Saturday, December 3, 2011

क्षेत्रीयस्तरको वृद्धाश्रम निर्माणको तयारी
सुर्खेत
सुर्खेतमा क्षेत्रीयस्तरको वृद्धाश्रम निर्माण गरिने भएको छ । हाल जिल्लामा सञ्चालित तीन वटा वृद्धाश्रमहरु मिलेर संयुक्त रुपमा मध्यपश्चिमाञ्चल क्षेत्रीय वृद्धाश्रम निर्माण गर्न लागेका हुन् । क्षेत्रीयस्तरको वृद्धाश्रम निर्माणका लागि वृद्धाश्रमको नाममा कम्तिमा १० कट्टा जग्गा हुनुपर्ने भएकाले क्षेत्रीय स्तरको वृद्धाश्रम निर्माणमा केही ढिलाई भएको तर जिल्लामा रहेको तीनवटै वृद्धाश्रम मिलेर संयुक्त रुपमा क्षेत्रीय स्तरको वृद्धाश्रम निर्माणका लागि पहल भइरहेको उत्तरगंगा ८ तातापानीमा रहेको प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले वृद्धाश्रमको नाममा १० कट्टा जग्गा बनाउन पहल भइरहेको र १० कट्टा जग्गा वृद्धाश्रमको नाममा भएमा क्षेत्रीयस्तरको वृद्धाश्रम निर्माणका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन समेत दिएकोले तत्कालै काम अघि बढाईने बताए । ‘क्षेत्रीय वृद्धाश्रम निर्माणका लागि जिल्लाका तीनवटै वृद्धाश्रमबीच अनौपचारिक रुपमा छलफल भइरहेको छ’ अध्यक्ष श्रेष्ठले भने, ‘तत्कालै हामी यसका लागि ठोस निर्णय गरेर अगाडी बढ्छौ ।’
उनले क्षेत्रीय स्तरको वृद्धाश्रम निर्माणका लागि मन्त्रालय र केही स्थानीय समाजसेवीहरुबाट समेत सहयोगको आश्वासन पाएकोले काम अघि बढाईएको बताए । वृद्धअवस्थामा सन्ततीहरुले वेवास्ता गरेर तथा साहारा कोही नहुँदा समस्यामा परेका वृद्धवृद्धाहरुलाई निःशुल्क गास, बास र कपासको सुविधासहित वृद्धाश्रम निर्माण गरिने जनाइएको छ ।
स्थानीय समाजसेवी हिरालाल पन्तले उपलब्ध गराएको एक कट्टा जग्गामा पक्की भवन निर्माण गरिएको प्रशान्ती वृद्धाश्रमलाई नै विस्तार गरी क्षेत्रीयस्तरको बनाईने उनले जनाए । उक्त भवन निर्माणका लागि हालसम्म २९ लाख ५४ हजार ६ सय रुपैयाँ खर्च भइसकेको छ । भवन निर्माणका लागि जिल्ला विकास समितिले ११ लाख ५० हजार, उत्तरगंगा गाउँ विकास समितिले ४८ हजार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले ४४ हजार सहयोग गरेको जनाइएको छ । उक्त वृद्धाश्रममा हाल प्रत्येक हप्ता वृद्धावृद्धाहरुलाई जम्मा गरी भोजन गराउने, स्वास्थ्य परिक्षण गराउने तथा भजन कृतन गर्ने गरिएको छ ।

कता हराए दशरथपुरका १ सय ५१ लडाकु ? घर विदामा गएका १२ प्रतिशत फकर्ेन


