Thursday, November 29, 2012

सडक निर्माण रोकिनु उपयुक्त छैन् ः प्रतिवेदन

सुर्खेत, १४ मंसिर ।
सरोकार समितिले सडकका धेरै संरचना तयार भइसकेको र विभिन्न स्थानमा पुल निर्माण जारी रहेकाले सडक निर्माण रोकिनु उपयुक्त नभएको निश्कर्ष निकालेको छ । नागरिक सरोकार समितिले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उक्त निश्कर्ष निकालेको हो ।
सुर्खेत सदरमुकामदेखि रानीघाटसम्म सवारी साधन सञ्चालन भइरहेको र त्यसभन्दा अगाडीको खण्डमा पनि निर्माण कार्य जारी रहेको जानकारी दिएको छ । ५३ किलोमिटर कुल लम्बाई रहेको उक्त सडकको ३२ किलोमिटर खण्ड सुर्खेतमा पर्छ भने बाँकी बर्दियामा पर्छ । 
सुर्खेतमा पर्ने ३२ किलोमिटर मध्ये २० किलोमिटरसम्म नयाँ ट्र्याक खोल्ने काम सकिएको छ भने बर्दियातर्फबाट पनि सडक निर्माण कार्य भइरहेको छ । यसै सडकका लागि रानिघाटको भेरी नदीमा १ सय २० मिटर लामो पक्की स्टिलट्रस्ट डिजाइनको पुल निर्माण गर्ने जिम्मा सडक डिभिजन कार्यालय सुर्खेतले पप्पु–मल्ल जेभी कन्स्ट्रक्सन कम्पनीलाई १४ करोड २९ लाख ८९ हजारमा ठेक्का दिईसकेको छ ।
सडक निर्माणको कार्य अन्तिम चरणको पुगेको र सडक निर्माणमा हाल सम्म करोडौं लगानी भएको हुँदा निर्माण कार्यलाई प्रभावित हुनेगरी अदालतले गरेको आदेश पूर्वाग्रहीपूर्ण भएको बताईएको छ । राष्ट्रिय निकुञ्जले समेत उक्त वाटोको प्रयोग गर्दै आफ्नो नियमित गस्तिमा सहजता पु¥याएको, सडक निमार्ण हुँदा जंगलको ठूलो क्षति हुने र वासस्थान नष्ट हुने भन्ने हल्ला प्रचार गरे अनुसार नभएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 
सुर्खेत र बर्दियामा नागरिक स्थलबाट जनदवाफमूलक नागरिक सरोकार समिति गठन भएको हुँदा दुवै समितिले समन्वय गरी सडक निर्माण कार्यलाई तत्काल सुचारु गर्ने वातावरण निर्माण गर्न पहल गर्नुपर्ने, भेरी नदिमा पुल निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने, काममा सर्वदलिय सहमति जुटाउनुपर्ने अध्ययन समितिले निस्कर्ष निकालेको छ ।
सरोकार समितिका संयोजक डिलाराम गिरीको संयोजकत्वमा गंगाराम विक, रत्नविक्रम प्यासी, देवकुमार सुवेदी, तुलादेव भारती, विष्णुप्रसाद न्यौपाने, प्रेम दर्लामी, दिर्घबहादुर कठायत सहितको अध्ययन टोलीले स्थलगत अध्ययन, छलफल, अन्तरक्रिया गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
निकुञ्ज भित्र करिब ४ किलोमिटर बाटो निर्माण गरेमा तेलपानी आइपुग्छ भने यता सुर्खेततिरबाट भित्री खोलाको माथि ढकालवारीसम्म सडक विस्तार भइसकेको छ । तर सर्वाेच्चको आदेशपछि सडक डिभिजन कार्यालय भने अन्योलमा परेको छ । सडक डिभिजनका सब—इन्जिनियर तुलाराम शर्माले यो विषयमा कार्यालय पनि अन्योलमा परेको बताए । 
उनले वैकल्पिक उपाएको खोजी गरी सडक निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै सबै तर्फबाट विकल्पको खोजी हुनुपर्ने जनाए । उनले सडकको स्टीमेट तथा डिजाईनमा परिवर्तन गरे सडक निर्माण अघि बढ्न सक्ने बताए ।
वातावरण संरक्षणकर्मी रामकुमार आचार्यले गत माघमा बर्दिया राष्ट्रिय निकुञ्जमा हुने सडक निर्माणले वातावरणमा प्रतिकुल असर पर्ने भन्दै निर्माण कार्य रोक्न माग गर्दै सर्वाेच्चमा रिट हालेका थिए । उनको रिटका आधारमा सर्वाेच्चले गत भदौ २६ गते निर्माण कार्य रोक्नु भन्ने उत्प्रेणात्मक आदेश जारी गरेको थियो ।
