सुर्खेतका तीन वटै क्षेत्रमा जित्ने एमालेको तयारी
दीपक बुढा÷सुर्खेत
नेकपा एमाले जिल्ला कमिटी सुर्खेत दोस्रो संविधानसभा निर्वाचनमा केन्द्रीत भएको छ । दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेतबाट तीन वटै निर्वाचनमा विजय हाँसिल गर्ने उद्देश्यले पार्टी निर्वाचन केन्द्रीत भएको हो । पहिलो संविधान सभा निर्वाचनमा दुई वटा क्षेत्र एमालेले र एउटा निर्वाचन क्षेत्रमा एमाओवादीले जित हाँसिल गरेको थियो ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले निर्वाचन परिचालनका लागि कार्ययोजना निर्माण गरेको छ । अध्यक्ष नवराज रावतको अध्यक्षतामा पार्टी कार्यालय ऋषि स्मृति भवनमा सम्पन्न भएको बैठकले उक्त कार्ययोजना निर्माण गरेको हो ।

बैठकले लोकतान्त्रिक र अग्रगामी संविधानको सुनिश्चितता शान्ति सम्बृद्धि र सामाजिक रुपान्तरका लागि संविधानसभा निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने पार्टीको केन्द्रीय कार्यभार पुरा गर्न सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा सुर्यध्वाजावाहक उम्मेदवारहरुलाई विजयी गराउन पार्टी अध्यक्ष नवराज रावतको संयोजकत्वमा ३ हजार एक सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गरेको छ ।

.jpg)