न्‍दशरथपुरस्थित माओवादी जनसेनाको छैठौं डिभिजनमा लडाकु पुनर्वर्गीकरण्ा प्रत्रिmयामा अनमिनले प्रमाण्ाित गरेको भन्दा १ सय ५१ लडाकु कम पाइएका छन्‍ । अनमिनले प्रमाण्ाित गरेको संख्या ३ हजार १ सयजनामा मंगलवार सम्पन्न पुनर्वर्गीकरण्ामा केवल २९ सय ३४ लडाकुमात्रै सहभागी भए । अभmै १ सय ५१ लडाकु पुगेनन्‍ । कता हराए त ती लडाकु भन्दै अहिले सोधखोज गर्न थालिएको छ ।       स्थानीय शिविर व्यवस्थापन तथा अनुगमन समितिको कार्यालयबाट ३ हजार ९७ जना लडाकुलार्इ तलव वितरण्ा गनर्े गरिन्छ । अनमिनले प्रमाण्ाित गरेको ३१ सय लडाकुमा १२ जनाको म ृत्यु भएको, २ जना निलम्बनमा परेको र एक जनालार्इ प्रशासनमा बुभmाएपछि ३ हजार ८५ जना बाँकी रहेको डिभिजनस्रोतले जनाएको छ । तीमध्ये २९ सय ३४ लडाकु पुनर्वर्गीकरण्ामा सहभागी भएपछि १ सय ५१ जना लडाकुहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन्‍ ।        सम्पर्कमा नआएका लडाकुहरुमध्ये १२ प्रतिशत विदामा गएर नफकर्ेको, कोही भारतमा उपचार गराउन गएको र कोही बैदेशिक रोजगारका लागि खाडी मुलुकतिर गएको स्रोतले जनाएको छ । सम्पर्क बाहिर रहेका लडाकुहरुमा पूर्ण्ाभmरना स्म ृति वि्रगेडका ५० जना, लेखफर्सास्थित घोराही सतवरिया स्म ृति वि्रगेडका ३४ जना, गुमीस्थित पिली स्म ृति वि्रगेडका ३० जना र कल्याण्ास्थित जीत स्म ृ ृति वि्रगेडका २५ जना लडाकु पुनर्वर्गीकरण्ा प्रत्रिmयामा सहभागी भएनन्‍ । त्यस्तै बाँकी मुख्यालयकै हुनसक्ने बताइन्छ ।       यसअघि छैठौं डिभिजनमा ३ हजार ९७ जना लडाकु रहेको सार्वजनिक भएको थियो । एक कमाण्डरका अनुसार तत्कालीन परिस्थितका कारण्ा उनीहरुलार्इ बैदेशिक रोजगारीमा पठाएपश्चात अहिलेसम्म पनि सम्पर्क हुन नसकेको, घर विदामा गएकाहरु नफर्किएकोजस्ता कारण्ाले पुनर्वर्गीकरण्ामा सहभागी हुन नसकेको दावी गर्छन्‍ ।        यता छैठौं डिभिजनमा पुनर्वर्गीकरण्ा प्रत्रिmयामा सवैभन्दा बढी जीत स्म ृति वि्रगेडका लडाकुहरुले समायोजना प्याकेज रोजेका छन्‍ । सो वि्रगेडका ७ सय ३० मध्ये ४ सय ३० जनाले समायोजन रोजेका छन्‍भने २ सय ८० जनाले स्वैच्छिक अवकाश रोजेका छन्‍ । त्यस्तै पूर्ण्ा भmरना स्म ृति वि्रगेडका ७ सय ३५ मध्ये ३ सयजनाले समायोजन रोजेका छभने ३ सय ८५ जनाले स्वैच्छिक अवकाश रोजेका छन्‍ । घोराही सतवरिया वि्रगेडका ७ सय २७ मध्ये ३ सय ९५ जनाले समायोजन, २ सय ९८ जनाले स्वैच्छिक अवकाश रोजेको विग्रेडले जनाएको छ । यसैगरी पिली स्म ृति वि्रगेडका ७ सय ५३ मध्ये ३ सय ६८ जनाले समायोजन, ३ सय ५५ जनाले स्वैच्छिक अवकाश रोजेका छन्‍ ।डिभिजन मुख्यालयमा भने ४० जनाले समायोजन र ६५ जनाले स्वैच्छिक अवकाश रोजेको डिजिभनका कार्यालय सचिव एवं वि्रगेड कमाण्डर नरबहादुर पुन ताराले बताए ।
