दीपक बुढा, सुर्खेत,
लोपोन्मुख, घुुमन्ते, आदिवासी जनजातिको रुपमा रहेको राउटे जातिको कला संस्कृति, दैनिक व्यवहार, रहनसहनमा परिवर्तन भैरहेका छन् । राउटे जाति पहिलेको तुलनामा विस्तारै रुपैयाँ, पैसा, आधुनिक सामाग्रिमा बढी प्रभावित हुने गरेको राउटेका विषयमा जानकार व्यक्तिहरुको प्रतिक्रिया रहेको छ । विगतका बर्षहरुमा पशुपालन गर्दा राम्रो नहुँने भन्दै पशुपालनलाई तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिहरु पछिल्लो समयमा वनजंगल विस्तारै विनास भएकाले वनमा गुना, बाँदर नपाईने भएपछि व्यवसायीक बाख्रापालन सुरु गरेका छन् । सरकारले दिएको भत्ताबाट प्रतिपरिवार ४ वटादेखि ८ वटा सम्म बाख्रापालन गरेका छन् । देउताको पुजा गर्दा होस वा अन्य परिवारममै मासुको प्रयोग गर्दा बाख्राकोनै मासु खाने गरेका छन् ।
लोपोन्मुख, घुुमन्ते, आदिवासी जनजातिको रुपमा रहेको राउटे जातिको कला संस्कृति, दैनिक व्यवहार, रहनसहनमा परिवर्तन भैरहेका छन् । राउटे जाति पहिलेको तुलनामा विस्तारै रुपैयाँ, पैसा, आधुनिक सामाग्रिमा बढी प्रभावित हुने गरेको राउटेका विषयमा जानकार व्यक्तिहरुको प्रतिक्रिया रहेको छ । विगतका बर्षहरुमा पशुपालन गर्दा राम्रो नहुँने भन्दै पशुपालनलाई तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिहरु पछिल्लो समयमा वनजंगल विस्तारै विनास भएकाले वनमा गुना, बाँदर नपाईने भएपछि व्यवसायीक बाख्रापालन सुरु गरेका छन् । सरकारले दिएको भत्ताबाट प्रतिपरिवार ४ वटादेखि ८ वटा सम्म बाख्रापालन गरेका छन् । देउताको पुजा गर्दा होस वा अन्य परिवारममै मासुको प्रयोग गर्दा बाख्राकोनै मासु खाने गरेका छन् ।
राउटे जातिका मुखिया एैनबहादुर शाहीले भने– “हाम्रो मुख्य सिकार बाँदर र गुना जंगलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ सरकारले दिएको भत्ताबाट बाख्रा किनेर पालेका छौंं ।” सामुदायिक वन र राष्ट्रिय वनमा प्रवेश गर्दा कुनै–कुनै ठाउँमा जंगलपनि संरक्षण गर्ने भन्दै अवरोध सृजना गर्नेगरिएको बताउँदै राउटेका मुखिया एैनबहादुरले सरकार, सामुदायिक वन, जिल्ला वन, प्रशासनलाई वनमा प्रवेश गर्ने वातावराण मिलाइदिन पटक पटक आग्रह गर्दै आईरहेका छन् ।
वन जंगल विनाससँगै राउटेको मुख्य आहार जंगली जनावारको लोप भैरहेको छ भने काठका सामाग्रि निर्माण गरी विक्रिवाट खाद्यन जुटाउने उनीहरुको पेशा संकटनमा पर्ने सम्भावना रहेको छ । हाल दिनप्रतिदिन राउटे सामुदायमा गास, बास, कपासको मुख्य समस्या रहेकाले उनीहरुलाई सरकारले दिँदै आएको मासिक भत्ता बढाएर पाँच हजार पुर्याउनुपर्ने, भत्ता समयमै पाउनुपर्ने राउटे मुखिया एैनबहादुरको माग रहेको छ ।
राउटे जातिले पहिले नयाँ व्यक्ति देख्दा डराउने बोल्न नचाहने, फोटो खिच्न नदिने, आफ्ना महिला प्रतिनिधिलाईसंगै नहिडाउने, मुखियाले भनेका सवै कुरा पालना गर्ने गर्थे तर पछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन् । महिलाहरुपनि सार्वजनिक कार्यक्रमहरुमा देखिन थालेका छन् । बाहय मानिसहरुसंग पनि कुरा गर्न थालेका छन् । कसैले बोल्ने इच्छा जागेर प्रयास गरेमा पहिलो उनीहरुको माग रुपैयाँ वा जुरोट, विडि, सुत्ति मध्यका एक वस्तु हुने गरेका छन् ।
