Saturday, June 7, 2014


एमाओवादी र नेपाली काँग्रेसलाई सुर्खेतमा महेश वस्नेतले दिए 
नीति आए निर्माणमा जुट्न तयार छौं ः बस्नेत
सुर्खेत, २४ जेठ ।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश वस्नेतले सरकारले नीति बनाए युवाहरु विकास निर्माणमा जुट्न तयार रहेको बताएका छन् । “संधै युवाहरु लडाई भिडाई, आन्दोलनमा मात्र लाग्दैनन् । देशको निर्माणमा पनि जुटन तयार छन् तर त्यसका लागि राज्यले नीति ल्याउनुप¥यो ।”
प्रेस चौतारी नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वस्नेतले उक्त कुरा बताएका हुन् । युवा संघ नेपाल सुर्खेतको छैठौं जिल्ला अधिवेशन उद्घाटन गर्न वीरेन्द्रनगर आएको अवसरमा पत्रकार सम्मेलन गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले विश्वका शक्तिशाली राष्ट्रहरुसंग प्रतिस्पर्धा गर्ने र उनीहरुलाई जित्ने एक मात्र माध्यम खेलकुद भएकाले खेलकुद विश्वविद्यालय बनाउनुपर्ने युवा संघले आवाज उठाईरहेको बताए ।
“खेलकुद मार्फत युवाहरुलाई विदेशी शक्ति राष्ट्रहरुसंग प्रतिस्पर्धा गर्न सकिन्छ ।” युवा संघका अध्यक्ष वस्नेतले भने “खेलकुद मार्फत शक्तिशाली राष्ट्रहरुलाई हाम्रा नेपाली खेलाडीले हराएको इतिहाँस छ ।”

Thursday, June 5, 2014

शिक्षकले नै विद्यार्थी अपहरण गरे
१४ घण्टापछि बालक अपहरणमुक्त
परिवारसंग २५ लाख फिरौती माग
सुर्खेत, २२ जेठ ।

साँझ ७ः३० बजेको थियो । बालक घरमा खेलिरहेका थिए । दुई जना युवाहरु मोटरसाइकलमा आए । एक जनाले मास्क लगाएका थिए । उनले ती बालकलाई बोलाएर सोधे तिम्रो दाई कहाँ हुनुहुन्छ ? बालकले जवाफ दिए दाई त आफ्न्तको घरमा । उनीहरुले ती बालकलाई हिड बाबु हामीसंग जाउँ भन्दै फकाए । बालकले आमा रिसाउनुहुन्छ म जान्न भन्दै थिए । तिम्रो दाईले बोलाउनुभएको छ हिड हामी तिमिलाई दाईसंग पु¥याइ दिन्छौं भनेपछि बालक राजी भए र मोटरसाइकल चढे ।
घटना हो बुधबार भएको बालक अपहरणको । बुधबार साँझ घरमै खेलिरहेको अवस्थामा ८ बर्षिय बालक गणेश न्यौपाने अपहरणमा परेका थिए । वीरेन्द्रनगर–८ कालिन्चोकबाट बालक अपहरणमा परेका हुन ।
गणेश घरमा खोज्दा नभेटिएपछि खैला–बैला मच्चियो । आफ्न्त, छिमेकीहरुमा खोजि गरेपछि आमा गंगा न्यौपाने र छिमेकीलाई लिएर साँझ ९ बजे जिल्ला प्रहरी कार्यालयमा पुगिन । प्रहरीलाई सम्पूर्ण जानकारी गराएपछि प्रहरीले खोजि गर्न सबै तिर जानकारी गरायो ।
Tacher Manbahadur Nepali & his Brother Min bahadur Nepali
पहिले त उनी हराएका हुन भन्दै सामान्य रुपमा लिएको प्रहरीले अपहरण भएको सूचना आएपछि प्रहरी दंग प¥यो र खोजीलाई तिव्रता दियो । “बालक अपरहणमा परेको खबर आएपछि म त दंग परेँ, थप प्रहरी परिचालन गरेर अनुसन्धानलाई तिव्रता दिँए ।”–प्रहरी उपरिक्षक प्रकाश अधिकारीले भने “पटक पटक हामीलाई सूचनाहरु आईरहेका थिए ।”
अपहरण परेको १४ घण्टापछि बालक अपहरणमुक्त भएका छन् । विहिबार ११ बजे सुर्खेत वीरेन्द्रनगर–६ स्थित होटल सम्राटको कोठा नं. १०५ मा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उदार गरेको हो । प्राप्त सूचनाका आधारमा प्रहरी होटलमा पुग्यो । प्रहरी पुग्दा कोठा नं. १०५ मा भित्रबाट चुक्कुल लगाइएको थियो । प्रहरीले ढोका खोलेपछि बालकको साथमा अपहरणकर्ता मिनबहादुर नेपालीले खाना खाँदै थिए भने बालक सुतिरहेको प्रहरी प्रवक्ता एवंम प्रहरी निरिक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

