Saturday, June 30, 2012

रू. १० करोडको परोपकारी अक्षय कोष स्थापना अपिल

रवीन्द्र मिश्र
Facebook.com/RabindraMishra.Nepal
के राम्रो कामलाई प्रोत्साहित गर्ने, नेपालका लागि सांच्चिकै केही गरौं भन्ने, नेपाल लगायत विश्वभरी १ लाख रूपैयां दिन सक्ने १,०००, या ५० हजार दिनसक्ने २,०००, या २५ हजार दिनसक्ने ४,००० हजार या १२ हजार ५०० दिनसक्ने ८,००० नेपालीहरु छैनन् होला? अवश्य छ्न्। विदेशमा बस्ने नेपालीहरू मात्र ३० लाख रहेको अनुमान गरिएको छ भने विदेशमा रहेका नेपाली संघसंस्थाहरूको संख्या हजारौं छन्। नेपालमा राम्रा कामका लागि कतिपय ब्यक्तिहरूले लाखौं सहयोग गरेका छन् भने कतिपय संघसंस्थाहरूले अझ धेरै रकम संकलन गरेका छन्। त्यस्ता मनकारी नेपाली ब्यक्ति र संस्थाहरू प्रशस्त छन् भन्ने हाम्रो आफ्नै अनुभवले पनि राम्रैसंग देखाइसकेको छ।
हामीले नेपाली-नेपालीबाटै करोडौं रूपैयां जम्मा गरेर नेपालका गाउंहरूमा सयवटाभन्दा बढी परोपकारी कामहरू गरिसकेका छौं। हामीले यसै हप्ताबाट नेपाली-नेपालीको सहयोगमा कम्तिमा दश करोड रूपैयांको ‘हेल्प नेपाल परोपकारी अक्षय कोष’ स्थापनाको एउटा महत्वाकांक्षी अभियानमा शुरू गरेका छौं। अभियान शुरू गरेको पहिलो दिनमैं जीवा लामिछाने (रूस), डा मबि सिंह (अमेरिका) र शैलेस गंगोल (अमेरिका) बाट एक/एक हजार डलर र कपिल थापा (जपान) बाट रू १ लाख प्राप्त गरिसकेका छौं। त्यसमा म स्वयंले पनि रू १ लाख थपेको छु।

यस्ता काम गर्दा कतिपय मानिसहरूलाई संका-उपसंका लाग्नु र कतिपयले नकारात्मक टिप्पणी गर्नु एकदमै स्वभाविक हो। तर त्यसो गरिहाल्नु अगाडि एकपटक हेल्प नेपाल नेटवर्कको वेभसाइट (हेल्प नेपाल डट नेट) मा हामीले नेपाली-नेपालीको सहयोगबाट गरेका राम्रा कामका बारेमा हेरिदिनुभए अनि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. उपेन्द्र महतो र सिंगो देशले नै सम्मान गर्ने अन्य कतिपय नेपालीहरुले किन दिल खोलेर हामीलाई सहयोग गरे होला भनेर एकपल्ट सोचिदिनुभए हुनेथियो भन्ने मेरो विशेष आग्रह छ। थप जानकारीका लागि हेल्प नेपाल नेटवर्क-नेपालका अध्यक्ष अरूण सिंह बस्नेतलाई फोन नम्बर (००९७७) ९८५१०७०८६० मा या मलाई नेपालको समय विहान १२ बजे अघि फोन नम्बर (००९७७) ९८५१११२७२० मा सम्पर्क गर्न सक्नुहुनेछ।

यो एउटा नौलो र चुनौतिपूर्ण प्रयोग हो। नेपाली-नेपाली मिल्दा यस्ता अशोचनीय काम गर्न सकिन्छ भनेर देखाउन खोजिएको एउटा प्रयास हो, जुन ढिलो या चांडो सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौं। त्यसैले, विश्वभरी रहेका खान पुग्ने र दिन पुग्ने, अनि नेपाललाई मायां गर्ने नेपालीहरूलाई नेपालको स्थितिप्रतिको अलिकति पीडा र त्यसैसंग जोडिएको अलिकति भावुकता र अलिकति अपेक्षाका साथ हामी यो अपिल गर्दैछौं। यो सन्देश सन्सारभरका फेसबुक प्रयोग गर्ने दशौं लाख नेपालीहरूकहां पुगोस् भन्ने हामी चाहान्छौं। आर्थिक सहयोग गर्न असमर्थ साथीहरूले यो सन्देश पढेर ‘लाइक’ मात्र होइन ‘श्यर’ पनि गरिदिनुभयो भने हाम्रो लागि ठूलो सहयोग हुनेछ। किनभने, सकभर बढी नेपालीकहां पुगेमात्र बढी सहयोग प्राप्त हुने संभावना रहन्छ।

हेल्प नेपाल नेटवर्क के हो ?



तपाईंहरू मध्ये धेरैलाई थाहै छ हेल्प नेपाल नेटवर्क: नेपालका लागि महिनाको एक डरल कोष विश्वका विभिन्न देशमा बस्ने नेपालीहरूको सबभन्दा ठूलो परोपकारी सञ्जाल हो। हामी विदेशी दाता होइन, सन्सारभरका नेपाली ब्यक्ति र नेपाली संस्थाबाट कोष संकलन गरेर गाउंगाउंमा समुदायलाई सहयोग पुग्ने शिक्षा, स्वास्थ्य र आपतकालीन राहतको क्षेत्रमा काम गर्दछौं। ‘नेपालका लागि नेपालीले गरौं’ हाम्रो नारा हो। हामी अन्तराष्ट्रिय गैर-सरकारी संस्थाहरूबाट दशौं लाख डलर सहयोग संकलन गर्न सक्ने क्षमता राख्दछौं तर हाम्रो मूल लक्ष नेपाली ब्यक्ति र नेपाली संस्थाको साथ लिएर नेपालीको मनमा परोपकारी भावनाको अभिबृद्धी गर्नु हो। र, त्यस्ता नेपालीहरू नेपाल लगायत विश्वभरी छरिएका छन् भन्ने हामीलाई थाहा छ। कल्याणकारी सहयोगबाट हामी प्रशासनिक काममा एक पैसा पनि खर्च गर्दैनौं।

त्यो हाम्रो सबभन्दा ठूलो विशेषता हो। हाम्रो कार्यालय संचालनका लागि विश्वका विभिन्न देशमा बसेका २५ जना नेपालीले दिएको झण्ड ७५ लाख र काठमाडौंस्थित युवा उद्यमी सिद्धार्थ राणाले एकैपटक दिएको एक करोड रूपैयांको हेल्प नेपाल प्रशासनिक अक्षय कोषस्थापना गरेका छौं। त्यसैको ब्याजबाट हाम्रो प्रशासनिक कामहरू चल्दछ।

हामीले के गरेका छौं ? तपाईंहरू मध्ये कतिपयले आजसम्म हामीलाई गर्नुभएको सहयोग र देखाउनुभएको विश्वासका कारण हामीले नेपालका गाउंहरूमा ४० वटाभन्दा बढी स्कूल, ४० वटाभन्दा बढी पुस्तकालय निर्माण गरिसकेका छौं। धुलिखेलमा ४० जना असाहाय बालबालिकाका लागि जग्गाको पनि हिसाब गर्दा करोडौंको लागतमा निर्माण गरिएको एउटा ठूलो बाल आश्रय अब छिटै संचालनमा आउंदैछ। हामीले मुगुको विकट मुर्मा गाउंमा हेल्थपोष्ट संचालन गरेका छौं भने सिरहामा अर्को हेल्थपोष्ट निर्माण गर्दैछौं। तपाईंहरूकै सहयोगका कारण हामी हालै तराइका शीतलहर तथा अग्नी पीडितलाई उलेख्यरूपमा सहयोग गर्न सझम भयौं। चितवनको कान्दा गाउंका चेपांगहरूलाई सहयोग गर्न १० लाख ५० हजार रूपैयां जम्मा भैसकेको छ।

अक्षय कोष र ‘परोपकारी स्तंभ’को उद्देश्य

यी सबै राम्रा कामलाई कालान्तरसम्म कायम राख्न, अझ ब्यापक बनाउन, नेपाली-नेपालीको बीचमा परोपकार र सदभावको भावना बढाउन र त्यसलाई संस्थागत गर्न हामीले १० करोड रूपैयांको मूल धन भएको हेल्प नेपाल परोपकारी अक्षय कोष स्थापना गर्ने महत्वाकांक्षी लक्ष लिएका छौं। यो सुन्दा अपत्यारीलो लाग्ला तर नेपाली-नेपालीबाटै यस्तो काम संभव छ भन्ने विश्वास हामीले नलिएको भए आज हामीले एक करोड ७५ लाख रूपैयांको हेल्प नेपाल प्रशासनिक अक्षय कोष स्थापना र नेपालका गाउंगाउंमा करोडौंका राम्रा कामहरू गरेका हुने थिएनौं।

हामीलाई आशा छ, भाडाको फ्ल्याटमा बसेको हेल्प नेपाल नेटवर्कको कार्यालयलाई कुनै दिन कुनै मनकारू नेपालीले एउटा घर दान दिनेछन्। अनि त्यो घरअगाडि बगैंचामा हामी एउटा ‘परोपकारी स्तंभ’ निर्माण गरेर सो स्तंभको वरिपरी १० करोड रूपैयांको अक्षय कोष स्थापनाका लागि सघाउने सबै नेपालीको नाम र सहयोग रकम अंकित गर्न चाहान्छौं। सो कोष स्थापना पश्चात बनेका हरेक विद्यालय, पुस्तकालय, स्वास्थ्य चौकी या बाल आश्रय ती सबै मनकारू नेपालीको सहयोगको परिणाम हो भन्ने सन्देश हामी दिन चाहान्छौं। त्यो स्तंभलाई अलि सक्ने नेपालीले अलि नसक्ने नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको प्रतिक बनाउन चाहान्छौं। हामीलाई सहयोग र विश्वास गर्न हामी तपाईंलाई आग्रह गर्दछौं।

विभिन्न जात-जाति, भाषा-भाषीका नेपाली ब्यक्ति तथा संस्थाहरूले सहयोग गरेपछि हामीले भविष्यको कुनै विन्दुमा निर्माण गर्ने त्यो भब्य ‘परोपकारी स्तंभ’ कति सुन्दर र विविधताले भरिपूर्ण हुन्थ्यो होला! अनि त्यसबाट कति धेरै राम्रा काम गर्न मात्र होइन, नेपालीहरूमा कति धेरै परोपकारी भावनाको पनि अभिबृद्धी गर्न सकिन्थ्यो होला?

सहयोगको उपाय
हामी किन यस्तो अभियानमा जुटेका छौं, त्यो ब्याख्या गर्न यो लेखसंगै छापिएको एउटा झुपडीमा चलेको स्कूलको तस्वीर नै काफी छ। म डोटी र दार्चुलाका अत्यन्त नाजुक स्कूलहरूमा पढेर हुर्किएको हुं भने तपाईंमध्ये धेरैले पनि यस्तै खालका स्कूलहरूमा पढ्नुभएको हुनुपर्दछ। त्यो नभए पनि यस्ता स्कूलहरू देखेर तपाईंको मन काटिएको हुनुपर्छ। अक्षय कोष स्थापना भएपछि यस्तो विद्यालय देख्यो कि त्यसलाई सहयोग गरिहाल्न सकौं भन्ने हाम्रो चाहाना हो। त्यसैले यो १० करोड रूपैयांको हाम्रो महत्वाकांक्षी र एतिहासिक अभियानलाई साथ दिनुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ। सहयोग दखिला गर्न निम्न बैंक ठेगाना प्रयोग गर्न अनुरोध गर्दछौं।

A/C Name: Help Nepal Network. A/C No: 3501017500185. Swift Code: NARBNPKA. Bank

Address: Nabil Bank Limited, Chabahil, Kathmandu, Nepal.

व्यक्तिगत या संस्थागतरूपमा तपाईंहरूले गर्नुभएको सहयोग प्राप्त भएपछि हामी मेरो र हेल्प नेपाल नेटवर्कको फेसबुक पेजमार्फत र केहीपछि हाम्रो वेबसाइटमार्फत जानकारी दिंदै जानेछौं। हामीले नगरे, कसले गर्ने? अहिले नगरे, कहिले गर्ने? सबैलाई खान पुगोस्, दिन पुगोस्!
कानून कार्यान्वयन गर्दा कानूनकै उपहास
दुई सयबढी सुरक्षाकर्मी परिचालन
दीपक बुढा
सुर्खेत, १५ असार ।

कानून कार्यान्वयनमा खटिएको प्रहरी–प्रशासनले कानूनकै उपहास गरेको छ । जग्गाको मुद्धा फैसला कार्यान्वयन गर्न पुगेको प्रहरी–प्रशासनले अर्को एउटा कानूनको उलंघन ग¥यो । शुक्रबार विहानैदेखि लाटीकोइली–८ का रामबहादुर वादी र पुष्पराज पाण्डेको घरवस्ती हटाउन पुगेको प्रहरी–प्रशासनले वन ऐन २०४९ को खिल्लि उडाएको छ ।
घरखाली गराउन पुगेको प्रहरी–प्रशासन सहितको टोलीले दुई दशक भन्दा पुरानो एउटा सिसौंको विरुवा समेत विना अनुमति जरैदेखि नष्ट गरेको छ ।
वन ऐन २०४९ का अनुसार बसोबास वा पुनर्बास गरिएका जग्गाहरुमा त्यस्तो जग्गा प्रदान गर्दाको बखतदेखि नै रहेका रुखहरु नेपाल सरकारको स्वामित्वमा रहनेछन् । उक्त रुखहरु नेपाल सरकारले यथासम्भव चाँडो हटाउनु पर्नेछ ।
बसोबास वा पनर्बासमा रहेका रुखहरु विना इजाजत हटाउने व्यक्तिलाई राष्ट्रिय वनमा कसूर गरे सरह सजाय हुने कानूनि व्यवस्था छ तर कानूनको खिल्लि उडाउँदै प्रहरी–प्रशासनलेनै दुई दशक भन्दापुरानो सिसौंको रुखको जरैबाट नष्ट गरिदिएको छ । कानून कार्यान्वयन गर्ने निकायनै आफै कानूनको उपहास गर्दै हिँडेपछि स्थानीयबासीन्दाहरु त्रसित भएका छन् ।
दुई सयबढीको संख्यामा घर भत्काउने स्थानमा पुगेको प्रहरी प्रशासन सहितको टोलीले दुई दशक पुरानो हरियो सिसौंको रुख नष्ट गर्दा सबै मुखदर्शक भएका थिए । यस सम्बन्धमा बुझदा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक गोविन्दराम परियारले भने ‘हाम्रो जिम्मेवारी घर भत्काउने होइन हामी त सुरक्षाका लागि खटिएका हौं । कुनै अवरोध आए हटाउने हाम्रो जिम्मेवारी हो ।’ सिसौंको रुख जरैबाट नष्ट गरेको विषयमा भने उनले आफ्नो तर्फबाट त्यसो नभएको दावि गरे ।
सिसौंको रुख नष्ट गरिएको विषयमा जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरसीयाले वन कार्यालयको स्वीकृति विना आफ्नो बारीमा लगाएको हरियो रुख काटन पनि अनुमति लिनुपर्ने बताए । उनले भने ‘राष्ट्रिय वनको संरक्षणमा हाम्रो मुख्य भूमिका रहन्छ । नीजि जमिनमा रहेको पुरानो विरुवा नष्ट गर्नु कानून विपरित हो ।’ उनले भने ‘सानो तिनो कुरामा हामी पछि लाग्दैनौं यदी कसैले लिखित जाहेरी दिएमा कार्वाहि प्रक्रिया बढाउँछौं ।’ घर हटाउन गएको टोलीले रुखनै जरैबाट नष्ट गरेपछि अब कसलाई के कार्वाहि हुन्छ त्यो त हेर्न बाँकी रहेको छ ।
‘गरिवलाई कसैले न्याय दिँदैन, जो संग पुँजी छ । जसको पहुँच छ उसैको पक्षमा कानून, प्रहरी, प्रशासन, राजनीतिक दल हुने गरेका छन्’ एक स्थानीयले भने ‘जग्गाको विवादमा फैसला त भयो तर न्याय संगत भएन् । सुकुम्बासीको होइन हुकुम्बासीकै जित भयो ।’
मंगलगढीबाट लाटिकोइली जाने बाटोमा रहेका दुई वटा घर शुक्रबार ठुलो संख्यामा उपस्थित प्रहरी–प्रशासन सहितको टोलीले भत्काएको छ । २०४२ सालदेखि वस्दै आएका रामबहादुर वादी र पुष्पराज पाण्डेको घर भत्काईएको हो । उनीहरु दुवैले जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको फैसलाबाट हारेपछि दुवै जनाको घर भत्काईएको हो ।
२०६४ सालमा सर्वोच्चले घर, जमिन खाली गर्ने फैसला गरेको थियो ।
प्रहरी प्रशासन समेत वास्तविक सुकुम्बासी भन्दापनि हुकुम्बासीको पक्षमा लागेर बर्षातको समयमा वास्तविक सुकुम्बासीलाई विचल्लीमा पारेको स्थानीय अगुवा गणेश वलीले बताए । उनले भने ‘हुकुम्बासीकै हालीमुहालीमा प्रहरी प्रशासनको पनि संलग्नता छ । अन्त दर्जनौं त्यस्ता फैसला कार्यान्वयन भएका छैनन तर कम्जोर ठाउँमा प्रहरीले हस्तक्षेप ग¥यो ।’
पटक पटक प्रयास गर्दा पनि उक्त जमिन खाली गराउन नसकिएको प्रहरी उपरिक्षक परियारले बताए । छैटौं पटकको प्रयासबाट मात्रै सफलता मिलेको उनले बताए । प्रहरी प्रशासनले लेनदेनको आधारमा काम गरेको भनाई प्रति आपत्ति जनाउँदै सम्मानित अदालतको फैसला कार्यान्वयन गरेको बताए । उनले भने ‘इमान्दारीतापूर्वक हामीले आफ्नो जिम्मेवारी निर्वाह गरेका छौं ।’
२०५५ मा सुकुम्बासी समस्या समाधान समितिले नापी गरेको स्थानमा बनाइएका घर, जग्गा एउटाको र घर अर्काे परेपछि जग्गावाला र घरबनाएर बसेकाहरुबीचमा मुद्दा चल्दै आएको थियो । मुद्दा जिल्ला अदालत हुँदै सर्वाेच्चमा पुगेर फैसला भएपछि स्थानीय रामबहादुर वादी र पुष्पराज पाण्डेको घर भत्काइएको हो ।
कालिप्रसाद पाण्डे सुकुम्बासी समास्या समाधान आयोगको जिल्ला अध्यक्ष हुँदाको समयमा फिल्डमा एउटा रेकर्ड लिने र कोठामा पुगेपछि अर्को फिल्डबुक निर्माण गर्ने गरेका थिए ।
पाण्डे र रुक्मदेवि विश्वकर्माबीच मुद्दा चलेको थियो भने अर्काे मुद्दा रामबहादुर वादी र ललिता गाइनबीच चलेको थियो । मुद्दामा सर्वाेच्चले नै रामबहादुर वादी र पुस्पराज पाण्डेको विपक्षमा फैसला सुनाएपछि कार्यान्वयनका लागि घर भत्काइएको बताइएको छ ।
शसस्त्रको वाड्डेसिमलबाट शसस्त्र प्रहरी निरिक्षक शिवकुमार खड्काको नेतृत्वमा आएका ६० जना शसस्त्र, शसस्त्र सुरक्षा बेस क्याम्पसबाट धनसिंह धामीको नेतृत्वमा आएका ३१ जना र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वीरेन्द्र यादवको नेतृत्वमा एक सय २५ जना टोलीको सुरक्षामा डोजर लगाएर घर भत्काइएको हो ।
मालपोत कार्यालय, प्रशासन कार्यालय लगायतको टोली घर भत्काउन आएको थियो । डोजरले रामबहादुर वादीको घर क्षेत्रका वोटविरुवा लगायत सबै सम्याएको छ भने पाण्डेको आधा भत्काएको छ । ५÷६ घर वादी र अन्य पनि गन्धर्व र विक लगायत गरी करिब १५ घर परिवार भएको उक्त बस्ति यस्तै समस्या छ ।

