Wednesday, June 26, 2013

रारा बैंक एपेक्स विकास बैंक हुँदै
सुर्खेत, १२ असार ।
सुर्खेतको रारा विकास बैंक अन्य दुई वटा फाईनान्स कम्पनीसंग मर्ज भएर एपेक्स विकास बैंक हुने भएको छ । रारा विकास बैंकले विज्ञप्ति जारी गर्दै फाईनान्स कम्पनीसंगको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । तीन वटै संस्थाहरुले हालै कार्यसमिति बैठक सम्पन्न गरी मर्जको निर्णय गरेका छन् ।
रारा विकास बैंक, रोयल मर्चेन्ट बैंक एण्ड फाईनान्स र अपी फाईनान्सका विचमा मर्ज भएर एपेक्स विकास बैंक नामाकरण गर्न तीन वटै संस्थाले कार्यसमितिबाट निर्णय गराएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको कडा प्रतिस्पर्धा, कारोबारमा सिमितता, नेपाल राष्ट्र बैंकले एक आपसमा गाभिन दिएको सुविधाका कारण तीन वटा संस्था मर्ज हुन लागेको जनाईएको छ ।
तीन वटै वित्तिय संस्था गाभिए पछि बैंकको चुक्ता पुँजी ६६ करोड ६५ लाख ६३ हजार हुनेछ र यसले चाँडै नेपाल राष्ट्र बैंकबा स्वीकृत लिएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आफ्नो सेवा प्रवाह गर्ने जनाईएको छ ।

No comments:

Post a Comment