ओलीलाई अध्यक्ष बनाउने सुर्खेत एमालेको निर्णय
सुर्खेत, ३१ जेठ ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले नवौं महाधिवेशनबाट केपि शर्मा ओलीलाई सर्वसम्मत पार्टी अध्यक्ष बनाउन पहल गर्ने निर्णय गरेको छ । जिल्ला संगठन कमिटीको चौंथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
केपि शर्मा ओलीलाई चयन गरी माधवकुमार नेपालले पार्टीमा अभिभावकिय भूमिका पुरा गरी पार्टीमा एकता प्रर्दशन गर्न केन्द्र समक्ष अनुरोध गर्ने र सुर्खेतवाट केन्द्रीय कमिटी र निकायहरुमा प्रतिनिधित्व सुनिश्चित गर्न पहलकदमी गर्ने निर्णय गरिएको छ ।
उक्त निर्णय मा ११ जना जिल्ला कमिटी सदस्यहरुले असहमति राखेका थिए । वैठकमा जिल्ला संगठन कमिटीका ६१ जना सदस्यहरुको सहभागीता रहेको थियो । महाधिवेशनको प्रतिनिधि छनौटको लागि अषाढ ७ गते क्षेत्र नं. १ को सहारेको वोटेचौर, क्षेत्र नं. २ को वीरेन्द्रनगर, क्षेत्र नं. ३ को वावियाचौर दलित र मजदुर निर्वाचन क्षेत्रको वीरेन्द्रनगरमा प्रतिनिधी छनौट गर्ने निर्णय गरियो जनाइएको छ ।