बालविवाह गरेकोमा जोडी पछुतो मा
  • दीपक बुढा/सुखर्ेत'
अहिले बुद्धि पुग्यो, दु:ख पार्इयो'( १५ बर्ष्ाको उमेरमा बाल विवाह गरेकि छिन्चु(९ कि अनिता घर्तीको (नाम परिवर्तन)  भनार्इ हो यो । कलिलो उमेरमा माया पि्रति बसालेर विवाह बन्धनमा बाँधिएकि अनिता अहिले २ बष्ािया छोरी सहित एकल जीवन विताउँन बाध्य भएकि छन्‍ ।कक्ष्ाा(५ मा अध्ययन गर्दा गर्दै माया पि्रतिमा लटपटिएर विवाह बन्धनमा बाँकिएकि अनिताको विवाह लामो समय सम्म टिक्न सकेन । श्रीमानले दोस्रो विवाह गरेपछि अनिताको एक्लो यात्राको सुरुवात भएको हो । उनको गुमी गाविसका एक युवासंग भागि विवाह भएको थियो । ७(८ महिनाको चिनजानमै विवाह बन्धनमा बाँधिएकि थिर्इन । कक्ष्ाा(५ मा अध्ययन गर्दै गरेकि अनिताको ३ बर्ष्ापहिले विवाह भएको थियो । भारतमा मजदुरी गर्न जाने अनिताका श्रीमानले पाँच महिना अघि अर्को विवाह गरेका छन्‍ । श्रीमानले अर्को विवाह गरेपछि अनिताको जीवनमा बज्रपात परेको छ । 'श्रीमानले अर्को विवाह गरे, १० हजार रुपैयाँ दिएर छोरी सहित छोडपत्र गरिदिए'(अनिताले आँखाभरी आशुपार्दै दुखोसो पखिन । दोस्रो विवाह गरेपछि घर परिवार र मार्इती पक्ष्ाबाट समेत तिरस्क ृत हुँदैआएकि अनिता अहिले माइतीको बचन सुन्दै आफुनो पिडा दवाएर बसेकि छन्‍ ।'दार्इले जाँड रक्सी खाएर नराम्रो शव्द लगाउँनु हुन्छ । सहनै पर्‍यो, न्यायका लागि बोलिदिने कोहि छैन्‍ कसलार्इ सुनाउँ म पीडा'(उनको भनार्इ थियो । सामान्य लेखपढ गर्न जान्ने उनलार्इ कानूनी उपचारका बारेका कुनै जानकारीनै छैन्‍ । उनको घटनालार्इ कुनैपनि संघ संस्थाले पनि बाहिर ल्याउने प्रयत्न समेत गरेको छैन्‍ ।सुर्खेत बावियाचौरकी १८ वष्र्ाीया पवित्रा सारु (नाम परिवर्त) लार्इ अहिले साथमा रहेको छोरालार्इ कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । तीन वर्ष्ापहिले १५ वर्ष्ाो उमेरमा नै पवित्राले कक्ष्ाा ९ मा पढ्‍दा पढ्‍दै पोखरीकाँडाका रमेश रानासँग (नाम परिवर्त) प्रेम विवाह गरेकी थिर्इन । विवाह गर्दा रमेशको उमेर १६ वर्ष्ाकोथियो । तर, बिवाह भएको दुर्इ वर्ष्ामा नै रमेशले दोस्रो विवाह गरेर पवित्रालार्इ छोडिदिए । विवाह भएको दुर्इ वर्ष्ासम्म यो जोडी निकै खुशी रह्यो । उनीहरुबाट एउटा छोराकोसमेत जन्म भयो । तर, विवाहपछि पनि पवित्राले आफ्नो पढार्इलार्इ निरन्तरता दिन खोजेपछि बुहारीले घरको काम गर्नछोडर पढ्‍न थालेको भन्दै परिवारले रमेशको दोस्रो विवाह गरिदिए । रमेशले दोस्रो विवाह गरेपछि अहिले पवित्रा मार्इतीमा बस्दै आएकी छन । पवित्रालार्इ अहिले आएर मात्र आफूले उमेर नपुग्दै बिवाह गरेकोमा निकै पछुतो लागेको छ । ‘संगैका साथीहरु अहिले क्याम्पसमा पढ्‍न थालेको भन्दै उनले भनिन, पढ्‍ने बेलामा बिवाह नै ठूलो लाग्यो, अहिले पछुतो मानेर के गनर्े ?’ ‘यस्तो अलपत्र परिन्छ भन्ने पहिले नै थाहा पाएको भएत विवाह नै गर्न थिइन’ । विश्वास गरेको मान्छेले नै धोका दिएको भन्दै उनी भन्छिन्,‘उसले त मलार्इ छोडेर अलपत्र बनायो, तर यो साथमा रहेको छोरालार्इ कसरी पाल्ने भन्ने चिन्ता छ, यसकै लागि विछोडको पीडा सहेर बा“चेकी छु ।’ स्थानीय एक बाल क्लवमा कार्यरत सुर्खेत गुमीका सरोज नेपाली र कल्पना सुनार (नाम परिवर्त) ले २०६४ सालमा कक्ष्ाा ८ मा पढ्‍दा पढ्‍दै ‘लभ म्यारिज’ गरे । त्यतिवेला सरोजको उमेर १५ वर्ष्ा र कल्पनाको उमेर १४ वर्ष्ाको थियो । बिवाहको साढे दुर्इ वर्ष्ासम्म यो जोडी निकै खुशी रह्यो । घरको कामले गर्दा कल्पनाले आफ्नो पढार्इलार्इ विचमै रोक्नुपर्‍यो । दुर्इ वर्ष्ाअघि एसएलसी उत्तीर्ण्ागरेका सरोज भने अहिले वीरेन्द्रनगरमा रहेको एक र्याम्पसमा अध्ययन गर्दैछन । जब सरोज शहर आए, घरमा कल्पनाले पनि छोरी जन्माइन, त्यसपछि पत्नीप्रति सरोजको आकर्ष्ाण्ा घटन थाल्यो । सरोजले एक वर्ष्ाअघि मात्र स्थानीय एक संस्थामा काम गर्न केटीस“ग दोस्रो बिवाह गरेर वीरेन्द्रनगरमा नै बस्दै आएका छन ।‘विवाहअघि आफूलार्इ नपाए आत्महत्या गर्न डर देखाएर विवाह गर्‍यो,’ कल्पना भन्छिन, ‘उसले नै मरिहत्ते गरकै भरमा हतारमा बिहे गरेकाले अहिले धोका खाए“ ।’ भविष्यको बारेमा नबुभmेर विवाह गरेका कारण्ा अहिले जिन्दगी नै अलपत्र भएको उनको भनाइ छ । आफूस“गै बाल क्लवमा काम गरेका साथीहरुमध्ये कोहीले जागीर खाएको र कोही अहिले ढुक्कका साथ क्याम्पसमा पढ्‍ने गरेको भन्दै उनले भनिन,‘उमेर नपुग्दै बिवाह गरेर मैले आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरें । अहिले साथमा रहेको एउटा छोरीलार्इ कसरी पढाउने भन्ने समस्या भएको छ ।’ १५ वर्ष्ाको उमेरमा एकहोरो मायाले कल्पनाबिना बा“च्न सकिदैन भन्दै मरिहत्ते गरेका सरोजलार्इ किन यस्तो भयो भन्ने थाहा छैन । सरोज भन्छन,‘पहिला त मैले उनलार्इ मन पराएर नै बिवाह गरेको थिए“, तर पछिल्लो समयमा उनीस“ग बस्ने मन लागेन ।’ आफू बराबरको योग्यता र जागीर पनि नभएकाले कल्पनाप्रतिको आकर्ष्ाण्ा घटेको उनको भनाइ छ । कानुनमा केटा र केटीको उमेर २० वर्ष्ापुगेमा मात्र बिवाह गर्नपार्इने उल्लेख छ । तर, १५ वर्ष्ाको उमेरमा नै पा“च वर्ष्ाअघि भागेर बिवाह गरेका सुर्खेत छिन्चुकी बिमला शाही र सुनिल खत्री (नाम परिवर्त) को जोडी अहिले निकै तनावमा छ । तीन महिनासम्म ‘लभ’ गरेर बिवाह गरेका उनीहरुका अहिले दुर्इवटा छोरा छन । आफूहरुको सहमतिबिना बिवाह गरेको भन्दै उनीहरुलार्इ परिवारलेसमेत छुट्टयार्इदियो । परिवारबाट अलग भएपछि कक्ष्ाा ९ मा पढ्‍दै गरेका दुबैजनाको पढार्इ बिचमै रोकियो । बिमलाका अनुसार घरमा खानेकुरा र आम्दानी केहीपनि नभएपछि उनका श्रीमान विगत तीन वर्ष्ादेखि रोजगारीका लागि भारतमा छन । बिमला भन्छिन,‘घरमा खाने केही छैन, अब यी बच्चालार्इ कसरी पढाउने ?’ पढाइ पुरा गरेर जागीर खाएको भए आज यस्तो दुख किन पाइन्थ्यो र ?’ उनले दुखेसो पोखिन । पढ्‍ने र जागीर खाने उमेरमा पारिवारिक बन्धनमा फसेको उनको भनाइ छ । बालबिवाह गरेका कारण्ा पछुतो मानेका माथि उल्लेखित जोडीहरु त केही उदारण्ा मात्र हुन । कम उमेरमा बिवाह गर्न र बिवाहपछि पछुताउने जोडीहरुको संख्या अहिले जिल्लामा बढ्‍दो छ । यस्तै हतारमा बिहे गरेर सम्बन्ध बिच्छेदका लागि अदालतमा धाउने तथा दोस्रो बिवाह गर्न जोडीहरुको संख्या पनि उल्लेख्य छ । उमेर नपुग्दै बिवाह गर्ने र विस्तारै बुझ्ने भएपछि दोस्रो बिवाह गर्ने प्रव ृत्तलिे महिला र बालबालिका बढी प्रभावित भएको बालबालिकाको क्ष्ोत्रमा कार्यरत संघ संस्थाका प्रतिनीधिहरुको भनार्इ रहेको छ । सुरक्ष्ाित समाजका अनुसार पछिल्लो एक वर्ष्ाको अवधिमा मात्र जिल्लामा ३ सयभन्दा बढी बालबिवाह भएका छन । यो जिल्लाका ९ वटा गाविसको मात्र तथ्यांक भएको छ । ‘मोवार्इलको पहु“च र लभ गनर्े फेसनका कारण्ा बालबिवाह गर्न क्रम बढेको छ ।’ बालबिवाहको कारण्ा बहुबिवाहको समस्या बढ्‍दै गएको सुरक्ष्ाित समाजका कार्यत्रmम संयोजक विपना खरेलले बतार्इन । यसबाट बालिकाहरु बढी पीडित भएको जानकारी उनले दिर्इन । अभिभावक र बालबालिकाहरुलार्इ बालबिवाहको असरका बारेमा जानकारी दिन सकेमा यसलार्इ रोक्न सकिने उहा“को दावी छ । यता जिल्ला बाल कल्याण्ा समितिले सन २००८ देखि जिल्लामा बालबिवाह विरुद्धको अभियान संचालन गरिरहेको भएपनि जनचेतनाको अभाव र सांस्क ृतिक कारण्ाहरुले गर्दा बालबिवाह न्यूनीकरण्ामा कठिनार्इ भएको जनाएको छ । जिल्ला बाल अधिकार अधिक ृत रमा भण्डारीले बालबिवाह कानुनी तथा सामाजिक अपराध भएको भन्दै भन्नुभयो, ‘राजनीतिक तथा सामाजिक दवाबका कारण्ा बालबिवाह गर्न र गराउनेलार्इ कानुनी कारवाही गर्नसमस्या भएको छ ।’ गरिवी र अशिक्ष्ाा नै बालबिवाहको मुख्य कारण्ा भएको उहा“को भनाइ छ ।साथै उहा“ले पछि गएर पछुतो मान्ने भर्दापनि आत्मनिर्भर भएर बिवाह गरेमा कसैलेपनि दु:ख नपाउने उल्लेख गर्नुभयो ।

Thursday, December 1, 2011


