छट्टुप्रसाद विसी
लाटीकोइली–९, सुर्खेत
म नेकपा एमालेको संगठित सदस्य हुँ । मैले एमालेको सदस्यता प्राप्त गरेको दुई बर्ष भयो । जव मैले एमालेको सदस्यता लिएँ अनि मैले पार्टीका हरेक गतिविधिलाई नजिकबाट बुझने मौका पाएको छु । जनताको बहुदलिय जनवादको नारा लिएर अगाडी बढेको एमाले साँच्चिकै गाउँ गाउँ तहमा विशाल छ । गाउँ गाउँमा एमालेको संगठन बलियो छ । एमालेको नेतृत्व छ तर केन्द्र तह हुँदै जिल्ला तह सम्म त्यसको सही व्यवस्थापन हुन सकेको छैन् । अहिले पनि हेर्नुहोस स्थानीय निकाय नभएको अवस्थामा स्थानीय तहका नेतृत्वदायी संरचनाहरुमा एमालेको बर्चश्व छ ।
सामुदायिक वन, सहकारी, विद्यालय व्यवस्थापन समितिमा एमाले पक्षिय नेताहरुले अहिले धेरै ठाउँमा नेतृत्व गरेका छन् । उनीहरुले जनपक्षिय नीति बनाएका छन् । कार्यक्रम बनाएका छन् । लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकै छन् ।
केन्द्रदेखि जिल्ला तह हुँदै गाउँ गाउँ तहमा विशाल नेटवर्क बनाएका एमाले किन चुनावमा पछि पर्छ त ? आफुलाई एमाले भन्न रुचाउने केही खराब तत्वहरुको विकृत मानसिकताकै कारण एमाले जहिले पनि पछि पर्दै आएको छ । निर्वाचनको मुखमा एकताबद्ध भएर निर्वाचनमा परिचालन हुने बेला एमाले भित्रकै अराजकतत्वहरु आफ्नै पार्टीको विरुद्धमा लाग्छन् । अराजक व्यक्तिहरुले कहिल्यै बुझदैनन कि पार्टी प्रमुख कुरा हो व्यक्ति गौण कुरा हो । पार्टी निर्माण गर्ने कुरामा नलागेर व्यक्तिका पछि लागि सिंगो पार्टीलाईनै ध्वस्त बनाउन खोजिन्छ ।
पार्टी निर्माणमा लाग्ने हामी एमालेका सिपाहिहरु एमालेले लिएका नीति कार्यक्रमलाई जनस्तरमा पु¥याउन लाग्नुपर्छ । किन कुनै व्यक्तिका पछि लागेर सिंगो पार्टीलाईनै हामी बर्बाद गर्न खोजिरहेका छौं । बिपक्षिहरुसंग प्रतिस्पर्धा गर्न त पहिले आफ्नो संगठनबाटै एकताबद्ध स्वरहरु आउनुपर्छ । संसदिय निर्वाचनमा सुर्खेतका कमरेड ऋषिप्रसाद शर्मालाई हराउनका लागि एमाले भित्रकै केही विकृत तत्वहरुले छिन्चुमा षडयन्त्र गरे । झिनो मतले पराजय हुनुप¥यो । त्यसैको फाइदा उठाउँदै काँग्रेसीहरुले उनैको षडयन्त्र पूर्वक हत्या गरे । आज हामीले जिल्लाको सक्षम, कुशल, क्षमतावान नेताको खोजीमा भौतारिएका छौं । नेता गुमाएको पिडा हुँदा हुँदै २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा जितको झण्डा फहरायो ।
अहिले हामी दोस्रो संविधान सभा निर्वाचनको संघारमा उभिएका छौं । क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै एमाले केन्द्रीय कमिटीले निर्वाचनका उम्मेदवारहरुको अन्तिम टुङ्यो लगाईसकेको छ । चुनावी माहौल तातिएको छ । निर्वाचनमा कुन पार्टीले जित्छ भन्ने पूर्वानुमान गर्न थालिएको छ । गाउँ–गाउँमा, टोल–टोलमा चिया पसलमा निर्वाचनमा कस्ले चित्छ भन्दै अडकल काट्न थालिसकिएको छ ।
यस पटक पनि निर्वाचन क्षेत्र नं. १ बाट सहिद कमरेड ऋषिप्रसाद शर्माका श्रीमति निवर्तमान सभासद कमला शर्मा, क्षेत्र नं. २ बाट निवर्तमान सभासद एवंम पूर्वमन्त्री यामलाल कँडेल, क्षेत्र नं. ३ बाट तीन कार्यकाल पार्टीको नेतृत्व लिएका पार्टी अध्यक्ष नवराज रावत चुनावी मैदानमा उत्रिएका छन् । एमालेको स्थायी कमिटीले उनीहरु तीन जनालाई प्रत्यक्ष तर्फ लडन टिकट दिएको छ ।