सर्वाेच्च अदालतको आदेशका कारण अलपत्र परेको सुर्खेत फलाटे–तेलपानी–भुरीगाउँ सडक पुनः काम सञ्चालनका लागि नागरिक स्तरबाट पहल थालिएको छ । नागरिक सरोकार समिति गठन गरी यस जिल्लाका नागरिकहरुले सडक निर्माणमा जोड दिएका हुन् ।
वीरेन्द्रनगरमा बिहीबार समितिले जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालहरुसँग अध्ययन प्रतिवेदन सार्वजनिक सहित अन्तरक्रिया गरेको छ । कार्यक्रममा जिल्लास्थित सबै राजनीतिक दलका प्रतिनिधिले सडक निर्माणका लागि वैकल्पिक उपाएको खोजी गर्नुपर्ने बताएका छन् । उनीहरुले उक्त सडक सुर्खेतका लागि अत्यन्त महत्वपूर्ण भएको भन्दै अदालतले यहाँ स्थानीयबासीको भावना बुझ्न नसकेको धारणा राखेका छन् । 
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री यामलाल कँडेलले सर्वाेच्चको आदेशलाई चुनौती दिनुपर्ने बताए । उनले विकासको काममा न्यायलयले अनावश्यक हस्तक्षेप गरेको टिप्पणी गरे । उनले भने ‘विकास भनेको जनताको हितका लागि हुने हो । जनताको पक्षमा हुने विकासलाई अदालतले रोक्न मिल्दैन’ उनले भने ‘सर्वोच्च अदालतको आदेशलाई पुनरावलोकन गर्न स्थानीय सरोकार समितिले पहल थाल्नुपर्छ ।’ उनले वैकल्पिक उपाएको खोजी हुनुपर्ने विचार राखे ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले यो सडकले पश्चिम सुर्खेतका जनतालाई सडक सञ्जालसँग जोड्ने उल्लेख गर्दै नागरिकस्तरबाट सडक निर्माणमा देखाईएको चासोको प्रशंसा गरे । ‘यो सडकमा मोटरसाईकल चलाएर बर्दियाको धान सुर्खेत ल्याउने मेरो चाहना छ’ उनले भने, ‘सडक निर्माणका लागि नेपाली काँग्रेस र मेरो व्यक्तिगत समर्थन छ, म यो सडकका लागि जस्तोसुकै सहयोग गर्न तयार छु ।’ उनले सर्वाेच्चको आदेशपछि उत्पन्न परिस्थितिलाई वैकल्पिक उपाएबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै सुर्खेत जिल्लामा पर्ने सडक खण्डमात्र भएपनि पुरा गरिनुपर्ने बताए । 
त्यस्तै पुर्व जिविस सभापति डम्बर जिसिले पनि उक्त सडक सुर्खेत र बर्दियाका लागि अति महत्वपूर्ण भएको उल्लेख गर्दै कुनै पनि बहानामा सडक निर्माण रोकिन नहुने बताए । कार्यक्रममा समितिले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सर्वाेच्चको आदेश पुनरावलोकनका लागि तयारी भईरहेको जनाएको छ । 
सुर्खेतमा तीन सय ९० संक्रमित
सुर्खेत, १४ मंसिर ।
सुर्खेतमा हाल सम्म तीन सय ९० जना एचआईभी संक्रमितहरु फेला परेको जनाईएको छ । आर्थिक बर्ष २०६४÷०६५ देखि २०६९ भदौं मसान्त सम्म उक्त संख्यामा संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
जसमा दुई सय १६ जना पुरुष र एक सय ७४ जना महिला संक्रमित रहेका छन् । क्षेत्रीय अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र मेहलकुना र दिगो विकास कोषद्धारा संचालित रक्त परीक्षण केन्द्रबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
एचआईभी÷एड्सको वर्तमान अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले विहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो । एचआईभी संक्रमित मध्य अधिकांश २५ देखि ४९ बर्ष उमेर समूहका उत्पादनमूलक जनशक्ति रहेको जिल्ला एड्स समन्वय समितिका चेतनीधि वाग्लेले जानकारी दिए ।
बसाईसराई गर्ने, यौनकर्मीका ग्राहक र गृहिणीहरु एचआईभी संक्रमित बढी रहेका छन् । २००६८÷०६९ मा एक सय ६२ जनाको रक्त परिक्षणपछि ४८ जनामा एचआईभी संक्रमण र २०६९ साउन र भदौं महिनामा ८९ जनाको रक्तपरिक्षणपछि ९ जना संक्रमित फेला परेको जनाईएको छ ।