खुलेरै आफ्ना समस्या राख्ने गर्छन, पत्रकारलाई धेरै सम्झीने गर्छन, महिला प्रतिनिधिलाईसंगै हिडाउँछन, मुखियाले भनेपनि चित्त नबुझेमा आन्तरीक संघर्ष गर्ने गरेको राउटेका विषयमा अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर रायमाझीले बताए । राउटे जातिको कला संस्कृति, भाषा, दैनिकि, रितिरीवाजका बारेमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतका दुई जना प्राध्यापक गुरुप्रसाद गौतम र केशर रायमाझिले अध्ययन, अनुसन्धान गरिरहेका छन् ।
राउटेका विषयमा अध्ययन गरी रहेका प्राध्यापक रायमाझिले भने– “युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित रहेको छ । उनीहरु विस्तारै आफ्नो दैनिक जिवनलाई आधुनिक संस्कृति अनुसार परिवर्तन गरिरहेका छन्, जंगल विनास हुँदै जानु, जंगलमा बाँदर र गुना पाईन छोड्दा बाख्रापालन गर्न थालेका छन् ।”
राउटेको दैनिक जिवनशैलि सकारात्मक र नकारात्मक दुई किसिमले परिवर्तन भैरहेको र विस्तारै राउटेहरु सामाजिकरणतर्फ उन्मुख भैरहेको बताइएको छ । उनीहरु लागुऔषध प्रयोगकर्ता (अम्मली), पैसामूखि भएका छन्, विस्तारै पशुपालन गर्न थालेका छन्, सरसफाईलाई ख्याल गर्न थालेका छन्, भाषण गर्नमा सिपालु भएका छन्, पत्रकार र सिडियो राउटेको पहिलो सम्वोधन हुने गरेको छ, आफ्ना समस्याहरु खुलेर राख्न थालेका छन् ।
स्थायी रुपमा बस्न नचाहने, वन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको बताउँछन् राउटेका विषयमा अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक गुरुप्रसाद मैनाली । राउटे जातिको वास्तविक तथ्याङ्क कति रहेको छ भन्ने कुरा उनीहरु बताउन चाहँदैनन् राउटेका विषयमा जानकारहरुका अनुसार राउटे जाति एक सय ६५ को संख्यामा रहेको अनुमान गरिएको छ ।
राउटेको प्रमुख बास स्थान सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, बझाङ, बाजुरा, अछाम, रोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ । उनीहरु एक स्थानमा बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन् । आफ्ना सदस्यको मृत्यु भएमा लासलाई त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति सार्ने गर्छन । उनीहरु विरामी भएमा, चोटपटक लागेमा, शरिरमा घाउँ भएमा जडिबुटिको प्रयोग गर्ने गर्छन् ।
राउटे समुदायका बालबालिका कुपोषणको सिकार भैरहेकाले उनीहरुलाई पौष्टिक युक्त आहारको व्यवस्था गर्नुपर्ने, हात खुट्टामा घाउ खटीरा भएकाले स्वास्थ्य विविरमार्फत स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, उनीहरुलाई सामाजिकिरण गर्न मानोविमर्श अनुसार सहयोग गर्दै जानुपर्ने राउटेका विषयमा जानकार व्यक्तिहरुको भनाई रहेको छ । राउटे जाति लगायतका लोपउन्मुख जातिको संरक्षणका लागि सरकारले भत्ता, आवासको कार्यक्रम ल्याएको छ । राउटेलाई सामाजिकरण गर्ने वा यसरीनै जंगली घुमन्ते रुपमै रहने दिने भन्नेमा विवाद रहेको छ ।
