Wednesday, October 9, 2013

सुर्खेतका तीन वटै क्षेत्रमा जित्ने एमालेको तयारी

दीपक बुढा÷सुर्खेत
नेकपा एमाले जिल्ला कमिटी सुर्खेत दोस्रो संविधानसभा निर्वाचनमा केन्द्रीत भएको छ । दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेतबाट तीन वटै निर्वाचनमा विजय हाँसिल गर्ने उद्देश्यले पार्टी निर्वाचन केन्द्रीत भएको हो । पहिलो संविधान सभा निर्वाचनमा दुई वटा क्षेत्र एमालेले र एउटा निर्वाचन क्षेत्रमा एमाओवादीले जित हाँसिल गरेको थियो ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले निर्वाचन परिचालनका लागि कार्ययोजना निर्माण गरेको छ । अध्यक्ष नवराज रावतको अध्यक्षतामा पार्टी कार्यालय ऋषि स्मृति भवनमा सम्पन्न भएको बैठकले उक्त कार्ययोजना निर्माण गरेको हो ।


बैठकले लोकतान्त्रिक र अग्रगामी संविधानको सुनिश्चितता शान्ति सम्बृद्धि र सामाजिक रुपान्तरका लागि संविधानसभा निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने पार्टीको केन्द्रीय कार्यभार पुरा गर्न सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा सुर्यध्वाजावाहक उम्मेदवारहरुलाई विजयी गराउन पार्टी अध्यक्ष नवराज रावतको संयोजकत्वमा ३ हजार एक सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गरेको छ ।

