मनोरञ्जन

बाबु-छोराद्वारा यौनशोषण

जे.पाण्डे
एक कामदार किशोरीले होटल मालिक तथा उनको छोराले आफूलाई पटक-पटक यौनशोषण गरेको दाबी गरेकी छिन्। दलित समुदायकी १४ वषर्ीया किशोरीले नेपालगन्ज नगरसँग जोडिएको कारकादो-५ मा चिया नास्ताको व्यवसाय गर्दै आएका भैरव श्रेष्ठ तथा उनका छोरा सुशान्तले इच्छाविपरीत शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी हुन्।

बर्दियास्थित कालिका गाविस-५ की संगीता विक -नाम परिवर्तन) ले पहिले होटल मालिकले र पछि उनका छोराले शारीरिक सम्बन्ध राखेको बताएकी छिन्। 'दुवै बाबु-छोरा पालैपालो सँगै सुत्थे,' किशोरीले भनिन्, 'विरोध गर्दा पनि जबर्जस्ती गर्थे।' दसैंयता यौनशोषणमा परेको बताउने ती किशोरीले आफूमाथि मालिक र उनका छोराले जबरजस्ती करणीको गुनासो मालिककी पत्नीसमक्ष समेत गरेको बताइन्। 'नडरा, मेरो लोग्नेले अप्रेसन गरेका छन् केही हुँदैन भनिन्,' यौनशोषणपछि होटल छाडेर घरमै बस्दै आएकी विकले भनिन्, 'छोरालाई भन्दा गर्भ रह्यो भने फालिदिन्छु भन्यो।'

 किशोरीले कुरा अगाडि नबढाउनु, बेइज्जत हुन्छ भन्दै पैसा र कपडा किनिदिने प्रलोभन दिएको बताएकी छिन्। यौन दुव्र्यवहारबाट रहेको किशोरीको गर्भपतन गराइएको छ। स्वास्थ्य परीक्षण गर्ने भनी नेपालगन्जको एक हेल्थ सेन्टरमा लगेर पाठेघर सफा गरिएको हो। 'त्यहाँ गुप्ताङ्गभित्र हात हाले,' १४ वषर्ीया किशोरीले गर्भपतन गराउँदा रगताम्य भएको उल्लेख गर्दै भनिन्, 'त्यसअघि अन्डामा औषधि हालेर खान दिएका थिए।'

प्रहरीले बलात्कारको अभियोगमा मुद्दा दर्ता गरी ती बाबु-छोरालाई पक्राउ गरेको छ। ४२ वषर्ीय भैरव र उनका १५ वषर्ीय छोरालाई पसलबाट पक्राउ गरिए पनि अभियुक्तहरूले आफूहरूले कामदार किशोरीलाई यौनशोषण वा बलात्कार नगरेको बताएका छन्। 'पहिले बाबुले ,पछि छोराले करणी गरेको भन्ने उजुरीका आएपछि पक्राउ गरेको हो,' जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उदय तामाङले भने, 'बिन्दु श्रेष्ठले लोग्ने र छोरा दुवैले यौनशोषण गर्दा सघाएको भन्ने आरोप भने पत्यारलाग्दो छैन।'

किशोरीलाई मासिक १ हजार दिने सर्तमा वैशाखदेखि पसलमा काम गर्न राखिएको थियो। ती किशोरीले असोज १० गतेदेखि पटक-पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा बाबु र छोराको नाममा जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी छिन्।

घटना लुकाउने प्रयास थाहा पाएकी किशोरी भागेर गाउँमा पुगी स्थानीय महिलालाई पीडा सुनाएपछि यौनशोषणको रहस्य खुलेको हो। घटनाका सम्बन्धमा मंसिर १५ गते गाउँमा भएको छलफलमा गर्भ भए १ लाख ५० हजार रुपैयाँ दिन पीडक पक्ष सहमत भए पनि पीडित पक्षले कानुनी सहयोगका लागि महिला सेवा केन्द्रसमक्ष अनुरोध गरेको थियो। उक्त केन्द्रमा कार्यरत कर्मचारी विष्णु केसीले गर्भपतन गराउन निजी क्लिनिक सञ्चालन गर्ने एक महिला चिकित्सकको समेत मिलेमतो रहेको आरोप लगाएकी छिन्।