हिन्दु धर्म मान्ने राउटे जाति विवाह गर्दा केटाले केटीलाई फकाउने, मागी विवाह गर्ने, नभए मुखियाको सहयोगमा विवाह गर्ने गर्छन । त्यसैगरी मृत्यु संस्कारमा कुनै सदस्यको मृत्यु भएमा ७ दिन सम्म जुठो बार्ने, नुन नखाने तर मासु नियमित खाने गर्छन । उनीहरुको मुख्य जाति कल्याल, रासकोटी, राजवंशी हुन्छ । उनीहरुको कुलदेवता दारेमस्टो हो । राउटेका मुखिया एैनबहादुर, विरबहादुर, डिलबहादुर र सुर्यबहादुर शाही गरी पाँच जना रहेका छन् । राउटे जातिभित्र नेतृत्वका लागि पनि ठुलै विवाह हुने गरेको छ ।
राउटे जातिको उत्थानका लागि मासिक भत्तामा सरकारले बृद्धि गर्नुपर्ने रकम नगद दिँदा दुरुयोग हुने गरेकाले सामाग्रि सहयोग गर्ने तर्फ ख्याल गर्नुपर्ने, स्वास्थ्य उपचारका लागि महिना–महिनामा घुम्टी शिविरको प्रवन्ध गर्नुपर्ने, जातिको संरक्षण गर्ने वा स्थायी रुपमा बसोबार गराउँने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने, बालबालिकाका लागि बैकल्पिक शिक्षाको प्रवन्ध गर्नुपर्ने, महिलाहरुलाई व्यवसायीक सिपमूलक रुचि अनुसारका तालिमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ ।
राउटेहरुको उत्पत्तिका सम्बन्धमा किंवदन्ती ः
कल्याल ठकुरी र रास्कोटी ठकुरी गरी राउटेमा दुई जाति रहेका छन् । कल्याल ठकुरीको सख्या बढी रहेको छ ।
राउटेबारे एक किंवदन्ती ः संसारमा चार जातका मानिस छन् । ब्रहमाका सन्तान ब्राहमण । विष्णुका सन्तान ठकुरी । महेशका सन्तान मगर (मंगोल) र विश्वकर्मका सन्तान लोहर । यीमध्ये विष्णुका सन्तान ठकुरीहरु फकोटमा बस्थे । उनीहरु सात भाई थिए । एक दिन ती सातभाई र बाबु समेत भई भात खान बसेका थिए । ८ वटा थालमा भात पस्किएको थियो । खानेबेलामा माइलो भाई अचानक सन्कियो र बाबुको थालको भात समेत आफ्नो थालमा खन्याएर खान थाल्यो । आफु भोकै बस्नुपर्ने भएपछी बाबु रिसायो र मेरो भाग किन खाइस् ं। मलाई किन भोकै पारिस भन्दै झम्टीयो । अन्य ६ भाइले छुट्याए । त्यसपछी माइलो भाई डरायो र भन्यो भैगो मलाई नमार । मलाई छाडी देऊ । म बरु अन्तै गएर बसुँला । त्यसपछी ऊ भागेर फुकोटको ओरालो झर्दाझर्दा धेरै पर जंगलमा गई काठको काम गरेर घुमन्ते जीबन बिताउन थाल्यो । त्यही माइलो ठकुरीका सन्तान राउटेहरु हुन् । त्यसरी फुकोट लाइ राउटहरुेको मुलथलो मानिएको हो ।
नेपालको महत्वपूर्ण घुमन्ते जाति मध्यको राउटे आफुलाई वनको राजा भएको दावि गर्छन् । भारतको मध्य प्रदेशमा रावत, हिमाञ्चल प्रदेशमा रंका नामका वन मानिस पाईए झै नेपालमा राउटे नामका वन मानिस पाइन्छन । कुसुन्डाजस्तै यो जाति पनि जंगली र घुमन्ते जाति हो । यो अझैसम्म कृषि र पशुपालन पेशा अपनाइर्् नसकेको जंगली जाति हो । यो अझैसम्म कृषि र पशुपालन पेसा अपनाई नसकेको महत्पूर्ण जनजाति पनि हो । यो जातिका बारेमा नेपालीलाईनै राउटेका बारेमा थाहा छैन् र यो जाति पनि नेपाली हो भन्न् ज्ञानसमेत छैन । राउटेलाई मान्छे हो भनौं भने गाउँमा बस्दैन, मान्छे होइन भनौं भने मान्छे हो । राउटेलाई कसै कसैले त नरभक्षी पनि भनेर लेखेका छन् ।