दुर्गम भत्ता पाउने खुशीयालीमा अबिर जात्रा

निजामति कर्मचारी सरह दुर्गम भत्ता पाउने भएपछि जाजरकोटका शिक्षकहरुले अबिर जात्रा गरेका छन् । दुर्गम भत्ता दिने सरकारी निर्णयको स्वागत गर्दै शिक्षकहरुले अबिर जात्रा गरेका हुन् ।
सयुक्त शिक्षक संघर्ष समितिको पहलमा सदरमुकाम खलंगामा एक कार्यक्रम आयोजना गरी शिक्षकले सरकारी निर्णयको स्वागत गर्दै एक आपसमा खुशी साटासाट गरेका छन् । भत्ता पाउने खबरले खुुशी भएका शिक्षकले सरकारलाई धन्यबाद दिएका छन् । शिक्षकका पेशागत संघ संगठनले एक विज्ञप्तिमार्फत नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च लगायतका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गरी २ बर्ष अघिको शिक्षक आन्दोलनमा सहयोग गर्ने विभिन्न संघ संस्था र निकायलाई आभार ब्यक्त गरेका छन् । आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडी परेको यस जिल्लामा कार्यरत शिक्षकलाई दुर्गम भत्ता दिने सरकारी निर्णयले राहत प्रदान गरेको उल्लेख गरेको नेपाल शिक्षक युनियनका अध्यक्ष ईलमबहादुर शाहीलले बताउनुभयो । दुर्गममा बसेर अध्यापन गरेपनि सरकारले सौतेनी ब्यबहार गरेको भन्दै दुई बर्ष अघि जाजरकोटमा शिक्षक आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दर्जनौं शिक्षकहरु घाइते भएका थिए । आन्दोलनका कारण २ महिना बढी जिल्लाको पठनपाठन बन्द भएको थियो ।
कर्णालीको शिक्षक सरह भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलन गरेपनि सुनुवाई हुन सकेको थिएन । आन्दोलनको क्रममा शिक्षकहरुले तत्कालीन अर्थ, शिक्षा, प्रधानमन्त्रीका साथै विभिन्न दलका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएका थिए । त्यति बेला माग पुरा हुन सेकेको थिएन । ढिलै भएपनि माग पुरा भएको हामी नेपाल सरकार प्रति आभारी छौं नेपाल शिक्षक युनियनका अध्यक्ष शाहीले भन्नुभयो । सरकारको यो निर्णयले जिल्लाको शैक्षिक विकासमा टेवा पुग्ने अध्यक्ष शाहीको ठहर छ ।


कण्डमको प्रयोग नहु“दा एचआईभी संक्रमण बढ्यो

२४ औं विश्व एड्स दिवस विहीबार सुर्खेतमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । दिवसकै अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला एड्स समन्वय समितिको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा ¥याली समेत निकालिएको छ ।
त्यस्तै समाज जागरण केन्द्र (स्याक) को आयोजना तथा अन्तर निर्भर समाज र केड नेपालको सहयोगमा युवाहरुबीच फुटबल प्रतियोगितासमेत विहीबार नै सम्पन्न भएको छ । स्थानीय रंगशालामा संगम युवा क्लव र एबिसि स्पोर्टस् क्लव विचको प्रतियोगितामा ५–२ गोल अन्तरले एबीसी क्लव विजयी भएको छ ।
