दीपक बुढा÷ सुर्खेत
‘चंगा जस्तो म पनि उडन पाए माथि,
खोजी–खोजी चन्द्रमालाई बनाउनेथें साथि’
यो वाल गित कक्षाकोठामा गुञ्जीरहेको थियो,र साना–साना विद्यार्थी भाईवहिनीहरु उर्फि–उर्फि रमाई रहेको दृष्य सा“च्चीकै मनमोहक र रमाईलो थियो । कुरा सुर्खेतको पश्चिम कुनाथरी गाउ“ विकास समिति वड्डीचार बौद्धविहार प्राथमिक विद्यालयको हो ।
‘चंगा जस्तो म पनि उडन पाए माथि,
खोजी–खोजी चन्द्रमालाई बनाउनेथें साथि’
यो वाल गित कक्षाकोठामा गुञ्जीरहेको थियो,र साना–साना विद्यार्थी भाईवहिनीहरु उर्फि–उर्फि रमाई रहेको दृष्य सा“च्चीकै मनमोहक र रमाईलो थियो । कुरा सुर्खेतको पश्चिम कुनाथरी गाउ“ विकास समिति वड्डीचार बौद्धविहार प्राथमिक विद्यालयको हो ।
वाल मैत्रीपूर्ण शिक्षण सिकाई कक्षा सञ्चालित बौद्ध प्राविको अन्य विद्यालयको तुलनामा छुट्टै पहिचान रहेको छ । जहा“ विद्यार्थी भाई वाहिवहिनीलाई तपाई भनेर सम्बोधन गरिन्छ, पढाउने क्रममा संधै गितका माध्यमबाट नाचि–नाचि विद्यार्थीलाई पाठ बुझाईन्छ, शिक्षक विद्यार्थीको साथी जस्तै सम्बन्ध रहेको छ ।
गत शैक्षिकसत्रको तथ्याङक अनुसार बाल विकास केन्द्रमा २३ जना, कक्षा–१ म २२ जना, कक्षा–२ मा १६ जना, कक्षा–३ मा ३० जना, कक्षा–४ मा ३३ जना विद्यार्थी रहेको बौद्धविहार प्राविमा अध्यापनका लागि एक शिक्षक सहित ४ जना शिक्षिका रहेका छन् ।
२०६२ सालमा स्थापना भएको बौद्धविहार विद्यालयमा बालमैत्रिपूर्ण शिक्षण सिकाई कक्षा सञ्चालन गर्न शिक्षकहरुलाई ग्रेट तालिम, कक्षा–१ देखी ३ सम्मका विद्यार्थीलाई बस्नका लागि कार्पेटको सहयोग जिल्ला शिक्षा कार्यालय सुर्खेत र समाज जागरण केन्द्र (स्याक) नेपालले गरेका हुन् ।
विद्यालयमा बालमैत्रिपूर्ण कक्षा सञ्चालन नहु“दा पहिले बालबालिका नियमित विद्यालय नआउने, बोल्न डराउने, गृहकार्य नगर्ने, शिक्षकसंग आफ्ना समस्या राख्न नसक्ने गरेको बताउ“छिन शिक्षिका शान्ति थापा ।
‘बाहिरबाट हेर्दा कक्षा कोठामा विद्यार्थीहरु हल्ला गरिरहेको जस्तो महसुश हुन्छ तर सा“च्चीकै कक्षा कोठामा विद्यार्थीहरु गितका माध्यमबाट आफ्नो सिकाईलाई व्यवहारिक प्रयोग गरिरहेका हुन्छन्’ – शिक्षिका थापाले बताईन ।
विद्यालय प्राङगडमा विभिन्न थरीका फुलका विरुवा रोपिएका छन् । विद्यालयको भित्तामा अभिभावक, विद्यार्थी, शिक्षकको छुट्टा–छुट्टा जिम्मेवारी बोध हुनेगरी आचारसंहिता लेखिएको छ । विद्यालयको कार्यालय कोठा सामान्य किसिमको छ एउटा दराज केहि रवटका कुर्चि बाहेक अरु केहि छैनन् तर कक्षा कोठामा समुदायको दृष्यनै झल्कीने गरी खेलौनाहरु राखिएको छ ।
विभिन्न जनावरका चित्र, बाह्रखरी, गितका हरफहरु भित्तामा कोरिएका छन् । विद्यार्थीलाई मनपर्ने धेरै किसीमका खेलौनाहरु राखिएको छ । कक्षा कोठाको दृष्य हेर्दा संग्रहालय भन्दा कम त छैन् ।
विद्यालयको कार्यालय कोठा भन्दापनि कक्षा कोठा बढी व्यवस्थीत र आक्रषक किन ? भन्ने हाम्रो जिज्ञासामा विद्यालयका प्राधानाध्यापिका टीका सीजालीले भनिन –‘अफिस सिंगारेर बाहिरबाट आउने पाहु“नाका लागि राम्रो देखिएला तर विद्यार्थीलाई ज्ञान दिने कुरामा त्यो प्रयोग भने विद्यार्थीकै कक्षा कोठा महŒवपूर्ण हुने गर्छ ।’