राउटेहरुले आफ्नो उत्पत्तिस्थल पश्चिम नेपालको फुकोट क्षेत्र हालको सेती अञ्चालको सेती नदि र पूर्वमा प्यूठानको माडि नदीको बिचको क्षेत्रलाई बताउँछन् । पूर्वमा प्यूठान र जाजरकोट, पश्चिममा अछाम र डोटी, उत्तरमा जुम्ला, डोल्पा र दक्षिणमा दाड, बाँके, सुर्खेत, कालिकोट, दैलेख जिल्लाका नदि किनार जंगली क्षेत्रमा तिनीहरुको प्रमुख बास स्थान हुन् । जातिपातिका दृष्टिले खेतीपाती गरी राजाको तिरो तिरी खाने र स्वतन्त्रपूर्वक जंगलमा घुम्ने राउटे गरी जम्मा दुई जातमात्र छन् भन्ने गरिन्छ । उनीहरु कहिलेदेखि उक्त क्षेत्रमा छन भन्ने कुराको पुष्टि भईनसके तापनि हजारौं बर्षदेखि बस्दै आएको अनुमा गरिन्छ ।
राउटे शब्दको व्यत्पत्तिका सम्बन्धमा चुडामणि बन्धुले राउटे शब्दबाट राजपुत्र राअउत–राउत–राउते हुँदै राउटे शब्द बनेको अनुमान गरेका छन् । र यिनीहरु आफुलाई राजाका हेपिएका भाईका सन्तान बताउँछन् भनेर लेखेका छन् ।
खानपान ः
राउटेहरुले आफुलाई बनराजाका रुपमा प्रस्तुत गर्दछन् र बाँँदर, ढेडुवाको सिकार गर्छन् । वनका कन्दमुल खान्छन् । गोरस खाँदैनन् । लोग्ने मान्छेहरु सिकार गर्ने, काठका भाँडा बनाउने गर्छन् भने आइमाईहरु दाउरा बटुल्ने कन्दमुल खोज्ने र खाना बनाउने गर्दछन् । राउटेहरु चोट लागे खोटो टाँस्छन् । टाउको दुखे झारपात खान्छन् । घस्नुपर्दा खरानी घस्छन् । झरफुक पनि त्यतीकै गर्छन् । विरामी परेमा स्वास्थ्य उपचार भन्दापनि उनीहरु थामी झाँक्रि बसालेर ग्रह काटने, भुतको भाग फाल्ने गर्छन । यिनीहरु स्याउलाका अस्थायी छाप्रामा बस्छन् तर गाँऊमा कहिल्यै बस्दैनन् । एक ठाउँँँँँँँँमा १५–२० दिन या एक महिना भन्दा बढी पनि बस्दैनन् र एक पटक बसेर छोडेको स्थानमा १२ देखी १४ बर्षको भन्दा अगाडी फर्किदैनन् । यिनीहरु खोलाको बग्ने पानी खाँदैनन् र मूलको पानी मात्र खान्छन् । यिनीहरु रुपियाँ पैसाको संग्रह गर्दैनन् । बन्चरो बछुला भने जहिले पनी साथै लिएर हिड्छन् । यिनीहरु अरुजस्तो गफ ठट्टा गरेर समय बिताउदैनन् बरु खाली समयमा टुनी, खिर्रो, सिमल आदिका काठका आरी, सन्दुस जस्ता भाँडा बनाइरहन्छन् । एक ठाउँबाट उठेर हिडे भने पछाडी फर्केर हेर्दा पनि हेर्दैनन् । कसैको सित्तैमा लिने, झुठो बोल्ने र ठग्ने कहिल्यै गर्दैनन् कसैले ठग्न खोजे रिसाउँछन् । चाडपर्वमा हिन्दु धर्म संस्कारका अन्य जातिका मानिसहरुले जस्तै गरी सेल रोटी बनाउने, माशुको जोडजाम गर्ने र रमाईलोसंग खानपिन गर्ने गरेका छन् ।
भेषभुषा ः
