सुर्खेत भू–क्षयको जोखिममा
दीपक बुढा
सुर्खेत, १७ माघ
सुर्खेत भू–क्षयको उच्च जोखिममा रहेका छ । भू–क्षयको उच्च जोखिममा रहेका नेपालका ७ वटा जिल्ला मध्य सुर्खेत पनि परेको छ । चुरे क्षेत्रको कमलो भूमी, जमिन अतिक्रमण, वनफाडानी, बसाईसराई, भौतिक संरचनाको निर्माणले गर्दा भू–क्षय हुने गरेको छ । सुर्खेत जिल्लाका भू–क्षयका लागि २३ भन्दाबढी गाविस अति जोखिममा रहेको भू–संरक्षण कार्यालयले जनाएको छ । चुरे वन क्षेत्रमा पर्ने भाग भू–क्षयका लागि अतिजोखिमयुक्त भएको भू–संरक्षण कार्यालय सुर्खेतका प्रमुख हरिलाल गिरीले जानकारी दिए । चुरेवर्तको माटो खुकुलो, भिरालो जमिनका कारण बार्षिक रुपमा माटोको क्षयिकरण भएको बताउ“दै प्रमुख गिरीले भू–क्षयबाट माटो रोक्न बाढीको किनार, खुल्ला जमिनमा बोटविरुवा रोप्नुपर्ने बताए । ‘भिरालो जमिनमा खेती गर्नुहु“दैन् तर वन विनाससंगै भिरालो जमिन अतिक्रमणको चपेटामा परेको छ’–प्रमुख गिरीले भने । चालु आर्थिक बर्षमा प्राकृतिक प्रकोप व्यबस्थापन, विपन्न वर्गका लागि आयमूलक कार्यक्रम, संरक्षण अभियान कार्यक्रम ल्याएको जिल्ला भू–संरक्षण कार्यालयका अधिकृत गिरीले जानकारी दिए । चुरे क्षेत्रमा देखिएको वन विनासलाई नियन्त्रण गर्न जिल्ला वन कार्यालय सुर्खेतले समेत नया“ कार्यक्रम ल्याएको छ । चुरे क्षेत्रमा वन डढेलो नियन्त्रण, चुरे क्षेत्रमा वन अतिक्रमण तथा चोरी शिकारी नियन्त्रण, चुरे क्षेत्रमा चरिचरण नियन्त्रण तथा व्यवस्थापनका कार्यहरु चालु आर्थिक बर्षमा गरिने जिल्ला वन अधिकृत श्रीप्रसाद वरालले जानकारी दिए । उनका अनुसार अतिक्रमित वन क्षेत्र खाली गरी वृक्षारोपण गरी वन पुनस्थापना गर्ने, नर्सरी व्यवस्थापन तथा विरुवा उत्पादन गर्ने, चुरेमा आश्रित गरीब तथा विपन्न वर्ग केन्द्रित हरित रोजगारमुखी वृक्षारोपण गर्ने, वनमा चाप कम गर्न विपन्न तथा दलित वर्ग केन्द्रित वन उद्यमा विकास र चुरे संरक्षण बृहत जनचेतना कार्यक्रम लगायतका गतिविधिहरु संचालन गर्ने तयारी भैरहेको समेत जनाइएको छ । चुरे क्षेत्र तराईमा पूर्व देखि पश्चिम सम्म फैलिएको बताए । सुर्खेतका आधा र पूरै गरि ३२ वटा गा.वि.स. मा चुरे वन क्षेत्र रहेको छ । मैनतडा, रामघाट, लाटिकोईली, उत्तरगंगा, हरिहरपूर, तरंगा, छिन्चु, तातापानी, लेखपराजुल, घाटगाउ“ लगायतका गाविसमा पूरै चुरे क्षेत्र छ भने मेलकुना, बावियाचौर सालकोट, पोखरिकाडा“, विद्यापूर, जर्वुटा, साटाखानि, लेखगाउ“, वीरेन्द्रनगर नगरपालिका लगायतका आंशिक रुपमा चुरे क्षेत्र पर्ने जनाइएको छ । वन कार्यालय प्रमुख बरालले चुरे क्षेत्रमा देखिएका अतिक्रमण, चरिचरण र डढेलो लगायतका समस्याहरु भएकाले त्यसको संरक्षणका लागि यसै बर्ष मात्र कार्यक्रम आएको बताए । मङगलबार जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय र जिल्ला भू–संरक्षणको संयुक्त आयोजनामा भएको ‘राष्टपति चुरे संरक्षण कार्यक्रम’ सरोकारवालाबीच अभिमूखिकरण तथा अन्तरक्रिया गोष्ठिमा उक्त जानकारी दिईएको थियो ।

No comments:
Post a Comment