Friday, November 15, 2013

निर्वाचन क्षेत्र नं. १ मा शर्माको विजय सुनिश्चित
ऋषिप्रसाद शर्मा हत्याका आरोपि खड्काको कर्तुत

सुर्खेत, २७ कार्तिक ।
मंसिर ४ गते हुने निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट  १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचनबाट पहिलो हुने प्रतिस्पर्धामा भाग लिने धेरै उम्मेदवार भएपनि प्रमुख रुपमा नेकपा एमालेका निवर्तमान सभासद एवंम सहिद ऋषिप्रसाद शर्माका पत्नी कमला शर्मा र नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्कावीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

विजयी हुनका लागि एमाले र काँग्रेसकै विचमा कडा प्रतिस्पर्धा हुने देखिन्छ भने एमाओवादी तेस्रो स्थानमा पुग्ने विश्लेषण गरिएको छ । २०६४ सालको निर्वाचनमा एमालेका उम्मेदवार ऋषिप्रसाद शर्माका हत्याका आरोपी पूर्व गृहमन्त्री समेत बनेका खड्काको विपक्षीमा जनलहर बढ्दै गएपछि खड्का अताल्लिएका छन ।
प्रत्येक्ष तर्फबाट निर्वाचनमा उम्मेदवार नबन्ने मनसायमा रहेका ऋषिप्रसाद शर्मा हत्याका आरोपि खड्का कार्यकर्ताहरुले जवरजस्ति नाम सिफारिस गरेपछि बाध्य भएर चुनाव लडन् सुर्खेत आईपुगेका छन् । आफ्नो पक्षमा माहोल नदेखेपछि खड्काले अहिले आफ्ना कार्यकताहरुलाई रिसाउने गरेका छन् ।
उता एमाओवादीको कमजोर संगठन, पार्टी विभाजन सहित बैद्य पक्षबाट बढी प्रभावित क्षेत्र भएको एमाओवादी कमजोर देखिएको हो । बिगतदेखिनै एमालेको बिलियो संगठन, स्वतस्फुर्त रुपमा कार्यकर्ताको परिचालन र सहिद ऋषिप्रसाद शर्मा पत्नि उम्मेदवार भएकोले विजयी हुन गाह्रो नहुने एमालेको विश्लेषण छ । फोटो सहितको मतदाता नामावली र सेना परिचालित भएकाले विगतका निर्वाचनमा जस्तो काँग्रेसीबाट धाँधली, मतदातालाई प्रभावित गराउने, गुण्डागर्दीको प्रयोग नहुनेमा एमालेका नेता, कार्यकर्ताको विश्लेषण छ । निर्वाचनमा धाँधली नहुने भएकाले एमाले उम्मेदवार विजयी हुनेमा विश्वस्त रहेका छन् ।
एक हजार तीन सय बढी पार्टीका संगठित सदस्य, वडा तह सम्म पार्टी कमिटी, जनवर्गिय कमिटी, उक्त क्षेत्रमा पर्ने स्थानीय तहमा संरचनाहरुमा एमाले निकटकै व्यक्तिहरुको बाहुल्यता रहेकाले एमाले बलियो देखिन्छ ।
अर्को तर्फ काँग्रेसीहरु उम्मेदवार खड्का विगतदेखिनै विभिन्न मन्त्रालय सम्हालेको र पार्टीको समेत सहमहामन्त्री भएकाले जनताको आकर्षण त्यसै बढ्ने र विजय निश्चित भएको विश्लेषण गर्ने गरिन्छ । काँग्रेसका उम्मेदवार खड्का पार्टी भित्रबाट असहयोग हुने मध्यमा पर्छन । दाङका खुमबहादुर खड्का मार्फत पार्टीको सहमहामन्त्री बनेका सुर्खेतका खड्का राजतन्त्रका पक्षधर मानिन्छन भने देउवा पक्षिय भएकाले पार्टी सभापति सुशिल कोइराला पक्षिय कार्यकर्ताहरुले विगतदेखिनै असहयोग पु¥याउँदै आएका छन् ।
