Friday, November 8, 2013

तपार्इंको पुरा परिचय पाउँ न ? 
दिपक बुढा 
युगआव्हान दैनिक (कार्यकारी सम्पादक)
राजधानी दैनिक (जिल्ला सम्वददाता)
नेपाल पत्रकार महासंघ शाखा सुर्खेत  (कार्यसमिति सदस्य)
प्रेस चौतारी नेपाल (भेरी अञ्चल सदस्य)
स्थायी घर ः लाटीकोइली–९, सुर्खेत, हाल वीरेन्द्रनगर–६, सुर्खेत

तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
विगत पाँच बर्षदेखि पत्रकारीता गर्दै आएको छु । सुर्खेत जिल्लाबाट पहिलो एक स्थानीय पत्रिकाबाट सुरु गरेको पत्रकारीता अहिले राष्ट्रिय स्तरको राजधानी दैनिक र स्थानीय युगआव्हान दैनिकको संचालन गरिरहेको छु । समाजमा रहेका गलत प्रवृति, गलत कार्यको आवाज उठाउँने स्थानीय स्तरमा नागरिकहरुलाई सचेत तुल्याउँदै आवाज विहिनहरुको आवाज बन्ने र समाजमा आफ्नो पहिचान स्थापित गर्नका लागि मैले पत्रकारीता पेशाको छनौट गरेको हुँ । पत्रकारीमा रहँदा पनि कहिले काँही यो पेशाबाट स्थायीत्व हुन सकिन्छ वा सकिँदैन भन्ने अन्यौल थियो तर अहिले आफ्नै छापाखाना, पत्रिका भएकाले अव भने पत्रकारीतामा स्थायीत्व हुन्छ जस्तो लाग्छ ।

 कति समय भयो यस पेशामा लागेको ?
यो पेशामा मैले काम गर्न थालेको ५ बर्ष जति भयो । स्थानीय लोकमञ्च दैनिक पत्रिकाबाट पत्रकारीताको सुभारम्भ गरेको थिँए । विभिन्न अवरोह, आरोह पार गर्दै अहिले स्थानीय युगआव्हान दैनिक पत्रिका आफैले संचालन गररहेको छु । म त्यसको कार्यकारी सम्पादक र राजधानी दैनिकका लागि सुर्खेतबाट सम्वाददाताको रुपमा काम गरिरहेको छु ।

कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? (जस्तै मानवअधिकार, बाल, राजनीतिक बिट, आर्थिक, सामाजिक, युद्ध)
मलाई जहिले पनि समाजमा भएको अनियमितता, भ्रष्ट्राचार, सामाजिक विकृति, विसंगतिका बारेमा खोज अनुसन्धान गरी गल्ती गर्ने व्यक्तिको गल्ती औल्याउँदै उसलाई सचेत बनाउने र अन्य व्यक्तिहरुलाई समेत आफ्नो पदिय दायित्वबाट सचेत बनाउने खाल्को खोज अनुसन्धान गर्न रुचि लाग्छ । कसैले पनि पद, प्रतिष्ठा र सम्मानको दुरुपयोग नगरोस भन्ने मेरो चाहना हुन्छ । त्यसैगरी आर्थ सबैका लागि नभै नहुने प्रमुख वस्तु भएकाले सफल उद्यमी, व्यवसायीहरुका बारेमा खोज, अनुसन्धान सहित उनीहरुको व्यक्तित्वका बारेमा सकारात्मक सन्देश मार्फत अन्य व्यक्तिको प्रेरणादायीक रिपोर्ट तयार गर्न मन लाग्छ । उनीहरुबाट व्यवसायको ज्ञान लिँदै अरुले पनि त्यसको सिको गरुन भन्ने मेरो इच्छा हुन्छ । त्यसै अनुसार रिपोर्टीङ गर्ने गर्दछु ।

 मध्यपश्चिमको क्षेत्रीय सदरमुकाममा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, सजिलै होला नि ! होईन ?
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर सुर्खेत हो । यहाँ क्षेत्रीय कार्यालयहरु रहेका छन् । कर्णाली अञ्चलको मुख्य प्रवेशद्धारा यही हो । साथै पहाडी जिल्ला दैलेख, जाजरकोट समेत नजिकै रहेका छन् । क्षेत्रीय सदरमुकाम भएकाले यहाँ समाचारका विषय वस्तुहरु धेरै छन् । संधै जसो क्षेत्रीय अस्पताल, कर्णाली राजमार्ग, कर्णालीमा खाद्यान्न संकट हाम्रा समाचारका विषयवस्तु बनिरहेका छन् । क्षेत्रीय कार्यालयहरु सबै यहिँ भएकाले क्षेत्रीय स्तरका विभिन्न सूचना, सामाग्री जानकारी लिनका लागि हामीलाई सहज छ । साथै मध्यपश्चिमका धेरै जिल्लाका स्थानीय व्यक्तिहरु समेत सुर्खेतमा उपलब्ध हुने भएकाले उहाँ उनीहरुबाट थप जानकारी लिन, ग्रामिण समूदायमा भए गरेका घटनाका बारेमा जानकारी पाउन त्यति गाह्रो छैन ।

एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ? 
पत्रकारीता पेशा आफैमा पवित्र पेशा हो । राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने पेशा हो । कहिले काँही हामी समाचार लेखेकै कारण विवादमा आउँछौं । समाचार लेखेकै कारण ज्यान मार्ने धम्की आउँछ । एकातर्फ भौतिक सुरक्षा छैन भने अर्को तर्फ आर्थिक रुपमा समेत पत्रकारीता पेशा संकट ग्रस्त रहेको छ । भौतिक आक्रमण देखि आर्थिक रुपमा समेत समस्या भैरहने गर्छन ।

 मोफसलै भएपनि सुर्खेत पत्रकारिताका लागि उर्वर मानिन्छ, कत्तिको पाउनु भयो ? 
सुर्खेत पत्रकारीताको हिसावले अन्य जिल्लाको तुलनामा व्यवस्थित छ । यहाँबाट दैनिक १० वटा पत्रिका प्रकाशित भैरहेका छन् । चार वटा एफएम रेडियो रहेका छन् । एउटा स्थानीय टेलिभिजन रहेको छ । रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र समेत सुर्खेतमा रहेको छ । सुर्खेतको पत्रकारीताको ट्रेनमा हामी जहिले पनि प्रत्येक दिन नयाँ नयाँ विषयवस्तुको उठान गछौं । जिल्लाका सबै पत्रिकामा एउटै समाचार प्रमुख हुँदैनन् । बाहिरि जिल्लाका समाचार पनि प्रमुख समाचार बन्दैनन । जिल्लाकै विभिन्न विषयवस्तुलाई प्रत्येक मिडियाले फरक फरक तरिकाले समाचार प्रकाशित, प्रशारित गरिरहेका छौं ।


 तपाईले सञ्चालन गरिरहेको “युगआव्हान दैनिक” कस्तो चलिरहेको छ ?
मैले संचालन गरेको युगआव्हान दैनिक स्थापना कालमा धेरै चुनौतिहरु थिए । आर्थिक रुपमा सफल नहुँदा पत्रिका केही समय समेत रोकिएको थियो तर पछि मैले आफ्नै सक्रियतामा पत्रिकालाई पुर्नजिवित गरेको हुँ । दैनिक पत्रिकाको सुर्खेतका लागि धेरै भैसके । यहाँको बजारले धान्ने अवस्था छैन् । त्यसैले हामी पनि आर्थिक रुपमा संकट ग्रस्त नै छौं । अहिले वत्रिका वर्गिकरणमा परेकाले केही राहतको महशुस गरेका छौं । पत्रिका ग बर्गमा परेको छ । अहिले आफ्नै छापाखाना संचालनमा रहेको छ । छापाखाना संगै संचालित भएकाले पनि केही सहज भएको छ । छपाईको खर्च तिर्नु परेको छैन् । पत्रिका संचालन गर्न केही गाह्रो छैन् ।

 कसरी मुल्याँकन गर्नु भएको छ मोफसल पत्रकारितालाई ?
मोफसलमा संचार माध्यमहरु धेरै भएकाले पनि होला । यहाँ पत्रकारहरुपनि धेरै छन् । काम गरेर आफ्नो पहिचान बनाउने पत्रकार भन्दा पनि एफएम, पत्रपत्रिकामा काम गरेवापत आफूलाई ठूलो पत्रकार ठान्ने र त्यही अनुसारका अस्वभनिय क्रियाकलाप गर्नेहरु पनि नभएका होइनन तर पत्रकारिता पेशालाई मर्यादित बनाउन आवश्यक छ ।  पेशाको दुरुपयोग गर्दै विभिन्न काम भैरहेको भन्ने जनगुनासोहरु पनि आउने गरेका छन् । एउटा संचार माध्यममा काम गर्न वित्तिकै आफुलाई ठूलो पत्रकार ठान्ने प्रवृत्तिलाई रोक्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले त्यही अनुसारको कार्ययोजना ल्याउँनुपर्छ । नेपाल पत्रकार महासंघले समेत आफ्नो भूमिकालाई थप व्यवस्थित र सुधार गरी बढ्नुपर्छ । पत्रकार बन्नका लागि कुनै परिक्षा पास गर्ने व्यवस्था गर्नुपर्छ । निश्चित प्रक्रिया पुरा गरेर मात्रै पत्रकार बन्न सक्ने व्यवस्था ल्याउँनुपर्छ ।

मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
सरकारले पत्रकार बन्नका लागि न्यूनतम शैक्षिक योग्यता र पत्रकारिता गरेको हुनुपर्ने केही प्राव्धान तोकेको छ । त्यसलाई समयानुकुल बनाउँदै लानुपर्छ । पत्रकार बन्नका लागि विभिन्न चरणमा परिक्षा उत्तीर्ण गर्ने व्यवस्था गर्नुपर्छ । प्रेस काउन्सिलले पत्रिका वर्गिकरण गर्ने मात्रै होइन । पत्रकारहरुको परिक्षा लिएर उपयुक्त वा अनुपयुक्त पत्रकारको पनि निश्चित परिक्षा उत्तीर्ण गर्ने व्यवस्था गर्नुपर्छ । अन्यथा यसको व्यवस्थापनमा केही चुनौति थपिन सक्छन् ।

 थुप्रै समस्याहरु छन मोफसल पत्रकारहरुका, नेपाल पत्रकार महासंघले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका निर्वाह गरेको पाउनुहुन्छ ?
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ हो । यो पनि एउटा राजनीतिक गर्ने थलो बनेको छ । पत्रकारको नाममा व्यवसायीक रुपमा पत्रकारीतालाई आफ्नो व्यवसाय बनाएका व्यक्ति भन्दा पनि यसमा गैर पत्रकारहरुको संख्या ठूलो छ । छानविन गरी गैरपत्रकारहरुलाई सदस्यताबाट बञ्चित गरिनुपर्छ । अग्रज व्यक्तित्व जो यो समयमा पत्रकारीत ागर्नहुन्न उहाँहरु अन्य पेशा व्यवसायमा आवद्ध हुनुहुन्छ उहाँहरुलाई ससम्मान विदाई गर्नुपर्छ । सदस्यता विरणमा पनि कडाई गर्न आवश्यक छ ।
पत्रकार महासंघ बास्तविक पत्रकारहरुको हक, हितका बारेमा बोल्ने संस्था बन्न सक्नुपर्छ । न कि यहाँ राजनीति गर्ने थलो पत्रकार महासंघलाई बनाउनु हुँदैन ।


 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरु –जस्तैः प्रेश चौतारी, युनियन) को भुमिका कस्तो पाउनु भएको छ ? 
यो वा त्यो संगठनले राम्रो ग¥यो भनेर म भन्दिन । किन भने यी संगठनहरु प्रत्यक्ष रुपमा राजनीतिक दलका भातृ संगठनका रुपमा काम गर्दै आएका छन् र राजनीतिक दल निकट भनेर चिनिन्छन त्यसैले दलको विल्ला लागेका संगठन भनेका राजनीति गर्नका लागि गठन भएका हुनाले यी पत्रकारहरुको साझा हक अधिकार भन्दा पनि आफ्नो माउ पार्टीलाई रिजाउन आफ्ना गतिविधिहरु संचालन गर्ने गर्दछन् । तर केही पत्रकारहरुको क्षमता विकास गर्ने यही संगठन बनेका छन् ।



तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिता समाजको एैना हो । यसले समाजमा भएका राम्रा र नराम्रा घटनाको चित्रण गर्छ । सत्य, असत्य घटनाको चित्रण गर्छ । समाजलाई सहि दिसामा लैजान सहयो पु¥याउँछ । पत्रकारिता पेशालाई थप मर्यादित र जिम्मेवार बनाउन आवश्यक छ  ।

 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ ? 
साँच्चीकै हो । पत्रकार बन्नका लागि कुनै गाह्रो छैन् ।  कुनै बाधा छैन् । एफएम रेडियोमा संगितिक कार्यक्रम चलाउने पनि पत्रकार, पत्रिका बेच्ने पनि पत्रकार, विज्ञापनमा काम गर्नेपनि पत्रकार अब बास्तविक पत्रकार को हो ? त परिभाषा स्पष्ट हुनुपर्छ । नेपाल सरकारले पनि निश्चित परिक्षा उत्तीर्ण गरेपछि मात्रै पत्रकार बन्ने कानूनि व्यवस्था ल्याउँनुपर्छ । ड्राईभर बन्न गाडी चलाउनु जान्नुपर्छ, शिक्षक बन्न अध्यापन अनुमति पत्र उत्तिर्ण गरेको हुनुपर्छ, डाक्टर बन्न निश्चित विषयमा एमविविएस उत्तीर्ण गर्नुपर्छ तर पत्रकार बन्न केही पनि गुर्नपदैन्  । एफएममा एउटा कार्यक्रम चलाए हुन्छ । पत्रिकामा एउटा लेख लेखे पुग्ने रे यो कस्तो हो ? पत्रकारको परिभाषा अनि कसरी हुन्छ व्यवस्थित ।

