Monday, June 24, 2013

गुणस्तरहिन इट्टा हटाउन प्रजिअको निर्देशन 
सुर्खेत, ९ असार .
सुर्खेतका प्रमुख जिल्लाा अधिकारी पुरुषोत्तम कुवरले कटकुवा स्वास्थ्य चौकी परिसरमा राखिएको गुणस्तरहिन ईट्टा दुई दिनभित्र हटाउन निर्देशन दिएका छन् । भुकम्प मापन केन्द्रबाट हटाउन निर्देशन दिइएको गुणस्तरहिन इट्टा पुनःस्वास्थ्य चौकीको भवनमा प्रयोग गर्न थालिएको समाचार सञ्चार माध्यममाबाट सार्बजनीक भएपछि प्रमुख जिल्ला अधिकारी कुवर र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख तपेन्द्रबहादुर खड्काले आईतबार निर्मार्णाधिन भवनको निरिक्षण गरेका थिए । भवनको निरीक्षण गर्दै कुवरले गुणस्तरहिन इट्टा दुई दिनभित्र हटाउन निर्देशन दिएका हुन् । प्रयोग भइसकेको इट्टाका बारेमा भने उनले कुनै निर्देशन र प्रतिक्रिया दिएका छैनन् । 
मध्यपश्चिममा १० जातका नयाँँ धानको बीउ सिफारिस

एक लाख बढी हेक्टरमा धान खेती गरिदँै

सुर्खेत, ९ असार
सबैभन्दा धेरै धान उत्पादन हुने मध्यपश्चिमका ४ जिल्लामा यसवर्ष १० जातका नयाँ धानको बिउ सिफारिस गरिएको छ । सुचिकृत धानको बिउ मध्ये १० ओटा जात मध्यपश्चिमका सुर्खेत, बाँके, बर्दिया, र दाङमा सिफारिस गरिएको हो । 
मध्यपश्चिमका जिल्लाहरु मध्ये सबैभन्दा बढी धान उत्पादन हुने ४ जिल्लामा नयाँ धानको बिउ सिफारिस गरिएको सम्बद्ध जिल्ला कृषि विकास कार्यालयले जनाएका छन् । उक्त चार जिल्लाहरुमा एकलाख हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती गरिदैँछ । सिफारिस गरिएका १० जातका धानको बिउँ सुर्खेत जिल्लामा लगाइदैछ भने, अन्य जिल्लामा केही मात्रामा लगाइदैछ । यी चार जिल्लामा तीन खालको जमिन भएकाले छुट्टाछुट्टै खालको धानको बिउ सिफारिस गरिएको छ । पानी कम हुने क्षेत्रमा सुख्खा १, २ र ३, बढी पानी जम्ने क्षेत्रमा स्वर्ण सबवन १, सादा सबवन १ रहेका छन् भने मध्यम क्षेत्रमा तरहरा १, अनमोल मन्सुली, वर्षे २०१४, पृथ्वी ६ र डिवाई ६९ रहेका छन् । 

Sunday, March 3, 2013

भवनको अभाव हुँदा, जिविसलाई सास्ती अरुलाई मस्ती
दीपक बुढा
सुर्खेत, २० फागुन ।
जनसम्पर्कको सबै भन्दाबढी चाप हुने कार्यालय मध्यको जिल्ला विकास समिति पनि एक हो । दैनिक सयौंको संख्यामा सर्वसाधारणहरु विकास निर्माणदेखि घटना दर्ता सम्मका कार्य गर्न जिल्ला विकास समिति पुग्ने गरेका छन् ।
जिल्ला विकास समितिको हालको भवनमा कोठा अभाव हुँदा सेवाग्राहीलाई सास्ती भईरहेको छ । कर्मचारीहरु पनि एउटै कोठामा तीन÷चार जना बस्न बाध्य भएका छन् । एकातिर जिविसलाई भवनको अभाव खड्की रहेको छ भने अर्को तर्फ जिविसका भवनहरुमा सरकारी र गैरसकारी संस्थाले मस्ति गरिरहेका छन् । 
जिल्ला विकास समितिको ६ वटा भवन कब्जामा लिएर क्षेत्रीय प्रहरी कार्यालय, क्षेत्रीय प्रशासन कार्यालय, बागिना समूह सुर्खेत र नगर प्रहरीले मस्ति गरिरहेका छन् । जिविसको भवन प्रयोग गर्ने दुई कार्यालय सरकारको सुरक्षा निकाय हुन भने एउटा कलाकारहरुको संस्था हो । 

Wednesday, December 12, 2012

पत्रकार थापाका हत्यारामाथि कारबाही माग गर्दै रिट दर्ता
दीपक बुढा÷सुर्खेत
सुर्खेत, २७ मंसिर ।
सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन बिद्रोही नेकपा माओवादीद्धारा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै पुनरावेदन अदालत सुर्खेतमा रिट दायर भएको छ । नेपाल पत्रकार महासंघको सक्रियता तथा एड्भोकेसी फोरमको कानूनि सहयोगमा पत्रकार थापाकी श्रीमती लक्ष्मीले बुधबार रिट दायर गरेकि हुन ।
रिटमा जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला सरकारी वकिलको कार्यालय दैलेखलाई विपक्षी बनाइएको छ । थापा परिवारले हत्याराहरुमाथि कानुनी कार्वाही गरीपाउँ भनी २०६५ साल भदौ ६ गते प्रहरी कार्यालय दैलेखमा जाहेरी दर्ता भएको थियो । तर ४ बर्षसम्म प्रहरीले अनुसन्धान प्रहरी अगाडि नबढाएपछि अदालतको ढोका ढक्ढकाउन बाध्य भएको डेकेन्द्रकी श्रीमती लक्ष्मीले बताइन ।

