बर्षमा पचास टन वीउ उत्पादन
सुर्खेत, २७ माघ
जिल्लामा एक बर्षको करिब ५० टन (पा“च सय क्वीन्टल) वीउ उत्पादन हुने गरेको छ । वीउ उत्पादनबाट यस क्षेत्रका कृषकहरुले एक करोडबढी आम्दानी गर्न सफल भएका छन् । वीउ उत्पादनमा कृषकहरु स्थानीय महिला समूह, कृषक समूह, स्थानीय सहकारीका साथै व्यक्तिगत रुपमा पहलहरु भएका छन् ।
स्थानीय जातका विउ उत्पादनमा यो क्षेत्र आत्मनिर्भर बन्दै गएको छ । उत्पादीत वीउ स्थानीय स्तरमै खपत हुने गरेको छ । सुर्खेतका लाटीकोइली, उत्तरगंगा, छिन्चु, दशरथपुर, मैनतडा, मेहलकुना, कल्याण, साहारे, मालारानी, धारापानी, बजेडिचौर, सालकोट, बावियाचौर, जर्वुटा लगायतका गाविसहरु वीउ उत्पादनका लागि उर्वर मानिन्छन् ।
वातावरण तथा कृषि नीति अनुसन्धान प्रसारण एवं विकास केन्द्र
(सीपे्रड) ले जिल्लाका १४ भन्दाबढी गाविसमा तरकारी वीउ, बेमौसमी तरकारी खेतीका विषयमा काम गरिरहेको छ । सीप्रेडले वीउ उत्पादन आयोजना कार्यक्रम सञ्चालन गरि जिल्लाका बिभिन्न गाउ“ विकास समितिमा तरकारी वीउ उत्पादन भैरहेको छ । हालसम्म काउली, मूला, केराउ, रायो, खुमल रायो, भिन्डि, तितेकरेला, क“ाक्रो, सीमि, सिप्चना, चम्सुर, मार्फारायो, प्याज आदि तरकारिको वीउ उत्पादन गरिएको र टमाटरको वीउको पनि उत्पादन गर्न सुरु गरिएको संस्थाले जनाएको छ । सीप्रेटका कार्यक्रम संयोजक योगीले उपयु्क्त हावापानी, स्थानीयबासीन्दाको सक्रियताकै कारण तरकारीको वीउ, वेमौसमी तरकारी उत्पादनमा जिल्ला आत्मनिर्भर भन्दै गएको बताए ।
टमाटरको वीउ समेत स्थानीय स्तरमै उत्पादन हुन थालेको छ । विदेशबाट ल्याइने हाईब्रिड टमाटरको मूल्य १ केजिको १ लाख २० हजार पर्छ । स्थानीय रुपमै तरकारी वीउ पाईन थालेपछि कृषकहरु हर्षित भएका छन् । संयोजक योगीका अनुसार एक बर्षमा सुर्खेतमा मात्रै करिब ५० टन वीउ उत्पादन भएको छ । वीउ उत्पादनबाटमात्रै यस क्षेत्रका स्थानीयबासीन्दाले १ करोड १५ लाख फाईदा गरेको संयोजक योगीले बताए ।
यहा“बाट उत्पादित वीउको बजार व्यवस्थापन (सि.जी) चौधरि ग्रुप, सि.एन लगायतका कम्पनीले वितरण गरेका छन् । साथै स्थानीय एग्रोभेटहरुले बिक्रि गरिरहेका छन् । नेपालका विभिन्न ठाउ“मा र मूलाको वीउ भने बंगलादेशमा पनि पठाईने गरिएको छ । सीप्रेडले विपन्न वर्गका व्यक्तिहरुको आय स्तर सुधार्न र स्थानीय वीउकै प्रयोग गरुन भनेर दुर्गम क्षेत्रका विपन्नवर्गका व्यक्तिहरुलाई वीउविजन निशुल्क वितरण गरेको पनि उनले बताए । नेपालमा ५० प्रतिशत भन्दा बढि वीउ विदेशबाट ल्याइन्छ ।
हाईबे्रह वीउ भने सबै विदेशबाट आयात गरिन्छ । विशेष गरी यातायातको साधन पुग्ने क्षेत्रमा वेमौसमी तरकारी तथा वीउ उत्पादन कार्य फस्टाउ“दै गएको छ । यस संस्थाले कृषि समूह गठन गरेर समूहमा आबद्ध कृषकहरुलाई कृषि तालिम, कृषि सामाग्रिको सहयोग, निशुल्क वीउ वितरण, प्राविधिक सहयोग दिनुका साथ
ै जिल्लाका जहरे, मेहलकुनामा
साना सि“चाई कार्यक्रमहरु सञ्चालन गरेको छ । हालसम्म एक सय ४५ कृषि समूहका साथै सहकारीसंग मिलेर समेत सिपे्रडले समूदायमा काम गरिरहेको छ ।
सुर्खेतका छिन्चु, दशरथपुर, मैनतडा, मेहलकुना, कल्याण, साहारे, मालारानी, धारापानी, बजेडिचौर, साल्कोट, बावियाचौर ,विद्यापुर, गुटु गरि १४ गाविसमा यो कार्यक्रम सञ्चालन भईरहेको छ । सीप्रेडले वीउ उत्पादन कार्यक्रमका साथै घरबगैचा कार्यक्रम र ताजा तरकारी कार्यक्रमहरु सञ्चालन गरेको छ । घरबगैचा कार्यक्रममा घर नजिक करेसाबारी मात्र नभई प्लटीङ गरि विभिन्न किसिमका तरकारी फलफुल लगाइने गरिएको छ । घरबगैचा कार्यक्रम दशरतपुर र कल्याणमा सञ्चालन भइका छन् । जसले गर्दा सधै ताजा तरकारीको कमि नहुने हुन्छ ।
यो कार्यक्रमले कृषकहरुको आम्दानि बढाउन सहयोग गर्नुको साथै कतिपय मानिसहरुले जग्गा जमिन समेत जोडेको, धेरै विदेश जाने मानिसहरु गाउ“मै बस्ने गरेका र वीउ उत्पादनबाट तरकारी खेति भन्दापनि फाईदा हुने योगिले बताए । उनले थोरै वीउ उत्पादन गरेपनि नेपालमा विदेशी देशहरुबाट ल्याइने वीउ विजनमा कमि आउने भन्दै आफुहरुको उद्देश्यनै विदेशि आयातलाई घटाउने र नेपालमै उत्पादित वीउको प्रयोग गर्नुपर्ने भएको बताए ।
संस्थाले सुर्खेत, दैलेख, कालिकोट र दैलेखलाई आफ्नो कार्यक्षेत्र बनाएको छ । दैलेखको मालिकामा पनि प्याजको वीउ उत्पादन हुने गरेको छ । साथै दैलेखका ८ वटा गाविसमा कालिकोटका तीन वटा र डोल्पामा एउटा गाविसमा सुरु भएको छ । त्यहा“ मार्फा रायोको वीउ उत्पादन गर्न लागिएको छ । योगिका अनुसार सुर्खेतको पूर्वीक्षेत्र र उत्तर क्षेत्र वीउ उत्पादनका लागि उपयुक्त छन् । तर सुर्खेतको उत्तर क्षेत्रमा यो कार्यक्रम सञ्चालन भएको छैन् । सिप्रेडका यस्ता कार्यक्रममा कृषि मन्त्रालय पनि सकरात्मक भएको छ ।
No comments:
Post a Comment