राउटे जाति परिवर्तनतर्फ उन्मुख
बाख्रापालन गर्ने इच्छा
बाख्रापालन गर्ने इच्छा
दीपक बुढा सुर्खेत,
लापोन्मुख, घुुमन्ते राउटे जातिको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । राउटे पहिलेको तुलनामा रुपियाँ, पैसा, आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेको जानकारहरु बताउँछन् । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिहरु पछिल्लो समयमा बाख्रापालन गर्ने इच्छा व्यक्त गर्न थालेका छन् । वनजंगल विनास हुँदै जानु र उनीहरुको मुख्य आहार गुना, बाँदर पाइन छोडेपछि राउटेहरुले बाख्रा पाल्ने इच्छा ब्यक्त गरेका हुन् ।
राउटेका मुखिया ऐनबहादुर शाहीले हाम्रो अखवारसँग कुरा गर्दै भने–‘हाम्रो मुख्य सिकार बाँदर र गुना जंगलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ कसैले सहयोग गरेमा हामी बाख्रापालन गर्ने थियौं ।’ सामुदायिक वन र राष्ट्रिय वनमा प्रवेश असहज भएको बताउँदै राउटेका मुखिया ऐनबहादुरले सरकार, सामुदायिक वन, जिल्ला वन, प्रशासनलाई वनमा प्रवेश गर्ने वातावरण मिलाइदिन आग्रह गरे । वन जंगल विनाससँगै राउटेको मुख्य आहारा जंगली जनावार लोप भैरहेका छन् साथसाथै काठका सामग्री बनाएर बिक्री गरेर खाद्यान्न जुटाउने उनीहरुको अर्को पेशा पनि संकटमा पर्दै गएको छ ।
‘दिनप्रतिदिन गास, बास र कपासको समस्या हुन थाल्यो’ मुखिया ऐनबहादुरले भने–‘सरकारले दिँदै आएको मासिक भत्ता बढाएर पाँच हजार पु¥याउनुप¥यो, समयमै पाउनुप¥यो ।’ राउटे जाति पहिले नयाँ व्यक्ति देख्दा डराउने बोल्न नचाहने, फोटो खिच्न नदिने, महिलाहरुलाई सँगै नहिंडाउने मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर, पछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन् । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन, महिला प्रतिनिधिलाईसँगै हिडाउँछन्, मुखियाले भनेपनि चित्त नबुझेमा आन्तरिक संघर्ष गर्ने गरेको राउटेका विषयमा अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर रायमाझी बताउँछन् ।

राउटे जातिको कला संस्कृति, भाषा, दैनिकी, रितिरिवाजका बारेमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतका दुई जना प्राध्यापक गुरुप्रसाद गौतम र केशर रायमाझीले अध्ययन, अनुसन्धान गरिरहेका छन् ।
राउटेका विषयमा अध्ययन गरी रहेका प्राध्यापक रायमाझीले भने–‘युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित रहेको छ । उनीहरु विस्तारै आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृति अनुसार परिवर्तन गरिरहेका छन्, जंगल विनास हुँदै जानु, जंगलमा बाँदर र गुना पाइन छोड्दा बाख्रापालन गर्ने इच्छा राखेका छन् ।’ राउटेको दैनिक जीवनशैली सकारात्मक र नकारात्मक दुई किसिमले परिवर्तन भैरहेको र विस्तारै
राउटेहरु सामाजिकरणतर्फ उन्मुख भैरहेको बताइएको छ ।
स्थायी रुपमा बस्न नचाहने, वन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको बताउँछन् वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक गुरुप्रसाद मैनाली । राउटे जातिको बास्तविक तथ्याङ्क कति रहेको छ भन्ने कुरा उनीहरु बताउँन चाहँदैनन् ।
राउटेका विषयमा जानकारहरुका अनुसार राउटे जाति एक सय ६५ को संख्यामा रहेको अनुमान गरिएको छ । राउटेको प्रमुख बास स्थान सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, बझाङ, बाजुरा, अछाम, रोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ । उनीहरु एक स्थानमा बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन् । आफ्ना सदस्यको मृत्यु भएमा लासलाई त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति सार्ने गर्छन । उनीहरु बिरामी भएमा, चोटपटक लागेमा, शरीरमा घाउँ भएमा जडिबुटिको प्रयोग गर्ने गर्छन् । राउटे समुदायका बालबालिका कुपोषणको सिकार भैरहेकाले उनीहरुलाई पौष्टिक युक्त आहारको व्यवस्था गर्नुपर्ने, हात खुट्टामा घाउ खटिरा भएकाले स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, उनीहरुलाई सामाजिकिरण गर्न मनोविमर्श अनुसार सहयोग गर्दै जानुपर्ने राउटेका विषयमा जानकार व्यक्तिहरुको भनाई रहेको छ ।
हिन्दु धर्म मान्ने राउटे जाति विवाह गर्दा केटाले केटीलाई फकाउने, मागी विवाह गर्ने, नभए मुखियाको सहयोगमा विवाह गर्ने गर्छन । त्यसैगरी मृत्यु संस्कारमा कुनै सदस्यको मृत्यु भएमा ७ दिनसम्म जुठो बार्ने, नुन नखाने तर मासु नियमित खाने गर्छन् । उनीहरुको मुख्य जाति कल्याल, रास्कोटी, राजवंशी हुन्छ । उनीहरुको कुलदेवता दारेमस्टो हो । राउटेका मुखिया ऐनबहादुर, विरबहादुर, डिलबहादुर र सुर्यबहादुर शाही गरी पाँच जनारहेका छन् । दशै, तिहार, माघे संक्रान्ति, चैते दशैं मनाउने राउटे समुदायको संस्कृति प्रदर्शन कार्यक्रम शुक्रवार सुर्खेतको स्थानीय वीरेन्द्रनगर बहुमुखी क्याम्पसले आयोजना गरेको थियो ।
राउटे संस्कृतिको संरक्षण गर्दै उनीहरुको समस्याका बारेमा सरोकारवाला निकायवीचमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा राउटेका विषयमा अनुसन्धानकर्ता वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर रायमाझी र प्राध्यापक गुरुप्रसाद गौतमले आफ्नो अनुसन्धानलाई सफल पार्न राउटेसँग मित लगाएका थिए ।

वीरेन्द्रनगर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भुषणकुमार मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रीय प्रशासन डा. धनराज रताला, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा राउटे समुदायलाई वीरेन्द्रनगर बहुमुखी क्याम्पसले दुई वटा खसी र साढे तिन सय केजी चामल दिएको छ ।
No comments:
Post a Comment