दुई बर्षअघि विद्यालय खालि हुनेगरी नजिकैरहेको बोडिङ विद्यालयमा अध्ययन गर्न गएका विद्यार्थीहरु राम्रो पढाई नभएको भन्दै पुनः विद्यालय फर्किएको बताउ“छिन– प्राद्यानाध्यापिका टीका सीजाली ।
बौद्धविहार प्रावि जस्तै उत्तरगंगा गाउ“ विकास समिति वडा नं. ८ तातापानीमा रहेको हरी डिल भूमि प्राथमिक विद्यालयले पनि बालमैत्री कक्षा तथा सक्रिय शिक्षण सिकाई लागु गरेको छ । सुर्खेत जिल्लामा पछिल्लो समय सक्रिय शिक्षण सिकाई तथा बालमैत्रिपूर्ण कक्षा सञ्चालनको अवधारणा लोक प्रिय बन्दै गएको छ । जिल्लामै पहिलो पटक हरी डिल भुमि प्राथमीक विद्यालय उत्तरगंगा–८ तातापानी सुर्खेतले बालमैत्रिपूर्ण कक्षाको अवधारणा सुरु गरेको दावि गरेको छ ।
शैक्षिक सत्र २०६१ सालबाट बालमैत्रीपूर्ण कक्षा तथा सक्रिय शिक्षण शिकाई विद्यालयमा लागु गरिएको बताउ“दै विद्यालयकी प्रधानाद्यापक ईन्द्रा शाही विद्यालयबाट हाल बार्षिक ५० जना विद्यार्थी घटीरहेको बताइन । टोल टोलमा नीजि विद्यालयहरु खोलिएकाले र सरकारी विद्यालय प्रतिको समूदायको विश्वास घट्दै गएकाले विद्यार्थी संख्या घट्दै गएको अनुमान गरिएको छ ।
वि.स २०४६ सालमा स्थापना गरिएको हरी डिल भूमि प्राथमिक विद्यालयको सेवा क्षेत्रभित्र ६ वटा नीजि विद्यालय भएकाले बर्षेनि ५० को हाराहारीमा विद्यार्थी घट्नु, छोरालाई नीजि विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउनु विद्यालयको मुख्य चुनँैति रहेका छन् ।
‘सेवा क्षेत्रमा १७ सय घरधुरी संख्या रहेको छ, छोरालाई नीजि विद्यालयमा र छोरीलाई सरकारी विद्यालयमा पढाउने समुदायमा विभेद भएकाले विद्यालयमा छात्राको संख्या धेरै देखिएको हो’– प्राधानाद्यापक शाहीले बताइन ।
वि.स २०६३ सालमा समूदायमा हस्तान्तरण गरिएको हरी डिल भूमि प्राथमिक विद्यालयमा दलित ५३ प्रतिशत, जनजाति २६ प्रतिशत, अन्य २१ प्रतिशत रहेका छन् भने ६ जना विशेष (अपाड्डता) बालबालिकाले अध्ययन गर्ने गर्छन ।
‘विद्यालयले जिल्लामै पहिलो पटक बालमैत्रिपूर्ण कक्षा सञ्चालनको सुरुवात गरेको हो, पछि समाज जागरण केन्द्र (स्याक) नेपाल, जिल्ला शिक्षा कार्यालयले त्यसको अनुसरण हामीबाट गरेका हुन्’ प्राधानाद्यापक शाहीको दावि रहेको छ ।
जातिय, क्षेत्रीय, लैड्डिय, धार्मिक, सामाजिक आधारमा विभेदरहित, दण्ड रहित शिक्षण, सक्रिय शिक्षण सिकाई, समावेशि शिक्षण, सेवा क्षेत्रभित्रका विद्यालय उमेर समूहका सम्पूर्ण विद्यार्थी विद्यालयमा भर्ना हुनु, अपाड्डतामैत्री शैक्षिक वातावरण हुनु, पुस्तकालय, खेलमैदान, विद्यार्थीको कक्षामा नियमित उपस्थिती बालमैत्रीपूर्ण कक्षा हुनका लागि अवश्यक पर्ने पर्छ ।
त्यसैगरी विद्यालयमा शिक्षक र विद्यार्थीवीचको नाता साथिको जस्तो हुुनु, विद्यार्थीका लागि नियमित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नु, विद्यालय व्यवस्थापन समितिद्वारा नियमित विद्यालयको अनुगमन, विद्यार्थीको मुल्याड्ढन, कक्षा कोठामा सरसफाई, विद्यार्थी–शिक्षक–अभिभावकको आचारसंहिता निर्माण गरि लागु हुनुपर्ने बालमैत्रिपूर्ण विद्यालयका आधारभूत तत्व हुन् ।