Thursday, June 28, 2012

बहुपहिचानको सात प्रदेश उपयुक्त ः खतिवडा
सुर्खेत, १४ असार । 
नेकपा एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बहुपहिचान सहितको सात प्रदेश अहिलेको लागि उपुक्त भएको बताए । उनले भने ‘जातिय सामथ्र्यका आधारमा भन्दापनि बहुपहिचान झल्किने गरी प्रदेश विभाजन गरिनुपर्छ । भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जातिय आधारमा साझा नामको खोजि गरिनुपर्छ ।’
जननेता मदन भण्डारीको ६० औं जन्मजयन्तीका अवसरमा विहिबार वीरेन्द्रनगरमा आयोजित जननेता भण्डारी र जनताको बहुदलिय जनवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा राखेका हुन् ।
प्रमुख तीन शक्ति एनेकपा माओवादी, मधेशवादी दल र एमाले–काँग्रेसका कारण संविधान सभा विघठन भएको बताए । ‘संविधान सभा विघठन गर्नुमा एकीकृत नेकपा माओवादी बढी दोषि छ’ उनले भने ‘राष्ट्रिय सहमतिबाटै अवको निकास निकाल्नुपर्छ ।’
पार्टी नेतृत्व सत्तालिप्सामा भासिएको आरोप लगाएका छन् । जनताको सेवा, जनपक्षिय कार्यक्रम लागु, पार्टीको नीतिको कार्यान्वयन भन्दा पनि सत्तामा पुगेपछि आफुनो अनुकुलमा काम गर्ने गरेको बताए । ‘एमालेको ९ महिने सरकारले बाहेक अरु जतिसुकै सरकार बनेपनि, जुनसुकै सरकारमा पार्टी सहभागि भएपनि एमालेको नीति कार्यान्वयन भएन्’ केन्द्रीय सदस्य खतिवडाले भने ‘पार्टी भित्रको विवाद सत्ता, पद र अवसरकै लागि हो ।’
जननेता स्वर्गिय मदन भण्डारीका उदाहरणिय गुणहरु मात्रै नेतृत्वले अनुसरण गरे पार्टीको विवाद, पार्टीमाथी लाग्ने गरेको आरोपको अन्त्य हुने उनले बताए । उनले भने ‘पद र सत्ताकै लागि मरिहत्य छ ।’ पार्टीले आफ्नो नीति तथा कार्यक्रम, विधि विधान मात्रै लागु गर्न सके पार्टी जुझारु रुपमा अगाडी बढ्ने उनको भनाई थियो ।
‘विधि, विद्यान अनुसार नेताहरु नचल्दा समस्या बल्झिएको छ । पार्टीको विधि विधान भन्दापनि व्यक्तिबादी हावि भएको छ । नेताहरु आफुखुसी सम्झौता गर्दै हिडने गरेका छन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद मार्फत सत्ता कव्जा हुने उनले बताए ।
मदन भण्डारी फाउण्डेसन इकाइ समिति सुर्खेतको आयोजनामा सम्पन्न जन्मजयन्ती विषयक अन्तरक्रियामा एमाले राष्ट्रिय प्रतिनीधि परिषद सदस्य बालाराम शर्मा, बालकृष्ण वि.सी., शिक्षक युनियन सुर्खेतका अध्यक्ष धनसिंह खड्का लगायतका नेताहरुले बालेका थिए । कार्यक्रम एमाले सुर्खेतका अध्यक्ष नवराज रावतको सभापतित्वमा सम्पन्न भएको थियो ।
सन्तानब्बे प्रतिशत खेत बाँझै
सुर्खेत, १४ असार ।
समयमा बर्षात नहुँदा रोपाई प्रभावित भएको छ । धान उत्पादन हुने क्षेत्रको करिब तीन प्रतिशत जमिनमा मात्रै धान रोपिएको छ भने सन्तानब्बे प्रतिशत खेत अँझैपनि बाँझैरहेको छ । विगतका बर्षमा यस समयसम्म २५ प्रतिशतबढी खेतमा धान रोपाई भैसकेको हुन्थ्यो ।
जिल्लामा विगतमा १३ हजार आठ सय हेक्टरमा धान रोपिएको भएपनि यो वर्षमा भने कम क्षेत्रफलमा धान रोपिने भएकोले धान उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत विजयकुमार गिरीले बताएका छन् ।

हाल सम्ममा पनि जिल्लामा तीन प्रतिशत मात्रै धान रोपिएको र जिल्लामा आवश्यकता अनुसार रासायनिक मल समेत उपलब्ध हुन नसकेकोले यो समस्या आउने बताए । धान ढिलो रोपिने भएकोले यस्तै अवस्था भएमा विगतको भन्दा करिब ५०–६० प्रतिशतले धान उत्पादनमा कमी आउने उनको भनाई छ । मकै बालीमा समेत ६०–७० प्रतिश उत्पादन कम हुने उनले बताए । गत वर्ष जिल्लामा ३७ हजार एक ४० मेट्रिक टन धान उत्पादन भएको थियो ।
हालसम्ममा जिल्लाका चिङ्गाड खोलाको पानीले भेटाउने केही स्थानहरुमा मात्रै धान रोपाई भएको छ । सबै भन्दा बढि धान लगाइने उपत्यकाको कुनै पनि स्थानमा धान रोपाई हुन सकेको छैन् । रोपाई गर्ने समयमा पानी नपरेर समस्यामा परेका किसानहरुलाई मलको समेत अभाव हुने संकेत देखिएको छ । जिल्लामा करिब एक हजार पा“च सय मेट्रिक टन मलको आवश्यकता भएपनि हाल यो आवश्यकता पूर्ति गर्न समस्या हुने देखिएको छ । जिल्लामा हाल डिएपि मलको अभाव देखिन लागेको कृषि सामाग्रि कम्पनी लिमिटेड उप–शाखा सुर्खेतका कार्यालय प्रमुख नौलसिंह वोगटीले बताएका छन् ।
उनले तत्कालका लागि चार सय मेट्रिक टन डिएपि आपूर्ती गर्ने लक्ष्य भएपनि दुई सय पा“च टन आएको र वितरण भई सकेको बताए । अन्य आवश्यक मल भने यसै महिनाको अन्त्यमा आउने भने पनि हालसम्ममा खरिद नभएका कारण समयमै आउने संका भएको वोगटिको भनाई छ ।
त्यस्तै यूरिया आठ सय मेट्रिक टन आपूर्ति गर्ने लक्ष्य भएपनि ६ सय २६ मेट्रिक टन आएको र यूरियाको भने अभाव नभएको कार्यालय प्रमुख वोगटिले बताए । एक सय ७३ मेट्रिक टन पोटास वितरण गर्ने लक्ष्य राखिए पनि यो पनि ३० टन मात्रै आएको उनले बताए । हाल सम्ममा एक करोड ३७ लाख ६० हजार डिएपि, एक करोड ६३ लाख बीस हजार यूरिया र सात लाख ७२ हजारको पोटास खरिद गरिएको हो । मल भ्यालीका केही स्थानहरु र जिल्लाका पूर्वका केही गाविसमा विक्रि भएको हो । जिल्लाका विभिन्न ४७ वटा सहकारी मार्फत मलको वितरण गरिएको छ ।
यता जिल्ला कृषि विकास कर्यालयका वरिष्ट कृषि अधिकृत गिरीले भने रासायनीक मलको अभाव खट्किएकोले सरकारले पनि अनुदान थेग्न नसक्ने भएकोले कृषकहरुले विकल्पको रुपमा प्राङ्गारीक मलको प्रयोग गर्न सक्ने बताएका छन् ।
उनले गोठे मल, असुरु, ढैचा, हरियो मल लगायतका मलहरुको प्रयोग गरेर पनि धान उत्पादन बढाउन सकिने बताए । उनले प्राङ्गारीक मलले तत्कालका लागि नभएपनि निरन्तर प्रयोग गरेमा उत्पादन समेत बढ्ने बताए । रासायनीक मलले केही समयका लागि मात्रै काम गर्ने र प्राङगारीक मल लामो समय सम्ममा स्थाइत्व हुने बताए ।

विरोध स्वरुप सडकमै रोपाई
मल र विउको समस्यामा परेका कृषकहरुले बिहिबार विरोध जनाएका छन् । समयमा रोपाई गर्न नपाएका कृषकहरुले समयमानै तत्कालि मल र विउको प्रवन्ध मिलाउन भन्दै सडकमै रोपाई गरेको छन् । ‘हामीलाई मल र विउ चाहियो भनेर सांकेतिक विरोध जनाएका हौं सरकारले हाम्रो माग सुनुवाई नगरे हामी जिल्लाका सम्पूर्ण कृषकहरु कृषि औजार सहित सडकमा उत्रिन्छौं’–जिल्ला कृषि सहकारी संघका अध्यक्ष अमृत वि.सी.ले बताए ।
प्रत्येक बर्ष जस्तै यस बर्ष पनि रोपाईको सिजनमा किसानहरुले मल र विउ नपाएको बताए । उनले भने ‘एक त किसानहरु पानी नपर्दा समस्यामा छन् अर्को तर्फ सरकारले पनि अनुदानको नाममा कृषकलाई ठगिरहेको छ ।’

वीरेन्द्रनगरको नेता चोकमा सडकमै धान रोपाई गरेका थिए । आयोजित कोण सभामा बोल्दै अखिल नेपाल किसान महासंघ सुर्खेतका अध्यक्ष विनोद गिरीले यस पटकको धान दिवसपनि रोपाई विहिन हुने बताए । ‘सडकमै भएपनि धान दिवस मनाउँछौं ।’
रासायीनिक मल, उन्नत वीऊ विजन, तथा किटनासक औषधी तत्काल अनुदान दिनुपर्ने भन्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाइएको छ । जिल्ला कृषि संघ, अखिल नेपाल किसान संघ, खाध्य अधिकार सञ्जाल, अखिल नेपाल किसान महासंघ, जल उपभोक्ता महासंघले संयुक्त रुपमा जिल्ला प्रशासन मार्फत विहीबार प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका हुन ।
उनीहरुले नेपाल सरकारले अनुदान दिँदै आएको रासायनीक मलको तुरुन्त व्यवस्था गर्नुपर्ने, सुर्खेतमा शित भण्डारका आवश्यक पर्ने बजेट यो आर्थिक बर्षको बजेटमा समावेश गर्नुपर्ने लगायतका १३ बुँदे माग राख्दै ज्ञापनपत्र पेश गरेका छन् ।
साथै बजारमा विक्रि गरिरहेका मलहरुको गुणस्तरीयता जा“च गरिनुपर्ने, कृषि औजार र साधान आयातमा पूर्ण रुपमा भन्सार छुट गरिनुपर्ने, कृषि उत्पादकत्व बृद्धिका लागि कृषिलाई व्यावसायीकरण, वैज्ञानिकरण र सहकारिकरण गर्नुपर्ने, उत्पादन किसानका प्रतिनिधि सामेल गरी किसान बोर्ड निर्माण गरिनुपर्ने लगायतका मागहरु समेत उल्लेख गरिएको छ ।
किसानहरुको तर्फबाट पेश गरिएको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले प्रधानमन्त्री कार्यालयमा तत्काल पठाउने र जिल्लाको समस्याका बारेमा आफु जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाए ।

Wednesday, June 27, 2012

२५ वटा खाद्य पसल अनुगमन,
ठुलो मात्रामा अखाद्य बस्तु बरामद
हिमा उपाध्याय
सुर्खेत, १३ असार ।

सुर्खेतका विभिन्न पसलहरुबाट भारिमात्रामा अखाद्यय बस्तु बरामद गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको नेतृत्वमा जिल्ला अनुगमन समिति सुर्खेतले मंगलबार जिल्लाका विभिन्न पसलहरुमा गरिएको अनुगमन बाट अखाद्य बस्तुहरु बरामद गरिएको हो ।
समितिले हटियालाईनका विभिन्न २५ वटा खाद्य तथा किराना पसलहरुमा अनुगमन गरेकोमा अधिकांशमा म्याद सकिएका अखाद्य बस्तुको विक्रि भएको पाइएको हो । सबै भन्दा बढी निराज जनरल स्टोरमा अखाद्य बस्तु भेटिएको छ । यस पसलमा चार बोरा तीन कार्टुन विस्कुट, १७ पोका डाल्टा, त्यस्तै केही मात्रामा दालमोड पनि बरामद गरिएको छ ।
दैलेखी स्टोरबाट पनि विस्कुट, चाउचाउ, चक्लेट लगायत अन्य खाद्य सामाग्री बरामद गरिएको बताइएको छ । पुजा खाद्य स्टोर, केशव जनरल स्टोर लगायतका पसलहरुबाट पनि अखाद्य बस्तुको बरामद गरिएको छ ।
यी पसलहरुबाट पहाडी जिल्लाहरु दैलेख, कालिकोट, जाजरकोट लगायतका ठाउ“हरुमा समेत यस्ता बस्तुहरु पठाउने गरेको भेटिएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा वयकले जानकारी दिएका छन् ।
बरामद गरिएका बस्तुको जलाएर नस्ट गरिने समेत उनले बताएका छन् । सोधपुच्छका लागि निराज जनरल स्टोरका निरजबहादुर वलीलाई जिल्ला प्रशासनमा लगिएको बताइएको छ । समितिले हटियाका सुर्खेत खाद्य केन्द्र, आचार्य किराना पसल, तिरुवा जनरल स्टोर, भण्डारी जनरल स्टोर, विमला आद्य तथा किराना पसल, पार्वती किराना स्टोर, लामिछाने खाद्य स्टोर, वन्दिपुर खाद्य स्टोर, उषा खाद्यान्न जनरल स्टोर, गंगामाला खाद्य स्टोर लगायतका पसलहरुमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालय प्रमुख वेदनाथ गौतम, वीरेन्द्रनगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रतिनीधि कैलाशकुमार बुढा, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा वयक, नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष दुर्गा थापा लगायतको सहभागितत रहेको थियो ।

खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार
उपभोक्तालाई हानी नोक्सानी पु¥याएमा निम्न अनुसार कारवाही र दण्ड जरिवाना गर्ने व्यवस्था समेत गरेको छ ।
(क) न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्रि बितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलो पटक भए रु. १०००।००, दोश्रो पटक भए रु.२०००।०० सम्म जरिवाना र दोश्रो पटक देखि प्रत्येक पटक रु.२०००।०० देखि रु.५०००।०० सम्म जरिवाना वा ६ महिना देखि एक बर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरेकोछ ।
(ख) दुषित पदार्थ उत्पादन, बिक्रि बितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई रु. ५०००।०० देखि रु. १०,०००।०० सम्म जरिवाना वा १ बर्ष देखि २ बर्षसम्म कैद वा दुवै सजाय ।
(ग) कुनै दुषित पदार्थ खानाले कसैको मृत्यु हुने संभावना भए वा हुने सम्भावना भएमा रु. १०,०००।०० देखि रु. २५,०००।०० सम्म जरिवाना, ३ बर्ष सम्म कैद भई रु.२५,०००।०० देखि रु. १,००,०००।०० सम्म क्षतिपूर्ति दिनु पर्नेछ ।
(घ) उक्त कसूर बाहेक यो ऐन र ऐन अनुसार बनेका नियम र आदेशको उल्लंघन गरेमा रु. १,०००।०० सम्म जरिवाना ।

