दीपक बुढा÷सुर्खेतसुर्खेत, १५ भदौ ।
नाम सम्म भन्न डराउने, लेख्न नसक्ने वीरेन्द्रनगर—११ चनौटेकी बालिका सारु आजभोलि पत्र समेत लेख्ने भएकि छन् । घरदेखी टाढा रहेका आफ्ना साथी, आफ्न्त, विद्यालय, सामुदायिक वनमा सजिलै निवेदन लेख्न सक्ने भएकी छन् ।
नाम सम्म भन्न डराउने, लेख्न नसक्ने वीरेन्द्रनगर—११ चनौटेकी बालिका सारु आजभोलि पत्र समेत लेख्ने भएकि छन् । घरदेखी टाढा रहेका आफ्ना साथी, आफ्न्त, विद्यालय, सामुदायिक वनमा सजिलै निवेदन लेख्न सक्ने भएकी छन् ।
तीन पटक सम्म प्रौढ कक्षा पढेकी उनको प्रौढ कक्षाबाट कुनै उपलब्धि भएन् । ‘प्रोढ कक्षाबाट बाह्रखरी, नाम लेख्न सिकाएका थिए तर त्यो पनि भुलिए छ’ उनले भनिन ‘गृहिणी महिलालाई पढाउने हल्ला सुनेपछि आफ्नो नाम त अंग्रेजीमा लेख्न सकियोस भनेर पढ्न थालें’ उनले बताईन । अहिले घरपरिवार, साथीसंगीको नाम, ठेगाना अंग्रेजीमा लेख्न सक्ने भएको सुनाईन ।
बालिका सारु मात्र होइन वीरेन्द्रनगर—११ र १२ का ३१ जना गृहिणी महिलाहरु अहिले गृहिणी शिक्षामार्फत अंग्रेजीमा नाम लेख्न सिक्दैछन् । विहान र साँझको समयमा घर व्यवहार चलाएर विहान ११ बजेदेखि दिउँसो २ बजे सम्म दिनमा ३ घण्टा आमाहरु पढ्न कक्षामा सहभागि हुने गरेका छन् तर आमाहरु तह एउटै भएपनि आफ्ना छोरा छोरीसंगै बसेर बढ्दैनन् आमाहरुको कक्षा भने छुट्टै संचालन हुन्छ ।
हस्तविर सामुदायिक प्राथमिक विद्यालय वीरेन्द्रनगर—११ ले २०६७ माघ महिनादेखि गृहिणी शिक्षा संचालन गरेको थियो । जिल्लामा पहिलो पटक समुदायमा हस्तान्तरिक प्राविले गृहिणी शिक्षा संचालन गर्न २०६३ सालदेखि पहल थालेको थियो । सेवा क्षेत्रभित्रका महिलाहरुको हस्ताक्षर संकलन गरी गृहिणी शिक्षा माग सहितको ज्ञापन पत्र शिक्षा मन्त्रालय पठाईएको थियो । पटक—पटकको पहल पछि मात्रै विद्यालयले गृहिणी शिक्षा संचालन गर्ने अवसर पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले बताए ।
पढ्न नपाएर घर व्यवहारमै सिमित भएका गृहिणी आमाहरु अहिले हौसिएका छन् । शिक्षाले नै मानिसलाई परीवर्तन गर्छ भन्ने भावनाको बिकास भएपछि यहाँका आमाहरु गृहिणी शिक्षातर्फ आकर्षित भएका हुन् । विव्यस अध्यक्ष पौडेलले भने ‘मगर समुदायको बाहुल्यता रहेको विद्यालय सेवा क्षेत्रका धेरै महिलाहरु निरक्षर रहेका छन् । उनीहरुलाई साक्षर बनाउने उद्देश्यले कक्षा संचालन गरिएको हो ।’ विद्यालयले आधारभुत तहको कक्षा संचालन स्विकृति लिने प्रक्रियामा भएकाले आमाहरुले आफ्ना छोराछोरीसंगै पढ्ने पाउने उनले बताए ।
खजुरा, लाटीकोईली, चनौटे, ईत्राम लगायका ठाउँबाट उनीहरु त्यहाँ पढ्न आउने गरेका छन् । पौढशिक्षाबाट केहिकुरा सिकेपछि अझै धेरैकुरा सिक्ने ईच्छा भएर आफु गृहिणी शिक्षालिन स्कुल आएको कालिन्चोककी पार्बती दहालले बताईन । प्रौढकक्षामा सामान्य लेखपढ गर्न आएपनि यो शिक्षा लिन थालेपछि निबेदन, चिठठीपत्र सजिलै लेख्न सक्ने भएको उनको भनाई रहेको छ । यो शिक्षा लिनसुरु गरेपछि नयाँ ठाउँमा जान, खुलेर मनका कुरा राख्न निकै सजिलो भएको उनको भनाई छ । दिदिबहिनिहरुसंग संगै बसेर पढ्न पाउँदा निकै खुसि लागेको भन्दै राज्यले यो शिक्षा पछि आर्थिक आयआर्जनका सिपहरु दिए जीवनमा आत्मनिर्भर बन्न सजिलो हुने उनको भनाई थियो । गृहिणी आमाहरु यही कक्षा मार्फत एसएलसी पास गरी आफ्नो खुट्टामा आफै उभिने लक्ष्य रहेको कक्षाका सहभागिहरुको भनाई रहेको छ ।
गृहिणी शिक्षा अन्र्तगत पहिलो तहका लागी कक्षा १—३ सरह मान्यता सहित पाठ्य सामाग्री र दोस्रो तहकालागी कक्षा ४—५ उत्तिर्ण सरहको मान्यता नेपाल सरकारले दिएको छ । पढाईप्रति गृहिणी आमाहरु जिज्ञासु, उत्सुक भएकाले पढाउन समेत सहज भएको सहजकर्ता रिता सुवेदीले बताईन । आमाहरुलाई व्यक्तित्व विकास, लेखनसिपको क्षमता विकास गर्न गृहिणी कक्षा सफल रहेको छ । पाठयपुस्तकहरु समायोजन गरी पढाउने गरिएको सहजकर्ता सुबेदीले बताईन । उनीहरुलाई पाठ्य पुस्तक र विद्यालयलाई मसलन्दका सामान जिल्ला शिक्षा कार्यालयले दिने गरेको बिद्यालयका प्रधानाध्यापक धनबहादुर ढेङ्गाले बताए ।
खुल्ला विद्यालय कक्षा अमर ज्योति नमूना उच्च मावि नेवारेमा संचालन भएको भएपनि गृहिणी शिक्षा भने पहिलो पटक जिल्लाका दुई स्थानमा संचालन भएको छ । पश्चिम सालकोटमा र वीरेन्द्रनगरमा गृहिणी शिक्षा संचालन गरिएको हो ।
No comments:
Post a Comment