Wednesday, November 28, 2012

सुर्खेतका दुई सय ३ थान बन्दुक बर्दियालाई

दीपक बुढा÷सुर्खेत
सुर्खेत, १३ मंसिर ।
सुर्खेतका चार गाउँ विकास समितिबाट दुई सय तीन थान भरुवा बन्दुक संकलन भएका छन् । सुर्खेतका छिन्चु, लेखपराजुल, हरिहरपुर र तरंगाबाट ठूलो परिमाणको हतियार संकलन गरिएको हो । बर्दिया राष्ट्रिय निकञ्जले सुर्खेतबाट उक्त परिमाणको हतियार संकलन गरेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दो चोरी सिकारी नियन्त्रण गर्दै स्थानीयबासीन्दालाई चोरीसिकारी विरुद्धमा परिचालन गर्न स्थानीयकै सक्रियतामा चोरीसिकारीमा प्रयोग हुने हतियार संकलन गरिएको छ । लेखपराजुल गाविसबाट पहिलो पटक सुरु भएको भरुवा बन्दुक संकलन अभियान छिन्चु गाउँ विकास समितिमा पुगेर टुङ्गिएको छ ।

लेखपराजुलबाट ४४ थान, हरिहरपुरबाट ४५ थान, तरंगाबाट ८६  थान र छिन्चुबाट २८ थान भरुवा बन्दुक राष्ट्रिय निकुञ्जले स्थानीयबाट आफ्नो नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए । डेढ बर्षको अवधिमा ठूलो परिमाणको भरुवा बन्दुक निकुञ्जले आफ्नो नियन्त्रणमा लिएको हो ।