प्रवक्ता शाहीले भने “बाबु हामी तिमिलाई लिन आएको हो । आउ जाउँ भन्दा बालक दौडिँदै सिबिलमा रहेका प्रहरीको काखमा गए ।” बालक संगै अपहरणमा संलग्न मिनबहादुर नेपालीलाई पक्राउ परे ।
विद्यार्थीको गुरु बन्यो “कम्प्यूटर”
करिस्मा चौधरी
सुर्खेत, २१ जेठ ।

कक्षा–९ मा अध्ययरत बसन्त यौगीले पढाईको गुरु कम्प्यूटरलाई बनाएका छन् । कक्षाका महत्वूर्ण विषयमा शिक्षकहरुबाट सहयोग लिँदै आएका उनको इ–लाइबेरी सुरु भएपछि पहिलो सहयोगी कम्प्यूटर बनेको छ । कक्षामा अध्ययन गरेका महत्वपूर्ण विषय र शव्दका बारेमा बुझनुप¥यो भने शिक्षक भन्दा पहिले सिधै कम्प्यूटरको सहयोग लिने गरेका छन् । कम्प्यूटरबाट उनले बुझने गरी शव्दका अर्थ, कुनैपनि विषयको विस्तृत जानकारी, इतिहाँसका बारेमा जानकारी लिने गरेका छन् ।
अमरज्योति नमूना उच्च मावि  विद्यालयमा अध्ययन गर्ने यौगी मात्र होइन उनी जस्तै धेरै विद्यार्थीको सहयोगी कम्प्यूटर बनेको छ । विद्यालयले कक्षा–९ देखि १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीका लागि इ–लाइबेरी २०६८ देखि सञ्चालनमा ल्याएको थियो ।
यौगीले भने “विद्यालयमा कम्प्युटर विषयको अध्ययन र इ–लाइब्रेरीको प्रयोगले मैले नौ कक्षा पढ्दापढ्दै कम्प्युटरमा टाइपिङ गर्न, आधारभूत सिप जानेको छु” उनले थपे “खोल्न र बन्द गर्न नजान्ने भन्दा आफुले धेरै जानेको जस्तो लाग्छ ।”

