छट्टुप्रसाद विसी
लाटीकोइली–९, सुर्खेत
म नेकपा एमालेको संगठित सदस्य हुँ । मैले एमालेको सदस्यता प्राप्त गरेको दुई बर्ष भयो । जव मैले एमालेको सदस्यता लिएँ अनि मैले पार्टीका हरेक गतिविधिलाई नजिकबाट बुझने मौका पाएको छु । जनताको बहुदलिय जनवादको नारा लिएर अगाडी बढेको एमाले साँच्चिकै गाउँ गाउँ तहमा विशाल छ । गाउँ गाउँमा एमालेको संगठन बलियो छ । एमालेको नेतृत्व छ तर केन्द्र तह हुँदै जिल्ला तह सम्म त्यसको सही व्यवस्थापन हुन सकेको छैन् । अहिले पनि हेर्नुहोस स्थानीय निकाय नभएको अवस्थामा स्थानीय तहका नेतृत्वदायी संरचनाहरुमा एमालेको बर्चश्व छ ।
सामुदायिक वन, सहकारी, विद्यालय व्यवस्थापन समितिमा एमाले पक्षिय नेताहरुले अहिले धेरै ठाउँमा नेतृत्व गरेका छन् । उनीहरुले जनपक्षिय नीति बनाएका छन् । कार्यक्रम बनाएका छन् । लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकै छन् ।
केन्द्रदेखि जिल्ला तह हुँदै गाउँ गाउँ तहमा विशाल नेटवर्क बनाएका एमाले किन चुनावमा पछि पर्छ त ? आफुलाई एमाले भन्न रुचाउने केही खराब तत्वहरुको विकृत मानसिकताकै कारण एमाले जहिले पनि पछि पर्दै आएको छ । निर्वाचनको मुखमा एकताबद्ध भएर निर्वाचनमा परिचालन हुने बेला एमाले भित्रकै अराजकतत्वहरु आफ्नै पार्टीको विरुद्धमा लाग्छन् । अराजक व्यक्तिहरुले कहिल्यै बुझदैनन कि पार्टी प्रमुख कुरा हो व्यक्ति गौण कुरा हो । पार्टी निर्माण गर्ने कुरामा नलागेर व्यक्तिका पछि लागि सिंगो पार्टीलाईनै ध्वस्त बनाउन खोजिन्छ ।

.jpg)