Friday, November 23, 2012

‘छोरीका बलात्कारीलाई कारबाहि होस’
सुर्खेत, ८ मंसिर ।
मैनतडा—५ की पार्वती केसी (नाम परिवर्तन) छोरीका बलात्कारीहरुलाई कावार्हीको माग गर्दै सदरमुकाम आईपुगेकी छन् ।  २०६८ साल चैत २४ गते केसीकी १३ बर्षिया छोरी बलात्कृत भएकी थिईन् ।
२४ गते घरमै बसेकी छोरीलाई छिमेकी विष्णु विकले घाँस काट्न भनेर साथमा लिएको र  घाँस काट्न भनेर गएकी छोरी साँझ सम्म पनि घर नआएपछि छोरीको खोजीमा भौतारिएकी पार्वतीले भोलि पल्ट अर्थात २५ गते आप्mनो बारीमा बेहोस अवस्थामा छोरीलाई भेटेको बताईन् । 
छोरी बेहोस हुनुको कारण बारे गाउँमा बुझदा पछि बलात्कार भएको थाहा पाएकी पार्वतीले विष्णुको सहायतामा बलात्कार गर्ने भनिएका दुईजनालाई प्रहरी मार्फत प्रक्राउ गराउन समेत सफल भएको बताई ।
ईलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएका मैनतडा—२ का राजेश विक र दिपक विकलाई थप अनुसन्धाका लागि जिल्ला प्रहरीमा पठाएको उनले बताईन् । जिल्ला अदालत सुर्खेतले २०६९ असार ११ गते उनीहरुलाई सफाई दियो त्यस पछि उनलाई अदालती फैसला प्रति चिक्त नबुझेको उनको भनाई छ । 
व्यक्तित्व परिचय
सरसफाईका अगुवा देवकोटा
सरसफाई विषय धेरैलाई अपत्यारिलो लाग्छ । सरसफाईका कुरा गर्न धेरैले रुचाउँदैनन् । घर, समुदाय र आफ्नो शारिरीक सरसफाई गर्नुनै मुख्य काम भएको धेरैको बुझाई छ  तर सुर्खेत एक अगुवा भने खानेपानी तथा सरसफाईका विषयमा सबै जना जिम्मेवार हुनुपर्ने तर्क राख्छन् ।

सुर्खेतका सरसफाई अगुवा कुलमणि देवकोटाको बुझाईमा खानेपानी तथा  सरसफाई गहन विषय भएकाले यसमा कसैलेपनि वेवास्ता गर्न नहुने तर्क राख्छन् । राजनीतिक संक्रमणकालिन अवस्थामा धेरै राजनीतिकर्मीहरु राजनीतिबाट विस्थापित भएका छन् । धेरै जनाले राजनितिलाई सहि रुपमा पहिचान गर्न नसक्दा दुःख पाएको बताउँने देवकोटा खानेपानी तथा सरसफाईको क्षेत्रबाटै आफ्नो पहिचान बनाउँन सकिने बताउँछन् । उनी खानेपानी तथा सरसफाईको विषयका विभिन्न सञ्जालहरुमा आवद्ध भएर त्यसै मार्फत आफूलाई स्थापित गर्ने दौडानमा रहेका छन् ।

Thursday, November 22, 2012

सुकुम्बासीलाई परिचय—पत्र
दीपक बुढा
सुर्खेत, ७ मंसिर ।
जिल्ला सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यसमिति सुर्खेतले सुकुम्बासी परिचय—पत्र वितरण कार्य सुरु गरेको छ । विहिबार एक कार्यक्रमवीच लाटीकोइली गाविसबाट परिचय—पत्र वितरण कार्य सुरु गरेको हो ।
जिल्लामा सुकुम्बासीको पहिचान गरी पहिलो पटक परिचय—पत्र वितरण कार्य सुरु गरिएको छ । सुकुम्बासी समस्या समाधान आयोगका सुर्खेत अध्यक्ष, लाटीकोइली गाउँ विकास समितिका शाखा अधिकृत नवराज थापा, मालपोत कार्यालय सुर्खेतका प्रमुख चन्द्रबहादुर डांगी सहितको टोलीले सुकुम्बासी परिचय—पत्र वितरण कार्य सुरु गरेका हुन् ।
लाटीकोइली गाविसका ७ सय ६७ जनालाई परिचय—पत्र वितरण गरिने जनाईएको छ । पहिलो चरणमा दशरथपुर, कल्याण, नेटा, डाँडाखाली, घुमखहरे, मालारानी, साहारे, साटाखानी, घाटगाउँ, वीरेन्द्रनगर नगरपालिका सहितका २३ गाउँ विकास समितिका १४ सय ९२ परिवारलाई परिचय—पत्र वितरण गरिने आयोगका सदस्य मोहन बडुवालले जानकारी दिए ।
आलुबारीबाट ५ सय २२ क्यूफिट काठ बरामद
तीन महिने सुत्केरी सहित पाँच महिला नियन्त्रणमा
दीपक बुढा÷सुर्खेत
सुर्खेत, ७ मंसिर ।
वीरेन्द्रनगर—१ सोलिघोप्टेबाट बिहिबार आलुबारीमा लुकाई राखिएको अवस्थामा ठूलो परिमाणमा काठ बरामद गरिएको छ । जिल्ला वन कार्यालय, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त सक्रियतामा काठ बरामद गरिएको हो ।
आलुबारी, तोरीबारी र घरभित्र लुकाई राखेको अवस्थामा ५ सय २२ प्वईन्ट ३२ क्यूफिट काठ बरामद गरिएको छ । वीरेन्द्रनगर—१ सोलिघोप्टेका सुरेन्द्र कुँवर, ओम वि.क. र गौरी वि.क.को बारीमा लुकाई राखिएको ३ सय ९१ थान चिरान काठ बरामद गरिएको हो ।
कुनाथरी, गढी, लेखगाउँ गाउँ विकास समितिका सामूदायिक वनहरुबाट चोरी निकासी गरी वीरेन्द्रनगर तर्फ भित्र्याउन राखिएको हुन सक्ने आशंका गरिएको छ । ठूलो परिमाणको काठको अनुसन्धान जारी रहेको वन कार्यालयको भनाई रहेको छ । 
ठूलो परिमाणको काठ भेटिएपछि विहिबार विहान प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर सहितको जिल्ला स्थित सुरक्षा समितिको टोली घटना स्थल पुगेर निरिक्षण गरेको थियो । बुधबार साँझ ११ बजे जिल्ला वन कार्यालय सुर्खेतबाट नियमित गस्तिमा खटिएको टोलीले आशंका पाएपछि थप अनुसन्धानपछि ठूलो परिमाणको काठ नियन्त्रणमा लिईएको हो । 