०६१ मा माओवादीद्धारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिए ।  सुरक्षित साथ राखेका छौं । छिट्टै फर्काइदिन्छौं भन्थे,् लक्ष्मीले भनिन, ‘अपहरण भएको डेढ महिनापछि मृत्य भएको खबर पाएँ ।्’ पतिको मृत्यु भएपछि लक्ष्मीले शव पाउन निकै संघर्ष गर्नुप¥यो । धेरै खोज तलास गर्दा शव नपाएपछि उनले धार्मिक विधिअनुसार नमुना मानेर दाहसंस्कार गरिन, तर उनको मनले अझै शान्ति पाएन । पार्थिव शरीरको खोजीमा उनले माओवादी, सरकार विभिन्न न्यायिक निकायको ढोका ढकढक्याइन । 
विद्यार्थी—विश्वविद्यालय वार्ता मिति स¥यो 
गोविन्द खत्री÷युगआव्हान
सुर्खेत, २७ मंसिर ।
मध्यपश्चिम विश्वविद्यालय र संयूक्त विद्यार्थी संगठनहरुबीच शुल्क र छात्रबृत्ति लगायत विद्यार्थीहरुले राखेका मागहरु सम्बन्धी बसेको बार्ता बुधबार पनि २९ गतेका लागि मिति सारी टुङ्गिएको छ । 
विश्वविद्यालयको तयारी नपुगेको भन्दै पुनः २९ गते बस्ने गरी सामान्य विषयमा छलफल गरी टुङ्गिएको विश्वविद्यालयका डिन पिताम्बर ढकालले बताए । विश्वविद्यालयले तोकेको शुल्क महंगो भएको र यस क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुको पहुँच बाहिर भएको भन्दै विद्यार्थी संगठनहरुले शुल्क घटाउन माग गर्दै विभिन्न चरणमा विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । 
विश्वविद्यालयले महंगो शुल्कमा भर्ना सुरु गरेको भन्दै विद्यार्थीमाथीको शुल्क नघटाए आन्दोलन गर्ने भन्दै ज्ञापन पत्र बुझाए पछि यस अघि मंसिर १८ गते विश्वविद्यालयले बार्ताका लागि विद्यार्थी संगठनहरुलाई बोलाएको थियो । १८ गते संयुक्त विद्यार्थी संगठन र विश्वविद्यालयवीच भएको बार्तामा विद्यार्थीहरुले आप्mनो तर्फबाट शुल्कको खाका विश्वविद्यालयलाई बुझाए पनि उपकुलपति र सम्पूर्ण डिनहरु उपस्थित हुन नसक्दा बार्ता टुङ्गीन सकेको थिएन् ।  

Monday, December 10, 2012

अधिकांश साना होटलमा बाल श्रमिक
सुर्खेत, २५ मंसिर ।
सुर्खेतका २२ वटा ठूला होटलहरुलाई बाल श्रमिक मुक्त घोषणा गरिएको छ तर साना होटलहरुमा भने बाल श्रमिक रहेको पाईएको छ । सोमबार जिल्ला बाल कल्याण समितिले केहि होटलहरुमा पुगि बाल श्रमिकबारे जानकारी लिएको थियो ।
अनुगमनका क्रममा पुगिएका पाँच वटा होटलबाट तीन जना बाल श्रमिक भेटिएका थिए । वीरेन्द्रनगरको अनुपम मिठाई पसलमा भेटिएका १४ बर्षीय बालक दलबहादुर थनेलले आफू सानै देखि होटलहरुमा भाँडा माझने काम गरेको बताए ।
उनले भने ‘कक्षा २ सम्म पढेको छु । घरमा बुवा, आमा कोही छैनन् । सानै देखि काम गर्न बजार आएको हुँ ’ कल्याण घर बताउने उनी विगत एक बर्षदेखि अनुपम मिठाई पसलमा मासिक दुई हजार पारिश्रमिक पाउने गरी काम गरिरहेको बताए ।

Sunday, December 2, 2012

विद्यालय बन्दैछन् राजनीतिक अखडा 
दीपक बुढा÷सुर्खेत
सुर्खेत, १७ मंसिर ।
२०६७ मंसिरमा कक्षा १० मा अध्ययनरत एक बालिकालाई जिस्काएको निहुँमा केहि हप्ता विद्यालय बन्द भयो । सुर्खेतको पश्चिम बिजौरास्थित जगन्नाथ उमाविमा अध्ययनरत छात्रहरुबीच छात्राकै विषयमा विवाद हुँदा अनिश्चितकालिन विद्यालय बन्द गरियो । विद्यालयमा अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थीहरुकावीचमा आरोप प्रत्यारोप हुनुका साथै झडप भयो । दुवै विद्यार्थी संगठनहरुले माउ पार्टी कार्यालयमै फरक—फरक पत्रकार सम्मेलन गरे । दुवै पक्षले घाईते विद्यार्थीहरुले हामी पनि घाईतै भन्दै आ—आफ्नो पक्षमा प्रचारबाजी गरे ।  विद्यालयमा असुरक्षा भएको भन्दै विद्यालय प्रशासनले केही समय विद्यालय बन्द भयो ।