Sunday, September 1, 2013


एमाले सुर्खेतको बैठक जारीक्षेत्र नं. १ मा कमला शर्मालाई उठाउने तयारी

सुर्खेत, १६ भदौं ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको बैठक जारी रहेको छ । तीन वटै निर्वाचन क्षेत्रबाट आएका सम्भावित उम्मेदवारको नामावलीका विषयमा आइतबारदेखि पार्टी कार्यालय ऋषि स्मृति भवनमा बैठक जारी रहेको छ ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतको अध्यक्षमा बैठक बसेको थियो । निर्वाचन क्षेत्र नं. २ र ३ वटा सिफारिस गरिएका नामावलीका सम्बन्धमा सर्वसम्मत जिल्ला कमिटिले अनुमोदन गरेको छ । क्षेत्र नं. १ को उम्मेदवार सिफारिसका विषयमा विवाद उत्पन्न भएपछि सोमबार विहान १० बजे पुनः बैठक डाकिएको छ ।
प्रतिस्पर्धी दल नेपाली काँग्रेसले पूर्णबहादुर खड्कालाई एक्लो प्रत्यक्ष उम्मेदवार सिफारिस गरेपछि नेकपा एमाले बृत्तमा चलाखी अपनाइएको छ । क्षेत्रीय कमिटी क्षेत्र नं. १ बाट आएको नामावलीका विषयमा जिल्ला कमिटीमा छलफल जारी रहेको जनाईएको छ ।

विपक्षि उम्मेवदारको आँकलन गर्दै प्रत्येक्षबाट सहिद ऋषिप्रसाद शर्मा
CPNUML
पत्नी एवंम निवर्तमान सभासद कमला शर्मालाई नै प्रत्यक्षमा उठाउनुपर्ने जिल्ला कमिटीमा आवाज उठेको छ । आइतबार क्षेत्र नं. १ का विषयमा टुङ्गो नलागेपछि सोमबार पुनः बैठक डाकिएको हो ।
जिल्ला कमिटीको बैठकले नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटीको निर्णय बमोजिम क्षेत्रको निर्णयलाइ जस्ताको तेस्तै निर्वाचन क्षेत्र नं. ३ बाट प्राथमिकता क्रम अनुसार नवराज रावत, डिलाराम गीरी र नन्दा गुरुङको नाम प्रत्यक्षबाट अञ्चलका लागि अनुमोदन गरेको छ भने उता निर्वाचन २ बाट पूर्व मेयर शिवप्रसाद उपाध्याय, पूर्व मन्त्री यामलाल कँडेल र अनिता कोइरालाको नाम अनुमोदन भएको छ ।
सोमबार बस्ने बैठकले  जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फको उम्मेदवारीका लागि केन्द्रीय कमिटीको निर्णय अनुसार ५÷५ जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले समानुपातिक उम्मेदवार पाँच पाँच जना सिफारिस माग्ने निर्णय गरेपछि नेकपा एमालेबाट सुर्खेतमा पनि युवा नेताहरुले समानुपातिकको उम्मेदवारमा आफ्नो नाम समेटन पाउने सम्भावना बढेको छ ।

Saturday, August 31, 2013


दैलेखमा एमाले उम्मेदवार
दैलेखमा पनि एमालेले क्षेत्र नं. १ बाट पार्टी अध्यक्ष अमर थापा र रविन्द्र शर्मा र क्षेत्र नं. २ बाट लक्ष्मी पोखरेल, विनोद शाह र राजबहादुर बुढालाई प्रत्येक्षमा सिफारिस गरेको छ भने, नेपाली काँग्रेसले सिफारिस गरिसकेको छैन । एनेकपा माओवादीको केन्द्रीय कमिटीले अध्ययन गरेर नाम लिएपनि अन्तिम टुङ्गो भने लाग्न सकेको छैन् ।

