Monday, September 2, 2013


एमालेले उम्मेदवारको टुङ्गो लगायो
प्रत्यक्ष ९ जना, समानुपातिकमा १९ जनाको नाम सिफारिस
सुर्खेत, १७ भदौं ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले दोस्रो संविधान सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । आइतबार र सोमबार बसेको जिल्ला कमिटी बैठकले क्षेत्रीय कमिटीबाट आएका उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएको छ ।

दोस्रो संविधान सभा निर्वाचनको समानुपातिक वा प्रत्यक्ष तर्फका सम्भाविता उम्मेदवारहरु आगामी स्थानीय निर्वाचनमा सहभागि हुन नपाउने एमाले केन्द्रीय कमिटीले नीति बनाएको छ । एमाले केन्द्रीय कमिटीले तोके अनुसार प्रत्यक्ष तर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला सहित तीन÷तीन जनाको टुङ्गो लगाएको छ । समानुपातिक तर्फ समावेशी सहित पाँच÷पाँच जना गरी सुर्खेतका तीन वटा निर्वाचन क्षेत्रबाट १५ जनाको सिफारिस गर्नुपर्नेमा कार्यकर्ताको भावना बुझ्दै समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

एमाले पार्टी कार्यालय ऋषि स्मृति भवनमा अध्यक्ष नवराज रावतको अध्यक्षतामा बसेको बैठकले सुर्खेतबाट प्रत्यक्षबाट ९ जना र समानुपातिक तर्फ १९ जनाको नाम अञ्चल कमिटीमा सिफारिस गरेको छ ।
सुर्खेत क्षेत्र नं. १ को उम्मेदवार सिफारिसमा पुर्नविचार गरिएको छ । निवर्तमान सभासद कमला शर्मालाई प्रत्यक्षबाट उठाउनुपर्ने जिल्ला कमिटीमा छलफल चलेपछि सोही अनुसार निर्णय भरिएको छ ।
क्षेत्रीय कमिटीबाट निर्वाचित भएर उम्मेदवारको सिफारिसमा परेका युवा नेता डण्डीप्रसाद शर्मा र तुल्सी शर्माको पुर्नविचार गरिएको छ । पाटी सन्तुलन मिलाउनकै लागि सहमति गरिएको हो ।
निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ निवर्तमान सभासद कमला शर्मा, युवा नेता धुर्वकुमार शाही र पूर्व जिविस सभापति बालकृष्ण विसीको नाम सिफारिस भएको छ । त्यसैगरी समानुपातिक तर्पm राष्ट्रिय सल्लाहकार सदस्य हस्तबहादुर पुन, खगेन्द्र घर्ती, तुलसी शर्मा, दत्ते कामी, मानबहादुर खत्रीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार तर्फ पूर्वमन्त्री यामलाल कँडेल, पूर्व मेयर शिवप्रसाद उपाध्याय, महिला नेतृ अनिता कोइरालाको नाम सिफारिस गरिएको छ । भने समानुपातिक तर्फको उम्मेदवारमा राष्ट्रिय प्रतिनीधि परिषद सदस्य बालाराम शर्मा, भूषणकुमार मानन्धर, गगनसिंह सुनार, राजु गुइदेल, जागुराम थारु, तोरण विक र वीरबहादुर रावत (भोटे) को नाम सिफारिस भएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नंं. ३ को प्रत्येक्ष तर्फ पार्टी अध्यक्ष नवराज रावत, डिलाराम गिरी र नन्दा गुरुङको नाम सिफारिस भएको छ । त्यसैगरी पार्टी उपसचिव रेशम राना, राष्ट्रिय प्रतिनीधि परिषद सदस्य नन्दा शर्मा, जंगबहादुर कामी, कालिका चौधरी, अमर चन्द, धिरबहादुर शाही र नन्दराम अधिकारीको नाममा निर्णय गरिएको छ ।
नेकपा एमाले सुर्खेतमा प्रजातान्त्रिक अभ्यास र बृहत छलफल मार्पत उम्मेदवार छनौट गर्न सफल भएको एमाले प्रचार विभाग प्रमुख टेकेन्द्र वस्नेतले जानकारी दिए । जिल्लाबाट निर्णय सहित अञ्चल हुँदै २० गते भित्र नामावली केन्द्रीय कमिटीमा पेश गरिने उनले जानकारी दिए । एमाले चुनावी अभियानमा बृहत रुपमा जुटिरहेको हुँदा सुर्खेतका तीन वटै क्षेत्रमा विजयी हाँसिल गर्ने योजना सहित लागिएको उनले जानकारी दिए ।

No comments:

Post a Comment