Tuesday, June 26, 2012

पशुपालनबाट महिलाहरु आत्मनिर्भर
दीपेन्द्र वली
सुर्खेत,  असार ।

समूहमार्फत पशुपालन गरेर सुर्खेतका पिछडिएका महिलाहरु आम्दानीतर्फ उन्मुख भएका छन् । सुर्खेतका अवलचिङ्ग, गर्पन, साटाखानी, रतु, गढि, लेखगाउँ र जर्वुटा गरि सात वटा गाविसका महिलाहरु पशुपालन गर्नतर्फ लागेका हुन् ।
युरोपियन युनियनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेत र साप नेपाल बाँकेले समूहमार्फत बाख्रा र भैँसी वितरण गरेका थिए । गरिव, विपन्न तथा द्वन्द्वपिडित महिलालाई छनोट गरि सञ्चालन गरिएको महिला समूहको सशक्तिकरण मार्फत सामुदायिक शान्ति प्रवद्र्धन कार्यक्रम अन्तरगत जिल्लाभर ७० वटा समूह बनाइएको कार्यक्रम संयोजक खिम रेम्मीले जानकारी दिए ।
बाख्रा र भैँसी वितरण भएपछि सात गाविसका एक हजार सात सय ४१ जना महिला आम्दानीउन्मुख भएको उनले जानकारी दिए । आयआर्जनको पाटोलाई मात्र नहेरी द्वन्द्वपिडित तथा उत्पिडित महिलालाई सीपमुलक र क्षमता विकासका तालिमहरु पनि दिएको रेग्मीको भनाई छ ।
अघिल्लो वर्ष बैशाखदेखि सामूदायिक शान्ति प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको हो । अन्य गाविसमा बाख्रा मात्र वितरण गरिएको भएपनि जर्वुटा गाविसमा भने सात वटा भैँसी पनि वितरण गरिएको थियो । सदरमुकाम वीरेन्द्रनगर बजार नजिकै भएको तथा भैँसीका लागी प्रयाप्त र उचित वातावरण भएकाले भुमिसरा चँदरा, विमला नेपाली लगायत आवद्ध भएको समूहलाई भैँसी वितरण गरिएको हो ।
नमुना महिला शान्ति समूह जुर्वटाका महिलाले घरमा पालेको भैँसीले दिएको दुध विक्री गरेर आम्दानी गरिरहेका छन् । यता, आफ्नो समूहका एक जना सदस्यलाई ६६ सय रुपैयाँमा किनेर दुई वटा बाख्रा वितरण गरिएको र एक वर्षको अवधिमा करिव दुई गुणा फाइदा भइसकेको महिला जागरण शान्ति समूह अवलचिङ्ग–७ का अध्यक्ष विर्मा वि.क. ले बताए ।

Monday, June 25, 2012

वर्षमा छ वटा लघु जलविद्युत 
हिमा उपाध्याय
सुर्खेत, १२ असार ।

सुन्दर नेपाल संस्थाले आर्थिक वर्ष ०६८÷०६९ मा छ वटा लघु लजविद्युतमा आफ्नो कार्य अगाडि बढाएको छ । सुर्खेतका तीन वटा आयोजना संचालनमा आएका छन् भने तीन वटा आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् ।
जिल्लामा खमारी खोला लघु जलविद्युत, विजु विद्यापूर लघु लजविद्युत आयोजना, पनालखोला लघु जलविद्युत आयोजना सञ्चालन गरिएको हो । त्यस्तै अन्य नाहा गाउँ लघु जलविद्युत आयोजना, च्यारकुले लघु जलविद्युत आयोजना र सोतखोला लघु जलविद्युत आयोजनाको पनि निर्माण कार्य भैरहेको छ ।
जसमध्येमा वावियाचौको खमारीखोलाको आयोजनाबाट सबै भन्दा बढि घरधूरी लाभान्वित भएका छन् । क्षमता पनि सबै भन्दा बढी ५३ किलोवाट रहेको बताइएको छ । यसका लागि वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र उर्जा क्षेत्र सहयोग कार्यक्रमबाट ६६ लाख २५ हजार अनुदान प्राप्त भएको छ । यो योजनाका लागि लागत भने एक करोड ५८ लाख ६९ हजार पाँच सय पाँच अनुमान गरिएको थियो ।

त्यस्तै कुनाथरी–४ को सोतखोला आयोजनामा ३५ लाख ६२ हजार पाँच सय अनुदान उपलब्ध गराइएको छ । यस आयोजनाको लागि ६७ लाख ७८ हजार आठ सय ४८ को लागत अनुमान गरिएको छ ।
त्यस्तै ११ किलो वाट क्षमता भएको करिब ६२ लाख ९४ हजार आठ सय ६० लागतको अनुमान भएको विजु विद्यापूरको आयोजनालाई २५ लाख अनुदान दिइएको छ । साथै पनालखोला आयोजनाका लागि ४२ लाख १३ हजार ७० को अनुमान लागत रहेकोमा १२ लाख ५० हजार अनुदान प्रदान गरिएको छ । यो आयोजना १० किलोवाटको हो ।
त्यस्तै काफलकोट मा रहेको आयोजनाका लागि ६ लाख ८७ हजार पाँच सय र नेटाको च्यारकुलेका लागि पनि ६ लाख ८७ हजार पाँच सय अनुदान रकम उपलब्ध गराइएको हो । सुन्दर नेपाल संस्थाले निकट भविष्यमै विद्युत नपुग्ने ठाउँहरुको छनौट गरी कार्य सुचारु गरेको हो ।
संस्थाले सुर्खेत, दैलेख, सल्यान, जुम्ला, जाजरकोट, कालिकोट, हुुम्ला र मुगु गरी मध्यपश्चिमका आठ जिल्लामा वैकल्पिक उर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सञ्चालित कार्यक्रमहरुमा सल्यानमा १७ मध्ये एक सम्पन्न भएको छ । जुम्लामा सुरु भएका ४२ मध्ये नौ वटा सम्पन्न भएको र हुम्लामा २२ मध्ये तीन वटा सम्पन्न भएका छन् ।
त्यस्तै जाजरकोटमा सुरुभएका ५४ मध्येमा चार वटा मात्रै सम्पन्न भएका छन् । कालिकोटमा एउटा सम्पन्न भएको बताईएको छ । सुर्खेत र दैलेखमा भने सम्पन्न भएका छैनन् । संस्थाले यस बाहेक उर्जा कार्यक्रम अन्तर्गत दैलेख, सुर्खेत, जाजरकोट र कालिकोटमा वायोग्याँस कार्यक्रम सञ्चालन गरेको छ । दैलेख, जाजरकोट, कालिकोट, सुर्खेत, जुम्ला, मुगु, हुम्ला लगायतका स्थानमा सोलार कार्यक्रम सञ्चालन गरेको छ । सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु लगायतका ठाउँमा नविकरणिय उर्जामा संस्थागत सवलिकरण कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । सोलार प्रणालीका लागि सुुर्खेतबाट १७ वटा आयोजनाको लागि माग भएको संस्थाले जानकारी गराएको छ ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र उर्जा क्षेत्र सहयोग कार्यक्रम ललितपूरको सहयोगमा सुन्दर नेपाल संस्था र क्षेत्रीय नविकरणिय उर्जा सेवा केन्द्र सुर्खेतले वैकल्पिक उर्जा आजको आवश्यकता भन्ने नाराका साथ सोमबार सम्पन्न गरेको जिल्ला स्तरीय समन्वयात्मक बैठकमा संस्थाले यस्तो जानकारी गराएको हो ।
प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरको प्रमुख आतिथ्यता र स्थानीय विकास अधिकारी हिरालाल रेग्मीका अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिको उपस्थिति रहेको थियो ।

Saturday, June 23, 2012


मालपोत कार्यालयको भवन नापीको कव्जामा
दीपक बुढा
सुर्खेत, असार ।
मालपोत कार्यालयको भवनमा नापी कार्यालय शाखा सुर्खेतले लामो समयदेखि कव्जा जमाएको छ । भवन प्रयोगका सन्दर्भमा दुई कार्यालयका वीचमा लामो समयदेखि विवाद समेत बढीरहेको छ । मालपोत कार्यालय सुर्खेतको स्वामित्वमा रहेको भवनमा नापी कार्यालय शाखा सुर्खेत २०६२ सालदेखि बस्दै आएको छ । भवन खाली गरिदिन पटक पटक गरिएको अनुरोध नापी कार्यालयले अस्वीकार गरेको छ ।
माथीबाट बार्षिक भाडा नबढेसम्म भवन खाली गर्न नसकिने नापी कार्यालयको प्रतिक्रिया रहेको छ । जिल्ला मालपोत कार्यालयको नाममा रहेको भवनमा जिल्ला नापी कार्यालय शाखा सुर्खेत २०६२ सालदेखि बस्दै आएको हो । भवनको भाडा नबुझाई नापीले हडपिरहेको छ । पटक पटक खाली गरिदिन लिखित देखि मौखिक जानकारी गराउँदा समेत अटेर गरेको बुझिएको छ ।
केही समयका लागि भनेर बसेको नापी कार्यालयले पटक पटक अनुरोध गर्दा पनि भवन खाली गरेको छैन् । नापी कार्यालयको भवन खाली गराएर मालपोतको सेवा प्रभावकारी बनाउँने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरलाई अनुरोध गरिएको थियो । प्रजिअ कुँवरले नापी कार्यालयलाई छुट्टै व्यवस्थापन गरी मालपोत कार्यालयको सेवामा प्रभावकारी बनाउन पहल गर्ने प्रतिवद्धता  जनाएका छन् तर कुनै पहल भने भएको छैन् ।
मालपोत कार्यालय सुर्खेतका प्रमुख मदनबहादुर जि.सी.ले भने ‘हाम्रो भवन फिर्ता चाहियो भनेको धेरै भयो तर हामी भवन अभावमा सेवा प्रभावकारी रुपमा दिन सकेका छैनौं अर्को तिर आफ्नो भवन नापी कार्यालयले हडपेको छ’ उनले भने ‘जिल्लादेखि विभाग सम्म जानकारी पठाएका छौं तर कुनै सुनुवाई भएको छैन् ।’
मालपोत कार्यालयले पाँच वटा शाखा एक जना कर्मचारीले एउटै कोठाबाट सेवा उपलब्ध गराईरहेका छन् । जिल्ला भवन अभावमा एउटै कोठामा पाँच वटा शाखा संचालन गर्न बाध्य भएको हो । जिल्लाको सबै भन्दाबढी सेवाग्राहीको चाप हुने मालपोतमा प्रयाप्त कर्मचारी र कोठाको अभावमा सेवामा ढिलासुस्ती हुने गरेको छ ।
प्रशासन, स्टोर, मुद्धा, नामसारी र भूमिसुधार शाखा एउटै कोठामा संचालन भैरहेको छ । ‘बढ्दो जनघनत्वका आधारमा कर्मचारी संख्या बढेको छैन् । प्रभावकारी सेवा दिनलाई भवनको समेत अभाव छ’–मालपोत अधिकृत मदनबहादुर जि.सी.ले भने ‘सानो भवनबाट सेवा प्रभावकारी हुन सकेको छैन् ।’
नौं कोठाको पुरानो मोडेलको भवन भएकाले सेवा सोचे अनुसार प्रभावकारी रुपमा प्रदान गर्न नसकिएको उनले बताए । दैनिक एक सय जना बढीको संख्यामा जग्गा रजिष्ट्रेसन, रोक्का, फुक्का सहितका सेवा उपलब्ध गराउने गरिएको उनले बताए । ‘कार्यालयमा दैनिक पाँच–सात सयको संख्यामा सेवा ग्राही आउने गरेका छन् । एउटै कोठाबाट धेरै सुविधा उपलब्ध गराउँदा भिडभाँड, काममा ढिलाई हुने गरेको छ, अहिलेको सेवाग्राहीको चाप हेर्दा २० वटा कोठा आवश्यक छ’– प्रमुख जि.सी.ले भने ‘आफैनै भवन पनि नापी कार्यालयले हडपेको छ ।’
नापी कार्यालयले कार्यालय संचालनार्थ घरभाडा वापत बार्षिक ७२ हजार रकम विभागबाट बुझदै आएको छ । पाँच कोठे भवन इत्राममा भाडामा लिएको नापी कार्यालयले दुई वटा कोठामा पुराना सामान थन्काएको छ भने अन्य कोठाहरु नापी कार्यालयकै कर्मचारीले प्रयोग गर्दै आएका छन् । कार्यालय संचालनार्थ भाडामा लिईएको उक्त भवनमा कर्मचारीहरुले आवास बनाएका छन् ।
नापी शाखा निमित्त प्रमुख लोकप्रसाद धमलाले भने ‘हाम्रो व्यवस्था नभएसम्म यो भवन छोडन सक्दैनौं । हामीलाई त पुगेको छैन् । माथीबाटै भवन नछोड्न निर्देशन आएको छ ।’ उनले थपे ‘इत्राममा भाडामा लिईएको घरमा नाप, नक्साका सामान र कर्मचारीहरुले प्रयोग गर्छन् ।’ कार्यालय घर भाडा लिनका लागि बार्षिक भाडाबृद्धि भएमा मात्रै भवन खाली हुने उनले बताए ।
२९  जना कर्मचारी दरबन्दी रहेको मालपोत कार्यालयमा हाल १० जना कर्मचारीमात्रै कार्यालयमा रहेका छन् । बाहिरबाट सरुवा भएर आउँने कर्मचारी पनि कार्यालयमा नआउँनु र मालपोतबाट सरुवा हुने कर्मचारी बाहिर जानुले कर्मचारी अभाव भएको हो । अन्य कार्यालयको तुलनामा मालपोतमा सेवाग्राहीको चाप बढी हुने, आर्थिक रुपमा पनि फाईदा नहुने भएकाले कर्मचारी मालपोत आउन नमान्ने समस्या रहेको मालपोत अधिकृत जि.सी.ले बताए ।
यता मालपोत कार्यालयमा बत्ती गएको समयमा पनि काम सुचारु गर्न व्याकअप र जेनेरेटरको व्यवस्था गरिएको छ । जेनेरेटर उपलब्ध गराएपनि इन्धन, मर्मत खर्च नहुँदा जेनेरेटर कार्यालयमा थन्किएको छ । ‘कार्यालयमा जेनेरेटर त आयो तर इन्धन खर्च आएन कसरी संचालन गर्ने’–कार्यालय प्रमुख जि.सी.ले भने ‘जिल्ला विकास समितिलाई अनुरोध गरेका छौं । स्थानीय विकास अधिकारी सकारात्मक हुनुभएको छ ।’ जिल्ला विकास समितिलाई लागत स्टीमेट पेश गरी मालपोतमा सोलार सिस्टम जडान गरी सेवालाई प्रभावकारी बनाईने मालपोत अधिकृत जि.सी.को भनाई रहेको छ ।

Thursday, June 21, 2012

उज्वल अर्गानिक कृषि उद्योग संचालन
हिमा उपाध्याय
सुर्खेत, ७ जेष्ठ ।

उज्वल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले आर्गानिक कृषि उपज प्रशोधन उद्योग सञ्चालनमा ल्याएको छ । नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना (एब्ऋत्) को अनुदान सहयोगमा उद्योग संचालनमा ल्याईएको हो ।
उद्योग मार्फत यस क्षेत्रमा उपलब्ध हुने अदुवा र बेसार संकलन, भण्डार, प्रशोधन र बजार व्यवस्थान गरिने भएको छ । विहिबार एक कार्यक्रमवीच उद्योगको नवनिर्मित आफ्नै भवनमा उद्घाटन गरिएको छ । क्षेत्रीय कृषि निर्देशकले उद्घाटन गरेका हुन् ।

उद्योग उद्घाटनका सहभागिहरुले संस्थाले थालनि गरेको कार्य प्रशंसनिय भएको भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । व्यवसायीक रुपमा कृषि क्षेत्रको प्रवद्र्धनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्याक्ट क्षेत्रीय प्राविधिक सहयोग कार्यालय नेपालका छविलाल पौडेलले कृषिलाई निर्वाहमुखिबाट व्यवसायीकरण गर्नुपर्ने, कृषकलाई प्रतिस्पर्धी बनाउँदै कृषि उत्पादनमा बृद्धि गर्नुपर्ने बताए । पर्याप्त बजार रहेकाले गुणस्तर र आयधुनिकिकरण गर्न सके भविष्य राम्रो रहेको उनले बताए ।
उप–आयोजना व्यवस्थापक नन्दराम शर्माले उद्योगका बारेमा जानकारी गराएका थिए । उद्योगका लागि जम्मा ४० लाख ७१ हजार पाँच सय लगानी गरिएको छ । जसमध्ये व्यावसायीक तथा कृषि आयोजनाले उद्योग सञ्चालनका लागि १७ लाख ६२ हजार दुई सय अनुदान सहयोग गरेको छ भने सहकारीले २३ लाख नौ हजार दुई सय लगानी गरेको छ ।

