Monday, September 23, 2013

एमालेयमय भेरी

नेपालगंज । 
दोश्रो संविधानसभाको निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेले भेरी अंचलमा यस पटक रेकर्ड ब्रेक गर्ने गरी तयारी गरेको छ । अघिल्लो पटक भेरी अंचलका १५ वटा सिट मध्ये सुर्खेतमा दुई र दैलेखमा एक गरी तीन सिटमा मात्र जितेको एमालेले भेरी अंचलमा यस पटक कम्तीमा दश सिट जित्ने गरी तयारी गरेको छ ।
Bamdev Gautam

अघिल्लो संविधानसभामा जिल्लाका तीन मध्ये दुई सिट जितेर मध्यपश्चिममै बचस्र्व देखाएको एमालेले यस पटक सुर्खेतका तीन वटै क्षेत्रमा जित्ने गरी उम्मेदवार उठाउदै छ । क्षेत्र नं १ मा सिफारिस गरिएका पूर्वसभासद कमला शर्मा, युवा नेता ध्रुवकुमार शाही र पूर्व जिविस सभापति वालकृष्ण विसी मध्ये अघिल्लो पटक कांग्रेसका उम्मेदवार लालबहादुर घलेलाई करिब ७ हजारको मतले हराएकी शर्मालाई नै अघि सार्ने प्रवल संभावना छ । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खडकालाई सो क्षेत्रवाट उम्मेदवार वनाउन सिफारिस गरेपछि एमालेले शर्मालाई अघि सारेपछि विजयी सुनिश्चित रहेको बताएको छ ।


करिव ४८ हजार मतदाता रहेको सो क्षेत्रमा पुरुषभन्दा ८ हजार महिला मतदाता वढी छन । अघिल्लो संविधानसभा निर्वाचनमा उम्मेदवार रहेका पति ऋषिप्रसाद शर्माको हत्या पछि उनी उम्मेदवार वनेर विजयी बनेकी थिइन । एमालेले देशभर जितेको प्रत्यक्षतर्फ ३३ जना मध्ये उनी एकमात्र महिला हुन । त्यस्तै क्षेत्र नं २ मा पूर्वमन्त्री यामलाल कंडेल नै उम्मेदवार वन्ने निश्चित छ । दुई पटकसम्म सो क्षेत्रवाट विजयी वनेका कंडेल फेरि उम्मेदवार बने पहिले नै माला लगाइदिए हुन्छ भन्दै कांग्रेसका नेताहरु चर्चा गदै हिडेका छन ।
कंडेलको उम्मेदवारी पक्का भएपछि नेपाली कांग्रेसवाट यो क्षेत्रवाट उम्मेदवार बन्ने पक्का भएका र यसअघि कंडेलसंगै दूई पटक पराजित भएका ह्दयराम थानी तेश्रो पटक फेरि पराजित हुने चर्चा शुरु भएको छ । एमाले केन्द्रले कंडेललाई भेरी अंचलमा जित्न सक्ने पहिलो उम्मेदवारको रुपमा राखेको छ । त्यस्तै क्षेत्र नं ३ मा पार्टी अध्यक्ष नवराज रावत उम्मेदवार वन्ने र अघिल्लो पटक माओवादीको धाधली रोकेर विजयी हुने दौडमा छन । यो क्षेत्रमा अघिल्लो पटक करिव ११ हजार मत पाएका रावतले यसपटक माओवादीको धाधली रोक्न सके मात्रै विजयी हुने वताउछन ।
कमजोर मानिएको जाजरकोटको क्षेत्र न १ मा पार्टी अध्यक्ष डम्मरबहादुर सिह र बलियो मानिएको क्षेत्र नं २ मा कृष्ण बिसीको उम्मेदवारी कन्र्फम मानिएको छ । एमालेले जाजरकोटको क्षेत्र २ लाई जित्ने सूचीमा राखेको छ । एमालेले अघिल्लो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै क्षेत्रमा हार व्यहोरेको थियो । एमालेले यसपटक दैलेखमा दुवै सिट जित्ने उम्मेदवार खडा गर्ने भएको छ । क्षेत्र नं १ वाट अम्मरबहादुर थापा क्षेत्र नं २ वाट लक्ष्मी पोखरेल कन्र्फम जस्तै उम्मेदवार हुन । एमालेले दैलेखका दुवै क्षेत्र जित्ने सुचीमा राखेको छ । अहिलेसम्मका संसदीय निर्वाचनमा पराजय भोग्दै आएको बाँकेमा भने यस पटक एमालेले खाता खोल्ने भएको छ । एमालेले बाँके दूई वटा क्षेत्रलाई जित्न सकिने क्षेत्र भनेको छ । क्षेत्र नं १ वाट केन्द्रीय सदस्य देवराज भार र क्षेत्र नं ४ वाट पूर्व राज्यमन्त्री दलबहादुर सुनारको उम्मेदवारी पक्का भएको छ । यी वाहेकका क्षेत्र २ मा दिनेश यादवको पनि यस राम्रो संभावना रहेको एमालेको आँकलन छ । कुनै बेला एकलौटी जिल्ला कब्जा गरेको र अघिल्लो निर्वाचनमा पुरै सिट गुमाएको बर्दियामा एमालले यस पटक चमात्कार गर्ने जनाएको छ ।

Kamala Sharma

बर्दियाको क्षेत्र नं १ वाट पार्टीका केन्द्रीय उपाध्यक्ष बामदेव गौतम उम्मेदवार बन्ने कन्र्फम भएको छ । अघिल्लो निर्वाचनमा पराजित भएका गौतमलाई यसपटक सोही क्षेत्रवाट निर्वाचन लडन कांग्रेस र एमाओवादीका स्थानीय कार्यकर्तावाटै दवाव आएको छ । 






कतिपय एमाओवादीका कार्यकर्ता गौतमको पक्षमा खुलेर प्रचारमा लागेका छन । अघिल्लो पटक गौतम पराजित भएकोमा विपक्षिहरु समेत निरास छन । गौतमले यस पटक निर्वाचनमा विपक्षी भन्दा दोव्वर मत ल्याएर विजयी संकेत देखिएको छ ।
Yamlal Kandel

त्यस्तै पार्टीको राम्रो पकड मानिएको क्षेत्र नं ३ वाट वाट सामाजिक अगुवा विष्णु थारुलाई उम्मेदवार वनाएपछि सो क्षेत्र पनि एमालेको जित सुनिश्चित रहेको छ । त्यसो त क्षेत्र नं २ का यूवा नेता पूर्णकुमार शर्मा पनि उत्तिकै बलिया उम्मेदवार उम्मेदवार रहेको एमालेको निश्कर्ष छ । यसरी एमालले भेरी अंचलका १५ मध्ये १० स्थानमा सजिलै विजयी हुने आकलन गरेको छ ।

No comments:

Post a Comment