कर्णाली नदीमा बिन्दास युवती

दौडिँदै सडकबाट पुल तल आएकी एक जना किशोरीले सबैका सामुन्ने हतपत पहेंलो रङको भेस्ट खोलिन र अर्धनग्न अवस्थामा  निकै चिसो कर्णाली नदीमा झ्याम्म हाम फालिन्।  कालो पाइन्ट र क्रिम कलरको बे्रसियरमा कर्णालीमा पौडिन थालेकी ती किशोरीलाई देख्ने  विदेशी पर्यटकसमेत छक्क परे। रबड बोटमा पर्यटक लिएर आएका नेपाली युवाहरू भने हाँस्दै थिए।

पौडँदै नदीको बीच भागतिर गैरहेकी कुनै जलपरीजस्ती देखिने ती १९ वर्षीय किशोरीले कर्णाली नदीको जलयात्रामा आएका युरोपेलीहरूलाई  उछिन्दै आफ्नो चाहना व्यक्त गरिन्, 'मन मिल्यो भने म त यही नदीको पानीमै आफ्नो चाहना पूरा गर्न सक्छु।' डल्फिन जस्तै डुब्दै-उत्रँदै  गरेकी नेपाली किशोरी कुनै बेला बागचाल हान्थिन् भने कुनै बेला उत्तानो परेर पौडिन्थिन्।

यसअघि कहिल्यै यस्ता केटी नदेखेका कर्णाली पुल वरपरका कतिपय बासिन्दा छक्क परेर पुलमाथिबाट नियालिरहेका थिए। हेर्नेहरूमा बूढापाका  त थिए नै, तर किशोर-किशोरी बढी थिए। जलयात्रामा आएका विदेशी युवती ती नेपाली किशोरीका सामुन्ने फिका देखिन्थे। चलचित्रमा देखिने  यस्ता दृश्यलाई नपचाउने अनुदार र कथित सभ्य समाजका लागि उनी चुनौती दिँदै थिइन्। नदिको पानीमा भिज्दा निकै कामुक देखिएकी  आकर्षक जीउडालकी किशोरी थाकेपछि बिस्तारै किनारमा आइन् र विदेशीहरूसँग हात मिलाइन्।

भिजेको पाइन्ट र ब्रेसियर नखोली त्यसैमाथि नदी किनारमा राखिएको आफ्नो भेस्ट लगाइन् अनि विदेशी पर्यटकसँगै कर्णाली पुल माथितिर  लागिन्। नजिकैको एउटा होटलमा खाना खाएकी ती किशोरीले आफू दुई पूर्वगृहमन्त्रीसँग परिचित भएको समेत बताइन्।

सुर्खेत घर बताउने यी किशोरीले यसै पटक एसएलसी उत्तीर्ण गरेकी हुन्। उनलाई विभिन्न ठाउँ घुम्ने, बस्ने र खाने बिन्दास जिन्दगी मनपर्छ।  उनलाई यौन सम्बन्ध सामान्यजस्तो लाग्छ। 'कुरा र मन मिल्यो भने त्यसमा के आपत्ति छ र ?' चिसो पिउँदै उनले भनिन, 'मलाई २० मिने टभन्दा बढी मन पर्दैन।' नदीमा नाङ्गै पौडिँदा तपाईंलाई लाज नभएकी केटी भने नि ? साप्ताहिकको एक प्रश्नको जवाफमा उनले भनिन्- ' केको लाज ? मैले ब्रेसियर लगाएकै थिएँ। विदेशीहरू त पूरै नाङ्गै पौडिन्छन्।'

 उनले अझै दस वर्ष खुला जिन्दगी बिताउने पक्षमा रहेको बताइन्। आफ्नो जीवनशैलीमा कसैले हस्तक्षेप गरेको उनलाई पटक्कै मन पर्दैन।  खुलेर कुरा गर्ने ती किशोरीले देखाएको व्यवहारले युरोपलाई उछिन्न थालेको अनुभूति हुन्थ्यो। यसअघि स्थानीय बासिन्दाले यति धेरै उदार  युवती भेटेका थिएनन्। नेपालगन्ज जान हिँडेकी ती किशोरी यातायात बन्दका कारण त्यहाँ अलमलिएकी थिइन्।

हमालले ‘फेसबुक’ क्राइम रोक्ने
मेरोसिनेमा, 

rajesh_hamal_in_400संयोग भनौं–साइबर क्राइम रोक्न नेपाल प्रहरीले एन्टी सेल गठन गरेको छ । त्यसको एक साता नबित्दै महानायक राजेश हमाल सोसल साइटबाट हुने क्राइम रोक्ने एक प्रहरी अधिकृत बन्दैछन् । सोसल नेटवर्क फेसबुकको अपराध रोक्नु र दोषीलाई दण्ड दिने काम हमालले गर्नेछन् । निर्माण भैरहेको सिनेमा ‘फेसबुक’मा हमाल साबइर क्राइम रोक्ने प्रहरी अधिकृतको भूमिकामा देखापर्दैछन् ।