युवाहरुबीच खेलकुद्को माध्यमबाट एचआईभीको बारेमा जनचेतना जगाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । सो अवसरमा जिल्ला एड्स समन्वय समितिका अध्यक्ष रमेशकुमार केसीले युवाहरु सचेत भएमा एचआईभी संक्रमणलाई रोक्न सकिने बताउनुभयो ।
त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्द गौतमले कण्डमको सही प्रयोग नहुंदा एचआईभी संक्रमितहरुको संख्या बढ्दै गएको बताउनु भयो । साथै उहा“ले अधिकांश संक्रमितहरुमा कण्डमको प्रयोग नगरी असुरक्षित तरिकाले यौन सम्पर्क गर्दा एचआईभी जिवाणु संक्रमण भएको उल्लेख गर्नुभयो ।
स्याक नेपालका अध्यक्ष गोपीकृष्ण ढकालले असुरक्षित व्यवहारका कारण दिनहुं एचआईभी संक्रमण बढ्दै गएको भन्दै जनचेतना जगाउनुपर्ने बताउनुभयो ।
एड्स दिवसकै अवसर पारेर अन्तरक्रिया, किशोरी शिक्षा, भित्ते लेखन, घुम्ती शिविर, कण्डम फुलाउने प्रतियोगिता र विद्यालय स्तरीय वादविवाद प्रतियोगिताहरु सम्पन्न भएको जिल्ला एड्स समन्वय समितिका संयोजक चेतननिधी वाग्लेले जानकारी दिनुभयो ।
साथै उहा“ले शारीरिक सम्पर्क गर्दा कण्डमको सही प्रयोग हुन सकेमा ९० प्रतिशत एचआईभी संक्रमणलाई रोक्न सकिने उल्लेख गर्नुभयो ।


विमानस्थल धावनमार्ग विस्तार


सुर्खेत मंसिर १४ । बजेट अभावका कारण सुर्खेत विमानस्थलको धावनमार्ग बिस्तार कार्य पुनः सूचारु हुने भएको छ । विमानस्थलको धावनमार्ग विस्तारका लागि २ करोड रुपैयाँं विनियोजन भए पछि विस्तार कार्य शुरु हुने भएको हो । एक महिना भित्र टेण्डरको प्रक्रिया सम्पन्न गरी चालु आर्थिक बर्षभित्रै धावनमार्ग विस्तार कार्य सम्पन्न गर्ने नागरिक उड्ययन प्राधिकरण कार्यालय सुर्खेतले जनाएको छ ।
धावनमार्गको विस्तारका लागि हालसम्म करिब १ करोड ३० लाखको लागतमा ९५ प्रतिशत माटो काट्ने काम सम्पन्न भएको प्राधिकरणका प्रबन्धक श्रीहरी भट्टले जानकारी दिए । सुर्खेत विमानस्थल पर्यटकीय क्षेत्र कर्णाली जाने मूल नाकाको रुपमा रहेको छ । सधै खाद्यन्न अभाव हुने कर्णालका विभिन्न जिल्लाहरुमा खाद्यन्न ढुवानी गर्नका लागि पनि यस विमानस्थललाई महत्वपूर्ण मानिन्छ ।
सुर्खेत विमानस्थलमा हाल सिता, तारा, गोमा, मकालु, काष्ठमण्डप लगायतका एयरलाइन्सहरुले उडान भर्दै आए पनि धावनमार्ग सानो भएकाले केही निजी ठुला एयरलाइन्सहरुले उडान भर्न सकेका छैनन् ।
सुर्खेत–काठमाडौं हवाई सेवा संचालन गर्न निजी विमान कम्पनीहरु आतुर भए पनि धावनमार्ग विस्तार नहुँदा सेवा संचालन हुन सकेको छैन ।
