एसएलसी परीक्षाको नतिजा सार्वजनिक, नियमिततर्फ ४३ दशमलव ९२ प्रतिशत उत्तिर्ण (परीक्षाफलसहित)
काठमाडौ, जेठ ३० – (अपडेट) २०७० सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । यसवर्ष पनि निराशाजनक नतिजा आएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार नियमिततर्फ ४३ दशमलव ९२ प्रतिशत अर्थात एकलाख ७३ हजार ४ सय ३६ जना उत्तिर्ण भएका छन् ।
पोहोरको उत्तिर्ण प्रतिशत ४१ दशमलव ५७
थियो । विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, पहिलो श्रेणीमा ८३ हजार ६ सय ३७,
दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तेस्रो श्रेणीमा ३ हजार ७ सय ४७ जना
पास भएका कार्यालयले जनाएको छ ।
एक्जाम्टेडतर्फ १४ हजार ५ सय ९१ अर्थात १०
दशमलव ९२ प्रतिशत विद्यार्थी पास भएका छन् । यसवर्ष नियमिततर्फ ४ लाख १९
हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जनाले परीक्षा दिएका
थिए ।
एसएलसीको नतिजा सार्वजनिक भएपछि एसएलसी
टाईप गरी एक स्पेश दिएर सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गरेर थाहा पाउन
सक्नुहुन्छ । त्यस्तै १६६०–०१– ५–५५–६६ मा फोन गरेर पनि तपाईंले आफ्नो
नतिजा थाहा पाउन सक्नुहुनेछ ।
परीक्षाफल केहीबेरपछि SLC <1 space> symbol number टाइप 5566 मा sms गरेर थाहा पाउन सकिन्छ ।
No comments:
Post a Comment