एकपछि अर्को गर्दै काठ लुकाईएको ठाउँहरु खुल्न थालेपछि जिल्ला प्रहरी र सशस्त्र प्रहरी सयौंको संख्यामा सुरक्षाकर्मी उत्खनन गर्न परिचालन गरिएको निमित्त जिल्ला वन अधिक।ृत रामविचारी यादवले जानकारी दिए ।
सुरेन्द्र कुँवरको आलुबारीबाट ३७ थान ३६.४६ क्यूफिट, ओम विकको बारीबाट २५८ थान २ सय ४९ दशमलव ८१ क्यूफिट र गौरी वि.क.को बारीबाट ९६ थान ८७ दशमलव १८ क्यूफिट काठ बरामद गरिएको जिल्ला वन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
काठ सहित वीरेन्द्रनगर—१ का विनिता वि.क., सर्मिला वि.क., सिता वि.क., विष्णु थापा, टिका अधिकारीलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा लिईएका विनिताको ५ महिनाको बच्चा र सिताको तीन महिनाको बच्चा साथमै रहेको परिवारले जनाएका छन् । गाउँमा पुरुषहरु नभेटिएकाले महिलाहरुलाई नियन्त्रणमा लिईएको वन अधिकारीको भनाईछ । भने अर्को तर्फ पक्राउ परेका महिला मध्य दुई जनाको सानो बच्चा भएकाले जोखिमपूर्ण अवस्था रहेको परिवारका सदस्यहरुको भनाई छ ।

ठूलो परिमाणको काठ बरामद गरिएको घटना पहिलो भएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताउँदै वन कार्यालयले काठ काटिसकेपछि पक्राउ गर्नुभन्दा पनि काटदै गरेको अवस्था पक्राउ गर्न सक्नुपर्ने बताए । वन कर्मचारीको गस्तिलाई बढाउँदै समुदायमा जनचेतनामूलक कार्यक्रम लागु गर्न समेत प्रमुख जिल्ला अधिकारी कुँवरले निर्देशन दिए ।

काठको मालिक प्रमाणित भएमा ४ लाख १७ हजार ८ सय ५६ सरकारी विगो, एक बर्ष कैद र सरकारी विगोको तेव्वर जरिवाना हुने निमित्त वन अधिकृत यादवले जानकारी दिए ।