पर्यटक भित्र्याउन महत्तवपूर्ण मानिएको सुर्खेत विमानस्थल धावनमार्ग विस्तारमा ढिलाई भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय समेत प्रभावित भएको छ । सुर्खेत विमानस्थलाई पर्यटन विकासको महत्वपूर्ण नाकाको रुपमा रमेत हेरिएको छ । विमानस्थलको उत्तरतर्फको २ सय मिटर क्षेत्र विस्तार एवं कालोपत्रे गर्न माटो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।
कालोपत्रे गर्न भने समय लाग्ने प्राधिकरणले जनाएको छ । विस्तारित क्षेत्रको माटो कटिङ गर्ने कार्य करिब ९५ प्रतिशत सकिएको र वरिपरि तारबार गर्ने काम पनि सुरु भइसकेको छ । थप गरिएको धावनमार्ग कालोपत्रे गर्न लागिएको छ ।

मदरसालाई अमेरिकाको सहयोग


सुर्खेत मंसिर १४ । अमेरिकन राजदुतावसले सुर्खेतमा मुस्लिम समुदायले सञ्चालन गरेको दुई वटा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । अमेरिकाका राष्ट्रपति बाराक ओबामा र नेपालका लागि अमेरिकन राजदुत स्टक एच डेलीसिको निर्देशनमा राजदुतावसको एक टोलीले बुधवार सुर्खेतमा आएर यहाँ मुस्लिम समुदायले सञ्चालन गरेका दुई वटा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
राजदुतावसाका सांस्कृतिक सहचारी केन हेराल्सनले लाटीकोइली ९ बेलघारीमा रहेको मदरसा मदिना निम्न माध्यामिक विद्यालय र वीरेन्द्रनगर नगरपालिका ६ मा रहेको मदरसा फैजुल उलम प्राथमिक विद्यालयलाई अमेरिकाका मुस्लिमहरुको बारेमा जानकारी दिने खालका पुस्तकहरु हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बोल्दै सहचारी हेराल्सनले नेपालका मुस्लिम समुदालयको शिक्षामा पहूँच वृद्धि गर्नका लागि शैक्षिक सामाग्री सहयोग गरेको बताए ।
उनले अमेरिकाले शैक्षिक क्षेत्रको विकासमा बढी जोड दिने भएकोले यहाँका मुस्लिम बालबालिकाहरुलाई अमेरिकामा रहेका मुस्लिम समुदायको बारेमा नेपालका मुस्लिम समुदायलाई जानकारी दिने उद्देश्यले पुस्तक प्रदान गरिएको बताए । हेराल्सनले शैक्षिक क्षेत्रको विकासविना अन्य क्षेत्रको समेत विकास सम्भव नभएको भन्दै सबै जातजाती, धर्म र संस्कृतिका समुदायले आफ्नो समुदायको शैक्षिक अवस्थाको विकास गर्न आवश्यक रहेको बताए ।
अमेरिकामा नेपालको भन्दा बढी मुस्लिमहरु रहेको जानकारी दिदै उनले अमेरिका र नेपालमा रहेका मुस्लिम समुदायको बारेमा बुझ्नका लागि पनि आफूहरु सुर्खेत आएको बताए । उनलाई मदरसाको विद्यार्थीहरुले अमेरिकाका अमेरिकाका मुलस्लिम समुदायको शैक्षिक, सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।