सुर्खेत क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पार्टी उपाध्यक्ष शिवप्रसाद उपाध्यायलाई पार्टीको बृहत्तर हितलाई ख्याल गर्दै उम्मेदवारी बारे पुर्नविचार गर्न अनुरोध गर्ने निर्णय गरिएको  छ ।
त्यसैगरी क्षेत्र नं. २ मा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बालाराम शर्माको संयोजकत्वमा ५ सय एक सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । क्षेत्र नं. २ को निर्वाचन प्रचारको पहिलो औपचारिक कार्यक्रम असोज २६ गते दिनको २ वजे  जिल्ला पार्टी कार्यालयवाट उपत्यकास्तरिय मोटरसाइकल ¥यालीको आयोजना गर्ने र उक्त ¥यालीमा पार्टीका सम्पूर्ण सदस्य तथा शूभचिन्तकहरुलाई सहभागिताका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
पार्टी भित्रैबाट हुने अन्तरघातलाई रोक्दै बाहिरिए शक्तिहरुसंग प्रतिस्पर्धा गर्न सकेमा सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा जित्ने निश्चित भएको एमाले एक नेताले बताए । ‘किन भने एकीकृत नेकपा माओवादी अहिले विभाजित छ । अर्को कुरा उसको लोकप्रियता बढ्नुको साटो क्रमिक रुपमा विगतमा भन्दा घट्दैछ । पहिलो निर्वाचनको जस्तो धाकधम्कीबाट अब जनता डराउनेवाला छैनन्’– ती नेताले बताए ।
 त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवारको भोट राप्रपा नेपालका उम्मेदवारले काट्ने देखिन्छ । राप्रपा नेपालले पनि सुर्खेतबाट प्रत्यक्ष तर्फ बलिया र लोकप्रिय नेतालाई उठाएको छ । त्यसैगरी देउवा पक्षिय र कोइराला पक्षिय कार्यकर्ताको सुर्खेतमा राम्रोसंग बोलचाल छैन् । उनीहरुका विचमा अन्तरघात हुने निश्चित छ ।
सुर्खेत क्षेत्र नं. १ बाट काँग्रेसका उम्मेदवार पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन् । पहिलो संविधान सभाका उम्मेदवार ऋषिप्रसाद शर्मा हत्याको आरोपित खड्का भएकाले खुलेर उनी चुनावी प्रचारमा जान सक्ने अवस्था छैन् । खड्का देउवा पक्षका बलिया र भरशिला नेता भएकाले आज उनी पुनः जनताबाट अनोमोदित हुन आएका छन् । काँग्रेस भित्रको अर्को देउवा पक्षले सुर्खेतबाट उनको साख गिराउनकै लागि उनलाई हराउने अभियानमा लाग्ने उद्घोष गरिसकेका छन् । त्यस प्रकारका अभिव्यक्तिहरु काँग्रेस बृत्तबाटै आइरहेका छन् । विपक्षि शक्तिहरु पनि काँग्रेसका कहलिएका नेता पूर्णबहादुरलाई हराएर उनको साख गिराउने अभियानमा जुटेका छन् ।
क्षेत्र नं. २ को कुरा गरौं एमाले भित्रकै केही असन्तुष्ट पक्षले वागि उम्मेदवार दर्ता गरेपनि सहमतिका लागि छलफल जारी रहेको छ । छलफल मार्फत सहमतिमा दुवै पक्षलाई टुङग्याई चुनावी अभियानमा जुटने देखिएको छ । काँग्रेस भित्रको विभाजन दुई नम्बर क्षेत्रमा पनि त्यतिकै रहेको छ । एकातिर राप्रपा नेपालले बलियो उम्मेदवार उठाएको हुँदा काँग्रेसीहरुको धेरै भोट सोही पार्टी काट्ने निश्चित छ । त्यसैगरी खडण्ड नेपाल पार्टीबाट पूर्णबहादुर खड्काका भाई प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रिएका हुँदा उनले काँग्रेस भित्रकै केही भोट काट्ने निश्चित छ । त्यसैगरी समाजवादी पार्टीले सुर्खेतमा एमालेलाई भन्दापनि काँग्रेस र एमाओवादीलाई बढी क्षति पु¥याउने देखिएको छ ।
काँग्रेस र एमाओवादी बृत्तबाट राजनीति गरेका जनजाति नेताहरु अहिले समाजवादी पार्टी मार्फत निर्वाचनमा होम्मिएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ को उक्त क्षेत्रको बलिया उम्मेदवार नेपाली काँग्रेस र एमालेका विचमा मात्रै प्रतिस्पर्धा हुनेछ । किन भने एमाओवादीको लोकप्रियता र सांगठनिक रुपमा दिन प्रतिदिन कम्जोर बन्दै गएको छ । पहिलो संविधान सभा निर्वाचनका उम्मेदवार शिवराज जोशीका विरुद्धमा प्रचारमा उत्रिएका अहिलेका उम्मेदवार तप्तबहादुर विष्ट माथी पहिलेकै जस्तौ खेल हुन सक्ने संङ्केतहरु देखिएका छन् ।
प्रचारात्मक रुपमा तत्पबहादुर विष्ट बलियो भनेपनि आन्तरिक रुपमा पार्टी संगठनभित्रैबाट असहयोग हुने लक्षणहरु देखिएका छन् । विगतको इगो राख्दै शिवराज पक्षिय कार्यकर्ता उनका विरुद्धमा लाग्ने निश्चित छ । यस पटक निकटकै विषयमा क्षेत्रीय सभापति र जिल्ला सभापतिका विचमा ठुलै कस्का कस्की भएको हुँदा क्षेत्रीय सभापतिबाट समेत सहयोग पाउने सम्भावना न्यून देखिन्छ । त्यसैले पार्टी परिचालन मार्फत कार्यकर्ता र भोटरको संरक्षण गर्न सकेमा यस पटक ख्याल ख्यालैमा क्षेत्र नं. ३  पनि एमालेको पक्षमा आउँने सम्भावना बढेको छ ।
पहिलो संविधान सभा निर्वाचनमा एमाओवादीको धाँधली र त्यस अघिका विभिन्न निर्वाचनमा नेपाली काँग्रेसले बल प्रयोग गरी निर्वाचनमा मतदाता भन्दा गैरमतदाताको प्रयोग मार्फत विजयी हुने गरेका घटना प्रशस्तै छन् । यस पटकको निर्वाचनमा फोटो सहितको नामावली हुने भएकाले दुरुपयोग हुनबाट रोके मात्रै एमालेले आफ्नो पक्षको मतबाटै विजयी हुने विश्लेषकहरुको भनाई रहेको छ

चपाई एमालेमै फर्किए

सुर्खेत, २३ असोज ।
नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडा कमिटी अध्यक्ष चुडामणी चपाई पुनः नेकपा एमालेमै फर्किएको घोषणा गरेका छन् । एमाओवादीले आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै प्रचार गरेको प्रति ध्यानाकर्षण भएको भन्दै आफु एमाले पार्टी परित्याग नगरेको विज्ञप्ति मार्फत घोषणा गरेका छन् ।
विज्ञप्ति मार्फत विगत २० बर्षदेखि नेकपा एमाले पार्टीमा सक्रियतापूर्वक लागेको बताउँदै अँझै पनि एमाले पार्टीमै सक्रियतापूर्वक लाग्ने जानकारी दिए । उनले विज्ञप्ति मार्फत नेकपा एमाले क्षेत्र नं. २ का एमाले उम्मेदवार यामलाल कँडेललाई विजयी गराउन दृढताका साथ लाग्ने प्रतिवद्धता जनाएका छन् ।

No comments:

Post a Comment