जुत्ता, चप्पल समेत लगाउँन हिचकिचाउँने राउटे जाति अहिले परिवर्तन तर्फ उन्मुख भएको छ । उनीहरु खुट्टाको सुरक्षाका लागि भन्दै जुत्ता, चप्पल लगाउन थालेका छन् । आफैले स्थानीय स्तरमा उत्पादन हुने कपडाको मात्रै प्रयोग गर्ने उनीहरुले आजभोली बजारमा पाइने आधुनिक कपडाको प्रयोग तर्फ विस्तारै आक्रशित हुन थालेका छन् । राउटेका लोग्ने मानिसहरुले लगाउने पोसाक पिठ्युँमा गादो, शिरमा टोपी या फेटा र लँगौटी मात्र हो भने महिलाहरु बुट्टा भएको खस्रो कपडाको घुँडाघुँडाको फरिया र छोटो चोलो लगाउँछन् । जोडोको सयममा ठेटुवाका रुमाल ओडने गर्छन् ।
गहना गहना ः
अन्य जातिका महिलाहरुमा सुनको मोह धेरै हुने भएपनि राउटे जातिमा भने सुनलाई महत्वदिईदैन् । धेरै मूल्य पर्ने भएर होइन पहिले देखिने सुनको प्रयोगलाई राम्रो नमान्ने संस्कारका कारण सुनको प्रयोग नभएको हो । गरगहनामा राउटेहरुमा फलाम, पित्तल, आल्मुनियम बाट बनेका गहना कान, घाँटी र नारीमा लगाउँछन् ।
शारीरिक बनोट ः
सरसफाईमा खासै ख्याल नराख्ने राउटे जाति अहिले परिवर्तन हुँदै गएको छ । यिनीहरुको शरीरको बनोट होचो कद, चोडाछाती छोटा हात खुट्टा बाटीएका पिडौला । पातला दाह्री जुगां, खस्रा केश, शरीरमा कम रौं राउटेको शारिरीक पहीचान हो । राउटेहरुको शारीरिक बनोटमा बारेमा योगी नरहरिनाथ कोमत अनुसार अग्लो कद, रातो बर्ण, सुगठित मांसपेशी, सुदृढ हाड भएका हुन्छन् । शारिरीक बनोटका बिषयमा यात्री र योगी र अन्य कुरामा मिल्दो जुल्दो नै बताए पनि कदका बिषयमा भने बिरोधाभाष छ । एउटाले छोटो कद र अर्काले अग्लो कद बताइनु सायद आ–आफ्नै कदका राउटे भेटाएछन् । शारिरीक सरसफाईमा खासै ख्याल नराख्ने उनीहरु पछिल्लो समयमा सावुनको प्रयोग गरेर नुहाउन्, दारी, जुँगा काटने र सरसफाईलाई महत्वका साथ गर्ने गरेका छन् ।
भाषाशैली ः
आफ्नो मातृ भाषा के हो भन्ने बारेमा अहिलेका राउटेहरुलाई जानकारीनै छैन् । इतिहास विद्धका अनुसार राउटेहरुले बोलने भाषा खाम्ची भाषा हो । यिनीहरु पनि कुसुन्डाहरुले झै दुध खाँदैनन् । हरेक पूर्णिमामा अक्षता र फलपातीले मष्टाको पुजा गर्छन । मष्टा बाहेक भुयाँर र सुर्यको पनि पुजा गर्छन । यो जातिको अनुवांशीक नाता अस्टेलोइट परिवारसंग निकटष्थ रहेको अनुमान समेत गरिएको छ ।
जनसंख्या ः
सुर्खेत, दैलेख, दाङ, कालिकोट, जाजरकोट जिल्लाका भेरी नदि किनारमा बसोबास गर्ने राउटे जातिको एकिन तथ्याङक भने कसैसंग रहेको छैन् । आफ्नो नाम र जनसंख्या लुकाउने उनीहरुले सरकारले दिएको मासिक भत्ता बुझदा समेत बास्तविक तथ्याङक दिने गरेका छैनन् । जनसंख्या बताउँनु धार्मीक रुपमानै बन्देज रहेको राउटेका मुखियाले बताउँछन् । यस क्षेत्रका जंगली क्षेत्रमा पाईने राउटेको संख्या हाल डेढ सयदेखि दुई सयको संख्यामा हुन सक्ने अनुमान गरिएको छ । बालबालिका पनि ४० जनाको संख्यामा हुन सक्ने राउटेका क्षेत्रमा काम गर्ने संस्थाको तथ्याङकले देखाएको छ ।