निर्वाचनको माहौल तातिएको बेला एमाले पार्टी भित्र केही विकृतिका श्रीङखलाहरु सुरु भएका छन् । माननियको टिकटका लागि क्षेत्रीय कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय कमिटीको निर्णय प्रक्रियामा आफै दौडधुप गर्दै आफ्नो निकटको बारेमा ओकालत गरेका नेताहरु किन आज कार्यकर्तालाई उचाल्दैछन् । के यसले तपाईहरु टिकटका महत्वकांक्षिलाई पनि फाइदा होला या विपक्षिलाई ? पार्टीको एउटा तह प्रक्रियाले नीतिगत रुपमा उमेदवार छनौट गरिसक्यो के यसरीनै आफु उम्मेदवार भए सबै ठिक अर्को उम्मेदवार भए बेठिक हुन्छ भन्दै हिँडने अनि कार्यकर्तालाइ विभाजित गर्ने काम ठिक होला त ? कार्यकर्तालाई बुझाउँदै आफु साझा बन्ने ठाउँमा आज किन कार्यकर्तालाइ विभाजन गर्न खोजिँदैछ ।
विपक्षिलाई कमजोर बनाउनुको साटो पार्टी भित्रका जिम्मेवार व्यक्तिहरुनै पार्टीमा उम्मेदवारको विरुद्धमा देखिएका छन् । के साँच्चिकै पार्टी संविधानसभा निर्वाचनका उम्मेदवारको मात्रै हो त ? आज विरोधका स्वरहरु गुञ्जाउने अनि कार्यकर्तालाई त्यो वा यो पक्षिय भन्दै उचाल्ने ती नेताहरुलाई पार्टी साहिँदैन् । उनीहरुले पार्टीको राजनीति गर्नुपर्दैन ? आज टिकट नपाएको झोकमा किन यसरी कार्यकर्तालाई प्रयोग गरिँदैछ ।
के सही के गलत त्यो बुझाउने जिम्मेवारी नेताहरुकै हो । टिकटका विषयमा कसैले बढी लगानी गरेहोलान । कसैले कम लगानी गरेहोलान् । तर सबैले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विगतदेखिनै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर पार्टीलाई यस स्थान सम्म पु¥याउन महत्वपूर्ण भूमिका छ । क्षेत्रीय कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेका नाममा केन्द्रले अन्तिम टुङगो लगाएको हो । त्यस विषयलाई लिएर पार्टी कार्यकर्ताका बिचमा विभाजन ल्याउन राम्रो होइन ।
जिल्ला कमिटीले तत्काल यसको सही व्यवस्थापन गर्न जरुरी रहेको छ । स्थायी कमिटीले निर्णय गरेर पठाएको कुरालाई कार्यान्वयन गर्ने र पालना गर्ने दायित्व अब जिल्ला कमिटीको रहेको छ । निर्वाचन परिचालनका असन्तुष्ट पक्षहरुलाई पनि समेटदै सबैको साझा धारणा बनाएर अगाडी बढ्नु आवश्यक छ । हाम्रो लडाई पार्टी भित्रकै नेताहरुको विचमा होइन हामी एकताबद्ध भएर विपक्षि नेताहरुसंग भिडनुपर्छ । विपक्षिय पार्टीसंग भिडनुपर्छ । पार्टी गरेको निर्णय कार्यान्वयन गर्दै सच्चा कम्युनिष्टको पहिचान दिऔं कामरेडहरु ।
अब एमालेले जिल्ला, अञ्चल हुँदै केन्द्रीय स्तरमै एउटा यस्तो नीति बनाउन आवश्यक छ । संसदिय निर्वाचन कुनै एउटा व्यक्तिको पेवा होइन । पालो सबैले पाउनुपर्छ । असन्तुष्ट पक्षका भनाई पनि सुन्दै नयाँ नीति अवलम्बन गर्नुपर्छ । यस निर्वाचनमा आन्तरिक घात गर्नेलाई आगामी संसदिय निर्वाचन, पार्टी कमिटी हुँदै हुने स्थानीय निर्वाचनमा सहभागि हुनबाट बञ्चित गराउनुपर्छ । पार्टीका विभिन्न सांगठनिक जिम्मेवारीबाट बञ्चित गराउँदै लानुपर्छ ।
पार्टी भित्रैबाट हुने अन्तरघातलाई रोक्दै बाहिरिए शक्तिहरुसंग प्रतिस्पर्धा गर्न सकेमा हामी सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा जित्ने निश्चित छ । किन भने एकीकृत नेकपा माओवादी अहिले विभाजित छ । अर्को कुरा उसको लोकप्रियता बढ्नुको साटो क्रमिक रुपमा विगतमा भन्दा घट्दैछ । पहिलो निर्वाचनको जस्तो धाकधम्कीबाट अब जनता डराउनेवाला छैनन् । डरत्रास अनि धाकम्की गरेर जनतलाई त्रसित गर्दै आफ्नो पक्षमा जनवल बढाउने सपना अब नदेखे हुन्छ ।
त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवारको भोट राप्रपा नेपालका उम्मेदवारले काट्ने निश्चित छ । राप्रपा नेपालले पनि सुर्खेतबाट प्रत्यक्ष तर्फ बलिया र लोकप्रिय नेतलाई उठाएको छ । त्यसैगरी देउवा पक्षिय र कोइराला पक्षिय कार्यकर्ताको सुर्खेतमा राम्रोसंग बोलचाल छैन् । उनीहरुका विचमा अन्तरघात हुने निश्चित छ ।
No comments:
Post a Comment