दिपक बुढा
र्सुखेत, २८ साउन ।
ढिके नुनको प्रयोग गर्न बाध्य मध्य तथा सुदूरपश्चिमका जिल्लाका बासिन्दा अलिनो खान बाध्य भएका छन् । हिमाली र पहाडी जिल्लाका दुर्गम क्षेत्रका बासिन्दा स्थानीय बजारमा ढिकेनुनको अभाव भएपछि यस्तो समस्यामा परेका हुन् । सडकले नछोएका यहाँका पहाडी तथा हिमाली जिल्लाका दुर्गम गाविसमा नुन र चामलदेखि साबुन र तेलसम्मका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । सर्वसाधारणले सरकारी सहुलियतको नुन र चामल त परको कुरा, व्यापारीले लैजाने सामान पनि पाउन छाडेका छन् ।
सडक यातायातले छोएका जिल्लाका दुर्गम क्षेत्रमा वर्षाका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने हवाई यातायात पुगेका जिल्लामा भने जति दैनिक उपभोग्य वस्तु नपुग्दा समस्या भएको छ । हवाई मार्गबाट पुगेको नुन, तेल, खाद्यान्न सदरमुकाम र आसपासका हुनेखानेहरुले पहिले नै लगिसक्छन, दुर्गममा भने सधैँ अभाव भइरहन्छ ।
निजी विमान कम्पनीले काग्रो भाडा वृद्धिसँगै नियमित रुपमा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावकारी बनाउन नसक्दा उपभोग्य वस्तुको अभाव हुनाका साथै मूल्य अकासिएको जुम्लाका व्यापारी भूपेन्द्र लामा बताए । उनका अनुसार १२० मा पनि एक किलो चिनी आउन छाडेको छ भने त्यति नै पैसा तिर्न तयार हुँदा पनि आधा लिटर खानेतेल पाइँदैन । यसैगरी, चिउरा, मैदा, चाउचाउ पनि पाउन छाडिएको छ ।
ढुवानी नहुँदा सरकारले कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोट जिल्लामा वितरण गर्ने गरेको सहुलियतको आयोडिन नुन पनि सधैँ अपुग हुँदै आएको छ । ढुवानी समस्याकै कारण सुदूरपश्चिमको बझाङ, बाजुरा, बैतडी लगायतका जिल्ला पनि नुन र खाद्यान्न सङ्कटमा छन । नुन र चामल ढुवानीको जिम्मा पाएका साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य संस्थानका क्षेत्रीय कार्यालयको सेवा निष्प्रभावी हुँदा स्थानीयवासी एक किलो नुन र चामलका लागि दुई दिनसम्म सरमुकाममा भौँतारिन बाध्य छन् । जाजरकोटको दुर्गम गाविस बारेकोटका स्थानीय व्यापारी झगुवीर रोकाय भन्छन– ‘दुई÷तीन दिन हिँडेर खोज्दा बरु भनेजति सुन पाइन्छ, नुन पाइँदैन ।’
सहुलियतको नुनसँगै चामल पनि नपाएपछि जाजरकोटका बारेकोट, दह, पैक, अर्छानी, नायकबाडा, रग्दा, भगवती, रोकायगाउँ र लह मुगुका भिइफोतु, नार्थपु, जिमा, रारा, कालै, धैनकोट, खमाले, सेरी, गम्था, श्रीकोट, कोटडाँडा र ह्याङ्लु गाविस तथा अन्य जिल्लाका दुर्गम गाविस भोकमरीको खतरामा रहेका छन् । यी गाविसका धेरै घरपरिवारले नुनको अभाव झेलेको पाँच महिना हुन लागिसक्यो ।
त्यसैगरी डोल्पाका याला भन्ज्याङ, चिडी, कराङ, मुरसिंगाउँ, बिजोरगाउँ, सिमेनगाउँ, पत्रासी, बझाङका धुली, काँगरकोट, साइपा, गारफ, हलचौर, छुरपानी डोटीका खप्तड, दौडा, भल्मा तथा डडेल्धुराका बाजिमारा, दिव्यापुर, बाजिमारा लगायतका दुर्गम क्षेत्र पनि नुन, चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तुको चपेटामा परेका छन् । यहाँका नागरिक पनि आधा वर्षदेखि अलिनो तरकारी खान बाध्य छन् ।
जनताले यस्तो समस्या खेपिरहनुपरे पनि सम्बन्धित निकायका कर्मचारी भने आ–आफ्नै तर्क गरेर जागिर पकाइरहेका छन । साल्ट ट्रेडिङ कार्यालय, नेपालगन्जका एक कर्मचारी नाम नबताउने सर्तमा ढुवानी समस्याले भन्दा पनि जिल्लामा हुने राजनीतिका कारण नुन, चामल लगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको बताउँछन् । उनका अनुसार, पहाडी जिल्लाका सदरमुकाममा रहेका डिपोमा पु¥याइएको नुन स्थानीय नेता, कर्मचारी र उनीहरुका आफन्तले दुरुपयोग गर्ने गरेका छन् । उनी भन्छन –‘कतिपय जिल्लामा सहुलियतको नुन बजारमा बिक्रि गर्ने गरिएको छ ।’
केही वर्षअघिसम्म मध्य र सुदूरपश्चिमको पहाडमा व्यापारीले तिब्बतबाट भेडाच्याङ्ग्रामार्फत बोकाएर ल्याएको नुन स्थानीय उपजसँग साटासाट गर्थे तर, अहिले तिब्बती नुन व्यापारीलाई निरुत्साहन गरिएको अवस्थामा वर्षासँगै कर्णाली राजमार्ग अवरुद्ध भएपछि नेपालगन्ज र सुर्खेतबाट हुने ढुवानी पनि पटक–पटक अवरुद्ध हुँदै आएको छ । साल्ट ट्रेडिङ कर्पाेरेसन मुगुका अनुसार ढुवानी ठप्प भएको छ, त्यो नुन र चामल कहिले पुग्ने हो, थाहा छैन ।
ती जिल्लाका लागि साल्ट ट्रेडिङ कर्पाेरेसन र नेपाल खाद्य संस्थानले विभिन्न परिमाणमा कोटा तोकेका छन् तर गत वर्षायामसँगै सडक अवरुद्ध भएपछि साल्ट ट्रेडिङ र खाद्य संस्थानले ढुवानीलाई व्यवस्थापन गर्न नसक्दा मध्य तथा सुदूरपश्चिमका दुर्गम गाविसमा नुन, चामल लगायत दैनिक उपभोग्य सामानको चर्काे अभाव सिर्जना भएको छ । यस विषयमा जानकारी लिन खोज्दा साल्ट ट्रेडिङ र खाद्य संस्थान अञ्चल कार्यालयका प्रमुख सम्पर्कमा आउन चाहँदैनन ।
नुनका लागि तीन दिन पैदल हिँडेर सदरमुकाम पुग्नुभएका जाजरकोट अर्छानी गाविसका लालबहादुर बुढा भने– ‘आयोडिनयुक्त नुनको कुरा छाड्नुस, ढिके नुन नपाएको पनि महिनाँै भइसक्यो ।’ बुढाका अनुसार, साल्ट टे«डिङले सदरमुकामबाहेक जाजरकोटका अन्य गाविसमा व्यवस्थित रुपमा डिपो सञ्चालन गर्न नसकेकाले अर्छानी लगायतका दुर्गम गाविसमा अहिले ढिके नुनसमेत पाइन छाडेको छ ।

No comments:
Post a Comment