सुर्खेत, २६ भदौ ।
कालिकोटको पाखा—१ सेरावाडास्थित विर्तामोडमा कर्णाली यातायातको एक यात्रुबाहक बस दुर्घटना हुँदा २९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना सक्त घाइते भएका छन् ।
कालिकोटको सदरमुकाम मान्मबाट जुम्लाका लागि सोमबार बेलुकी ८ बजे छुटेको ना ४ ख ६८७७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको विर्तामोडमा राति ११ बजे ब्याक गरी मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट ५ सय मिटर तल तिला नदीको तिरमा खसेको थियो । बस दुर्घटनाको खबर पुगेपछि मान्मबाट राति दुई बजे उद्दारका लागि प्रहरी निरीक्षक बरुणवहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि मान्मबाट ३७ जनाको चलानी लिएर गएको कर्णाली यातायात समितिका इन्र्चाज हिक्मत खडकाले जानकारी दिए । घाइतेलाई उपचारका लागि मान्म ल्याइएको थियो त्यहाँ सम्भब नभएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत ११ जना घाईतेलाई नेपालगंज लगिएको छ ।
२५ जना पुरुष र ४ जना महिला सहित २९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।