Wednesday, December 12, 2012

पत्रकार थापाका हत्यारामाथि कारबाही माग गर्दै रिट दर्ता
दीपक बुढा÷सुर्खेत
सुर्खेत, २७ मंसिर ।
सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन बिद्रोही नेकपा माओवादीद्धारा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै पुनरावेदन अदालत सुर्खेतमा रिट दायर भएको छ । नेपाल पत्रकार महासंघको सक्रियता तथा एड्भोकेसी फोरमको कानूनि सहयोगमा पत्रकार थापाकी श्रीमती लक्ष्मीले बुधबार रिट दायर गरेकि हुन ।
रिटमा जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला सरकारी वकिलको कार्यालय दैलेखलाई विपक्षी बनाइएको छ । थापा परिवारले हत्याराहरुमाथि कानुनी कार्वाही गरीपाउँ भनी २०६५ साल भदौ ६ गते प्रहरी कार्यालय दैलेखमा जाहेरी दर्ता भएको थियो । तर ४ बर्षसम्म प्रहरीले अनुसन्धान प्रहरी अगाडि नबढाएपछि अदालतको ढोका ढक्ढकाउन बाध्य भएको डेकेन्द्रकी श्रीमती लक्ष्मीले बताइन ।

०६१ मा माओवादीद्धारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिए ।  सुरक्षित साथ राखेका छौं । छिट्टै फर्काइदिन्छौं भन्थे,् लक्ष्मीले भनिन, ‘अपहरण भएको डेढ महिनापछि मृत्य भएको खबर पाएँ ।्’ पतिको मृत्यु भएपछि लक्ष्मीले शव पाउन निकै संघर्ष गर्नुप¥यो । धेरै खोज तलास गर्दा शव नपाएपछि उनले धार्मिक विधिअनुसार नमुना मानेर दाहसंस्कार गरिन, तर उनको मनले अझै शान्ति पाएन । पार्थिव शरीरको खोजीमा उनले माओवादी, सरकार विभिन्न न्यायिक निकायको ढोका ढकढक्याइन । 

गाउँले, पत्रकार महासंघ, मानवअधिकारवादी संघसंस्थाको पहल चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर भेटियो दैलेखको द्धारी गाउँमा । भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सरक्षाकर्मीले खाल्डो खनेर एकएक अस्थिपञ्जर संकलन गरेको दृश्यले माओवादीको हिंसात्मक प्रवृत्तिमाथि निन्दा भाव उत्पन्न हुन्छ । दोषी ठहर गरी कारबाही गर्न उजुरी गरे पनि हालसम्म सुनुवाइ नभएको लक्ष्मीले बताइन । 
उनले दोषीलाई कारबाही नहुँदासम्म निरन्तर संघर्ष गरिरहने सुनाइन । ‘अहिलेसम्म सरकारले नसुनेझंै गरेको छ’ उनले भनिन, ‘यसै थाक्नेवाला छैन, न्याय नपाउँदासम्म लडिरहन्छु ।’ 
अपराधीलाई कारबाही नभएसम्म न्यायको लडाईं लडिरहने उनको दृढता छ । रिटमा तत्काल प्रभावकारी अनुसन्धान गरी दोषी देखिएका व्यक्तिहरु उपर सम्वन्धित कसुर अपराधमा मुद्दा चलाउन तथा पीडित परिवारलाई परिपूरण लगायत प्रभावकारी उपचारअन्तरगत प्राप्त गर्ने हक प्रदान गर्न परमादेशको आदेश जारी गरी पाउँ भनी माग दावी गरिएको छ ।
किटानी जाहेरी दर्ता गरेपनि प्रहरीले मुद्दाको अनुसन्धान अधिकृत नतोक्नुका साथै विपक्षी सरकारी वकिल कार्यालयलाई जानकारी नदिएको, सरकारी वकिल कार्यालयले पनि यस सम्बन्धमा कुनै चासो नलिएको र अहिलेपनि अभियुक्तहरु प्रहरी कार्यालयको वरिपरी खुल्लेआम घुमफिर गरिरहेको अधिवक्ता एवं एड्भोकेसी फोरमका मध्यपश्चिम संयोजक बसन्त गौतमले जानकारी दिए ।
वर्तमान फौजदारी न्याय प्रणाली अन्तरगत मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई प्रहरीलाई कुनैपनि कानुनले नरोकेको भन्दै गौतमले मुद्दाको प्रभाबकारी अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन सबै पक्षको सकारात्मक सहयोग हुनुपर्ने बताए ।
२०६१ साल असार १२ गते माओवादी कार्यकर्ताको अपहरणमा परेका पत्रकार थापालाई चरम यातना दिएर २०६१ साउन २७ गते हत्या गरेका थिए । उनको शव दैलेखको द्धारी गाविस वडा नम्बर १ अन्र्तगत पर्ने खोल्सामा गाडिएको अवस्थामा फेला परेको थियो ।
डेकेन्द्रको हत्यामा संलग्न भन्दै दैलेख कट्टि गाविस १ का बमबहादुर खड्का, लछिराम घर्ती, छिउडी पुसाकोटका केशव खड्का लगायत विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिइएको छ । द्धन्द्धकालमा २८ पत्रकारले ज्यान गुमाएका र उनीहरुका २६ जना छोराछोरीलाई नेपाल पत्रकार महासंघले पढाइमा सघाउ पु¥याउँदै आएको छ ।

No comments:

Post a Comment