वाहि हुनुपर्ने बताईन् । ‘दण्डरहित शिक्षण, बालमैत्री व्यवहार, बालमैत्री वातावरणको कुरा उठिरहेको अवस्थामा यातना दिनु गैरकानूनी हो ।’