खेमराज वली
सुर्खेत,२४ साउन ।
सुर्खेत,२४ साउन ।
विकासका दृष्टिले होस या अन्य कुनै सेवा सुविधाका दृष्टिले हो सुर्खेतको पश्चिम क्षेत्र पछाडि परेको गुनासो छ पश्चिमा सुर्खेतका जनताहरुको । पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार लगायतका सबै विकासका पूर्वाधारका क्षेत्रमा अभावै अभाव छ ।
यस्तै समस्यासंगै अगाडि बढेको छ सुर्खेत हरिहरपूर १ काफगैराको भैरब प्राथमिक विद्यालय । बिक्रम सम्बत् २०५७ मा स्थापना भएको यस विद्यालयमा हालसम्ममा पनि दरबन्दिवाला शिक्षक छैनन् । नत विद्यालयको भौतिक अवस्था नै सुधार भएको छ नत शिक्षकको दरबन्दिनै छ । बिचका बिचका बिभिन्न समयमा बन्द समेत हुँदै आएको उक्त विद्यालयका प्रध्यानाध्यापक राजकुमार भण्डारी पिसिएफको तलव खाएर विद्यालयमा काम गरिरहेको बताउँछन् ।
आफु मात्रै विद्यालयको शिक्षक भएको र आफुले एक बर्षको तलब २८ हजार छ सय लिएको बताए । उनले गत बर्षको मंसिरदेखि विद्यालयमा अध्यापन गरेको उक्त रकम लिएका हुन् । विद्यालयका परिचर दुर्गा भण्डारीको तलब भने बर्षमा ४२ हजार एक सय ११ रहेको उनले बताए ।
विद्यालयमा सबै अभाव भएको भन्दै उनले अभावकै कारण विद्यालय सञ्चालन गर्न नसकेर बिचबिचमा बन्द हुनुका साथै शिक्षक फेरिरहने बताए । भण्डारिले भने ‘न त अध्यापनबाट आएको तलबले नै केही गर्न सकिन्छ यसरी बिद्यालयमै समय दिन सक्दिन म पनि अब यसको विकल्प खाज्दै छु’ यस भन्दा अघि २०६८ मा निर्मला भारतीले विद्यालयमा अध्यापन गर्न छोडेपछि भण्डारीले विद्यालयमा अध्यापन गर्दै आएका छन् ।
विद्यार्थी बसेर सहज तरिकाले पढ्नका लागि गतिलो भवन थिएन् तर गत आर्थिक बर्षमा मात्रै गाविसको ८० हजार सहयोगमा दुई कोठे भवन निर्माण गरिएको छ । विद्यालयका प्रशासनिक कामहरु सञ्चालन गर्नका लागि कुनै निश्चित स्थान समेत छैन् । विद्यालय सञ्चालनका लागि आवश्यक कागजातहरु समेत एउटा बाकसमा राखेर विद्यार्थी पढ्ने कोठामै राख्ने गरिएको बताइएको छ ।
शिक्षक भण्डारीले भने ‘विद्यालयको कार्यालय समेत बाकसमै छ, नयाँ बनाएको भवनमा विद्यार्थी बस्छन त्यही कोठाको एकातर्फ विद्यालय प्रशासकिय कार्यका लागि आवश्यक कागजात भएको बाकस राखिएको छ ।’
विद्यालयलाई हाल भने बर्दिया राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्रले १५ हजार सहयोग गरेको छ । यही रकमले अहिले भने एउटा दराज र चार वटा रवटका कुर्ची किनिएको छ । यी सामानहरु पनि राख्ने उचित ठाउँ नभएको शिक्षक राजकुमारले बताएका छन् । नयाँ बनाएको भवनको पनि रकम अभावका कारण झ्याल, ढोका बनाउन नसकेको बिद्यालयले बताएको छ ।
यस्ता समस्या सुर्खेतका हरिहरपूरमा मात्रै नभई कुनाथरीका बिभिन्न विद्यालयमा पनि देखिएको छ । कुनाथरीको भट्टेघारीको बिद्यालय, कुनाथरी—९ कै कुमीकोटमा रहेको निमाविमा पनि यस्तै समस्या छन् । यस्तै बिभिन्न समस्या परेकोले पश्चिम क्षेत्रका केही बिद्यालयले भने आफै आर्थिक स्रोत जुटाउने प्रयास पनि गरेका छन् ।
उक्त तीन कक्षा सम्म पढाई हुने विद्यालयमा हाल ३० जना बिद्यार्थी भएको र परिचर र आफुले पढाइरहेको भण्डारीले बताएका छन् । ‘यो बिद्यालय बन्द भए पछि यहाँका बिद्यार्थीहरुलाई अझै समस्या हुन्छ यहाँबाट नजिकैको बिद्यालय जानका लागि करिब साढे एक घण्टा लाग्छ ।’ उनले भने ‘बिद्यार्थीलाई नजिकैको बसन्त प्राथमिक बिद्यालयमा जान पनि बिचमा खोलाहरु पर्छन् बाटो पनि निकै अप्ठेरो छ ।’
यता जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने यस्ता विद्यालयहरु जिल्लामा दर्जनौको संख्यामा रहेकोले बिद्यालय भएकै समुदायले बिद्यालयलाई सहयोग गर्नुपर्ने बताएको छ । जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले समुदायलेनै बिद्यालय सञ्चालन गर्छु भन्ने प्रतिबद्धता गरेर निवेदन दिएपछि अनुमति दिईने र पछि समस्या आउने गरेको बताएका छन् । पिसिएफको रुपमा दिइने रकम हाल घटेर १९ हजारमा आएको छ ।

No comments:
Post a Comment