Tuesday, June 3, 2014

उपकुलपति देवकोटाले अख्तियार गुहारेको खुलासा

सुर्खेत, २० जेठ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा.पदमलाल देवकोटाले अख्यितार गुहारेको खुलासा भएको छ । विश्वविद्यालयका रजिष्टार डा. ठगेन्द्रप्रसाद गिरीले एकलौटी रुपमा मनोमानि गर्न थालेपछि नियन्त्रण गर्नुको साटो उल्लटै पदिय जिम्मेवारी विपरित अख्तियार अयोगमा २२ बुद्धे आरोप पत्र दर्ता गराएका थिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको लेटर प्याडमा रजिष्टार गिरीले गरेका अनियमितताहरुको बुद्धागत रुपमा चिठ्ठी अख्तियारमा पठाएपछि अख्तियारले सक्रियता देखाएको हो । विगतमा परेका मुद्धाहरुमा सामान्य रुपमा हेरेको अख्तियारले उपकुलपतिबाट समेत आरोप सहितको विस्तृत बुद्धागत पत्र पठाएपछि गम्भिरतापूर्वक अनुसन्धान थालेको छ । विश्वविद्यालयमा इन्जिनियरिङ संकायको डिन नियुत्ति प्रक्रिया, कर्मचारी नियुक्तिदेखि उपकुलपति देवकोटा र रजिष्टार गिरीको सम्बन्ध चिसिएको थियो ।
अख्तियारमा दर्ता गरेको पत्रमा इन्जिनियरिङ संकायका लागि लिईएको ६० लाखको हिनामिना गरेको, गाडी खरिद गर्दा कमिसन खाएको, भवन निर्माण गर्दा कमिसन खाएको, कर्मचारी नियुक्ति गर्दा एक जनाबाट ५ लाख सम्म असुलेको, एक पक्षिय रुपमा कर्मचारी भर्ना गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी रजिष्टार र लेखापालले नियमावली विपरित छुट्टै खाता खोली विश्वविद्यालयलाई नोक्सानी पु¥याएको, पटक पटक दोहोरो भत्ता, सुविधा लिएको, आफ्नो अनुपस्थितिमा बैठक बसी महत्वपूर्ण निर्णयहरु गरेको, लामो समय सम्म प्राध्यापक¬—कर्मचारीहरुको तलव भुक्तानी नगरी व्याज हिनामिना गरेको आरोप लगाइएको छ ।
MU Surkhet

इन्जिनियरिङ संकायका लागि आवश्यक सामाग्रि खरिद, परिक्षा संचालन, प्रश्नपत्र निर्माणका लागि रजिष्टार गिरीले लिएको पेश्की करिव ६० लाख बराबरको हिसाव नदेखाएपछि उपकुपति देवकोटा चिढिएका हुन । इन्जिनियरिङ संकायका विद्यार्थीको भेलामा बोल्दै उपकुलपति देवकोटाले भनेका थिए “कमिसन पनि कसरी एक्लै खान सकेका हुन् । सबैले बाँडिचुडी खाए प हुन्थ्यो ।” कक्षा कोठामा गरेको सम्बोधनमा भनेका छन् “विश्वविद्यालय बनाउनु पर्छ भन्दै हिडने म अनि कमिसन यिनिहरु खाने अब यस्तो हुन दिन्न ।”
अख्तियारले महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएपछि उपकुलपति, रजिष्टार र डिनहरुले गरेका अनियमितताहरु खुल्दै जाने र कारवाहीको भागिदार सबै हुने अख्तियार स्रोतले जानकारी दिएको छ । “हामी अनुसन्धानमा छौं । विश्वविद्यालयका पदाधिकारीबाट अनियमितता भएको निवेदन आएपछि हामीले छानविन सुरु गरेका हौं ।” स्रोतले भन्यो “एक हप्ताको म्याद दिएर कागजात सहित हाजिर हुन भनेका थियौं तर गैरजिम्मेवारपूर्ण पत्र आयो ।”
समन्वय गरी विश्वविद्यालयको सम्पुर्ण पक्षको नेतृत्व गर्ने कुलपतिले आफु भन्दा तल्लो तहको कर्मचारीलाई नियन्त्रण, निर्देशन दिनुको साटो अख्तियार गुहारेपछि दुवै पक्षका अनियमितताको पोल खुल्दै जाने संकेत देखिएको छ । उपकुलपतिले रजिष्टारको, रजिष्टारले उपकुलपति र डिनहरुको पोल खोल्दै जाँदा पदाधिकारी सबै अख्तियारको नियन्त्रणमा जाने सम्भावना बढेको छ ।

विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

सुर्खेत, २० जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएका छन् । अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतको एक टोलीले म.प. विश्वविद्यालयका केन्द्रीय कार्यालय वीरेन्द्रनगर—८ इत्रामबाट कागजपत्र नियन्त्रणमा लिएको हो ।
अख्तियार अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेतका प्रवक्ता तथा उपसचिव जंगबहादुर डांगीको नेतृत्वमा खटिएको टोलीले ताला खुलाएर कागजात नियन्त्रणमा लिएको हो ।  अख्तियारले सात दिन भित्र महत्वपूर्ण कागजात सहित कार्यालयमा हाजिर हुन दिएको निर्देशन विश्वविद्यालय पदाधिकारीले विश्वविद्यालयमा तालाबन्दी भएको भन्दै जवाफ पठाएपछि अख्तियारले ताला खोलेर कागजपत्र नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता जंगबहादुर डांगीले भने “आएको उजुरीका आधारमा केही कागजात सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएका थियौं तर तालाबन्दी भएको भन्दै पत्र पठाईयो ।” उनले भने “समय सिमा भित्र मागिएका कागजपत्र नबुझाएपछि अख्तियार बाध्य भएर विश्वविद्यालयको ताला खोलेर कागजात नियन्त्रणमा लिएको हो ।”
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालबन्दी गर्ने पक्ष विद्यार्थी र प्राध्यापकहरुसंग छलफल गरी उनीहरुले ताला खोलेपछि कागजपत्र नियन्त्रणमा लिईएको प्रवक्ता डांगीले जानकारी दिए । उनले भने “केन्द्रीय कार्यालयबाट पनि हामीले प्रयाप्त कागजपत्र पाएका छैनौं । पदाधिकारीहरुले सम्पर्क कार्यालय काठमाडौंमा छन बाँकी कागजात भन्नुभएको छ ।” प्रवक्ता डांगीले भने “ ती कागजातहरु बुझाउन आग्रह गरेका छौं । समयमा कागजपत्र नआएमा अख्तियारको केन्द्रीय कार्यालयमा समन्वय गरेर केन्द्रबाट पनि नियन्त्रण लिने अवस्था आउन सक्छ ।”
कर्मचारी नियुक्ति, सामान खरिद, भवन निर्माण, स्टेशनरी, कम्प्यूटर खरिद, छपाई सम्बन्धीका काममा विश्वविद्यालयका पदाधिकारीले अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियार सक्रिय भएको छ । विश्वविद्यालयको सिनेटदेखि, पदाधिकारीको दोहोरो भत्ता, भवन निर्माण, शैक्षिक सामाग्रीहरुको खरिद, कर्मचारी नियुक्तिका विषयमा अख्तियार गम्भिरतापूर्वक लागेको छ ।
एक पछि अर्को गर्दै विश्वविद्यालयमा भएका अनियमितताहरु खुल्दै गएको बताउँदै प्रवक्ता डांगीले अनुसन्धान प्रक्रिया बढ्दैछ । विश्वविद्यालयमा भएका सबै अनियमितताहरुको गहन रुपमा अध्ययन, अनुसन्धान भएर विशेष अदालतमा मुद्धा दायर हुनेछ । अख्तियारले नियन्त्रणमा लिएका कागजातहरुको गहन अध्ययन गरी थप अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्ने र अनुसन्धान टोलीको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्धा गर्दा गरी कारवाही प्रक्रिया अगाडी बढाइने जनाइएको छ ।

