Wednesday, December 12, 2012

विद्यार्थी—विश्वविद्यालय वार्ता मिति स¥यो 
गोविन्द खत्री÷युगआव्हान
सुर्खेत, २७ मंसिर ।
मध्यपश्चिम विश्वविद्यालय र संयूक्त विद्यार्थी संगठनहरुबीच शुल्क र छात्रबृत्ति लगायत विद्यार्थीहरुले राखेका मागहरु सम्बन्धी बसेको बार्ता बुधबार पनि २९ गतेका लागि मिति सारी टुङ्गिएको छ । 
विश्वविद्यालयको तयारी नपुगेको भन्दै पुनः २९ गते बस्ने गरी सामान्य विषयमा छलफल गरी टुङ्गिएको विश्वविद्यालयका डिन पिताम्बर ढकालले बताए । विश्वविद्यालयले तोकेको शुल्क महंगो भएको र यस क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुको पहुँच बाहिर भएको भन्दै विद्यार्थी संगठनहरुले शुल्क घटाउन माग गर्दै विभिन्न चरणमा विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । 
विश्वविद्यालयले महंगो शुल्कमा भर्ना सुरु गरेको भन्दै विद्यार्थीमाथीको शुल्क नघटाए आन्दोलन गर्ने भन्दै ज्ञापन पत्र बुझाए पछि यस अघि मंसिर १८ गते विश्वविद्यालयले बार्ताका लागि विद्यार्थी संगठनहरुलाई बोलाएको थियो । १८ गते संयुक्त विद्यार्थी संगठन र विश्वविद्यालयवीच भएको बार्तामा विद्यार्थीहरुले आप्mनो तर्फबाट शुल्कको खाका विश्वविद्यालयलाई बुझाए पनि उपकुलपति र सम्पूर्ण डिनहरु उपस्थित हुन नसक्दा बार्ता टुङ्गीन सकेको थिएन् ।  

विद्यार्थीहरुले प्रस्ताव गरेको शुल्कका विषयमा छलफल गरि  विश्वविद्यालयका उपकुलपति र डिन सहित हिजो अर्थात बुधबार बार्ताकालागि बोलाएको थियो । बुधबार बसेको बार्तामा विद्यार्थीहरुले बुझाएको शुल्कको खाकामा पूर्ण रुपमा अध्ययन नभएको र थप अध्ययन गरी पुनः २९ गते बार्ता बस्ने निर्णय भएको विश्वविद्यालयका डिन पिताम्वर ढकालले जानकारी दिए । 
२९ गते बसेको बार्ताले अन्तिम निष्कर्षमा पुगिने ढकालले बताए । विद्यार्थीहरुको मागलाई सम्बोधन गरिने तर पूर्ण रुपमा विद्यार्थीहरुले बुझाएको खाका अनुसार जान नसकिने उनले जनाए । पटक—पटक बार्ताका लागि बसिरहँदा पनि टुङ्गोमा पुग्न नसकिएको भन्ने नराम्रो प्रभाव हुने भएकाले अबको बार्तानै निर्णायक बार्ता हुने उनको भनाई रहेको छ । 
यता विद्यार्थीहरुले भने विश्वविद्यालयले आफूहरुलाई पटक पटक  बार्ता बोलाएर पनि निश्कर्षमा पुग्न नसकेको प्रति आपत्ती प्रकट गरेका छन् । आफूहरुले बुझाएको शुल्कको प्रस्तावित खाका न्यूनतम र अन्य सरकारी विश्वविद्यालयको भन्दा अझ बढ्ता नै भएकोले यो नै अन्तिम खाका भएको सुर्खेत क्याम्पस शिक्षाका स्ववियु सभापति कमल सिजापतिको भनाई रहेको छ । 
अन्तिम पटक समय मागे पछि २९ गतेको लागि सहमति भएको र यदि २९ गते पनि सहमति हुन नसक्ने त्यस भन्दा पछाडीमा बार्तामा नबस्ने सिजापतिलेको भनाई रहेको छ । यदि विश्वविद्यालयले शुल्कमा सहमति नगरे २९ गते पछाडी आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने उनले बताए । 
उनले भने ‘यस क्षेत्रमा बसोबास गर्ने जनताको पहुँचको हुनुपर्छ सरकारसंग समन्वय गर्नुप¥यो नत्र भने नीजि विश्वविद्यालय घोषणा गरिदिनु प¥यो ।’ यहाँका स्थानीय जनताको परिश्रम र निरन्तर प्रयास पछि बनेको विश्वविद्यालयले स्थानिय जनताका विद्यार्थीहरुले पढ्न सक्ने किसिमको शुल्क हुनुपर्ने उनको भनाई रहेको छ । 
आफुहरुले बुझाएको शुल्क अन्य सरकारी विश्वविद्यालयको भन्दा दुई गुणा भएको भन्दै सामान्य विषयहरु शिक्षा र व्यवस्थापन संकायका विषयहरुमा अन्तिम प्रस्ताव भएको र प्राविधिक विषयमा भने केहि तलमाथि हुन सक्ने वीरेन्द्रनगर बहुमुखी क्याम्पस स्ववियु सभापति केशव शाहीले बताए । विश्वविद्यालयले गुणस्तरको कुरा गरेर विद्यार्थीहरुको पहुँच भन्दा बाहिरको शुल्क निधारण गरेकाले शुल्क नघटाए आन्दोलनका कार्यक्रमहरु सशक्त रुपमा अगाडी बढाउने जनाए । 
विश्वविद्यालय आफूहरुका माग प्रति जिम्मेवार नभएको भन्दै यदि गैर जिम्मेवार ढंगले प्रस्तुत भईराखे आन्दोलनको विकल्प नभएको उनको भनाइ रहेको छ । विश्वविद्यालयले र विद्यार्थीबीच पटक पटकको बार्ताबाट समेत टुङ्गोमा नपुग्दा विद्यार्थीहरुमा अन्यौलता छाएको छ छिटो भन्दा छिटो सहजरुपमा पठन पाठनको व्यवस्था मिलाउन र अन्यौलता बारे प्रस्ट पार्नुपर्ने सर्वसाधारण तथा विद्यार्थीहरुको भनाई रहेको छ ।     

No comments:

Post a Comment