Wednesday, September 5, 2012

बेचविखनमा तीन गाविस जोखिममा

सुर्खेत, १९ भदौ ।
महिला बेचविखनमा सुर्खेतको एउटा नगरपालिका सहित थप तीन वटा गाउँ विकास समिति उच्च जोखिममा रहेका छन् । गरिवि, अशिक्षा, बेरोजगारीका कारणले महिला बेचविखनमा जोखियुक्त रहेको बताईएको छ ।
मानव बेचविखन विरुद्धको छैठौं राष्ट्रिय दिवसको तयारीका बारेमा जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराईएको हो ।
महिला तथा बालबालिका कार्यालय सुर्खेतले महिला बेचविखनको जोखिममा वीरेन्द्रनगर नगरपालिका सहित कल्याण, मैनतडा, रामक गाविस रहेको जनाईएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक बर्ष ०६७÷०६८ मा बेचविखनका ३ वटा, आर्थिक बर्ष ०६८÷०६९ मा २ वटा र २०६९÷०७० मा एक वटा बेचविखनको मुद्धा दर्ता भएको जनाईएको छ ।
‘उठाउ सबैले जोडदार आवाज, बनाउँ मानव बेचविखन मुक्त समाज’ भन्ने मुल नारा सहित मनाईन थालेको राष्ट्रिय दिवसकै अवसरमा विभिन्न स्थानमा व्यानर राख्ने, अन्तरक्रिया कार्यक्रम सहितका चेतनामूलक कार्यक्रम संचालन गरिने जनाईएको छ ।

No comments:

Post a Comment