सिंगापुरपछि चलचित्रको बाँकी सुटिङ काठमाडौंमा हुँदैछ जहाँ हमाल केमियो भूमिकामा छन् । दस दिन लामो सिंगापुर सुटिङपछि ‘फेसबुक’ युनिट आइतबार राती घर फर्किएको हो । बालाजुस्थित चलचित्र विकास कम्पनीको परिसरमा सेट खडा गरेर बाँकी सुटिङ गरिने निर्माता सुनिलकुमार थापाले बताए । विहिबारदेखि हुने सुटिङका लागि उक्त ठाउँमा गोदाम र प्रहरीको सेट डिजाइन गरिनेछ ।

सिंगापुरका विभिन्न सहरमा गीत र दृश्यको सुटिङ गरिएको हो । चलचित्रलाई सिंगापुरमा नियमित दुई सो प्रदर्शन गरिने निधो पनि भएको छ । सिंगापुरका रमणीय ठाउँहरू घुमघाम गरेको सुटिङ युनिटलाई फर्कन बेला सिंगापुर पुलिसले भोज पनि दिएको थियो । सुरज सुब्बा नाल्बोले निर्देशन गरिरहेको सिनेमा सिंगापुरमा सुटिङ गरिएको पहिलो नेपाली चलचित्र हो । एकमहिनामा प्याकअप हुने लक्ष्य राखिएको सिनेमामा स्वतन्त्रप्रताप शाह र झरना थापाको मुख्य भूमिका छ ।

सिंगापुर सुटिङका तस्विरहरू हेर्न तलको लिङकमा क्लिक गर्नुहोस् ।
 

भारतमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १० करोड नाघ्यो 
नयाँदिल्ली । भारतमा इन्टरनेट उपयोगकर्ताहरूको सङ्ख्या १० करोड नाघेको मोबाइल एसोसिएसन अफ इन्डियाले गरेको एक अध्ययनमा देखिएको छ र यो सङ्ख्या आउँदो दुई वर्षमा अमेरिकी इन्टरनेट प्रयोगकर्ताको सङ्ख्याभन्दा पनि बढी हुने अनुमान गरिएको छ ।
उक्त एसोसिएसनका अधयक्ष सुभो रायले १० करोडको सङ्ख्या नाघिएको र यसका लागि निकै समय लागेको बताउनुभयो । भारतले हरेक महिना ५० देखि ७० लाख नयाँ इन्टरनेट उपयोगकर्ता प्राप्त गर्ने गरेको छ ।
चीनको अनलाईन जनसङ्ख्या विश्वमा सबैभन्दा बढी भएको मानिन्छ र यहाँ ४८ करोड ५० लाख इन्टरनेट उपयोगकर्ता रहेको बताइन्छ । यसपछिको सङ्ख्या अमेरिकाको छ र यहाँ करिब २४ करोड ५० लाख उपयोगकर्ता रहेको बताइन्छ ।
भारत सरकारले आउँदो पाँच वर्षमा इन्टरनेट उपयोगकर्ताको सङ्ख्या ६० करोड पुग्ने अनुमान गरेको छ ।
भारतको एसोसिएटेड च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ इन्डियाले यसको अनलाईन व्यापार सन् २०१५ सम्म हालको २० अर्ब रूपैयाँको तुलनामा वार्षिक रूपमा ३५ प्रतिशतका दरले बढी ७० अर्ब रूपैयाँको हुने अनुमान गरेको छ । एएफपी

 

