Thursday, November 14, 2013


निर्वाचन क्षेत्र नं. ३ मा
दुवै विष्ट भन्दा, एमालेका रावत बलिया
सुर्खेत, २८ कार्तिक ।
सुर्खेत निर्वाचन क्षेत्र नं. ३ मा मुख्य तीन प्रमुख राजनीतिक दलहरुवीचमा चुनावी प्रतिस्पर्धा हुने भएको छ । एमाओवादी, नेपाली काँग्रेस र एमालेका उम्मेदवारका विच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीन वटै दल पहिलो संविधान सभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी थिए । एमाओवादी र एमाले निकटतम प्रतिस्पर्धी थिए भने नेपाली काँग्रेस तेस्रो स्थानमा थियो ।
मंसिर ४ गते आउन ३ दिन बाँकी छ । मतदान हुने मिति नजिँदै जाँदा प्रमुख प्रतिस्पर्धीहरु को अडकल हुन थालेको छ । पहिलो संविधान सभा निर्वाचनमा विजयी भएको एमाओवादी यस पटक विभाजित भएकाले उसका आधा भन्दाबढी कार्यकर्ताहरु विभाजन भएका छन् ।
२०६४ सालको निर्वाचनमा एमाओवादीका उम्मेदवार नरबहादुर विष्ट १७ हजार मतले विजयी भएका थिए भने निकटतम प्रतिद्धन्द्धीमा ११ हजार मत ल्याएर नवराज रावत पराजित भएका थिए । त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार शिवराज जोसीले ५ हजार मत पाएका थिए ।


एनेकपा माओवादीको दबदबा रहेको २०६४ सालको निर्वाचनमा गुठु, घाटगाउँ, छाप्रे, बेतान, तातापानी, तरंगा, हरिहरपुर, लेखपराजुल, पोखरीकाँडा, लेखगाउँ, गडी गाउँ विकास समितिका बुथ कब्जा गरेर एकलौटी आफ्नो पक्षमा मतदान गर्न लगाएका थिए । बुथ कव्जा गरी मतदान गर्न लगाउँदै एउटै व्यक्तिको पटक पटक मतदान गरी एमाओवादी विजयी भएको अन्य दलहरुले आरोप लगाउने गरेका छन् । निस्पक्ष निर्वाचन नहुँदा धाँधली गरी एमाओवादीले अग्रता लिएको जनाईएको छ ।
२०६४ कै निर्वाचनमा एमाओवादीका उम्मेदवारलाई नेपाली काँग्रेसका सभापति तप्तबादुर विष्टले केही रकम लिएर उनलाई प्रत्येक्ष रुपमा एउटा भोट रुख, अर्को भोट हँसिया हतौडालाई भन्दै प्रचार समेत गरेका थिए । एकातर्फ विपक्षीको सहयोग, अर्को तर्फ धाँधली गरी एमाओवादीका उम्मेदवार विजयी भएका थिए ।
यस पटकको मतदान परिचय पत्र वा नागरिकताबाट हुने, मतदान केन्द्र सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित हुने भएकाले यस पटक धाँधलीबाट फाइदा लिने दल र त्यसका उम्मेदवार निरुत्साहीत हुने देखिएको छ ।
काँग्रेसको गडका रुपमा रहेको निर्वाचन क्षेत्र नं. ३ मा पहिलो संविधान सभा निर्वाचनमा टिकट पाएका पूर्वमन्त्री शिवराज जोसीले आफनै पार्टी सभापति तप्तबहादुर विष्टबाट सहयोग पाएनन् । सभापति विष्टले अपवित्र गठबन्धन गरेर एमाओवादीका उम्मेदवार नरबहादुर विष्टलाई विजयी गराएर आफ्नो स्वार्थ पुरा गरे । यस पटक उनै सभापति तप्तबहादुर  विष्टले प्रत्येक्ष तर्फको उम्मेदवार बनेका छन् ।
पहिलो संविधान सभा निर्वाचनमा धोका पाएका शिवराज जोसी र उनी पक्षिय नेता तथा कार्यकर्ताहरुले अहिले खुलेर तप्तबहादुर विष्टको विरोध गर्ने गरेका छन् । पहिले दिएको धोकाको यस पटक धोका फिर्ता गर्ने मानसिकतामा पुगेका छन् ।
आफ्नो अनुकुलमा कहिले सुशिल कोइराला त कहिले सेरबहादुर देउवा पक्षमा पुग्ने विष्ट कार्यकर्ता माझबाट अविश्वासी रहेका छन् । निर्वाचनमा बलिया मानिएका विष्टलाई हराउनकै लागि पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, पूर्वमन्त्री शिवराज जोसी, क्षेत्रीय सभापति यज्ञ विसी सहितको छुट्टै टिमले आफ्नो अनुकुलका उम्मेदवारलाई सहयोग गर्ने रणनीतिमा पुगेका छन् । 
विष्टले जितेमा आफ्नो भविष्य समेत समाप्न हुने डरले धेरै नेता कार्यकर्ताहरु उनको विरुद्धमा उभिएका छन् । टिकटको चर्चामा रहेका क्षेत्रीय सभापति विसी आफुले उम्मेदवारको टिकट पाउन केही दिन गाउँनुपर्ने देखिएको बताउँदै टिकट पाउन गित गाउँदै हिडन सुरु गर्छु भन्दै व्यङग्य गर्ने गरेका छन् ।
नेकपा एमाले र एमालेका उम्मेदवार निर्वाचन क्षेत्र नं. ३ बाट विजयी हुने विश्वासमा रहेका छन् । एमालेको गाविस हुँदै वडा, टोल सम्म पहिले भन्दा मजबुत संगठन, उक्त क्षेत्रमा पन्ध्र सय बढी संगठित सदस्य, ४ सय बढी शिक्षक संगठनमा आवद्ध शिक्षकहरु रहेकाले आफु बलियो रहेको एमाले उम्मेदवार रावतको दावि छ । 
उक्त क्षेत्रबाट २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए भने २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले १८ वटा गाविस मध्य १३ वटा गाविसमा बहुमत सहित विजयी भएका थिए । नेपाली काँग्रेसले पोखरीकाँडा, तातापानी, विद्यापुर, बेतान गाविसमा विजयी भएको थियो ।
६ महिना देखि १ बर्षभित्र स्थानीय निर्वाचन हुने भएपछि स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरु संगठनलाई मजबुत बनाउँदै बढीभन्दाबढी मत आफ्नो पक्षमा पार्न सक्रिय भएका छन् । स्थानीय निर्वाचनमा विजयी भएका तर विभिन्न पार्टीमा गएकाहरुलाई पनि आफ्नो पार्टीमा फकाउँने काम समेत भैरहेका छन् । एमालेको कमजोर मानिएको तातापानी, तरंगा, गुठु सहितका केही गाउँ विकास समितिको मत विभाजित हुने भएको छ । एमालेका नेताहरु विभाजित नभएर एकरुपताका साथ निर्वाचनमा होमिए र पहिले कमजोर रहेका गाउँ विकास समितिमा सुधारात्मक प्रगति भएकाले विजयीको अन्तिम बिन्दुमा पुग्न धेरै समय बाँकी नहुने बताइएको छ ।

No comments:

Post a Comment