यही महिनादेखि नै सञ्चालन गर्ने तयारीमा रहेको र आवश्यक मेसिनहरु पनि ल्याइसकेको व्यवस्थापक शर्माले बताए । एक लाख ७० हजार पाँच सय लागतको एफ.एफ.एस मेसिन (धुलो बनाउने), १२ हजारको प्याडल सेलर, एक लाख बीस हजारको ग्रेडर मेसिन र १२ हजारको इलेक्टोनिक तराजुको खरिद संस्थाले गरिसकेको छ ।
उद्योग कालागाउँमा सञ्चालन गरिएको छ । उद्योग सञ्चालन पश्चात प्रशोधन गरिएका वस्तुहरुलाई प्याकिङ्ग गरेर बजारमा ल्याईएको छ । आकर्षक प्याकिङमा बेसार र अदुवाको धुलो बजारमा ल्याएको हो । उद्योगको स्थापनामा सबै भन्दा पहिला यस क्षेत्रमा प्रसस्त मात्रामा पाईने अदुवा र बेसारका प्रशोधन गरिने बताइएको छ । उद्योग सञ्चालन हुने निश्चित भएपछि सहकारीले अदुवाको पनि संकलन गरेको छ । संस्थाले हालसम्ममा प्रशोधन प्रक्रियाको लागि एक सय २० क्वीन्टल अदुवा संकलन गरेको हो । साथै वेसारको पनि प्रशोधनका लागि संकलन गरिने बताइएको छ ।
यस क्षेत्रमा उत्पादन हुने अदुवा, वेवसार लगायतका वालीले मुल्य नपाउने भएकोले प्रशोधन उद्योगको आवश्यक भएको हो । अदुवाको भण्डारण गर्ने ठाउँ पनि नभएको र लामो समय सम्म भण्डार गरेर राख्न नसकिने भएकोले सस्तो मुल्यमा विक्रि गर्न कृषक वाध्य भएका छन् । अदुवाका लागि मध्यपश्चिमको सल्यान सबै भन्दा बढी प्रख्यात रहेको छ । त्यस्तै सुर्खेत, दैलेख, प्यूठान, जाजरकोट लगायतका स्थानहरुमा पनि अदुवाको उतिकै उत्पादन हुने गरेको छ ।
यस क्षेत्रमा उत्पादन भएको बेसार, अदुवा, आँप, खशी, बोका बाहय जिल्ला निकासी हुने गरेको छ । बाँके, बर्दिया, पोखरा, विराटगनर, बुटवल, काठमाण्डौं लगायतका जिल्लामा यस क्षेत्रमा उत्पादित खशी, बोका, बेसार, अदुवा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालयको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राम्रो विउको उत्पादन, संकलन केन्द्रको अभाव, अदुवामा लाग्ने रोगको निराकरण नहुँदा अदुवाको व्यवसायीक उत्पादन हुन नसकेको सहकारीका उपआयोजना प्रमुख नन्दराम शर्माले जानकारी दिए । सुर्खेतको पश्चिम क्षेत्रमा वेसारको समेत राम्रो उत्पादन हुँदै आएको छ । जिल्ला विकास समितिले सुर्खेतले समेत कृषि उत्पादनलाई प्रोत्साहन नीति लिएको छ । फलफुलमा आँप, पशुपालनमा बाख्रा, मसलाबालीमा अदुवा र बेसार खेतीलाई प्रोत्साहन गर्न विशेष अनुदानको व्यवस्था गरिएको स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
कृषकहरु सामूहिक योजना सहित आएमा आँप, बेसार र अदुवा खेती तथा बाख्रापालन व्यवसाय संचलन गर्न चाहने कृषक समूहहरुलाई २५ हजार सम्म अनुदानको व्यवस्था गरिएको स्थानीय विकास अधिकारी रेग्मीले बताए ।

ट्रयाक्टर दुर्घटना हुँदा ४ जना घाईते
रामकुमार शाही
असार ६ जाजरकोट ।
ट्रयाक्टर दुर्घटना हुँदा बुधबार जाजरकोटमा ४ जना घाईते भएका छन् । बुधबार दिउँसो सदरमुकाम खलंगाबाट  चामल, दाल, तेल लगाएतका दैनिक उपभोग्य सामानहरु लिएर खलंगा–६ रिसाङतर्फ गैरहेको भे १ त ४३४८ नम्बरको ट्रयाक्टर रिसाङ नजिकै कोटखोला भन्ने स्थानमा दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन । 
घाईते हुनेहरुमा ट्रयाक्टर मालिक निम बहादुर भण्डारी, सहयोगी विष्णु परियार तथा स्थानीय उद्धव शाह र युवराज वली रहेका छन् । 
उनीहरुको अवस्था अहिले सामान्य रहेको र जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक दिनेश घिमिरेले घाईतेहरुलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उद्धार गरेको जानकारी दिए । 
उता जिल्लाको पुन्मा–१ मा रहेको बुरुङ्गे खोलाले बगाउँदा एक व्यक्ति घाईते भएका छन् । घाईते हुनेमा पुन्मा–२ का ३० वर्षिय बीरबहादुर  थापा रहेको स्थानीय शरण शाहीले जानकारी दिए । 
भूर–८ फेराबाट पसलको सामान लिएर घरतर्फ गईरहेका थापालाई मंगलबार साँझ खोलाले बगाएको थियो । उनलाई बुधबार बिहान मात्र फेला पारिएको थियो । थापाको अवस्था सामान्य भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । खोलामा बाढि आएका बेला जर्वजस्ती खोला तर्न खोज्दा थापालाई खोलाले बगाएको होे । 
उक्त खोलामा पुल नहुँदा स्थानीयहरुलाई वर्षेनी आवतजावतमा समस्या पर्ने गरेको छ भने कतिपयको बगेर ज्यान समेत जाने गरेको छ । खोलामा एक÷दुई ठाउँ मात्र पुल बनाए पनि अन्य ठाउँहरुमा पुल बनाउन सम्बन्धित निकायले चासो नदिएको सरस्वती मावि पुन्माका शिक्षक बिजय प्रकाश चन्दले आरोप लगाए ।।

समूह बनाएर आरन पेसाको संरक्षण
खेमराज वली
सुर्खेत, ६ असार । 
बिस्तारै हराउन लागेको आरन पेसाको संरक्षणको लागि समूहको माध्यमबाट
लागि परेको छ । विगत चार वर्षदेखि उनीहरु आफुहरुको हराउन लागेको पुख्र्याैलीपेसाको संरक्षणमा लागेका हुन् । वाबुबाजेले गरेको देखेर यो पेसाअंगालेको बताउँने उनीहरु पेसा बचाउनको लागि समूहमा आवद्ध भएर ‘लगनशिल लघु उद्यमी आरन उद्योग’ सञ्चालन गरी पेसाको संरक्षणमा लागिरहेका छन् ।
रामघाटका चार मा सात जनाको समूह निमार्ण गरी मानबहादुर बाठा, भक्तबहादुर कामी, रत्नबहादुर टमाटा, जसवीर तिरुवा लगायतले एकै स्थानमा आरन  सञ्चालन गरेका छन् । उनीहरुले  आरनमा तामा, फलाम बाट कृषिका पेसाका लागि आवश्यक पर्ने विभिन्न किसिमका कृषि सामाग्रीका साथै तामाका गाग्री, सजावटका लागि साना गाग्री लगायतका विभिन्न समानहरु एकै ठाउ“मा निर्माण गरिरहेका छन् । 
समूहमा सात जना भएपनि हाल चार जनाले मात्रै काम गरिरहेको समूहका अध्यक्ष रत्नबहादुर टमाटाले बताए । मानबहादुर बाठा र भक्तबहादुर कामिले फलामको काम र रत्नबहादुर टमाटा र जसवीर तिरुवाले तामाको काम गरिरहेका छन् । अन्यले भने पेसा छोडिसेका छन् ।
समूहका अध्यक्ष रत्नबहादुर टमाटाले आफुहरुले पेसाको संरक्षणका साथै घर व्यबहार समेत सञ्चालन गर्न सकेको बताएका छन् । उनले भने ‘हामिले यही पेसा बाट घर व्यबहार चलाएका छौ ।’ उनीहरुले आफैले फलाम–तामा किनेर विभिन्न समाग्रीहरुको निर्माण गरी फाइदा लिने गरेका छन् । हाल उनीहरु आफ्नो समूहमा समेत मासिक रुपमा २० रुपैयाँ जम्मा गर्दै आएका छन् । 
समूहले जिल्ला लघुउद्यम विकास समिति (मेडप) र रामघाट गाविसको सहयोगमा तीन वर्ष अगाडि तीन कोठे भवनको समेत निर्माण गरेको छ । भवन निर्माणका लागि जिल्ला लघुउद्यम विकास समितिले करिब दुई लाख बाराबरको सहयोग गरेको छ भने गाविसले करिव १० धुर जग्गा उपलब्ध गराएको थियो । 
जिल्ला लघुउद्यम विकास समितिले नै समूहलाई काम गर्न सजिलो होस भन्ने उद्देश्यले मेशिन पनि उपलब्ध गराएको छ । करिब १५–१५ हजार लागतका डिल र साईनिङ (सम्याउने मेशिन) को सहयोग गरिएको हो । २०६८ पूसमा उपलब्ध गराईएका करिब ३० हजार परेका ति मेशिनहरु भने तालिमको अभावमा सञ्चालनमा भने आउन सकेका छैनन् । समूहका कोषाध्यक्ष भक्तबहादुर कामि भन्छन् ‘हामिलाई चलाउन आउ“दैन त्यसैले हामिहरुलाई तालिमको पनि आवश्यक छ ।’ 
यसरी समूहका माध्यामबाट पेसाको संरक्षणमा लागेपनि पछिल्लो पुस्ताले भने यो पेसा नगर्ने  समूहका अध्यक्ष रत्नबहादुर टमाटाले बताए । आफुहरुले बाबु बाजेले गरेको हेरेरै सिकेको भए पनि अहिलेका युवाहरुले यस्तो नगरेको उनले बताए । 
आफ्ना छोराहरुले पनि यो पेसा गर्न नजान्ने र सिक्न पनि रुचि नदेखाउने गरेकोले भविश्यमा पेसा नै संकटमा पर्ने उनको भनाइ छ । ‘समूहमा लागेकाहरु पनि सबै उमेर ढल्केका मात्रै  छौं्, यो पेसा गर्न भन्दा युवाहरु विदेशिने गरेका छन् ।’ टमाटाले भने 
यता जिल्ला कृषि विकास कार्यालयका दुर्गादत्त बसौलाले यसरी समूहमा लागेर कृषिका लागि आवश्यक सामाग्रीको निर्माण गरेको खुसि व्यक्त गर्दै आगामि दिनमा यो पेसा संकटमा परे कृषि पेसालाई समेत असर पर्ने बताएका छन् । 

Sunday, June 17, 2012

माथिल्लो कर्णाली जलविद्युत आयोजना
अवरोध भए प्रतिकार गर्ने
वातावरण प्रभाव मूल्याङन् सार्वजनिक


आयोजनाबाट प्रभावित
१२ गाविसका ११ हजार घरधुरी
६६.६४ हेक्टर क्षेत्रफल जंगल
१०,१८१.१० से.मि. भन्दामाथीका ३६ प्रजातिका रुख
२३६ घर परिवारको ४६.८५ हेक्टर नीजि जग्गा अधिग्रहण

आयोजनाबाट सहयोग
२७ प्रतिशत निःशुल्क शेयर
१२ प्रतिशत बिजुली
३० बर्षपछि सरकारलाई फिर्ता
१५९ वर्ग कि.मि. क्षेत्रमा २५,४५२५ बृक्षारोपण
३० शैयाको आधुनिक अस्पताल निर्माण
उच्च मावि विद्यालय र प्राविधिक विद्यालय संचालन
स्वास्थ्य चौकी, खानेपानी आयोजना र सामुदायिक वनलाई सहयोग
सुर्खेत (दैखख सात्तला), ३ असार ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना (९०० मेघावट) निर्माण कार्यमा अवरोध भए त्यसको प्रतिकार गर्ने स्थानीयबासीन्दाले उद्घोष गरेका छन् । आइतबार दैलेखको सात्तला–१ मा आयोजित वातावरण प्रभाव मूल्याङ्कन सहित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले उक्त घोषणा गरेका हुन् ।
आयोजना निर्माणले मध्यपश्चिमबासीलाई अन्धकारमुक्त बनाउँदै विकासको मुहार फेरिने भन्दै विरोधको नाममा अवरोध गर्न खोजिए त्यसको प्रतिकार गर्ने स्थानीयले उद्घोष गरेका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागि दैलेख सात्तला–९ का जगत शाहीले भने ‘आयोजना निर्माण कम्पनीले हामीलाई शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारीमा ग्यारेन्टी गरिनुपर्छ । विकास निर्माणमा कसैले अवरोध पु¥याए हामी प्रतिकार गछौं ।’
यो वा त्यो नाममा कसैलेपनि अवरोध गर्न नहुने भन्दै यदी राष्ट्रघातीनै भए राष्ट्रप्रेमि खाका सहित निर्माणको जिम्मा लिनसक्नुपर्ने सहभागि स्थानीयबासीन्दाको भनाई थियो । यस अघि निर्माण कम्पनीको कार्यालयमा भएको अगजनीमा स्थानीयबासीन्दाको संलग्नता भएको भन्दै संचार माध्यममा आएको समाचारप्रति आपत्ती जनाएका थिए ।
कार्यक्रममा स्थानीयबासी तिलकबहादुर शाहीले आयोजना सुचारु हुनुपर्ने बताए । ‘विजुलीको सेयर प्रतिशतमा बृद्धि गर्न पहल थाल्नुपर्ने तर निर्माण कार्यमा भने अवरोध गर्नु हुँदैन्’ शाहीले भने ‘कुनै असहमतिका बुँद्धा भए त्यसलाई सुधार गर्न पहल गरौं तर विकास निर्माणमा अवरोध पु¥याउनु भएन ।’
आयोजना निर्माण तथा प्रभावित क्षेत्रका हजारौं स्थानीयबासीन्दाको सहभागिता रहेको उक्त कार्यक्रम चलिरहेको समयमा कालो झण्डा देखाउँन केही युवाहरु कार्यक्रम स्थल पुगेका थिए । स्थानीयबासीन्दाले प्रतिकार गरेपछि उनीहरु भागेको सत्तला सरोकार समितिका अध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए । उनीहरुलाई स्थानीयले कुटपटि गर्न थालेपछि प्रहरीले उद्धार गरी घर पठाएको थियो ।
माथिल्लो कर्णाली जलविद्युत ९०० मेघावट आयोजनाका प्रभावित क्षेत्रका सुर्खेत, दैलेख र अछाम जिल्लाका १२ गाविसका स्थानीयबासीन्दाहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । आयोजना स्थल दैलेख सत्तला गाविस डाब भन्ने ठाउँमा कार्यक्रम सम्पन्न भएको हो ।
सुर्खेत, दैलेख र अछाम जिल्लाको १२ गाविसका ११ हजार घरधुरी आयोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित हुने जनाईएको छ । आयोजना निर्माणका क्रममा ६६.६४ हेक्टर क्षेत्रफल जंगल, १०,१८१.१० से.मि. भन्दामाथीका ३६ प्रजातिका रुख, २३६ घर परिवारको ४६.८५ हेक्टर नीजि जग्गा अधिग्रहणमा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी ५५ घरपरिवारले आफुले प्रयोग गर्दै आईरहेका आवासीय तथा अन्य प्रयोजनका भौतिक संरचनाहरु गुमाउनुपर्ने, १८४ परवारले आफ्नो कृषि योग्य जमिन गुमाउनुपर्ने, नदिको बाँधदेखि ५४ कि.मी. नदी क्षेत्रमा माछा मारी जिविकोपार्जन गर्ने जाति प्रभावित हुने भएको छ ।
वातावरण मूल्याङकन प्रतिवेदनमा प्रभावित विरुवाको शोधभर्ना गर्ने, प्रभावित परिवारको स्थानान्तरण गर्ने र स्थानीयबासीन्दालाई अन्य पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ । १५९ वर्ग कि.मि. क्षेत्रमा २५,४५२५ वटा बृक्षारोपण, ३० शैयाको आधुनिक अस्पताल निर्माण, त्यस क्षेत्रमै एउटा उच्च मावि विद्यालय र प्राविधिक विद्यालय संचालन गर्नुपर्ने उल्लेख गरिएको छ । स्वास्थ्य चौकी, खानेपानी आयोजना र सामुदायिक वनलाई सहयोग पु¥याईने जनाईएको छ ।
कार्यक्रममा उर्जा मन्त्रालयका प्रविणराज अर्याल, वातावरण मन्त्रालय विदुर झा, विद्युत विकास बोर्डका मधु भेटुवाल सहितको टोली कार्यक्रममा सहभागि भएको थियो । तीन जिल्लाका प्रशासन कार्यालयका प्रतिनीधिहरु समेत उपस्थित रहेको आयोजनाका जनसम्पर्क अधिकृत तिलकराम अधिकारीले जानकारी दिए । कार्यक्रम निमित्त क्षेत्रीय प्रशासक सूर्य खत्रीको प्रमुख आतिथ्यता तथा सात्तला गाविस स्तरीय सरोकार समितिका अध्यक्ष भक्तबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
म.प. विश्वविद्यालयका दर्जनौं काम सुरु
२५ विषयको पाठ्यक्रम निर्माण जारी
पञ्चबर्षिय कार्ययोजना निर्माण
साईन्स एण्ड टेक्नोलोजिको भवन निर्माण सुरु
सुर्खेतमा राष्ट्रिय स्तरको जलस्रोत अध्ययन केन्द्र र व्यवसायीक ट्रेडिङ सेन्टरको प्रस्ताव
१५ सय सैयाको टिचिङ हस्पिटल निर्माण गर्न चिन सकारात्मक
८ अर्व लगानीको भौतिक पूर्वाधार निर्माण गर्न भारत सकारात्मक

दीपक बुढा÷सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले एकै पटक दर्जनौ कामको सुरुवात गरेको छ । केही काममा पूर्णता दिएको छ भने धेरै काम सुरुवात चरणमा रहेका छन् । पाठ्यक्रम निर्माणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसंग समन्वय गरी नमूना विश्वविद्यालय बनाउन पहल थालिएको म.प. विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले बताए । आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी विश्वविद्यालयका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
विश्वविद्यालयको रणनीतिक पञ्चबर्षिय योजना र चार वटै संकायको शैक्षिक क्यालेण्डर निर्माण कार्य पुरा गरिएको जनाईएको छ । विश्वविद्यालयको शैक्षिक नीति समेत तयार भएको छ । विश्वविद्यालय लक्ष्य, उद्देश्य, कार्यक्रम, नीति सहितको पञ्चबर्षिय कार्ययोजना तयार गरिएको हो । मध्यपश्चिमका १५ जिल्लाको विज्ञान र प्रविधिको विकासमा योजना तयार गरिएको छ ।