 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
म आफुलाई पत्रकार बन्न रुचाउँदिन किन भने पत्रकार भनेर आफुलाई ठूलो मान्छे गराउनु छैन् । म त एउटा पत्रिकामा काम गर्दछु भनेर भन्छु । पत्रकार भन्ने वित्किै केही खराब प्रवृत्तिका कारण वदनामि हुँदैछ । तर मैले पत्रकारीता पेशाको दुरुपयोग गरेको छैन् । आफुले व्यापार, व्यवसाय गर्दा पनि क तै पत्रकारिता पेशाको दुरुपयोग गर्दै काम गरेको भन्ने आरोप आउँछ कि भन्नेमा म संधै सचेत छु । व्यवसाय मेरो एउटा पाटो हो भने पत्रकारिता पेशा अर्को पाटो त्यसैले दुवैलाई आ–आफ्नो भूमिका अनुसार मैले आफ्नो कार्य अगाडी बढाई रहेको छु ।

सुर्खेतको पत्रकारिताले पैसा त राम्रै कमाउनु भयो होला नि !
पत्रकारीता पेशा साँच्चीकै भन्ने हो भने रुपैयाँ कमाउनका लागि भन्दा पनि यसबाट एउता आफ्नो नाम स्थापित गर्न, पत्रकारितामा आफ्नो पहिचान बनाउन चाही म सफल भएको छु । एउटा दैनिक पत्रिका संचालन गरेको छु । प्रेश चौतारी नेपालको भेरी अञ्चल सदस्य भएको छु भने नेपाल पत्रकार महासंघको निर्वाचित कार्यसमिति सदस्य भएको छु । म त्यसैमा सन्तुष्ट छु तर रुपैयाँ भने कमाएको छैन बरु पत्रकारिता पेशालाई स्थायीत्व गर्न आफ्नो धेरै रकम लगानी गरेको छु ।

तपाईको पारिवारिक अवस्था वताउन मिल्छ कि ! (जस्तै ः वैवाहिक स्थिति, छोराछोरी, आमा वुवा आदि) 
म विवाहित हुँ । मेरी श्रीमति हिमकुमारी उपाध्याय पनि पहिले एफएम रेडियोमा आवद्ध थिईन तर पनि मैले पत्रकारीता भन्दा व्यवसाय गर्नुपर्छ भनेर मेडमलाई छापाखानाको सम्पूर्ण जिम्मेवारी दिएको छु । अहिले सम्म बाल बच्च भएका छैनन् । विवाह गरेको तीन बर्ष भयो । बुबा मानबहादुर बुढा, आमा मनसरा बुढा, हजुरबुबा विरबहादुर बुढा र अजुरआमा कलावति बुढा हुनुहुन्छ ।

तपाईका रुची र चहानाहरु के के हुन ? 
गित, संगित सुन्ने, नयाँ नयाँ ठाउँको भ्रमण गर्ने, डायरी कोर्ने, व्यवसायलाई जिल्लाकै सबैभन्दा ठूलो र स्तरिय, व्यवस्थित बनाउने चाहना छ ।

मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
पत्रकार बन्नका लागि निश्चित परिक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गर्नुपर्छ,
पत्रपत्रिकामा काम गर्ने र एफएम रेडियोमा काम गर्नेहरुका लागि कामको भूमिका अनुसारको पद तोक्नुपर्छ तर सबैलाई पत्रकार भन्नुहुँदैन,
पत्रकारहरुको भौतिक, आर्थिक, सामाजिक सुरक्षाका लागि सरकारले निश्चित कार्यक्रम घोषणा गर्नुपर्छ, जसरी मिडिया विकास कोषको संचालन भैरहेको छ त्यसैगरी पत्रकार कल्याणकारी कोषको स्थापना गरी सेवा सुविधा दिनुपर्छ,
गलत कार्य गर्ने पत्रकारहरुलाई छानविन गरी कार्वाहि गर्ने संयन्त्र निर्माण गर्नुपर्छ,

No comments:

Post a Comment