सुर्खेत, ७ साउन ।
बचत तथा ऋणको कारोबार गर्ने जिल्लाका केही सहकारीहरुले स्वीकृतिनै नलिई कार्यक्षेत्र विस्तार गरिरहेका छन् । डिभिजन सहकारी कार्यालय, सहकारी विभाग मार्फत कार्यक्षेत्र विस्तारको लागि स्वीकृति दिने प्राव्धान रहेको छ तर स्विकृतिनै नलिई कार्यक्षेत्र विस्तार गरेको जनाईएको छ ।
‘कार्यक्षेत्र विस्तार गर्दा स्वीकृति लिनुपर्छ तर धेरै सहकारीले आफूखुशी कार्यक्षेत्र विस्तार गरिरहेका छन्’ डिभिजन सहकारी कार्यालयका प्रमुख आनन्द सारुले भने । जिल्लाका विभिन्न गाविसमा कार्यक्षेत्र बढाउँदा सहकारीले सेवा केन्द्र भनेर संचालन गर्न स्वीकृति पाउँछन् तर गाउँ गाउँमा शाखा, उपशाखा भन्दै्र सहकारीले काम गरेकाले त्यो नियम विपरित भएको उनले बताए ।
‘कुन कुन सहकारी स्वीकृति विनानै कार्यक्षेत्र बढाएका छन् । हामी अनुगमन गरिरहेका छौं । पहिलो पटक लिखित मौखिक जानकारी गराउँछौं अटेर गरे कार्वाहिका लागि सिफारिस गछौं’ डिभिजन सहकारी प्रमुख सारुको भनाई थियो । जिल्लाका केही सहकारीहरुले लद्युवित्त कार्यक्रम संचालनको नाममा आफुखुशी जिल्लाका विभिन्न गाउँ विकास समितिमा आफ्नो शाखा, उपशाखा कार्यालयका साईनबोर्ड राखी कार्यालय संचालन गरिरहेका छन् ।
जिल्लामा चार सय ८४ वटा सहकारी दर्ता छन् भने जिल्लाका एक दर्जनबढी सहकारी संस्थाहरुले उद्युवित्त कार्यक्रम संचालन गरिरहेका छन् । बचत तथा ऋणको कारोवार गर्ने सहकारीले वचत तथा ऋणको कारोबार गर्नका लागि जिल्लाव्यापी कार्यक्षेत्र बढाउन पाउने प्राव्धान भने छैन् तर पनि लद्युवित्तको नाममा सहकारीहरुले आफ्नो कार्यक्षेत्र विस्तारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
सहकारीको संचालन अनुमति, अनुगमन तथा नियमन गर्ने निकाय डिभिजन सहकारी र सहकारी विभाग भएकाले यी निकायको स्वीकृतिनै नलिई आफ्नो कारोबार संचालन गरिरहेको डिभिजन सहकारी प्रमुख सारुले बताए । राष्ट्र बैंकबाट स्वीकृत लिएर मात्रै बैंकिङ कारोबार संचालन गर्न पाउने कानूनी प्राव्धान रहेको छ ।
सहकारीको प्रकृति अनुसार कार्यक्षेत्र जिल्लाव्यापी गराउन पाईने भएक छन् । सहकारी अनुगमन तथा नियमन मापदण्ड २०६८ ले यस्तो व्यवस्था गरेको हो । जिल्ला व्यापी कार्यक्षेत्र बनाउने अधिकार भने सहकारी विभागमा रहेको छ ।
कम्तिमा २५ जना एउटै पेशा वा पेशागत संगठनका व्यक्तिहरु मिलि प्रारम्भिक सहकारी संस्था दर्ता गर्न सक्नेछन् । यस आधारमा संस्था दर्ता गर्नका लागि पेशा वा पेशागत संगठन खुल्ने प्रमाणहरु समेत पेश गर्नु पर्नेछ । यस्ता संस्थाको कार्य क्षेत्र सदस्यहरुको प्रकृति अनुसार सम्बन्धित निकायको परिसर वा आवेदक सदस्यहरुको ठेगानाका आधारमा बढीमा जिल्लाभर सम्म कायम गर्न सकिनेछ प्राव्धान रहेको छ ।