स्रोतले दिएको जानकारी अनुसार काँग्रेसका नेता हृदयराम थानी र पूर्णबहादुर खड्का विचको अन्तरद्वन्द्व विगतदेखिकै हो । पार्टी भित्रको अन्तर संघर्ष भएकाले दुवै पक्षिय नेता, कार्यकर्ताहरुले एकले अर्कोलाई असहयोग गर्दै आएका छन् ।
त्यसैगरी खड्का माथी २०६२÷०६३ को जनआन्दोलनमा सहभागि नभएको, राजतन्त्र पक्षधर भएकाले गृहमन्त्री हुँदा समेत सबै पक्राउ पर्दा उनी पक्राउ नपरेको अरोप लगाईन्छ । २०६३ को पुर्नस्थापित संविधान सभामा जाने घोषणा कार्यक्रम अनुपस्थित रहेको, पहिलेका निर्वाचनमा विजयी हुँदा लामो समयसम्म क्षेत्रमा नफर्किएको, राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा रहेकाले उनलाई पार्टी पंक्तिबाट राजावादीको आरोप लाग्ने गरेको छ ।
पोखरामा भएको खुल्ला सभामा जनआन्दोलन दोषीलाई कारवाहीको विपक्षीमा बोलेकोे, संसदमा गणतन्त्र घोषणा कार्यक्रममा अनुपस्थित भएको, जिल्लामा आउँदा कडा सुरक्षा घेरामा रहेर सामान्य कार्यकर्ताको पहुँच भन्दा संधै बाहिर बस्ने र भेटन जाँदा समेत समय छैन भन्दै कार्यकर्ताबाट पन्छिदा उनले सबै काँग्रेसी कार्यकर्ताको विश्वास जित्न सक्ने आधार नभएको काँग्रेसीहरुकै विश्लेष्ण छ ।
एक काँग्रेसी नेताले भने विभिन्न समयमा शक्तिशाली मन्त्रालय समेत सम्हालेको र पार्टीको सहमहामन्त्री भएको हुँदा प्रतिष्ठाकै लागि भएपनि उनलाई जिताउँन सबै एक जुट भएर लागेका छौं ।
एमालेका युवा नेता धु्रबकुमार शाहीले टिकट नपाउँदा केही कार्यकर्ताहरुमा आक्रोश र निरासा छाएको थियो । पछि पार्टी जोगाउनुपर्छ सबै मिलेर पार्टी र पार्टीले टिकट दिएका व्यक्तिलाई जिताउनुपर्छ भन्दै निर्वाचन परिचालनमा शाही खटिएपछि कार्यकर्तामा एकता आएको छ । शाही सहित राष्ट्रिय प्रतिनीधि परिषद सदस्य हस्तबहादुर पुन, खगेन्द्र घर्ती, देवबहादुर खत्री, ऐनबहादुर चन्द, बालकृष्ण विसी, डण्डीप्रसाद शर्मा, कविन्द्र केसी, टेकेन्द्र बस्नेत सहित नेताहरु एकताबद्ध भएर निर्वाचनमा परिचालित भएका छन् ।
उनी गृहमन्त्री भएका बेला तत्कालिन माओवादीको द्धन्द्ध दवाउन सक्रिय भएकाले एमाओवादी, नेकपा–माओवादी सहितका अन्य दलले समेत उनलाई सहयोग गर्ने अवस्था छैन । एमाओवादी र नेकपा माओवादी सहितका अन्य दलहरुले समेत एमालेका उम्मेदवारलाई सहयोग गरेर भएपनि खड्काको साख गिराउने गरी गठबन्धन गरेका छन् । एकताबद्ध भएर उनीसंग भिडने भन्दै एमालेका उम्मेदवारले जित्दा सबैको कल्याण हुने तर काँग्रेसका खड्काले जित्दा सबै दलको भविष्य समेत समाप्त पार्ने अन्य दलहरुको विश्लेष्ण छ ।
यातायात बन्दको क्रममा एमाओवादीले एमालेलाई सवारी साधान चलाउन पूर्ण छुट दिएको छ तर अन्य दलका निर्वाचन प्रचार सवारी साधानमा अवरोध पु¥याउने गरेको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा १७ वटा गाउँ विकास समिति रहेका छन् भने ४९ हजार मतदाता रहका छन् । चार हजार बढी मतदाता छिन्चु, मैनतडा, मेहलकुना, साहारे, रामघाट, दहचौर र मेहलकुना गाविसमा रहेका छन् ।