बालमैत्रिपूर्ण विद्यालय हुनका लागि आवश्यक पर्ने सम्पूर्ण आधारहरु विद्यालयमा भएको बताउ“दै शिक्षक अभिभावक संघका अध्यक्ष नैना भण्डारीले विद्यालयमा ९५ प्रतिशत उत्तिर्ण र ९६ प्रतिशत विद्यार्थी कक्षामा नियमित उपस्थित हुनेगरेको जानकारी दिईन् ।
विद्यालयमा नियमित अनुगमन, छोरा छोरीको शैक्षिक अवस्थाका बारेमा जानकारी आदान–प्रदान, मासिक बैठक छलफल,अन्तरक्रिया, विद्यालय भर्ना अभियान, पोलियो थोपा अभियान जस्ता कामहरु विद्यालय व्यवस्थापन समितिले सञ्चालन गरिरहेको विव्यस अध्यक्ष वलबहादुर शाहीले बताए ।
३ जना स्थायी, २ जना राहत गरी ५ जना शिक्षक दरवन्दी विद्यालयमा रहेको छ भने प्रयाप्त खेलमैदान, पुस्तकालय, बालमैत्रिपूर्ण शौचालय, खानेपानी, नियमित अतिरिक्त क्रियाकलाप हुने, उचित कक्षा कोठा, विद्यार्थीको अनुपातमा शिक्षक संख्या रहेको छ ।
‘विद्यालयको हाता वरपर धुम्रपान, मध्यपान सेवन तथा विक्रिवितरण निषेध गरिएको छ, पहिले विद्यार्थी के गर्छन, शिक्षक के गर्छन भन्ने समूदायमा वास्ता हु“दैन थियो अहिले त हामी आफै सक्रिय भएका छौ’–विव्यस अध्यक्ष शाहीको भनाई रहेको छ ।
विद्यालयमा बालमैत्रि कक्षा नहु“दा विद्यार्थी नियमित कक्षा नआउने, सानो कक्षाका बालबालिका रुने, शिक्षक देखि डराउने, नियमति गृहकार्य नगर्ने, अतिरिक्त क्रियाकलापमा सहभागि नहुने, अग्लो बेन्च सानो कक्षाका विद्यार्थीका लागि असजिलो हुने जस्ता समस्या देखिने गरेको थियो ।
बालमैत्रिपूर्ण विद्यालयको अवधारणा ल्याउनुभन्दा पहिले बाल विकास कैन्द्र उमेर समूहका १५ जना र विद्यालय उमेर समूहका १० जना बालबालिका विद्यालयभन्दा बाहिर भएपनि पछि उनीहरुपनि विद्यालय भर्ना भएका छन् भने विद्यालय बाहिर एक जनापनि छैन विद्यार्थी नरहेको विद्यालयको दावि रहेको छ ।
विद्यालयलाई बालमैत्रिपूर्ण बनाउनका लागि गाउ“ विकास समिति, जिल्ला शिक्षा कार्यालय, समाज जागरण केन्द्र (स्याक) नेपालले आर्थिक, भौतिक, प्राविधिक, परामर्श सहयोग प्राप्त भैरहेको छ । वि.स २०५१ साल देखि विद्यालयको प्राधानाद्यापक जिम्मेवारी लिनुभएकी इन्द्रा शाही जिल्लाका धेरै विद्यालय मध्यकी एक हुन । जिल्लाका धेरै विद्यालयमा पुरुषको नेतृत्व छ तर महिला प्रधानाध्यपक भएका विद्यालयको संख्या एक दर्जन मात्रै रहेको छ ।
राष्ट्रिय शिक्षा दिवस २०६३ सालमा उत्कृष्ठ शिक्षक मध्यबाट सम्मान पाउ“नु भएकी शाही विद्यालयमा छात्राको संख्या धेरै, विद्यालय व्यवस्थापन, शिक्षक अभिभावक संघ र अभिभावकहरुमा पनि महिलाको संख्या धेरै भएकाले आफ्नो जिम्मेवारी पुरागर्न सजिलो परेको उनको अनुभव रहेको छ ।
जिल्ला सम्पूर्ण विद्यालयमा सक्रिय शिक्षण सिकाई र बालमैत्रिपूर्ण कक्षा लागु गरिएको जिल्ला शिक्षा कार्यालयका हितप्रसाद पौडेललको भनाई रहेको छ । “सवै विद्यालयले लागु गरेका छौं त भन्छन तर त्यसको मापन गर्ने संयन्त्र, आधार नभएकाले एकिन तथ्याङक भने छैन् ।” पौडेलको भनाई रहेको छ ।
No comments:
Post a Comment