यिनिहरुको संख्या अधिराज्यभर जम्मा जम्मी २ सयको संख्यामा रहेको मानव शास्त्रिहरुको एक मत रहेको छ । राईनहार्डले चाहि १०५ देखि १४० जना सम्म हुन सक्ने अनुमान गरेका छन् । मेचीदेखि महाकालिको राउटेसम्वन्धी विवरणमा पनि राउटेको संख्या १०४ देखि १४० सम्ममात्र भनिएको छ । २०४८ सालको जनगणनामा भने राउटेको संख्या ९५५ पुरुष र २१२३ महिला गरी २८७८ उल्लेख भएको छ । जसलाई सवै मानव शास्त्रिहरुले गम्भीर त्रुटि भनेका छन् । २०५८ सालको जनगणनाअनुसार यस जातिको जनसंख्या ६५८ जना रहेको छ ।
विवाह प्रथा ः
हिन्दु धर्म मान्ने यो जातिको विवाह प्रथा अन्य जातिको जस्तै रहेको छ । केटाको तर्फबाट केटी माग्न केटाको बुबा र मुखियालाई लिएर जाने गरिन्छ । तर पहिलेको जस्तो मागेर विवाह गर्ने संस्कार हटदै गएको राउटेका मुखिया ऐनबहादुर शाहीले बताए । उनका अनुसार हाल केटा र केटीको मायाप्रिति बसेमा भागेर विवाह गर्ने गरेका छन् । भाजुसंग यिनिहरुको हेलमेल हुने गर्दछ । रास्कोटी र कल्याला ठकुरी गरी दुई जाति भएकाले एक जातिमा नभएरे अन्तरजातिय विवाह गर्ने गरेका छन् । राउटेहरुले विवाह गर्दा बंशान्तर विवाह गर्ने गर्दछन् । एउटै बंशभित्र विवाह गर्नुलाई पाप कर्म ठान्दछन् । विवाह परम्परामा उनीहरुले ब्राहमण तोकेर त्यहि व्यक्ति मार्फत कर्मकाण्ड गर्ने गर्दछन् । १५–१६ बर्षकै उमेरमा यो जातिमा बालविवाह हुनेगरेको छ । बाल विवाहका कारण बालबालिकाहरु अस्वस्थकर जन्मने, कुपोषित हुने, आमा कम्जोर हुने, आमा र बच्चाको ज्यान समेत जोखिममा पर्ने गरेको छ ।
धर्म संस्कृति ः
साउने संक्रान्ति, दशै, पुषे, माघे संक्रान्ति, चैत दशै जस्ता चाडपर्व मान्ने गर्दछन् । दशैमा मान्यजन संग हिन्दु परम्परा जस्तै गरी टीका लगाउँछन् । खसी, कुखुरा, भेडाको बली चडाउँछन् । जाँड रक्सी, मासु खान्छन् । नाच गान गरेर रमाईसंग पर्वहरु मनाउने गर्दछन् । खानामा भात, पुवा खान मन पराउँछन् । अरुले मारेको वा अरुले मारेको जनावर वा आफै मरेको जनावारको माशु खाँदैनन् । बाँदर र गुनाको मासु काचै पनि खान्छन पोलेर पनि खान्छन् । आफैले देखेको जिचमा मात्रै विश्वास गर्दछन् । आफुले बनाएका काठका भाँडा गाउँ गाउँमा पुगि अन्न संग साटेर अन्न लिएर जंगल फर्किन गर्दछन् । आफुले जानेका उखान टुक्कालाई सुनाउने सिकाउने गर्दछन् । जमिनमा अनय परम्परा जस्तै गरी खेती गर्न मन पराउँदैनन् । लोग्ने मानिस नाचछन् तर महिलालाई नाचन दिँदैनन् । आफ्नो घर राउटे भन्दा बाहिर वस्न मन पराउँदैनन र अरुलाई पनि वस्ती, घरमा पस्न र वस्न दिँदैनन् । लोग्न मानिस र विदुवा आईमाई बाहेर अरुलाई गाउँ प्रवेश गर्दैनन् ।
अन्तीम संस्कार ः
राउटेहरु मान्छे मर्दा गाडने गर्छन । गाडदा मृतकका भाँडा, कुँडा कपडा उसले सिकारमा लैजाने जाल, बन्चराको विड, सवै लाससंगै राखेर माटाले पुरिन्छ र माटाले ढुँगाले थिच्ने काम गरिन्छ । मान्छे मरेको १३ दिनमा चोखिने काम हुन्छ । साना बालबालिका मरेमा ९ दिनमै चोखिन्छन् । किरिया वस्दा नुन खाँदैनन् । अरुको घरमा जाँदैनन् । टोपी फेटा लगाउँदैनन् । भात मात्रै खान्छन् । आफ्नै जातिमा एक जनालाई ब्राहमण तोकेर त्यही व्यक्तिमार्फत कर्मकाण्ड गर्ने गर्दछन् ।
No comments:
Post a Comment