कार्यकर्ता रिझाउन ८६ लाख बजेट आयो

दीपक बुढा
सुर्खेत, २० जेठ ।
आर्थिक बर्षको अन्तिम तिर जिल्ला विकास समिति सुर्खेतमा २७ वटा आयोजनाका लागि ८६ लाख रकम आएको छ । अर्थ मन्त्रालयबाट भएको रकमान्तर अन्तर्गत स्थानीय विकास मन्त्रालय मार्फत सुर्खेतका २७ आयोजनाका लागि उक्त रकम आएको हो । आर्थिक बर्षको अन्तिम तिर आएको उक्त रकम बास्तविक रुपमा विकास निर्माण नभई कार्यकता रिझाउनका लागि भएको विपक्षि दलहरुले आरोप लगाएका छन् ।
निर्वाचन क्षेत्र नं. २ को लाटीकोइलीमा मात्रै १३ वटा आयोजनामा रकम आएको छ । गाउँ विकास समितिबाट समेत रकम विनियोजन गरी बाटो निर्माण गरिएका १० वटा मोटर बाटोको स्तरोन्नतीका लागि भन्दै २० लाख बजेट आएको छ ।
कालीमाटी थारु बस्ति सडक स्तरोन्नती, तिलपुर थारु बस्ति सडक स्तरोन्नती, नयाँ गाउँ थारु वस्ति सडक स्तरोन्नती, भवनापुर थारु वस्ति सडक स्तरोन्नती, घोक्रेनी थारु वस्ति सडक स्तरोन्नती, पातलगंगा थारु वस्ति सडक स्तरोन्नती गर्न दुई÷दुई लाखका दरले आएको छ ।
त्यसैगरी तल्लोपर्सेनी थारु वस्ति सडक स्तरोन्नती, माथिल्लो पर्सेनी थारु वस्ति सडक स्तरोन्नती, रहरपुर थारु बस्ति सडक स्तरोन्नती र नयाँ घुस्रा थारु बस्ति सडक स्तरोन्नतीमा दुई लाखका दरले लाटीकोइलीका १० वटा सडक स्तरोन्नती गर्न २० लाख रकम आएको छ ।

वीरेन्द्रनगरमा जुर्वटा थपि २७ वडा कायम गर्न सिफारिस
छिन्चु–रामघाट अर्को नगरपालिका

सुर्खेत, १८ जेठ ।
वीरेन्द्रनगर नगरपालिकामा जर्वुटा गाउँ विकास समितिलाई थप्न सिफारिस गरिएको छ । नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिको आइतबार बसेको बैठकले जर्वुटालाई समायोजन गर्दै नगरपालिका अव २७ वडाको बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
उत्तरगंगा गाविसलाई तीन वटा मात्रै वडा कायम गरिएको हुँदा जनसंख्या, क्षेत्रफल र पूर्वाधारका हिसावले उत्तरगंगालाई ५ वटा वडा, लाटीकोइलीलाई ६ वटा वडा र जर्वुटालाई ४ वटा वडा कायम गर्न सिफारिस गरिएको छ ।
जर्वुटाको वडा नं. १ लाई, वडा नं. २ र ४ लाई, वडा नं. ३,५ र ७ लाई र वडा नं. ७,८,९ लाई वीरेन्द्रनगर नगरपालिको छुट्टा–छुट्टै वडा कायम गर्न अनुरोध आएको थियो । स्थानीय स्तरबाट आएको अनुरोधका आधारमा सिफारिस गरिएको छ ।
उत्तरगंगा गाविसका निवर्तमान अध्यक्ष डिलाराम गिरीले उत्तरगंगा गाविस लाटीकोइलीकै हाराहारीमा भएको र पूर्वाधार, जनसख्या, क्षेत्रफलका हिसावले ५ वटा वडा कायम गर्नुपर्ने बताए । यस अघि उत्तरगंगालाई वीरेन्द्रनगरको वडा नं. १८, १९ र २० गरी ४ वटा वडा कामय गरिएको थियो । गाविस स्तरीय सर्वपक्षिय भेलाबाट गाविसलाई नगरका ५ वटा वडा कायम गर्न अनुरोध गरेको थियो । 
DDO Surkhet Map

