Monday, September 30, 2013


अछाममा चुनाव पुर्व नै जितको शुनिश्चितता

चन्द्रा बुढा, अछाम असोज १४,
अछाम जिल्लामा पूर्व गृहमन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता नेकपा एमाले केन्द्रिय सदस्य भिमरावललाई जिल्लाकै शक्तिशाली उम्मेद्धारकोरुपमा निर्वाचन पूर्व नै बिजेता उम्मेद्धारको रुपमा आँकलन गर्न थालिएको छ । रावल यस अघिका सफल गृह मन्त्री, एमाले प्रभावशाली नेता, बुद्धिजीवी अडिग र शक्तिशाली नेताका रुपमा अछाम तथा सुदुरपश्चिममा कहलियका नेता हुन् भने राष्ट्रकै बरिष्ट नेता मध्यका एक हुन् । रावल क्षेत्र नं. १ बाट एमालेका प्रत्यक्ष तर्फका उम्मेद्धार बन्ने पक्का पक्कि भैसकेको एमाले श्रोतले जनाएको छ ।
त्यस्तै एमाले क्षेत्र नं. २ बाट उम्मेद्धार बन्ने सुनिश्चितता प्राप्त भरत साउँद समेत नेकपा एमाले अछामका प्रभावशाली नेता तथा अछमाका बुद्धिजीवी नेताकारुपमा परीचित छन् । यी थुप्रै अधारहरु प्रस्तुत गर्दै अछाममा नेकपा एमालेका भिमरावल र भरत साउँद जित्ने पक्क पक्कि भैसकेको टोल टोलमा चर्चा हुन थालेको छ । यि दुवै नेताका लागी अरुदलबाट उम्मेद्धारी प्राप्त नेताहरु कमजोर भएकाले समेत उहाँहरु  जित्ने शुनिश्चितता भैसकेको अछाम बासी बताउन्छन् । त्यस्तै क्षेत्र नं. २ मा नेकपा एमालबाट भरत साउँदले उम्मेद्धारी पाएकाले यस पटक उहाँले पनि जित्नुहुनछ । उहाँ नेकपा एमाले अछामाका प्रभावशाली तथा अछामका बुद्धिजीवी नेता समेत भएकाले उहाँको जित अबको संबिधानसभा चुनावका  लागी शुनिश्चित बनेको छ ।’आगामी संविधान सभा निर्वाचनका लागि प्रमुख तीन दलले अछामका दुबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी चयन गरेका छन् । एकीकृत नेकपा माओवादीले उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ भने अन्य दुई दल नेपाली काँग्रेस र नेकपा एमालले सार्वजनिक भने गरिसकेका छैनन् । यद्दपि दुबै दलले उम्मेदवारको नाम चयन गरिसकेको जनाएका छन् । एमाओवादीको शनिबार सम्पन्न पार्टी पदाधिकारी बैठकले आगामी संविधान सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट दिपक साउँद र क्षेत्र नम्बर २ बाट झंकर रावलको नाम चयन गरेके छ । नेपाली काँगे्रसमा संसदिय बोर्डले क्षेत्र नम्बमर १ बाट मेघराज खड्का र क्षेत्र नम्बर २ बाट बलबहादुर कुँवरको नामचयन गरेको पार्टी स्रोतले जनाएको छ । नेकपा एमालेले क्षेत्र नम्बर १ बाट भीम रावल र क्षेत्र नम्बर २ बाट भरत साउँदको नाम चयन गरेको एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो । काँग्रेस र एमालेले औपचारिक रुपमा सोमबार उम्मेदवारको नाम घोषणा गर्ने जनाएको छ । यस पटक टिकट पाएका मध्ये दिपक साउदँ, मघे राज खड्का र बलबहादरु कवँु र नयाँ अनुहार हुन भने बाँकी तीन पुरानै अनुहार हुन् । भीम रावल यस अघि तीन पटक सांसदको लागि चुनाव लडिसक्नु भएको छ । ०५१ को निवार्चनमा काँगसे्र का गोबिन्दबहादरु शाहलाई पराजित गरेर सांसद बन्नु भएका रावलले ०४८ सालको निर्वाचनमा पराजित हुनुपरेतापनि ०५१ मा भने चुनाव जित्नुभएको थियो । यसरी उहाँ पटक–पटक गरी नेपाली राजनितीमा उच्च ओहोदामा पुगिसक्नुभएको छ । एमाले क्षेत्र नम्बर २ बाट टिकट पाएका भरत साउँद यस अघि ०५६ को निवार्चमा पार्टी फुटेका कारणले पराजित हुनु भएको थियो । अहिले एमाओवादी क्षेत्र नम्बर २ बाट टिकट पाएका रावल ०५६ को निर्वाचनमा नेकपा एमालेबाट पार्टी फुटेर अलग भएको पार्टी नेकपा मालेबाट चुनाव लड्नुभएको थियो । यस पटकको संविधान सभा निर्वाचनमा तीनै पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवारको टिकट पाउने सबै अघिल्लो संविधान सभा ०६४ मा टिकट पाएका उम्मेद्धार कोही पनि छैनन् । तीनै पार्टीले यस पटकको निर्वाचनमा दुबै क्षेत्रबाट नयाँ उम्मेदवारलाई टिकट दिएका छन् ।

No comments:

Post a Comment