विभिन्न तीन चरणमा योजना निर्माण गरिएको छ । प्रत्येक जिल्लामा एउटा साईन्स क्याम्पस स्थापना गर्ने र तीन वटा उच्च माविमा साईन्स विषय अध्यापनको सुरुवात गर्ने योजना बनाईएको छ । पहिलो चरणमा हुम्ला, जुम्ला, मुगु, जाजरकोट जिल्ला, दोस्रो चरणमा दैलेख, कालिकोट, प्यूठान, सल्यान, रोल्पा, रुकुम जिल्ला र तेस्रो चरणमा दाङ, सुर्खेत, बाँके र बर्दिया जिल्लालाई राखिएको जनाईएको छ ।
‘अन्तर्राष्ट्रिय सहयोग जुटाउनेदेखि नयाँ आर्थिक बर्षमा धेरै बजेट विनियोजन गराउन हामी जुटेका छौं’–उपकुलपति डा. देवकोटाले भने ‘विश्वविद्यालयलाई एसियामै नमूना बनाउन हामी त्यसै अनुसारका पाठ्यक्रमको निर्माण गरी अध्ययनको सुरुवात गर्ने गरी अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय विस्तार गरिरहेका छौं ।’
साउन महिनादेखि कक्षा संचालन गर्ने गरी काममा तिव्रता दिईएको छ । जिल्लाका वीरेन्द्रनगर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस समायोजनमा सहभागि नभएपनि विश्वविद्यालयले भवन भाडामा लिएर भएपनि कक्षा संचालन गर्ने जनाईएको छ ।
चालु आर्थिक बर्षमा सरकारले दुई करोड ७१ लाख रकम विनियोजन गरेको थियो । उक्त बजेटबाट विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजिको ६ करोड लागतको शैक्षिक भवन निर्माणको प्रक्रिया सुरु भएको छ । मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतमा राष्ट्रिय स्तरको जलस्रोत अध्ययन केन्द्र र व्यवसायीक तालिम केन्द्र संचालनार्थ शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालयमा प्रस्तावित कार्यक्रम पेश गरिएको छ ।
चालु आर्थिक बर्षदेखि कक्षा संचालन गर्ने गरी कर्मचारी, प्राध्यापक दरबन्दी, भौतिक संरचना निर्माणमा धेरै भन्दा धेरै बजेट विनियोजनका लागि शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगमा कार्ययोजना पठाईएको हो ।
आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति डा. देवकोटाले भारत र चिन सरकारसंग मैत्रीपूर्ण सहयोगका लागि पहल थालिएको जानकारी दिए । भारतसंग ८ अर्ब लगानीको भौतिक पूर्वाधार निर्माण र चिन सरकारसंग १५ सयको शैयाका टिचिङ हस्पिटल स्थापना गर्न पहल थालिएको बताए । ‘चिन र भारत सहयोग गर्न इच्छुक छन् । अन्य देशसंग पनि शैक्षिक तथा भौतिक सहयोगका लागि पहल थालेका छौं’ नेपाल र बाह्य देशमापनि दुर्लभ तथा लोकप्रिय रहेका विषयमा अध्यापन कार्य सुरु गरिने जनाईएको छ ।
स्नातकतह को चार बर्षे अध्यापनका लागि पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालयको आगामी आर्र्थिक बर्र्षको बजेट तथा कार्यक्रम विश्वविद्यालय अनुदान आयोगमा पठाईएको छ । भौतिक पूर्वाधार, जनशक्ति, प्रशानिक खर्च सहित ६१ करोड बजेट तथा कार्यक्रम आयोगमा पेश गरिएको हो । बजेट स्वीकृत भएलगत्तै विश्वविद्यालय भित्रको सेवा आयोगको स्वीकृति लिएर साउन महिनामा खुल्ला विज्ञापन गरी विभिन्न संकायका प्राध्यापक, प्रशासनिक कर्मचारीको पदपूर्ती गरिने छ । ८ सय ९ जना दरबन्दी माग गरिएको छ ।
आगामी आर्थिक बर्र्षका लागि कुल ६१ करोड बजेट प्रस्ताव गरिएको छ । विश्वविद्यालयका नीति तथा कार्यक्रम, दरबन्दी, बजेट तयार गरी विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालयमा पठाई सकिएको छ । भौतिक पूर्वाधारतर्फ मात्रै ३५ करोड १६ लाख बजेट माग गरिएको छ । बजेट विनियोजनका लागि पहल थाल्न विभिन्न राजनीतिक दल, जिल्लाबासी, नागरिक समाजसबैसंग अनुरोध गरिएको छ ।

विश्वविद्यालयमा पूर्णता
सुर्खेत, ३ असार ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालले पूर्णता पाएको छ । विश्वविद्यालयमा चार जना डिन सहित विश्वविद्यालय सेवा आयोग अध्यक्षको समेत नियुक्ति भएको छ । मानविकि तर्फ डिन पीताम्बर ढकाल, साईन्स एण्ड टेक्नोलोजितर्फ डिन डा. केशरसिंह राना, व्यवस्थापन तर्फ डिन डा.मस्तबहादुर गरंञ्जा र शिक्षा विज्ञान तर्फ डिनमा लालमणि आचार्य नियुक्त भएका छन् ।
डिनको नियुक्ति विश्वविद्यालयका उपकुपति प्रा.डा. पदमलाल देवकोटाले गरेका हुन् भने विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा. नवराज कँडेललाई मन्त्री परिषदले नियुक्ति गरेको हो । आयोगलाई विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति र बढुवा सम्बन्धी कार्य अधिकार हुन्छ ।
आयोगमा लोकसेवा आयोगका एक जना प्रतिनीधि र शिक्षकहरुमध्येबाट एक जना सदस्य रहने व्यवस्था रहेको छ । विश्वविद्यालयको कार्यकारी परिषद समेत गठन गरिएको छ । उपकुलपति डा. पदमलाल देवकोटाको अध्यक्षतामा डिन डा. केशरसिंह राना सदस्य र रजिष्ट्रार डा. ठकेन्द्रप्रसाद गिरी सदस्य–सचिव रहेको परिषद गठन गरिएको जनाइएको छ ।

Friday, June 15, 2012

त्रिमुर्तीद्धारा स्थानीयलाई सास्ती
सुर्खेत, ३२ जेष्ठ ।
सुर्खेत स्थितत्रिमूर्ती एण्ड शिवशक्तिले सञ्चालन गरेको आई.एम.ईले रकम भुक्तानीमा स्थानीयबासीन्दा, सर्वसाधारणलाई दुःख दिने गरेको छ । देशभित्र वा देशबाहिरबाट आई.एम.ई गरेर पठाएको रकम भुक्तानीमा ढिला सुस्ती गर्ने, विभिन्न बैंकको रकम नभएको चेक दिएर झुलाउने गरेको स्थानीयले गुनासो गरेका छन् ।
आफन्तले विदेशबाट पठाएको पैसा लिन सुर्खेत स्थित त्रिमूर्ती आई.एम.ई.मा आएका जाजरकोट थाला रैकरका कृष्ण रोकायले रकम भुक्तानी लिन चार दिन वीरेन्द्रनगर बस्नु प¥यो । आफन्तले मलेसियाबाट पठाएको ७७ हजार दुई सय २७ रुपैया“ चार दिन देखि त्रिमूर्ती मनि ट्रान्सफरमा धाएपछि मात्रै भुक्तानी पाएका थिए । दुई हजार तीन सयरुपैया“ होटलमा बस्ने खर्चको दिएर वा“की चेक दिएको र चेक पनि एन.आई.सि वैंकले नसाटेपछि पुनःत्रिमूर्तिमै फिर्ता गरेर आफ्नो रकम बुझि फर्किएका थिए ।
त्यसैगरी सुर्खेत काफलकोट–९ सिम्ताका यामबहादुर चन्दले पनि आफ्नो आई.एम.ई रकम समयमा नपाएपछि आक्रोश पोखेका थिए । उनलाई फकाउन संचालकले एन.आई.सि. बैंकको चेक दिएका थिए । उक्त चेक नसाटिएपछि पुनः त्रिमूर्तीले दुई दिन पछि फिर्ता गरेर रकम भुक्तानी गरेको उनले बताए । जाजरकोट मजकोट परालेका भक्तबहादुर खड्का, लेखपराजुल–१ सुर्खेतका टोपबहादुर गुरुङ्, लाटिकोईली–९ का भविलाल बस्नेत, उत्तरगंगा–२ का वीरबहादुर बुढा, साटाखानी–८ कावीरबहादुर रावत र सडक डिभिजन कार्यालय सुर्खेतमा कार्यरत टेकबहादुर शाहीले पनि तीन–चार दिनदेखि लगातार सास्ती खेपिरहेको बताएका छन् ।
उनीहरुले बताए अनुसार सञ्चालकले कहिले नेटले काम नगरेको भनि कहिले चेक दिएर त कहिले केही रकममात्रै दिएर भोली हुन्छ भनी पठाउने गरेको पीडितले बताएका छन् । एन.आई.सि बंैकमा दुई पटक चेक साट्न गएका यानबहादुर चन्दलाई सञ्चालकले दुई पटकनै नसाटिने चेक दिएका थिए ।
अर्का एकजना ६१ वर्षे पीडित वीरबहादुर रावतले आइ.एम.ई भनेर विज्ञापन गर्ने तर यो त खाई एमी भएको बताए । उनले भने ‘गाउँ गाउँबाट आएका सर्वसाधारणलाई त्यसै दुई तिन दिन सुर्खेतमा बस्न बाध्य गराउने आईएमइ संचालकलाई कार्वाहि गर्नुपर्छ । हाम्रो देशको प्रहरी प्रशासनलाई कुनै चासो छैन् । जनता दिन दाहडै ठगिएका छन् ।’
यता त्रिमूर्ति मार्केटिङका संचालक डिल्ली सापकोटाले आफ्नो सेवालाई प्रभावकारी रुपमा दिएको दावि गरे । उनले भने ‘तपाईले भने अनुसारका सबैले रकम भुक्तानी लिई सकेका छन् । कहिले काँही नेटको समस्या, बत्तीको समस्या हुन्छ । तपाईलाई थाहा छ ।’ उनको त्रिशक्ति र शिवशक्ति मार्केटिङले नेपालमा संचालनमा आएका ३६ वटा मनिट्रान्सफर सेवा र केही बैंकहरुको समेत कारोबार गर्दै आएको छ ।
नीजि विद्यालयको नतिजामा सुधार
विशिष्ट श्रेणीमा सरकारीबाट ४ नीजिबाट ४०
जिल्लाका पाँच विद्यालय निल
सुर्खेत, ३२ जेष्ठ ।
यस वर्षको वर्षको एसएलसी परीक्षाको नतिजामा नीजि विद्यालय अगाडि आएका छन् । जेष्ठ ३१ गते प्रकाशित गरिएको नतिजामा जिल्लाबाट जम्मा ४४ जनाले विशिष्ट श्रेणी ल्याएका छन् जसमा ४० जना नीजि विद्यालयका हुन भने ४ जना समूदायिक विद्यालयका विद्यार्थी हुन् ।
जसमा सबैभन्दा वढी उषा वालवाटिका उच्च माध्यमिक विद्यालयबाट १२ जना, इगरब्रिजबाट ७ जना, इन्टरनेशनल को–अपरेटिभ विद्यालय कालागाउँबाट पाँच जना, एसओएस हर्मन माइनर माध्यमिक विद्यालयबाट चार जना, सुर्खेत होराईजन विद्यालयबाट तीन जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।
त्यसैगरी जन उच्च मध्यामिक विद्यालय, जेपि स्कुल कालागाउँ, माउन्ट एभरेष्ट ढोडेखालीबाट दुई दुई जना, विद्याज्योति माध्यमिक विद्यालय वावियाचौर, सेडा आवासिय विद्यालय, हार्भेष्टमून, अमरज्योति नमूना उच्च माध्यमिक विद्यालय, इलाइट, सेन्टिमेरिज र साउथ एशियनबाट एक÷एक जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका शाखा अधिकृत भक्तबहादुर खड्काले वताएका छन् ।
सुर्खेतमा यो पटकको एसएलसी परीक्षामा पाँच वटा सामुदायिक विद्यालय र एउटा खुल्ला विद्यालयबाट एकजना पनि विद्यार्थी पास नभएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । कार्यालयका शाखा अधिकृत भोजप्रसाद लम्सालले जिल्लाबाट एसएलसीमा सहभागि भएका ७८ सामुदायिक विद्यालय मध्ये ५ वटा विद्यालय र एउटा खुल्ला विद्यालय निल भएको जानकारी दिए ।
बिजेश्वरी माध्यमिक बिद्यालय हरिहरपुर, नेपाल राष्ट्रिय मावि नेटा, भगवती मावि लान्द्रा, नेपाल राष्ट्रिय मावि नयाँवन र कालिका मावि धारापानीबाट तथा खुल्ला विद्यालय संचालन भएको उच्च मावि नेवारेबाट पनि एकजना बिद्यार्थी पनि पास नभएको उनले बताए ।
संस्थागत तर्फका भने २२ वटै बिद्यालयले बिद्यार्थी उत्तिर्ण गराउन सफल भएको उनको भनाई छ । अधिकृत लम्सालले खुला तर्फका २२ मध्य एकजना पनि पास नभएको समेत जानकारी दिए । जिल्लाका सामूदायिक बिद्यालयबाट ४ र संस्थागत ४० जना गरी ४४ जना उत्कृष्ट श्रेणीमा पास भएका छन् । सुर्खेतबाट भने समग्रमा १७ दशमलव ५ प्रतिशत मात्र पास भएका छन् । नियमिततर्फ भने करिब २१ प्रतिशत पास भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । निल भएका विद्यालयहरु कार्वाहीमा पर्ने भएका छन् ।
यता नीजि विद्यालय अग्रनाईजेसन (प्याब्सन) का अध्यक्ष नैनसिंह खत्रीले जिल्लाका संस्थागत विद्यालयहरुको नतिजा विगतका बर्षहरुमा भन्दा सुधार भएको बताए । ‘हामी सन्तुष्ट छौं संस्थागत विद्यालयको रिजल्ट राम्रो आएको छ’– अध्यक्ष खत्रीले भने ‘गत बर्ष कम मात्रै विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण थिए तर यस पटक राम्रो भएको छ धेरै विद्यालयबाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।’
विद्यालयहरुको यस वर्षको रिजल्ट समग्रमा राम्रो भएको बताएका छन् । गत वर्ष २८ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएकोमा यो वर्ष ४० जना विशिष्ट श्रेणीमा पास भएका छन् । नीजि विद्यालयबाट एसएलसी परीक्षामा ४ सय ३४ विद्यार्थीहरु सहभागि भएका थिए ।
त्यस्तै सबैभन्दावढी विशिष्ट श्रेणी ल्याउन सफल विद्यालय उषा वालवाटिकाका प्रिन्सिपल कमलेश डिसिले आफ्नो विद्यालयमा गत वर्ष देखिनै राम्रो नतिजा आएको बताएका छन् । उषामा गत वर्ष ११ जना र यो बर्ष १३ जना विद्यार्थी विशिष्ट श्रेणीमा पास भएको डि.सि.ले बताए ।

उषाका हिमालको ८७.३८ प्रतिशत 
उषा बालवाटिका बोर्डिङ स्कुलबाट एसएलसीमा सहभागि भएका हिमाल वलीले ८७.३८ प्रतिशत ल्याई उत्तिर्ण भएका छन् । विद्यालयले आफ्नो विद्यार्थी वली नीजि विद्यालयहरुमा जिल्लामै प्रथम भएको दावि गरेको छ तर जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने जिल्ला प्रथम को भयो भन्न नसकिने प्रतिक्रिया दिएको छ ।
सल्यान काल्चे–७ का प्रावि शिक्षक सेरबहादुर वलीका छोरा हिमालले आफ्नो सफलताको खुशी बाँडदै साईन्स विषय लिएर पढ्ने र डाक्टर बन्ने योजना रहेको सुनाए । कक्षा–८ देखि उषा बालवाटिकाको होस्टेल बस्दै आएका हिमालले भविष्यनै पढाई भएकाले पढाईमा तल्लिन हुनुपर्ने बताए ।
उनले भने ‘मेरो रुचीनै साईन्स हो म साईन्स लिएर वि.एस्सी. गर्छु अनि डाक्टर बन्छु ।’ जिल्लामा राम्रो विद्यालय नभएकाले राजधानी गएर अध्ययन गर्ने योजना रहेको उनले बताए । परिवारकै सल्लाहमा बाहिर गएर अध्ययन गर्ने योजना रहेको बताए ।


उषा वालबाटिकाबाट ः–
एसएलसीमा सहभागि ः ६५ जना
विशिष्ट श्रेणी ः १३ जना
प्रथम श्रेणी ः ४८ जना
द्धितीय श्रेणी ः ३ जना
अनुतीर्ण श्रेणी १ ः जना
(जिल्ला प्रथम भएको दावि ः हिमाल वली (८७.३८ प्रतिशत)

इगरब्रिज बोर्डिङ स्कुलबाट ः–
एसएलसीमा सहभागि ः ३३ जना
विशिष्ट श्रेणी ः ८ जना
प्रथम श्रेणी ः २५ जना

इन्टरनेशनल को–अपरेटिभबाट ः–
एलएलसीमा सहभागि विद्यार्थी ः २७
विशिष्ट श्रेणी ः ५ जना
प्रथम श्रेणी ः २२ जना
(निजी विद्यालयको छात्रा तर्फ जिल्ला प्रथम भएको दावि ः एलिजा गिरी ८६.३५ प्रतिशत)

एसओएस उच्च माविबाट ः
एसएलसीमा सहभागि ः ४२ जना
विशिष्ट श्रेणी ः ४ जना
प्रथम श्रेणी ः २५ जना
द्धितीय श्रेणी ः ५ जना
अनुत्तीर्ण ः ७ जना