जाजरकोटमा एमाले उम्मेदवार
जाजरकोट क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ एमालेले डम्मर सिंह, निरज आचार्य र गंगादेवि रोकायलाई सिफारिस गरेको छ भने क्षेत्र नं. २ मा पूर्व जिविस सभापति कृष्णबहादुर विसी, लालबहादुर महतरा र कमला शाहीलाई क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । 
नेपाली काँग्रेस क्षेत्र नं. २ मा यज्ञबहादुर खत्री, दिपकजंग शाह, राजिवविक्रम शाहको सिफारिस गरिएको छ भने क्षेत्र नंं. १ को बैठक चलेपनि नाम टुङगो लागेको छैन ।  एनेकपा माओवादीको नामावली सिफारिसको काम अन्तिम तयारीमा रहेको जनाइएको छ ।
एमाले र काँग्रेसको उम्मेदवारी सिफारिस
सुर्खेत, १५ भदौं ।
२०७० मंसिर ४ मा निर्धारित दोस्रो संबिधानसभाको निर्वाचनका लागि सुर्खेतका प्रमुख राजनीतिक दलहरु उमेदवार छनौटको अन्तिम चरणमा पुगेका छन् । नेकपा एमालेका तीन वटै क्षेत्रीय कमिटीले संभावित उम्मेदवारको नाम छनौट गरी जिल्ला कमिटिलाई सिफारिस गरेका छन् ।
संविधान सभाको निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवारको नाम चयन गरी पठाउन थालिएको छ । पार्टी केन्द्रीय कमिटिले गरेको निर्देशन अनुसार भद्रौं २० गतेसम्म एमाले र काँग्रेस पार्टीले समानुपातिक र प्रत्यक्षतर्फ चुनावी प्रतिष्पर्धा गर्ने सम्भावित उम्मेदवारको नाम पठाइसक्नुपर्नेछ । 
नेकपा एमाले क्षेत्रीय कमिटीहरुले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ एक महिला सहित तीन जना र समानुपातिका दुई जना उम्मेदवारको नाम जिल्ला कमिटीलाई सिफारिस गर्ने प्राव्धान रहेको छ । त्यसैगरी नेपाली काँग्रेसले क्षेत्रीय अधिवेशनबाटै प्रत्यक्षतर्फ ३ जना र समानुपातिकमा ५ जनाको उम्मेदवारको नाम चयन गरिएको कुरा पार्टी सचिव श्यामकुमार भारतीले बताएका छन् । 

यता चुनावी प्रतिष्पर्धामा रहेको नेकपा एमालेले क्षेत्र नं. १ बाट युवा नेताहरु धु्रव शाही, डण्डीप्रसाद शर्मा र तुल्सी शर्मा तीन जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ पहिलो संविधान सभाकी सदस्य कमला शर्मा र हस्तबहादुर पुनलाई सिफारिस गरेको छ । १ नं. को उम्मेद्वार चयन गर्दा निर्वाचन प्रक्रियाबाट भएको एमाले स्रोतले जनाएको छ । शाही र शर्मा नेकपा एमाले सचिवालय सदस्य हुन । डण्डीप्रसाद शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय निवर्तमान सचिव समेत हुन । टिकटका लागि दुवै जनाले ठुलै शक्ति केन्द्रको आसिर्वाद पाउनुपर्ने देखिन्छ । 

Wednesday, June 26, 2013

रजिष्टारको गाडी कव्जामा

सुर्खेत, १२ असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डा. ठगेन्द्र गिरी चढने गाडी विद्यार्थीहरुले कब्जा गरेका छन् । विद्यार्थीहरुले विश्वविद्यालयमा राखेका माग वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले गाडी कव्जा गरेका हुन ।
वा ९ च ५५६६ नम्बरको गाडी रजिष्टार चढने गाडी बुधबार ४ बजे केन्द्रीय कार्यालयबाट कव्जामा लिएका छन् । गाडी कव्जामा लिएर विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाएको संयुक्त विद्यार्थी संघर्ष समितिका संयोजक कमल सिजापतीले जानकारी दिए ।
रारा बैंक एपेक्स विकास बैंक हुँदै
सुर्खेत, १२ असार ।
सुर्खेतको रारा विकास बैंक अन्य दुई वटा फाईनान्स कम्पनीसंग मर्ज भएर एपेक्स विकास बैंक हुने भएको छ । रारा विकास बैंकले विज्ञप्ति जारी गर्दै फाईनान्स कम्पनीसंगको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । तीन वटै संस्थाहरुले हालै कार्यसमिति बैठक सम्पन्न गरी मर्जको निर्णय गरेका छन् ।
रारा विकास बैंक, रोयल मर्चेन्ट बैंक एण्ड फाईनान्स र अपी फाईनान्सका विचमा मर्ज भएर एपेक्स विकास बैंक नामाकरण गर्न तीन वटै संस्थाले कार्यसमितिबाट निर्णय गराएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको कडा प्रतिस्पर्धा, कारोबारमा सिमितता, नेपाल राष्ट्र बैंकले एक आपसमा गाभिन दिएको सुविधाका कारण तीन वटा संस्था मर्ज हुन लागेको जनाईएको छ ।
तीन वटै वित्तिय संस्था गाभिए पछि बैंकको चुक्ता पुँजी ६६ करोड ६५ लाख ६३ हजार हुनेछ र यसले चाँडै नेपाल राष्ट्र बैंकबा स्वीकृत लिएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आफ्नो सेवा प्रवाह गर्ने जनाईएको छ ।

लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

सुर्खेत, १२ असार ।
लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस भैरव युवा शक्तिकरण केन्द्रले सप्ताहब्यापी रुपमा मनाएको छ । अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर केन्द्रले बुधबार वीरेन्द्रनगरमा ¥याली निकालेको छ । मंगलगढीचोकबाट निकालिएको ¥याली घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो । 
कार्यक्रममा लोकतान्त्रि गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव चन्द्रप्रसाद थानीले युवाहरुलाई दुव्र्यशनमुक्त बनाउन घर, परिवार र समाजको सकारात्मक सहयोग हुनुपर्ने बताए । उनले पछिल्लो समय राष्ट्रका कर्णधार युवाहरु दुव्र्यशनमा फस्दै गएको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने बताए । 
कार्यक्रममा नागरिक सचेतना केन्द्रका सचिव डण्डप्रसाद ढकालले युवाहरुलाई दुव्र्यशनमुक्त बनाउनका लागि सबै क्षेत्रबाट सकारात्मक सहयोगको आवश्यकता रहेको औल्याए । कुनै एक संस्था वा ब्यक्तिले मात्रै समाजलाई दुव्र्यशन मुक्त गर्न नसक्ने भएकाले सबैको हातेमालोको खाँचो रहेको उनको भनाई छ । 
केन्द्रका अध्यक्ष ललित भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अर्वुदरोग निवारण संस्थाका सचिव रमेशकुमार केसी, नेपाली कांग्रेसका नगर सचिव उपेन्द्र खड्का, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ सुर्खेतकी सचिव शान्ति सिंह, अशल शासन सुर्खेतका अध्यक्ष हरि अधिकारी लगायतले बोलेका थिए ।
यस्तै सप्ताहब्यापी कार्यक्रमका क्रममा मंगलबार झुप्रा बृहत खानेपानी संस्था र भैरव युवा सशक्तिकरण केन्द्रबीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता सम्पन्न भएको छ । ‘लागू औषधरहित स्वस्थ युवाका लागि कला, संगीत र खेलकुद’ भन्ने नाराका साथ खेलिएको मैत्रीपूर्ण फूटवलमा भैरव युवा सशक्तिकरण केन्द्र विजयी भएको थियो । 
यस्तै केन्द्रले विद्यालय सचेतना कार्यक्रम, समुदाय सचेतना कार्यक्रम, अभिमुखिकरण, अन्तरक्रिया, किशोर–किशोरीहरुसँग मैत्रीपूर्ण छलफल, लागू औषध दुव्र्यशन विरुद्ध प्रचार–प्रसारलगायतका कार्यक्रम गरेर लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको छ । 



बाँचेर फर्केका नेपालीको पीडा

“सयौं मरेका थिए, हामी लासमा टेक्दै आयौं



रासस
सुर्खेत, १२ असार । 
रातको करिब ९ बजेको थियो । चार पाँच जना युवा वीरेन्द्रनगर—६ मङगलगढी नजिकै रहेको तृप्ति मेडिकल हलको अगाडि सडकपेटीमा भेटिएका थिए । हतास मानसिकता जस्तो देखिने उनीहरु केही पीडित भएजस्तो लाग्थ्यो । उनीहरुको अनुहारमा निरासाका धर्साहरु प्रष्टै देख्न सकिन्थ्यो । 
भारतको बद्रीनाथ, केदारनाथको बाढीबाट बचेर आएका उनीहरुले बल्लबल्ल बाँचेर यहाँ आएको बताए । अहिले पनि आतङकित जस्तो देखिने ती युवा भारतको केदारनाथमा आएको बाढीबाट बचेर आएका कालीकोटका सुरेन्द्र शाही, मानबहादुर शाही, गोगनबहादुर शाही, दोर्जे रोकाय, नन्दाराम शाही, वीरबहादुर शाही र रामबहादुर बिष्ट रहेका छन् ।
उनीहरु सबै सुर्खेत आएपछि मात्रै भेट भएका हुन् । केदारनाथमा आएको बाढीबाट बचेर उनीहरु सात दिनपछि आ—आफ्नै ढङगले सुर्खेत आइपुगेका हुन् । शरीरमा रहेका एक जोर कपडाबाहेक केही पनि नभएका उनीहरुले आफूहरुलाई बाँच्छौं भन्ने विश्वास नलागेको बताए । 
आफ्नै आँखा अगाडि सयौं मान्छे मरिरहेको देखेका उनीहरुले आफूसँगै गएका साथीभाइ र आफ्नै गाउँलेलाई पनि उतै गुमाएर आएका हुन् । ‘हामीलाई बाँच्ने आशा थिएन’ कालीकोट मान्मा—८ ताडीका सुरेन्द्र शाहीले भने ‘सयौ“ मान्छेहरु उर्लिएको भेलमा बगिरहेका थिए । बगरिहेका तिनै लासहरु नाघ्दै आयौं ।’
उनले थपे ‘मृत नेपालीका हातमा भएका औंठीसमेत चोरहरुले लगे ।’ शाहीले आफूहरु जस्तै सयौं नेपालीले उद्धारको लागि अनुरोध गर्दा भारतीय प्रहरीले नेपालीलाई पछाडि फाल्दै भारतीयलाई मात्रै हेलिकोप्टरमा हालेको दुःखेसो पोखे । अर्का पीडित गोगन शाहीले आफूहरुसँगै रहेका ४० र ५० जना नेपालीको लासमाथि टेक्दै आएको भन्दै धेरै नेपालीले उद्धार नपाउँदा ज्यान गुमाउनु परेको बताए ।