Wednesday, June 26, 2013

लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

सुर्खेत, १२ असार ।
लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस भैरव युवा शक्तिकरण केन्द्रले सप्ताहब्यापी रुपमा मनाएको छ । अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर केन्द्रले बुधबार वीरेन्द्रनगरमा ¥याली निकालेको छ । मंगलगढीचोकबाट निकालिएको ¥याली घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो । 
कार्यक्रममा लोकतान्त्रि गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव चन्द्रप्रसाद थानीले युवाहरुलाई दुव्र्यशनमुक्त बनाउन घर, परिवार र समाजको सकारात्मक सहयोग हुनुपर्ने बताए । उनले पछिल्लो समय राष्ट्रका कर्णधार युवाहरु दुव्र्यशनमा फस्दै गएको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने बताए । 
कार्यक्रममा नागरिक सचेतना केन्द्रका सचिव डण्डप्रसाद ढकालले युवाहरुलाई दुव्र्यशनमुक्त बनाउनका लागि सबै क्षेत्रबाट सकारात्मक सहयोगको आवश्यकता रहेको औल्याए । कुनै एक संस्था वा ब्यक्तिले मात्रै समाजलाई दुव्र्यशन मुक्त गर्न नसक्ने भएकाले सबैको हातेमालोको खाँचो रहेको उनको भनाई छ । 
केन्द्रका अध्यक्ष ललित भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अर्वुदरोग निवारण संस्थाका सचिव रमेशकुमार केसी, नेपाली कांग्रेसका नगर सचिव उपेन्द्र खड्का, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ सुर्खेतकी सचिव शान्ति सिंह, अशल शासन सुर्खेतका अध्यक्ष हरि अधिकारी लगायतले बोलेका थिए ।
यस्तै सप्ताहब्यापी कार्यक्रमका क्रममा मंगलबार झुप्रा बृहत खानेपानी संस्था र भैरव युवा सशक्तिकरण केन्द्रबीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता सम्पन्न भएको छ । ‘लागू औषधरहित स्वस्थ युवाका लागि कला, संगीत र खेलकुद’ भन्ने नाराका साथ खेलिएको मैत्रीपूर्ण फूटवलमा भैरव युवा सशक्तिकरण केन्द्र विजयी भएको थियो । 
यस्तै केन्द्रले विद्यालय सचेतना कार्यक्रम, समुदाय सचेतना कार्यक्रम, अभिमुखिकरण, अन्तरक्रिया, किशोर–किशोरीहरुसँग मैत्रीपूर्ण छलफल, लागू औषध दुव्र्यशन विरुद्ध प्रचार–प्रसारलगायतका कार्यक्रम गरेर लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको छ । 

No comments:

Post a Comment