मध्यम उचाई भएको पुरुषबाट बढी सन्तान

युवतीहरुको आम रोजाई ‘टल, डार्क र ह्याण्डसम’ अर्थात अग्लो कद र सुन्दर रङ्गका युवक हुने गर्दछ । तर, शोधकर्ताहरुको दावीअनुसार मध्यम कदका पुरुषबाट सबैभन्दा बढी बच्चा हुने गर्दछ । अमेरिकी पुरुषहरुमा गरिरहेका बैज्ञानिकहरुका अनुसार पाँच फुट दश इन्च कद भएका पुरुष प्रजननमा सबैभन्दा बढी सफल हुन्छन् ।
‘बिहेवियरल इकोलजी एण्ड सोसियोबायोलजी’ पत्रिकामा प्रकाशित लेखमा शोधकर्ताहरुले भनेका छन्, मध्यम कद भएका पुरुषको सामान्यतयाः दुई वा बढी सन्तान हुने गर्दछ । यद्यपि शोधकर्ताहरुले मध्यम कद भएका पुरुषले छिटो बिवाह गरेका कारण पनि यसो भएको हुन सक्ने अनुमान गरेका छन् । पहिला गरिएको शोधमा महिलाको पहिलो रोजाई लामो कदका पुरुष हुने गरेको तथ्य फेला परेको थियो । नेदरल्याण्डसका ग्रोनिनजेन विश्वविद्यालयका शोधकर्ता गर्ट स्टल्पका अनुसार पहिला पश्चिमी समुदायमा लामो कद भएका पुरुषबाट पनि बढी सन्तान हुने विश्वास गर्दथे । उनीहरुले कद र बच्चामा सबैभन्दा पहिला गरिएको शोधको अध्ययन गरेका थिए । जसमा १९४७ भन्दा ५० वर्षअघिसम्मको तथ्याङ्कको जिकिर छ ।
सबैभन्दा बढी सन्तानः शोधका अनुसार सबैभन्दा बढी सन्तानको तथ्याङ्क, २१५७ त्यस्ता पुरुषको छ जसको उचाई १७७१७९ सेन्टिमिटर छ । यसबाट ६ सेन्टिमिटर बढी वा कम कद भएका पुरुषहरुको सन्तानको तथ्याङ्क २१ सय ५२ पाइएको छ । गर्ट स्टल्पसले बीबीसीसँग भने, प्रचलित अवधारणाविपरीत लामो कद भएका पुरुष सहवासमा सबैभन्दा बढी सफल छैनन् । बरु, मध्यम कद भएका पुरुषहरु सहबासको मामिलामा सबैभन्दा बढी सफल छन् ।
यद्यपि शोधकर्ताहरुका अनुसार विवाहका लागि वर छनोट गर्ने बेला कदको महत्व खासै हुँदैन । शोधकर्ताहरु भन्छन्, कदबाट करिब तीन गुना बढी आवश्यक विन्दु हो आर्थिक आम्दानी र करिब साढे चार गुना बढी असर हुने गर्दछ पढाई लेखाईको । बीबीसी

व ृहस्पतीको चन्द्रमामा पानी
वैज्ञानिकहरुले व ृहस्पती ग्रहको उपग्रह युरोपा मा पानी रहेको भरपर्दो प्रमाण्ा फेला पारेको दाबी गरका छन । सन १९८९ मा प्रक्ष्ोपण्ा गरिएको क्यालिलियो अन्तरिक्ष्ायानले खिचेका तस्वीरहरुको विश्लेष्ाण्ाबाट युरोपा उपग्रहको सतहमुनि पानीका कुवाहरु रहेको तथ्य फेला परेको हो । निकै कम तापक्रमका कारण्ा बरफ अवस्थामा रहेको युरोपाको सतहभन्दा ३ किलोमिटर तल सानासाना ताल रहेका र तालमा रहेको तातो पानीबाट उडेको बाफ सतहका केही क्ष्ोत्रमा छिद्र बनाएर बाहिर निस्किएको वैज्ञानिकहरुको भनाइ छ । नेचर जर्नमा छापिएको अनुसन्धान प्रतिवेदनमा युरोपामा तरल पानी भेटिएपछि त्यहाँ जिवनको संभावना हुनसक्ने उल्लेख छ । जमिनको सतहभन्दा केही तल पानीका ताल भेटिएबाट सतहको बरफ र भित्रको पानी सकि्रय रुपमा एक आपसमा मिसिने गरेका र त्यसो हुँदा भूमिगत कुवामा बस्ने जिवजन्तु तथा वनस्पतीको लागि आवश्यक खनिजहरु पर्याप्त मात्रामा प्रसार हुनसक्ने वैज्ञानिकहरुको भनाइ छ । क्यालिलियो अन्तरिक्ष्ायानले ल्याएका तस्वीहरुको विश्लेष्ाण्ा गरी पछिल्लो नतिजा तयार पार्न वैज्ञानिक टोलीका प्रमुख तथा टेर्सास विश्वविद्यालयका प्राद्यापक बि्रटनी स्कमिडिटले यस्ता तथ्यहरुका कारण्ा युरोपा र यसको भूमिगत समुद्रमा जिवको अस्तित्व सम्भव देखिएको बताएका छन । वैज्ञानिकहरुले युरोपाको सतह किन चर्किएको छ भनेर वष्र्ाौँदेखि अध्ययन गर्दै आएका थिए । अमेरिका र युरोपले संयुक्त रुपमा व ृहस्पतीको उपग्रह युरोपाको अध्ययन गर्दै आएका छन । थप अध्ययनको लागि सन २०२० सम्ममा अर्को अन्तरिक्ष्ायान युरोपामा पठाउने उनीहरुको लक्ष्य छ ।
 