Tuesday, June 12, 2012


सरसफाई पत्रकारीता पुरस्कार
उत्कृष्ट दुवै सम्मान युग आव्हानलाई
सुर्खेत, ३० जेष्ठ 
खानेपानी तथा सरसफाई पत्रकार समूह सुर्खेतले जिल्लाको एक सञ्चार गृह र एक जना पत्रकारलाई सम्मान गरेको छ । १३ औं सरसफाई सप्ताहको अवसरमा समूहले सप्ताहको अवधिमा सबै भन्दा उत्कृष्ट समाचार प्रकाशन गर्ने सञ्चार गृह र पत्रकारलाई मंगलबार एक कार्यक्रकाबीच सम्मान गरेको हो । 
जिल्लाबाट प्रकाशन हुने युग आव्हान दैनिक र युग आव्हानकै सम्वादाता खेमराज .वलीलाई उत्कृष्ट समाचार प्रकाशन गरेको भन्दै समूहले स्वास्थ्यका लागि पानी (नेवा) नेपालगञ्जको सहयोगमा सम्मान गरेको हो । पुरस्कार युग आव्हान दैनिका कार्यकारी म्पादक दिपक बुढाले ग्रहण गरेका थिए ।
सञ्चार गृहलाई सम्मान पत्र र वलीलाई एक हजार एक सय ११ नगद सहित सम्मान गरेको हो । सबै भन्दा बढी स्वास्थ्य सम्बन्धि समाचार युग आव्हान दैनिकले प्रकाशन गरेको भन्दै सम्मान गरिएको हो । 
गत वर्ष पनि नेवाको सहयोगमा जिल्लाका पत्रकारलाई सम्मान गरेको थियो । उत्कृष्ट समाचार लेख्ने काँक्रेविहार दैनिकका ललित बुढालाई सम्मानित गरेको थियो । यस वर्ष सञ्चार गृहलाई पनि सम्मान गरिएको हो । 
पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सूर्यमणी गौतमले सरसफाईमा पत्रकारका कलम अगाडि बढ्नु पर्ने बताए । सरसफाईले मानजीवनलाई अझ सून्दर बनाउने बताए । 
त्यस्तै महासंघ सुर्खेत शाखाका अध्यक्ष दुर्गा थापाले सप्ताहको समयमा सरसफाई सम्बन्धि खोजमूलक समाचार कमै आएको बताए । कार्यक्रममा जिल्ला सरसफाई समन्वय समितिका ओमदत्त रेग्मीले सुर्खेत जिल्ला सरसफाईको क्षेत्रमा नेपालमै अगाडि रहेको बताए । पत्रकार समूहका संयोजक विनोद शाहीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
वादी समूदाय बाख्रा पालनबाट आत्मनिर्भर बन्दै  
खेमराज वली
सुर्खेत (छिन्चु), ३० जेष्ठ ।

सुर्खेत छिन्चु–८ मदानेचौरका वादी समूदायका महिलाहरु बाख्रा पालनबाट आत्मनिर्भर बन्न थालेका छन् । मदानेचौरको वादी समुदायमा रहेका २२ घरधुरीमध्ये १५ घरधुरीका महिलाहरु बाख्रा पालनतर्फ लागेका छन् ।
अतिगरीब परिवारलाई छनोट गरेर संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा लघुउद्यमी विकास कार्यक्रमद्धारा वितरण गरिएको बाख्रा पालेर महिलाहरु आत्मनिर्भर हुँदैछन् । मदानेचौरका महिलाहरुले सिर्जनशील लघु उद्यमी समूहमा आवद्धता जनाउँदै वचत पनि गर्ने गरेका छन् । गएको कात्तिक महिनामा प्रत्येक घरका लागी दुई वटाका दरले वितरण गरिएको खरी जातका बाख्राको संख्या बढिरहेको छ । बाख्रा खरिदका लागी समूहका १५ जनालाई १०÷१० हजार रुपैयाँका दरले रकम दिइएको थियो ।
लघु उद्यमी समूहका अध्यक्ष तिर्था वादीले आम्दानी भएको रकम आफुहरुले अहिले छोराछोरीलाई पढाउनमा खर्च गरेको बताइन् । त्यस्तै स्थानीय गमीसरा वादीले आफुले बाख्रा पालनबाटै एउटा छोरीलाई निजी र अरु दुईवटा छोरालाई सरकारी विद्यालयमा पढाउने गरेको बताइन् । आफुले एक वर्षको अवधीमा समूहको नाममा पाँच हजार रुपैयाँ बचत गर्न सकेको पनि बताइन् ।
सृजनशील समूहको नाममा जम्मा भएको रकम लघु उद्यमी विकास कार्यक्रमले नै राष्ट्रिय वाणिज्य बैँकमा जम्मा गरिदिएको छ । समूहमा आवद्ध भएदेखि वादी महिलाले महिला विकास कार्यालयको समूहमा पनि मासिक एक सय रुपैयाँ वचत गर्ने गरेको वादी महिलाले बताए ।
वादी महिलाहरुले आफुहरुको समूहलाई सहयोग गरेमा सबै उद्यम गर्न सक्ने बताएका छन् । उनीहरुले बाख्रापालन सम्बन्धि तालिम को माग गरेका छन् । उनीहरुले आफुहरुलाई अन्य व्यवसायतर्फ पनि उन्मुख हुन मन लागेको बताए । तरकारी खेती, सिलाई कटाई लगायतका पेसामा उनीहरुले इच्छा देखाएका हुन् ।
लघु उद्यमी विकास कार्यक्रमका सुर्खेत–दैलेख कार्यक्रम अधिकृत राजकुमार राई पनि वादी समूदायका महिलाको निकै प्रशंसा गर्छन् । राईले वादी समुदायका महिलाले सिर्जनशील कामका लागी आफुसंग धेरै सल्लाह लिने गरेको र उनीहरु जिज्ञासु पनि बनेको बताए । तर उनीहरुले कतिपय महिलाले पालेका बाख्रा मरेकाले चिन्तामा परेको बताएका छन् ।
बाख्रा विरामी परेपछि पशुसेवा कार्यालय सुर्खेतको उपसाखा छिन्चुमा जानकारी गराउँदा पनि वेवास्ता हुने गरेको स्थानीय मीना वादीले गुनासो गरिन् । मीनालाई दिइएका दुईवटै बाख्रा मरेका छन् । यता, उपशाखा छिन्चुका कर्मचारीले वेवास्ता गरेको भए त्यसबारे बुझेर सेवा प्रभावकारी बनाइने जिल्ला पशुसेवा कार्यालय सुर्खेतका कुमार वि.सी.ले बताएका छन् ।
सिर्जनशील लघु उद्यमी समूहको जिल्ला उद्यमी विकास समितिका पदाधिकारीको टोलीले अध्ययन गरेको छ । अध्ययन पछि समूहको सक्रियतालाई सुर्खेत उद्योग बाणिज्य संघका विशिष्ट सदस्य मोति कंडेलले समूहका महिला अव आफै आत्म निर्भर बन्न सक्ने बताए । अध्ययनमा तथा अनुगमनमा जिल्ला विकास समितको कार्यालयबाट प्रेम रावत, घरेलुकी चित्रा डांगी, महिला तथा बालबालिकाको कार्यालयबाट चम्पा भणडारी,लघु उद्यमका विजय थापा, जिल्ला कृर्षिका दुर्गादत्त बसौला, पशु सेवा कार्यालयका कुमार विसि लगायत संलग्न रहेका थिए ।

Monday, June 11, 2012

अतिक्रमण हटाउन गएको टोलीलाई अवरोध
दिपक बुढा
सुर्खेत, २९ जेष्ठ ।

वन अतिक्रमण गरी बसोबास गरेका घर टहरा हटाउन गएको वन कार्यालयको टोलीलाई अवरोध गरिएको छ । कल्याण–५ को वन अतिक्रमित क्षेत्र हटाउन गएका जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरसीयाको नेतृत्वमा गएको टोलीलाई स्थानीयले अवरोध गरेका थिए ।
जिल्ला वन अधिकृत चौरसीयाको नेतृत्वमा पाँच जना वन रक्षक, जिल्ला सुरक्षा बेस क्याम्पबाट १३ जना, खोल्टेपानी स्थित सशस्त्र प्रहरीको बेसबाट समेत सुरक्षाकर्मी आएका थिए । अतिक्रमित क्षेत्र खाली गराउन ठुलो संख्यामा सुरक्षाकर्मी सहित वन अधिकृत सक्रिय रहेका थिए ।
विहानै कल्याण–५ मा पुगेको उक्त टोलीले कल्याण–५ का ७ वटा घर टहरा र दशरथपुर–६ का तीन वटा घर टहरा हटाईएको जिल्ला वन अधिकृत चौरसीयाले जानकारी दिए । ‘हामी घर टहरा हटाउनेक्रममा केही अवरोधको प्रयास भयो । ढुंगा मुडा भयो । हामी फर्किदै गर्दा समेत बाटोमा अवरोध भयो’–वन अधिकृत चौरसीयाको भनाई थियो ।
स्थानीयको अवरोध हटाउन इलाका प्रहरी कार्यालय छिन्चुबाट सई गोविन्दबहादुर रोकाको नेतृत्वमा १९ जनाको प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा उक्त टोली साँझ सदरमुकाम फर्किएको छ । उक्त टोलीले स्थानीय मानबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
विगतको द्धन्द्धका समयमा देउती वज्यै सामुदायिक वन र चेलिबेटी सामुदायिक वनको ठुलो क्षेत्र फडानी गरी बसोबास गरिएको थियो । अतिक्रमित क्षेत्र हटाउनका लागि पहिलो चरणमा जिल्ला वन कार्यालय सुर्खेतले सार्वजनिक सूचना प्रकाशन गरेको थियो । अटेर गरेपछि वन कार्यालयले बल प्रयोग गरेको हो ।
सुकुम्बासीको नाममा हुकुम्बासीहरुले उक्त अतिक्रमण गरेको स्थानीयले बताए । बाहिर घर जग्गा, श्रीसम्पत्ती भएका व्यक्तिहरु पहिले अस्थायी बसोबासका लागि घर टहरा बनाएपनि अहिले विस्तारै स्थायी बसोबासनै गर्न थालेको जनाईएकोे छ । द्धन्द्धकालमा तत्कालिन नेकपा माओवादीको बलमा उक्त वन क्षेत्र अतिक्रमण गरिएको थियो । एक पटक पुन जानकारी गराउने त्यति गर्दापनि अटेर गरेमा कडा कार्वाहिको प्रक्रिया चाल्ने जिल्ला वन अधिकृतको भनाई रहेको छ ।
जिल्लाका एकसय २४ स्थानमा एकहजार पाँचसय ५६ घरधुरीले सात सय ४९.४६ हेक्टर वन अतिक्रमण गरेका छन् । गतवर्र्ष छ सय १२ हेक्टर वन अतिक्रमण भएको थियो । दलीय निर्णयबाट सबैभन्दा बढी पश्चिम सुर्खेतको ब्यूरेनी, भट्टेघारी, माझीगाउँ, गुटु र इखेनीमा वन अतिक्रण भएको छ । यसका साथै अन्य केही ठाउँमा पनि राजनीतिक आडमा वन अतिक्रमण भएको जिल्ला वन अधिकृत चौरसीयाको भनाई रहेको छ ।
मध्यपश्चिमका विभिन्न जिल्लामा करिब आठ हजार हेक्टर वन क्षेत्रफल अतिक्रमण भएको छ । राजनीतिक दलकै आडमा यस क्षेत्रको करिब १६ लाख ३५ हजार हेक्टर वन क्षेत्रमध्ये सात हजार आठ सय हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार विभिन्न जिल्लाका ७२३ स्थानमा सार्वजनिक तथा सामुदायिक वन क्षेत्र अतिक्रमण भएको छ ।
मध्यपश्चिममा सुकुम्बासीको नाममा वनजङगलमा घरटहरा बनाउने र पहाडबाट बसाइसराई गरेर तराईका जिल्लाका वनमा बस्नेको सङख्या बढ्दै गएकाले यस क्षेत्रमा वन अतिक्रमण बढ्दै गएको हो । क्षेत्रीय वन निर्देशनालयका निर्देशक विश्वनाथ वलीका अनुसार अतिक्रमित वनमा १९ हजार १९३ घरधुरीको बसोवास छ ।
दाङमा २९६ स्थानको तीन हजार ६५६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । दाङमा ८४१ घरधुरीले वन अतिक्रमण गरेको निर्देशनालयको भनाई छ । यसैगरी बाँकेमा ९६ स्थानका दुईहजार २१ हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण भएको छ भने अतिक्रमित वन क्षेत्रमा तीन हजार १०० घरधुरी बसोबास गर्छन् ।
यस्तै, बर्दियामा ४९ स्थानमा ७३८ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ, जसमा पाँच हजार २७३ घरधुरी बसोबास गर्छन् । निर्देशनालयको तथ्याङक अनुसार सुर्खेतमा ७५ स्थानमा ७५० हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । अतिक्रमित वन क्षेत्रमा एक हजार घरधुरी बसोवास गर्छन् ।
काँक्रेविहार संरक्षित वनमा आगोलागी
सशस्त्र, सेना र स्थानीयद्धारा नियन्त्रण, प्रहरी गएन
हिमा उपाध्याय
सुर्खेत, २९ जेष्ठ ।

सुर्खेतको लाटीकोईली–६ पातलगंगाबाट काँक्रेविहार संरक्षित वनमा फैलिएको आगो सोमबार नियन्त्रणमा लिईएको छ । सोमबार दिउँसो २ बजेदेखि फैलिएको आगो दिउँसो ३ः३० बजे नियन्त्रणमा आएको थियो ।
आगो नियन्त्रण कार्यमा भने नेपाल प्रहरी बाहेका अन्य सुरक्षा निकायको सक्रिया रहेको थियो तर नेपाल प्रहरीको भने सहभागिता भएन् । जनताको जीउधनको सुरक्षा गर्ने पहिलो जिम्मेवारी पाएको नेपाल प्रहरी आगोलागी, त्यसको क्षति, नियन्त्रणको लेखाजोखा राख्नुत कहाँ हो कहाँ उक्त क्षेत्रमा एक जना सम्म उपस्थित भएनन् । नेपाल प्रहरीको उपस्थिति नदेखेपछि आगो नियन्त्रणमा खटिएका अन्य सुरक्षाकर्मीहरु आश्चर्यमा परेका थिए ।
‘किन होला नेपाल प्रहरी त एक जना पनि आएनन, कसले आगो लगायो, किन आगो लगायो, आगोबाट कति क्षतिभयो त्यसको रिपोर्ट राख्नुपर्ने जिम्मेवारी नेपाल प्रहरीको हो’–एक सुरक्षा अधिकृतले भने ‘आगोलागीको यत्रो घटनालाई प्रहरीले वेवास्ता ग¥यो ।’ हावा चलेपछि आगो नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीयबासीन्दालाई हम्मेहम्मे परेको थियो ।
आगो नियन्त्रण कार्यमा दुई सयबढी परिचालन भएका थिए । सशस्त्र प्रहरीको जिल्ला सुरक्षा बेस क्याम्प, महेश्वरी बाहिनीबाट मात्रै ५४ जना सुरक्षाकर्मी परिचालन भएका थिए । सशस्त्र प्रहरी निरिक्षक राजन शाहको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन भएको थियो ।
आगोले ठुलो मात्रामा धनजनको क्षति हुने सम्भावना बढेपछि नेपाली सेनाका तीन वटा कार्यालयबाट एक सयबढी नेपाली सेनाका जवानहरु परिचालन भएका थिए । श्री नंं. २ राजदल गणबाट क्याप्टेन सुदर्शन खत्रीको नेतृत्वमा ४१ जना, कालिदल गणबाट सह–सेनानी वीरेन्द्र सिंहको नेतृत्वमा ४० जना र भिमदल गणबाट क्याप्टेन प्रकाश मल्लको नेतृत्वमा ४१ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
आगो नियन्त्रण गर्न स्थानीयबासीन्दा समेत सक्रियतापूर्वक लागेका थिए । शिवविहार युवा क्लव, बौद्ध युवा क्लवका अध्यक्षको नेतृत्वमा २० जना युवाहरु सहित अन्य ठुलो संख्यामा स्थानीय युवाहरु आगो नियन्त्रणमा सुरक्षाकर्मीहरुलाई सहयोग पु¥याएका थिए । लाटीकोइली–६ पातलगंगादेखि काँक्रेविहारको पुरातत्व स्थलदेखि केही तल्लो भाग सम्म करिव १० हेक्टर क्षेत्रफलमा आगो लागेको अनुमान गरिएको सशस्त्र प्रहरी निरिक्षक राजन शाहले जानकारी दिए ।

Sunday, June 10, 2012

बेरोजगार हुनुहुन्छ ? गँड्यौला पाल्नुस
काठमाण्डौं, २८ जेष्ठ ।
सुन्दा अचम्म लाग्ला गँड्यौलाको पनि खेती हुन्छ भन्दा । तर अचम्म नपर्नुस गँड्यौला खेती गरेर तपाई ‘लाखौ’ कमाउन सक्नुहुन्छ । नेपालमा गँड्यौला व्यवसाय गर्न थालेको त्यति धेरै भएको छैन तर यसमा लागेकाले छोटो समयमै मनग्गे आम्दानी गरिसकेका छन् ।
काठमाडौंका २५ बर्षिय अशोककुमार भट्टराईले बि.ए. पास गरेपछि गँड्यौला खेती गरे । काठमाडौंको रामकोटमा उनको गँड्यौला फर्म नै छ । उनीसित अरु तीन जना साथीहरु पनि यही पेशामा जमेका छन् ।
दश किलो गँड्यौलाबाट सुरु गरेको भट्टराईको फर्ममा अहिले पन्ध्र टन गँड्यौला छन् । एक किलो गँड्यौला तीन हजारमा बिक्रि हुन्छ । गँड्यौलाको मलको राम्रो बजार छ । तरकारी उत्पादन र फलफुलमा गँड्यौला र यसको मल प्रयोग हुन्छ । अशोककुमारका अनुसार यो पेशामा धेरै किशोर किशोरी लागेका छन् ।