६ महिना देखि १ बर्षभित्र स्थानीय निकायको निर्वाचन गराउने घोषणा भएपछि संसदीय निर्वाचन भन्दापनि  स्थानीय स्तरमा संगठन बलियो बनाउन, पार्टीको पक्षमा धेरै मत खसाल्ने र स्थानीय निर्वाचनमा आफ्नो प्रभुत्व जमाउने गरी सबै पार्टीका नेता, कार्यकर्ताहरु जुरमुराएका छन् ।
२०५४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नं. १ का राकम, दहचौर र मेहलकुना गाविसमा मात्रै विजयी भएको थियो अन्य १४ गाविसमा नेकपा एमालेले नेतृत्व सहित बहुमत जितेको थियो । स्थानीय निर्वाचनको मत परिणामको झझल्को दिने गरी स्थानीय स्तरमा कार्यकर्ताहरु जुटेका छन् ।
काँग्रेसका उम्मेदवार खड्का मतदातालाई प्रभावित पारी २०४८ को पहिलो संसदीय निर्वाचनमा निकटम प्रतिद्धन्द्धी एमालेका हस्तबहादुर पुनसंग झिनो मतअन्तरले विजयी भएका थिए । छिन्चुको कालिदम्मार मतदान केन्द्रमा गुण्डा लगाएर मतदान प्रक्रियालाई प्रभावित बनाएर एमालेका पुनलाई पराजित गराएका थिए ।
२०५१ सालको मध्यावर्ती निर्वाचनमा छिन्चु बबई, लेखहात्तीखालका पाँच सय मतदातालाई लखेटेका थिए । एमाले निकटको बाहुल्यता रहेको उक्त मतदान केन्द्रका मतदातालाई मत खसाल्न नदिएर निकटम प्रतिद्धन्द्धी ऋषिप्रसाद शर्मालाई झिनो मतअन्तरले पराजित गराएका थिए ।
२०५६ सालको संसदीय निर्वाचनमा संसदीय कोषको दुरुपयोग गर्दै मैनतडाका डुमकोट, देउती खोलाका हजारबढी मतदातालाई प्रभावित गराई, छिन्चुको कालिदमारका मतदातालाई कुटपिट गर्दै मतदान गर्न नदिएर निकटमत प्रतिद्धन्द्धी ऋषिप्रसाद शर्मालाई ३६५ मतअन्तरले पराजित गराएका थिए ।
खड्का २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवार बने । लामो समय सम्म जिल्लामा नफर्किदा संगठन कमजोर, अन्य दलहरुले समेत मोर्चाबन्दी गरेर आफुलाई हराउने सूचना पाएपछि अन्तिम समयमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई विन्ती पत्र चढाई नाम समानुपातिकमा समावेश गरेका थिए ।
२०६४ सालको संविधान सभा निर्वाचनको प्रचारका क्रममा एमाले उम्मेदवार ऋषिप्रसाद शर्माको विभत्स हत्या भयो । उनै खड्काकै योजना अनुसार उम्मेदवार शर्माको हत्या भएको एमाले नेताहरुले आरोप लगाउँछन् । हत्याको घटना भएपछि काँग्रेसका उम्मेदवार सहिद ऋषिप्रसाद शर्मा पत्नि ६ हजार मतअन्तरले विजयी भइन ।
एमाले नेता डण्डीप्रसाद शर्माले हार हुने निश्चित देखेर, एमालेका उम्मेदवारको हत्या उनकै संलग्नतामा भएको आरोप लगाउँछन् । लामो समय सम्म काठमाण्डौं बस्ने अनि निर्वाचनको मुखमा जनतालाई संधै त्रसित गराउँदै हिड्ने, विकासको झुटा आश्वासन बाँडने, युवाहरुलाई जागिरको प्रलोभन देखाउने, गुण्डागर्दी मार्फत निर्वाचन आफ्नो पक्षमा पार्ने गरेको शर्माले बताए । प्रहरी प्रशासनको मिलेमतोमा एमाले उम्मेदवारको हत्या भएको बताउँदै शर्माले प्रहरीलाई किटानी दिँदा समेत फरार भएको प्रतिवेदन देखाएर उनलाई जोगाइएको बताए ।

No comments:

Post a Comment