कानून बमोजिम गठित एउटा पेशागत संगठन अन्तर्गत एक भन्दा बढी संस्थाको दर्ता गरिने छैन । सम्बन्धित पेशागत संगठनको आधिकारिक सहमतिमा मात्र पेशागत संगठनको आधारमा संस्था दर्ता गर्न सकिनेछ । सरकारी संस्थान वा प्राधिकरणका कर्मचारीहरु, सार्वजनिक, सहकारी र निजी कलकारखानामा कार्यरत मजदूरहरु, शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरु, अस्पतालमा कार्यरत कर्मचारीहरु, शहरमा आई बसोबास गरेका कुनै भौगोलिक क्षेत्रका समाजमा संगठित रहेका व्यक्तिहरु मात्र सदस्य हुन सक्ने आधारमा निर्दिष्ट भौगोलिक क्षेत्र वा कार्यालयको परिसर भित्र मात्र कार्यक्षेत्र रहने गरी आफ्ना सदस्यहरु माझ बचत तथा ऋणको कारोवार, सदस्यहरुको सामूहिक हित प्रबद्र्धनका लागि सामाजिक कामहरु र सांस्कृतिक क्रियाकलापहरु संचालन गर्ने उद्देश्य राखी सहकारी संस्था दर्ता गर्न सकिने प्राव्धान रहेको छ ।
औद्योगिक क्षेत्र परिसर भित्रका बहुसंख्यक मजदूरहरुको सदस्यता रहने गरी दर्ता गरिने सहकारी संस्थालाई बचत तथा ऋण, पसल, शिशु स्याहार केन्द्र, स्वास्थ्य क्लिनिक, वाचनालय, जस्ता परिसर भित्र संचालन गर्न सकिने बहुमुखी काम गर्न पाउने गरी उद्देश्यहरु राख्न दिइनेछ ।
राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगीले सहकारीको प्रकृति अनुसार कार्यक्षेत्र जिल्लाव्यापी गराउन सक्ने भएकाले सहकारी आन्दोलनमा उपलब्धि भएको बताए । उनले भने ‘पेशागत, उत्पादन, वितरणको पहुँचका आधारमा कार्यक्षेत्र जिल्लाव्यापी बनाउन सकिने भएको छ ।’
बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थालाई एक गाउँ विकास समिति कार्यक्षेत्र राखी भिन्न परिवारका २५ जना सोही गाविसका बासिन्दाहरुले आवेदन गर्दा एक गाउँ विकास समिति कार्यक्षेत्र दिई संस्था दर्ता गर्ने प्राव्धान रहेको जनाईएको छ । तर प्रत्येक जोडिएका गाउँ विकास समितिका थप भिन्न परिवारका २५ जना स्थानिय बासिन्दाहरुको आबेदनका आधारमा बढीमा जोडिएका ५ गाउँ विकास समितिसम्म कार्यक्षेत्र कायम गरी संस्था दर्ता गर्न सकिनेछ ।
नगरपालिकाको हकमा जोडिएका २ वटा वडा कार्य क्षेत्र राखी भिन्न परिवारका २५ जना सोही वडाका बासिन्दाहरुले आवेदन गर्दा नगरपालिकाको २ वटा जोडिएका वडा कार्यक्षेत्र दिई संस्था दर्ता गरिनेछ । तर प्रत्येक जोडिएका २ वडाका भिन्न परिवारका २५ जना बासिन्दाहरुको आबेदनका आधारमा बढीमा नगरपालिका भर कार्यक्षेत्र कायम गरी संस्था दर्ता गर्न सकिनेछ ।
कृषि, उद्योग तथा व्यावसायिक प्रकृतिका सहकारी संस्थाको हकमा उक्त संस्थाले प्रदान गर्ने सेवा वा उत्पादनको प्रकृति, सदस्यता र भौगोलिक अवस्था हेरी रजिष्ट्रारको स्वीकृतिमा एक जिल्लासम्म कार्यक्षेत्र राखी संस्था दर्ता गर्न सकिनेछ । तर ठूलो कार्यक्षेत्र चाहिने स्वास्थ्य सेवा, संचार, यातायात, विद्युत उत्पादन र वितरण, कृषि उत्पादन, भण्डारण, प्रशोधन र बजारिकरण एवं अन्य उद्योगहरु स्थापना गर्ने सहकारी संस्थाको हकमा पेश गरिएको कार्य योजना, सम्भाव्यता र पुरानो संस्थाको हकमा प्रगति समेतको आधारमा एक जिल्ला भन्दा बढी कार्यक्षेत्रको लागि रजिष्ट्रारले स्वीकृति प्रदान गर्न सक्ने प्राव्धान रहेको छ । यस्तो व्यापक कार्यक्षेत्र भएका संस्थाहरुले बचत तथा ऋणको कारोवार गर्न पाउने गरी उद्देश्य निर्धारण गर्न पाउने छैनन् ।

No comments:
Post a Comment