Wednesday, September 12, 2012

विज्ञान तथा प्रविधि भवन शिलान्यास

सुर्खेत, २६ भदौं ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको विज्ञान तथा प्रविधि भवन मंगलबार एक कार्यक्रमवीच शिलान्यास गरिएको छ । मप विश्वविद्यालयका उपकुलपति डा.पदमलाल देवकोटाले भवनको शिलान्यास गरेका हुन् ।पाँच करोड ९९ लाख ९७ हजारको कुल लागतमा निर्माण सुरु गरिएको भवन २१ देखि २३ कोठाको हुने जनाईएको  छ । ठेकेदार दिपकराज पन्त (जयन्ती निर्माण सेवा) मार्फत भवन निर्माण गर्न लागिएको विश्वविद्यालयका रजिष्ट्रार डा ठगेन्द्रप्रसाद गिरीले जानकारी दिए ।

तीन तले भवन दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिईएको जनाईएको छ । पहिलो चरणमा भवन निर्माणका लागि दुई करोड २१ लाख रकमबाट सुरु गरिएको जनाईएको छ । वीरेन्द्रनगर बहुमुखी क्याम्पसको दक्षिण पट्टी, बुलबुले गेटको उत्तरपट्टी रहेको दुई विगाह बढी क्षेत्रफलमा कम्पाउण्डीङ गरी विज्ञान तथा प्रविधि भवन निर्माण गर्न लागिएको हो ।

भवनको शिलान्यास गर्दै उपकुलपति डा. देवकोटाले विश्वविद्यालयको भौतिक संरचना निर्माणको कार्य शुभारम्भ भएको बताउँदै स्थानीय स्तरबाट समेत सक्दो सहयोग गर्न अपिल गरेका थिए । भवन निर्माण कार्य एक बर्षभित्र पुरा गर्न पहल गरिने जनाईएको छ ।चालु आर्थिक बर्षका लागि मप विश्वविद्यालयको एक सय २० कोठे केन्द्रिय कार्यालय सहित १५ वटा भवन निर्माण गर्न आवश्यक बजेट सहित माग गरिएको छ । विश्वविद्यालय अनुदान आयोग, अर्थमन्त्रालय, शिक्षा मन्त्रालयमा नयाँ कार्यक्रम, प्रस्तावित बजेट सहितको कार्यक्रम पेश गरिएको छ ।भवन शिलान्यास कार्यक्रममा विश्वविद्यालयका सबै डिनहरु, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधि, पूर्व मन्त्री यामलाल कंडेल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।सम्पत्ती हस्तान्तरणमा विवादत्रिभुवन विश्वविद्यालयले सुर्खेतमा रहेका आंगिक क्याम्पसको सम्पत्ति हस्तान्तरण गर्न अस्वीकार गरेको छ । त्रिविले आफ्नो सम्पत्ति मप विश्वविद्यालयलाई हस्तान्तरण गर्न ढिलाई गर्दा मप विश्वविद्यालयको कक्षा संचालन प्रक्रिया समेत अन्यौलमा परेको छ । मप विश्वविद्यालय ऐनमा सुर्खेतका वीरेन्द्रनगर बहुमुखी क्याम्पस, पव्लिक साईन्स क्याम्पस र सुर्खेत क्याम्पस (शिक्षा) लाई विश्वविद्यालयको आधार क्याम्पसका रुपमा उल्लेख गरिएको छ । त्रिभुवन विश्वविद्यालयले भने सम्पत्ति हस्तान्तरणका विषयमा वेवास्ता गरेको जनाईएको छ ।संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै विश्वविद्यालयका रजिष्ट्रार डा. ठगेन्द्रप्रसाद गिरीले देशभरका विश्वविद्यालयका उपकुलपति, डिन, रजिष्ट्रार सहितको कार्यदलले अध्ययन गरी क्याम्पस समायोजना गरी विश्वविद्यालयलाई सहज बनाउनुपर्ने भन्दै सिफारिस गरेको जानकारी दिए ।उनले भने ‘सुर्खेतका तीन वटा क्याम्पस सुर्खेती जनताको श्रमबाट बनेको हुँदा ती क्याम्पस समायोजन गर्ने विषयमा विवाद सृजना गरेमा त्यसको हिसाव किताव खोजिन्छ’ उनले भने ‘तीन वटै क्याम्पसलाई समायोजन गर्ने पक्षमा छौं प्रयास गछौं नभएर हामी पनि चुप लागेर बस्दैनौं । हामी काम गर्न आएका हौं ।’क्याम्पस समायोजनमा नआएपछि भवनहरु भाडामा लिएरै भएपनि विश्वविद्यालय सभा सम्पन्न भए लगत्तै नयाँ विषयको भर्ना कार्यक्रम खुल्ला गर्ने जानकारी दिईएको छ । भारत सरकारको ८ अर्ब भारतीय लगानीमा मेडिकल कलेज सुर्खेतमा स्थापना गर्ने योजना सुर्खेतकै केहि व्यक्तिहरुको असहयोगकै कारण भारतीय राजदुताबाससम्म पुगेको प्रक्रिया रोकिएको उनले जानकारी दिए ।विज्ञान तथा प्रविधि संकाय, शिक्षाशास्त्र संकाय, मानविकि संकाय, इन्जिनियरिङ र मेडिकल साईन्स गरी चार वटा फयाकेल्टिको २५ वटा विषयको पाठ्यपुस्तक निर्माण कार्य सम्पन्न भैसकेको जनाईएको छ ।

No comments:

Post a Comment