‘लगानी पनि त्यति धेरै गर्न नपर्ने, सडेगलेका फोहोर गँड्यौलालाई दिएपछि मल र फोहोर व्यवस्थापन पनि हुने हुँदा यसको आकर्षण हो’, उनले भने । गँड्यौलाका कारण प्रकृतिमा पर्ने अनुकूल प्रभाव र आयआर्जनमा गँड्यौलाको महत्वका बारेमा छलफल गर्न आइतबार काठमाडौंमा भएको गँड्यौला सम्मेलनमा गँड्यौलाका फाइदा, प्रकार र पालन गर्ने तरिकाको बारेमा चर्चाभयो ।
कम्पोष्ट मल बनाउने उत्तम माध्यमका रुपमा रहेको गँड्यौला पालनको महत्वबारे जानकारी गराउन यसका व्यवसायी, प्रयोगकर्ता र विज्ञहरु सम्मेलनमा सहभागिता छ । ‘गँड्यौला पालनका चुनौती र अप्ठ्यारा के छन् भन्ने कुराको जानकारी लिई गँड्यौला पालनलाई व्यवसायीक रुपमा विकास गर्नका लागि विज्ञ सहितको सम्मेलन गरेका ग्लोबल पिस एशोशिएसनका अध्यक्ष डाक्टर किशोर राजभण्डारीले जानकारी दिए ।
बढ्दो फोहरमैला व्यवस्थापन पनि हुने र कम्पोष्ट मलको अभाव पनि टार्न सकिने भएकाले पछिल्लो समयमा शहरी क्षेत्रमा गँड्यौला पालन बढ्दै गएको छ । नेपालमा पालिएका गँड्यौला चाँही बिदेशबाट ल्याइएका हुन् । इटली र भारतबाट गँड्यौला ल्याएर व्यवसाय सुरु गरेको गँड्यौला विज्ञ डा. आनन्द शोभा ताम्रकारले बताए । अहिले काठमाडौं, बिराटनगर लगायतका शहरमा किशोर किशोरीले गँड्यौला खेती गरेका छन् ।
ताम्रकारका अनुसार काठमाडौंका प्रायजसो घरमा गँड्यौला खेती हुन्छ । ताम्रकारले भने, ‘मैले नै चार पाँच हजार जनालाई गँड्यौला पाल्ने र बिक्रि गर्ने तरिकाबारे तालिम दिएकी छु ।’ यो पेशामा अहिले बेरोजगार र कृर्षि पढेकाको जमात बढेको उनले बताए ।
इनारको पानी सुक्दा समस्या
हिमा उपाध्याय
सुर्खेत, २८ जेष्ठ ।

बढ्दो घर्मीका कारण वीरेन्द्रनगर, लाटीकोइली, उत्तरगंगा, जर्वुटा सहितका सुर्खेत उपत्यकाभित्रका इनारहरु सुक्न थालेका छन् । इनारमा पानीको मात्रा घट्नुका साथै इनार सुक्दा उपत्यकाबासी समस्यामा परेका छन् ।
झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेका धारामा हप्तामा एक पटक पानी आउने गरेको स्थानीयबासीन्दाको गुनासो रहेको छ । स्रोतमा पानीको मुहान घट्दै गएपछि दैनिक आवश्यकता भन्दा धेरै कम मात्र पानी वितरण गरिएको संस्थाले जनाएको छ ।
‘धारामा पानी आउँदैन, गाउँघर वरपरका इनार समेत सुक्न थालेका छन् । यस्तो खडेरी विगतका बर्षमा परेको थिएन’–लाटीकोइली–१ का दलबहादुर नेपालीले भने ‘यसरीनै घर्मी बढ्दै गएमा खानेपानीनै नपाएर ठुलौ विनास निम्तिन सक्छ ।’
बढ्दो गर्मीसंग खानेपानीको समस्या सुर्खेत उपत्यकाको मात्रै नभएर उपत्यका बाहिरको पनि समस्या उस्तै रहेको छ । खानेपानीको मुख्य स्रोतको रुपमा रहेको ईनारहरुमा पानीको मात्रा घटदै गएपछि सुर्खेतको पश्चिम बिजौरा–३ रेक्चाका स्थानीयबासिहरु कस्टकर जिवन बिताईरहेका छन् ।
१ सय ५० घरधुरीका झण्डै ८ सय बढि जनसङख्याका लागी जिल्ला विकास समिति सुर्खेत र गाविसको सहयोगमा निर्माण गरिएका इनारहरु लामो खडेरीका कारण सुक्दैगएपछि स्थानीयबासीनै कस्टकर जिवन बिताउँन बाध्य भएका हुन् ।
खानेपानीको समस्या बढद्ै गएपछि अहिले उक्त वडामा दैनिक प्रतिपरिवारका दरले २० लिटर मात्र पानी बितरण गरिँदै आएको छ । ईनारमा चौकीदारको अनुमतिबिना यदि कसैले पानी निकालेका खण्डमा ५ सयदेखी १ हजारसम्मको जरीवाना तिराईने ब्यवस्था गरिएको छ ।
पानी अभावका कारण उक्त वडामा निजी स्रोतबाट संञ्चालन गरिएको जनकल्याण निमाविमा अध्ययनरत साढे २ सय बिद्यार्थीहरु समेत खानेपानीको मारमा परेका छन् । खानेपानीका लागी गाविस जिविस तथा क्षेत्रीय खानेपानी तथा विभिन्न राजनीतिक दलहरुसंग पटक पटक हारगुहार गर्दा समेत वेवास्था गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल वि.सि.ले बताए । तत्काल खानेपानीको ब्यवस्था गर्न त्यहाँका स्थानीयबासिले सरोकारवाला सबै निकायसंग आग्रह गरेका छन् ।
फोहोर व्यवस्थापनमा बार्षिक ३० लाख बढी खर्च
फोहोरबाट मोहर बनाउने योजना असफल
खेमराज वली
सुर्खेत, २८ जेष्ठ ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्नका लागि बार्षिक ३० लाख भन्दाबढी रकम खर्च गर्ने गरेको छ । फोहोर संकलन र व्यवस्थापनका लागि लाखौं रकम खर्च गरेपनि उपलब्धी भने अपेक्षाकृत हुन सकेको छैन् ।
वीरेन्द्रनगर क्षेत्रबाट निस्किएको फोहोरलाई मोहर बनाउने योजना समेत असफल भएको छ । नगर क्षेत्रबाट निस्कने कुहिने र नकुहिने फोहोरलाई बर्गिकरण गरि छुट्टा छुट्टै संकलन गर्ने योजना दुई बर्ष अघि नगरपालिकाले ल्याएको थियो ।
सोही योजना अनुसार नगर क्षेत्रमा राखिएका सफा घर समेत संरक्षण नहुँदा र उपयुक्त प्रयोगको अभावमा उल्टै फोहोर बढ्न थालेपछि नगरपालिकाले कार्यालय परिसरमा लिएर केही थन्काएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नगरपालिकाका विभिन्न क्षेत्रमा ११ वटा सफा घर राखेको थियो ।
नगरपालिकाले लिएको उद्देश्य अनुसार उक्त घरहरु प्रयोग हुन नसकेको प्रशासन तथा सामाजिक शाखा अधिकृत प्रकाश पौडेलले बताए । निर्माण गरिएका ११ वटामध्ये हाल चार वटा मात्रै सञ्चालनमा आएका छन् । सफाघरहरु जिर्ण भएपछि हाल नगरपालिकाको कार्यालयमा थन्काइएको छ । उक्त सफाघर निर्माण गर्नका लागि लाखौं रकम खर्च गरिएको थियो ।
सफाघरमा वर्गिकरण गरी छुट्याएको फोहार मंगलगडी चोक नजिकै निर्माण गरिएको कम्पोष्ट घरमा संकलन गरी मल उत्पादन गरेर कृषकहरुलाई सहुलियतमा मल विक्रि गर्ने नगरपालिकाले योजना बनाएको थियो । सफाघरको सहि प्रयोग हुन सक्दा कम्पोष्ट मल उत्पादनको काम पनि असफल भएको नगरपालिका सामाजिक शाखा अधिकृत पौडेलले बताए ।
फोहोर व्यवस्थापनका लागि जनताहरु नै आफै जागरुकहुनुपर्ने भन्दै दुई सय ५० वटा कक्पोष्ट जडिन (फोहोरबाट कम्पोष्ट मल बनाउने भाँडा) वितरण गरिएको थियो । नगरबासीले घरबाट निस्केको फोहोर कम्पोष्ट बनाई घर वरीपरीकै करेसाबारीमा प्रयोग गर्ने सहयोग पु¥याउने उद्देश्यले कम्पोष्ट विन (भाँडा) वितरण गरिएको थियो । वितरण गरिए पनि हाल करिब २५ वटा मात्र प्रयोगमा आएको नगरपालिकाले बताएको छ ।
नगरपालिका बजार क्षेत्रबाट दैनिक रुपमा करिब तीन टन फोहोर निस्कने गरेको छ । प्लास्ट्रिक पसल र मण्डिहरुबाट सबै भन्दा बढि फोहोर निस्कने गरेको हो । वीरेन्द्रगर–६ का घण्टाघरलाईन, बसपार्कलाईन, मंगलगढिचौक, मुख्य बजार, होटल भएको क्षेत्र, विभिन्न अस्पताल भएको स्थान, औद्योगिक क्षेत्र लगायतका स्थानबाट बढी फोहोर संकलन हुने गरेको छ ।
दैनिक रुपमा यसरी निस्कने फोहोर व्यवस्थापन भने हुन सकेको छैन् । वीरेन्द्रनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रको फोहोर व्यवस्थापन कार्य गरेपनि पूर्णरुपमा फोहोर व्यवस्थापन हुन सकेको छैन् । दैनिक तीन टन फोहोर निस्किए पनि दिनमा साढे एक टन फोहोरको मात्रै व्यवस्थापनगर्न सकिएको नगरपालिकाका सामाजिक शाखा अधिकृत पौडेलले जानकारी दिए ।
उनले नगर क्षेत्रको फोहोर नगरपालिकाको कार्यालयको प्रयासले मात्रै कहिल्यै पनि व्यवस्थापन गर्न नसकिने बताए । नगरपालिकाले बार्षिक सरसफाईका लागि नियमित ३० लाख रुपैयाँ खर्च गर्दै आएको उनले बताए ।
यो बर्ष मात्रै नगर क्षेत्रको फोहोर व्यवस्थापनको लागि पूर्वाधार निर्माणमा ४७ लाख रकम खर्च गरिसकिएको पौडेलले बताए । पौडेलले फोहोर व्यवस्थापनमा बर्षेनी जनताको करबाट आम्दानी भएको रकम लगानी गर्नुपरेकोले जनतालाई घाटा भएको बताएका छन् । ‘यति रकम विकास निर्माणको कार्यमा लगाएमा धेरै फाईदा हुने थियो । एकातिर बर्षेनी सरसफाईको लगानी बढ्दै छ अर्को तिर उपलब्धी शुन्य जस्तै छ’–उनले बताए ।
बजारको फोहोर व्यवस्थापनमा टोल विकास समितिले सहयोग गरेका छन् । वीरेन्द्रनगर–६ हटियालाईनमा पावर टेलरको प्रयोग गर्ने गरिएको छ भने तल्लो बजार मंगलगढी क्षेत्रको फोहोर टोल विकास समितिले व्यवस्थापन गर्दै आएको छ । तल्लो बजारमा दुई वटा रेक्साको माध्यमबाट दैनिक रुपमा फोहोर व्यवस्थापन गरिएको जनाईएको छ ।
फोहोर व्यवस्थापन गर्ने क्रममा प्लास्ट्रिक जन्य बस्तुहरुको संकलन समेत गरेर विक्रि गरेको बताएको छ । कुइनेपानीमा संकलन गरिएको करिब १० हजार बराबर प्लास्ट्रिक विक्रि गरिएको बताइएको छ । कुइनेपानीमा जम्मा गरिएको फोहोरमा लगाइएको आगोको धुवाले भने नजिकैका स्थानीयबासी तथा रङ्गशालामा खेल्न आउने खेलाडिहरुलाई असज बनाएको उनीहरुले बताएका छन् । नगरपालिकामा सञ्चालन भएका विभिन्न नर्सिङ् होम, मेडिकलबाट निस्कने फोहोर भने फोहोर व्यवस्थापन ऐन २०६८ अनुसार सम्बन्धित क्षेत्रलेनै व्यवस्थापन गर्नुपर्ने प्राब्धान रहेको छ ।

Saturday, June 9, 2012

खुल्ला दिसामुक्त अभियान
घोषणा हुन्छ, अनुगमन हुँदैन
खेमराज वली
सुर्खेत, २७ जेष्ठ ।