 गर्भनिरोधक चक्कीले क्यान्सर
पछिल्लो अनुसन्धानले गर्भनिरोधक चक्कीको सेवनले प्रोस्टेट क्यान्सरको खतरा बढाउने देखाएको छ । क्यानडामा गरिएको अनुसन्धानले गर्भनिरोधक आैष्ाधिको प्रयोग र प्रोस्टेट ग्रन्थीको क्यान्सरबीच सम्बन्ध रहेको देखाएको हो ।तर परिवार नियोजन चक्कीले प्रोस्टेट क्यान्सर गराउने कुराको पुष्टि गर्नका लागि अभmै गहिरो अनुसन्धानको खाँचो रहेको वैज्ञानिकहरुको भनाइ छ । यस्ता चक्कीले ग्रन्थीबाट हुने हर्मनको उत्सर्जनमा असर पुग्ने र त्यसबाट क्यान्सरको विकाश हुनसक्ने बताइएको छ ।

आर्यन मोवाईल ‘स्वीच अफ’ गरेर बस्ने
नायक आर्यन सिग्देललाई तपाईं फोन सम्पर्क गर्ने कोशिसमा लाग्नु भएको छ भने अब तपाईको यो प्रयास असफल हुनसक्छ । किनकी उनी मोबाइल नै बन्द गरेर बस्ने सुरमा छन् । चलचित्र ‘मेरो लभ स्टोरी’ का यी नायकलाई किन मोवाईल स्वीच अफ गरेर बस्ने मूड आयो त ?
चलचित्र ‘मेरो लभस्टोरी’को असफलतापछि आर्यनको बजार केही घटेको अनुमान गरिएको छ । ६ लाख पारिश्रमिक लिने यी महङ्गा नायक अहिले फुर्सदिला बनेका छन् । चलचित्र ‘ब्ल्याक मेल’बाट एकाएक विवादमा परेपछि धेरै निर्माता निर्देशक आर्यनलाई सिनेमामा लिनको लागि केही समय सोच्ने गर्छन् । आर्यन अहिले के गर्दैछन् त ? उनको दैनिकी कसरी बितिरिहेको छ त
‘अब मेरा दुई चलचित्र प्रदर्शनमा नआउँदासम्म मोवाईल स्वीच अफ गरेर कसैसँग सम्पर्क नगरी बस्छु’ आर्यनले भने । चलचित्र ‘के यो माया हो’ र ‘मेरो लभस्टोरी’ लगातार असफल भएपछि आर्यनले आफ्नो बजार घटेको महशुश गरेका छन् । यसैले उनको अन्तिम आशा भनेको उनका दुई सिनेमा हुन् । यी दुई सिनेमा पनि असफल भए भने आर्यनले चलचित्र क्षेत्रबाट टाटा बाईबाई नै गरे हुन्छ । यसैले पनि हुनसक्छ आर्यन दुई सिनेमा रिलीजमा नआउँदासम्म मोवाईल स्वीच अफ गरेर बस्न खोजेका ।
आर्यनले भने -’हप्तामा दुईदेखि तीनवटा सम्म सिनेमाका लागि अफर आउँछन् । दिनभरी घरमा बसेर स्क्रिप्ट पढ्छु । बेलुकी मन नपरेपछि अस्वीकार गरिदिन्छु ।’ आर्यनले आफुले केही नयाँ खालको सिनेमा गर्न खोजेको पनि बताए । ‘पुरानै सिनेमा गर्नुभन्दा त खाली नै बस्नु ठिक हो नि हैन र ?’ आर्यनको भनाई थियो ।
यसरी पछिल्लो समयमा धेरै किसिमका आलोचना भोगेपछि आर्यन एक्ला देखिएका थिए । निर्देशक सुदर्शन थापाको क्याम्पका नायक भनि चिनिएका यी नायकले राम्रो अभिनय र धेरैको प्रशंसा पाएपनि बजारमा चलेका बिभिन्न आफ्ना बारेका नराम्रा हल्लालाई कम गर्न सकेनन् । जसले, छोटो समयमै चम्केका आर्यनको करीअर अहिले धरापमा परेको देखिन्छ । तर, आर्यन जस्तो अभिनयमा लगाव र चलचित्र छानेर मात्र खेल्ने नायकलाई नेपाली सिनेमाले गुमाउनु भने हुँदैन । आशा गरौं, आर्यनले आफ्ना बारेमा लाग्ने गरेका बिभिन्न आरोपहरुलाई टाढै राखेर नेपाली सिनेमाको विकास र प्रवर्द्धनमा योगदान पुर्याउनेछन् ।