लाटीकोइली गाविसले समेत ६ वटा वडा कायम गर्न माग गरेपछि सिफारिस समितिले ६ वडा कायम गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ । लाटीकोइली गाविस वडा नं. २ र ३ लाई एउटा वडा र वडा नं. ४ र ५ लाई अर्को वडा कायम गर्दै ६ वटा वडा बनाउन माग आएपछि निर्धारण समितिले सिफारिस गरेको हो ।
२०६८ को जनगणना अनुसार उत्तरगंगामा १७ हजार २ सय ६१, लाटीकोइलीमा १९ हजार ९ सय ६३, जर्वुटामा ८ हजार ५ सय ८० र वीरेन्द्रनगर नगर क्षेत्रमा ४७ हजार ९ सय १४ जनसंख्या रहेको छ ।

Sunday, June 1, 2014


म.प. विश्वविद्यालयमा अख्तियार पस्यो
पदाधिकारीमा खैलाबैला,

सुर्खेत, १७ जेठ ।
अख्तियार अनुसन्धानको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतको एक टोलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा छापा मारेको छ । भौतिक निर्माण, शैक्षिक सामाग्री खरिद तथा छपाई, प्राध्यापक÷कर्मचारी नियुक्ति प्रक्रियामा अनियमितता भएको उजुरी परेपछि छापा मारेको हो । अख्तियारले छापा मारेपछि विश्वविद्यालयका पदाधिकारीहरुमा खैलाबैला मच्चिएको छ । विश्वविद्यालयका कर्मचारीहरु आफ्नो बचाउ गर्दै एक–अर्काको आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयविरुद्ध परेका उजुरीमाथि अनुसन्धान अघि बढाएको हो । आयोगले टोली नै खटाएर अनियमिततामाथि अनुसन्धान अघि बढाएको छ ।

Add caption

विश्वविद्यालयका उपकुलपति र रजिस्टार लगायतका पदाधिकारीलाई कार्यालयमै बोलाएर पहिलो चरणमा उजुरीको वास्तविकता बारे बुझ्ने अख्तियारको भनाइ छ । विश्वविद्यालयका आवश्यक कागजपत्र मागिएको र कागजपत्र प्राप्त हुने वित्तिकै विस्तृत अध्ययन शुरु गरिने अख्तियार स्रोतले बताएको छ ।
विश्वविद्यालयका सबै कागजपत्र रजिस्टारसँग भएकोले रजिस्टारलाई बोलाएको समयमा उपस्थित गराउने गरी उपकुलपति डा. पदमलाल देवकोटालाई पत्र दिइएको छ । विश्वविद्यालयका आवश्यक काजगपत्र लिएर अख्तियारले बोलाएको जुनसकै बेला उपस्थित हुने गरी उपकुलपतिलाई निर्देशन दिइएको स्रोतले जानकारी दिएको छ । 
पछिल्लो समय विश्वविद्यालयमाथि निगरानी बढाएको भन्दै अख्तियार स्रोतले केही दिनभित्रै वास्तविकता बाहिर आउने दाबीसमेत गरेको छ । विश्वविद्यालयमा भएका अनियमितताका उजुरीलाई एकदमै गम्भीर रुपमा लिइएको भन्दै चाँडै सत्य–तथ्य सार्वजनिक हुने अख्तियार स्रोतको भनाइ छ । 
विश्वविद्यालयमा कर्मचारी नियुक्तिदेखि भौतिक निर्माण, सामाग्री खरिदमा आर्थिक अनियमतिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय र केन्द्रीय कार्यालयमा विभिन्न उजुरी परेका छन् ।
अख्तियार तथा अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेत स्रोतले अनुसन्धान प्रक्रियामा रहेको बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय निगरानीमा रहेको जनाइएको छ । ‘१४ गते पत्र पठाएर केही कागजातहरु मगाएका छौं’–स्रोतले भन्यो ‘सोमबार भित्र आवश्यक कागजात मागिएको छ ।’