Saturday, October 19, 2013

दोस्रो संविधानसभा निर्वाचन–२०७० मा
सुर्खेतमा एमालेका गतिविधिहरु

२०१ सदस्यीय प्रचार कमिटी
सुर्खेत, २ कार्तिक ।
नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ वडा कमिटीको आयोजनामा संविधान सभा निर्वाचनका लागि दुई सय एक सदस्यीय प्रचार समिति गठन गरिएको छ । वडा कमिटीको शनिबार बसेको बैठकले निर्वाचनमा नेकपा एमालेको प्रचार प्रसार गर्दै एमाले उम्मेदवारलाई विजयी गराउन उक्त प्रचार कमिटी गठन गरिएको हो ।
वडा कमिटीका अध्यक्ष नगेन्द्र सिंहको संयोजकत्वमा प्रचार कमिटी गठन गरिएको छ । कमिटीले यही कार्तिक ४ गते भैरव उच्च माविमा कार्यकर्ता र शुभेच्छुकको भेला गरी घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको नगर कमिटीका उपाध्यक्ष निलकण्ठ खनालले जानकारी दिए । बैठकमा जिल्ला कमिटी सदस्य एवंम वडा नं. ४ का इन्चार्ज केदार कँडेलको समेत उपस्थिति रहेको थियो ।
 
वडा नं. ६ मा विभिन्न समिति गठन
सुर्खेत, २ कार्तिक ।
वीरेन्द्रनग नगरपालिका वडा नं. ६ मा दुई सय ५१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ । नेकपा एमाले वडा कमिटीको शनिबार सम्पन्न बैठकले निर्वाचनमा सुर्य चिन्हमा मतदानका लागि प्रचार प्रसार गर्न उक्त कमिटी गठन गरिएको हो ।
नेकपा एमाले वीरेन्द्रनगर–६ वडा कमिटीका अध्यक्ष प्रेमबहादुर वलीको संयोजकत्वमा प्रचार कमिटी गठन गरिएको छ । त्यसैगरी खडानन्द कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन सल्लाहकार कमिटी समेत गठन गरिएको छ ।
मनिसरा रावतको संयोजकत्वमा महिला परिचालन,  युवा संघका संयोजक मानबहादुर शाहीको संयोजकत्वमा युवा परिचालन समिति, मानबहादुर विकको संयोजकत्वमा मजदुर तथा कामदार परिचालनका समिति, बमबहादुर कामीलाई उत्पीडितजाति परिचालन समिति गठन गरिएको छ ।  बैठकले सुर्य चिन्हमा मतदान गरी नेकपा एमाले र एमालेका उम्मेदवारलाई विजयी गराउन कार्तिक ५ गतेदेखि घरदैलो अभियान संचालन गर्ने निर्णय गरेको छ ।

एमाले पहिलो शक्ति
सुर्खेत, २ कार्तिक ।
सुर्खेत निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार एवंम निवर्तमान सभासद कमला शर्माले दोस्रो संविधान सभा निर्वाचनबाट नेकपा एमाले पहिलो शक्ति हुने दावि गर्नुभयो । नेकपा एमालेका नीति, कार्यक्रम र घोषणा–पत्रले बार्षिक तीन लाख युवाहरुलाई रोजगारी सृजना गर्ने घोषणा गरेको बताउँदै एमालेको नीति र एमालेकै नेतृत्व भन्ने मुल नारा सहित निर्वाचन मुखी अभियानमा केन्द्रीत भएको बताउनुभयो ।
गृहगाविस बजेडीचौरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधान गर्दै आफ्नो उम्मेदवारी भनेको पति ऋषि शर्माको हत्यारालाई कार्वाहिको दायरामा ल्याउँदै क्षेत्र नं. १ का जनताको सेवा गर्ने रहेको बताउनुभयो ।
ऋषि शर्माका हत्याराहरु पुनः शक्तिमा आउन खोजिरहेको बताउँदै उहाँले त्यसको फैसला जनतालेनै गर्ने बताउनुभयो । जनताका नेतालाई सड्यन्त्र पूर्वक हत्या गर्ने व्यक्तिलाई जनतालेनै तह लगाउने उहाँको दावि थियो ।
दोस्रो संविधान सभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नं. १ मा पर्ने सम्पूर्ण गाउँ विकास समितिहरुमा एमाले गाउँ कमिटीको आयोजनामा पहिलो चरणमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सहित घरदैलो अभियान संचालन गरिरहेको जनाईएको छ ।
कार्तिक ७ गते सम्म घरदैलो तथा विजयादशमी र दीपावलीको शुभकामना आदान–प्रदान सहित कार्यकर्ता भेटघाट सहितको कार्यक्रम संचालन भैरहेको नेकपा एमाले प्रचार विभाग प्रमुख टेकेन्द्रकुमार वस्नेतले जानकारी दिए । जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी, सम्बन्धि गाउँ विकास समितिका इन्चार्ज, गाउँ कमिटीका अगुवा नेता कार्यकर्ताहरुको सक्रियतामा चुनावी प्रचारात्मक अभियान सुरु भएको जानकारी दिए ।

No comments:

Post a Comment