जिल्लालाई सन २०१५ सम्म खुल्ला दिसामुक्त घोषणा गर्ने उद्देश्य अनुरुप जिल्लामा अभियान संचालन भएको छ । खुल्ला दिसामुक्त घोषणा अभियान अन्तरगत जिल्लाका १२ गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । खुल्ला दिसामुक्त घोषणा भएपनि त्यसको अनुमगनको कार्य भने हुन सकेको छैन् ।
खुल्ला दिसामुक्त घोषणा गर्नु अघि विभिन्न चरणमा चेतनामूलक गतिविधि, कार्यक्रमहरु संचालन गर्ने गरिन्छ तर घोषणा पछि त्यसको बारेमा अनुगमन प्रभावकारी नहुँदा घोषणा उलंघन भएको अभियानताहरुको भनाई रहेको छ ।
पक्की शौचालय सहित खुल्ला दिसामुक्त घोषणा भएका गाविसहरुको अनुगमन नहुँदा घोषणा फितलो भएको खुल्ला दिसामुक्त अभियानकर्मी तथा प्रशिक्षक विनोद लम्सालले बताए । उनले भने ‘खुल्ला दिसामुक्तको लहरमा सबैले कच्चीनै भएपनि चर्पी बनाउँछन् । तर अनुगमन संयन्त्र नहुँदा पछिल्लो घोषणा उलंघन भएको हुन सक्छ ।’
गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त घोषणा गर्नुभन्दा पहिले वडा स्तरीय, गाविस स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन गर्ने गरिन्छ । गठन गरिएने समन्वय समिति संचालन निर्देशिका, भूमिका, जिम्मेवारी, काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट कुनैपनि व्यवस्था नहुँदा गाविस सचिवहरु अन्यौलमा पर्ने गरेका छन् ।
केहि महिना अघि घोषणा गरिएको सालकोट गाविसका गाविस सचिव एवंम समन्वय समितिका अध्यक्ष तिलकराम अधिकारीले जिल्ला विकास समितिलेनै खुल्ला दिसामुक्त घोषणा र त्यसका बारेमा जिल्लाबाटै भूमिक, जिम्मेवारी सहितको निती बनाई कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले भने ‘खुल्ला दिसामुक्त घोषणा त भयो तर त्यसको अनुगमन हुन सकेको छैन् । घोषणा गरिएका गाविसहरुको जिल्ला स्तरबाट पटक पटक अनुगमन गरिनुपर्छ ।’ घोषणापछि अनुगमन नहुँदा निर्माण गरिएका पक्की शौचालय पनि प्रयोग नभएका र कच्ची शौचालय पनि भत्किएको अवस्थामा रहेको स्थानीयबासीन्दाको भनाई रहेको छ ।
जिल्लामा संचालन भएको खुल्ला दिसामुक्त अभियानलाई सफल पार्न गाविस सचिवहरुले प्रत्येक गाविसको बार्षिक बजेटबाट २० प्रतिशत विनियोजन गर्ने प्रतिवद्धता गरेका छन् । जिल्लाका सम्पूर्ण गाविस सचिवहरुकाबीचमा आयोजना गरिएको दुई दिने क्षमता अभिवृद्धि गोष्ठी पछि सचिवहरुले आ–आफ्नो गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति सहित कार्ययोजना निर्माण गरेका थिए । उक्त प्रतिवद्धता कार्यान्वयन भएको छैन् । गाविसको कूल पुँजीगत बजेटबाट कम्तिमा २० प्रतिशत रकम सरसफाई प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न छुट्याउने गाविस सचिवहरुले प्रतिवद्धता गरेका थिए । गाविसले कार्यक्रम संचालनका लागि अन्य आर्थिक स्रोत जुटाउन पहल गर्नुका साथै आवश्यक संख्यामा दुतको व्यवस्था गर्ने सचिवहरुले प्रतिवद्धता गरेका थिए । गाविस सचिवहरुले गरेको प्रतिवद्धता कार्यान्वयन नहुँदा जिल्लाको सरसफाई अभियान प्रभावित भएको छ । घर घरमा चर्पी निर्माण गरी खुल्ला ठाउँमा दिसा पिसाव गर्ने गलत बानिलाई सुधार गर्न अभियान संचालन गरिएको हो । मध्यपश्चिमाञ्चल विकास क्षेत्र र सुर्खेतको जिल्ला स्तरमा छलफल सहित कार्ययोजना निर्माण गरिएको थियो । सुर्खेतका गुमी, जर्वुटा, दशरथपुर, दहचौर, बाबियाचौर, रतु, लेखफर्सा र सालकोट गरी १२ वटा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।
खानेपानी आयोजनाको २० प्रतिशत रकम सरसफाइमा लगानी गर्ने जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिले निर्णय गरेको छ । खानेपानी आयोजना सञ्चालन भएको समुदायमा सरसफाइलाई प्राथमिकता दिने, खानेपानी आयोजिना सम्पन्न हुँदा शतप्रतिशत घरधुरीमा शौचालय सुनिश्चित गर्ने लगायतको रणनिती तयार गरिएको छ । त्यसैगरी विद्यालय, स्वास्थ्य चौकीहरु र सार्वजनिक भवनहरु निर्माणगर्दा शौचालय समेत निर्माण गर्ने, जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिले चर्पी निर्माणका लागि व्यक्ति÷समुदायलाई प्रदान गरिने सहयोग रकममा एक रुपता कायम गर्ने, न.पा.÷गा.वि.स. मार्फत खानेपानी सरसफाई सम्बन्धी स्थानीय श्रोतव्यक्ति तयार गर्न तालिम कार्यक्रम सञ्चालन गर्ने र सबै न.पा.÷गा.वि.स.हरुमा सिएलटिएस पद्धति लागु गर्ने समेत योजना बनाईएको छ ।
उत्तरगंगा गाविस, सालकोट, छिन्चु लगायतका कम गाविसहरुले मात्रै प्रतिवद्धता अनुसारको रकम विनियोजन गरेका थिए । सालकोट गाविस खुल्ला दिसामुक्त घोषणा भैसकेको छ भने अन्य दुई गाविस सहित लाटीकोइली गाविस पनि खुल्ला दिसामुक्त घोषणाको तयारीमा रहेका छन् ।
लाटीकोइली गाविसका सचिव नवराज थापाले बजेट बिनियोजनमा राजनीतिक दलका प्रतिनीधिको भूमिका महत्वपूर्ण हुने बताउँदै पहिले राजनीति दलका प्रतिनीधिहरुलाई सरसफाईका विषयमा जानकारी गराउनुपर्ने बताए । उनले ‘भने हामी त सरसफाईका विषयमा प्रतिवद्ध छौं तर गाविसको सर्वदलिय संयन्त्रमा हुने प्रतिनीधिहरु भने बजेट छुट्टयाउँदा बाटो, विद्यालयलाई प्रमुख प्राथमिकता दिने गरेका छन् ।’
सेडाले शिक्षण अस्पताल संचालन गर्द
हिमा उपाध्याय
सुुर्खेत, २७ जेष्ठ ।
सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी प्रा.ली.(सेडा) ले निकट भविष्यमै ५० शैयाको शिक्षण अस्पताल संचालन गर्ने तयारी गरेको जनाएको छ । सेडाको चांैथो बार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उक्त जानकारी गराएको हो ।
साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष गोमा गिरीले सुर्खेतमा ५० शैयाको शिक्षण अस्पताल खोल्ने योजनामा रहेको बताइन् । उनले आगामी बर्षदेखि विज्ञान विषयमा ११ र १२ सञ्चालन गर्ने कार्यक्रम पनि रहेको उल्लेख गर्दै यस संस्थाले सञ्चालन गरेको एच.ए. नर्सिङ्ग र स्कुल तर्फ भएको प्रगतिको विवरण प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी विद्यालयको आर्थिक प्रतिवेन प्रस्तुत गर्दै २०६८ सालमा जम्मा आम्दानी दुई करोड ६० लाख ४५ हजार चार सय, खर्च एक करोड २६ लाख ४२ हजार ६७ र वचत एक करोड ३५ लाख तीन हजार छ सय ३३ रुपैयाँ भएको उल्लेख गरिएको छ ।
यस आर्थिक वर्षमा कुल खर्च कटाई एक करोड ६० लाख २० हजार सात सय ४८ रुपैँयाँ आम्दानि हुने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्रि तथा सभासद् यामलाल कंडेलले मुलूकको जटिल राजनीतिक अवस्थाले शिक्षा क्षेत्रलाई प्रभावित पारिरहेको अवस्थामा सेडाले गुणस्तरीय शिक्षाका लागि गरेको प्रयास अतुलनिय भएको बताए ।
उनले गुणस्तरनै शैक्षिक क्षेत्रलाई मापन गर्ने कडि भएकोले सुर्खेती जनताको अपेक्षालाई मध्यनजर गर्दै विद्यालय राजनीति भन्दा टाढा रहेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा संस्थाका प्रबन्धक महेन्द्रप्रसाद गिरीले प्राविधिक शिक्षाका लागि यस क्षेत्रका विद्यार्थीहरु काठमाडौं लगायतका स्थानमा जानुपर्ने बाध्यतालाई समेत यस विद्यालयले अन्त्य गरेको बताए ।
उनले सेडा यस क्षेत्रका विद्यार्थीलाई सस्तो शुलभ र गुणस्तरीय शिक्षा दिने एक प्रमुख गन्तव्यका रुपमा स्थापित भएको समेत दावि गरे । उनले गुणस्तर शिक्षा दिनका लागि शिक्षाको विकासमा सेडा प्रा.लि.ले प्राविधिक शिक्षामा पनि निकै जटिल विषयका रुपमा रहेका जनरल मेडिसियन र नर्सिङ्गबाट सुरु गरेको बताए । गिरीले आफ्नै शिक्षण अस्पतालको निमार्ण गरी आगामी दिनमा आफुहरु अगाडि बढ्ने समेत बताएका छन् ।
साधारण सभामा पदाधिकारीका तर्फबाट डिलाराम भण्डारी, क्षेत्रीय शिक्षा निर्देशनालयका गीता भारती, शेयर धनी डा. नारायणप्रसाद पौडेल, एन–प्याव्सनका अध्यक्ष सञ्जयकुमार मल्लिक, पब्लिक साइन्स क्याम्पस नेत्रबहादुर खत्री, शिव उच्च मावि धुलियाविटका अध्यक्ष विनोद ढकाल, र अभिभावक नारायणदत्त लामिछाने लगायतले शिक्षा र सेडाको भूमिकाको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
हाल कक्षा १० सम्ममा अध्ययन हुने सेडा आवसिय विद्यालय, सिटिभिटिबाट सम्बन्धन लिई तीन बर्षे स्टाफ नर्स र तीन बर्षे जनरल मेडिसियनको एच.ए. कार्यक्रमको कक्षा सञ्चालन गरिरहेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष गोमा गिरीको सभापतित्व तथा पूर्व सभासद यामलाल कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयले सुविधा सम्पन्न छात्रावास सहित आवासिय कक्षाहरु संचालन गरिरहेको छ भने आफ्नै सवारी साधनमार्फत विद्यार्थीलाई सर्वशुलभ यातायातको सुविधा प्रदान गरेको छ ।
सुर्खेतमा अदुवा र बेसार प्रशोधन उद्योग 
दीपक बुढा
सुर्खेत, २७ जेष्ठ ।

जेष्ठ महिना भित्रै आर्गानिक कृषि उपज प्रशोधन उद्योग सञ्चालनमा आउने भएको छ । उद्योग मार्फत यस क्षेत्रमा उपलब्ध हुने अदुवा र बेसार संकलन, भण्डार, प्रशोधन र बजार व्यवस्थान गरिने भएको छ । उज्वल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगरले उक्त उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
व्यावसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) सल्लाघारी काठमाण्डौंको अनुदान सहयोग र संस्थाकै केही रकमले उद्योगको सञ्चालन गर्न लागिएको उप–आयोजना व्यवस्थापक नन्दराम शर्माले जानकारी दिए । उद्योगका लागि जम्मा ४० लाख ७१ हजार पाँच सय लगानी गरिएको छ । जसमध्ये व्यावसायीक तथा कृषि आयोजनाले उद्योग सञ्चालनका लागि १७ लाख ६२ हजार दुई सय अनुदान सहयोग गरेको छ भने सहकारीले २३ लाख नौ हजार दुई सय लगानी गरेको छ ।
यही महिनादेखि नै सञ्चालन गर्ने तयारीमा रहेको र आवश्यक मेसिनहरु पनि ल्याइसकेको व्यवस्थापक शर्माले बताए । एक लाख ७० हजार पाँच सय लागतको एफ.एफ.एस मेसिन (धुलो बनाउने), १२ हजारको प्याडल सेलर, एक लाख बीस हजारको ग्रेडर मेसिन र १२ हजारको इलेक्टोनिक तराजुको खरिद संस्थाले गरिसकेको छ ।
उद्योग कालागाउँमा सञ्चालन गरिने बताइएको छ । उद्योग सञ्चालनका लागि मेसिन जडान गर्ने तयारी समेत भएको बताइएको छ । साथै मेसिन चलाउने अपरेटरहरु आएपछि उद्योग तत्कालै सञ्चालन गरिने उनले बताए । उद्योग सञ्चालन पश्चात प्रशोधन गरिएका वस्तुहरुलाई प्याकिङ्ग गरेर बजार सम्म लैजाने बताइएको छ ।
उद्योगको स्थापनामा सबै भन्दा पहिला यस क्षेत्रमा प्रसस्त मात्रामा पाईने अदुवा र बेसारका प्रशोधन गरिने बताइएको छ । उद्योग सञ्चालन हुने निश्चित भएपछि सहकारीले अदुवाको पनि संकलन गरेको छ । संस्थाले हालसम्ममा प्रशोधन प्रक्रियाको लागि एक सय २० क्वीन्टल अदुवा संकलन गरेको हो । साथै वेसारको पनि प्रशोधनका लागि संकलन गरिने बताइएको छ ।
यस क्षेत्रमा उत्पादन हुने अदुवा, वेवसार लगायतका वालीले मुल्य नपाउने भएकोले प्रशोधन उद्योगको आवश्यक भएको हो । अदुवाको भण्डारण गर्ने ठाउँ पनि नभएको र लामो समय सम्म भण्डार गरेर राख्न नसकिने भएकोले सस्तो मुल्यमा विक्रि गर्न कृषक वाध्य भएका छन् । अदुवाका लागि मध्यपश्चिमको सल्यान सबै भन्दा बढी प्रख्यात रहेको छ । त्यस्तै सुर्खेत, दैलेख, प्यूठान, जाजरकोट लगायतका स्थानहरुमा पनि अदुवाको उतिकै उत्पादन हुने गरेको छ ।
यस क्षेत्रमा उत्पादन भएको बेसार, अदुवा, आँप, खशी, बोका बाहय जिल्ला निकासी हुने गरेको छ । बाँके, बर्दिया, पोखरा, विराटगनर, बुटवल, काठमाण्डौं लगायतका जिल्लामा यस क्षेत्रमा उत्पादित खशी, बोका, बेसार, अदुवा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालयको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुर्खेतको पश्चिम क्षेत्रमा वेसारको समेत राम्रो उत्पादन हुँदै आएको छ । जिल्ला विकास समितिले सुर्खेतले समेत कृषि उत्पादनलाई प्रोत्साहन नीति लिएको छ । फलफुलमा आँप, पशुपालनमा बाख्रा, मसलाबालीमा अदुवा र बेसार खेतीलाई प्रोत्साहन गर्न विशेष अनुदानको व्यवस्था गरिएको स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
कृषकहरु सामूहिक योजना सहित आएमा आँप, बेसार र अदुवा खेती तथा बाख्रापालन व्यवसाय संचलन गर्न चाहने कृषक समूहहरुलाई २५ हजार सम्म अनुदानको व्यवस्था गरिएको स्थानीय विकास अधिकारी रेग्मीले बताए ।
जडिबुटी प्रशोधन केन्द्र अन्यौलमै
नेपालकै ठूलो जडिबुटी संकलन तथा प्रशोधन केन्द्रका लागि उपत्यका नगर विकास समितिले जग्गा दिन नसक्ने बताएपछि प्रशोधन केन्द्र निर्माण अन्योलमा परेको छ । सरकार र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा निर्माण गर्न लागिएको केन्द्रका लागि नगर विकास समितिले निःशुल्क जग्गा उपलब्ध गराउन नसकिने जनाएको छ ।
व्यापारिक प्रयोजनका लागि केन्द्र स्थापना गर्न लागिएकाले निःशुल्क जग्गा दिन नसकिने समितिका अध्यक्ष ईश्वरभक्त सुनारले बताए । उनले भने,‘व्यापारिक प्रयोजनका लागि निर्माण गर्न लागिएको प्रशोधन केन्द्रबाट उपत्यका नगर विकास समितिले लाभ लिन नसक्ने भएकाले जग्गा दिन नसकिएको हो ।’ भाडामा भने जग्गा दिन सकिने उनले बताए ।
राजनीतिक दलहरुले नगर विकासले जग्गा उपलब्ध गराउने भन्दै केन्द्र स्थापनाका लागि लगानी भित्रयाउन खोजे पनि विकास समितिको बोर्डमा कुरा नभएकाले केन्द्रले जग्गा नपाएको हो । जग्गाको टुंगो नलाग्दा केन्द्र निर्माण कार्य अन्योलमा परेको छ । सरकारले केन्द्रका लागि विनियोजन गरेको ६० लाख रुपैया“ पनि फ्रिज हुने सम्भावना बढेको छ । ८३ लाख रुपिया“मा निर्माण गर्ने भनिएको केन्द्रका लागि सरकारले ६० लाख रुपिया“ छुट्याइसकेको छ । बा“की २३ लाख रुपिया“ उद्योग वाणिज्य महासंघले छुट्याउनुपर्ने बताइएको छ ।
असार मसान्तसम्म केन्द्रको भौतिक संरचना निर्माण कार्य सुरु गरेमात्रै सरकारले अर्को वर्ष पनि बजेट विनियोजन गर्नेछ । असार मसान्तसम्म निर्माण कार्य सुरु नगरे रकम फ्रिज हुने र केन्द्र पनि अन्यत्रै सर्ने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । उनले तत्काल जग्गा भाडामा लिएर निर्माण गर्न सकिने अवस्था पनि नरहेकाले नगर विकासस“ग आठ कठ्ठा जग्गा निःशुल्क माग गरिएको बताए । जग्गा निःशुल्क दिन नसकिने नगर विकास समितिबाट जानकारी प्राप्त भएकाले सहुलियत दरमै भएपनि भाडामा लिएर उद्योग स्थापनाको पहल थाल्ने बताए ।

Friday, June 8, 2012


एकीकृत विकासले गाउँको मुहार फेर्न सकिने

आकाश तारा बयक
सुर्खेत, २६ जेष्ठ ।
एकीकृत विकासलेमात्र गाउँहरुको मुहार फेर्न सकिने कृषि विकास मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीले बताउनु भएको छ । शुक्रवार सुर्खेतको कुनाथरी गाविस स्थित बड्डीचौरमा पशु सेवा उपकेन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै चौधरीले सुर्खेतमा कृषि र पशुपालनमा सरकारको लगानी सकरात्मक रहेको बताए । 
उनले अब एकल प्रयासले मात्र विकास गर्न नसकिने भएकाले सबै क्षेत्रको संयुक्त लगानीबाट अगाडी बढ्नु पर्नेमा जोड दिए ।  सुर्खेतको बड्डीचौर पशु र तरकारीलागि उर्वरभूमी रहेको भन्दै सकरात्मक सोचका साथ सरोकारवाला र जनता मिलेर काम गरे गाउँको विकास गर्न समय नलाग्ने चौधरीको भनाई छ । 
त्यस्तै कृषि विकास मन्त्रालयका उपसचिव प्रभाकर पाठकले तराईमा फल्ने तरबुजा सुर्खेतको बडड्ीचौरमा किसानले फलाएको देख्दा यो देशको ताकत किसानको हातमा रहेको बताए । उनले भने, मेहनत गरे के हुन्न, ‘माटोको ताकतलाई चिन्न सके माटो पनि सुन हुन्छ । 
जिल्ला विकास समितिको ३ लाख, कुनाथरी गाउँ विकास समितिको १ लाख ५० हजार, जिल्ला पशु सेवा कार्यालयको १ लाख र त्यति नै बराबरको  ५० प्रतिशत जनश्रमदानद्वारा पशु सेवा उपकेन्द्रको दुई कोठे भवनको निर्माण भएको हो ।  

निर्माण हुँदा यस क्षेत्रका करिव ४ गाविसका ५० हजार कृषक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । हाल उपकेन्द्रमा संचालित खसी बोका संकलन केन्द्रबाट वार्षिक १८ देखि २० हजार खसी बोका देशका विभिन्न ठाउँहरुमा निर्यात हुने गरेको कुनाथरीका गाविसका पूर्व गाविस अध्यक्ष ताराकेशर गौतमले बताए । 
उनका अनुसार अहिले यहाँका कृषक ३० वटा उन्नत जातका गाई भारतबाट निर्यात गरेर मनग्य आम्दानी गरिरहेका छन् । विद्युतिकरणको अभावमा उत्पादन गरेको दुध संकलन गरी वीरेन्द्रनगर बजारतर्फ ल्याउन समस्या रहेको पूर्व  गाविस अध्यक्ष गौतमले बताए ।
उनले यस क्षेत्रमा पशु विमा नहुँदा कृषकले गरेको लागि लगानी डुव्ने डरले अन्य कृषकहरु समेत गाई पालन व्यवसाय गर्न हच्किएको बताए । साथै कृषिजन्य उत्पादनको ढुवानी गर्ने साधनको अभावले उत्पादित वस्तुहरुको निर्यात गर्न नसकिरहेको जनाईएको छ ।

पशुसेवा उपकेन्द्र कुनाथरीमा कृत्रिम गर्भादान सेवा सुरु भएपछि गत बर्ष २९ वटा उन्नत जातका गाईको संख्या बढेको थियो । यो बर्ष पुनः ५० वटा गाईको संख्या थपिएको केन्द्रका प्रमुख मोहन गिरीले बताए ।
उनले कुनाथरीमा मध्यपश्चिमकै नमूना बाख्रा विकास केन्द्र फर्म निर्माणको अन्तिम तयारीमा रहेको जानकारी दिए । बसी, बोका संकलन हाट बजार, घाँस विकास र पशु बधशाला आवश्यक रहेको जनाईएको छ ।
स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले सुर्खेत पश्चिमको मुख्यद्धार कुनाथरी गाविस रहेकाले यहाँ उत्पादित कृषि जन्य पदार्थले बजार सहज रुपमा पाउने बताए । सुर्खेत–जुम्ला सडकले छोएका कारण कुनाथरी गाविसमा कृषि र पशुपालन व्यवसाय फस्टाउँदो अवस्थामा रहेकाले एक गाउँ एक उत्पादनमा गर्नुपर्नेमा उनले जोड दिए । मासु जन्यमा खशी, फलफुलमा आँप र नगदेबालीमा बसार खेतीलाई जिल्लाले नै प्रमुखताका साथ सहुलियत दिएको स्थानीय विकास अधिकारी रेग्मीको भनाई थियो । सामूहिक रुपमा व्यवसायीक योजना सहित जिल्ला विकास समितिमा आएमा तुरुन्तै २५ हजार रकम अनुदान किसानहरुलाई दिन सकिने उनले जानकारी दिए ।